२ इतिहास 2:18
यिमध्येका सत्तरी हजारलाई भारी बोक्न र असी हजारलाई पहाडहरूमा ढुङ्गा काट्न र मानिसहरूलाई काममा लगाउन निरीक्षण गर्न छत्तिस सयलाई नियुक्त गरे ।
यिमध्येका सत्तरी हजारलाई भारी बोक्न र असी हजारलाई पहाडहरूमा ढुङ्गा काट्न र मानिसहरूलाई काममा लगाउन निरीक्षण गर्न छत्तिस सयलाई नियुक्त गरे ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
1¶ सोलोमनले परमप्रभुका नाउँको निम्ति एउटा मन्दिर र आफ्नो राज्यको निम्ति एउटा राजमहल निर्माण गर्ने आदेश दिए ।
2सोलोमनले भारी बोक्नलाई सत्तरी हजार, र पहाडहरूमा ढुङ्गा काट्नलाई असी हजार र तिनीहरूको निरीक्षण गर्न छत्तिस सय मानिसलाई जिम्मा दिए ।
13सोलोमन राजाले सारा इस्राएलबाट तिस हजार बेगार काम गर्ने मानिस जम्मा गरे ।
14तिनले तिनीहरूलाई हरेक महिना दस-दस हजार गरी लेबनानमा पठाए । तिनीहरू एक महिना लेबनानमा बस्थे र दुई महिना घरमा बस्थे । अदोनिराम बेगार काम गर्नेहरूका जिम्मावाल थिए ।
15सोलोमनका सत्तरी हजरा भरिया र पहाडमा असी हजार ढुङ्गा काट्ने मानिस थिए ।
16मजदुरहरूका कामको रेखदेख गर्न खटिएका तिन हजार तिन सय नाइके थिए ।
17राजाको आज्ञामा तिनीहरूले मन्दिरको जगको निम्ति उच्च गुणस्तरका ठुला-ठुला ढुङ्गाहरू फोरेर निकाले ।
18त्यसैले सोलोमन र हीरामका कारीगरहरूसाथै गेबालका मानिसहरूले मन्दिर निर्माणको निम्ति काठ र ढुङ्गाहरू काटेर तयार पारे ।
16तपाईंलाई चाहिए जति काठ हामी लेबनानमा काट्नेछौं । मूढाहरू बाँधेर योप्पासम्म बगाएर पठाइदिनेछौं, र तपाईंले ती यरूशलेमसम्म लैजानुहुनेछ ।”
17आफ्ना बुबा दाऊदले मानिसहरूको जनगणना लिएझैं सोलोमनले इस्राएलमा बस्ने सबै विदेशीको जनगणना लिए । यिनीहरू १,५३,६०० जना थिए ।
23तिनीहरू सोलोमनका कामको रेखदेख गर्ने अधिकारीहरू पनि बने जसको सङ्ख्या पाँच सय पचास थियो । तिनीहरूले काम गर्ने मानिसहरूको रेखदेख गर्ने काम गर्थे ।
4“तिमध्येका चौबीस हजारको काम परमप्रभुका मन्दिरको कामको रेखदेख गर्ने थियो, र छ हजार अधिकारीहरू र न्यायकर्ताहरू थिए ।
9तापनि सोलोमनले इस्राएलका मानिसलाई ज्यालाबिनाका श्रमिक बनाएनन् । बरु, तिनीहरू तिनका सिपाहीहरू, कमाण्डरहरू, अधिकारीहरू, अनि सारथि र घोडचडीका कमाण्डरहरू भए ।
10सोलोमनका निरीक्षकहरूका मुख्य अधिकारीहरू यिनैमध्येबाट भए जो २५० जना थिए, जसले काम गर्नेहरूको निरीक्षण गरे ।
15तँसित धेरै कामगर्ने मानिसहरू छन्: ढुङ्गा काट्नेहरू, डकर्मीहरू, सिकर्मीहरू, र हरेक किसिमका शिल्पकारहरू अनगिन्ती छन्,
16जसले सुन, चाँदी, काँसा र फलामका काम गर्न सक्छन् । उठ् र काम सुरु गर्, र परमप्रभु तँसित हुनुभएको होस् ।”
10हेर्नुहोस्, तपाईंका सेवकहरू, मुढा काट्ने मानिसहरूलाई म पचास हजार मुरी गहूँ, पचास हजार मुरी जौ, एक लाख पाथी दाखमद्य र एक लाख पाथी तेल दिनेछु ।”
65यसमा तिनीहरूका नोकर-नोकर्नीहरू (७,३३७ जना) र तिनीहरूका मन्दिरका गायक-गायिकाहरू (२००) समावेश थिएन ।
66तिनीहरूका घोडाहरू ७३६ । खच्चरहरू २४५ ।
67ऊँटहरू ४३५ । गधाहरू ६,७२० थिए ।
60मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानको सङ्ख्या जम्मा ३९२
1¶ दाऊदले आफूसँग भएका सिपाहरूको गन्ति गरे र तिनीहरूमाथि हजारका कप्तानहरू र सयका कप्तानहरू नियुक्त गरे ।
40आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार गन्ती गरेका पुरुषहरूको सङ्ख्या २,६३९ थियो ।
67यीबाहेक तिनीहरूका नोकर-नोकर्नीहरू ७,३३७ जना थिए । तिनीहरूका २४५ जना गायक-गायिका थिए ।
58मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानहरूको सङ्ख्या जम्मा ३९२ थियो ।
15तब आहाबले जिल्ला-जिल्लाका जल्लापालहरूको सेवा गर्ने जवान अधिकृतहरूलाई भेला गराए । तिनीहरू दुई सय बत्तिस जना थिए । त्यसपछि तिनले इस्राएलका सबै सिपाहीलाई जम्मा गरे । तिनीहरू सात हजार थिए ।
26सोलोमनका रथहरूका लागि घोडाहरूका चालिस हजारवटा तबेला, र बाह्र हजार घोडचढी थिए ।
5त्यसपछि योआबले दाऊदलाई योद्धाहरूको जम्मा संख्या बताए । इस्राएलमा तरवार चलाउन सक्नेहरू इस्राएलमा ११ लाख थिए । यहूदामा मात्र ४ लाख ७० हजार सेना थिए ।
12वीर योद्धाहरूको नेतृत्व गर्ने परिवारका अगुवाहरूका जम्मा संख्या २,६०० थियो ।
13तिनीहरूको अधीनमा ३,०७,५०० योद्धाहरू भएको एक विर फौज थियो जसले राजालाई शत्रुहरूका विरुद्धमा सहायता पुर्याउन ठुलो शक्तिका साथमा युद्ध गरे ।
18तिनीपछि यहोजाबाद, र तिनका साथमा युद्धको निम्ति तयार भएका एक लाख असी हजारको फौज ।
26सोलोमनले रथहरू र घोडचढीहरू जम्मा गरे । तिनका चौध सयवटा रथ र बाह्र हजार घोडचढी थिए जसलाई तिनले रथ राख्ने सहरहरू र आफूसितै यरूशलेममा पनि राख्ने गर्थे ।
2सबै इस्राएलसित, हजार कमाण्डर र सयका कमाण्डरहरू, र न्यायकर्ताहरू, र सारा इस्राएलमा भएका हरेक शासक, घरानाहरूका मुखियाहरूसित सोलोमनले कुरा गरे ।
33सत्तरी हजार गोरु,
48तिनीहरूले ८,५८० पुरुषको गन्ती गरे ।
44आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार गन्ती गरिएका पुरुषहरूको सङ्ख्या ३,२०० थियो ।
38गोरुहरू छत्तिस हजार थिए, जसबाट परमप्रभुको भागमा बहत्तरवटा थिए ।
7सङ्गीतमा निपूण र तालिम पाएका तिनीहरू र तिनीहरूका दाजुभाइको संख्या २८८ जना थियो ।
8यी सबै ओबेद एदोमका सन्तानहरू थिए । तिनीहरू र तिनीहरूका छोराहरू र आफन्तहरू पवित्र पालमा काम गर्ने योग्यता भएका मानिसहरू थिए । ओबेद एदोमसँग सम्बन्धित मानिसहरूको सङ्ख्या ६२ जना थिए ।
4यहूदाका मानिसहरूको सङ्ख्या ७४,६०० छ ।
6अहीशार राजमहलका जिम्मावाल थिए । अब्दाका छोरा अदोनिराम बेगार काम गर्नेहरूका जिम्मावाल थिए ।
9तिनीहरूका पुर्खाका घरानाहरूका मुखियाहरूको वंशहरू र योद्धाहरू सङ्ख्या २०,२०० र थिए ।
1¶ दाऊदले फेरि पनि इस्राएलका चुनिएका सबै तिस हजार मानिसलाई एकसाथ भेला पारे ।
36तिनीहरूले तिनीहरूका कुलअनुसार २,७५० जना पुरुषको गन्ती गरे ।
25सोलोमनसँग आफ्ना घोडा र रथहरूका निम्ति चार हजार तबेला थिए । अनि तिनका बाह्र हजार घोडचडी थिए, जसलाई तिनले रथहरू राख्ने सहरहरूमा र अरूलाई चाहिं आफूसित यरूशलेममा राखे ।
28परमप्रभुका सरसामानहरूको देखरेख गर्न एक महिना र त्यसभन्दा माथिका गन्ती गरिएका पुरुषहरू ८,६०० थिए ।
14हीरामले राजालाई चार टन सुन पठाएका थिए ।
12यी मानिसहरूले विश्वासयोग्य रूपले काम गरे । मरारी वंशका लेवीहरू यहत र ओबदिया, अनि कहातको वंशका जकरिया र मशुल्लामले तिनीहरूका रेखदेख गरे । सङ्गीतमा निपुण अन्य सबै लेवीले कामदारहरूलाई निर्देशन दिए ।
14सोलोमनले रथहरू र घोडचढीहरू जम्मा गरे, र तिनीसँग चौध सय रथ र बाह्र हजार घोडचढीहरू थिए, जसलाई तिनले रथ राख्ने सहरहरूमा र आफू, अर्थात् यरूशलेममा राजसित राखे ।
21हेर, परमप्रभुको मन्दिरका सबै सेवा गर्न पुजारी र लेवीका दलहरू तयार छन् । तिम्रो काममा सहायता गर्न र सेवाको काम गर्नलाई तिनीहरू र खुशीसाथ कुनै पनि काम गर्ने सिपालु मानिसहरू तिम्रो साथमा हुनेछन् । अधिकारीहरू र सबै मानिसहरू तिम्रो हरेक आज्ञा शिरोपर गर्न तयार छन् ।”