१ शमूएल 31:13

अनलक शाब्दिक बाइबल

त्यसपछि तिनीहरूले उनीहरूका हड्‍डीहरू लिए र तिनलाई याबेशको झ्याउको रूखमुनि गाडे अनि तिनीहरू सात दिनसम्म उपवास बसे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 50:10 : 10 जब तिनीहरू यर्दननेरको आतादको खलामा आइपुगे, तब तिनीहरूले साह्रै अफसोस गरेर रुवाबासी गरे । अनि त्‍यहाँ योसेफले सात दिनसम्‍म आफ्‍ना बुबाको निम्‍ति शोक गरे ।
  • २ शमू 21:12-14 : 12 त्यसैले दाऊद गए र शाऊल र तिनका छोरा जोनाथनका हाड्‍डीहरू याबेश-गिलादका मानिसहरूबाट लिएर आए, जसले बेथ-शानको चोकबाट ती चोरेका थिए, जहाँ पलिश्‍तीहरूले शाऊललाई गिल्बोमा मरेपछि ती पलिश्‍तीहरूले उनीहरूलाई झुण्ड्याएका थिए । 13 दाऊदले त्‍यहाँबाट शाऊल र तिनका छोरा जोनाथनका हड्‍डीहरू लिएर गए र तिनीहरूले झुण्ड्याइएका ती सात जना मानिसका हड्‍डीहरू पनि जम्‍मा गरे । 14 तिनीहरूले शाऊल र तिनका छोरा जोनाथनका हड्‍डीहरू बेन्यामीनको गाउँमा सलामा भएको तिनका बुबा कीशको चिहानमा गाडे । राजाले आज्ञा गरेका सबै कुरा तिनीहरूले गरे । त्यसपछि देशको निम्ति तिनीहरूका प्रार्थनाहरूका जवाफ परमेश्‍वरले दिनुभयो ।
  • १ शमू 22:6 : 6 दाऊदलाई तिनीसँग भएका मानिसहरूसहित भेटिए भन्‍ने कुरा शाऊलले सुने । अहिले शाऊल रामामा भएको झ्याउको रूखमुनि आफ्नो हातमा भाला लिएर बसिरहेका थिए र तिनका सेवकहरू तिनका वरिपरि खडा थिए ।
  • २ शमू 1:12 : 12 तिनीहरूले शाऊल, उनका छोरा जोनाथन, परमप्रभुका मानिसहरू र इस्राएलको घरानाको निम्ति विलाप गरे, रोए र साँझसम्म उपवास बसे, किनभने तिनीहरू तरवारद्वारा नाश भएका थिए ।
  • २ शमू 2:4-5 : 4 त्यसपछि यहूदाका मानिसहरू आए र दाऊदलाई यहूदाको राजा अभिषेक गरे । तिनीहरूले दाऊदलाई भने, “याबेश- गिलादका मानिसहरूले शाऊलको दफन गरे ।” 5 त्यसैले दाऊदले याबेश-गिलादमा दूतहरू पठाए र तिनीहरूलाई भने, “तिमीहरूलाई परमप्रभुले आशिष् दिनुभएको होस्, किनभने तिमीहरूले आफ्ना मालिक शाऊलप्रति यो बफदारीता देखाएका छौ र उनको दफन गरेका छौ
  • उत्प 35:8 : 8 त्यहाँ रिबेकाकी धाई दबोरा मरी । त्यसलाई बेथेलनेरको फलाँटको रुखमुनि गाडियो । त्यसैले यसको नाउँ अल्लोन-बकुत राखियो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ इति 10:7-12
    6 पदहरू
    89%

    7जब मैदानमा भएका सबै इस्राएलीले आ-आफ्‍ना सेना भागेका, अनि शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरू आफ्‍ना सहरहरू छोडे र भागे । अनि पलिश्‍तीहरू त्‍यहाँ आए र बसोबास गरे ।

    8भोलिपल्‍ट यस्‍तो भयो, जब पलिश्‍तीहरू मारिएकाहरूलाई लुट्‌नलाई आए, तब उनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्‍बो डाँडामा मरेका भेट्टाए ।

    9उनीहरूले तिनलाई नङ्‌ग्‍याए, तिनका टाउको र तिनका हतियारहरू लगे । त्‍यसपछि उनीहरूले पलिश्‍तीहरूको देशका चारैतिर आफ्‍ना मूर्तिहरू र मानिसहरूलाई यो समाचार दिन समाचारवाहकहरू पठाए ।

