१ शमूएल 23:14

अनलक शाब्दिक बाइबल

दाऊद उजाड-स्‍थान भएका किल्लाहरूमा, जीपको उजाड-स्‍थानको पडाडी देशमा बसे । शाऊलले तिनलाई हरेक दिन खोजे, तर परमेश्‍वरले तिनलाई उनको हातमा दिनुभएन ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 54:3-4 : 3 किनकि विदेशीहरू मेरो विरुद्धमा उठेका छन् र निर्दयी मानिसहरूले मेरो ज्यान लिन खोजेका छन् । तिनीहरूले आफ्नो सामु परमेश्‍वरलाई राखेका छैनन् । सेला 4 हेर, परमेश्‍वर मेरो सहायक हुनुहुन्छ । मलाई उचाल्‍नुहुने परमप्रभु नै हुनुहुन्छ ।
  • यहो 15:24 : 24 जीप, तेलेम, बालोत,
  • यहो 15:55 : 55 माओन, कर्मेल, जीप, युक्‍ता,
  • भजन 32:7 : 7 तपाईं मेरो लुक्‍ने ठाउँ हुनुहुन्छ । तपाईंले मलाई कष्‍टबाट सुरक्षा दिनुहुन्छ । तपाईंले मलाई विजयको गीतहरू घेर्नुहुनेछ ।
  • भजन 37:32-33 : 32 दुष्‍ट व्‍यक्‍तिले धर्मी व्‍यक्‍तिलाई हे्र्छ र तिनलाई मार्न खोज्छ । 33 परमप्रभुले त्यसलाई दुष्‍ट व्‍यक्‍तिको हातमा छोड्‍नुहुन्‍न वा त्यसको न्याय हुँदा त्यसलाई दोषी ठहराउनुहुन्‍न ।
  • १ शमू 23:7 : 7 दाऊद कीलाहमा गएका थिए भनी शाऊललाई भनियो । शाऊलले भने, “परमेश्‍वरले उसलाई मेरो हातमा दिनुभएको छ । किनकि ऊ थुनिएको छ, किनभने ढोकाहरू र बारहरू भएको सहरमा ऊ पसेको छ
  • १ शमू 27:1 : 1 ¶ दाऊदले आफ्‍नो मनमा भने, “म कुनै दिन शाऊलको हातबाट नष्‍ट हुन्छु । मलाई पलिश्‍तीहरूको देशमा उम्केर जानुभन्दा उत्तम अरू केही हुँदैन । शाऊलले इस्राएलको सबै सिमानाभित्र मलाई खोज्‍न छोड्नेछ । यसरी म तिनको हातबाट उम्कनेछु ।”
  • भजन 11:1-3 : 1 ¶ म परमप्रभुमा शरण लिन्छु । तिमीहरूले मलाई कसरी भन्‍न सक्छौ, “चराझैं पहाडतिर भाग्”? 2 किनकि हेर, दुष्‍टहरूले आफ्‍ना धनु तयार गर्छन्। सोझो हृदय हुनेलाई अन्धकारमा प्रहार गर्न तिनीहरू आफ्‍ना काँडहरू ताँदोमा चढाउँछन् । 3 किनकि जगहरू नै भग्‍नावशेष हुन्‍छन् भने, धर्मीले के गर्न सक्छ र?
  • नीति 1:16 : 16 तिनीहरूका पाउ खराबीको लागि दौडन्छन्, र तिनीहरू रगत बगाउन हतारिन्छन् ।
  • नीति 4:16 : 16 किनकि तिनीहरूले खराबी नगरेसम्म तिनीहरू सुत्‍न सक्दैनन्, र तिनीहरूले कसैलाई नलडाएसम्म तिनीहरूलाई निन्द्रै लाग्दैन ।
  • नीति 21:30 : 30 यस्तो कुनै बुद्धि, समझशक्ति र सरसल्लाह छैन जुन परमप्रभुको विरुद्धमा खडा हुन सक्छ ।
  • यिर्मि 36:26 : 26 तब राजाले एक जना आफन्त यरहमेल, अज्रीएलका छोरा सरायाह र अबदीलका छोरा शेलेम्याहलाई सचिव बारूक र यर्मिया अगमवक्तालाई गिरफ्‍तार गर्ने हुकुम गरे, तर परमप्रभुले तिनीहरूलाई लुकाउनुभएको थियो ।
  • रोमी 8:31 : 31 त्यसो भए, यी कुराहरूको विषयमा हामी के भनौँ त? यदि परमेश्‍वर नै हाम्रो पक्षमा हनुहुन्छ भने, हाम्रो विरुद्धमा को हुन्छ र?
  • २ तिमो 3:11 : 11 सतावट, दुःखभोग अनि एन्टिओखिया, आइकोनियन र लुस्‍त्रामा ममाथि आइपरेका कुराको अनुकरण गर्‍यौ । मैले त्यस्ता सतावटहरू सहेँ र प्रभुले मलाई ती सबैबाट छुटकारा दिनुभयो ।
  • २ तिमो 4:17-18 : 17 तर प्रभु मसँग उभिनुभयो र मलाई बल दिनुभयो, ताकि मद्वारा सुसमाचारको घोषणा पूर्ण रूपमा पुरा हुन सकोस् र सबै गैरयहूदीहरूले सुन्‍न पाऊन् । यसैले, मैले सिंहको मुखबाट छुटकारा पाएँ । 18 परमेश्‍वरले मलाई सबै दुष्‍ट कामबाट छुटकारा दिनुहुन्छ, र उहाँको स्वर्गीय राज्यको लागि बचाउनुहुनेछ । उहाँलाई सदासर्वदा महिमा होस् । आमेन

