२ इतिहास 31:10

अनलक शाब्दिक बाइबल

सादोकका घरानाका प्रधान पुजारी अजर्याहले जवाफ दिए र यसो भने, “मानिसहरूले परमप्रभुको मन्दिरमा आआफ्ना भेटी ल्याएको समयदेखि हामीहरूले खाएका छौं, र प्रशस्त भयो र प्रशस्‍त उब्रेका छन्, किनकि परमप्रभुले आफ्‍ना मानिसहरूलाई आशिष् दिनुभएको छ । उब्रेकाबाट यो ठुलो मात्रा यहाँ छ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मल 3:10 : 10 भण्डारमा पूर्ण दशांश ल्याओ, ताकि मेरो भवनमा भोजन होस्, र मैले स्वर्गका ढोकाहरू खोलेर तिमीहरूकहाँ राख्‍ने ठाउँ नहुनेसम्‍म गरी तिमीहरूमाथि आशिष् खन्याउँछु, कि खन्याउँदिन, यसमा मलाई जाँचेर हेर,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
  • १ इति 6:8 : 8 अहीतूब सादोकका पिता भए, र सादोक अहीमासका पिता भए ।
  • १ इति 6:14 : 14 अजर्याह सरायाहका पिता भए, र सरायाह यहोसादाकका पिता भए ।
  • २ इति 26:17 : 17 पुजारी अजर्याह र परमप्रभुका अरू असी जना साहसी पुजारीहरू राजा उज्‍जियाहको पछिपछि भित्र गए ।
  • नीति 3:9 : 9 तेरो धन-सम्पत्ति र तेरा सबै उब्जनीको अगौटे-फलले परमप्रभुको आदर गर् ।
  • नीति 10:22 : 22 परमप्रभुका असल वरदानहरूले धन-सम्पत्ति ल्याउँछन्, र उहाँले त्यसमा दुःखकष्‍ट थप्‍नुहुन्‍न ।
  • यहे 44:15 : 15 अनि इस्राएलका मानिसहरू मबाट टाढा भट्‍किरहेका बेलामा, मेरो पवित्र-स्थानका कर्तव्यहरूलाई पुरा गर्ने सादोकका छोराहरू अर्थात् लेवी पुजारीहरू मेरो अगि मेरो आराधना गर्न आउनेछन् । मलाई बोसो र रगत चढाउन तिनीहरू मेरो अगि खडा हुनेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
  • हाग्गै 2:18 : 18 नवौँ महिनाको चौबीसौँ दिनबाट उसो परमप्रभुको मन्दिरको जग बसालिएको कुरामाथि ध्यान देओ ।
  • मत्त 15:37 : 37 मानिसहरू सबैले खाए र सन्तुष्‍ट भए । र उनीहरूले बाँकी रहेका टुक्रा-टाक्री खाना जम्मा गरेर सात डाला भरे ।
  • २ कोरि 9:8-9 : 8 र परमेश्‍वरले हरेक आशिष्‌लाई तिमीहरूको निम्ति वृद्धि गर्न सक्‍नुहुन्छ, ताकि तिमीहरूलाई चाहिने सबै कुरा तिमीहरूले सधैँ प्राप्‍त गर्न सक । तिमीहरूका असल कामहरू वृद्धि हुन् भनेर यसो हुनेछ । 9 यस्तो लेखिएको छः “उहाँले आफ्नो सम्‍पत्ति बाँडेर गरिबहरूलाई दिनुभएको छ । उहाँको धार्मिकता सधैँभरि रहन्छ ।” 10 छर्नेलाई बिउ र खानाको निम्ति रोटी उपलब्ध गराउनुहुनेले तिमीहरूको बिउ उपलब्ध गराएर वृद्धि पनि गराउनुहुनेछ । उहाँले तिमीहरूको धार्मिकताको फसल प्रशस्ततासँग वृद्धि गराउनुहुनेछ । 11 तिमीहरूले उदारसँग दिन सक भनेर तिमीहरू हर किसिमले धनी तुल्याइनेछौ । यसले हामीद्वारा परमेश्‍वरप्रति चढाउने धन्यवाद उत्पन्‍न गराउनेछ ।
  • फिलि 4:18 : 18 मैले सबै कुराहरू प्राप्‍त गरेको छु, र मसँग ती प्रशस्त छन् । म पूर्ण रूपमा भरिएको छु । तिमीहरूले इपाफ्रोडिटससँग पठाएका सामानहरू मैले पाएँ । ती सुगन्धित वासना आउने ग्रहणयोग्य बलिदान हुन् जसले परमेश्‍वरलाई प्रसन्‍न पार्दछ ।
