१ तिमोथी 1:2

अनलक शाब्दिक बाइबल

विश्‍वासमा साँचो पुत्र तिमोथीलाई, हाम्रो परमेश्‍वर पिता र हाम्रा प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह, कृपा र शान्ति ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ तिमो 1:2 : 2 मेरा प्रिय बालक तिमोथीलाईः पिता परमेश्‍वर र मुक्‍तिदाता येशू ख्रीष्‍टको अनुग्रह, कृपा र शान्ति ।
  • तीत 1:4 : 4 हाम्रो साझा विश्‍वासमा साँचा छोरा तीतसलाई । पिता परमेश्‍वर र हाम्रा मुक्‍तिदाता येशू ख्रीष्‍टबाट अनुग्रह, कृपा र शान्ति ।
  • प्रेरि 16:1-3 : 1 ¶ पावल डर्बी र लुस्‍त्रामा पनि आए, त्यहाँ तिमोथी नाउँ गरेका एक जना चेला पनि थिए । उनी एउटी विश्‍वासी यहूदी स्‍त्रीका छोरा थिए भने उनका बाबुचाहिँ ग्रीक थिए । 2 लुस्‍त्रा र आइकोनियमका भाइहरूले तिमोथीका बारेमा असल कुरा भन्थे । 3 पावलले तिमोथीलाई आफूसँगै यात्रामा लान चाहन्थे, यसकारण उनले तिमोथीलाई आफूसँगै लगे र तिनको खतना गरे किनभने ती इलाकाहरूमा यहूदीहरू पनि थिए र उनका बाबु ग्रीक हुन् भनेर तिनीहरू सबैलाई थाहा थियो ।
  • १ कोरि 4:14-17 : 14 तिमीहरूलाई शर्ममा पार्न मैले यो कुरा लेखेको होइनँ, तर मेरा प्रिय बालकहरूको रूपमा तिमीहरूलाई सुधार गर्नको निम्ति लेख्छु । 15 किनकि ख्रीष्‍टमा तिमीहरूका दस हजार अभिभावक भए तापनि तिमीहरूका धेरै जना पिता छैनन् । किनकि सुसमाचारद्वारा म ख्रीष्‍टमा तिमीहरूका पिता बनेँ । 16 त्यसैले, मेरो अनुकरण गर्ने होओ भनी म तिमीहरूलाई आग्रह गर्छु । 17 यसकारण, मैले तिमीहरूकहाँ मेरा प्रिय र प्रभुमा विश्‍वासयोग्य बालक तिमोथीलाई पठाएँ । मैले हरेक स्थान र हरेक मण्डलीमा सिकाएबमोजिम ख्रीष्‍टमा मेरो जीवन कस्तो छ सो उनले तिमीहरूलाई सम्झना गराउनेछन् ।
  • रोमी 1:7 : 7 यो पत्र रोममा भएका सबैका निम्ति हो, अर्थात् परमेश्‍वरका प्रियहरू जो पवित्र जाति हुन बोलाइएका छौ । हाम्रा परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रह र शान्ति तिमीहरूमा रहोस् ।
  • २ तिमो 2:1 : 1 ¶ त्यसैकारण, मेरा बालक, येशू ख्रीष्‍टमा भएको अनुग्रहमा बलियो होऊ ।
  • गलाती 1:3 : 3 परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति होस्,
  • फिलि 2:19-22 : 19 तर तिमोथीलाई तिमीहरूकहाँ छिट्टै पठाउनको निम्ति मैले प्रभु येशूमा आशा राख्दछु, ताकि तिनीबाट तिमीहरूका विषयमा जान्दा म प्रोत्साहित हुन सकूँ । 20 किनकि तिनको जस्तै मन भएको, र तिनीजस्तै तिमीहरूका निम्ति साँचो रूपमा उत्सुक हुने मसँग अरू कोही पनि छैन । 21 किनकि तिनीहरू सबैले येशू ख्रीष्‍टका कुराहरूभन्दा आफ्नै इच्छाको खोजी गर्दछन् । 22 तर तिमीहरूलाई तिनको योग्यता थाहै छ, किनकि जसरी बालकले आफ्ना पिताको सेवा गर्दछ, त्यसरी नै सुसमाचारमा मलाई तिनले सेवा गरेका छन् ।
  • १ थेस 3:2 : 2 तिमीहरूको विश्‍वास दह्रिलो पार्न र तिमीहरूलाई सान्त्वना दिन हामीले हाम्रा भाइ तिमोथीलाई पठायौँ जो ख्रीष्‍टका सुसमाचार र परमेश्‍वरका सेवक हुन् ।
  • १ तिमो 1:18 : 18 मेरो छोरो तिमोथी, तिम्रो बारेमा पाहिला गरिएको अगमवाणीसँग सहमत हुँदै तिमीलाई यो आज्ञा दिन्‍छु ताकि तिमी असल लडाइँ लड्‍न सक ।
  • १ पत्रु 1:2 : 2 येशू ख्रीष्‍टप्रतिको आज्ञाकारिता र उहाँको रगतको छिट्काइको निम्ति परमेश्‍वर पिताको पूर्वज्ञानअनुसार पवित्र आत्माको शुद्धिकरणद्वारा चुनिएकाहरू । तिमीहरूमा अनुग्रह होस् र तिमीहरूको शान्तिको वृद्धि होस् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ तिमो 1:1-3
    3 पदहरू
    97%

