१ शमूएल 18:7

अनलक शाब्दिक बाइबल

ती स्‍त्रीहरूले संगीतका साधनहरू बजाउँदै एकसाथ गीतहरू गाए । तिनीहरूले यसरी गाएः “शाऊलले हजारौंलाई मारेका छन् र दाऊदले दसौं हजारलाई मारेका छन् ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ शमू 21:11 : 11 आकीशका सेवकहरूले तिनलाई भने, “के यिनी देशका राजा दाऊद होइनन्? के तिनीहरूले नाचहरूमा एक-आपसमा यसो भनी गाएनन्, 'शाऊलले हजारौलाई मारेका छन्, र दाऊदले दसौं हजारलाई मारेका छन्?'”
  • १ शमू 29:5 : 5 के यिनै दाऊद होइनन् जसको बारेमा तिनीहरूले यसो भनेर एकआपस नाँच्दै गएका थिए, 'शाऊलले हजारौंलाई मारे र दाऊदले दसौं हजारलाई मारे'?”
  • निर्ग 15:21 : 21 मिरियमले तिनीहरूका निम्ति गाइन्, “परमप्रभुको निम्ति गाओ किनकि उहाँले महिमामा विजय हासिल गर्नुभएको छ । घोडा र यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ ।”
  • भजन 24:7-8 : 7 ए मूल ढोकाहरू हो, आफ्‍ना शिर उठाओ । ए अनन्त ढोकाहरू हो, उच्‍च होओ, ताकि महिमाका राजा भित्र आऊन् । 8 महिमाको यो राजा को हुनुहुन्छ? परमप्रभु, बलियो र शक्तिशाली । परमप्रभु, युद्धमा शक्तिशाली ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 5के यिनै दाऊद होइनन् जसको बारेमा तिनीहरूले यसो भनेर एकआपस नाँच्दै गएका थिए, 'शाऊलले हजारौंलाई मारे र दाऊदले दसौं हजारलाई मारे'?”

  • १ शमू 18:5-6
    2 पदहरू
    83%

    5शाऊलले जहाँ पठाए पनि दाऊद जान्थे, र तिनी सफल भए । शाऊलले तिनलाई युद्ध गर्ने मानिसहरूको उच्‍च पदमा स्थापित गरे । सबै मानिसहरू र शाऊलका सेवकहरूकै दृष्‍टिमा पनि यो कुरा असलै लाग्‍यो ।

    6जब तिनीहरू पलिश्तीहरूलाई पराजित गरेर आए, तब इस्राएलका सहरहरूबाट स्‍त्रीहरू खैंजडी र अन्य साङ्गितिक साधनहरूसँगै आनन्द साथ गाउँदै र चाँच्दै निस्के शाऊल राजालाई भेट्‍न आए ।

  • 11आकीशका सेवकहरूले तिनलाई भने, “के यिनी देशका राजा दाऊद होइनन्? के तिनीहरूले नाचहरूमा एक-आपसमा यसो भनी गाएनन्, 'शाऊलले हजारौलाई मारेका छन्, र दाऊदले दसौं हजारलाई मारेका छन्?'”

  • १ शमू 18:8-9
    2 पदहरू
    81%

    8शाऊल रिसले चुर भए र यो गितले तिनलाई अप्रसन्‍न बनायो । तिनलेल भने, “तिनीहरूले दाऊदलाई दसौं हजारको श्रेय दिए, तर तिनीहरूले मलाई भने हजारौं मात्रको श्रेय दिए । राजाको दर्जाबाहेक अब अरू बढी उसले के पाउनु छ र?”

    9शाऊलले त्यस दिनदेखि दाऊदलाई शंकाको दृष्‍टिे हेरे ।

  • १ शमू 18:24-25
    2 पदहरू
    75%

    24शाऊलका सेवहरूले दाऊदले भनेका यी कुराहरू उनलाई बताए ।

    25त्यसपछि शाऊलले भने, “दाऊदलाई यसो भन, 'राजाले आफ्ना शत्रुहरूमाथि बद्‍ला लिनलाई दुलहीको मूल्य पलिश्तीहरूको सयवटा खलडीबाहेक कुनै कुरा चाहनुहुन्‍न' ।” दाऊद पलिश्तीहरूको हातबाट मरून् भन्‍ने शाऊलको विचार थियो ।

  • 7दाऊदका सिपाहीहरूका सामु त्‍यहाँ इस्राएलका फौजलाई परास्‍त भयो । त्यस दिन त्यहाँ यति ठुलो नरसंहार भयो कि बिस हजार मानिसहरू मारिए ।

