१ राजा 22:38

अनलक शाब्दिक बाइबल

तिनीहरूले रथलाई सामरियाको तलाउमा धोए, र परमप्रभुको वचनले घोषणा गरेझैँ कुकुरहरूले तिनको रगत चाटे (यहीँ नै वेश्याहरू नुहाउने गर्थे) ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ राजा 21:19 : 19 तैँले त्यसलाई परमप्रभु यसो भन्नुहुन्छ भनी बता, 'के तैँले त्यसलाई मारेर त्यसको सम्पत्ति हडपेको छस्?’ त्यसपछि त्यसलाई परमप्रभु यसो भन्नुहुन्छ भनी बता, 'जुन ठाउँमा कुकुरहरूले नाबोतको रगत चाटे, त्यही ठाउँमा कुकुरहरूले तेरो रगत, हो तेरै रगत चाट्ने छन्' ।”
  • यशा 44:25-26 : 25 हात हेरेर फतफताउनेका खोक्रा कुरालाई व्यार्थ तुल्याउने म नै हुँ र हात हेर्ने कुरा पढ्‍नेलाई घृणा गर्ने म नै हुँ । यस्‍ता बुद्धिमान्‌हरूका बुद्धिलाई उल्टाउने र तिनीहरूका सल्लाहलाई मूर्ख बनाउने म नै हुँ । 26 आफ्ना सेवकका वचनहरू पुरा गर्ने र आफ्ना दूतहरूका भविष्यवाणी पुरा गर्ने परमप्रभु म नै हुँ, जसले यरूशलेमलाई भन्छ, 'त्यसमा बसोवास गरिनेछ,' र यहूदाका नगरहरूका बारेमा भन्छ, 'तिनीहरूलाई फेरि निर्माण गरिनेछ र म तिनका भग्‍नावशेषहरूलाई खडा गर्नेछु ।'
  • यशा 48:3-5 : 3 “मैले धेरै पहिलेदेखि नै घोषणा गरेको छु । तिनीहरू मेरो मुखबाट निस्के र मैले नै तिनीहरूलाई प्रकट गरें । तब मैले अचानक ती गरें र ती हुन आए । 4 किनभने तिमीहरू हठी भएको म जान्दथें, तिमीहरूका गर्दनका मांशपेशी फलामजस्तै कडा थियो, अनि तिमीहरूका निधार काँसाजस्तै थियो, 5 यसकारण मैले यी कुराहरू तिमीहरूलाई पहिले नै बताएँ । ती हुनुअगि नै मैले तिमीहरूलाई जानकारी दिएँ, त्यसैले तिमीहरूले यसो भन्‍न सक्‍नेछैनौ, 'मेरो मूर्तीले त्‍यो गरेको छ,' वा 'मेरो खोपेको आकृति र मेरो धातुबाट बनाइएको आकृतिले यी कुराहरू ठहराए ।’
  • यिर्मि 44:21-23 : 21 “के तिमीहरू, तिमीहरूका पुर्खाहरू, तिमीहरूका राजाहरू, अगुवाहरू र देशका मानिसहरूले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा चढाएका धुपलाई परमप्रभुले सम्झनुभएन र? किनकि परमप्रभुले यो सम्झनुहुन्छ । यो उहाँको विचारमा आउँछ । 22 तब तिमीहरूका दुष्‍ट अभ्यासहरूका कारणले र तिमीहरूले गरेका घिनलाग्दा कुराहरूको कारणले उहाँले यसलाई सहन सक्‍नुभएन । तब तिमीहरूको देश उजाड, त्रास र सराप बन्यो, यसैले आजको दिनसम्म त्यहाँ एक जना बासिन्‍दा छैन । 23 तिमीहरूले धुप बालेका र परमप्रभुको विरुद्धमा पाप गरेको कारणले अनि तिमीहरूले उहाँको स्‍वोर, उहाँको व्यवस्था, उहाँका विधानहरू वा उहाँका करारका आदेशहरू पालन नगरेको कारणले तिमीहरूको विरुद्धमा यो विपत्ति आएको हो, जस्तो आजको दिनसम्म छ ।”
  • जक 1:4-6 : 4 तिमीहरूका पिता-पुर्खाहरूझैँ नहोओ जसलाई अगमवक्ताहरूले यस्तो भनेका थिए, “सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: तिमीहरूका खराब मार्गहरू र दुष्‍ट कामहरूबाट फर्क!” तर तिनीहरूले सुनेनन् र मलाई ध्यान दिएनन् - परमप्रभु घोषणा गर्नुहुन्छ ।’” 5 तिमीहरूका पिता-पुर्खाहरू कहाँ छन्? अगमवक्ताहरू कहाँ छन्, के तिनीहरूयहाँ सधैँ रहन्छन्? 6 तर मैले मेरा दास अगमवक्ताहरूलाई आज्ञा गरेका मेरा वचन र निर्णयहरूले के तिमीहरूका पिता-पुर्खाहरूलाई उछिनेकाछैनन् र? यसैकारण तिनीहरूले पाश्‍चाताप गरे र भने, ‘हाम्रा चाल र कामहरूअनुसारसुहाउँदो सेनाहरूका परमप्रभुले हामीसँग जस्तो व्यवहार गर्ने योजना गर्नुभयो, उहाँले हामीसित त्यस्तै गर्नुभएको छ ।’”
  • मत्त 24:35 : 35 स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरा वचन बितेर जानेछैनन् ।
  • यहो 23:14-15 : 14 म सबै पृथ्वीको मार्गमा जाँदै छु, र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको बारेमा प्रतिज्ञा गर्नुभएको कुनै पनि असल कुरा सत्य साबित हुन एक शब्द पनि चुकेको छैन भनी तिमीहरूले आफ्नो सारा ह्रदय र आफ्नो सारा प्राणले जान्दछौ । यी सबै कुरा तिमीहरूका निम्ति पुरा भएका छन् । तिनमा एउटै पनि चुकेको छैन । 15 तर जसरी परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएका सबै वचन पुरा भएको छ, त्यसरी नै परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको यो असल भूमिबाट तिमीहरूलाई नष्‍ट नगरेसम्म परमप्रभुले तिमीहरूमाथि सबै खराबी ल्याउनुहुने छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ राजा 21:18-19
    2 पदहरू
    79%

