१ राजा 3:13

अनलक शाब्दिक बाइबल

तैँले मबाट नमागेका कुराहरू अर्थात् धनसम्पत्ति र मान पनि मैले तँलाई दिएको छु ताकि राजाहरूका बिचमा तेरो जीवनभर तँजस्तो कोही पनि नहोस् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 6:33 : 33 तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर अनि यी सबै थोक तिमीहरूलाई दिइनेछ ।
  • नीति 3:16 : 16 बुद्धिको दाहिने हातमा दीर्घायु हुन्छ भने त्यसको देब्रे हातमा धन-सम्पत्ति र मान हुन्छन् ।
  • १ राजा 4:21-24 : 21 सोलोमनले यूफ्रेटिस नदीदेखि पलिश्तिहरूको देश र मिश्रको सिमानासम्म राज्य गर्थे । सोलोमनको जीवनभर तिनीहरूले तिनीकहाँ कर ल्याए र तिनको सेवा गरे । 22 सोलोमनको एक दिनको खाना पचहत्तर मुरी मसिनो पिठो, एक सय पचास मुरी अन्न, 23 पोसिएका दसवटा गाई-गोरु, खर्कमा पालेका बिसवटा गाई-गोरु, एक सयवटा भेडा-बाख्रा अनि मृग, हरिण, बराँठ र कुखुराहरू थिए । 24 किनकि तिनले युफ्रेटिस नदीको पश्चिमपट्टिका सबै देश अर्थात् तिफसादेखि गाजासम्मा राज्य गर्थे, र तिनको वरिपरि भएकाहरू सबैसित तिनी शान्तिमा बस्थे ।
  • एफिसी 3:20 : 20 अब हामी भित्र काम गर्ने उहाँको शक्ति अनुसार, हामीले माग्‍ने वा विचार गर्ने सबै कुराभन्दा धेरै माथि सबै थोक गर्न सक्‍नुहुने उहाँलाई,
  • रोमी 8:32 : 32 जसले आफ्ना पुत्रलाई पनि बाँकी राख्‍नुभएन तर हामी सबैको तर्फबाट उहाँलाई सुम्पिदिनुभयो, कसरी उहाँले हामीलाई उहाँसँगै सबै थोक पनि सितैँमा दिनुहुन्‍न र?
  • १ कोरि 3:22-23 : 22 चाहे पावल वा अपोल्लोस वा केफास वा संसार वा जीवन वा मृत्यु वा वर्तमानका कुराहरू वा आउने कुराहरू सबै तिमीहरूकै हुन्, 23 अनि तिमीहरूचाहिँ ख्रीष्‍टका हौ, र ख्रीष्‍टचाहिँ परमेश्‍वरका हुनुहुन्छ ।
  • भजन 84:11-12 : 11 किनकि परमप्रभु परमेश्‍वर हाम्रो सूर्य र ढाल हुनुहुन्छ । परमप्रभुले अनुग्रह र गौरव दिनुहुनेछ । इमानदारितामा हिंड्नेहरूलाई उहाँले कुनै असल थोक रोक्‍नुहुन्‍न । 12 हे सर्वशक्तिमान् परमप्रभु, त्यो मानिस धन्यको हो, जसले तपाईंमा भरोसा गर्छ ।
  • १ राजा 10:23-29 : 23 यसरी सोलोमन राजा धन-सम्पत्ति र बुद्धिमा संसारका सबै राजाभन्दा श्रेष्ठ थिए । 24 परमेश्वरले सोलोमनको ह्रदयमा हालिदिनुभएको तिनको बुद्धि सुन्नलाई सारा दुनियाँले तिनको उपस्थितिको खोजी गर्थे । 25 तिनलाई भेट्नेहरूले हरेक वर्ष कोसेली, सुन र चाँदीका भाँडाकुँडाहरू, लुगाहरू, हातहतियार, मसलासाथै घोडा र खच्चरहरू ल्याउँथे । 26 सोलोमनले रथहरू र घोडचढीहरू जम्मा गरे । तिनका चौध सयवटा रथ र बाह्र हजार घोडचढी थिए जसलाई तिनले रथ राख्ने सहरहरू र आफूसितै यरूशलेममा पनि राख्ने गर्थे । 27 राजाले यरूशलेममा चाँदी जमिनको ढुङ्गासरह बनाए । तिनले देवदारुचाहिँ पहाडका जङ्गली अञ्जीरका बोटहरूसरह प्रशस्त तुल्याए । 28 सोलोमनका घोडाहरू मिश्र र क्यूएबाट पैठारी गरिन्थे, अनि राजाका व्यापारीहरूले तिनलाई क्यूएबाट किन्ने गर्थे । 29 मिश्रबाट चाँदीका छ सय सिक्कामा एउटा रथ र चाँदीको डेढ सय सिक्कामा एउटा घोडा किनिन्थ्यो । त्यसपछि यीमध्ये धेरैजसो हित्ती र अरामीहरूका राजाहरूलाई बेचिन्थे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ इति 1:7-12
    6 पदहरू
    88%