    10उनीहरूले तिनका हतियारहरू आफ्‍ना देवताहरूको मन्‍दिरमा राखे, र तिनको टाउको चाहिं दागोनको मन्‍दिरमा बाँधे ।

    11जब याबेश-गिलादमा भएका सबैले पलिश्‍तीहरूले शाऊललाई गरेका सबै कुरा सुने,

    12तब शाऊल र तिनका छोराहरूका मृत शरीर ल्‍याउन सबै योद्धाहरू गए, र तिनीहरूलाई याबेशमा ल्‍याए । तिनीहरूका हड्‍डीहरू त्‍यहाँ फँलाटको रूखमुनि गाडे र सात दिनसम्‍म उपवास बसे ।

  • १ शमू 31:6-12
    7 पदहरू
    84%

    6यसरी शाऊल, तिनका तिन जना छोरा र तिनका हतियार बोक्‍ने मरे— यी मानिसहरू सबै त्यसै दिन मरे ।

    7जब मैदानको पारीपट्टि भएका इस्राएलका मानिसहरू र यर्दनको पारिपट्टि भएकाहरूले इस्राएलका मानिसहरू भागेका, र शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरूले आफ्‍ना सहरहरू छाडे र भागे, अनि पलिश्‍तीहरू आए र तिनीहरूमा बसोबास गरे ।

    8भोलिपल्‍ट यसो भयो, जब पलिश्‍तीहरू मृतकहरूलाई लूट्न आए तब तिनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्बो डाँडामा मृत फेला पारे ।

    9तिनीहरूले उनको शिर काटे, उनको हतियार लूटे र आफ्‍ना मूर्तीहरूका मन्दिरहरू र मानिसहरूकहाँ समाचार लैजानलाई पलिश्‍तीहरूका देशभरि दूतहरू पठाए ।

    10उनका हतियारलाई तिनीहरूले अश्तोरेतको मन्दिरमा राखे र तिनीहरूले उनको शरीरलाई बेथ-शानको सहरको पर्कालमा बाँधे ।

    11जब याबेश-गिलादका बासिन्दाहरूले पलिश्‍तीहरूले शाऊललाई गरेका कुरा सुने,

    12तब सबै लडाकु मानिसहरू उठे र रातभरि यात्रा गरेर गए अनि शाऊल र तिनका छोराहरूको शरीर बेथ-शानको पर्खालबाट ल्याए । तिनीहरू याबेशमा गए र तिनीहरूलाई जलाए ।

  • २ शमू 21:12-14
    3 पदहरू
    78%

    12त्यसैले दाऊद गए र शाऊल र तिनका छोरा जोनाथनका हाड्‍डीहरू याबेश-गिलादका मानिसहरूबाट लिएर आए, जसले बेथ-शानको चोकबाट ती चोरेका थिए, जहाँ पलिश्‍तीहरूले शाऊललाई गिल्बोमा मरेपछि ती पलिश्‍तीहरूले उनीहरूलाई झुण्ड्याएका थिए ।

    13दाऊदले त्‍यहाँबाट शाऊल र तिनका छोरा जोनाथनका हड्‍डीहरू लिएर गए र तिनीहरूले झुण्ड्याइएका ती सात जना मानिसका हड्‍डीहरू पनि जम्‍मा गरे ।

    14तिनीहरूले शाऊल र तिनका छोरा जोनाथनका हड्‍डीहरू बेन्यामीनको गाउँमा सलामा भएको तिनका बुबा कीशको चिहानमा गाडे । राजाले आज्ञा गरेका सबै कुरा तिनीहरूले गरे । त्यसपछि देशको निम्ति तिनीहरूका प्रार्थनाहरूका जवाफ परमेश्‍वरले दिनुभयो ।

  • २ शमू 1:11-12
    2 पदहरू
    75%

    11त्यसपछि दाऊदले आफ्नो लुगा च्याते र तिनीसँग भएका सबै मानिसहरूले त्यसै गरे ।

    12तिनीहरूले शाऊल, उनका छोरा जोनाथन, परमप्रभुका मानिसहरू र इस्राएलको घरानाको निम्ति विलाप गरे, रोए र साँझसम्म उपवास बसे, किनभने तिनीहरू तरवारद्वारा नाश भएका थिए ।

  • २ शमू 2:4-5
    2 पदहरू
    72%

    4त्यसपछि यहूदाका मानिसहरू आए र दाऊदलाई यहूदाको राजा अभिषेक गरे । तिनीहरूले दाऊदलाई भने, “याबेश- गिलादका मानिसहरूले शाऊलको दफन गरे ।”

