२ शमूएल 2:32
त्यसपछि तिनीहरूके असाहेललाई लिए तिनका बुबाको चिहानमा गाडे, जुन बेथलेहेममा थियो । योआब र तिनका मानिसहरूले रातभरि यात्रा गरे र झिसमिसमा हेब्रोन पुगे ।
त्यसपछि तिनीहरूके असाहेललाई लिए तिनका बुबाको चिहानमा गाडे, जुन बेथलेहेममा थियो । योआब र तिनका मानिसहरूले रातभरि यात्रा गरे र झिसमिसमा हेब्रोन पुगे ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
29अबनेर र तिनका मानिसहरूले अराबाहुँदै रातभरि यात्रा गरे । तिनीहरू यर्दन तरे, भोलि बिहानभरि हिंडे र त्यसपछि महनोममा पुगे ।
30योआब अबनेरलाई लखेट्न छाडेर फर्के । तिनले आफ्ना सबै मानिसलाई भेला पारे जसमा असाहेल र दाऊदका उन्नाइस जना सिपाही मात्र भेट्टाइएनन् ।
31तर दाऊदका मानिसहरूले अबनेरसँग भएका ३६० जना मानिसलाई मारेका थिए ।
17त्यस दिन घमसान लडाइँ भयो र अबनेर र इस्राएलका मानिसहरू दाऊदका सेवकहरूको सामुन्ने परास्त भए ।
18सरूयाहका छोराहरू योआब, अबीशै र असाहेल थिए । असाहेल हरिण जत्तिकै छिटो दौडन सक्ने व्यक्ति थिए ।
19असाहेल नजिकबाट अबनेरलाई खेदे र तिनी दाहिने-देब्रे कतै नलागी खेदे ।
20अबनेरले तिनलाई पछाडि हेरे र भने, “के तिमी असाहेल हौ?” तिनले भने, “हो, म हुँ ।”
21अबनेरले तिनलाई भने, “दाहिने वा देब्रेतिर लाग जवान मानिसमध्ये एक जनालाई समातेर त्यसको हतियार लेऊ ।” तर असाहेलले यताउता फर्केनन् ।
22त्यसैले अबनेरले असाहेललाई फेरि भने, “मलाई खेद्न छोडिदेऊ । मैले तिमीलाई किन मारेर भुईंमा ढाल्ने? त्यसपछि मैले तिम्रो दाजु योआबकहाँ मेरो अनुहार कसरी देखाउनु?”
23तर असाहेलले तर्केर जान इन्कार गरे, र त्यसैले अबनेरले तिनलाई आफनो भालाको टुप्पोले शरीरमा रोपे, र भाला अर्कोपट्टि निस्क्यो । असाहेल ढले र त्यहीँ नै मरे । त्यसैले असाहेल ढलेर मरेका ठाउँमा आउने जो आउँथ्यो, त्यो रोकिन्थ्यो र खडा हुन्थ्यो ।
24तर योआब र अबीशैले अबनेरलाई खेदिरहे । जब घाम डुब्न गइरहेको थियो, तिनीहरू अम्मा डाँडामा आइपुगे, जुन गिबोनको उजाडस्थान जाने बाटोको नजिक गीहनेर पर्छ ।
25बेन्यामीनका मानिसहरू सबै अबनेरको पछाडि भेला भए र डाँडाको टाकुरामा खडा भए ।
30यसरी योआब र तिनका भाइ अबीशैले अबनेरलाई मारे, किनभने तिनले गिबोनको युद्धमा तिनीहरूका भाइ असाहेललाई मारेका थिए ।
31दाऊदले योआब र तिनीसँग भएका सबै मानिसलाई यसो भने, “आफ्नो लुगा च्यात, भाङ्ग्रा लगाओ र अबनेरको मृत शरीको सामु विलाप गर ।” दाऊद राजा मृत्यु संस्कारको लस्करमा लासको पछि-पछि हिंडे ।
32तिनीहरूले अबनेरलाई हेब्रोनमा गाडे । अबनेरको चिहानमा राजा ठुलो धुरु-धुरु रोए र सबै मानिसहरू पनि रोए ।
26जब योआब दाऊदकहाँबाट गए, तब तिनले अबनेरको पछि-पछि दूतहरू पठाए र तिनीहरूले तिनलाई सीराको इनारबाट फर्काए ल्याए, तर दाऊदलाई यो कुरा थाहा थिएन ।