  • १ तिमो 4:8 : 8 किनकि शारीरिक तालिम केही उपयोगी हुन्छ तर भक्तिचाहिँ सबै कुराको लागि उपयोगी हुन्छ । यसमा यो अहिलेको जीवन र आउने जीवनको लागि प्रतिज्ञा रहेको हुन्छ ।
  • उत्प 26:12 : 12 इसहाकले त्यस देशमा बालीनाली लगाए, र त्‍यही साल सय गुणा कटनी गरे । किनभने परमेश्‍वरले तिनलाई आशिष्‌ दिनुभयो ।
  • उत्प 30:27-30 : 27 लाबानले तिनलाई भने, “मैले तिम्रो दृष्‍टिमा निगाह पाएको छु भने पर्ख, किनभने पूर्वलक्षणको प्रयोगद्वारा मैले थाहा पाएको छु, कि तिम्रो कारणले गर्दा परमप्रभुले मलाई आशिष् दिनुभएको छ । 28 त्यसपछि तिनले भने, “तिम्रो ज्याला कति भयो, मलाई भन । म तिरिदिनेछु ।” 29 याकूबले लाबानलाई भने, “मैले तपाईंको कस्तो सेवा गरेको छु र तपाईंका गाईबस्तु कसरी सप्रेका छन् भनी तपाईं जान्‍नुहुन्छ । 30 म आउनुअगि तपाईंसित थोरै मात्र थियो तर अहिले प्रचुर मात्रामा वृद्धि भएका छन् । मैले जहाँसुकै काम गरे तापनि परमप्रभुले तपाईंलाई आशिष् दिनुभएको छ । अब मेरो आफ्नै घरानाको निम्तिचाहिँ मैले कहिले बन्दोवस्त गर्ने?”
  • उत्प 39:5 : 5 तिनको घर र तिनको स्वामित्वमा रहेका सबै कुरामाथि योसेफलाई अधिकार दिएपछि योसेफको कारण परमप्रभुले त्यस मिश्रीको घरलाई आशिषित् गर्नुभयो । पोतीफरको घर र खेतमा भएका सबै कुरामाथि परमप्रभुको आशिष् रह्यो ।
  • उत्प 39:23 : 23 उनको जिम्मामा भएका कुनै कुरामा त्यस झ्यालखानाका हाकिम चिन्तित हुँदैन थिए, किनभने परमप्रभु उनीसँग हुनुहुन्थ्यो । उनले जे गर्थे, परमप्रभुले समृद्धि प्रदान गर्नुहुन्थ्यो ।
  • लैव्य 25:21 : 21 छैटौँ वर्षमा तिमीहरूमाथि म मेरो आशिष् बर्साउने छु, र भूमिले तिन वर्षसम्म पुग्‍ने फसल उब्जाउने छ ।
  • लैव्य 26:4-5 : 4 म तिमीहरूलाई ठिक मौसममा झरी दिने छु, र भूमिले आफ्नो उब्जनी दिने छ, र भूमिका रुखहरूले आफ्ना फल दिने छन् । 5 दाख बटुल्‍ने समयसम्मै तिमीहरूले दाइँ गर्ने छौ, र रोपाइँको समयसम्मै दाख बटुल्‍ने छौ । तिमीहरूले भरपेट रोटी खाने छौ र भूमिमा तिमीहरूले जहाँ आफ्नो घर बसाल्छौ त्यहाँ सुरक्षितसाथ जिउने छौ ।
  • व्यव 28:8 : 8 परमप्रभुले तिमीहरूका धनसार र तिमीहरूले हात लगाउने हरेक थोकमा आशिष् ल्याउनुहुने छ । उहाँले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा उहाँले तिमीहरूलाई आशिष् दिनुहुने छ ।
  • १ राजा 2:35 : 35 राजाले तिनको ठाउँमा यहोयादाका छोरा बनायाहलाई सेनापतिमा र अबियाथारको ठाउँमा सादोकलाई पुजारीमा नियुक्त गरे ।
  • २ राजा 4:43-44 : 43 तिनको सेवकले भन्यो, “एक सय जना मानिसलाई मैले यसबाट कसरी भाग पुर्‍याउन सक्छु र?” तर एलीशाले भने, “यो मानिसहरूलाई ताकि तिनीहरूलेखान सकून्, किनकि परमप्रभु भन्‍नुहुन्छ, 'तिनीहरूले खानेछन्, र केही बच्‍नेछ' ।” 44 त्यसैले तिनको सेवकले त्यो तिनीहरूका सामु राखिदियो र तिनीहरूले खाए अनि परमप्रभुको वचनले प्रतिज्ञा गरेझैँ केही बच्‍यो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ इति 31:8-9
    2 पदहरू
    80%