  • १ शमू 18:16-18
    3 पदहरू
    71%

    16तर सारा इस्राएल र यहूदाले दाऊदलाई प्रेम गरे, किनभने उनीहरूका सामु तिनी भित्र-बाहिर गर्थे ।

    17तब शाऊलले दाऊदलाई भने, “मेरी जेठी छोरी मेराब यहाँ छिन् । तिनलाई म तिम्रो पत्‍नी हुनलाई दिनेछु । मेरो निम्ति मात्र साहसी हुनु र परमप्रभुको युद्ध लड्नुपर्छ ।” किनकि शाऊलले सोचे, “तिनीमाथि मेरो हात नपरोस्, तर तिनीमाथि पलिश्तीहरूको हात परोस् ।”

    18दाऊदले शाऊललाई भने, “म राजाको ज्वाइँ बन्‍न, म को हुँ र मेरा नातेदारहरू वा इस्राएलमा मेरो बुबाको कुल को हो र?”

  • 13त्यसैले शाऊलले तिनलाई आफ्नो उपस्थितिबाट हटाए र तिनलाई हजारको कमाण्‍डरमा नियुक्‍त गरे । यसरी दाऊद बाहिर निस्के र मानिसहरूको सामु आए ।

  • 31जब सिपाहीहरूले दाऊदले भनेका कुराहरू सुने, तब तिनीहरूले त्यो कुरा शाऊललाई बताए र तिनले दाऊदलाई लिन पठाए ।

  • १ शमू 17:25-27
    3 पदहरू
    71%

    25इस्राएलका मानिसहरूले भने, “के माथि आएको यो मानिसलाई तपाईंले देख्‍नुभएको छ? ऊ इस्राएललाई चुनौती दिन आएको छ । उसलाई मार्नेलाई राजाले धेरै सम्पत्ति दिनेछन्, तिनले तिनलाई आफ्नो छोरी विवाह गर्न दिनेछन् र इस्राएलमा तिनको बुबाको घरानालाई करबाट मुक्‍त गर्नेछन् ।”

    26दाऊदले आफ्‍नो छेउमा उभिएका मानिसहरूलाई सोधे, “यो पलिश्तीलाई मार्ने र इस्राएलबाट निन्दा दुर गर्नेलाई के गरिनेछ? जीवित परमेश्‍वरको फौजलाई धम्की दिने यो बेखतनाको पलिश्ती को हो?”

    27अनि मानिसहरूले भनिरहेका कुरालाई नै दोहोर्‍याए र तिनलाई भने, “उसलाई मार्नेलाई यसै गरिनेछ ।”

  • 9दाऊदले शाऊललाई भने, “'हेर्नुहोस्, दाऊदले तपाइंको हानि गर्न खोज्दैछ' भन्‍ने मानिसहरूको कुरा तपाईंले किन सुन्‍नुहुन्छ?

  • १ शमू 18:27-28
    2 पदहरू
    71%

    27ती दिन सिद्धिनअगि नै, दाऊद आफ्ना मानिसहरूसँग गए र दुई सय जना पलिश्तीहरूलाई मारे । दाऊदले तिनीहरूका खलडी ल्याए र तिनीहरूले राजालाई त्यो पूर्ण संख्यामा दिए, ताकि तिनी राजाका ज्‍वाइँ हुन सकून् । त्यसैले शाऊलले तिनकी छोरी मीकललाई उनको पत्‍नी हुनलाई दिए ।

    28परमप्रभु दाऊदसँग हुनुभएको र शाऊलकी छोरी मीकलले तिनलाई प्रेम गरेको जब शाऊलले देखे र थाहा पाए,

  • 30त्यसपछि पलिश्तीहरूका शासकहरू युद्ध गर्न आए र तिनीहरू जति पटक युद्ध गर्न आए पनि दाऊदचाहिं तिनीहरूमाथि शाऊलका अन्य सेवकहरूभन्दा धेरै सफल भए, जसले गर्दा तिनको नाउँको उच्‍च कदर गरिएको थियो ।

  • 8फेरि पनि युद्ध भयो र दाऊद पलिश्तीहरूसँग युद्ध गर्न गए र ठुलो संहारका साथ तिनीहरूलाई पराजित गरे । उनीहरू तिनको सामुबाट भागे ।

