१ शमूएल 18:8
शाऊल रिसले चुर भए र यो गितले तिनलाई अप्रसन्न बनायो । तिनलेल भने, “तिनीहरूले दाऊदलाई दसौं हजारको श्रेय दिए, तर तिनीहरूले मलाई भने हजारौं मात्रको श्रेय दिए । राजाको दर्जाबाहेक अब अरू बढी उसले के पाउनु छ र?”
शाऊल रिसले चुर भए र यो गितले तिनलाई अप्रसन्न बनायो । तिनलेल भने, “तिनीहरूले दाऊदलाई दसौं हजारको श्रेय दिए, तर तिनीहरूले मलाई भने हजारौं मात्रको श्रेय दिए । राजाको दर्जाबाहेक अब अरू बढी उसले के पाउनु छ र?”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
7ती स्त्रीहरूले संगीतका साधनहरू बजाउँदै एकसाथ गीतहरू गाए । तिनीहरूले यसरी गाएः “शाऊलले हजारौंलाई मारेका छन् र दाऊदले दसौं हजारलाई मारेका छन् ।”
5के यिनै दाऊद होइनन् जसको बारेमा तिनीहरूले यसो भनेर एकआपस नाँच्दै गएका थिए, 'शाऊलले हजारौंलाई मारे र दाऊदले दसौं हजारलाई मारे'?”
9शाऊलले त्यस दिनदेखि दाऊदलाई शंकाको दृष्टिे हेरे ।
11आकीशका सेवकहरूले तिनलाई भने, “के यिनी देशका राजा दाऊद होइनन्? के तिनीहरूले नाचहरूमा एक-आपसमा यसो भनी गाएनन्, 'शाऊलले हजारौलाई मारेका छन्, र दाऊदले दसौं हजारलाई मारेका छन्?'”
21तब शाऊलले सोचे, “दाऊदसँग म त्यसकै विवाह गरिदिनेछु, ताकि त्यसको निम्ति यो एउटा पासो होस् र पलिश्तीहरूका हात उसको विरुद्धमा परोस् ।” यसरी शाऊलले दाऊदलाई दोस्रोपल्ट यसो भने, “तिमी मेरो ज्वाइँ हुनेछौ ।”
22शाऊललले आफ्ना सेवकहरूलाई आज्ञा दिए, “दाऊदसँग गोप्यमा कुरा गर र यसो भन, 'हेर, राजा तिमीसँग खुसी हुनुहुन्छ, र उनका सबै सेवकहरूले तपाईंलाई मन पराउँछन् । त्यसो हो भने, अब राजाको ज्वाइँ हुनुहोस्' ।”
23त्यसैले शाऊलका सेवकहरूले यी कुराहरू दाऊदलाई भने । तब दाऊदले भने, “के राजाको ज्वाइँ हुनु तपाईंहरूका निम्ति सानो कुरा हो, किनकि म त गरीब र तुच्छ मानिस हुँ?”
24शाऊलका सेवहरूले दाऊदले भनेका यी कुराहरू उनलाई बताए ।
25त्यसपछि शाऊलले भने, “दाऊदलाई यसो भन, 'राजाले आफ्ना शत्रुहरूमाथि बद्ला लिनलाई दुलहीको मूल्य पलिश्तीहरूको सयवटा खलडीबाहेक कुनै कुरा चाहनुहुन्न' ।” दाऊद पलिश्तीहरूको हातबाट मरून् भन्ने शाऊलको विचार थियो ।
7शाऊलले आफ्नो वरिपरि खडा भएका सेवकहरूलाई भने, “हे बेन्यामीनका मानिसहरू हो, सुन! के यिशैका छोराले तिमीहरू हरेकलाई खेत र दाखबारीहरू दिनेछ? के उसले तिमीहरू सबैलाई हजारका कप्तानहरू र सयका कप्तानहरू बनाउनेछ,
8जसको बदलामा तिमीहरू मेरो विरुद्धमा षड्यान्त्र गर्दैछौ? मेरो छोराले यिशैका छोरासँग करार गर्दा तिमीहरू कसैले पनि मलाई जानकारी दिएनौ । मेरो निम्ति तिमीहरू कोही पनि दुःखी छैनौ । मेरो छोराले मेरो सेवक दाऊदलाई मेरो विरुद्धमा उक्साएको कुरा तिमीहरू कसैले पनि मलाई जानकारी दिएनौ । आज ऊ लुक्छ र मलाई आक्रमण गर्न मलाई हेरेर बस्छ ।”
9दाऊदले शाऊललाई भने, “'हेर्नुहोस्, दाऊदले तपाइंको हानि गर्न खोज्दैछ' भन्ने मानिसहरूको कुरा तपाईंले किन सुन्नुहुन्छ?