    8जब हिजकिया र तिनका अधिकारीहरू आए र ती थुपारिएका कुरा देखे, तब तिनीहरूले परमप्रभु र उहाँको मानिस इस्राएललाई आशिष् दिए ।

    9तब हिजकियाले यी थुपारिएका कुराहरूका विषयमा पुजारीहरू र लेवीहरूसित सोधपुछ गरे ।

  • २ इति 24:10-11
    2 पदहरू
    74%

    10सबै अगुवा र सबे मानिस आनन्दित भए र रकम ल्याए र त्‍यो सन्दूक नभरिएसम्‍म त्यसमा हाले ।

    11यस्‍तो भयो, जब लेवीहरूले राजाका अधिकारीहरूकहाँ त्यो सन्दूक ल्याउँथे, र जब त्यसमा तिनीहरूले धेरै पैसा देख्‍थे, तब राजाका सचिव र प्रधान पुजारीका अधिकृत त्यो खाली गर्न आउँथे, र त्यो सन्दूक फेरि त्यसकै स्थानमा राखिदिन्थे । तिनीहरूले दिनदिनै त्‍यसो गरेर धेरै रुपियाँपैसा सञ्‍चय गरे ।

  • 11तब हिजकियाले परमप्रभुको मन्दिरमा भण्डारहरू तयार गर्न हुकुम गरे, र तिनीहरूले ती तयार गरे ।

  • 5एल्यासीबले तोबियाको लागि एउटा ठुलो भण्डार-कोठा तयार पारेका थिए जहाँ पहिले तिनीहरूले लेवीहरू, गायकहरू, द्वारपालहरूका निम्ति अन्‍नबलि, धूप, काठपातहरू, अन्‍नका दशांशहरू, नयाँ दाखमद्य र तेल अनि पुजारीहरूका निम्ति दान राख्‍ने गर्थे ।

  • 35यसबाहेक, त्यहाँ धेरै होमबलिहरू थिए । मेलबलिको बोसोको साथमा ती चढाइए र हरेक होमबलिको निम्ति त्‍यहाँ अर्घबलि थिए । यसरी परमप्रभुका मन्‍दिरको सेवा व्‍यवस्‍थित गरियो ।

  • २ राजा 12:9-11
    3 पदहरू
    73%

    9बरु, यहोयादा पुजारीले एउटा सन्दुक लिएर त्यसमा प्वाल पारे, अनि यसलाई परमप्रभुको मन्दिरभित्र प्रवेश गर्ने दाहिनेपट्टि वेदीको छेउमा राखे । मन्दिरको प्रवेशद्वारको पहरा दिने पुजारीहरूले परमप्रभुको मन्दिरमा ल्याएका सबै रकम त्यसैमा हाल्‍थे ।