    18“उठ्, र सामरियामा बस्ने इस्रालका राजा आहाबलाई भेट्न जा । त्यो नाबोतको दाखबारीमा छ जहाँ त्यो दाखबारी हडप्न गएको छ ।

    19तैँले त्यसलाई परमप्रभु यसो भन्नुहुन्छ भनी बता, 'के तैँले त्यसलाई मारेर त्यसको सम्पत्ति हडपेको छस्?’ त्यसपछि त्यसलाई परमप्रभु यसो भन्नुहुन्छ भनी बता, 'जुन ठाउँमा कुकुरहरूले नाबोतको रगत चाटे, त्यही ठाउँमा कुकुरहरूले तेरो रगत, हो तेरै रगत चाट्ने छन्' ।”

  • 37यसरी राजा आहाब मरे, र तिनलाई सामरियामा लगी त्यहीँ नै गाडियो ।

  • १ राजा 22:34-35
    2 पदहरू
    76%

    34तर एक जना सेनापतिले जथाभावी काँड हाने, र त्यस काँडले इस्राएलका राजाको कवचको जोर्नीमा लाग्यो । तब आहाबले आफ्नो सारथीलाई भने, “फर्की, र मलाई युद्धबाट बाहिर लैजा, किनकि मलाई बेसरी चोट लागेको छ ।”

    35त्यस दिन युद्ध झन् चर्कंदै गयो, र आफ्ना रथमा अडिएर राजाले अरामीहरूको सामना गरिरहे । साँझमा तिनी मरे । तिनको घाउबाट निस्केको रगतचाहिँ रथभित्रै बगिरहेको थियो ।

  • १ राजा 21:23-24
    2 पदहरू
    76%

    23परमप्रभुले ईजेबेलको सम्बन्धमा पनि यसो भन्नुभएको छ, 'यिजरेलको पर्खालको छेउमा नै कुकुरहरूले ईजेबेललाई खाने छन् ।'

    24आहाबको घरानामा भएको हरेक जो सहरमा मर्छ त्यसलाई कुकुरहरूले खाने छन्, र मैदानमा मर्ने हरेकलाई आकाशका चराचुरुङ्गीहरूले खाने छन् ।”

  • २ राजा 9:36-37
    2 पदहरू
    75%

    36त्‍यसैले तिनीहरू आएर येहूलाई बताए । तिनले भने, “आफ्ना सेवक तिश्बी एलियाद्वारा परमप्रभुले बोल्नुभएको वचन यही हो, 'यिजरेलको जमिनमा कुकुरहरूले ईजेबेलको मासु खानेछन्,

    37र ईजेबेलको लाश यिजरेलका खेतहरूमा मलझैँ हुनेछ ताकि कसैले यस्तो भन्‍न नसकोस्, 'यो ईजेबेल हो' ।”

  • १ राजा 22:39-40
    2 पदहरू
    74%

    39के आहाबले गरेका अरू कार्यहरू, तिनले बनाएको हस्ती-हाडको महलसाथै सबै सहरहरूको विषयमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?

