१ शमूएल 9:12

अनलक शाब्दिक बाइबल

तिनीहरूले जवाफ दिए र भने, “उहाँ हुनुहुन्छ । हेर्नुहोस्, उहाँ तपाईंहरूकै अगाडि हुनुहुन्छ । छिटो जानुहोस्, किनकि मानिसहरूले आज उच्‍च स्थानमा बलिदान चढाउने हुनाले उहाँ आज सहर जाँदै हुनुहुन्‍छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 31:54 : 54 याकूबले त्यस पहाडमा बलिदान चढाए र आफ्ना आफन्तहरूलाई खानपानको लागि बोलाए । तिनीहरूले खानपान गरे, अनि पुरै रात त्यही पहाडमा बिताए ।
  • १ शमू 10:5 : 5 त्यसपछि तपाईं परमप्रभुको पर्वतमा आउनुहुनेछ, जहाँ पलिस्तीहरूको चौकी छ । जब तपाईं सहरमा आइपुग्‍नुहुनेछ, तब तपाईंले वीणा, खैंजडी, बाँसुरी र सितार अगिअगि बजाउँदै तल आइरहेको भेट्टाउनुहुनेछ । तिनीहरूले अगमवाणी गरिरहेका हुनेछन् ।
  • १ शमू 16:2 : 2 शमूएलले सोधे, “म कसरी जान सक्‍छु? शाऊलले यो सुने भने, उसले मलाई मार्नेछ ।” परमप्रभुले भन्‍नुभयो, “तँसँगै एउटा कोरली लैजा र भन्, 'म परमप्रभुलाई बलिदान चढाउन आएको छु ।'
  • १ राजा 3:2-4 : 2 परमप्रभुको नाउँमा कुनै पनि घर निर्माण नभइसकेकोले मानिसहरूले उच्च स्थानहरूमा बलिदान चढाउँदै थिए । 3 आफ्ना पिता दाऊदका विधिविधानहरूमा हिँडी सोलोमनले परमप्रभुप्रति आफ्नो प्रेम देखाए, तर तिनले उच्च स्थानहरूमा बलिदान चढाए र धूप बाले । 4 राजा बलिदान चढाउन गिबोनमा गए किनकि त्यो निकै उच्च स्थान थियो । सोलोमनले त्यस वेदीमा एक हजारवटा होमबलि चढाए ।
  • व्यव 12:6-7 : 6 त्यहीँ नै तिमीहरूले आफ्ना होमबलि, भेटी, दशांश, तिमीहरूका हातका भेटी, भाकलका भेटी, स्वैच्छिक भेटी र तिमीहरूका गाईवस्तु र भेडा-बाख्राका पहिले जन्मेकाहरूलाई ल्याउने छौ । 7 त्यहीँ नै तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु खाने छौ र तिमीहरू र तिमीहरूका घरानाहरूले हात लगाएका हरेक कुराको बारेमा आनन्द मनाउने छौ जहाँ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुभएको छ ।
  • १ कोरि 5:7-8 : 7 पुराना खमिरबाट आफैलाई शुद्ध गर ताकि तिमीहरू नयाँ मुछेको पिठो बन्‍न सक; फलस्वरूप तिमीहरू अखमिरी रोटी बन्‍न सक । किनभने हाम्रा निस्तार-चाडको थुमा ख्रीष्‍टको बलिदान भइसकेको छ । 8 त्यसैकारण, पुरानो खमिर अर्थात् दुष्‍टता तथा खराब आचरणसाथ होइन, बरु इमानदार तथा सत्यताको अखमिरी रोटीका साथ चाड मनाऔँ ।
  • १ शमू 7:17 : 17 त्यसपछि तिनी रामामा फर्कन्थे, किनभने तिनको घर त्यहाँ थियो । अनि त्यहाँ पनि तिनले इस्राएलका निम्ति झगडाको फैसला गर्थे । तिनले त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी पनि निर्माण गरे ।
  • गिन 28:11-15 : 11 हरेक महिनाको सुरुमा तिमीहरूले परमप्रभुलाई अन्‍नबलि चढाउनुपर्छ । तिमीहरूले दुईवटा साँढे, एउटा भेडा र एक वर्षे निष्खोट सातवटा थुमा चढाउनुपर्छ । 12 तिमीहरूले हरेक साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो अन्‍नबलिको रूपमा र एउटा भेडाको निम्ति तेलमा मुछेको एक पाथी मसिनो पिठो अन्‍नबलिको रूपमा चढाउनुपर्छ । 13 तिमीहरूले हरेक भेडाको निम्ति तेलमा मुछेको आधा पाथी मसिनो पिठो चढाउनुपर्छ । यो परमप्रभुलाई सुगन्धित बास्‍न दिने आगोद्वारा चढाइने बलि अर्थात् होमबलि हुनुपर्छ । 14 मानिसहरूका अर्घबलि साँढेको निम्ति दुई लिटर दाखमद्य, भेडाको निम्ति डेढ लिटर दाखमद्य, थुमाको निम्ति एक लिटर दाखमद्य हुनुपर्छ । यो वर्षभरि हरेक महिनाको निम्ति होमबलि हुनुपर्छ । 15 एउटा बोका परमप्रभुको निम्ति पापबलिको रूपमा अर्पण गर्नुपर्छ । यो नियमित होमबलि र अर्घबलिको अतिरिक्‍त हुने छ ।
  • १ इति 16:39 : 39 सादोक पुजारी र तिनका मित्र पुजारीहरूलर गिबोन डाँडामा भएको परमप्रभुको पवित्र वासस्‍थानको सामु सेवा गर्नुपर्थ्‍यो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ शमू 9:6-11
    6 पदहरू
    84%

