२ इतिहास 33:21

अनलक शाब्दिक बाइबल

अमोनले राज्य गर्न सुरु गर्दा तिनी बाइस वर्षका थिए । तिनले यरूशलेममा दुई वर्ष राज्य गरे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ राजा 21:19-24 : 19 आमोनले राज्‍य गर्न सुरु गर्दा तिनी बाइस वर्षका थिए । तिनले यरूशलेममा दुई वर्ष राज्य गरे । तिनकी आमाको नाउँ मशुल्लेमेत थियो । तिनी योत्बाका हारूसकी छोरी थिइन् । 20 तिनका पिता मनश्शेले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । 21 आमोनले आफ्‍ना पिताका सबै चालको अनुसरण गरे र आफ्‍ना पिताले पुजेका मूर्तिहरूको पुजा गरे र तिनीहरूका सामु निहुरे । 22 आफ्ना पुर्खाहरूका परमप्रभु परमेश्‍वरलाई तिनले त्यागे, र परमप्रभुको मार्गमा हिंडेनन् । 23 आमोनका सेवकहरूले राजाको विरुद्धमा षड्यन्त्र गरे र तिनलाई आफ्‍नै घरमा मारे । 24 तर देशका मानिसहरूले राजा आमोनको विरुद्धमा षड्यन्त्र गर्ने सबैलाई मारे, र तिनको ठाउँमा योशियाहलाई तिनीहरूले राजा बनाए ।
  • २ इति 33:1 : 1 ¶ मनश्शेले राज्य गर्न सुरु गर्दा तिनी बाह्र वर्षका थिए । तिनले यरूशलेममा पचपन्‍न वर्ष राज्य गरे ।
  • लू 12:19-20 : 19 म मेरो प्राणलाई भन्‍नेछु, ‘हे प्राण, तेरो लागि प्रशस्तै असल चिजहरू धेरै वर्षको लागि भण्डारण गरिएको छ । आराम गर, खा, पी र आनन्दित हो ।’ 20 तर परमेश्‍वरले त्यसलाई भन्‍नुभयो, ‘मूर्ख मानिस, आजको रात नै तेरो प्राण फिर्ता लिइयो भने, तैँले तयार गरेको ती सब चिजहरू कसको हुनेछ?’
  • याक 4:13-15 : 13 अब सुन, तिमीहरू जसले, “आज वा भोलि हामी सहरभित्र प्रवेश गर्नेछौँ, र त्यहाँ एक वर्ष बिताउनेछौँ र व्यापार गरेर पैसा कमाउनेछौँ” भनेर भन्छौ । 14 भोलि के हुनेछ, र तिम्रो जीवन कस्तो हुनेछ भन्‍ने कुरा कसलाई थाहा छ? किनकि तिमीहरू त तुवाँलो हौ जुन केही समय देखा पर्छ र त्यसपछि हराइहाल्छ । 15 यसको साटो तिमीहरूले यस्तो भन्‍नुपर्ने हो, “यदि परमेश्‍वरले इच्छा गर्नुभयो भने, हामी जिउनेछौँ र यो वा त्यो गर्नेछौँ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ राजा 21:18-26
    9 पदहरू
    89%

    18मनश्शे आफ्ना पुर्खाहरूसित सुते, र तिनको आफ्नै घरको उज्‍जाको बगैँचामा तिनलाई गाडियो । तिनको ठाउँमा तिनका छोरा आमोन राजा भए ।

    19आमोनले राज्‍य गर्न सुरु गर्दा तिनी बाइस वर्षका थिए । तिनले यरूशलेममा दुई वर्ष राज्य गरे । तिनकी आमाको नाउँ मशुल्लेमेत थियो । तिनी योत्बाका हारूसकी छोरी थिइन् ।

    20तिनका पिता मनश्शेले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे ।

    21आमोनले आफ्‍ना पिताका सबै चालको अनुसरण गरे र आफ्‍ना पिताले पुजेका मूर्तिहरूको पुजा गरे र तिनीहरूका सामु निहुरे ।

    22आफ्ना पुर्खाहरूका परमप्रभु परमेश्‍वरलाई तिनले त्यागे, र परमप्रभुको मार्गमा हिंडेनन् ।

    23आमोनका सेवकहरूले राजाको विरुद्धमा षड्यन्त्र गरे र तिनलाई आफ्‍नै घरमा मारे ।

    24तर देशका मानिसहरूले राजा आमोनको विरुद्धमा षड्यन्त्र गर्ने सबैलाई मारे, र तिनको ठाउँमा योशियाहलाई तिनीहरूले राजा बनाए ।

    25आमोनले गरेका अरू कुराहरूका विषयमा के ती यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?

