१ राजा 22:25
मीकायाले भने, “हेर, तिमी भित्र कोठामा लुक्न जाँदा त्यस दिन तिमी आफैले देख्ने छौ ।”
मीकायाले भने, “हेर, तिमी भित्र कोठामा लुक्न जाँदा त्यस दिन तिमी आफैले देख्ने छौ ।”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
22अब हेर्नुहोस्, परमप्रभुले तपाईंका यी सबै अगमवक्ताका मुखमा झूट बोल्ने आत्मा हालिदिनुभएको छ, र परमेश्वरले तपाईंका सर्वनाशको आदेश दिनुभएको छ ।”
23तब केनानका छोरा सिदकियाह माथि आए, मीकायाको गालामा थप्पड हाने र भने, “अब कुन बाटो भएर परमप्रभुका आत्मा मबाट तिमीसँग बोल्नलाई जानुभयो त?”
24मीकायाले भने, “हेर, त्यो त तिमी लुक्नलाई कुनै भित्री कोठामा गएको दिन तिमी आफैले थाहा पाउनेछौ ।”
25इस्राएलका राजाले केही सेवकलाई भने, “तिमीहरूले मीकायालाई गिरफ्तार गर्नुपर्छ, र सहरका गभर्नर अमोन र मेरो छोरा योआशकहाँ लानुपर्छ ।
26तिनलाई तिमीहरूले यसो भन्नेछौ, ‘राजा यसो भन्नुहुन्छ: यस मानिसलाई झ्यालखानमा राख र म कुशलसाथ नआएसम्म त्यसलाई थोरै रोटी र थोरै पानी मात्र देओ ।’”
27तब मीकायाले भने, “तपाईं कुशलसाथ फर्केर आउनुभयो भने परमप्रभु मद्वारा बोल्नुभएको होइन ।” तब तिनले थपे, “ए सबै मानिसहरू हो, यो कुरा सुन्नुहोस् ।”
23त्यसैले अब हेर्नुहोस्, परमप्रभुले तपाईंका यी सबै अगमवक्ताका मुखमा झुट बोल्ने आत्मा हालिदिनुभएको छ, र परमप्रभुले तपाईंको लागि विपत्तिको घोषणा गर्नुभएको छ ।”
24तब केनानका छोरा सिदकियाह माथि उक्लेर आई मीकायाको गालामा थप्पड हानेर भने, “तिमीसित बोल्न परमप्रभुका आत्मा मबाट कुनचाहिँ बाटो भएर जानुभयो त?”
26इस्राएलका राजाले आफ्ना अधिकारीलाई हुकुम दिए, “मीकायालाई समात्, अनि त्यसलाई सहरका शासक र मेरो छोरा योआशकहाँ लैजा ।”
27त्यसलाई भन्, ‘राजा भन्नुहुन्छः यो मानिसलाई झ्यालखानामा हाल्, र म सुरक्षितसाथ नफर्केसम्म त्यसलाई थोरै रोटी र थोरै पानी मात्र खुवाउनू' ।”
28तब मीकायाले भने, “तपाईं सुरक्षितसाथ आउनुभयो भने परमप्रभुले मद्वारा बोल्नुभएको होइन ।” तब तिनले थपे, “हे सारा मानिस हो, यो कुरा सुन ।”
29त्यसैले इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापात रामोत-गिलादमा गए ।
30इस्राएलका राजाले यहोशापातलाई भने, “म भेष बद्लेर युद्धमा जाने छु, तर तपाईंले आफ्नो राजकीय पोशाक पहिरिनुहोस् ।” त्यसैले इस्राएलका राजाले भेष बद्ले, र तिनी युद्धमा गए ।
11सबै अगमवक्ताले त्यसरी नै यसो भन्दै अगमवाणी बोले, “रामोत-गिलादमाथि आक्रमण गर्नुहोस् र विजयी हुनुहोस्, किनकि परमप्रभुले त्यो राजाको हातमा दिनुभएको छ ।”
12मीकायालाई बोलाउन गएको दूतले तिनलाई भन्यो, “हेर्नुहोस् अगमवक्ताका वचनहरूले एकै मत भएर राजाको पक्षमा बोलिरहेका छन् । तपाईंको वचन पनि तिनीहरूको वचनसितै सहमत भएको होस्, र मिल्दो किसिमले बोल्नुहोस् ।”
13मीकायाले जवाफ दिए, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, परमेश्वरले जे भन्नुहुन्छ, म त्यही भन्नेछु ।”
14जब तिनी राजाकहाँ आए, तब राजाले तिनलाई भने, “ए मीकाया, हामीले रामोत-गिलादको विरुद्धमा युद्ध गर्न जानुहुन्छ, कि हुँदैन?” मीकायाले तिलाई जवाफ दिए, “आक्रमण गर्नुहोस् र विजयी हुनुहोस्! किनकि त्यो महान् विजय हुनेछ ।”
15तब राजाले तिनलाई भने, “परमप्रभुको नाउँमा साँचो कुरा मात्र भन्नू, अरू कुरा होइन भनी म तिमीलाई कति पल्ट भनूँ?”