    1¶ ख्रीष्‍ट येशूमा भएको जीवनको प्रतिज्ञाअनुसार परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूका प्रेरित पावल,

    2मेरा प्रिय बालक तिमोथीलाईः पिता परमेश्‍वर र मुक्‍तिदाता येशू ख्रीष्‍टको अनुग्रह, कृपा र शान्ति ।

    3मैले दिन-रात तिमीलाई निरन्तर मेरो प्रार्थनामा सम्झिरहँदा म परमेश्‍वरलाई धन्यवाद चढाँउदछु, जसको सेवा मेरा पुर्खाहरूले गरेझैँ म शुद्ध विवेकले गर्दछु ।

  • तीत 1:3-4
    2 पदहरू
    87%

    3ठिक समयमा, हाम्रा मुक्‍तिदाता परमेश्‍वरको आदेशअनुसार मलाई प्रचार गर्न सुम्पिएको सन्देशद्वारा उहाँले आफ्नो वचन प्रस्ट पार्नुभयो ।

    4हाम्रो साझा विश्‍वासमा साँचा छोरा तीतसलाई । पिता परमेश्‍वर र हाम्रा मुक्‍तिदाता येशू ख्रीष्‍टबाट अनुग्रह, कृपा र शान्ति ।

  • २ कोरि 1:1-3
    3 पदहरू
    87%

    1¶ पावल, परमेश्‍वरको इच्छा अनुसार येशू ख्रीष्‍टका प्रेरित, र हाम्रा भाइ तिमोथीबाट, कोरिन्थमा भएका परमेश्‍वरको मण्डली र अखैया प्रान्तमा रहेका सम्पूर्ण विश्‍वासीहरूलाई ।

    2हाम्रा पिता परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रह र शान्ति तिमीहरूमा रहेको होस् ।

    3हाम्रा पिता परमेश्‍वर येशू ख्रीष्‍टलाई प्रशंसा भएको होस् । उहाँ दयाका पिता र सबै सान्त्वनाका परमेश्‍वर हुनुहुन्छ ।

  • २ थेस 1:1-2
    2 पदहरू
    87%

    1¶ पावल, सिलास र तिमोथीबाट परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टमा थेसलोनिकीहरूको मण्डलीलाई,

    2परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्ति ।

  • एफिसी 1:1-3
    3 पदहरू
    86%

    1¶ पावल, परमेश्‍वरको इच्छाद्वारा येशू ख्रीष्‍टको एक प्रेरितबाट परमेश्‍वरका निम्ति अलग गरिएका एफिससमा भएकाहरू र ख्रीष्‍ट येशूमा विश्‍वासयोग्य भएकाहरूलाई,

    2हाम्रा पिता परमेश्‍वर र ख्रीष्‍ट येशूबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।

