२ इतिहास 15:6

अनलक शाब्दिक बाइबल

तिनीहरू टुक्रा-टुक्रा पारिए, राष्‍ट्रको विरूद्ध राष्‍ट्र, र सहरको विरूद्ध सहर, किनकि परमेश्‍वरले तिनीहरूलाई सबै किसिमका दु:खले समस्‍यामा पार्नुभयो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • न्या 2:14 : 14 परमप्रभुको क्रोध इस्राएलको विरुद्धमा दन्कियो, र उहाँले तिनीहरूलाई तिनीहरूका धन-सम्पत्ति लुट्ने लुटेराहरूकहाँ सुम्पनुभयो । उहाँले तिनीहरूलाई दासहरूझैं बेचिदिनुभयो र तिनीहरू वरिपरिबाट शत्रुहरूले घेरिए, यसरी तिनीहरूले आफ्ना शत्रुहरूबाट आफैलाई बचाउन सकेनन् ।
  • २ इति 12:15 : 15 रहबामको राजकालका घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्‍म शमायाह अगमवक्ता र दर्शी इद्दोका इतिहासका पुस्‍तकहरूमा समेत लेखिएका छैनन्‌ र, जसमा वंशक्रमहरू र रहबाम र यारोबामका बीचमा निरन्‍तर भएको युद्धका अभिलेख पनि राखिएको छन्?
  • २ इति 13:17 : 17 अबिया र तिनका फौजले ठुलो सङ्‍ख्‍यामा तिनीहरूको हत्या गरे । इस्राएलका पाँच लाख चुनिएका मानिसहरू मरेर ढले ।
  • २ इति 33:11 : 11 यसैले परमप्रभुले तिनीहरूका विरुद्धमा अश्शूरका राजाका फौजका कमाण्‍डरहरू ल्याउनुभयो, जसले मनश्शेलाई साङ्लाले बाँधे, हतकडीहरू लगाए र तिनलाई बेबिलोनमा लिएर गए ।
  • २ इति 36:17 : 17 यसैले परमेश्‍वरले तिनीहरूका विरुद्धमा कल्दीका राजालाई ल्याउनुभयो, जसले पवित्रस्थानभित्रै तिनीहरूका जवान मानिसहरूलाई तरवारले मारे, र जवान मानिसहरू, कन्‍याहरू, वृद्धहरू वा कपाल सेतै फुलेकाहरू कसैलाई पनि तिनले छोडेनन् । परमेश्‍वरले ती सबैलाई तिनको हातमा सुम्पिदिनुभयो ।
  • भजन 106:41 : 41 उहाँले तिनीहरूलाई जातिहरूका हातमा सुम्पिनुभयो र तिनीहरूलाई घृणा गर्नेहरूले तिनीहरूमाथि राज्‍य गरे ।
  • यशा 10:6 : 6 त्यसलाई अहङ्कारी जातिको विरुद्ध र मेरो पुरा क्रोध पाउने मानिसहरूको विरुद्ध म पठाउँछु । लूटका मालहरू लिने, शिकार लिने र तिनीहरूलाई गल्लीको हिलोलाई झैं कुल्चने आज्ञा म उसलाई दिन्छु ।
  • आमो 3:6 : 6 सहरमा तुरही बज्यो भने, के त्यहाँका मानिसहरू थर-थर काम्दैनन् र? सहरलाई प्रकोपले नाश गर्दा, त्यो परमप्रभुले नै पठाउनुभएको होइन र?
  • मत्त 24:7 : 7 किनकि जातिको विरुद्धमा जाति खडा हुनेछ, र राज्यको विरुद्धमा राज्य खडा हुनेछ । विभिन्‍न ठाउँमा अनिकाल हुनेछ र भूकम्पहरू जानेछन् ।
  • मर 13:8 : 8 किनभने जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य खडा हुनेछ । धेरै ठाउँमा भूकम्प र अनिकालहरू हुनेछन् । यी प्रसव-वेदनाको सुरुवात हुन् ।
  • लू 21:9-9 : 9 जब तिमीहरूले लडाइँ र झैझगडाहरू सुन्‍नेछौ, तब भयभीत नहोओ, यी कुराहरू पहिले हुनैपर्छ, तर अन्त्य भने तुरुन्तै हुनेछैन ।” 10 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “राज्य-राज्यको विरुद्धमा र देश-देशको विरुद्धमा उठ्नेछन् ।
  • लू 21:22-24 : 22 यी दिनहरू बदला लिने दिनहरू हुनेछन्, यसैले लेखिएका सबै कुराहरू पुरा हुनेछन् । 23 हाय ती दिनमा गर्भवती र दूध चुसाउने स्‍त्रीहरू! त्यस देशमाथि महासङ्कष्‍ट आउनेछ, र ती मानिसहरूमाथि क्रोध आइपर्नेछ । 24 तिनीहरू तरवारले मारिनेछन् र सबै देशहरूमा तिनीहरू कैदी भएर जानेछन्, र गैरयहूदीहरूको समय पुरा नभएसम्म गैरयहूदीहरूले यरूशलेम नै कैदी बनाएर राख्‍नेछन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 5त्यसबेला यहाँबाट यात्रा गरेर टाढा जाने र यात्रा गरेर यहाँ आउने दुबैलाई शान्ति थिएन । बरू, देशमा बसोबास गर्ने सबैमाथि ठूलो संकष्‍ट थियो ।