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ शमू 23:15-16
    2 पदहरू
    87%

    15शाऊलले तिनको ज्यान खोज्दै आएका कुरा दाऊदले देखे । यति बेला दाऊद जीपमा भएको होरेशको उजाड-स्‍थान थिए ।

    16तब शाऊलका छोरा जोनाथन उठे र होरेशमा दाऊदकहाँ गए र परमेश्‍वरमा तिनको हातलाई बलियो बनाए ।

  • १ शमू 23:19-20
    2 पदहरू
    83%

    19त्यसपछि जीपीहरू गिबामा शाऊलकहाँ आए र भने, “के दाऊद यशीमोनको दक्षिणतिरका हकीला पहाडको होरेशका किल्लाहरू लुकिरहेका छैन र?

    20अब हे राजा तल आउनुहोस्, तपाईंको इच्छाअनुसार तल आउनुहोस् । हाम्रो काम भनेको तिनलाई राजाको हातमा सुम्‍पने हुनेछ ।”

  • १ शमू 26:1-5
    5 पदहरू
    83%

    1¶ जीपीहरू गिबामा शाऊलकहाँ आए र भने, “के दाऊद यशीमोन सामुन्‍नेको हकीलाहको पहाडमा लुकिरहेका छैनन्?”

    2तब शाऊल उठे र इस्राएलका चुनिएका तिन हजार मानिसलाई आफूसित लिएर जीपको उजाड-स्‍थानमा दाऊदलाई खोज्न तल गए ।

    3शाऊलले हकीलाहको पहाडमा छाउनी हाले, जुन यशीमोनको अगाडीतिर बाटोको छेउमा छ । तर दाऊदचाहिं उजाड-स्‍थानमा बसिरहेका थिए र शाऊल तिनको पछिपछि उजाड-स्‍थानमा आएको तिनले देखे ।

    4त्यसैले शाऊल साँच्‍चै नै आएका थिए भनी थाहा पाउनलाई दाऊदले गुप्‍तचरहरू पठाए ।

    5दाऊद उठे र शाऊलले छाउनी हालेको ठाउँमा गए । शाऊल र तिनका फौजका सेनापति नेरका छोरा अबनेर कहाँ सुतेका ठाउँ देखे । शाऊल छाउनीमा सुते र मानिसहरूले तिनका वरिपरि छाउनी हालेका थिए र सबै मस्‍त निद्रामा थिए ।