    26मानिसहरूले तिनलाई उज्‍जाको बगैँचामा तिनकै चिहानमा गाडे, र तिनको ठाउँमा तिनका छोरा योशियाह राजा भए ।

  • २ इति 33:22-25
    4 पदहरू
    83%

    22तिनका पिता मनश्शेले गरेझैं तिनले परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही गरे । तिनले आफ्ना पिता मनश्शेले बनाएका सबै मूर्तिमा बलिदान चढाए र तिनको पुजा गरे ।

    23आफ्ना पिता मनश्शेले गरेझैं तिनले परमप्रभुको सामुन्‍ने आफैलाई विनम्र पारेनन् । यसरी तिनी झन् बढी अनाज्ञाकारी भए ।

    24तिनका सेवकहरूले तिनको विरुद्धमा षड्‌यन्‍त्र रचे, र तिनको आफ्नै महलमा तिनलाई मारे ।

    25तर देशका मानिसहरूले राजा अमोनको विरुद्धमा षड्‌यन्‍त्र गर्ने सबैलाई मारे, र तिनको छोरा योशियाहलाई तिनको ठाउँमा तिनीहरूले राजा बनाए ।

  • 20यसरी मनश्शे आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूले तिनलाई तिनको आफ्नै महलमा गाडे । तिनको ठाउँमा तिनका छोरा अमोन राजा भए ।

  • 5यहोरामले राज्य गर्न सुरु गर्दा तिनी बत्तिस वर्षका थिए र तिनले येरूशलेममा आठ वर्ष राज्य गरे ।

  • २ राजा 14:1-2
    2 पदहरू
    74%

    1¶ इस्राएलका राजा यहोआहाजको छोरा यहोआशको दोस्रो वर्षमा यहूदाका राजा योआशका छोरा अमस्याहले राज्‍य गर्न थाले ।

    2तिनले राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए । तिनले यरूशलेममा उनन्तिस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यहोअदीन थियो जो यरूशलेमकी थिइन् ।

  • 1¶ मनश्शेले राज्य गर्न सुरु गर्दा तिनी बाह्र वर्षका थिए । तिनले यरूशलेममा पचपन्‍न वर्ष राज्य गरे ।

  • 8तिनी राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए । तिनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे ।

  • 1¶ अमस्‍याहले राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए । तिनले यरूशलेममा उनन्‍तिस वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ यरूशलेमकी यहोअदीन थियो ।

  • 14मनश्शेका छोरा अमोन थिए । अमोनका छोरा योशियाह थिए ।

  • 51यहूदाका राजा यहोशापातको सत्रौँ वर्षमा आहाबका छोरा अहज्याहले सामरियामा बसेर इस्राएलमाथि शासन गर्न थाले, र तिनले इस्राएलमाथि दुई वर्ष राज्य गरे ।

  • २ इति 22:1-2
    2 पदहरू
    72%

    1¶ यरूशलेमका बासिन्‍दाहरूले यहोरामको सट्टामा तिनका कान्‍छा छोरा अहज्‍याहलाई राजा बनाए, किनकि आक्रमणमा अरबीहरूसित मिलेर आएका मानिसका झुण्डले तिनका सबै ठुला छोरालाई मारेका थिए । यसैले यहूदाका राजा यहोरामका छोरा अहज्‍याह राजा भए ।

    2अहज्याह ले राज्य गर्न सुरु गर्दा तिनी बाईस वर्षका थिए । तिनले यरूशलेममा एक वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ अतल्‍याह थियो । तिनी ओम्रीकी छोरी थिइन्‌ ।

  • 5यहोयाकीमले राज्य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए, र तिनले यरूशलेममा एघार वर्ष राज्य गरे । तिनले परमप्रभु आफ्ना परमेश्‍वरको दृष्‍टिमा जे खराब थियो, त्यही गरे ।

  • 1¶ योशियाहले राज्य सुरु गर्दा तिनी आठ वर्षका थिए । तिनले यरूशलेममा एकतिस वर्ष राज्य गरे ।

  • 17यहोरामले राज्‍य गर्न सुरु गर्दा तिनी बत्तिस वर्षका थिए, र तिनले यरूशलेममा आठ वर्ष राज्य गरे ।

  • २ राजा 8:25-26
    2 पदहरू
    71%

    25इस्राएलका राजा आहाबका छोरा योरामको बार्‍हौँ वर्षमा यहूदाका राजा यहोरामका छोरा अहज्याहले राज्‍य गर्न सुरु गरे ।

    26अहज्याहले राज्‍य गर्न सुरु गर्दा तिनी बाइस वर्षका थिए । तिनले यरूशलेममा एक वर्ष राज्य गरे । तिनकी आमाको नाउँ अतल्याह थियो । उनी इस्राएलका राजा ओम्रीकी छोरी थिइन् ।

  • 20तिनी बत्तिस वर्षको हुँदा तिनले राज्य गर्न सुरु गरेका थिए । तिनले यरूशलेममा आठ वर्ष राज्य गरे, र तिनी मर्दा कसैले पनि शोक गरेन । तिनीहरूले तिनलाई दाऊदको सहरमा गाडे, तर राजाहरूका चिहानमा होइन ।

