२ इतिहास 20:5
यहूदा र यरूशलेमका सभाको सामु परमप्रभुका मन्दिरको नयाँ चोकको अगि यहोशापात खडा भए ।
यहूदा र यरूशलेमका सभाको सामु परमप्रभुका मन्दिरको नयाँ चोकको अगि यहोशापात खडा भए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
17यो लडाइँ तिमीहरूले लड्नुपर्ने छैन । ए यहूदा र यरूशलेम, आफ्नो पंक्तिमा खडा होओ, स्थिर खडा होओ, र परमप्रभुले तिमीहरूलाई बचाउनुभएको कामलाई हेर । नडराओ, न त हतास होओ । तिनीहरूको विरुद्ध भोलि निस्केर जाओ, किनकि परमप्रभु तिमीहरूसँग हुनुहुन्छ ।’”
18यहोशापातले आफ्नो शिरलाई भूइँमा घोप्टो पारे । यहूदा र यरूशलेमका सबै बासिन्दा परमप्रभुको आराधना गर्दै उहाँको सामुन्ने घोप्टो परे ।
19कहाती र कोरहका वंशका कोही लेवीहरू चर्को सोरमा परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा गर्न खडा भए ।
20तिनीहरू बिहान सबेरै उठे र निस्केर तकोको उजाड-स्थानमा गए । जब तिनीहरू निस्केर गए, तब यहोशापात खडा भए र भने, “हे यहूदा र यरूशलेमका बासिन्दा हो, मेरो कुरा सुन । परमप्रभु आफ्ना परमेश्वरमा भरोसा राख र तिमीहरूलाई सहायता मिल्ने छ । उहँका अगमवक्तामाथि भरोसा गर, र तिमीहरू सफल हुने छौ ।”
3यहोशापात डराए र परमप्रभुको खोजी गर्न अलग्गै गए । यहूदाभरि तिनले उपवासको घोषणा गरे ।
4परमप्रभुको खोजी गर्न यहूदाका मानिसहरू एकसाथ भेला भए । यहूदाका सबै सहरबाट तिनीहरू परमप्रभुको खोजी गर्न आए ।
2तिमीहरू जो परमप्रभुको मन्दिरमा, हाम्रा परमेश्वरको मन्दिरको चोकहरूमा खडा हुन्छौ ।
13सारा यहूदा आफ्ना सासाना बालबालिका, पत्नीहरू र छोराछोरीसमेत परमप्रभुको अगि खडा भए ।
14तब सभाको बिचमा आसापका छोरामध्येका मत्तन्याहका जनाति, यहीएलका पनाति, बनायाहका नाति र जकरियाका छोरा एक जना लेवी यहासेलमाथि परमप्रभुका आत्मा आउनुभयो ।
15यहासेलले भने, “हे सारा यहूदा र यरूशलेमका सबै बासिन्दा र राजा यहोशापात, सुन्नुहोस् । परमप्रभु तपाईंहरूलाई यही भन्नुहुन्छ, ‘नडराओ, यस ठूलो फौजका कारणले हतास नहोओ, किनकि लडाइँ तपाईंहरूको होइन, तर परमप्रभुको हो ।
8यसबाहेक यहोशापातले यरूशलेममा केही लेवी र पुजारी, र इस्राएलका पुर्ख्यौली घरानाका केही अगुवाहरूलाई परमप्रभुको न्याय कायम राख्न र झगडाहरू मिलउन नियुक्त गरे । तिनीहरू यरूशलेममा बसे ।
19परमप्रभुको मन्दिरका चोकहरूमा, यरूशलेमको बिचमा म पुरा गर्नेछु । परमप्रभुको प्रशंसा गर ।
3परमप्रभु यहोशापातसँग हुनुहुन्थ्यो किनकि तिनी आफ्ना पिता दाऊदले देखाएका उदाहरणअनुसार सुरु-सुरुमा हिंडे, र बालको खोजी गरेनन् ।
4बरू, तिनले आफ्ना पिताका परमेश्वरमा भरोसा गरे, र तिनका आज्ञाहरूमा चले, इस्राएलका व्यवहारअनुसार होइन ।
5यसरी परमप्रभुले तिनको हातमा शासन स्थापित गर्नुभयो । सारा यहूदाले यहोशापातलाई कर तिरे । तिनीसित धन-सम्पत्ति र ख्याति प्रशस्त थियो ।
6तिनको हृदय परमप्रभुका मार्गमा समर्पित थिए । तिनले यहूदाबाट डाँडाका थानहरू र अशेरा देवीका मूर्तिहरू हटाउने काम पनि गरे ।