    7त्‍यस रात परमेश्‍वर सोलोमनकहाँ देखा पर्नुभयो र तिनलाई भन्‍नुभयो, “माग्, म तँलाई के दिऊँ?”

    8सोलोमनले परमेश्‍वरलाई भने, “तपाईंले मेरा बुबा दाऊदलाई महान्‌ करारको विश्‍वस्‍तता देखाउनुभएको छ र मलाई उहाँको सट्टामा राजा तुल्‍याउनुभएको छ ।

    9अब हे परमप्रभु परमेश्‍वर, तपाईंले मेरा बुबा दाऊदलाई दिनुभएको तपाईंको प्रतिज्ञा पुरा गर्नुहोस्, किनकि पृथ्‍वीको धुलो जत्तिकै अनगन्‍ती मानिसमाथि तपाईंले मलाई राजा बनाउनुभएको छ ।

    10अब मलाई बुद्धि र ज्ञान दिनुहोस् ताकि यी मानिसलाई म नेतृत्‍व गर्न सकूँ, किनकि यति धेरै सङ्ख्यामा रहेका तपाईंका मानिसहरूको न्याय कसले गर्न सक्छ र?”

    11परमेश्‍वरले सोलोमनलाई भन्‍नुभयो, “किनभने तेरो हृदयमा यो कुरा छ, र तैंले समृद्धि, धन-सम्‍पत्ति वा आदर मागिनस् न त तँलाई घृणा गर्नेहरूको प्राण, न त आफ्‍नो निम्‍ति दीर्घायु नै मागिस्, तर आफ्‍नो निम्‍ति तैंले बुद्धि र ज्ञान मागिस् ताकि तैंले मेरा मानिसमाथि शासन सक्‍छस् जसमाथि मैले तँलाई राजा बनाएको छु, र म यसै गर्नेछु ।

    12अब म तँलाई बुद्धि र ज्ञान दिनेछु । म तँलाई यस्‍तो समृद्धि, धन-सम्‍पत्ति, र आदर पनि दिनेछु, जो तँभन्‍दा अघिका कुनै राजाले पाएका थिएनन्, र तँभन्‍दा पछिका कुनैले पनि पाउनेछैनन्‌ ।”

  • १ राजा 3:5-12
    8 पदहरू
    88%

    5रातमा गिबोनमा परमप्रभु सपनामा सोलोमनकहाँ देखा पर्नुभयो । उहाँले भन्नुभयो, “तँ मबाट के चाहन्छस्, माग् ।”

    6त्यसैले सोलोमनले भने, “मेरा पिता दाऊद तपाईंको सामु विश्वसनियतामा, धार्मिकतामा र ह्रदयको सोझोपनमा हिँडेकाले तपाईंले आफ्ना दास दाऊदलाई करारको ठुलो विश्वसनीयता देखाउनुभएको छ । तपाईंले उहाँप्रति करारको ठुलो विश्वसनीयता कायमै राख्नुभएको छ, र आज उहाँको सिंहासनमा बस्न एक जना पुत्र दिनुभएको छ ।

    7अब हे परमप्रभु मेरा परमेश्वर, म सानो बालक भए तापनि तपाईंले आफ्ना दासलाई मेरा पिता दाऊदको ठाउँमा राजा बनाउनुभएको छ । मलाई मेरो कर्तव्य थाहा छैन ।

    8तपाईंका दास तपाईंले छान्नुभएका मानिसहरूका बिचमा छन् जो असङ्ख्य र अनगिन्ती छन् ।

    9त्यसैले मैले खराब र असल छुट्ट्याउन सकूँ भनेर मानिसहरूको न्याय गर्न तपाईंका दासलाई समझशक्तिको ह्रदय दिनुहोस् । किनकि तपाईंको यस महान् जातिलाई न्याय गर्न को सक्षम छ?”