    5त्यसैले दाऊदले याबेश-गिलादमा दूतहरू पठाए र तिनीहरूलाई भने, “तिमीहरूलाई परमप्रभुले आशिष् दिनुभएको होस्, किनभने तिमीहरूले आफ्ना मालिक शाऊलप्रति यो बफदारीता देखाएका छौ र उनको दफन गरेका छौ

  • १ शमू 11:3-5
    3 पदहरू
    72%

    3तब याबेशका धर्म-गुरुहरूले तिनलाई जवाफ दिए, “हामीलाई सात दिनसम्म छोडिदिनुहोस्, ताकि इस्राएलका सबै इलाकामा हामी दूतहरू पठाउनेछौं । तब हामीलाई बचाउने कोही भएन भने हामी तपाईंकहाँ आत्मासमर्पण गर्नेछौं ।

    4ती दूतहरू गिबामा आए जहाँ शाऊल बस्थे र जे भएको थियो सो मानिसहरूलाई भने । सबै मानिसहरू धुरुधुरु रोए ।

    5यति बेला शाऊल खतेबाट गोरुहरू लिएर आउँदै थियो । शऊलले भने, “मानिसहरूलाई के खराबी भयो जसले गर्दा तिनीहरू रुँदैछन्?” याबेशका मानिसहरूले जे भनेका थिए सो तिनीहरूले शाऊललाई भने ।

  • १ राजा 13:29-31
    3 पदहरू
    71%

    29अगमवक्ताले परमेश्वरका जनको लाश उठाई गधामा राखे र फर्काएर ल्याए । तिनको निम्ति शोक गर्न र लाशलाई गाड्न तिनी आफ्नै सहरमा आए ।

    30तिनले लाशलाई आफ्नै चिहानमा राखे, र तिनीहरूले यसो भन्दै तिनको निम्ति शोक गरे, “धिक्कार, मेरा भाइ!”

    31तिनले लाशलाई गाडिसकेपछि वृद्ध अगमवक्ताले आफ्ना छोराहरूलाई यसो भने, “जब म मर्छु, मलाई परमेश्वरका जन गाडिएकै चिहानमा गाड्नू । मेरा हड्डीहरू तिनका हड्डीहरूको छेउमा रहून् ।

  • 32त्यसपछि तिनीहरूके असाहेललाई लिए तिनका बुबाको चिहानमा गाडे, जुन बेथलेहेममा थियो । योआब र तिनका मानिसहरूले रातभरि यात्रा गरे र झिसमिसमा हेब्रोन पुगे ।

  • १ शमू 31:1-2
    2 पदहरू
    69%

    1¶ यति बेला पलिश्‍तीहरूले इस्राएलको विरुद्धमा युद्ध गरे । इस्राएलका मानिसहरू पलिश्‍तीहरूका सामुबाट भागे र गिल्बो डाँडामा मरे ।

    2पलिश्‍तीहरूले शाऊल र तिनका छोराहरूलाई नजिकैबाट खेदे । पलिश्‍तीहरूले तिनका छोराहरू जोनाथन, अबीनादाब र मल्कीशूअलाई मारे ।

  • १ शमू 28:3-4
    2 पदहरू
    69%

    3यति बेला शमूएल मरिसकेका थिए, र सारा इस्राएलले तिनको निम्ति विलाप गरेका र तिनलाई आफ्नै सहर रामामा दफन गरेका थिए । शाऊलले मृतक र आत्माहरूसँग कुरा गर्नेहरूलाई देशमा निषेध गरेका थिए ।

    4तब पलिश्‍तीहरू आफूलाई एकसाथ भेला पारे र शूनेममा आएर छाउनी हाले । अनि शाऊलले सबै इस्राएललाई एकसाथ भेला पारे र तिनीहरूले गिल्बोमा छाउनी हाले ।

  • 9तिनले उनीहरूलाई गिबोनीहरूको हातमा सुम्‍पे । तिनीहरूले उनीहरूलाई परमप्रभुको सामु पहाडमा झुण्डाए र उनीहरू सातै जना एकसाथ मरे । उनीहरूलाई जौको कटनीको सुरुमा कटनी गर्ने सुरुका दिनहरूमा मारिएका थिए ।

  • २ शमू 3:31-32
    2 पदहरू
    68%

    31दाऊदले योआब र तिनीसँग भएका सबै मानिसलाई यसो भने, “आफ्नो लुगा च्यात, भाङ्ग्रा लगाओ र अबनेरको मृत शरीको सामु विलाप गर ।” दाऊद राजा मृत्‍यु संस्‍कारको लस्करमा लासको पछि-पछि हिंडे ।

