२ इतिहास 36:2

अनलक शाब्दिक बाइबल

यहोआहाजले राज्य सुरु गर्दा तिनी तेइस वर्षका थिए, र तिनले यरूशलेममा तीन महिना राज्य गरे ।

थप स्रोतहरू

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 1¶ त्यसपछि देशका मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई लिए र यरूशलेममा तिनका बुबाको ठाउँमा तिनलाई राजा बनाए ।

  • २ राजा 23:30-32
    3 पदहरू
    85%

    30योशियाहका सेवकहरूले तिनको लाशलाई रथमा राखेर मगिद्दोबाट यरूशलेममा ल्याए, र तिनको आफ्नै चिहानमा तिनलाई गाडे । तब देशका मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई लिई तिनलाई अभिषेक गरे, र तिनका पिताको ठाउँमा तिनलाई राजा बनाए ।

    31यहोआहाजले राज्‍य गर्न सुरु गर्दा तिनी तेइस वर्षका थिए, र तिनले यरूशलेममा तिन महिना राज्य गरे । तिनकी आमाको नाउँ हमुतल थियो । उनी लिब्नाकी यर्मियाकी छोरी थिइन् ।

    32यहोआहाजले हरेक कुरामा आफ्ना पुर्खाहरूले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही गरे ।

  • २ इति 36:8-9
    2 पदहरू
    80%

    8यहोयाकीमको राजकालका अरू घटनाहरू, र तिनले गरेका घिनलाग्दा कामहरू, र तिनको विरुद्ध पाइएका कुराहरू यहूदा र इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् । त्यसपछि तिनको ठाउँमा तिनका छोरा यहोयाकीन राजा भए ।

    9यहोयाकीन ले राज्य गर्न सुरु गर्दा तिनी आठ वर्षका थिए । तिनले यरूशलेममा तीन महिना दश दिन राज्य गरे । तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो, त्यही गरे ।

  • 1¶ यहूदाका राजा अहज्याहका छोरा योआशको तेइसौँ वर्षमा येहूका छोरा यहोआहाजले सामरियामा बसेर इस्राएलमाथि राज्‍य गर्न थाले । तिनले सत्र वर्ष राज्य गरे

  • २ इति 36:3-5
    3 पदहरू
    78%

    3मिश्रदेशका राजाले यरूशलेममा तिनलाई हटाए, र देशमाथि एक सय तोडा चाँदी र एक तोडा सुनको जरिवाना लगाए ।

    4मिश्रदेशका राजाले यहोआहाजका भाइ एल्याकीमलाई यहूदा र यरूशलेममाथि राजा तुल्याए (र तिनको नाउँ यहोयाकीममा बदली गरे) । तब नेकोले तिनका दाजु यहोआहाजलाई मिश्रदेशमा लगे ।

    5यहोयाकीमले राज्य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए, र तिनले यरूशलेममा एघार वर्ष राज्य गरे । तिनले परमप्रभु आफ्ना परमेश्‍वरको दृष्‍टिमा जे खराब थियो, त्यही गरे ।

  • 11सिदकियाहले राज्य गर्न सुरु गर्दा तिनी एक्‍काइस वर्षका थिए । तिनले यरूशलेममा एघार वर्ष राज्य गरे ।

  • 1¶ योशियाहले राज्य सुरु गर्दा तिनी आठ वर्षका थिए । तिनले यरूशलेममा एकतिस वर्ष राज्य गरे ।

  • २ राजा 8:16-17
    2 पदहरू
    75%

    16इस्राएलका राजा आहाबका छोरा योरामको पाँचौँ वर्षमा यहोरामले राज्‍य गर्न थाले । तिनी यहूदाका राजा यहोशापातका छोरा थिए । यहोशापात यहूदाका राजा हुँदादेखि नै तिनले राज्‍य गर्न थाले ।

    17यहोरामले राज्‍य गर्न सुरु गर्दा तिनी बत्तिस वर्षका थिए, र तिनले यरूशलेममा आठ वर्ष राज्य गरे ।

  • 8तिनी राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए । तिनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे ।