12परमप्रभु दाऊदसँग हुनुहुन्थ्यो, तर शाऊलसँग फेरि हुनुभएन, यसैले शाऊल तिनीसँग डराए ।
13त्यसैले शाऊलले तिनलाई आफ्नो उपस्थितिबाट हटाए र तिनलाई हजारको कमाण्डरमा नियुक्त गरे । यसरी दाऊद बाहिर निस्के र मानिसहरूको सामु आए ।
13शाऊलले तिनलाई भने, “तैंले, तैंले र यिशैका छोराले किन मेरो विरुद्धमा षडयन्त्र रचेको छस्, जसमा तैंले उसलाई रोटी र तरवार दिइस् र परमप्रभुले उसलाई सहायता गर्नुभएको होस् भनी प्रार्थना गरिस्, जसले गर्दा मेरो विरुद्धमा खडा हुनलाई ऊ गुप्तमा लुक्न सकोस्, जस्तो आज उसले गरेको छ?”
17परमप्रभुले जे गर्छु भन्नुभएको छ सो उहाँले गर्नुभएको छ । परमप्रभुले राज्यलाई तिम्रो हातबाट खोस्नुभएको छ र उहाँले अरू कसैलाई अर्थात् दाऊदलाई दिनुभएको छ ।
17शाऊलले दाऊदको सोर चिने र भने, “ए मेरो छोरा दाऊद, के यो तिम्रो सोर हो?” दाऊदले भने, “हो मेरो मालिक, राजा, यो मेरो सोर हो ।”
18तिनले भने, “मेरो मालिकले आफ्नो दासको किन खेदो गर्नुहुन्छ? मैले के गरेको छु? मेरो हातमा के खराबी छ?
16जब दाऊदले यी कुराहरू शाऊललाई भनिसकेका थिए, तब शाऊलले भने, “मेरो छोरा दाऊद, के यो तिम्रो सोर हो?” शाऊलले डाँको छोडेर रोए ।
17तिनले दाऊदलाई भने, “मभन्दा तिमी धेरै धर्मी रहेछौ । किनकि तिमीले मलाई असल कुराले बदला लिएका छौ भने, मैले तिमीलाई खराब कुराले बदला लिएको छु ।
29तब दाऊदसँग शाऊल झन् धेरै डराए । शाऊल निरन्तर रूपमा दाऊदका शत्रु भए ।
30त्यसपछि पलिश्तीहरूका शासकहरू युद्ध गर्न आए र तिनीहरू जति पटक युद्ध गर्न आए पनि दाऊदचाहिं तिनीहरूमाथि शाऊलका अन्य सेवकहरूभन्दा धेरै सफल भए, जसले गर्दा तिनको नाउँको उच्च कदर गरिएको थियो ।
28तिनले मानिसहरूसँग कुरा गर्दा तिनका जेठा दाजु एलीआबले सुने । एलीआबको रिस दाऊदमाथि दन्कियो, र तिनले भने, “तँ यहाँ किन आइस्? उजाड-स्थानमा भएका ती थोरै भेडाहरूलाई कसको साथमा छोडिस्? तेरो घमण्ड र तेरो हृदयको कुटिलता मलाई थाहा छ । किनकि युद्ध हेर्न भनेर तँ यहाँ तल आएको होस् ।”
29दाऊदले भने, “मैले अहिले के गरेको छु? के यो एउटा प्रश्न मात्र थिएन?”