    40यसरी आहाब आफ्ना पित्रहरूसित सुते, र तिनको ठाउँमा तिनका छोरा अहज्याह राजा भए ।

  • 11तेरो घरानाको हरेक व्यक्ति जो यस सहरमा मर्छ, त्यसलाई कुकुरहरूले खाने छन्, अनि खेतमा मर्ने जोसुकैलाई आकाशका चराचुरुङ्गीहरूले खाने छन् किनकि म परमप्रभुले यसो भनेको छु ।'

  • 4बाशाको घरानाका सहरमा मर्ने जोसुकैलाई कुकुरहरूले खाने छन्, र खेतमा मर्नेलाई चाहिँ आकाशका चराचुरुङ्गीहरूले खाने छन् ।”

  • २ राजा 9:33-34
    2 पदहरू
    72%

    33येहूले भने, “तिनलाई तल फालिदेओ ।” त्यसैले तिनीहरूले ईजेबेललाई तल फालिदिए, र तिनका केही रगत उछिट्टिएर भित्तामा र घोडाहरूमा परे, अनि येहूले तिनलाई खट्टाले कुल्चिदिए ।

    34जब येहू दरबारभित्र पसे, तब तिनले खानपान गरे । तब तिनले भने, “अब त्‍यो श्रापित स्‍त्रीलाई हेर र त्‍यसलाई गाडिदेओ, किनकि त्‍यो राजाकी छोरी थिई ।”

  • २ राजा 10:16-17
    2 पदहरू
    72%

    16येहूले भने, “मसँग आऊ र परमप्रभुको निम्ति मेरो जोसलाई हेर ।” त्यसैले तिनले यहोनादाबलाई आफ्‍नो रथमा आफूसँगै लगे ।

    17जब तिनी सामरियामा आए, तब जसरी परमप्रभुले पहिले नै आहाबको घरानालाई एलियाद्वारा भन्‍नुभएको थियो त्‍यसरी नै येहूले सामरियामा बाँकी रहेका तिनका सबै सन्तानलाई मारे, र आहाबको राजकीय वंशको एउटैलाई पनि छाडेनन् ।

  • २ राजा 9:25-28
    4 पदहरू
    71%

    25तब येहूले आफ्ना सेनापति बिदकारलाई भने, “तिनलाई उठाऊ र यिजरेली नाबोतको खेतमा फालिदेऊ । तिनका पिता आहाबको पछि रथमा तिमी र म जाँदा परमप्रभुले तिनको विरुद्धमा भन्‍नुभएको यो अगमवाणीको बारेमा वोचार गरः

    26'परमप्रभु घोषणा गर्नुहुन्छ— हिजो मैले नाबोतको रगत र त्यसका छोराहरूको रगत देखेँ, र परमप्रभु भन्‍नुहुन्छ, निश्‍चय नै म यही खेतमा त्यसको बदला लिनेछु ।' अब परमप्रभुको वचनअनुसार तिनलाई उठाऊ र यही खेतमा फालिदेऊ ।”

    27जब यहूदाका राजा अहज्याहले यो देखे, तिनी बेथ-हागान जाने बाटोतिर भागे । तर येहूले तिनलाई पछ्याए, र भने, “तिनलाई पनि रथमा मार ।” तिनीहरूले तिनलाई यिबलामनेर गूरको उकालो जाने बाटोमा प्रहार गरे । अहज्याह मगिद्दोमा भागे, र त्यहीँ मरे ।

    28तिनका सेवकहरूले तिनको लाशलाई रथमा राखेर यरूशलेम ल्याए, र दाऊदको सहरमा तिनका पर्खाहरूसित तिनकै चिहानमा गाडे ।

  • २ राजा 8:13-15
    3 पदहरू
    71%

    13हजाएलले भने, “तपाईंको दास को हो जसले यति ठुलो काम गरोस्? ऊ केवल एउटा कुकुर हो ।” एलीशाले भने, “तपाईं अरामका राजा बन्‍नुहुनेछ भनी परमप्रभुले मलाई देखाउनुभएको छ ।”

    14तब हजाएल एलीशाबाट बिदा भए र आफ्ना मालिककहाँ आए जसले तिनलाई सोधे, “एलीशाले तिमीलाई के भने?” तिनले जवाफ दिए, “तपाईं निश्‍चय नै निको हुनुहुनेछ भनी तिनले मलाई बताए ।”