    6तर सेवकले तिनलाई भने, “सुन्‍नुहोस्, यो सहरमा एक जना परमेश्‍वरका मानिस हुनुहुन्छ । तिनी आदर पाएका मानिस हुन् । तिनले भनेका हरेक कुरा पुरा हुन्छ । हामी त्यहाँ जाऔं । सायद हामी कुन बाटो जानुपर्छ भनी तिनले हामीलाई भन्‍नेछन् ।”

    7तब शाऊलले आफ्नो सेवकलाई भने, “तर हामी त्यहाँ गयौं भने, हामीले त्यो मानिसलाई के लिएर जाने? किनभने हाम्रो झोलामा भएको रोटी सकिएको छ र परमेश्‍वरका मानिसलाई दिने कुनै उपहार हामीसँग छैन । हामीसँग के छ र?”

    8त्‍यो सेवकले शाऊललाई जवाफ दियो र भन्‍यो, “यहाँ, मसँग एक चौथाइ शेकेल चाँदी छ, जुन हामीले कुन बाटो जानुपर्छ बताउनलाई म परमेश्‍वरका मानिसलाई दिनेछु ।”

    9(इस्राएलमा पहिले, जब मानिसले परमेश्‍वरको इच्छा खोज्‍न जान्थे, तब तिनले भन्थे, “आऊ, हामी दर्शीकहाँ जाऔं ।” किनकि आजका अगमवक्तालाई पहिले दर्शी भनिन्थ्यो ।)

    10तब शाऊलले आफ्नो सेवकलाई भने, “राम्रो भन्यौ । आऊ, हामी जाऔं ।” त्यसैले तिनीहरू त्‍यस सहरमा गए जहाँ परमेश्‍वरका मानिस बस्‍थे ।

    11जब तिनीहरू सहरतिर जानलाई पहाड चढे, तिनीहरूले पानी लिन आउने जवान स्‍त्रीहरूलाई भेटे । शाऊल र तिनका सेवकले तिनीहरूलाई सोधे, “के दर्शी यहाँ हुनुहुन्छ?”

  • १ शमू 9:13-15
    3 पदहरू
    83%

    13खानलाई उहाँ उच्‍च स्थानमा जानुअघि नै, तपाईंहरूले सहर पस्‍नेबित्तिकै उहाँलाई भेट्नुहुनेछ । उहाँ नआएसम्म मानिसहरूले खाने छैनन्, किनभने उहाँले बलिदानलाई आशिर्वाद दिनुहुनेछ । त्यसपछि मात्र निम्ताइएकाहरूले खानेछन् । अहिले माथि गइहाल्नुहोस्, तपाईंहरूले उहाँलाई तुरुन्तै भेट्नुहुनेछ ।”

    14त्यसैले तिनीहरू सहरमा गए । तिनीहरू सहर पस्‍नैलाग्‍दा, उच्‍च स्थनामा जानलाई शमूएल आफूतर्फ आउँदै गरेको तिनीहरूले देखे ।

    15अब शाऊल आउनुभन्दा अगिल्लो दिन नै परमप्रभुले शमूएललाई प्रकट गर्नुभएको थियोः

  • १ शमू 9:18-19
    2 पदहरू
    73%

    18तब शाऊल प्रवेशद्वारमा शमूएलको नजिक आए र भने, “दर्शीको घर कहाँ छ मलाई भन्‍नुहोस्?”