27जब अबनेर हेब्रोनमा फर्के, तिनीसित गोप्य रूपले कुरा गर्नलाई योआबले तिनलाई बिच ढोकाको एकातिर लिएर गए । त्यहाँ योआबले तिनलाई पेटमा घोचे र तिनलाई मारे । यसरी योआबले आफ्नो भाइ असाहेलको रगतको बदला लिए ।
5त्यसैले बेरोती रिम्मोनका छोराहरू रेकाब र बानाह दिनको चर्को घाममा ईश्बोशेतको घरतिर जान हिंडेर मध्यन्हमा आराम गरिरहँदा तिनको घरमा पुगे ।
6ढोकाको स्त्री पाले गहूँ ओसार्दै गर्दा मस्त निदाएकी थिइन् र रेकाब र बानाह बिस्तार हिंडे र तिनलाई पार गरेर गए ।
7यसरी तिनीहरू घरभित्र पसेपछि, तिनी आफ्नो कोठाको ओछ्यानमा पल्टिरहेको बेला तिनीहरूले तिनलाई आक्रमण गरे र तिनलाई मारे । त्यसपछि तिनीहरूले तिनको टाउको काटे र बोकेर रातभरि अराबातिर जाने बाटो हिंडे ।
24ती तिस जना मानिसहरू निम्नानुसार थिएः योआबका भाइ असाहेल, बेथलेहेमका दोदैका छोरा एल्हानान,
8अबिया आफ्ना पित्रहरूसित सुते, र तिनीहरूले तिनलाई दाऊदको सहरमा गाडे । तिनको ठाउँमा तिनका छोरा आसा राजा भए ।
26वीर मानिसहरूमा योआबका भाइ असाहेल, बेथलेहेमका दोदैका छोरो एल्हानान,
10त्यसपछि दाऊद आफ्ना पुर्खाहरूसित सुते, र तिनलाई दाऊदको सहरमा गाडियो ।
3दाऊदले आफूसँग भएका मानिसहरूलाई हेब्रोनमा ल्याए र तिनीहरू हरेकले आ-आफ्नो परिवारहरू ल्याए, जहाँ तिनीहरू बसोबास गर्न थाले ।
4त्यसपछि यहूदाका मानिसहरू आए र दाऊदलाई यहूदाको राजा अभिषेक गरे । तिनीहरूले दाऊदलाई भने, “याबेश- गिलादका मानिसहरूले शाऊलको दफन गरे ।”
5त्यसैले दाऊदले याबेश-गिलादमा दूतहरू पठाए र तिनीहरूलाई भने, “तिमीहरूलाई परमप्रभुले आशिष् दिनुभएको होस्, किनभने तिमीहरूले आफ्ना मालिक शाऊलप्रति यो बफदारीता देखाएका छौ र उनको दफन गरेका छौ
12त्यसपछि दाऊदले जवान मानिसहरूलाई हुकुम गरे र उनीहरूले तिनीहरूलाई मारे अनि तिनीहरूका हातहरू र खुट्टाहरू काटेर हेब्रोनको तलाउनेर झुण्ड्याए । तर तिनीहरू ईश्बोशेतको टाउकोलाई लिए र त्यसलाई हेब्रोनमा अबनेरको चिहानमा गाडे ।
12तब सबै लडाकु मानिसहरू उठे र रातभरि यात्रा गरेर गए अनि शाऊल र तिनका छोराहरूको शरीर बेथ-शानको पर्खालबाट ल्याए । तिनीहरू याबेशमा गए र तिनीहरूलाई जलाए ।
13त्यसपछि तिनीहरूले उनीहरूका हड्डीहरू लिए र तिनलाई याबेशको झ्याउको रूखमुनि गाडे अनि तिनीहरू सात दिनसम्म उपवास बसे ।
23त्यसैले योआब उठे, गशूरमा गए र अब्शालोमलाई यरूशलेममा फिर्ता ल्याए ।
31राजाले तिनलाई भने, “तिनले भनेजस्तै गर । तिनलाई मारेर गाड । यसरी म र तिमीले मेरा पिताको घरानाबाट विनाकारण योआबले बगाएको रगतको दोष लैजाने छौ ।
32तिनले बगाएको रगतको दोष तिनकै शिरमाथि परोस् किनकि तिनले मेरा पिता दाऊदको जानकारीविनै आफूभन्दा धर्मी र उत्तम दुई जना मानिस अर्थात् इस्राएलका सेनापति नेरका छोरा अबनेर र यहूदाका सेनापति येतेरका छोरा अमासलाई आक्रमण गरी तिनीहरूलाई तरवारले मारे ।