6तिनले भने, “हे परमप्रभु, हाम्रा पुर्खाहरूका परमेश्वर, के तपाईं स्वर्गका परमेश्वर हुनुहुन्न र? के तपाईं जातिहरूका सबै राज्यका शासक हुनुहुन्न र? शक्ति र बल तपाईंका हातमा छन् । यसैले कसैले पनि तपाईंको विरोध गर्न सक्दैन ।
1¶ यहूदाका राजा यहोशापात सुरक्षासाथ यरूशलेमको आफ्नो दरवार फर्के ।
2तब हनानीका छोरा दर्शी येहू तिनलाई भेट्न आए र यहोशापात राजालाई भने, “के दुष्टलाई तपाईंले सहायता गर्नुपर्छ र? के परमप्रभुलाई घृणा गर्नेहरूलाई तपाईंले प्रेम गर्नुपर्छ र? यस कामको कारणले गर्दा परमप्रभुको क्रोध तपाईंमाथि परेको छ ।
3तापनि तपाईंमा केही असल कुरा छन्, किनभने तपाईंले अशेराका खम्बाहरूलाई देशबाट हटाउनुभएको छ, र तपाईंले आफ्नो हृदय परमप्रभुलाई खोज्नमा लाउनुभएको छ ।”
4यहोशापातको यरूशलेममा बसे । अनि तिनी फेरि बेर्शेबादेखि एफ्राइमको पहाडी देशमा मानिसहरूका माझमा गए र तिनीहरूलाई परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरकहाँ फर्काएर ल्याए ।
5यहूदाका किल्लाबन्दी गरिएका सबै सहरमा तिनले न्यायकर्ताहरू नियुक्त गरे ।
6तिनले न्यायकर्ताहरूलाई भने, “तिमीहरूले गर्ने कुरामा ध्यान देओ, किनभने तिमीहरूले मानिसहरूका निम्ति होइन तर परमप्रभुको निम्ति फैसला गर्दछौ । फैसलाको क्रममा उहाँ नै तिमीहरूसँग हुनुहुन्छ ।
2“परमप्रभुको मन्दिरको मूल ढोकामा खडा हो र यो वचन घोषणा गर् । यसो भन्, 'परमप्रभुलाई आराधना चढाउन यी ढोकाहरूबाट प्रवेश गर्ने यहूदाका सबै मानिसहरू हो, परमप्रभुको वचन सुन ।
5यहोशापातले इस्राएलका राजालाई भने, “पहिले तपाईंले के गर्नुपर्छ भन्नाका लागि परमप्रभुको वचनबाट निर्देशन खोज्नुहोस् ।”
19परमप्रभुले मलाई यसो भन्नुभयो, “जा र मानिसहरूका मूल ढोकामा खडा हो, जहाँबाट यहूदाका राजाहरू प्रवेश गर्छन् र जहाँबाट तिनीहरू बाहिर निस्कन्छन् । त्यसपछि यरूशलेमका अन्य सबै ढोकामा खडा हो ।
20तिनीहरूलाई भन्, 'यी ढोकाहरूबाट आवातजावत गर्ने हे सबै यहूदाका राजा, यहूदाका सबै मानिस र यरूशलेमका हरेक बासिन्दा हो, परमप्रभुको वचन सुन ।
10तब यहूदाका अधिकारीहरूले यो खबर सुने, र तिनीहरू राजाको महलदेखि परमप्रभुको मन्दिरमा गए । तिनीहरू परमप्रभुको मन्दिरको नयाँ मूल ढोकामा बसे ।
4यहोशापातले इस्राएलका राजालाई भने, “कृपया, तपाईंको जवाफको निम्ति पहिले परमप्रभुको वचनको खोजी गर्नुहोस् ।”
1¶ त्यसैले राजाले सन्देशवाहकहरू पठाए जसले यहूदा र यरूशलेमका सबै धर्म-गुरुलाई तिनीकहाँ भेला गराए ।
2तब राजा परमप्रभुको मन्दिरमा गए, अनि यहूदाका सबै मानिस र यरूशलेमका सबै बासिन्दा, पुजारीहरू, अगमवक्ताहरू र सानादेखि ठुलासम्म सबै मानिस पनि तिनीसँगै गए । तब तिनले परमप्रभुको मन्दिरमा भेट्टाइएका करारको पुस्तकका सबै वचन तिनीहरूले सुन्ने गरी पढे ।
30तब राजा र तिनीसँग भएका यहूदाका मानिसहरू, यरूशलेमका बासिन्दाहरू, पुजारी र लेवीहरू, साना-ठुला जम्मै मानिसहरूसँग तिनी परमप्रभुको मन्दिरमा उक्लेर गए । तब परमप्रभुको मन्दिरमा फेला परेको करारको पुस्तकका सबै वचन तिनीहरूले सुन्ने गरी तिनले पढे ।