17तब शाऊलले दाऊदलाई भने, “मेरी जेठी छोरी मेराब यहाँ छिन् । तिनलाई म तिम्रो पत्नी हुनलाई दिनेछु । मेरो निम्ति मात्र साहसी हुनु र परमप्रभुको युद्ध लड्नुपर्छ ।” किनकि शाऊलले सोचे, “तिनीमाथि मेरो हात नपरोस्, तर तिनीमाथि पलिश्तीहरूको हात परोस् ।”
18दाऊदले शाऊललाई भने, “म राजाको ज्वाइँ बन्न, म को हुँ र मेरा नातेदारहरू वा इस्राएलमा मेरो बुबाको कुल को हो र?”
1¶ आफ्ना छोरा जोनाथन र आफ्ना सबै सेवकलाई शाऊलले हुकुम गरे कि तिनीहरूले दाऊदलाई मार्नुपर्छ । तर शाऊलका छोरा जोनाथन दाऊदसँग धैरै खुसी थिए ।
31जब सिपाहीहरूले दाऊदले भनेका कुराहरू सुने, तब तिनीहरूले त्यो कुरा शाऊललाई बताए र तिनले दाऊदलाई लिन पठाए ।
16त्यसपछि दऊदले त्यो मृतक अमालेकीलाई भने, “तेरो रगत तेरै शिरमा परोस् किनभने तेरै मुखले तेरो विरुद्ध गवाही दिएको र भनेको छ, 'मैले परमप्रभुका अभिषिक्त राजालाई मारेको छु' ।”
17त्यसपछि दाऊदले शाऊल र जोनाथनको मृत्युमा यो विलापको गित गाए ।
6जब तिनीहरूले भनेका कुरा शाऊलले सुने, तब तिनीमाथि परमेश्वरको आत्मा आउनुभयो र तिनी साह्रै रिसाए ।
10जसमा शाऊलको घरानाको राज्य हस्तान्तरण गर्न, र इस्राएलमाथि र यहूदामाथि दानदेखि बेर्शेबासम्मै दाऊदको सिंहासन स्थापित गर्न ।”
15अदोनियाहले भने, “तपाईंलाई थाहै छ, कि राज्य मेरै थियो, र सारा इस्राएलले म नै राजा हुने छु भनी अपेक्षा गरेरहेका थिए । तर कुरो परिवर्तन भयो, र राज्य मेरो भाइलाई दिइयो किनकि परमप्रभुले यो तिनलाई दिनुभएको थियो ।
30तब जोनाथनको विरुद्धमा शाऊल रिस दन्कियो र तिनले उनलाई भने, “तँ पथभ्रष्ट र विद्रोही स्त्री को छोरो! तैंले यिशैका छोरालाई आफ्नै शर्म र आफ्नो आमाको नग्नताको शर्मको निम्ति रोजेको छस् भन्ने के मलाई थाहा छैन?