    15तब अर्को दिन हजाएलले कम्बल लिए र त्‍यो पानीमा चोपे, अनि त्‍यो बेन-हददको मुखमा राखिदए ताकि तिनी मरे । त्यसपछि तिनको ठाउँमा हजाएल राजा भए ।

  • २ राजा 9:7-10
    4 पदहरू
    71%

    7तैँले आफ्नो मालिक आहाबको घरानालाई मार्नुपर्छ, यसरी ईजेबेलको हातद्वारा मारिएका परमप्रभुका सबै सेवक अगमवक्ताहरूका रगत र मेरा सेवकहरूका रगतको बदला मैले लिन सक्छु ।

    8किनकि आहाबको पुरै घराना नष्‍ट हुनेछ, र म आहाबको घरानाबाट कमारा होस् वा फुक्‍का हरेक पुरुषलाई निमिट्ट्यान्‍न पार्नेछु ।

    9म आहाबको घरानालाई नबातका छोरा यारोबामको घराना र अहज्याहका छोरा बाशाको घरानाजस्तै तुल्याउनेछु ।

    10ईजेबेललाई यिजरेलमा कुकुरहरूले खानेछन्, र त्यसलाई गाड्ने कोही हुनेछैन' ।” तब अगमवक्ताले ढोका खोले र भागे ।

  • २ राजा 5:13-14
    2 पदहरू
    70%

    13तब नामानका सेवकहरू नजिक आए, र तिनलाई भने, “हे मेरा पिता, अगमवक्ताले तपाईंलाई कुनै कठिन कुरो गर्न लगाएको भए के तपाईंले त्‍यो गर्नुहुने थिएन र? त्‍यसको बदलामा 'आफैलाई डुबुल्की लगाउन र शुद्ध हुन' भन्दा झन् किन नगर्ने त?”

    14तब तिनी तल गए र परमेश्‍वरका मानिसको सल्‍लाह मानेर यर्दमा आफैलाई सात पल्ट डुबुल्की लगाए । तिनको देह बच्‍चाको झैँ पहिलेजस्तै भयो र तिनी निको भए ।

  • 23ताकि आफ्‍ना खुट्टा रगतमा चोपेर तिमीहरूले आफ्ना शत्रुहरूलाई कुल्चनेछौ र तिमीहरूका शत्रुहरूबाट तिमीहरूका कुकुरहरूका जिब्राहरूले पनि आफ्नो भाग पाऊन् ।”

  • २ इति 22:5-9
    5 पदहरू
    70%

    5तिनीहरूका सल्लाहको अनुसरण पनि तिनले गरे । तिनी इस्राएलका राजा आहाबका छोरा योरामसित मिलेर रामोत-गिलादमा अरामका राजा हजाएलको विरुद्धमा युद्ध गर्न गए । अरामीहरूले योरामलाई घाइते बनाए ।

    6रामोतमा अरामका राजा हजाएलसँग भएको युद्धमा पाएको चोटबाट निको हुन तिनी यिजरेलमा फर्केर गए । यसैले यहूदाका राजा यहोरामका छोरा अहज्‍याह योरामलाई हेर्न भनी यिजरेलमा गए, किनभने योराम घाइते भएका थिए ।

    7अहज्‍याहले योरामलाई भेटेको कारण परमप्रभुले अहज्याहको पतन ल्याउनुभयो । जब तिनी आइपुगेका थिए, तब तिनी योरामसँग निम्‍शीका छोरा येहूलाई आक्रमण गर्न गए, जसलाई परमप्रभुले आहाबको घरानालाई नाश गर्नको निम्ति रोज्‍नुभएको थियो ।

    8यस्‍तो भयो, जब येहूले आहाबको घरानामाथि परमेश्‍वरको न्‍याय पूरा गर्दै थिए, तब यहूदाका अगुवाहरू र अहज्‍याहका दाजुहरूका छोराहरूले अहज्‍याहको सेवा गरिरहेको तिनले भेट्टाए । येहूले तिनीहरूलाई मारे ।

    9येहूले अहज्‍याहलाई खोजे । तिनीहरूले तिनलाई सामरियामा लुकिरहेको अवस्थामा समाते, तिनलाई येहूकहाँ ल्‍याए र तिनलाई मारे । त्यसपछि तिनीहरूले तिनलाई गाडे, किनकि तिनीहरूले भने, “यिनी आफ्‍नो पूरा हृदयले परमप्रभुलाई खोज्‍ने यहोशापातका छोरा हुन्‌ ।” यसरी राज्‍यमा शासन गर्नलाई अहज्‍याहका घरानासँग फेरि कुनै शक्ति बाँकी रहेन ।