    10सोलोमनको यस बिन्तीले परमप्रभुलाई खुसी तुल्यायो ।

    11त्यसैले परमेश्वरले तिनलाई भन्नुभयो, “तैँले आफ्नो लागि लामो जीवन वा धनसम्पत्ति वा तेरा शत्रुहरूको जीवन नमागी न्याय छुट्ट्याउने समझशक्ति मागेको छस् ।

    12हेर्, अब तैँले मबाट मागेको सबै कुरा म पुरा गर्ने छु । म तँलाई बुद्धिमानी र समझशक्तिको हृदय दिने छु । यसरी तेरो सामु कोही पनि तँजस्तो हुने छैन, र तँपछि पनि कोही पनि तँजस्तो खडा हुने छैन ।

  • 14तेरा पिता दाऊदझैँ मेरा विधिविधानहरू र मेरा आज्ञाहरू पालन गर्न तँ मेरो मार्गमा हिँडिस् भने म तेरो आयु लम्ब्याउने छु ।”

  • २ इति 9:7-8
    2 पदहरू
    74%

    7तपाईंका मानिसहरू कति धन्‍यका हुन् र निरन्‍तर तपाईंको सामु खडा रहने तपाईंका सेवकहरू कति धन्‍यका हुन् किनभने तिनीहरूले तपाईंका बुद्धिका कुराहरू सुन्‍न पाउँछन् ।

    8तपाईंसित प्रसन्‍न भई तपाईंलाई राजा नियुक्त गरेर उहाँको सिंहासनमा बसाल्‍नुहुने परमप्रभु तपाईंका परमेश्‍वर धन्‍यका होउन् । किनभने इस्राएललाई सदाको निम्ति स्थापित गराउनलाई तपाईंका परमेश्‍वरले त्‍यसलाई प्रेम गर्नुभयो । तपाईंले न्‍याय र धार्मिकता कायम राख्‍नलाई उहाँले तपाईंलाई तिनीहरूमाथि राजा बनाउनुभयो!”

  • 12धन र मान दुबै तपाईंबाट नै आउँछन्‌, र तपाईंले सबै मानिसमाथि राज्‍य गर्नुहुन्‍छ । पराक्रम र शक्ति तपाईंकै बाहुलीमा छन् । मानिसहरूलाई उच्‍च पार्न र शक्ति दिन तपाईंकै हातमा बल र शक्ति छन्‌ ।

  • १ राजा 10:8-9
    2 पदहरू
    74%

    8तपाईंका पत्नीहरू कति प्रसन्न होलान्! तपाईंको बुद्धि सुन्न पाएकाले तपाईंको सामु निरन्तर खडा हुने तपाईंका सेवकहरू कति प्रसन्न होलान्!

    9परमप्रभु तपाईंका परमेश्वरको स्तुति होस् जो तपाईंमा प्रसन्न हुनुहुन्छ र जसले तपाईंलाई इस्राएलको सिंहासनमा राख्नुभएको छ । परमप्रभुले इस्राएललाई सदाको निम्ति प्रेम गर्नुभएकाले न्याय र धार्मिकता कायम गर्न उहाँले तपाईंलाई राजा बनाउनुभएको छ ।”

  • 37महाराजा, हजुर राजाहरूका महाराजा हुनुहुन्छ जसलाई स्वर्गका परमेश्‍वरले राज्य, शक्ति, बल र सम्मान दिनुभएको छ ।

  • 25सारा इस्राएलका नजरमा परमप्रभुले सोलोमनलाई सम्मानित तुल्याउनुभयो र तिनी अघिका इस्राएलका राजाको भन्‍दा महान् शक्ति उहाँले तिनलाई दिनुभयो ।

  • 9यसरी यरूशलेममा मभन्दा अगि भएका सबैभन्दा म धेरै महान् र धेरै धनी भएँ, अनि बुद्धि मसितै थियो ।