  • २ राजा 8:25-26
    2 पदहरू
    75%

    25इस्राएलका राजा आहाबका छोरा योरामको बार्‍हौँ वर्षमा यहूदाका राजा यहोरामका छोरा अहज्याहले राज्‍य गर्न सुरु गरे ।

    26अहज्याहले राज्‍य गर्न सुरु गर्दा तिनी बाइस वर्षका थिए । तिनले यरूशलेममा एक वर्ष राज्य गरे । तिनकी आमाको नाउँ अतल्याह थियो । उनी इस्राएलका राजा ओम्रीकी छोरी थिइन् ।

  • २ राजा 13:9-10
    2 पदहरू
    74%

    9यसरी यहोआहाज आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूले तिनलाई सामरियामा गाडे । तिनको ठाउँमा तिनका छोरा यहोआश राजा भए ।

    10यहूदाका राजा योआशको सैँतिसौँ वर्षमा यहोआहाजका छोरा यहोआशले सामरियामा बसेर इस्राएलमाथि राज्‍य गर्न थाले । तिनले सोह्र वर्ष राज्य गरे ।

  • २ इति 22:1-2
    2 पदहरू
    74%

    1¶ यरूशलेमका बासिन्‍दाहरूले यहोरामको सट्टामा तिनका कान्‍छा छोरा अहज्‍याहलाई राजा बनाए, किनकि आक्रमणमा अरबीहरूसित मिलेर आएका मानिसका झुण्डले तिनका सबै ठुला छोरालाई मारेका थिए । यसैले यहूदाका राजा यहोरामका छोरा अहज्‍याह राजा भए ।

    2अहज्याह ले राज्य गर्न सुरु गर्दा तिनी बाईस वर्षका थिए । तिनले यरूशलेममा एक वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ अतल्‍याह थियो । तिनी ओम्रीकी छोरी थिइन्‌ ।

  • 5यहोरामले राज्य गर्न सुरु गर्दा तिनी बत्तिस वर्षका थिए र तिनले येरूशलेममा आठ वर्ष राज्य गरे ।

  • २ राजा 23:36-37
    2 पदहरू
    74%

    36यहोयाकीमले राज्‍य सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए, र तिनले यरूशलेममा एघार वर्ष राज्य गरे । तिनकी आमाको नाउँ जबीदा थियो । उनी रूमाकी पदायाहकी छोरी थिइन् ।

    37आफ्ना पिता-पुर्खाहरूले गरेझैँ यहोयाकीमले परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही गरे ।

  • 8यहोयाकीनले राज्‍य गर्न सुरु गर्दा तिनी अठार वर्षका थिए । तिनले यरूशलेममा तिन महिना राज्य गरे । तिनकी आमाको नाउँ नहूश्ता थियो । उनी यरूशलेमकी एल्नातानकी छोरी थिइन् ।

  • 29आहाबका छोरा योरामको एघारौँ वर्षमा अहज्याहले यहूदामाथि राज्‍य सुरु गरेका थिए ।

  • 1¶ इस्राएलका राजा एलाहका छोरा होशियाको तेस्रो वर्षमा यहूदाका राजा आहाजका छोरा हिजकियाले राज्‍य गर्ने सुरु गरे ।

  • 51यहूदाका राजा यहोशापातको सत्रौँ वर्षमा आहाबका छोरा अहज्याहले सामरियामा बसेर इस्राएलमाथि शासन गर्न थाले, र तिनले इस्राएलमाथि दुई वर्ष राज्य गरे ।

  • 22अरामका राजा हजाएलले यहोआहाजको जीवनभर इस्राएललाई थिचोमिचो गरिरहे ।

  • २ राजा 14:1-2
    2 पदहरू
    72%

    1¶ इस्राएलका राजा यहोआहाजको छोरा यहोआशको दोस्रो वर्षमा यहूदाका राजा योआशका छोरा अमस्याहले राज्‍य गर्न थाले ।

    2तिनले राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए । तिनले यरूशलेममा उनन्तिस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यहोअदीन थियो जो यरूशलेमकी थिइन् ।

