भजनसंग्रह 135:2

अनलक शाब्दिक बाइबल

तिमीहरू जो परमप्रभुको मन्‍दिरमा, हाम्रा परमेश्‍वरको मन्‍दिरको चोकहरूमा खडा हुन्‍छौ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 92:13 : 13 तिनीहरूलाई परमप्रभुको मन्‍दिरमा रोपिएका छन् । तिनीहरू हाम्रो परमेश्‍वरको मन्दिरमा चोकमा मौलाउनेछन् ।
  • भजन 116:19 : 19 परमप्रभुको मन्‍दिरका चोकहरूमा, यरूशलेमको बिचमा म पुरा गर्नेछु । परमप्रभुको प्रशंसा गर ।
  • लू 2:37 : 37 त्यसपछि उनी चौरासी वर्ष विधवा नै रहिन् । उनले मन्दिर कहिल्यै नछोडी निरन्तर दिनरात प्रार्थना र उपवास गर्दै परमेश्‍वरको आराधना गर्दै रहिन् ।
  • भजन 96:8 : 8 परमप्रभुलाई उहाँको नाउँ सुहाउँदो महिमा देओ । बलि ल्‍याओ र उहाँको मन्दिरभित्र आओ ।
  • १ इति 16:37-42 : 37 यसैले दाऊदले दिन-दिनको आवश्‍यक काम निरन्‍तर रूपमा गर्न त्‍यहाँ परमप्रभुका करारको सन्‍दूकको सामु आसाप र तिनका दाजुभाइलाई राखे । 38 ओबेद-एदोम र तिनका अठसट्ठी जना आफन्तहरू पनि समावेश गरिएका थिए । यदूदूनका छोरा ओबेद-एदोम र होसा द्वारपालहरू भए । 39 सादोक पुजारी र तिनका मित्र पुजारीहरूलर गिबोन डाँडामा भएको परमप्रभुको पवित्र वासस्‍थानको सामु सेवा गर्नुपर्थ्‍यो । 40 परमप्रभुको व्‍यवस्‍थामा लेखिएका सबै कुराबमोजिम तिनीहरूले बिहान र बेलुकी निरन्‍तर रूपमा परमप्रभुको निम्‍ति वेदीमा होमबलि चढाउनुपर्थ्यो । यो कुरा उहाँले इस्राएललाई आज्ञाको रूपमा दिनुभयो । 41 तिनीहरूसँगै हेमान र यदूतून र नाउँ लिएर चुनिएका मानिसहरू परमप्रभुलाई धन्‍यवाद चढाउन खटाइए, किनभने उहाँ करार विश्‍वस्‍तता सदासर्वदै रहिरहन्‍छ । 42 पवित्र भजनको निम्‍ति तुरहीहरू र झ्‍यालीहरू र अरू बाजाहरू बजाउनेका निरीक्षक हेमान र यदूतून थिए । यदूतूनका छोराहरूले मूल ढोकाको रेखदेख गर्थे ।
  • १ इति 23:30 : 30 हरेक बिहान परमप्रभुलाई धन्यवाद दिन र प्रशंसा चढाउन पनि तिनीहरू खडा हुन्थे । तिनीहरूले बेलुका,
  • नहे 9:5 : 5 तब लेवीहरू, येशूअ, कादमीएल, बानी, हशबन्याह, शरेबियाह, होदियाह, शबन्याह र पतहियाहले भने, “खडा भएर परमप्रभु तिमीहरूका परमेश्‍वरलाई सदासर्वदा प्रशंसा चढाओ ।” तिनीहरूले तपाईंको महिमित नाउँलाई धन्यको भनून्, र यो नाउँ हरेक आशिष् र प्रशंसाभन्दा माथि उचालिएको होस् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 19परमप्रभुको मन्‍दिरका चोकहरूमा, यरूशलेमको बिचमा म पुरा गर्नेछु । परमप्रभुको प्रशंसा गर ।

  • 1¶ परमप्रभुको प्रशंसा गर । परमप्रभुको नाउँको प्रशंसा गर । हे परमप्रभुका सेवकहरू हो, उहाँको प्रशंसा गर ।

  • भजन 134:1-2
    2 पदहरू
    81%

    1¶ हे परमप्रभुका सबै सेवक हो, आओ, परमप्रभुको प्रशंसा गर । तिमीहरू जसले परमप्रभुको मन्‍दिरमा राति सेवा गर्छौ ।

    2पवित्र स्थानतिर आफ्‍ना हात उचाल र परमप्रभुको प्रशंसा गर ।

  • भजन 135:19-21
    3 पदहरू
    77%

    19हे इस्राएलका सन्तानहरू हो, परमप्रभुको प्रशंसा गर । हे हारूनका सन्तानहरू, परमप्रभुको प्रशंसा गर ।

    20हे लेवीका सन्तानहरू हो, परमप्रभुको प्रशंसा गर । तिमीहरू जसले परमप्रभुको आदर गर्छौ, परमप्रभुको प्रशंसा गर ।