    3परमेश्‍वर हाम्रा प्रभु येशू ख्रीष्‍टका पिताको प्रशंसा होस् । जसले हामीलाई हर प्रकारको आत्मिक आशिषले ख्रीष्‍टमा स्वर्गीय स्थानहरूमा आशिषित पार्नुभयो ।

  • १ कोरि 1:2-4
    3 पदहरू
    84%

    2कोरिन्थमा भएको परमेश्‍वरको मण्डलीलाई, ख्रीष्‍ट येशूमा समर्पित गरिएका र पवित्र जनहरू हुनको लागि बोलाइएकाहरूलाई । हामी हरेक ठाउँमा प्रभु येशू ख्रीष्‍टको नाउँ लिनेहरू सबैलाई पनि लेखिरहेका छौँ, जो तिनीहरू र हाम्रा प्रभु हुनुहुन्छ ।

    3हाम्रा परमेश्‍वर पिता र ख्रीष्‍ट येशूबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।

    4ख्रीष्‍ट येशूले तिमीहरूलाई दिनुभएको परमेश्‍वरको अनुग्रहको निम्ति म परमेश्‍वरलाई सधैँ धन्यवाद दिन्छु ।

  • फिलि 1:1-2
    2 पदहरू
    84%

    1¶ ख्रीष्‍ट येशूका दासहरू पावल र तिमोथीबाट, फिलिप्‍पीमा भएका ख्रीष्‍ट येशूमा अलग गरिएकाहरू सबै, अनि बिशप र डिकनहरूलाई ।

    2परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।

  • 1¶ पावल, सिलास र तिमोथीबाट थेसलोनिकीहरूको मण्डलीलाई परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टमा अनुग्रह र शान्ति ।

  • फिले 1:3-4
    2 पदहरू
    83%

    3परमेश्‍वर पिता र हाम्रा प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्ति!

    4तिमीलाई प्रार्थनामा सम्झना गर्दा म सधैँ परमेश्‍वरलाई धन्यवाद दिन्छु ।

  • 3परमेश्‍वर पिता र येशू ख्रीष्‍ट अर्थात् पिताको पुत्रबाट हामीमा अनुग्रह, दया र शान्ति सत्यता र प्रेममा रहोस् ।

  • 1¶ हाम्रा मुक्तिदाता परमेश्‍वर र हाम्रो आशा ख्रीष्‍ट येशूको आज्ञा अनुसार येशू ख्रीष्‍टको प्रेरित पावल,

  • गलाती 1:2-4
    3 पदहरू
    81%

    2मसँग भएका सबै भाइहरूका साथ म यो पत्र गलातियाका सबै मण्डलीहरूलाई लेखिरहेको छु ।

    3परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति होस्,

    4जसले हाम्रा परमेश्‍वर र पिताको इच्छाअनुसार यस वर्तमान दुष्‍ट संसारबाट हामीलाई मुक्त गराउन हाम्रा पापका निम्ति आफैँलाई अर्पण गर्नुभयो ।

  • कलस्सी 1:1-2
    2 पदहरू
    80%

    1¶ पावल, परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूका एक प्रेरित र हाम्रा भाइ तिमोथीबाट

    2कलस्सेमा ख्रीष्‍टमा भएका विश्‍वासीहरू र विश्‍वसनीय भाइहरू, परमेश्‍वर हाम्रा पिताबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।

  • २ पत्रु 1:1-2
    2 पदहरू
    78%

    1¶ येशू ख्रीष्‍टका दास र प्रेरित सिमोन पत्रुसबाट, हाम्रा परमेश्‍वरको धार्मिकता र मुक्तिदाता येशू ख्रीष्‍टमा हाम्रो जस्तै मूल्यवान् विश्‍वास प्राप्‍त गरेकाहरूलाई ।

    2तिमीहरूलाई अनुग्रह होस्; हाम्रा परमेश्‍वर र येशू ख्रीष्‍टको ज्ञानद्वारा तिमीहरूमा शान्ति प्रशस्त हुँदै जाओस् ।

  • 1¶ त्यसैकारण, मेरा बालक, येशू ख्रीष्‍टमा भएको अनुग्रहमा बलियो होऊ ।

  • एफिसी 6:23-24
    2 पदहरू
    76%

    23परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट भाइहरूलाई विश्‍वास सहितको प्रेम र शान्ति होस् ।