  • 15जहाँ-जहाँ इस्राएल युद्धको निम्ति गए, परमप्रभुले तिनीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिनीहरूलाई परास्त गर्नको निम्ति उहाँको हात तिनीहरूको विरुद्ध थियो, र तिनीहरू अत्‍यन्‍तै सकसमा परे ।

  • 15सुख-चैनमा बसिरहेका जातिहरूसँग म धेरै रिसाएको छु । जब म तिनीहरूसँग थोरै मात्र रिसाएको थिएँ, तिनीहरूले विपत्तिलाई झन् खराब बनाइदिए ।

  • 15घर बाहिर तरवार अनि भित्र रूढी र अनिकाल छन्‌ । खेतमा हुनेहरू तरवारले मारिनेछन्‌, जबकी सहरमा हुनेचाहिं अनिकाल र रूढीले नष्‍ट हुनेछन्‌ ।

  • 9यसरी जातिहरूका बिचमा, तैंले नजानेका देशहरूका बिचमा जब म तेरो सर्वनाश ल्‍याउनेछु, तब तँलाई थाहा नभएका देशहरूका धेरै जना मानिसका हृदयलाई म भयभीत पार्नेछु ।

  • 6“मैले जाति-जातिहरूलाई नष्‍ट पारेको छु । तिनीहरूका किल्लाहरू ध्वस्त भएका छन् । मैले तिनीहरूका सडकहरूलाई भग्‍नावशेष बनाइदिएको छु, अनि तीबाट भएर कोही पनि जाँदैनन् । तिनीहरूका शहरहरु नष्‍ट पारिएका छन्, अनि त्यहाँ कोही मानिस बसोबास गर्दैनन् ।

  • 8यसकारण परमप्रभुको क्रोध यहूदा र यरूशलेममाथि परेको थियो, र उहाँले तिनीहरूलाई डर, आतङ्क र घृणाका पात्र बनाउनुभएको छ, जस्‍तो तिमीहरूका आफ्नै आँखाले तिमीहरू देख्‍न सक्छौ ।

  • 10तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “राज्य-राज्यको विरुद्धमा र देश-देशको विरुद्धमा उठ्नेछन् ।

  • 19उनीहरूले परमप्रभुको मन्दिर जलाइदिए, र यरूशलेमको पर्खाल भत्काइदिए, सहरका सबै महलहरू जलाइदिए, र त्यहाँ भएका सबै सुन्दर कुरा नष्‍ट गरे ।

  • 8तब धेरै जातिहरू त्यस सहर भएर जानेछन् । एउटाले अर्कोलाई सोध्‍ने छ, 'यस महान् सहरप्रति परमप्रभुले किन यसरी व्यवहार गर्नुभएको होला?'