  • १ राजा 11:37-38
    2 पदहरू
    72%

    37म तँलाई चाहिँ लिने छु, र तैँले इच्छा गरेअनुसार तैँले शासन गर्ने छस्, र तँ इस्राएलमाथि राजा हुने छस् ।

    38मेरा दास दाऊदले गरेझैँ मैले तँलाई दिएका सबै आज्ञा तैँले मानिस्, र मेरो दृष्टिमा जे ठिक छ त्यही गरिस्, र मेरा विधिविधानहरू र मेरा आज्ञाहरू पालन गर्न मेरा मार्गहरूमा हिँडिस् भने म तँसित हुने छु, र दाऊदको निम्ति निर्माण गरेझैँ म तेरो वंशलाई स्थिर गराउने छु, अनि इस्राएलचाहिँ म तँलाई दिने छु ।

  • २ इति 9:22-23
    2 पदहरू
    72%

    22यसरी सोलोमन राजाले धन-सम्‍पत्ति र बुद्धिमा पृथ्‍वीका अरू सबै राजालाई जितेका थिए ।

    23परमेश्‍वरले सोलोमनको हृदयमा हालिदिनुभएको तिनको बुद्धि सुन्‍न पृथ्‍वीका सबै राजाले तिनको उपस्‍थितिमा बस्‍न खोज्‍थे ।

  • 7हे जातिहरूका महाराजा, तपाईंदेखि को डराउँदैन र? तपाईं यसैको लागि योग्य हुनुहुन्छ, किनकि जातिहरूका सबै बुद्धिमान् मानिसहरू र तिनीहरूका सबै राज्यहरूका बिचमा तपाईंजस्तो कोही पनि छैन ।

  • 19मेरा छोरा सोलोमनलाई तपाईंका आज्ञाहरू, तपाईंका धार्मिक नियमहरू र तपाईंका विधिहरू भक्तिसाथ पालन र मैले जुटाएका कुराले एउटा स्‍थान बनाउने योजना पुरा गर्न सम्‍पूर्ण हृदयको इच्छा दिनुहोस् ।”

  • १ राजा 10:23-24
    2 पदहरू
    71%

    23यसरी सोलोमन राजा धन-सम्पत्ति र बुद्धिमा संसारका सबै राजाभन्दा श्रेष्ठ थिए ।

    24परमेश्वरले सोलोमनको ह्रदयमा हालिदिनुभएको तिनको बुद्धि सुन्नलाई सारा दुनियाँले तिनको उपस्थितिको खोजी गर्थे ।

  • १ इति 22:11-12
    2 पदहरू
    71%

    11अब ए मेरो छोरो, परमप्रभु तँसँग रहनुभएको होस् र तँलाई सफलता दिनुभएको होस् । परमप्रभु तेरा परमेश्‍वरको मन्‍दिर तैंले नै बनाउनेछस् भनी उहाँले भन्‍नुभएझैं तैंले त्‍यो बनाउनेछस्।

    12परमप्रभुले नै तँलाई अन्तर्दृष्‍टि र समझ दिनुभएको होस्, ताकि उहाँले तँलाई इस्राएलमाथि अधिकार दिनुहुँदा तैंले परमप्रभु तेरा परमेश्‍वरको व्‍यवस्‍था पालन गर्नेछस् ।

  • यहे 28:3-4
    2 पदहरू
    71%

    3तँ आफैलाई दानिएलभन्‍दा पनि बुद्धिमान्‌ होस् र कुनै गुप्‍त कुराले तँलाई छक्‍क पार्दैन भनी सम्झन्छस् ।

    4तैंले बुद्धि र सिपले आफैंलाई सम्पन्‍न तुल्याएको छस् र आफ्‍नो भण्‍डारहरूमा सुन र चाँदी थुपारेको छस्‌ ।

  • 4तिनले तपाईंलाई जीवन मागे । तपाईंले त्‍यो तिनलाई दिनुभयो । तपाईंले तिनलाई सदासर्वदाको निम्ति लामो आयु दिनुभयो ।