15त्यसपछि योआबको हतियार बोक्ने दश जना मानिसले अब्शालोमलाई घेरा हाले, तिनलाई आक्रमण गरे र तिनलाई मारे ।
24त्यसपछि आसा आफ्ना पित्रहरूसित सुते र तिनलाई तिनका पिता पुर्खा दाऊदको सहरमा गाडियो । तिनको ठाउँमा तिनका छोरा यहोशापात राजा भए ।
15त्यसपछि जवान मानिसहरू उठे र बेन्यामीन र शाऊलका छोरा ईश्बोशेतका निम्ति बाह्र जना र दाऊदका निम्ति बाह्र जना सँगै भेला भए ।
13अमासालाई बाटोदेखि बाहिर लगेपछि बिक्रीको छोरो शेबालाई खेद्न सबै मानिसले योआबलाई पछ्याए ।
14शेबा इस्राएलका सबै कुल हुँदै गएर बेथ-माकाको हबिलमा पुग्यो र बरीहरूका सारा देशबाट भएर गयो जो एकसाथ भेला भए र शेबाको पछि लागे ।
34तब यहोयादाका छोरा बनायाह माथि उक्ले अनि योआबलाई प्रहार गरी मारे । तिनलाई उजाड-स्थानमा तिनको आफ्नै जग्गामा गाडियो ।
12तब शाऊल र तिनका छोराहरूका मृत शरीर ल्याउन सबै योद्धाहरू गए, र तिनीहरूलाई याबेशमा ल्याए । तिनीहरूका हड्डीहरू त्यहाँ फँलाटको रूखमुनि गाडे र सात दिनसम्म उपवास बसे ।
16तिनीहरूका दिदी-बहिनी सरूयाह र अबीगेल थिए । सरूयाहका तीन जना छोरा अबीशै, योआब र असाहेल थिए ।
15दाऊद एदोममा छँदा सेनापति योआब मरेकाहरूको लाश गाड्न एदोममा उक्लेका थिए जहाँ हरेक पुरुष मारिएको थियो ।
12त्यसैले दाऊद गए र शाऊल र तिनका छोरा जोनाथनका हाड्डीहरू याबेश-गिलादका मानिसहरूबाट लिएर आए, जसले बेथ-शानको चोकबाट ती चोरेका थिए, जहाँ पलिश्तीहरूले शाऊललाई गिल्बोमा मरेपछि ती पलिश्तीहरूले उनीहरूलाई झुण्ड्याएका थिए ।
13दाऊदले त्यहाँबाट शाऊल र तिनका छोरा जोनाथनका हड्डीहरू लिएर गए र तिनीहरूले झुण्ड्याइएका ती सात जना मानिसका हड्डीहरू पनि जम्मा गरे ।
12नेरका छोरा अबनेर र शाऊलका छोरा ईश्बोशेतका सेवकहरू महनोमबाट गिबोनमा गए ।
17तिनीहरूले अब्शालोमलाई लिए र तिनलाई जङ्गलको एउटा ठुलो खल्डोमा फालिदिए । सबै इस्राएल हरेक मानिस आफ्नो घरतिर भागरे जाँदा तिनीहरूले अब्शालोमलाई ढुङ्गाको ठुलो थुप्रोमुनि गाडे ।
1¶ अबिया आफ्ना पुर्खाहरूसित सुते र तिनीहरूले उनलाई दाऊदको सहरमा गाडे । तिनको ठाउँमा तिनका छोरा आसा राजा भए । तिनको समयमा दश वर्षसम्म देशमा शान्ति भयो ।
7चौथो महिनाको लागि योआबका भाइ असाहेल सेनापति भए । तिनीपछि तिनका छोरा जबदियाह कमाण्डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
30तिनले लाशलाई आफ्नै चिहानमा राखे, र तिनीहरूले यसो भन्दै तिनको निम्ति शोक गरे, “धिक्कार, मेरा भाइ!”
23जब योआब र तिनीसँग भएका सबै फौज आइपुगे, तब तिनीहरूले योआबलाई भने, “नेरका छोरा अबनेर राजाकहाँ आए र राजाले तिनलाई शान्तिसँग पठाउनुभएको छ र अबनेर शान्तिसँग विदा भए ।”