  • 36येहूले सामरियामा बसेर इस्राएलमाथि अट्ठाइस वर्ष राज्य गरे ।

  • 21योआशले राज्‍य गर्न सुरु गर्दा तिनी सात वर्षका थिए ।

  • 1¶ यहूदाका राजा यहोशापातको अठारौँ वर्षमा आहाबका छोरा योरामले सामरियामा बसेर इस्राएलमा राज्‍य गर्न थाले । तिनले बाह्र वर्ष राज्य गरे ।

  • 13यहूदाका राजा अजर्याहको उनन्चालिसौँ वर्षमा याबेशका छोरा शल्लूमले राज्‍य गर्न थाले, र तिनले सामरियमा एक महिना मात्र राज्य गरे ।

  • २ राजा 15:1-2
    2 पदहरू
    71%

    1¶ इस्राएलका राजा यारोबामको सत्ताइसौँ वर्षमा यहूदाका राजा अमस्याहका छोरा अजर्याहले राज्‍य गर्न थाले ।

    2अजर्याहले राज्‍य गर्न सुरु गर्दा तिनी सोह्र वर्षका थिए, र तिनले यरूशलेममा बाउन्‍न वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यकोल्याह थिए, र उनी यरूशलेमकी थिइन् ।

  • 34फारो नेकोले योशियाहका छोरा एल्याकीमलाई तिनका पिताको ठाउँमा राजा बनाए, र तिनको नाउँ बद्ली यहोयाकीम राखे । तर तिनले यहोआहाजलाई चाहिँ मिश्रदेशमा लगे, जहाँ तिनको मृत्यु भयो ।

  • 1¶ आहाजले राज्य गर्न सुरु गर्दा तिनी बिस वर्षका थिए, र तिनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे । तिनले आफ्‍ना पुर्खा दाऊदले गरेझैं परमप्रभुको दृष्‍टिमा जे असल थियो सो गरेनन्‌ ।

  • 21अमोनले राज्य गर्न सुरु गर्दा तिनी बाइस वर्षका थिए । तिनले यरूशलेममा दुई वर्ष राज्य गरे ।

  • 3उज्‍जियाहले राज्य गर्न सुरु गर्दा तिनी सोह्र वर्षका थिए । तिनले यरूशलेममा बाउन्‍न वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ यकोल्‍याह थियो । तिनी यरूशलेमकी थिइन्‌ ।

  • 1¶ योआशले राज्य गर्न सुरु गर्दा तिनी सात वर्षका थिए । तिनले यरूशलेममा चालीस वर्ष राज्य गरे । तिनकी आमा बेर्शेबाकी सिब्या थिइन् ।

  • 1¶ योताम राजगद्दी आरोहण गर्दा पच्‍चिस वर्षका थिए; तिनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे । तिनकी आमाको यरूशा थियो; तिनी नाउँ सादोककी छोरी थिइन् ।

  • 11यहोशापातका छोरा यहोराम थिए । यहोरामका छोरा अहज्‍याह थिए । अहज्याहका छोरा योआश थिए ।

  • 33तिनले राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए । तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यरूशा थियो । तिनी सादोककी छोरी थिइन् ।

  • 1¶ अमस्‍याहले राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए । तिनले यरूशलेममा उनन्‍तिस वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ यरूशलेमकी यहोअदीन थियो ।

  • 1¶ योशियाहले राज्‍य गर्न सुरु गर्दा तिनी आठ वर्षका थिए । तिनले यरूशलेममा एकतिस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यदीता थियो (उनी बोस्कतकी अदायाहकी छोरी थिइन्) ।

  • २ राजा 16:1-2
    2 पदहरू
    69%

    1¶ रमल्याहका छोरा पेकहको सत्रौँ वर्षमा यहूदाका राजा योतामका छोरा आहाजले राज्‍य सुरु गरे ।

    2आहाजले राज्‍य गर्न सुरु गर्दा तिनी बिस वर्षका थिए, र तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे । तिनका पुर्ख दाऊदले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे ठिक थियो, तिनले त्‍यो गरेनन् ।