    19शमूएलले शाऊललाई जवाफ दिए र भने, “दर्शी म नै हुँ । मभन्‍दा अगि-अगि उच्‍च स्थानमा जानुहोस्, किनकि आज तपाईंले मसँग खानुहुनेछ । बिहान भएपछि म तपाईंलाई जान दिनेछु, र तपाईंको मनमा भएका हरेक कुरा म तपाईंलाई भनिदिनेछु ।

  • 7अहज्याहले आफ्ना सन्देशवाहकहरूलाई भने, “तिमीहरूलाई भेट्न आउने र यी कुराहरू भन्‍ने मानिस कस्‍तो किसिमको थियो?”

  • १ राजा 13:14-15
    2 पदहरू
    71%

    14ती वृद्ध अगमवक्ता परमेश्वरका जनको पछिपछि गए र तिनलाई फलाँटको रुखमुनि बसिरहेको भेट्टाए, र तिनले भने, “के यहूदाबाट आउनुभएका परमेश्वरका जन तपाईं नै हुनुहुन्छ?” तिनले जवाफ दिए, “हो, म नै हुँ ।”

    15तब ती वृद्ध अगमवक्ताले तिनलाई भने, “मसितै घरमा आउनुहोस् र खानपान गर्नुहोस् ।”

  • १ शमू 10:22-23
    2 पदहरू
    71%

    22तब मानिसहरूले परमेश्‍वरलाई अझै प्रश्‍न सोध्‍ने इच्‍छा गरे, “के अझै अर्को मानिस आउनै छ?” परमप्रभुले जवाफ दिनुभयो, “तिनले आफैलाई सर-सामानाका बिचमा लुकाएका छन् ।”

    23तब तिनीहरू दौडे र शाऊललाई त्यहाँबाट निकाले । जब तिनी मानिसहरू माझमा खडा भए, तब तिनी अरू कुनै पनि मानिसभन्दा तिनको कुमभन्‍दामाथि अग्ला थिए ।

  • 22त्यसपछि उनी पनि रामामा गए र सेकूमा भएको गहिरो इनारमा आए । उनले भने, “शमूएल र दाऊद कहाँ छन्?” कसैले भन्यो, “हेर्नुहोस्, तिनीहरू रामाको नैयोतमा छन् ।”

  • 13राजाले जवाफ दिए, “जाओ र एलीशा कहाँ छ हेर, ताकि मानिसहरू पठाएर म त्‍यसलाई समात्‍न सकूँ ।” तिनलाई यसो भनियो, “तिनी दोतानमा छन् ।”

  • 11तथापि अहिले तपाईं भन्नुहुन्छ, 'जाऊ, र एलिया यहाँ छन् भनी आफ्नो मालिकलाई बताइदेऊ ।'

  • न्या 19:17-18
    2 पदहरू
    70%

    17तिनले आफ्नो नजर उठाए र सहरको चोकमा यात्रुलाई देखे । ती वृद्ध मानिसले भने, “तपाईंहरू कहाँ जाँदै हुनुहुन्छ? तपाईंहरू कहाँबाट आउनुभएको हो?”

    18ती लेवीले तिनलाई भने, “हामी यहूदाको बेथलेहेमबाट एफ्राइमको पहाडी देशको सबैभन्दा दुर्गम ठाउँमा जाँदैछौं, जहाँको म बासिन्दा हुँ । म यहूदाको बेथलेहेममा गएको थिएँ, र म परमप्रभुको घरमा जाँदैछु, तर मलाई आफ्नो घरभित्र लाने कोही पनि छैन ।

  • 12तब येहू उठे र आफ्नो बाटो लागे । तिनी सामरियामा गए । तिनी गोठालोको बेथ-एकेदमा आइपुग्दा,