31राजा आफ्नो स्थानमा खडा भए र परमेश्वरलाई पछ्याउन र उहाँका आज्ञा, नियम, र विधिहरू आफ्नो सारा हृदय र प्राणले पालन गर्ने, र यस पुस्तकमा लेखिएका करारका वचनहरू पूरा गर्ने बाचा परमप्रभुको सामुन्ने गरे ।
12यहोशापात धेरै शक्तिशाली भए । तिनले यहूदामा किल्लाहरू र भण्डार राख्ने सहरहरू बनाए ।
13दोष लगाउनलाई परमप्रभु खडा हुनुहुन्छ । मानिसहरूलाई दोष लगाउन उहाँ खडा हुनुहुन्छ ।
9यति बेला इस्राएलका राजा र यहूदाका राजा यहोशापात राजकीय पोशाकमा सामरियाको मूल ढोकाका सामुको खलानजिक आआफ्नो सिंहासनमा बसिरहेका थिए, र सबै अगमवक्ताले तिनीहरूका सामु अगमवाणी बोलिरहेका थिए ।
10यहूदाको वरिपरि भएका सबै राज्यहरूमा परमप्रभुको भय पर्यो, जसले गर्दा उनीहरूले यहोशापातको विरुद्धमा युद्ध गरेनन् ।
22सोलोमन परमप्रभुको वेदी र इस्राएलका सारा समुदायको सामुन्ने खडा भए, र स्वर्गतिर आफ्ना हात फैलाए ।
14तब यर्मिया तोपेतबाट गए, जहाँ अगमवाणी बोल्न परमप्रभुले तिनलाई पठाउनुभएको थियो । तिनी परमप्रभुको मन्दिरको चोकमा खडा भए र तिनले सबै मानिसलाई भने,
10इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापात राजकीय पोशाक पहिरेर सामरियाको मूल ढोकाको खुला ठाउँमा आ-आफ्नो सिंहासनमा बसिरहेका थिए, र सबै अगमवक्ताले तिनीहरूका सामु अगमवाणी बोल्दै थिए ।
2“परमप्रभु यसो भन्नुहुन्छ, 'मेरो मन्दिरको चोकमा खडा हो र मेरो मन्दिरमा आराधना गर्ने आउने यहूदाका सबै सहरको बारेमा भन् । तिनीहरूलाई भन्न मैले तँलाई आज्ञा गरेका सबै वचन घोषणा गर् । एउटै शब्द पनि नछोड ।
5अर्को एक तिहाइचाहिं राजमहलमा, र अर्को एक तिहाइचाहिं जगको ढोकामा हुनुपर्छ । सबै मानिसचाहिं परमप्रभुको मन्दिरका चोकहरूमा हुनुपर्छ ।
27त्यसपछि यहूदा र यरूशलेमका हरेक मानिस यहोशापातलाई अगि लगाएर विजयको साथ यरूशलेम जानलाई फर्के, किनकि परमप्रभुले तिनीहरूका शत्रुमाथि तिनीहरूलाई आनन्दित तुल्याउनुभएको थियो ।
28तिनीहरू वीणा, सितार र तुरही बजाउँदै यरूशलेममा र परमप्रभुको मन्दिरमा आए ।
1¶ यसपछि यस्तो हुन आयो, मोआब र अम्मोनका मानिसहरू र तिनीहरूसँग केही मोनीहरू यहोशापातको विरुद्धमा युद्ध गर्न आए ।
3त्यसपछि इस्राएलका सारा समुदाय खडा भइरहँदा, राजा तिनीहरूतिर फर्के र तिनीहरूलाई आशीर्वाद दिए ।
5परमप्रभुको मन्दिरका दुईवटा चोकमा तिनले आकाशका सबै ताराहरूका लागि वेदीहरू बनाए ।
20तब राजा हिजकिया बिहान सबेरै उठेर सहरका अगुवाहरूलाई भेला गराए । तिनी परमप्रभुको मन्दिरमा उक्लेर गए ।
17कुरा नमिलेको दुवै जना व्यक्ति परमप्रभु, पुजारीहरू र ती दिनमा सेवा गर्ने न्यायकर्ताहरूको सामु खडा होऊन् ।
9‘हामीमाथि विपत्ति—तरवार, न्याय, वा रोग,वा अनिकाल आउँछ भने— हामी यस मन्दिरको अगि र तपाईंको अगि खडा हुने छौं (किनकी तपाईंको नाउँ यस मन्दिरमा छ), र हाम्रो कष्टमा हामी तपाईंसित पुकारा गर्ने छौं, र तपाईंले हाम्रा बिन्ती सुन्नुहुने छ र हामीलाई बचाउनुहुने छ ।'