    10जब सन्दुकमा धेरै रकम जम्‍मा भएको तिनीहरूले देख्‍थे, राजाका सचिव र प्रधान पुजारी आउँथे र परमप्रभुको मन्दिरमा ल्याइएको रुपियाँ-पैसा थैलाहरूमा हाल्‍थे र त्‍यसपछि गणना गर्थे ।

    11तिनीहरूले उक्त रकम हिसाब गरेपछि परमप्रभुको मन्दिरको रेखदेख गर्नेहरूका हातमा दिन्थे । तिनीहरूले परमप्रभुको मन्दिरमा काम गर्ने सिकर्मीहरू र निर्माणकर्ताहरू

  • २ इति 34:9-10
    2 पदहरू
    72%

    9तिनीहरू प्रधान पुजारी हिल्कियाहकहाँ गए र रक्षकको काम गर्ने लेवीहरूले मनश्शे, एफ्राइम र इस्राएलका बाँकी रहेका सबै मानिसहरू र यहूदा, बेन्यामीन र यरूशलेमका सबै बासिन्दाबाट जम्मा गरेर ल्‍याएका रुपियाँपैसा तिनलाई जिम्मा दिए ।

    10परमप्रभुको मन्दिरमा काम गर्नेहरूका सुपरिबेक्षण गर्नेहरूका हातमा तिनीहरूले त्यो पैसा दिए । ती मानिसहरूले मन्दिरको मरम्मत र त्यसलाई पुननिर्माण गर्ने कामदारहरूका ज्‍याला तिरे ।

  • 17तिनीहरूले परमप्रभुको मन्दिरमा पाइएको रुपियाँपैसा खाली गरेका छन् र तिनीहरूले त्‍यो निरीक्षकहरू र कामदारहरूका हातमा दिएका छन् ।”

  • 39इस्राएलीहरू र लेवीका सन्तानहरूले अन्‍न, नयाँ दाखमद्य र तेलका दानहरू भण्डार कोठाहरूमा ल्याउनुपर्छ जहाँ पवित्रस्थानका भाँडाहरू राखिन्छन् र सेवा गर्ने पुजारीहरूसाथै द्वारपालहरू र गायकहरू बस्छन् । हामी हाम्रा परमेश्‍वरको मन्दिरलाई बेवास्ता गर्ने छैनौँ ।

  • २ इति 31:4-6
    3 पदहरू
    70%

    4यसको साथै पुजारीहरू र लेवीहरू तिनले यरूशलेममा बस्‍ने मानिसहरूलाई तिनीहरूले दिनुपर्ने भाग देऊन् भनी हुकुम गरे ताकि तिनीहरूले परमप्रभुको व्यवस्था पालन गर्ने कुरामा ध्‍यान दिन सकुन् ।

    5हुकुम पठाउने बित्तिकै इस्राएलका मानिसहरूले आआफ्ना अन्‍नका अगौटे फल, नयाँ दाखमद्य, तेल, मह र जमिनका सबै उब्जनीका अगौटे फल उदारचित्तले दिए । तिनीहरूले हरेक कुराका दशांश ल्याए, जुन प्रशस्त मात्रामा भयो ।

    6यहूदाका सहरहरूमा बस्‍ने इस्राएलका मानिसहरू र यहूदीहरूले पनि गाईवस्तु र भेडबाख्राको दशांश, अनि परमप्रभु आफ्‍ना परमेश्‍वरमा अर्पण गरिएका सबै थोकको दशांश ल्याएर थुपारे ।

  • 44त्यस दिन भेटीहरू, अगौटे फलहरू र दशांशहरूका निम्ति भण्डार-कोठाहरूको जिम्मा लिन अनि लेवीहरू र पुजारीहरूका निम्ति व्यवस्थाले तोकेबमोजिम हिस्सा जम्मा गर्न मानिसहरू नियुक्त गरिए । सहरका नजिकका बस्तीहरूबाट काम गर्न हरेकलाई जिम्मा दिइएको थियो । किनकि यहूदा पुजारीहरू र लेवीहरूबाट प्रसन्‍न भए जो तिनीहरूका सामु खडा थिए ।