    21सियोनमा परमप्रभुलाई प्रशंसा होस्, जो यरूशलेममा बसोबास गर्नुहुन्छ । परमप्रभुको प्रशंसा गर ।

  • 3परमप्रभुको प्रशंसा गर, किनकि उहाँ असल हुनुहुन्छ । उहाँको नाउँको स्‍तुति गाओ, किनकि यसो गर्नु सुखाद कुरा हो ।

  • भजन 122:1-2
    2 पदहरू
    76%

    1¶ तिनीहरूले मलाई, “हामी परमप्रभुको मन्‍दिरमा जाऔं” भन्दा म खुसी हुन्थें ।

    2ए यरूशलेम, हाम्रा खुट्टाहरू तेरा ढोकाहरूभित्र खडा छन् ।

  • भजन 113:1-2
    2 पदहरू
    76%

    1¶ परमप्रभुको प्रशंसा गर । हे परमप्रभुका सेवकहरू हो, उहाँको प्रशंसा गर । परमप्रभुको नाउँको प्रशंसा गर ।

    2परमप्रभुको नाउँ अहिले र सदासर्वदा धन्यको होस् ।

  • 5यहूदा र यरूशलेमका सभाको सामु परमप्रभुका मन्‍दिरको नयाँ चोकको अगि यहोशापात खडा भए ।

  • 4तपाईंका मन्‍दिरमा बस्‍नेहरू धन्यका हुन् । तिनीहरूले निरन्तर तपाईंको प्रशंसा गर्छन् । सेला

  • 8हे परमप्रभु, तपाईं बस्‍नुहुने मन्‍दिरलाई म प्रेम गर्छु, त्यो ठाउँ जहाँ तपाईंको महिमाले वास गर्छ ।

  • 2“परमप्रभुको मन्दिरको मूल ढोकामा खडा हो र यो वचन घोषणा गर् । यसो भन्, 'परमप्रभुलाई आराधना चढाउन यी ढोकाहरूबाट प्रवेश गर्ने यहूदाका सबै मानिसहरू हो, परमप्रभुको वचन सुन ।

  • 3परमप्रभुको पर्वतमाथिको को चढ्नेछ? उहाँको पवित्र स्थानमा को खडा हुनेछ?

  • 26परमप्रभुको नाउँमा आउने धन्यको हो । तिमीलाई परमप्रभुको मन्‍दिरबाट हामी आशीर्वाद दिनेछौं ।

  • 10किनकि तपाईंको चोकको एक दिन अन्‍त कतैको हजार दिनभन्दा असल हुन्छ । दुष्‍टहरूका पालहरूमा बस्‍नुभन्दा म आफ्‍नो परमेश्‍वरको मन्‍दिरको पाले हुनेछु ।

  • 1¶ परमप्रभुको प्रशंसा गर । परमेश्‍वरको पवित्रस्थानमा उहाँको प्रशंसा गर । शक्तिशाली आकाशमा उहाँको प्रशंसा गर ।

  • 4तपाईंले आफ्नो नजिक ल्याउन चुन्‍नुभएको मानिस धन्यको हो, ताकि त्‍यो तपाईंको आँगनहरूमा बस्‍न सक्‍छ । तपाईंको घरको अर्थात् तपाईंको पवित्र मन्दिरको भलाईले हामी तृप्‍त हुनेछौं ।

  • 1¶ परमप्रभुको प्रशंसा गर, किनकि हाम्रा परमेश्‍वरको स्‍तुति गाउनु असल कुरा हो । यो सुखद हुन्‍छ र प्रशंसा उचित छ ।

  • 1¶ हे परमप्रभु, तपाईंको पवित्रस्थानमा को बस्‍न सक्छ? तपाईंको पवित्र पर्वतमा को वास गर्न सक्छ?

  • 3हे परमप्रभु, तपाईंले अधर्महरू उल्लेख गर्नुभयो भने, हे पमरप्रभु, को खडा हुन सक्थ्यो र?

  • 27उहाँको उपस्‍थितिमा प्रताप र गौरव छन्, उहाँको वासस्‍थानमा शक्ति र महिमा छन्‌ ।

  • 1¶ परमप्रभुको प्रशंसा गर । म सोझाहरूको सभामा, तिनीहरूको भेलामा आफ्‍नो सारा हृदयले परमप्रभुलाई धन्‍यवाद चढाउनेछु ।

  • 1¶ हे सर्वशक्तिमान् परमप्रभु, तपाईं बस्‍ने ठाउँ कति सुन्दर छ!