  • 2यहोआहाजले राज्य सुरु गर्दा तिनी तेइस वर्षका थिए, र तिनले यरूशलेममा तीन महिना राज्य गरे ।

  • 11सिदकियाहले राज्य गर्न सुरु गर्दा तिनी एक्‍काइस वर्षका थिए । तिनले यरूशलेममा एघार वर्ष राज्य गरे ।

  • २ राजा 15:1-2
    2 पदहरू
    70%

    1¶ इस्राएलका राजा यारोबामको सत्ताइसौँ वर्षमा यहूदाका राजा अमस्याहका छोरा अजर्याहले राज्‍य गर्न थाले ।

    2अजर्याहले राज्‍य गर्न सुरु गर्दा तिनी सोह्र वर्षका थिए, र तिनले यरूशलेममा बाउन्‍न वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यकोल्याह थिए, र उनी यरूशलेमकी थिइन् ।

  • 21योआशले राज्‍य गर्न सुरु गर्दा तिनी सात वर्षका थिए ।

  • 29यहूदाका राजा आसाको अठतिसौँ वर्षमा ओम्रीका छोरा आहाबले इस्राएलमाथि शासन गर्न थाले । ओम्रीका छोरा आहाबले सामरियाबाट इस्राएलमाथि बाइस वर्ष शासन गरे ।

  • २ राजा 21:1-2
    2 पदहरू
    69%

    1¶ मनश्शेले राज्‍य गर्न सुरु गर्दा तिनी बाह्र वर्षका थिए । तिनले यरूशलेममा पचपन्‍न वर्ष राज्य गरे । तिनकी आमाको नाउँ हेप्सीबा थियो ।

    2परमप्रभुले इस्राएलका मानिसहरूको सामुबाट धपाउनुभएका जातिहरूले घिनलाग्दा कुराहरू गरेजस्‍तै, परमप्रभुको दृष्‍टिमा जे खरब थियो, तिनले त्यही गरे ।

  • 1¶ आहाजले राज्य गर्न सुरु गर्दा तिनी बिस वर्षका थिए, र तिनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे । तिनले आफ्‍ना पुर्खा दाऊदले गरेझैं परमप्रभुको दृष्‍टिमा जे असल थियो सो गरेनन्‌ ।

  • 23यहूदाका राजा योआशका छोरा अमस्याहको पन्ध्रौँ वर्षमा इस्राएलका राजा येहोआशका छोरा यारोबामले सामरियामा राज्‍य गर्न थाले । तिनले एकचालिस वर्ष राज्य गरे ।

  • 25इस्राएलका राजा यहोआहाजका छोरा येहोआशको मृत्युपछि यहूदाका राजा योआशका छोरा अमस्‍याह पन्‍ध्र वर्षसम्‍म बाँचे ।

  • 1¶ यहूदाका राजा यहोशापातको अठारौँ वर्षमा आहाबका छोरा योरामले सामरियामा बसेर इस्राएलमा राज्‍य गर्न थाले । तिनले बाह्र वर्ष राज्य गरे ।

  • 2आहाजले राज्‍य गर्न सुरु गर्दा तिनी बिस वर्षका थिए, र तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे । तिनका पुर्ख दाऊदले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे ठिक थियो, तिनले त्‍यो गरेनन् ।

  • 33तिनले राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए । तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यरूशा थियो । तिनी सादोककी छोरी थिइन् ।

  • 17इस्राएलका राजा यहोआहाजका छोरा येहोआशको मृत्युपछि यहूदाका राजा योआशका छोरा अमस्याह पन्ध्र वर्ष बाँचे ।

  • २ राजा 23:31-32
    2 पदहरू
    68%

    31यहोआहाजले राज्‍य गर्न सुरु गर्दा तिनी तेइस वर्षका थिए, र तिनले यरूशलेममा तिन महिना राज्य गरे । तिनकी आमाको नाउँ हमुतल थियो । उनी लिब्नाकी यर्मियाकी छोरी थिइन् ।

    32यहोआहाजले हरेक कुरामा आफ्ना पुर्खाहरूले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही गरे ।

  • 1¶ योताम राजगद्दी आरोहण गर्दा पच्‍चिस वर्षका थिए; तिनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे । तिनकी आमाको यरूशा थियो; तिनी नाउँ सादोककी छोरी थिइन् ।

  • 2यहूदाका राजा अमोनका छोरा योशियाहको शासनकालको तेह्रौं वर्षमा परमप्रभुको वचन तिनीकहाँ आयो ।

  • 1¶ यहूदाका राजा अहज्याहका छोरा योआशको तेइसौँ वर्षमा येहूका छोरा यहोआहाजले सामरियामा बसेर इस्राएलमाथि राज्‍य गर्न थाले । तिनले सत्र वर्ष राज्य गरे