    24कहिल्यै अन्त नहुने प्रेमद्वारा हाम्रा प्रभु येशू ख्रीष्‍टलाई प्रेम गर्नेहरू सबैमाथि अनुग्रह रहोस् ।

  • 3मैले म्‍याकेडोनिया जाँदै गर्दा तिमीलाई अनुरोध गरेँ जस्तै एफिससमा नै बस ताकि तिमीले भिन्‍न सिद्धान्त सिकाउनेहरूलाई आज्ञा दिन सक्‍छौ ।

  • 18मेरो छोरो तिमोथी, तिम्रो बारेमा पाहिला गरिएको अगमवाणीसँग सहमत हुँदै तिमीलाई यो आज्ञा दिन्‍छु ताकि तिमी असल लडाइँ लड्‍न सक ।

  • 1¶ परमेश्‍वरका सेवक र येशू ख्रीष्‍टका प्रेरित पावल परमेश्‍वरद्वारा चुनिएका मानिसहरूको विश्‍वासलाई स्थापित गर्न र सत्यताको ज्ञानलाई स्थापित गर्न जुन भक्‍तिसित सहमत हुँदछ,

  • 7यो पत्र रोममा भएका सबैका निम्ति हो, अर्थात् परमेश्‍वरका प्रियहरू जो पवित्र जाति हुन बोलाइएका छौ । हाम्रा परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रह र शान्ति तिमीहरूमा रहोस् ।

  • 16अब हामीलाई प्रेम गर्नुहुने अनुग्रहद्वारा अनन्तको सान्त्वना र उत्तम आशा दिनुहुने हाम्रा प्रभु येशू ख्रीष्‍ट आफैले तथा परमेश्‍वर हाम्रा पिताले,

  • 12हाम्रा परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रहको कारणले हाम्रा प्रभु येशू ख्रीष्‍टको नाम तिमीहरूबाट महिमित पारियोस् र तिमीहरू उहाँद्वारा महिमित होओ ।

  • 1¶ ख्रीष्‍ट येशूको कैदी पावल र हाम्रा भाइ तिमोथीबाट हाम्रा प्रिय साथी तथा सङ्गी-सहकर्मी फिलेमोनलाई,

  • 14तर हाम्रो प्रभुको अनुग्रह ख्रीष्‍ट येशूमा भएको विश्‍वास र प्रेमको साथ हाम्रा परमप्रभुको अनुग्रह प्रशस्तमात्रामा आयो ।

  • 18हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरू सबैमा रहोस् ।

  • 25हाम्रा येशू ख्रीष्‍टको अनुग्रह तिम्रो आत्मासित रहोस् । आमेन ।

  • 2तिमीहरूको विश्‍वास दह्रिलो पार्न र तिमीहरूलाई सान्त्वना दिन हामीले हाम्रा भाइ तिमोथीलाई पठायौँ जो ख्रीष्‍टका सुसमाचार र परमेश्‍वरका सेवक हुन् ।

  • 15मसँग भएका सबैले तिमीलाई अभिवादन पठाएका छन् । विश्‍वासमा हामीलाई प्रेम गर्नेहरूलाई अभिवादन भनिदेऊ । तिमीहरू सबैसँग अनुग्रह रहोस् । आमेन् ।

  • 2अनुग्रह, शान्ति र प्रेम तिमीहरूका निम्ति प्रशस्त हुँदै जाओस् ।

  • 1¶ पावल डर्बी र लुस्‍त्रामा पनि आए, त्यहाँ तिमोथी नाउँ गरेका एक जना चेला पनि थिए । उनी एउटी विश्‍वासी यहूदी स्‍त्रीका छोरा थिए भने उनका बाबुचाहिँ ग्रीक थिए ।

  • 23हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरूसँग रहोस् ।

  • 11हाम्रा परमेश्‍वर, र पिता आफैले र हाम्रा प्रभु येशूले, तिमीहरूकहाँ आउने ढोका खोलिदिऊन्,

  • 28हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूसँग रहोस् ।