२ इतिहास 17:18
तिनीपछि यहोजाबाद, र तिनका साथमा युद्धको निम्ति तयार भएका एक लाख असी हजारको फौज ।
तिनीपछि यहोजाबाद, र तिनका साथमा युद्धको निम्ति तयार भएका एक लाख असी हजारको फौज ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
13यहूदाका सहरहरूमा तिनीसँग प्रशस्त खानेकुरा बलिया, र यरूशलेममा बलिया र शक्तिशाली मानिस सिपाहीहरू थिए ।
14तिनीहरू आआफ्नो पिताका घरानाअनुसार सूचिकृत गरिएका दलहरू यी नै थिएः यहूदाबाट हजारका फौज पतिहरू, फौज पति अदनाह र तिनका साथमा तीन लाख योद्धाहरू ।
15तिनीपछि फौज पति येहोहानान र तिनका साथमा दुई लाख असी हजार मानिसहरू।
16तिनीपछि जिक्रीका छोरा अमसिया, जसले स्वेच्छाले परमप्रभुका सेवाको निम्ति आफूलाई समर्पित गरे । अनि तिनीसँग दुई लाखको योद्धाहरू ।
17बेन्यामीनबाटः एक जना शक्तिशाली व्यक्ति एल्यादा, र तिनका साथमा धनु र ढालले सुसज्जित भएका दुई लाखको फौज ।
8आसाका ढाल र भालाहरू बोक्ने फौज थियो । यहूदाबाट तीन लाख मानिस र बेन्यामीनबाट दुई लाख असी हजार मानिस जसले ढाल बोक्ने र धनुर्धारीहरू थिए । ती सबै शक्तिशाली योद्धा थिए ।
19यिनीहरू यहूदाका किल्ला भएका सहरहरूमा राजाले राखेकाबाहेकका थिए ।
23शाऊलको राज्याधिकार दाऊदलाई दिएर परमप्रभुको वचन पूरा गर्नलाई हतियारले सुसज्जित भएर हेब्रोनमा दाऊदसँग मिल्न आएका सिपाहीहरूका सूचीको लेख यही हो ।
24ढाल बोक्ने र भाला चलाउने यहूदाबाट ६,८०० जना हतियारले सुसज्जितहरू थिए ।
11यसबाहेक उज्जियाहको युद्ध गर्ने एउटा फौज पनि थियो, जो फजका मुख्य सचिव यहीएल र अधिकृत मासेयाहले गणना गरेका दल-दल गरी राजाका कमाण्डरमध्ये एक जना हनन्याहको अधीनमा युद्धमा जान्थे ।
12वीर योद्धाहरूको नेतृत्व गर्ने परिवारका अगुवाहरूका जम्मा संख्या २,६०० थियो ।
13तिनीहरूको अधीनमा ३,०७,५०० योद्धाहरू भएको एक विर फौज थियो जसले राजालाई शत्रुहरूका विरुद्धमा सहायता पुर्याउन ठुलो शक्तिका साथमा युद्ध गरे ।
17बेन्यामीनीहरूको सङ्ख्यालाई गणना नगरी इस्राएलका मानिसहरू चार लाख जना थिए, जो तरवारले युद्ध लड्नलाई तालिम प्राप्त थिए । यी सबै युद्ध गर्ने मानिसहरू थिए ।
37यर्दन अर्को पट्टिका रूबेन, गाद र मनश्शेको आधा कुलबाट युद्धको निम्ति सबै किसिमका हतियारले सुसज्जित भएका १,२०,००० मानिसहरू थिए ।
5त्यसपछि योआबले दाऊदलाई योद्धाहरूको जम्मा संख्या बताए । इस्राएलमा तरवार चलाउन सक्नेहरू इस्राएलमा ११ लाख थिए । यहूदामा मात्र ४ लाख ७० हजार सेना थिए ।
17यी सबै यहूदाका राजा योताम र इस्राएलका राजा यारोबामका राज्य गरेको समयमा वंशाक्रमको सूचीमा लेखिएका थिए ।
18रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुलका यद्धको निम्ति तालिमप्राप्त ४४,७६० सिपाहीहरू थिए, जसले ढाल र तरवार बोक्थे, र धनु तान्न सक्थे ।
8तिनको दलमा भएकाहरूको सङ्ख्या ५७,४०० छ ।
9यहूदाको छाउनीको कुल सङ्ख्या १,८६,४०० छ ।
9त्यसपछि योआबले लडाकु मानिसका जम्मा सङ्ख्या राजालाई बताइदिए । इस्राएलमा तरवार चलाउन सक्ने साहसी मानिसहरू ८,००,००० थिए र यहूदामा ५,००,००० मानिसहरू थिए ।
1¶ जब रहबाम यरूशलेममा आइपुगे, तब तिनले रहबामको राज्य पुनःर्स्थापित गराउनलाई इस्राएलको विरुद्धमा युद्ध गर्नलाई यहूदा र बेन्यामीनका घरानाका एक लाख असी हजार योद्धाहरू भेला गरे ।
21जब रहबाम यरूशलेममा आए तिनले यहूदाको सबै घराना र बेन्यामीन कुललाई भेला गरे । इस्राएलको घरानाको विरुद्धमा लडी सोलोमनका छोरा रहबामको राज्यलाई पुनर्स्थापित गर्न त्यहाँ १,८०,००० चुनिएका योद्धा जम्मा भएका थिए ।
11यी सबै येदीएलका छोराहरू थिए । तिनीहरूको वंशको सूचीमा १७,२०० घरानाका मुखियाहरू र सैनिक सेवाको निम्ति योद्धाहरू थिए ।