  • 1¶ परमप्रभुको प्रशंसा गर । परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ । विश्‍वासयोग्य जनहरूका सभामा उहाँको प्रशंसाको गीत गाओ ।

  • 1¶ परमेश्‍वर ईश्‍वरीय सभामा खडा हुनुहुन्छ । देवताहरूका माझमा उहाँले न्यायको फैसला गर्नुहुन्छ ।

  • 7तर मेरो बारेमा, तपाईंको महान् करारको विश्‍वस्‍तताको कारणले, म तपाईंको मन्‍दिरमा आउनेछु । आदरसाथ तपाईंको पवित्र मन्दिरतर्फ फर्केर म दण्डवत् गर्नेछु ।

  • 2खुसीसाथ परमप्रभुको सेवा गर । आनन्दले गाउँदै उहाँको उपस्थितिको सामु आओ ।

  • 5त्यहाँ न्यायका सिंहासनहरू, दाऊदको घरानाको सिंहासनहरू खडा गरिएका थिए ।

  • 12मेरो खुट्टा मैदानमा खडा छ । सभाहरूमा म परमप्रभुलाई धन्‍यको भन्‍नेछु ।

  • 12हे यरूशलेम, परमप्रभुको प्रशंसा गर् । हे सियोन, तेरो परमेश्‍वरको प्रशंसा गर् ।

  • 5तपाईंका गम्‍भीर आज्ञाहरू धेरै भरोसायोग्‍य छन् । हे परमप्रभु, तपाईंको मन्‍दिरलाई सदासर्वदा पवित्रताले सुसज्‍जित पार्छ ।

  • 13तिनीहरूलाई परमप्रभुको मन्‍दिरमा रोपिएका छन् । तिनीहरू हाम्रो परमेश्‍वरको मन्दिरमा चोकमा मौलाउनेछन् ।

  • 7हामी परमेश्‍वरको वासस्थानमा जानेछौं । हामीले उहाँको पाउदानमा आरधना गर्नेछौं ।

  • 8परमप्रभुलाई उहाँको नाउँ सुहाउँदो महिमा देओ । बलि ल्‍याओ र उहाँको मन्दिरभित्र आओ ।

  • 1¶ हे परमप्रभु, सबै पुस्ताभरि नै तपाईं हाम्रो सरणस्थान हुनुभएको छ ।

  • 3तापनि तपाईं पवित्र हुनुहुन्छ । इस्राएलको प्रशंसामा तपाईं राजाझैं विराजमान हुनुहुन्छ ।

  • 19कहाती र कोरहका वंशका कोही लेवीहरू चर्को सोरमा परमप्रभु इस्राएलका परमेश्‍वरको प्रशंसा गर्न खडा भए ।

  • 40यसरी धन्यवाद दिनेहरूका यी दुवै गायन-झुण्ड परमेश्‍वरको मन्दिरमा आ-आफ्नो स्थानमा बसे, र म पनि अधिकारीहरूको आधा भागसँगै आफ्नो स्थानमा बसेँ ।

  • 4धन्यवाद दिंदै उहाँको ढोकाभित्र र प्रशंसा गर्दै उहाँको चोकभित्र पस । उहाँलाई धन्यवाद देओ र उहाँको नाउँको स्तुति गर ।

  • 5अर्को एक तिहाइचाहिं राजमहलमा, र अर्को एक तिहाइचाहिं जगको ढोकामा हुनुपर्छ । सबै मानिसचाहिं परमप्रभुको मन्‍दिरका चोकहरूमा हुनुपर्छ ।

  • 16हे परमप्रभु हाम्रा परमेश्‍वर, तपाईंको पवित्र नाउँका सम्‍मान गर्न मन्‍दिर बनाउन हामीले जम्‍मा गरेका यी सबै धन तपाईंबाट नै आउँछन्, र तपाईंकै हुन्‌ ।

  • 10त्यसपछि तिमीहरू आउँछौ अनि मेरो नाउँले बोलाइने यस मन्‍दिरमा मेरो सामु खडा हुन्‍छौ र यसो भन्छौ, “हामी बचाइएका छौं”, यसरी तिमीहरू यी सबै घृणित कामहरू गर्न सक्‍छौ?

  • 19मलाई धार्मिकताका ढोकाहरू खोल्नुहोस् । तिनीहरूभित्र म पस्‍नेछु र परमप्रभुलाई म धन्यवाद दिनेछु ।

  • 2तपाईंको पवित्र मन्दिरतिर फर्केर म दण्डवत गर्नेछु र तपाईंको करारको विश्‍वस्‍तता र तपाईंको सत्‍यताको निम्ति तपाईंको नाउँमा धन्यवाद दिनेछु । तपाईंले आफ्नो वचन र आफ्‍नो नाउँलाई अरू कुनै पनि थोकभन्दा धेरै महत्त्वपूर्ण बनाउनुभएको छ ।

  • 1¶ परमप्रभुको प्रशंसा गर । ए स्वर्गमा हुनेहरू हो, परमप्रभुको प्रशंसा गर । ए उच्‍च स्थानहरूमा हुनेहरू हो, उहाँको प्रशंसा गर ।

  • 9परमप्रभु हाम्रा परमेश्‍वरको मन्‍दिरको खातिर, म तेरो भलाइ खोज्‍नेछु ।