  • 4योआशले पुजारीहरूलाई भने, “परमप्रभुको मन्दिरभित्र पवित्र भेटीहरूको रूपमा ल्याइएका सबै रुपियाँ-पैसा अर्थात् जनगणनामा जम्मा गरिएको रकम वा व्यक्तिगत भाकलबाट प्राप्‍त गरिएको रकम वा परमप्रभुद्वारा मानिसहरूका आ-आफ्ना ह्रदयमा प्रेरित गरी तिनीहरूद्वारा ल्याइएको रकम जम्मा गर,

  • 16हे परमप्रभु हाम्रा परमेश्‍वर, तपाईंको पवित्र नाउँका सम्‍मान गर्न मन्‍दिर बनाउन हामीले जम्‍मा गरेका यी सबै धन तपाईंबाट नै आउँछन्, र तपाईंकै हुन्‌ ।

  • 9शापानले त्यो किताब राजाकहाँ लगे, र तिनलाई यसो भनी विवरण दिए, “तपाईंका दासहरूले मन्दिरमा भेट्टाइएका रुपियाँ-पैसा खर्च गरेका छन्, र तिनीहरूले यो परमप्रभुको मन्दिरको रेखदेख गर्ने कारिन्‍दहरूका हातमा दिएका छन् ।”

  • 4“प्रधान पुजारी हिल्कियाहकहाँ जाऊ, र परमप्रभुको मन्दिरमा ल्याइएको रुपियाँ-पैसा जसलाई मन्दिरका पहरादारहरूले मानिसहरूबाट जम्मा गरेका छन्, त्‍यो गन्‍न तिनलाई भन ।

  • २ इति 29:18-19
    2 पदहरू
    69%

    18त्‍यसपछि तिनीहरू राजमहलभित्र हिजकिया राजाकहाँ गए र भने, “हामीले परमप्रभुको मन्‍दिर जम्‍मै पवित्र गरिसक्‍यौं, अर्थात्‌ होमबलिको वेदी, त्‍यसका सबै भाँडाकुँडासमेत, अनि अर्पण गरिएको रोटी राख्‍ने टेबल, त्‍यसका सबै सामानसमेत ।

    19यसैले हामीले राजा आहाजले आफ्‍नो शासनकालमा विश्‍वासघाती भएर हटाएका जम्‍मै सरसामान पनि हामीले तयारी र पवित्र गर्‍यौँ । हेर्नुहोस्, ती परमप्रभुका वेदीको सामुन्‍ने राखिएका छन्‌ ।”

  • 14तब पुजारीहरूका जीवनलाई म प्रशस्त मात्रामा परिपूर्ण पार्नेछु । मेरा मानिसहरू मेरो भलाइले भरिनेछ, यो परमप्रभुको घोषणा हो ।”

  • 25राजा, तिनका सल्लाहकारहरू र अधिकारीहरू अनि सारा इस्राएलीले परमेश्‍वरको मन्दिरको लागि सित्तैंमा दिएका चाँदी, सुन, चिजहरू र भेटीहरू मैले तिनीहरूका निम्ति तौलें ।

  • 31तब हिजकियाले भने, “अब तिमीहरूले परमप्रभुमा आफैलाई अर्पण गरेका छौ । यहाँ आओ र परमप्रभुको मन्दिरमा बलिदान र धन्‍यवादका बलिहरू ल्याओ ।” समुदायले बलिदानहरू र धन्‍यवाद बलिहरू ल्‍याए, र राजीखुशी हृदय हुनेहरू सबैले आआफ्‍ना होमबलि ल्‍याए ।

  • 5शिल्पकारहरूले मोशालाई भने, “परमप्रभुले हामीलाई गर्न भनी आज्ञा गर्नुभएको कामको लागि मानिसहरूले चाहिएभन्दा पनि बढ्ता ल्याउँदै छन् ।”

  • 12तब सारा यहूदाले अन्‍नको दशांश, नयाँ दाखमद्य र तेल भण्डार-कोठाहरूभित्र ल्याए ।