  • १ शमू 23:23-26
    4 पदहरू
    80%

    23त्यसैले हेर र उसले आफूलाई कहाँ लुकाउँछ सबै ठाउँ पत्ता लगाओ । पक्‍का सूचना लिएर मकहाँ फर्की आओ, अनि त्‍यसपछि तिमीहरूसँगै म फर्केर जानेछु । ऊ त्यस ठाउँमा छ भने, म उसलाई हजारौं यहूदाका माझमा सबैतिर खोज्‍नेछु ।”

    24तब तिनीहरू उठे र शाऊलभन्दा अगि जीपमा गए । दाऊद र तिनीसँग भएका मानिसहरू यशीमोनको दक्षिणतिरको अराबाको माओनको उजाड-स्‍थानमा थिए ।

    25शाऊल र उनका मानिसहरू तिनलाई खोज्‍न गए । तर दाऊदलाई यो कुरा भनिएको थियो, त्यसैले तिनी तल चट्टानको पहाडतिर गए र माओनको उजाड-स्‍थानमा बसे । जब शाऊलले त्‍यो कुरा सुने, तब तिनले दाऊदलाई माओनको उजाड-स्‍थानमा लखेटे ।

    26शाऊल पहाडको एकपट्टि हिंडे र दाऊद र तिनका मानिसहरू पहाडको अर्कोपट्टि हिंडिरहेका थिए । शाऊलबाट टाढा जानलाई दाऊद हतारिए । जसै शाऊल र तिनका मानिसहरूले दाऊद र तिनका मानिसहरूलाई समात्‍न घेरा लगाउँदै थिए,

  • १ शमू 23:10-13
    4 पदहरू
    79%

    10तब दाऊदले भने, “हे परमप्रभु, इस्राएलका परमेश्‍वर, शाऊल मेरो कारणले सहरलाई नाश पार्न कीलाहमा आउन खोज्छ भन्‍ने तपाईंको दासले सुनेको छ ।

    11के कीलाहका मानिसहरूले मलाई तिनको हातमा सुम्‍पनेछन्? के तपाईंको दासले सुनेजस्तै शाऊल तल आउनेछन्? हे परमप्रभु इस्राएलका परमेश्‍वर, म तपाईंसँग बिन्ती गर्छु, कृपया आफ्‍नो दासलाई भन्‍नुहोस् ।” परमप्रभुले भन्‍नुभयो, “ऊ तल आउनेछ ।”

    12तब दाऊदले भने, “के कीलाहका मानिसहरूले मलाई र मेरा मानिसहरूलाई शाऊलको हातमा सुम्पनेछन्?” परमप्रभुले भन्‍नुभयो, “तिनीहरूले तिमीहरूलाई सुम्‍पनेछन् ।”

    13तब दाऊद र तिनीसँग भएका करिब छ सय जना मानिसहरू उठे र कीलाहबाट टाढा गए र तिनीहरू ठाउँ-ठाउँमा गए । दाऊद कीलाहबाट उम्के भनी शाऊललाई भनियो र तिनलले पिछा गर्न छोडे ।

  • 29त्यहाँबाट दाऊद माथि गए र एन-गदीका किल्लाहरूमा बसे ।

  • १ शमू 23:7-8
    2 पदहरू
    76%

    7दाऊद कीलाहमा गएका थिए भनी शाऊललाई भनियो । शाऊलले भने, “परमेश्‍वरले उसलाई मेरो हातमा दिनुभएको छ । किनकि ऊ थुनिएको छ, किनभने ढोकाहरू र बारहरू भएको सहरमा ऊ पसेको छ

    8युद्धको निम्ति तल कीलाहमा जान, दाऊद र तिनका मानिसहरूलाई घेरा हाल्न शाऊलले आफ्‍ना सबै फौजलाई बोलाए ।

  • १ शमू 24:1-4
    4 पदहरू
    76%

    1¶ जब पलिश्‍तीहरूलाई लखेटेर शाऊल फर्के, तब तिनलाई भनियो, “दाऊद एन-गदीको उजाड-स्‍थानमा छन् ।”

    2त्यसपछि शाऊलले सबै इस्राएलबाट तिन हजार मानिसहरू छानेर लिए र दाऊद अनि तिनका मानिसहरूलाई खोज्‍न घोरलको चट्टानमा गए ।