  • 13जब तिनले अगमवाणी बोलेर सके, तब तिनी उच्‍च स्थानमा आए ।

  • 12तिनीहरूका पिताले तिनीहरूलाई सोधे, “तिनी कुनचाहिँ बाटो लागे?” परमेश्वरका जन यहूदाको बाटो भएर गएका थिए भनी तिनका छोराहरूले देखेका थिए ।

  • 12तिनीहरूले भने, “त्यो कुरा झुट हो । हामीलाई भन्‍नुहोस् ।” येहूले भने, “तिनले मलाई यी भने अनि यसो पनि भने, 'परमप्रभु यसो भन्‍नुहुन्छः मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरेको छु' ।”

  • 23तिनका पतिले भने, “किन तिमी आजै उहाँकहाँ जान चाहन्छ्यौ? आज न औँसी हो, न त शबाथ हो ।” उनले जवाफ दिइन्, “यो ठिक हुनेछ ।”

  • १ शमू 16:4-5
    2 पदहरू
    69%

    4शमूएलले परमप्रभुले भन्‍नुभएझैं गरे र बेथलेहेम गए । सहरका धर्म-गुरुहरू तिनलाई भेट्न आउँदा तिनीहरू डरले कामिरहेका थिए र भने, “के तपाईं शान्तिमा नै आउँदै हुनुहुन्छ?”

    5तिनले भने, “शान्तिमा नै हो । म परमप्रभुलाई बिलदान चढाउन आएको छु । आफैलाई अलग गर्न तयार होओ र मसँगै बलिदानमा आओ ।” तिनले यिशै र तिनका छोराहरूलाई अलग गरे र तिनीहरूलाई बलिदानमा निमन्त्रणा गरे ।

  • 27जसै तिनीहरू सहरको छेउतिर पुग्‍नै लागे, शमूएलले शाऊललाई भने, “सेवकलाई हामीभन्‍दा अगि जाने आज्ञा गर्नुहोस्”— र ऊ अगि गयो— “तर तपाईं केही क्षण यहीं रहनुपर्छ, ताकि तपाईंलाई परमेश्‍वरको सन्देश म भन्‍नेछु ।”

  • 19तब एलीशाले अरामीहरूलाई भने, “यो बाटो होइन, न त यो सहर नै हो । मेरो पछि लाग र तिमीहरूले खोजिरहेका मानिस भएको ठाउँमा म तिमीहरूलाई लानेछु ।” तब तिनीहरूलाई तिनले सामरिया लगे ।

  • 12एलीशाले आफ्नो सेवक गेहजीलाई भने, “ती शूनम्मीलाई बोला ।” त्यसले तिनलाई बोलाएपछि तिनी एलीशाको सामु खडा भइन् ।

  • 9बिहान येहू बाहिर निस्के र खडा भए र सबै मानिसहरूलाई भने, “तिमीहरू निर्दोष छौ । हेर, मैले मेरा मालिकको विरुद्धमा षड्यन्त्र गरें र तिनलाई मारेँ, तर यी सबैलाई कसले मारे?

  • 9तब राजाले पचास जना सिपाहीसँगै एक जना कप्‍तानलाई एलियाकहाँ पठाए । कप्‍तान एलियाकहाँ गए जहाँ तिनी डाँडाको टाकुरामा बसिरहेका थिए । कप्‍तानले तिनलाई भने, “हे परमेश्‍वरका मानिस, राजाले भन्‍नुभएको छ, 'तल आउनुहोस्' ।”

  • 11जब तिनलाई पहिले चिनेकाहरूले हरेकले तिनलाई अगमवक्ताहरूका साथमा अगमवाणी बोलिरहेको देखे, तब मानिसहरूले एक-आपसमा भने, “कीशका छोरालाई के भएको छ? के शाऊल अब अगमवक्ताहरूमध्ये एक जना भएछन्?”