  • २ राजा 4:43-44
    2 पदहरू
    69%

    43तिनको सेवकले भन्यो, “एक सय जना मानिसलाई मैले यसबाट कसरी भाग पुर्‍याउन सक्छु र?” तर एलीशाले भने, “यो मानिसहरूलाई ताकि तिनीहरूलेखान सकून्, किनकि परमप्रभु भन्‍नुहुन्छ, 'तिनीहरूले खानेछन्, र केही बच्‍नेछ' ।”

    44त्यसैले तिनको सेवकले त्यो तिनीहरूका सामु राखिदियो र तिनीहरूले खाए अनि परमप्रभुको वचनले प्रतिज्ञा गरेझैँ केही बच्‍यो ।

  • 14तर म को हुँ, र मेरा मानिसहरू को हुन् र हामीले स्‍वइच्‍छाले यी कुराहरू दिन सक्‍छौं? वास्तवमा सबै कुरा तपाईंबाटै आउँछन्, र तपाईंका जे हुन् ती तपाईंलाई हामीले फिर्ता दिएका मात्रै हौं ।

  • एज्रा 7:15-16
    2 पदहरू
    68%

    15यरूशलेममा बास गर्नुहुने इस्राएलका परमेश्‍वरलाई तिनीहरूले सित्तैंमा चढाएका चाँदी र सुन लिएर जानू ।

    16बेबिलोनको प्रदेशभरि तिमीले लैजान सक्‍ने जति चाँदी र सुनसाथै यरूशलेममा आफ्‍ना परमेश्‍वरका मन्दिरको निम्ति मानिसहरू र पुजारीहरूले खुसीसाथ जुन भेटीहरू दिन्छन्, ती पनि तिमीले लैजानू ।

  • 10तर हाम्रा बारेमा त, परमप्रभु नै हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, र हामीले उहाँलाई त्‍यागेका छैनौं । हामीसँग परमप्रभुको सेवा गर्ने हारूनका सन्तानहरू पुजारीको रूपमा छन्, र आफ्नो काम गर्ने लेवीहरू छन् ।

  • 36तेरो घरानामा बाँकी रहेका हरेक मानिस चाँदीको एक टुक्रा र रोटीको एक टुक्रा माग्‍न उसकहाँ आउनेछन् र घोप्टो पर्नेछन् र यसो भन्‍नेछन्, “कृपया, मलाई पनि पुजारीको कुनै काम दिनुहोस्, ताकि म पनि एक टुक्रा खान पाउनेछु ।”

  • 13उनले तिनलाई लेवी र पुजारीहरूका दल-दलका निम्‍ति र परमप्रभुको मन्‍दिरका सेवामा गरिने सबै काम र त्‍यसमा प्रयोग गरिने सबै भाँडाहरूका निम्‍ति निर्देशनहरू दिए ।

  • 4राज्यको कुनै पनि क्षेत्रमा भएका मानिसहरू जहाँ त्यस देशका बाँकी बचेकाहरू बसोबास गर्दैछन्, तिनीहरूले यरूशलेममा भएको परमेश्‍वरको मन्दिर बनाउनलाई चाँदी र सुन, धनदौलत र गाईवस्तु अनि स्वेच्छा भेटी दिनुपर्छ ।”

  • 37हामी पहिले पिँधेको पिठो, हाम्रा अन्‍नबलिहरू, हरेक रुखको फल, नयाँ दाखमद्य र तेल हाम्रा परमेश्‍वरको मन्दिरका भण्डारहरूमा पुजारीहरूकहाँ ल्याउने छौँ । हामीले काम गर्ने सबै नगरमा लेवीहरूले दशांश उठाउने भएकाले हाम्रा माटोबाट हामी लेवीहरूकहाँ दशांशहरू ल्याउने छौँ ।

  • 7सबै कामको लागि तिनीहरूसित चाहिनेभन्दा बढी सामग्रीहरू थिए ।

  • 69तिनीहरूले आ-आफ्नो औकातअनुसार कामको लागि रुपियाँ-पैसा दिएः ६१,००० सुनका सिक्‍का, ५,००० चाँदीका सिक्‍का र पुजारीको १०० ओटा अलखाहरू ।