12तब सबै अगमवक्ताले यसो भनी अगमवाणी बोले, “रामोत-गिलादमाथि आक्रमण गरी विजयी हुनुहोस् किनकि परमप्रभुले यो राजाको हातमा सुम्पिदिनुभएको छ ।”
13मीकायालाई बोलाउन गएका सन्देशवाहकले तिनलाई भने, “अब हेर्नुहोस्, अगमवक्ताहरूका वचनहरूले एउटै मुखले राजालाई असल कुरा भन्छन् । तपाईंको वचन तिनीहरूको जस्तै होस् र असल कुराहरू भन्नुहोस् ।”
14मीकायले जवाफ दिए, “परमप्रभुको नाउँमा शपथ खाएर म भन्दछु, कि परमप्रभुले मलाई जे भन्नुहुन्छ, म त्यही भन्ने छु ।”
15जब तिनी राजाकहाँ आए राजाले तिनलाई भने, “मीकाया, हामी युद्धको लागि रामोत-गिलादमा जाऊँ कि नजाऊँ?” मीकायाले तिनलाई जवाफ दिए, “आक्रमण गर्नुहोस् र विजयी हुनुहोस् । परमप्रभुले यो तपाईंको हातमा सुम्पिदिनुहुने छ ।”
16तब राजाले तिनलाई भने, “परमप्रभुको नाउँमा अरू कुरा नभनी साँचो कुरा मात्र भन्नू भनी म तिमीलाई कति पटक शपथ खान लगाऊँ?”
17तब मीकायाले भने, “मैले गोठाला नभएका भेडाझैँ सारा इस्राएल पहाडहरूतिर तितर-बितर भएको देखेँ, र परमप्रभुले भन्नुभयो, 'तिनीहरूसित कुनै गोठालो छैन । हरेक मानिस शान्तिसित आफ्नै घरमा फर्कोस्' ।”
8इस्राएलका राजाले यहोशापातलाई भने, “एक जना मानिस छन् जसबाट हामीले मदतको लागि परमप्रभुबाट सल्लाह लिन सक्छौँ । तिनी यिम्लाका छोरा मीकाया हुन्, तर म तिनलाई घृणा गर्छु किनकि तिनले मेरो बारेमा कुनै असल कुरोको भविष्यवाणी गर्दैनन्, केवल खरावी मात्र बोल्छन् ।” तर यहोशापातले भने, “राजाले यस्तो भन्नुहुँदैन ।”
9तब इस्राएलका राजाले एक जना अधिकारीलाई बोलाई तिनलाई हुकुम गरे, “ठिक अहिले नै इम्लाका छोरा मीकायालाई ल्याउनू ।”
19तब मीकायाले भने, “त्यसकारण परमप्रभुको वचन सुन्नुहोस्: मैले परमप्रभुलाई उहाँको सिंहासनमा विराजमान हुनुभएको अनि उहाँको दाहिने र देब्रे हातपट्टि उहाँनेर सबै स्वर्गीय सेना उभिरहेका देखेँ ।
18तब मीकायाले भने, “यसकारण तपाईंहरू सबैले परमप्रभुको वचन सुन्नुपर्छः परमप्रभु आफ्नो सिंहासनमा बस्नुभएको र स्वर्गका सबै फौज उहाँका दाहिने र देब्रेपट्टि खडा भएका मैले देखें ।
7इस्राएलका राजाले यहोशापातलाई भने, “परमप्रभुबाट सल्लाह लिनलाई अझै एक जना यिम्लाका छोरा मीकाया छन्, तर म तिनलाई घृणा गर्दछु, किनभने तिनले मेरो निम्ति असल अगमवाणी बोल्दैनन्, तर सधैं खराबी मात्र भन्दछन् ।” यहोशापातले जवाफ दिए, “राजाले यस्तो भन्नुहुन्न ।”
8तब इस्राएलका राजाले तुरुन्तै आफ्ना एक जना अधिकारीलाई बोलाए र भने, “यिम्लाका छोरा मीकायालाई तुरुन्तै झिकाऊ ।”
11गमर्याहका छोरा, शापानका नाति मीकायाले मुट्ठोमा लेखिएका परमप्रभुका सबै वचन सुने ।
17हेर्, परमप्रभुले तँलाई फाल्न लाग्नुभएको छ, ए शक्तिशाली मानिस, तँलाई फाल्न लाग्नुभएको छ । उहाँले तँलाई कसेर समात्नुहुनेछ ।
8उहाँले यहूदाको सुरक्षालाई हटाउनुभयो । तिमीहरूले त्यस दिन वनको महलमा हतियारहरू हेर्यौ ।