  • 20तिनीहरू एक जातिबाट अर्को जातिमा, र एक राज्‍यबाट अर्को राज्‍यमा फिरन्‍ता भए ।

  • 25त्रास आउनेछ । तिनीहरूले शान्ति खोज्‍नेछन्, तर त्‍यहाँ केही हुनेछैन ।

  • 7तिमीहरूका देश विनाश भएको छ । तिमीहरूका सहरहरू भष्‍म पारिएका छन् । तिमीहरूका खेतहरू— नचिनेका मानिसहरूले तिमीहरूकै सामु ती नष्‍ट पारिरहेका छन्— उजाड पारेर छोडिएको छ, नचिनेका मानिसहरूले सर्वनाश पारेका छन् ।

  • 37त्यसैले परमप्रभुको डरलाग्दो रिसको कारणले शान्तिमय खर्कहरू उजाड पारिनेछन् ।

  • 4यहूदाका राजा हिजकियाहका छोरा मनश्शेले यरूशलेममा जे गरेका थिए, त्यसैको कारणले म तिनीहरूलाई पृथ्वीका सबै राज्यका लागि एक डरलाग्दो कुरो तुल्याउनेछु ।

  • 22देशमा युद्धको ध्वनी र विशाल विनाशको सोर सुनिएको छ ।

  • 12सहरमा उजाड छोडिएको छ र ढोका भग्‍नावशेष भएर फुटेको छ ।

  • 15मेरा कुराहरू नसुन्‍ने जातिहरूमा म रिस र क्रोधमा प्रतिशोद ल्याउनेछु ।”

  • 7किनकि जातिको विरुद्धमा जाति खडा हुनेछ, र राज्यको विरुद्धमा राज्य खडा हुनेछ । विभिन्‍न ठाउँमा अनिकाल हुनेछ र भूकम्पहरू जानेछन् ।

  • 12धिक्‍कार! धेरै मानिसहरूको गर्जन, जुन समुद्रहरूको गर्जन, र जातिहरूका हल्लाझैं गर्जन्छ, जुन शक्तिशाली पानी बगेझैं बग्छ!

  • भजन 55:9-10
    2 पदहरू
    71%

    9हे परमप्रभु, तिनीहरूलाई भस्म पार्नुहोस् । तिनीहरूको भाषा खल्बल्‍याउनुहोस्! किनकि मैले सहरमा हिंसा र कलह देखेको छु ।

    10दिनरात तिनीहरू पर्खालहरूमा चढेर घुम्‍छन् । अधर्म र हानि यसको माझमा छन् ।

  • 6त्यसैले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा मेरो रिस र क्रोध खन्याइयो, र आगो लगाइयो । ती उजाड र सर्वनाश भए, जस्तो आजको दिनसम्‍म छ ।'

  • 12अनि परमप्रभुले मानिसहरूलाई टाढा नपठाउन्‍जेल र देश ठुलो निर्जन नहुन्‍जेलसम्‍म ।

  • 12उनीहरूले तेरा धन-सम्‍पत्तिहरू लुट्‌नेछन्, र तेरा व्‍यापारका मालहरू लुट्‌नेछन् । उनीहरूले तेरा पर्खालहरू ढाल्‍नेछन्‌ र तेरा आरामदायी घरहरू भत्‍काउनेछन्‌ । तेरा ढुङ्गा र काठपात, फोहोरलाई उनीहरूले समुद्रमा फाल्‍नेछन्‌ ।

  • 26मैले हेरें । परमप्रभुको सामु, उहाँको भयानक क्रोधको सामु बगैँचा मरुभूमि भएको थियो, र सबै सहरहरू ध्वस्त भएका थिए ।

  • 15हामी शान्तिको अपेक्षा गर्दैछौं, तर त्यहाँ कुनै असल कुरो हुनेछैन । हामी चङ्गाइको समयको आशा गर्दैछौं, तर त्यहाँ त्रास हुनेछ ।