    3तिनी बाटोमा भेडा-गोठहरूमा आए जहाँ एउटा गुफा थियो । शाऊल दिसा गर्न भित्र गए । दाऊद र तिनका मानिसहरू गुफाको पल्लो कुनामा बसिरहेका थिए ।

    4दाऊदका मानिसहरूले तिनलाई भने, “तैंले जे चाहन्छस् सो गर्न, म तेरो शत्रुलाई तेरो हातमा सुम्‍पने छु' भनी परमप्रभुले तपाईंलाई भन्‍नुभएको दिन यही हो ।” अनि दऊद उठे र बिस्तारै अगि बढे र शाऊलको वस्‍त्रको छेउ काटे ।

  • 22त्यसैले दाऊदले शाऊलसित शपथ खाए । अनि शाऊल घर गए, तर दाऊद र तिनका मानिसहरू माथि किल्लामा गए ।

  • 7त्यसैले दाऊदले आफ्ना मानिसहरूलाई यी कुराहरू भनेर हप्‍काए र शाऊललाई आक्रमण गर्न तिनीहरूलाई अनुमति दिएनन् । शाऊल उठे, गुफाबाट बाहिर निस्के र आफ्नो बाटो लागे ।

  • 4दाऊद गातमा भागेर गयो भनी शाऊललाई भनियो, त्यसैले उनले तिनलाई खोज्‍न छोडे ।

  • 1¶ दाऊदले आफ्‍नो मनमा भने, “म कुनै दिन शाऊलको हातबाट नष्‍ट हुन्छु । मलाई पलिश्‍तीहरूको देशमा उम्केर जानुभन्दा उत्तम अरू केही हुँदैन । शाऊलले इस्राएलको सबै सिमानाभित्र मलाई खोज्‍न छोड्नेछ । यसरी म तिनको हातबाट उम्कनेछु ।”

  • 10त्यस दिन दाऊद उठे र शाऊलदेखि भागे र गातका राजा आकीशकहाँ गए ।

  • १ शमू 22:5-6
    2 पदहरू
    74%

    5तब गाद अगमवक्ताले दाऊदलाई भने, “तपाईंको किल्लामा नबस्‍नुहोस् । छोडेर यहूदाको देशमा जानुहोस् ।” त्यसैले दाऊद त्यहाँबाट निस्के र हारेतको वनमा गए ।

    6दाऊदलाई तिनीसँग भएका मानिसहरूसहित भेटिए भन्‍ने कुरा शाऊलले सुने । अहिले शाऊल रामामा भएको झ्याउको रूखमुनि आफ्नो हातमा भाला लिएर बसिरहेका थिए र तिनका सेवकहरू तिनका वरिपरि खडा थिए ।

  • १ शमू 24:9-10
    2 पदहरू
    74%

    9दाऊदले शाऊललाई भने, “'हेर्नुहोस्, दाऊदले तपाइंको हानि गर्न खोज्दैछ' भन्‍ने मानिसहरूको कुरा तपाईंले किन सुन्‍नुहुन्छ?

    10तपाईं गुफामा हुनुहुँदा परमप्रभुले तपाईंलाई मेरो हातमा सुम्पनुभएको कुरा आज तपाईंले आफ्नै आँखाले देख्‍नुभएको छ । तपाईंलाई मार्न कसैले मलाई भने, तर मैले तपाईंलाई बचाएँ । मैले भने, 'म मेरो मालिकको विरुद्धमा हात उठाउँदिनँ । किनकि उहाँ परमप्रभुको अभिषिक्‍त जन हुनुहुन्छ ।'

  • 1¶ त्यस दिन परमप्रभुमा दाऊदले यो गीत गाए, जुन दिन परमप्रभुले तिनलाई आफ्‍ना सबै शत्रुका हातबाट र शाऊलको हातबाट छुटकारा दिनुभयो ।

  • 10शाऊलले दाऊदलाई भालाले भित्तामा नै छेडिदिन खोजे, तर तिनी शाऊलको उपस्थितिबाट उम्के, ताकि शाऊले भाला भित्तामा रोपे । दाऊद त्यस रात भागे र बाँचे ।