    32तिनीहरूले अबनेरलाई हेब्रोनमा गाडे । अबनेरको चिहानमा राजा ठुलो धुरु-धुरु रोए र सबै मानिसहरू पनि रोए ।

  • 10तब याबेशका मानिसहरूले नाहाशलाई भने, “भोलि हामी तपाईंकहाँ आत्मासमर्पण गर्नेछौं, र तपाईंलाई जे असल लाग्छ सो हामीमाथि गर्नुहोस् ।”

  • 2शऊलचाहिं मोग्रोनमा भएको अनारको बोटमुनि गिबाको छेउमा बसिरहेको थियो । तिनीसँग झण्डै छ सय मानिस थिए,

  • 17त्यसपछि दाऊदले शाऊल र जोनाथनको मृत्‍युमा यो विलापको गित गाए ।

  • 16शाऊल, तिनको छोरा जोनाथन र तिनीहरूसँग भएका मानिसहरू बेन्यामीनको गिबामा नै बसे । तर पलिश्तीहरूले मिकमाशमा छाउनी हाले ।

  • 1¶ “यो परमप्रभुको घोषणा हो, त्यस बेला तिनीहरूले चिहानहरूबाट यहूदाका राजाहरू, यसका अधिकारीहरू, पुजारीहरू, अगमवक्ताहरू र यरूशलेमका बासिन्दाहरूका हड्‍डीहरू निकाल्नेछन् ।

  • 35तिनलाई गाड्न तिनीहरू गए तर तिनीहरूले तिनको खप्पर, खुट्टा र हत्केलाबाहेक केही भेट्टाएनन् ।

  • 12त्यसपछि दाऊदले जवान मानिसहरूलाई हुकुम गरे र उनीहरूले तिनीहरूलाई मारे अनि तिनीहरूका हातहरू र खुट्टाहरू काटेर हेब्रोनको तलाउनेर झुण्ड्याए । तर तिनीहरू ईश्‍बोशेतको टाउकोलाई लिए र त्‍यसलाई हेब्रोनमा अबनेरको चिहानमा गाडे ।

  • 31तब तिनका दाजुभाइ र तिनका बुबाका घरानाका सबै त्यहाँ आए । तिनीहरूले तिनलाई लगे अनि तिनका बुबा मानोहको चिहानमा सोरा र एश्लोतको बिचमा तिनलाई दफन गरे । शिमशोनले इस्राएलमा बिस वर्ष न्याय गरेका थिए ।

  • 7तिनले एक हल गोरु लिए र तिनलाई टुक्रा-टक्रा गरी काटे र ती इस्राएलको सबै इलाकामा ती दूतहरूसँगै पठाए । तिनले भने, “शाऊल र शमूएलको पछि नआउने व्यक्‍तिको गोरुलाई यसै गरिनेछ ।” अनि परमप्रभुको भय मानिसहरूमाथि पर्‍यो र तिनीहरू एक जना मानिसझैं एकसाथ निस्केर आए ।

  • 6तिनको सन्‍तानबाट सात जना मानिसलाई हामीकहाँ सुम्‍पियोस् र हामीले तिनीहरूलाई परमप्रभुद्वारा चुनिएको शाऊलको गिबामा परमप्रभुको सामु झुन्ड्याउने छौं ।” त्यसैले राजाले भने, “म तिमीहरूलाई ती दिने छु ।”

  • 18त्‍यसैले योशियाहले भने, “त्यसलाई छोड । तिनका हड्‍डीहरूलाई कसैले पनि नसारोस् । त्‍यसैले सामरियाबाट आएका अगमवक्ताका हड्‍डीहरूसँगै तिनका हड्‍डीहरूलाई तिनीहरूले त्‍यहाँ छाडे ।

  • 7केही हिब्रूहरू यर्दन पारि गाद र गिलादको भूभागतिर गए । तर शाऊल अझ पनि गिगालमा नै थिए र सबै मानिसहरू डरले काम्दै तिनको पछि लागे ।

  • 37यसरी राजा आहाब मरे, र तिनलाई सामरियामा लगी त्यहीँ नै गाडियो ।

  • 27घाम अस्ताउँदा यहोशूले आज्ञा दिए र तिनीहरूले उनीहरूलाई रुखबाट तल झारे अनि उनीहरू लुकेका गुफाभित्र नै उनीहरूलाई फ्याँकिदिए । तिनीहरूले गुफाको मुखमा ठुला-ठुला ढुङ्गाहरू राखे । ती ढुङ्गाहरू आजसम्म पनि छन् ।