  • 8मैले तँलाई तेरो मालिकको घराना र तेरो मालिकका पत्‍नीहरूलाई तेरो हातमा दिएँ । मैले तँलाई इस्राएल र यहूदाको घराना पनि दिएँ । तर त्यसले नपुगेको भए, मैले तँलाई यसको अतिरिक्‍त अरू धेरै कुरा दिने थिएँ ।

  • १ राजा 1:47-48
    2 पदहरू
    71%

    47यसबाहेक, राजाका सेवकहरू हाम्रा मालिक राजा दाऊदलाई यसो भन्दै आशिष् दिन आए, 'हजुरका परमेश्वरले सोलोमनको नाउँ हजुरको भन्दा उत्तम बनाऊन् र हजुरको भन्दा तिनको सिंहासन महान् बनाऊन् ।' त्यसपछि राजाले पलङ्गमा नै दण्डवत् गरे ।

    48राजाले यसो पनि भने, 'इस्राएलका परमेश्वर परमप्रभु धन्यका होऊन् जसले आजको दिन मेरो सिंहासनमा एक जना व्यक्तिलाई राख्नुभएको छ जुन मेरै आँखाले देखेका छन्' ।”

  • १ राजा 8:23-24
    2 पदहरू
    70%

    23तिनले भने, “हे इस्राएलका परमेश्वर परमप्रभु, माथि स्वर्गमा वा तल पृथ्वीमा तपाईंजस्तो कुनै ईश्वर छैन जसले आफ्ना सारा ह्रदयले तपाईंको अगि हिँड्ने तपाईंका दासहरूसित करारको विश्वसनीयता कायम राख्नुहुन्छ ।

    24तपाईंले आफ्ना दास अर्थात् मेरा पिता दाऊदसित प्रतिज्ञा गर्नुभएको वचन पुरा गर्नुभएको छ । हो, तपाईंले आफ्नो मुखले बोल्नुभयो र त्यसलाई आफ्नो हातले पुरा गर्नुभयो जस्तो आज हुन आएको छ ।

  • 15तपाईंले आफ्‍ना दास मेरा बुबा दाऊदसित गर्नुभएको आफ्‍नो प्रतिज्ञा पूरा गर्नुभएको छ । हो, आफ्‍नै मुखले तपाईंले प्रतिज्ञा गर्नुभएको हो र आफ्‍नै हातले त्‍यो पूरा गर्नुभएको हो, जस्‍तो आज हुन आएको छ ।

  • 13राजा सोलोमनले शेबाकी रानीले इच्छा गरेकी हरेक थोक दिए । राजाले आफ्नो राजकीय उदारताका अतिरिक्ता उनले मागेकी हरेक कुरा दिए । यसरी उनी आफ्ना सेवकहरूसँगै आफ्नो देशमा फर्किन् ।

  • 18हे महाराजाका, सर्वोच्‍च परमेश्‍वरले हजुरका पिता नबूकदनेसरलाई राज्य, महान्‌ता, आदर, र ऐश्‍वर्य दिनुभयो ।

  • 21तपाईंको वचनको खातिर र तपाईंको आफ्नो उद्‍देश्‍य पूरा गर्नलाई, तपाईंले यो ठुलो काम गर्नुभएको छ र तपाईंको सेवकलाई त्‍यो प्रकट गर्नुभएको छ ।

  • 19हे परमप्रभु, तपाईंको दासको खातिर र तपाईंको आफ्नै उद्देश्य पुरा गर्नलाई आफ्‍ना सबै महान् कामहरू प्रकट होऊन् भनेर नै तपाईंले यो महान् काम गर्नुभएको छ ।

  • 9तँ जहाँजहाँ गए तापनि म तँसँगै गएको छु । मैले तेरा सबै शत्रुलाई तेरो सामुन्‍नेबाट नामेट पारेको छु । अब म तेरो नाउँलाई पृथ्वीका महान् नाउँहरूजस्तै महान् बनाउने छु ।

  • 6किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूसित प्रतिज्ञा गर्नुभएझैँ उहाँले तिमीहरूलाई आशिष् दिनुहुने छ । तिमीहरूले धेरै जातिहरूलाई ऋण दिने छौ, तर तिमीहरूले ऋण लिने छैनौ । तिमीहरूले धेरै जातिहरूमाथि शासन गर्ने छौ, तर तिनीहरूले तिमीहरूमाथि शासन गर्ने छैनन् ।