  • 8एलियाले तिनलाई जवाफ दिए, “म नै हुँ । 'हेर, एलिया यहीँ छन्' भनी गएर तिम्रो मालिकलाई बताइदेऊ ।”

  • 16अब आफैलाई हाजिर गराओ र परमप्रभुले तिमीहरूका आँखा सामु गर्नुहुने यो महान् कुरालाई हेर ।

  • 4र परमप्रभुको अगि बलिदानको निम्ति मेलबलिस्वरूप एउटा साँढे र एउटा भेडा, र तेल मिसाइएको अन्‍नबलि लिनू, किनभने आज परमप्रभु तिमीहरूकहाँ देखा पर्नुहुने छ ।’”

  • 9त्यहाँ तिनी एउटा गुफामा गए, र त्यहीँ नै बसे । तब परमप्रभुको वचन तिनीकहाँ आयो, “ए एलिया, तँ यहाँ के गर्दै छस्?”

  • 9तिनीहरूले उहाँलाई सोधे, “हामीले कहाँ तयार परेको तपाईं चाहनुहुन्छ?”

  • 12शाऊललाई भेट्न शमूएल बिहान सबेरै उठे । शमूएललाई भनियो, “शाऊल कार्मेलमा आए र आफ्नो निम्ति तिनले स्मारक खडा गरे र त्‍यसपछि पर्के र तल गिलगालतिर गए ।”

  • १ शमू 10:4-5
    2 पदहरू
    68%

    4तिनीहरूले तपाईंलाई अभिादन गर्नेछन् र तपाईंलाई दुई वटा रोटी दिनेछन्, जुन तपाईंले तिनीहरूका हातबाट लिनुहुनेछ ।

    5त्यसपछि तपाईं परमप्रभुको पर्वतमा आउनुहुनेछ, जहाँ पलिस्तीहरूको चौकी छ । जब तपाईं सहरमा आइपुग्‍नुहुनेछ, तब तपाईंले वीणा, खैंजडी, बाँसुरी र सितार अगिअगि बजाउँदै तल आइरहेको भेट्टाउनुहुनेछ । तिनीहरूले अगमवाणी गरिरहेका हुनेछन् ।

  • 10तिनले होमबलि चढाउन सिद्ध्याउने बित्तिकै शमूएल आइपुगे । शाऊल तिनलाई भेट्न र अभिवादन गर्न निस्के ।

  • 5तिनी आइपुग्दा सेनापतिहरू बसिरहेका थिए । त्यसैले जवान अगमवक्ताले भने, “हे कप्‍तान, तपाईंलाई एउटा सन्‍देश लिएर आएको छु ।” येहूले भने, “हामीमध्ये कसलाई?” जवान अगमवक्ताले जवाफ दिए, “तपाईंलाई कप्‍तान ।”

  • 2जब तपाईं आज जानुहुनेछ, बेन्यामीनको सेल्सहको इलाकामा राहेलको चिहान नजिक तपाईंले दुई जना मानिसहरू भेट्टाउनुहुनेछ । तिनीहरूले तपाईंलाई भन्‍नेछन्, 'तपाईंले खोजिरहेका गधाहरू भेट्टाइएका छन् । अहिले तपाईंको बुबाले गधाहरू बारेमा चिन्ता गर्न छोडेर “मेरो छोराको बारेमा म के गरौं” भन्‍दै तपाईंको बारेमा चिन्ता गर्दै हुनुहुन्‍छ ।'

  • 7शाऊलले वरिपरि हेरे र मलाई देखे र मलाई बोलाए । मैले जवाफ दिएँ, 'म यहाँ छु ।'

  • 25जब तिनीहरू उच्‍च स्थानबाट सहरमा आएका थिए, शमूएलले शाऊलसँग छतमाथि कुरा गरे ।

  • 17तर एलिशा लाजमा पारून्‍जेलसम्म तिनीहरूले बिन्ती गरेको हुनाले तिनले भने “तिनीहरूलाई पठाओ ।” तब तिनीहरूले पचास जना मानिस पठाए, र तिनीहरूले तिन दिनसम्म खोजी गरे, तर तिनलाई पाएनन् ।

  • 11मानोह उठे र आफ्नी पत्‍नीको पछिपछि गए । जब तिनी ती मानिसकहाँ आए, तिनले भने, “के मेरी पत्‍नीसँग बोल्ने मानिस तपाईं नै हुनुहुन्छ?” ती मानिसले भने, “हो, मै हुँ ।”

  • 9ती स्‍त्रीले आफ्ना पतिलाई भनिन्, “हेर्नुहोस्, अब मलाई थाहा भयो, कि यिनी परमेश्‍वरका पवित्र मानिस हुन् जो सधैँ यो बाटो हिंड्‍छन् ।