2इस्राएलका सबै कुलका मानिसहरूका अगुवाहरू परमेश्वरका मानिसहरूको भेलामा आफ्नो सहभागीता जनाए— त्यहाँ चार लाख जना पैदल हिंड्ने मानिसहरू तरवार लिएर युद्ध गर्न तयार थिए ।
4यहूदाका मानिसहरूको सङ्ख्या ७४,६०० छ ।
3अबिया चार लाख छानिएका बलिया र वीर योद्धाहरू लिएर युद्ध गर्न गए । यारोबामले छानिएका बलिया र वीर आठ लाख योद्धाहरू लडाँइको निम्ति तैनाथ गरे ।
5यसको साथै अमस्याहले यहूदाका मानिसहरूलाई एकसाथ भेला गरे र तिनीहरूका पुर्ख्यौली घरानाअनुसार सारा यहूदा र बेन्यामीनका हजार र सयका कमाण्डरहरूका अधीनमा राखिदिए । तिनले बीस वर्ष पुगेका र त्यसभन्दा बढी उमेरका मानिको गन्ती गरे, र तिनीहरूको सङ्ख्या तीन लाख रोजाइमा परेका मानिस, सबै लडाइँ गर्न र भाला र ढाल चलाउन सक्नेहरू भएका तिनले थाहा पाए ।
17तिनीसित त्यहाँ बेन्यामीन कुलका मानिसहरू एक हजार जना थिए, र शाऊलका सेवक सीबा, तिनका पन्ध्र जना छोरा र तिनीसँगै बिस जना सेवक थिए ।
23तिनको दलमा भएकाहरूको सङ्ख्या ३५,४०० छ ।
30एफ्राइमबाट मानिसहरूबाट २०,८०० यद्धाहरू, जो आफ्ना पिताका परिवारमा प्रसिद्ध थिए ।
9योआबका परिवारका– यहीएलका छोरा ओबदिया र तिनीसँग २१८ पुरुष थिए ।
1¶ दाऊदले आफूसँग भएका सिपाहरूको गन्ति गरे र तिनीहरूमाथि हजारका कप्तानहरू र सयका कप्तानहरू नियुक्त गरे ।
26यहूदाका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
27यहूदाको कुलबाट तिनीहरू ७४,६०० पुरुष थिए ।
15बेन्यामीनका मानिसहरूले त्यस दिन आफ्ना सहरहरूबाट तरवार बोकेर युद्ध लड्नको निम्ति तालिम प्राप्त छब्बीस हजार सिपाहीलाई एकसाथ ल्याए । यसका साथै, त्यहाँ गिबाका बासिन्दाहरूबाट सात सय चुनिएकाहरू मानिसहरू थिए ।
13झण्डै चालिस हजार सशस्त्र मानिस परमप्रभुको सामु यरीहोको मैदानमा युद्धको निम्ति गए ।
9तिनीहरूका पुर्खाका घरानाहरूका मुखियाहरूको वंशहरू र योद्धाहरू सङ्ख्या २०,२०० र थिए ।
4तिनीहरूका साथै तिनीहरूसँग पुर्खाका वंशअनुसार युद्ध गर्नलाई छत्तिस हजार योद्धाहरू थिए, किनकी तिनीहरूका धेरै पत्नीहरू र छोराहरू थिए ।
5इस्साखारका सबै वंशबाट तिनीहरूका आफन्तहरू योद्धाहरू थिए र तिनीहरूका वंशमा सूचीकृत भएअनुसार तिनीहरूका सङ्ख्या जम्मा सतासी हजार योद्धा थिए ।
34नप्तालीबाट १,००० अधिकारीहरू, र तिनीहरूका साथमा ढाल र भाला बोक्ने ३७,००० मानिसहरू थिए ।
35दानबाट लडाइँको निम्ति तयार भएका २८,६०० मानिसहरू थिए ।
8जब उनीहरूलाई तिनले बेजेकमा भेला पारे, तब इस्राएलका मनिसहरू तिन लाख जना थिए र यहूदाका मानिसहरू तिस हजार जना थिए ।
44बेन्यामीनी कुलबाट अठार हजार जना मानिसहरू मरे, र ती सबै मानिसहरू युद्धमा विशिष्ट थिए ।
36बेन्यामीनका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
37बेन्यामीनको कुलबाट तिनीहरू ३५,४०० पुरुष थिए ।
8हरेक मानिसले आफ्नो हातमा तरवार लिएर राजाको वरिपरि तैनाथ हुनुपर्छ । तिमीहरूको नजिक आउने जोसुकै भए पनि त्यसलाई मारियोस् । राजा बाहिर जाँदा र भित्र आउँदा तिमीहरू तिनीसँगै हिड्नुपर्छ ।
19तिनको दलमा हुनेहरूको सङ्ख्या ४०,५०० छ ।
18यिमध्येका सत्तरी हजारलाई भारी बोक्न र असी हजारलाई पहाडहरूमा ढुङ्गा काट्न र मानिसहरूलाई काममा लगाउन निरीक्षण गर्न छत्तिस सयलाई नियुक्त गरे ।
1¶ यो इस्राएली परिवारका अगुवाहरू, हजार र सयका कामण्डरहरू, अनि विभिन्न किसिमले राजाको सेवा गर्ने सेनाका अधिकारीहरू सूची हो । हरेक सेनाको दलले एक महिनापछि अर्को महिनामा गर्दै वर्षभरि सेवा गर्थे । हरेक दलमा चौबिस हजार जना मानिसहरू थिए ।
2पहिलो महिनाको भाग जब्दीएलका छोरा याशोबामको थियो । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।