  • २ राजा 8:28-29
    2 पदहरू
    70%

    28रामोत-गिलादमा अरामका राजा हजाएलको विरुद्धमा लडाइँ गर्न आहाबका छोरा योरामसितै अहज्याह गए । अरामीहरूले योरामलाई घाइते बनाए ।

    29अरामका राजा हजाएलको विरुद्धमा राजा योरामले लडाइँ गर्दा रामोतमा अरामीहरूले तिनमा पारेको चोटबाट निको हुन तिनी यिजरेलमा फर्के । त्यसैले यहूदाका राजा यहोरामका छोरा अहज्याह आहाबका छोरा योरामलाई भेट्न यिजरेलमा झरे किनकि योराम घाइते भएका थिए ।

  • 21तब इस्राएलका राजा बाहिर निस्केर घोडाहरू र रथहरूलाई आक्रमण गरे, र अरामीहरूको ठुलो संहार गरे ।

  • 34त्यो दिनको लडाइँले भयङ्कर रूप लियो, र राजा साँझसम्म आफ्‍नो रथमा अडिएर अरामीहरूतर्फ फर्केर रहे । सूर्यास्‍त हुँने बेलामा तिनी मरे ।

  • 21त्यसैले योरामले भने, “मेरो रथ तयार पार ।” तिनीहरूले तिनको रथ तयार पारे, र इस्राएलका राजा योराम र यहूदाका राजा अहज्याह आ-आफ्नै रथमा चढेर येहूलाई भेट्न बाहिर निस्के । तिनीहरूले यिजरेली नाबोतको जग्गामा तिनलाई भेटे ।

  • 17यसरी एलियाले बोलेको परमप्रभुको वचनअनुसार अहज्याह मरे । अहज्याहको कुनै छोरो नभएको हुनाले यहूदाका राजा यहोशापातका छोरा यहोरामको दोस्रो वर्षमा योरामले तिनको ठाउँमा राज्य गर्न थाले ।

  • 16त्यसैले येहू रथमा चढी यिजरेल गए । किनकि योरामले त्यहीँ विश्राम गर्दै थिए । त्यस बेला यहूदाका राजा अहज्याह योरामलाई भेट्न तल झरेका थिए ।

  • 2केही सालपछि तिनी सामरियामा आहाबलाई भेट गर्न गए । आहाबले तिनी र तिनका साथमा भएका मानिसहरूका निम्ति निम्‍ति धेरैवटा भेडा र गोरुहरू काटे । आहाबले आफूसँग मिलेर रामोत-गिलादलाई आक्रमण गर्न तिनलाई फकाए ।

  • 9त्यसैले नामान आफ्ना घोडाहरू र रथहरू लिएर आए र एलीशाको घरको ढोकामा उभिए ।

  • 32जब रथहरूका सेनापतिहरूले यहोशापातलाई देखे तिनीहरूले भने, “निश्चय नै यिनी इस्राएलका राजा हुन् ।” तिनलाई आक्रमण गर्न तिनीहरू फर्कंदा यहोशापात चिच्च्याए ।

  • 5यसकारण परमप्रभु आहाजका परमेश्‍वरले तिनलाई अरामका राजाको हातमा सुम्पिदिनुभयो । अरामीहरूले तिनलाई परास्‍त गरे र तिनका मानिसमध्‍ये धेरै जनालाई कैद गरेर दमस्‍कसमा लगे । आहाज इस्राएलका राजाको हातमा पनि परे, र ती राजाले तिनलाई ठुलो संहारका साथ पराजित गरे ।

  • 12तब येहू उठे र आफ्नो बाटो लागे । तिनी सामरियामा गए । तिनी गोठालोको बेथ-एकेदमा आइपुग्दा,

  • 13तब हेर, एक जना अगमवक्ता इस्राएलका राजाकहाँ आई भने, “परमप्रभु भन्नुहुन्छ, 'के तैँले यो विशाल सेनालाई देख्दै छस्? हेर्, म आज यसलाई तेरो हातमा सुम्पिदिने छु, र म नै परमप्रभु हुँ भनी तैँले थाहा पाउने छस्' ।”

  • 33अब ती मानिसहरूले राजाबाट कुनै चिन्ह सुन्ने अपेक्षा गर्दै थिए । त्यसैले तिनीहरूले झट्टै उत्तर दिए, “ज्यू, हजुरका दास बेन-हदद जीवितै हुनुहुन्छ ।” तब बेन-हददले भने, “गएर तिनलाई ल्याओ ।” तब बेन-हदद तिनीकहाँ आए, र आहाबले तिनलाई आफ्नो रथमा चढाए ।