  • 33उपस्थितिको रोटी, नियमित अन्‍नबलि, शबाथमा चढाइने होमबलिहरू, औँसीका चाडहरू र तोकिएका चाडहरू, पवित्र भेटीहरू, इस्राएलको निम्ति प्रायश्‍चित्तको लागि चढाइनुपर्ने पापबलिहरूसाथै हाम्रा परमेश्‍वरको मन्दिरका कामको लागि उपलब्ध गराउनुपर्ने आज्ञालाई हामीले स्वीकार गर्‍यौँ ।

  • 3अब, मेरा परमेश्‍वरको मन्‍दिरमा मेरो आनन्दको कारणले यसको निम्‍ति आफ्‍नो निजी भण्‍डारबाट सुन र चाँदी म दिंदैछु । यस पवित्र मन्‍दिरको निम्‍ति मैले तयार गरेका सबै कुराहरूमा अरू थपः

  • 2पुजारीहरू र लेवीहरूका दलअनुसार हिजकियाले तिनीहरूका दलहरूलाई हरेक मानिसलाई, पुजारीहरू र लेवीहरू दुवैलाई आआफ्ना काममा लगाइदिए । तिनीहरूलाई होमबलि र मेलबलि चढाउन, सेवा गर्न, धन्यवाद दिन र परमप्रभुको मन्दिरका ढोकाहरूमा प्रशंसा गर्ने काम तिनले तिनीहरूलाई दिए ।

  • 47यरुबाबेल र नहेम्याहको समयमा सारा इस्राएलले गायकहरू र द्वारपालहरूका लागि दैनिक हिस्सा दिन्थे । तिनीहरूले लेवीहरूका निम्ति भाग छुट्ट्याउँथे, र लेवीहरूले हारूनका सन्तानहरूका निम्ति भाग छुट्ट्याउँथे ।

  • 17किनकि हामीले गर्नेछौं भनेका सबै कुरा हामी निश्‍चय नै गर्नेछौं, अर्थात् स्वर्गकी रानीलाई धुप बाल्नेछौं, अनि यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा हामी, हाम्रा पुर्खाहरू, हाम्रा राजाहरू र हाम्रा अगुवाहरूले गरेझैं हामी तिनको निम्‍ति अर्घबलिहरू खन्याउनेछौं । तब हामी भोजनले भिपूर्ण हुनेछौं, र कुनै विपत्तिविना हाम्रो उन्‍नति हुनेछ ।

  • 28तिनीसँग अन्‍न, नयाँ दाखमद्य र तेल जम्‍मा गर्ने भण्‍डारहरू, र सबै किसिमका जनावरका लागि गोठहरू थिए । र तिनीसित भेडाबाख्राहरूका गोठहरू पनि थिए ।

  • 24किनकि यहूदाका राजा हिजकियाले समुदायको निम्‍ति एक हजार साँढे र सात हजार भेडा बलिदानको रूपमा दिए । अनि अगुवाहरूले समुदायको निम्‍ति एक हजार साँढे र दश हजार भेडा दिए । ठुलो संख्यामा पुजारीहरूले आफूलाई शुद्ध पारे ।

  • 10भण्डारमा पूर्ण दशांश ल्याओ, ताकि मेरो भवनमा भोजन होस्, र मैले स्वर्गका ढोकाहरू खोलेर तिमीहरूकहाँ राख्‍ने ठाउँ नहुनेसम्‍म गरी तिमीहरूमाथि आशिष् खन्याउँछु, कि खन्याउँदिन, यसमा मलाई जाँचेर हेर,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।

  • 14जब तिनीहरूले त्यो काम सिद्ध्याए, तब तिनीहरूले बाँकी बचेको रुपियाँपैसा राजा र यहोयादाकहाँ ल्याइदिए । ती पैसाबाट परमप्रभुका मन्दिरमा चाहिने सामानहरूको निम्ति प्रयोग गरियो, सेवाको काम र होमबलिको काम दुवैका निम्ति भाँडाहरू—सुन र चाँदीका चम्चा र भाँडाहरू । यहोयादाको समयभरि नै तिनीहरूले परमप्रभुको मन्दिरमा निरन्तर होमबलि चढाए ।