  • 18अब दाऊद भागे र बाँचे, र रामामा शमूएलकहाँ गए र शाऊलले तिनलाई गरेका सबै कुरा उनलाई सुनाए । त्यसपछि तिनी र शमूएल नैयोतमा बसे ।

  • 1¶ यसैले दाऊद त्यहाँबाट भागे र अदुल्‍लामको गुफामा गए । जब तिनका दाजुहरू र तिनका बुबाका सबै घरानाले यो सुने, तिनीहरू तिनीकहाँ तल गए ।

  • 13तब दाऊद पारिपट्टि गए र टाढा पहाडको टाकुरमा खडा भए । तिनीहरू बिच लामो दूरी थियो ।

  • 23मसँग बस र नडराऊ । तिम्रो ज्यान लिन खोज्‍नेले मेरो पनि ज्यान मार्न खोजेको छ । तिमी मसँग सुरक्षित हुनेछौ ।”

  • 2त्यसैले जोनाथनले दाऊदलाई भने, “मेरा बुबा शाऊलले तपाईंलाई मार्न खोज्‍दैछन् । यसकारण बिहान सजग हुनुहोस् र आफूलाई कुनै गोप्य ठाउँमा लुकाउनुहोस् ।

  • १ शमू 23:4-5
    2 पदहरू
    72%

    4तब दाऊदले परमप्रभुसँग सहायताको निम्ति फेरि प्रार्थना गरे । परमप्रभुले तिनलाई भन्‍नुभयो, “उठ्, तल कीलाहमा जा । किनकि म तँलाई पलिश्तीहरूमाथि विजय दिनेछु ।”

    5दाऊद र तिनका मानिसहरू कीलाहमा गए र पलिश्तीहरूसँग लडे । तिनले उनीहरूका गाईवस्तुहरू लगे र ठुलो संहारसहित तिनीहरूलाई प्रहार गरे । यसरी दाऊदले कीलाहका बासिन्दाहरूलाई बचाए ।

  • १ शमू 18:11-12
    2 पदहरू
    72%

    11शाऊलले भाला हाने, किनकि तिनले सोचे, “म दाऊदलाई भित्तामा छेडिदिन्‍छु ।” तर त्‍यो दिन दाऊद दुईपल्‍ट यसरी नै शाऊलको उपस्थितिबाट उम्के ।

    12परमप्रभु दाऊदसँग हुनुहुन्‍थ्‍यो, तर शाऊलसँग फेरि हुनुभएन, यसैले शाऊल तिनीसँग डराए ।

  • 14त्यस बेला दाऊद आफ्‍नो किल्‍ला अर्थात् गुफामा थिए, जबकि पलिश्तीहरू बेथलेहेममा स्थापित भएका थिए ।

  • 37दाऊदले भने, “परमप्रभुले मलाई सिंह र भालुको पञ्‍जाबाट बचाउनुभएको छ । उहाँले नै यो पलिश्‍तीको हातबाट पनि मलाई बचाउनुहुने छ ।” त्यसपछि शाऊलले दाऊदलाई भने, “जाऊ, र परमप्रभु तिमीसँग हुनुभएको होस् ।”

  • 1¶ कीशका छोरा शाऊलको उपस्‍थितिबाट दाऊद निकाला भएकै अवस्‍थामा सिक्‍लगमा यी मानिसहरू तिनीकहाँ आए । यिनीहरू युद्ध तिनलाई सहयोग गर्ने सिपाहीहरू थिए ।

  • 1¶ शाऊलको मृत्युपछि अमालेकीहरूलाई आक्रमण गरेर दाऊद फर्के र सिक्लगमा दुई दिनसम्म बसे ।

  • 34तर दाऊदले शाऊललाई भने, “तपाईंको दासले आफ्ना बुबाका भेडाहरूको हेरचाह गर्ने गर्थ्यो । जब सिंह वा भालु आएर भेडालाई बगालबाट लान्थ्यो,

  • 7तापनि, दाऊदले सियोनका किल्ला कब्जा गरे, जुन अहिले दाऊदको सहर हो ।