43इस्राएलका मानिसहरूले यहूदाका मानिसहरूलाई जवाफ दिए, “हामीसँग महाराजासँग सम्बन्धित दश कुल छन्, त्यसैले दाऊदसँग तिमीहरूको भन्दा धेरै अधिकार हामीसित छ । तब तिमीहरूले हामीलाई किन तुच्छ ठान्यौ? के हाम्रो राजालाई फिर्ता ल्याउने हाम्रो प्रस्ताव पहिले सुनुवाइ हुनुपर्दैनथ्यौ?” तर यहूदाका मानिसहरूका वचनहरू इस्राएलका मानिसहरूका वचनभन्दा धेरै रुखो थियो ।
6तर त्यसले शमूएललाई दुःख लाग्यो, जब तिनीहरूले भने, “हाम्रो न्याय गर्न हामीलाई एक जना राजा दिनुहोस् ।” त्यसैले शमूएलले परमप्रभुसँग प्रार्थना गरे ।
10तर राजाले भने, “ए सरूयाहका छोराहरू तिमीहरूको मसँग के सरोकार? सायद परमप्रभुले नै, 'दाऊदलाई सराप' भनेर त्यसलाई भन्नुभएको हुनाले त्यसले मलाई सराप्दै छ । अनि त्यसलाई 'तिमीले राजालाई किन सराप्दै छौ?' भनेर कसले भन्न सक्छ' ।”
14तिनले परमप्रभुबाट मार्गदर्शन खोजेनन्, यसैले परमप्रभुले तिनलाई मार्नुभयो र यिशैका छोरा दाऊदलाई राज्य सुम्पनुभयो ।
5शाऊलले जहाँ पठाए पनि दाऊद जान्थे, र तिनी सफल भए । शाऊलले तिनलाई युद्ध गर्ने मानिसहरूको उच्च पदमा स्थापित गरे । सबै मानिसहरू र शाऊलका सेवकहरूकै दृष्टिमा पनि यो कुरा असलै लाग्यो ।
4शाऊलले मानिसहरूलाई बोलाए र तेलैमको सहरमा तिनको सङ्ख्या गने, तिनीहरू दुई लाख पैदल सिपाही र यहूदाका दश हजार पुरुषहरू थिए ।
28शमूएलले तिनलाई भने, “परमप्रभुले आज इस्राएल राज्यलाई तपाईंबाट च्यात्नुभएको छ र त्यो तपाईंभन्दा उत्तम तपाईंको एक जना छिमेकीलाई दिनुभएको छ ।
25तब शाऊलले दाऊदलाई भने, “ए मेरा छोरा दाऊद, तिमीलाई आशिष् मिलोस्! तिमीले निश्चय नै ठुला कुराहरू गर्नेछौ र तिनमा तिमी सफल हुनेछौ ।” त्यसैले दाऊद आफ्नो बाटो लागे र शाऊल आफ्नै ठाउँतिर फर्के ।
15जब शाऊलले तिनको फलिफाप भएको देखे, तब उनलाई तिनको डर भयो ।
14तर अब तपाईंको शासनले निरन्तरता पाउनेछैन । परमप्रभुले आफ्नोजस्तो हृदय भएको एक जना मानिसको खोजी गर्नुभएको छ र परमप्रभुले आफ्ना मानिसहरूका शासक हुन तिनलाई नियुक्त गर्नुभएको छ, किनभने उहाँले तपाईंलाई दिनुभएको आज्ञा तपाईंले पालन गर्नुभएको छैन ।”
33शाऊलले दाऊदलाई भने, “तिमी यो पलिश्तीको विरुद्धमा लाड्न जान सक्षम छैनौ । किनभने तिमी भर्खरको केटा मात्र हौ र ऊ आफ्नो जवानीदेखि नै युद्धमा छ ।”
38तब शाऊलले भने, “मानिसहरूका सबै अगुवाहरू यहाँ आओ । आज यो पाप कसरी गरियो सिक र हेर ।
8फेरि पनि युद्ध भयो र दाऊद पलिश्तीहरूसँग युद्ध गर्न गए र ठुलो संहारका साथ तिनीहरूलाई पराजित गरे । उनीहरू तिनको सामुबाट भागे ।
22तब दाऊदले भने, “ए सरूयाहका छोराहरू तिमीहरूको मसँग के सरोकार, कि तिमीहरू आज मेरो विरोधीहरू हुन्छौ? के आजको दिन इस्राएलमा कुनै मानिसलाई मारिने छ र? किनकि आज म इस्राएलका राजा हुँ भन्ने कुरा मलाई थाहा छैन र?”
21शाऊलले जवाफ दिए र भने, “के इस्राएलका कुलहरूमध्ये सबभन्दा सानो बेन्यामीनको म होइन? के बेन्यामीनको कुलमा पनि मेरो वंश सबभन्दा सानो होइन र? अनि तपाईंले मलाई किन यसो भन्नुहुन्छ?”
11“शाऊललाई राजा बनाएकोमा म दुःखी छु, किनकि मेरो अनुसरण गर्नबाट ऊ फर्किएको छ र मेरा आज्ञाहरू पालन गरेको छैन ।” शमूएल रिसाए । तिनले रातभरि परमप्रभुमा पुकारे ।