3तँ उसको हातबाट उम्कनेछैनस्, किनकि तँ निश्चय नै समातिनेछस् र उसको हातमा दिइनेछ । तेरा आँखाले बेबिलोनका राजाको आँखालाई हेर्नेछन् । तँ बेबिलोनमा जाँदा उसले तँसित सिधै कुरा गर्नेछ ।'
13तब सबै मानिसले सुन्ने गरी बारूकले चर्को सोरमा पढेका सबै वचन जुन मीकायाले सुनेका थिए, तिनले तिनीहरूलाई ती बताइदिए ।
5तिनीहरूले देख्ने गरी पर्खालमा प्वाल पार्, र त्यसैबाट बाहिर निक्लेर जा ।
11तथापि अहिले तपाईं भन्नुहुन्छ, 'जाऊ, र एलिया यहाँ छन् भनी आफ्नो मालिकलाई बताइदेऊ ।'
12म यहाँबाट जानेबित्तिकै परमप्रभुका आत्माले तपाईंलाई मैले नचिनेको ठाउँमा लैजानुहुने छ । तब मैले आहाबलाई गएर बताउँदा तिनले तपाईंलाई फेला नपारेपछि तिनले मलाई मार्ने छन् । तापनि म तपाईंका दासले त मेरो बाल्यकालदेखि नै परमप्रभुको आराधना गरेको छु ।
29इस्राएलका राजाले यहोशापातलाई भने, “म आफूलाई गुप्त भेष धारण गर्नेछु र लडाइँमा जानेछु, तर तपाईं आफ्नो राजसी पोशाक नै लाउनुहोस् ।” यसैले इस्राएलका राजाले आफूलाई गुप्त भेष धारण गरे र तिनीहरू लडाइँमा गए ।
20ए मेरा मानिसहरू हो, जाओ, आफ्नो कोठाभित्र पस र पछि फर्केर आफ्ना ढोकाहरू बन्द गर । क्रोध बितेर नगएसम्म, केही बेर लुक ।
14अहिले तपाईं मलाई भन्नुहुन्छ, 'जाऊ, र एलिया यहाँ छन् भनी आफ्नो मालिकलाई बताइदेऊ ।' तिनले मलाई मार्ने छन् ।”
18तिनीहरू अन्य देवताहरूकहाँ फर्की तिनीहरूले गर्ने तिनीहरूका सबै दुष्ट्याइँको कारणले त्यस दिन म निश्चय नै तिनीहरूबाट मेरो मुहार लुकाउने छु ।
19तब अधिकारीहरूले बारूकलाई भने, “जाऊ तिमी र यर्मिया पनि गएर लुक । तिमीहरू कहाँ छौ भनेर कसैले पनि थाहा नपाओस् ।”
4यहूदाका राजा सिदकियाह कल्दीहरूको हातबाट उम्कनेछैन, किनकि निश्चय नै ऊ बेबिलोनका राजाको हातमा दिइनेछ । उसले राजसित आमनेसामने कुरा गर्नेछ, र उसका आँखाले राजाका आँखालाई हेर्नेछन् ।
15परमप्रभु सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “यो प्रशासक शेब्नाकहाँ जसले महलको रेखदेख गर्छ र भन्,
24तब सिदकियाहले यर्मियालाई भने, “यी वचनको विषयमा कसैलाई नभन, जसले गर्दा तिमी मारिनेछैनौ ।
38त्यसैले ती मानिसले तिनलाई हिर्काई घाइते बनाए । तब अगमवक्ता प्रस्थान गरे र बाटोनेर राजाको प्रतीक्षा गरे । तिनले आँखामा पट्टी बाँधेर गुप्त भेष बनाएका थिए ।
17तब राजा सिदकियाहले कसैलाई पठाए जसले तिनलाई दरबारमा ल्याए । आफ्नो महलमा राजाले तिनलाई गुप्तमा सोधे, “के परमप्रभुबाट कुनै वचन आएको छ?” यर्मियाले जवाफ दिए, “वचन छः तपाईंलाई बेबिलोनका राजाको हातमा दिइनेछ ।”
12तिनीहरूका बिचमा हुने शासकले साँझमा आफ्नो काँधमा सामान बोक्नेछ, र पर्खालबाट बाहिर जानेछ । तिनीहरूले पर्खाल फोर्नेछन् र आफ्ना सामानहरू बाहिर निकाल्नेछन् । आफ्ना आँखाले भूइँ नदेखोस् भनेर त्यसले आफ्नो मुख छोप्नेछ ।
12त्यसैले तिनका एक जना सेवकले भने, “हे मेरा मालिक राजा, हामीले गर्दैनौँ किनकि इस्राएलमा भएका एलीशा अगमवक्ताले तपाईंले आफ्नो सुत्ने कोठामा बोल्नुभएका कुरासमेत इस्राएलका राजालाई भनिदिन्छन् ।”