  • 7शाऊलले आफ्नो वरिपरि खडा भएका सेवकहरूलाई भने, “हे बेन्यामीनका मानिसहरू हो, सुन! के यिशैका छोराले तिमीहरू हरेकलाई खेत र दाखबारीहरू दिनेछ? के उसले तिमीहरू सबैलाई हजारका कप्‍तानहरू र सयका कप्‍तानहरू बनाउनेछ,

  • 13दाऊदले नुनको बेसीमा अठार हजार अरामीहरूलाई जितेर फर्कंदा तिनको नाउँ चर्चित भएको थियो ।

  • 57जब त्‍यो पलिश्‍तीलाई मारेर दाऊद फर्के, अबनेरले तिनलाई लगे, र तिनको हातमा त्‍यो पलिश्तीको शिरसँगै तिनलाई शाऊलको सामु ल्याए ।

  • २ शमू 1:16-17
    2 पदहरू
    70%

    16त्यसपछि दऊदले त्यो मृतक अमालेकीलाई भने, “तेरो रगत तेरै शिरमा परोस् किनभने तेरै मुखले तेरो विरुद्ध गवाही दिएको र भनेको छ, 'मैले परमप्रभुका अभिषिक्‍त राजालाई मारेको छु' ।”

    17त्यसपछि दाऊदले शाऊल र जोनाथनको मृत्‍युमा यो विलापको गित गाए ।

  • 4शाऊलले मानिसहरूलाई बोलाए र तेलैमको सहरमा तिनको सङ्ख्‍या गने, तिनीहरू दुई लाख पैदल सिपाही र यहूदाका दश हजार पुरुषहरू थिए ।

  • 17शाऊलले दाऊदको सोर चिने र भने, “ए मेरो छोरा दाऊद, के यो तिम्रो सोर हो?” दाऊदले भने, “हो मेरो मालिक, राजा, यो मेरो सोर हो ।”

  • २ शमू 6:20-21
    2 पदहरू
    69%

    20त्यसपछि दाऊद आफ्‍नो परिवारलाई आशिष् दिन फर्केर गए । शऊलकी छोरी मीकल दाऊदलाई भेट्न आइन् र भनिन्, “इस्राएलको राजाको आज कति ठुलो इज्‍जत भएको, जसले आफ्नो सेविकाहरू र सेवकहरूको माझ निर्लज्‍ज रूपमा आफूलाई निवर्वस्‍त्र पार्ने कुपात्रले झैं आफैलाई निर्वस्‍त्र तुल्याए ।”

    21दाऊदले मीकललाई जवाफ दिए, “त्यो मैले परमप्रभुको सामु गरें, जसले मलाई तिम्रा बुबा र तिनका सबै परिवारमाथि चुन्‍नुभयो, जसले मलाई परमप्रभुका मानिसहरू इस्राएलमाथि अगुवा चुन्‍नुभयो । परमप्रभुको सामु म आनन्दित हुने छु ।

  • 18जवानहरूमध्ये एक जनाले जवाफ दिए, “मैले बेथलेहमका यिशैका छोरा बजाउनमा निपुण, बलियो, साहसी, लडाकु, बोलीवचनमा चतुर, सुन्‍दर मानिस देखेको छु । अनि परमप्रभु तिनीसँग हुनुहुन्छ ।”

  • 4दाऊदले तिनलाई भने, “कृपया मलाई भन, के के भएका छन्।” तिनले जवाफ दिए, “मानिसहरू युद्धबाट भागे । धेरै जना ढलेका छन् र धेरै जना मरेका छन् । शाऊल र उनका छोरा जोनाथन पनि मरेका छन् ।”

  • 22शाऊललले आफ्ना सेवकहरूलाई आज्ञा दिए, “दाऊदसँग गोप्यमा कुरा गर र यसो भन, 'हेर, राजा तिमीसँग खुसी हुनुहुन्छ, र उनका सबै सेवकहरूले तपाईंलाई मन पराउँछन् । त्‍यसो हो भने, अब राजाको ज्वाइँ हुनुहोस्' ।”

  • 20तर शाऊलकी छोरी मीकलले दाऊदलाई प्रेम गर्थिन् । तिनीहरूलले दाऊदलाई भने र यो कुराले तिनी खुसी भए ।

  • 5जब दमसकसका आरामीहरू सोबाका राजा हददेजेरलाई सहायता गर्न आए, तब दाऊदले बाइस हजार आरामी पुरुषलाई मारे ।

  • 5किनकि तिनले आफ्नो जीवनलाई खतरामा राखे र त्‍यो पलिश्ती मारे । परमप्रभुले सारा इस्राएलको निम्ति ठुलो विजय ल्याउनुभयो । तपाईंले त्‍यो देख्‍नुभयो र आनन्दित हुनुभयो । तपाईंले दाऊदलाई विनाकारण मारेर निर्दोष रगतको विरुद्ध किन पाप गर्नुहुन्छ?