  • 8तैँले धेरै जातिहरूलाई लुटेको हुनाले, जाति-जातिहरूमा बाँकी रहेकाहरू सबैले तँलाई लुट्नेछन् । किनभने तैँले मानिसहरूका रगत बगाएको छस्, र देश, शहरहरु, र त्यसमा बसोबास गर्ने सबैको विरुद्ध हिंसात्मक काम गरेको छस् ।

  • 13यसैकारण म तिमीहरूलाई भयङ्कर रूपमा प्रहार गर्नेछु, र तिमीहरूका पापको कारण म तिमीहरूलाई उजाड बनाउनेछु ।

  • 6जसले मानिसहरूलाई क्रोधमा निरन्‍तर रूपमा प्रहार गर्‍यो, जसले अनियन्त्रित रूपमा आक्रमण गरेर जातिहरूमाथि क्रोधमा राज्‍य गर्‍यो ।

  • 18त्‍यसपछि म तिनीहरूलाई तरवार, अनिकाल र विपत्तिले खेद्‍नेछु, अनि म तिनीहरूलाई पृथ्वीका सबै राज्यमा घृणाको दृश्‍य, मैले तिनीहरूलाई छरपष्‍ट पारेका सबै जातिका बिचमा तिनीहरूलाई त्रास, सराप र गिल्लाको पात्र र लाजका कुरा बनाउनेछु ।

  • 10किनकि ती दिनहरूभन्दा पहिले कोहीले पनि फसल बटुल्दैन थिए, मानिस वा पशुको निम्ति त्यहाँ कुनै मुनाफा थिएन, र आउने र जाने कसैलाई पनि शत्रुहरूबाट शान्ति थिएन । मैले हरेक मानिसलाई त्यसको छिमेकीको विरुद्ध खडा गरेको थिएँ ।

  • 15त्यस बाहेक, तिनीहरूलाई नष्‍ट नपारूञ्‍जेल परमप्रभुको हात त्यो पुस्ताको विरुद्धमा थियो ।

  • 23उहाँले जातिहरूलाई बलियो पार्नुहुन्छ, र उहाँले नै तिनीहरूलाई नष्‍ट गर्नुहुन्छ । उहाँले जातिहरूलाई बिस्तार गर्नुहुन्छ, र उहाँले नै तिनीहरूलाई कैदी बनाएर लैजानुहुन्छ ।

  • 2किनकि परमप्रभु सबै जातिसँग सबै जातिहरूसँग रिसाउनुभएको छ र तिनीहरूका सबै फौज विरुद्ध क्रोधित हुनुहुन्छ । उहाँले तिनीहरूलाई पुर्ण रूपमा विनाश पार्नुभएको छ, उहाँले तिनीहरूलाई संहारको निम्ति सम्पनुभएको छ ।

  • 22तब तिमीहरूका दुष्‍ट अभ्यासहरूका कारणले र तिमीहरूले गरेका घिनलाग्दा कुराहरूको कारणले उहाँले यसलाई सहन सक्‍नुभएन । तब तिमीहरूको देश उजाड, त्रास र सराप बन्यो, यसैले आजको दिनसम्म त्यहाँ एक जना बासिन्‍दा छैन ।

  • 15त्यसकारण त्यसको विपत्तिले त्यसलाई एकै क्षणमा आक्रमण गर्ने छ । क्षण भरमा नै निको नहुने गरी त्यो टुट्ने छ ।

  • 18अर्थात् तिनीहरू आजको दिनमा भएझैं तिनीहरूलाई विनाश, भय अनि गिल्ला र सरापको पात्र बनाउन यरूशलेम, यहूदाका सहरहरू, त्यसका राजाहरू र अधिकारीहरूलाई यो पिउन लगाएँ ।

  • 14“तर ए इस्राएलका घराना, हेर, म तिमीहरूका विरुद्धमा एउटा जातिलाई खडा गर्नेछु— परमप्रभु सर्वशक्‍तमान् परमेश्‍वरको घोषणा हो । तिनीहरूले तिमीहरूलाई लेबो-हमातदेखि अराबाको खोलासम्मै पीडा दिनेछन् ।”

  • 15चारैतिर त्यसको विरुद्धमा सोर उच्‍च पार । त्यसले आत्मसमर्पण गरेको छ । त्यसका धरहराहरू ढलेका छन् । त्यसका पर्खालहरू भत्काइएका छन्, किनकि यो परमप्रभुको बदला हो । त्यसमाथि बदला लेओ । त्यसले जस्‍तो गरेको छ तेस्तै त्यसलाई गर ।

  • 8अनि म यस सहरलाई भग्‍नावशेष र गिल्लाको वस्तु बनाउनेछु, किनकि यसबाट भएर जाने हरेकले यी सबै विपत्ति देखेर डराउनेछ र गिल्ला गर्नेछ ।

  • 6किनभने हेर्, म बेबिलोनीहरूलाई उठाउँदै छु, त्यो भयानक र उग्र जाति । तिनीहरू सारा भुमिमा अर्काको बासस्थान खोस्‍नको निम्ति अगि बढिरहेका छन् ।

  • 14“किनकि म आँधीबेहरीद्वारा तिनीहरूलाई तिनीहरूले नदेखेकाजातिहरूका बिचमा तितर-बितर पार्नेछु, र तिनीहरूपछि त्यो भूमि निर्जन हुनेछ । किनकि कोही पनि त्यो देशबाट भएर जानेछैन न त कोही त्यहाँ फर्कनेछ किनभने मानिसहरूले आफ्नो सुन्दर भूमिलाई उजाड बनाएका छन् ।”

  • 32सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर, विपत्ति एक जातिदेखि अर्को जातिकहाँ जाँदैछ, र पृथ्वीका पल्‍लो कुनाबाट प्रचण्ड आँधी सुरु हुँदैछ ।

  • 7उजाड भएका देशहरूमा तिनीहरू भयभीत हुनेछन्, र त्‍यसका सहरहरू भग्‍नावशेष भएका सहरहरूका बिचमा हुनेछन्‌ ।

  • 16उहाँले ठक्‍कर खानेहरूको सङ्ख्या बढाउनुहुन्‍छ । हरेक सिपाही अर्कोमा ढल्‍नेछ । तिनीहरू भन्दैछन्, 'खडा होऊ । हामी घर जाऔं । हाम्रा आफ्नै मानिसहरूकहाँ, हाम्रो आफ्नै मातृभूमिमा जाऔं । हामीलाई प्रहार गर्ने यो तरवारलाई हामी छोडौं ।'

  • 6तिनीहरूका सहरहरूमा तरवार चल्‍नेछ र तिनीहरूका मुख्य ढोकाका बारहरूलाई नष्‍ट गर्नेछ । तिनीहरूका आफ्‍नै योजनाहरूका कारणले, त्यसले तिनीहरूलाई नष्‍ट गर्नेछ ।

  • 17त्यसैले तिमीहरूका फसल, तिमीहरूका छोराछोरी अनि तिमीहरूका खानेकुरा स्वाहा पारिनेछन् । तिनीहरूले तिमीहरूका भेडा-बाख्रा र गाईवस्तु खानेछन् । तिनीहरूले तिमीहरूका दाखका बोट र अञ्जीरका बोटहरूका फल खानेछन् । तिमीहरूले भरोसा गरेका तिमीहरूका किल्ला भएका सहरहरूलाई तिनीहरूले तरवारले नष्‍ट पार्नेछन् ।

  • 12परमप्रभु यस्तो भन्‍नुहुन्छ, “तिनीहरू आफ्ना पूर्ण शक्ति र पूर्ण सङ्ख्याको अवस्थामा भए तापनि तिनीहरू काटिनेछन्, र तिनीहरूका मानिसहरू बाँकी रहनेछैनन् । तर यहूदा, मैले तँलाई पीडा दिएको भए तापनि अब म तँलाई पीडा दिनेछैनँ ।

  • 12तिनीहरूका घरहरू, खेतहरू र पत्‍नीहरू एकसाथ अरूलाई दिइनेछ । किनकि म आफ्‍नै हातले यस देशका बासिन्दाहरूलाई आक्रमण गर्नेछु, यो परमप्रभुको घोषणा हो ।