  • 24ए इस्राएलकी छोरीहरूको शाऊलको निम्ति रोओ जसले तिमीहरूलाई गरगहना साथै बैजनी रङ्को पहिरन पहिराइदिए र जसले तिमीहरूका लुगामा सुनका गहनाहरू लगाइदिए

  • 1¶ त्यस दिन परमप्रभुमा दाऊदले यो गीत गाए, जुन दिन परमप्रभुले तिनलाई आफ्‍ना सबै शत्रुका हातबाट र शाऊलको हातबाट छुटकारा दिनुभयो ।

  • 11दाऊदले, “तिनीहरूले हाम्रोबारे 'दाऊदले यसो-यसो गरे' भन्‍न नसकून्” भनेर गातमा ल्याउनलाई न पुरुष न त स्‍त्रीलाई जीवित राख्थे । तिनी पलिश्तीहरूको देशमा बस्दा तिनले गरेका सबै कुरा यही थियो ।

  • 21ती स्‍त्री शाऊलकहाँ आइन् र तिनी साह्रै ठुलो कष्‍टमा परेको देखिन्, उनलले तिनलाई भनिन्, “हेर्नुहोस्, तपाईंकी दासीले तपाईंको कुरा सुनेकी छिन् । मेरो जीवनलाई मैले जोखिममा पारेको छु र तपाईंले भन्‍नुभएको कुरा पालन गरेकी छु ।

  • 7जब दाऊदले यसको बारेमा सुने, तब तिनले योआब र सिपाहीहरूका सबै फौजलाई पठाए ।

  • 5त्यसपछि योआबले दाऊदलाई योद्धाहरूको जम्मा संख्या बताए । इस्राएलमा तरवार चलाउन सक्‍नेहरू इस्राएलमा ११ लाख थिए । यहूदामा मात्र ४ लाख ७० हजार सेना थिए ।

  • 18आरामीहरू इस्राएलको सामुबाट भागे र दाऊदले उनीहरूका रथका सात सय मानिस र चालिस हजार घोडचढीलाई मारे । उनीहरूका फौजका कमाण्‍डर शोबक घाइते भए र त्यहीँ मरे ।

  • 14त्यसपछि दाऊदले यसो भन्‍दै शाऊलका छोरा ईश्‍बोशेतकहाँ दूतहरू पठाए, “मलाई मेरी पत्‍नी मीकल देऊ, जसलाई मैले सय जना पलिश्‍तीको खलडीको मूल्य तिरें ।”

  • 37दाऊदले भने, “परमप्रभुले मलाई सिंह र भालुको पञ्‍जाबाट बचाउनुभएको छ । उहाँले नै यो पलिश्‍तीको हातबाट पनि मलाई बचाउनुहुने छ ।” त्यसपछि शाऊलले दाऊदलाई भने, “जाऊ, र परमप्रभु तिमीसँग हुनुभएको होस् ।”

  • 25तब शाऊलले दाऊदलाई भने, “ए मेरा छोरा दाऊद, तिमीलाई आशिष् मिलोस्! तिमीले निश्‍चय नै ठुला कुराहरू गर्नेछौ र तिनमा तिमी सफल हुनेछौ ।” त्यसैले दाऊद आफ्नो बाटो लागे र शाऊल आफ्नै ठाउँतिर फर्के ।

  • 17शाऊलले मीकललाई भने, “तैंले मलाई किन छल गरिस् र मेरो शत्रुलाई जान दिइस्, ताकि ऊ बाँच्‍यो?” मीकलले शाऊललाई जवाफ दिइन्, “उहाँले मलाई भन्‍नुभयो, 'मलाई जान देऊ । मैले तिमीलाई किन मार्नु?'”

  • 4दाऊदका मानिसहरूले तिनलाई भने, “तैंले जे चाहन्छस् सो गर्न, म तेरो शत्रुलाई तेरो हातमा सुम्‍पने छु' भनी परमप्रभुले तपाईंलाई भन्‍नुभएको दिन यही हो ।” अनि दऊद उठे र बिस्तारै अगि बढे र शाऊलको वस्‍त्रको छेउ काटे ।

  • 5जब सोबाका राजा हददेजेरलाई सहायता गर्न दमस्‍कसका अरामीहरू आए, तब दाऊदले बाईस हजार जना अरामीलाई मारे ।