२ इतिहास 4:2

अनलक शाब्दिक बाइबल

तिनले ढालेर बनाइएको धातुको एउटा गोलाकार विशाल खड्‌कुँलो पनि बनाए । त्‍यसको बिटको एक किनारदेखि अर्को किनारसम्‍म दश हात थियो । त्‍यो पाँच हात अल्‍गो थियो, र त्‍यस खड्‌कुँलोको परिधि तीस हात थियो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 30:18-21 : 18 “तैँले धुनलाई काँसाको एउटा ठुलो बाटा बना । यो भेट हुने पाल र वेदीको बिचमा होस् र यसमा पानी राख्‍नू । 19 हारून र त्यसका छोराहरूले यो पानीले तिनीहरूका हात र खुट्टा धोऊन् । 20 तिनीहरू आगोद्वारा चढाइने बलि लिएर मेरो सेवा गर्न भेट हुने पालमा जाँदा वा वेदीको नजिक जाँदा तिनीहरू नमरून् भनेर तिनीहरूले पानीले धुनुपर्छ । 21 तिनीहरू नमरून् भनेर तिनीहरूले आ-आफ्ना हातगोडा धोऊन् । हारून र त्यसका मानिसहरूका पुस्ता-पुस्ताका लागि यो एउटा स्थायी विधि हो ।”
  • १ राजा 7:23-26 : 23 हुरामले ढालेर बनाइएको धातुको विशाल खड्कुँलो बनाए जसको बिट एउटा किनारादेखि अर्को किनारासम्म दस हात थियो । यसको उचाइ पाँच हात थियो, र परिधि तिस हात थियो । 24 त्यस विशाल खड्कुँलोका चारैतिर बाहिरपट्टि बिटमुनि हरेक हातमा दसवटा लौका बनाइएका थिए, र खड्कुँलो र लौका दुवै एउटै टुक्रा धातुबाट बनाइएका थिए । 25 खड्कुँलोलाई बाह्रवटा गोरुमाथि राखिएको थियो– तिनवटा उत्तरतिर फर्केका, तिनवटा पश्चिमतिर फर्केका, तिनवटा दक्षिणतिर फर्केका र तिनवटा पूर्वतिर फर्केका थिए । खड्कुँलो तीमाथि राखिएको थियो, र तिनका सबै पछिल्ला भाग भित्रपट्टि फर्केका थिए । 26 खड्कुँलोको चौडाइ चार अङ्गुल थियो, र यसको बिटचाहिँ कचौराको बिटजस्तो फक्रेको लिली फुलजस्तो थियो । यसमा लगभग चवालिस हजार लिटर पानी अटाउँथ्यो ।
  • जक 13:1 : 1 ¶ “त्यस दिन दाऊदको घराना र यरूशलेमका वासिन्दाहरूका पाप र अशुद्धताको कारण तिनीहरूका निम्ति पानीको छहरा खोलिनेछ ।
  • तीत 3:5 : 5 हामीले धार्मिकतामा गरेका कामहरूद्वारा होइन, तर उहाँको कृपाअनुसार नयाँ जन्मको स्‍नान र पवित्र आत्माको नविकरणद्वारा उहाँले हामीलाई बचाउनुभयो ।
  • प्रका 7:14 : 14 अनि मैले उहाँलाई भनेँ, “हजुर, तपाईंलाई नै थाहा छ,” र उहाँले मलाई भन्‍नुभयो, “यिनीहरू नै हुन् जो महासङ्कष्‍टबाट आएका हुन् । तिनीहरूले आफ्ना वस्‍त्रहरू थुमाका रगतमा धोएर सेता बनाएका छन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ राजा 7:23-27
    5 पदहरू
    94%

    23हुरामले ढालेर बनाइएको धातुको विशाल खड्कुँलो बनाए जसको बिट एउटा किनारादेखि अर्को किनारासम्म दस हात थियो । यसको उचाइ पाँच हात थियो, र परिधि तिस हात थियो ।

    24त्यस विशाल खड्कुँलोका चारैतिर बाहिरपट्टि बिटमुनि हरेक हातमा दसवटा लौका बनाइएका थिए, र खड्कुँलो र लौका दुवै एउटै टुक्रा धातुबाट बनाइएका थिए ।

    25खड्कुँलोलाई बाह्रवटा गोरुमाथि राखिएको थियो– तिनवटा उत्तरतिर फर्केका, तिनवटा पश्चिमतिर फर्केका, तिनवटा दक्षिणतिर फर्केका र तिनवटा पूर्वतिर फर्केका थिए । खड्कुँलो तीमाथि राखिएको थियो, र तिनका सबै पछिल्ला भाग भित्रपट्टि फर्केका थिए ।

    26खड्कुँलोको चौडाइ चार अङ्गुल थियो, र यसको बिटचाहिँ कचौराको बिटजस्तो फक्रेको लिली फुलजस्तो थियो । यसमा लगभग चवालिस हजार लिटर पानी अटाउँथ्यो ।

    27हुरामले काँसाका दसवटा आधार बनाए । प्रत्येक आधार चार हात लामो, चार हात चौडा र तिन हात अग्लो थियो ।

  • २ इति 4:3-6
    4 पदहरू
    86%

    3खड्‌कुँलोको चारैतिर बाहिरपट्टि बिटमुनि साँढेहरू, एक हातमा दश वटा त्यसलाई खड्‌कुँलोसँगै एउटै टुक्रा धातु ढालेर बनाइएको थियो ।

    4‘समुद्र’ नाम दिइएको त्‍यो ठुलो खड्‌कुँलोलाई बाह्र वटा साँढेमाथि राखिएको थियो, जसमा तीन वटा उत्तरतिर फर्केका, तीन वटा पश्‍चिमतिर फर्केका, तीन वटा दक्षिणतिर फर्केका र तीन वटा पूर्वतिर फर्केका थिए । त्‍यो “खड्‌कुँलो” तिनैमाथि बसालिएको थियो, र तिनीहरूका पछाडिका भागचाहिं भित्रपट्टि फर्केका थिए ।

    5त्‍यसको मोटाइ चार अङ्‍गुल थियो, र त्‍यसको बिट कचौराको बिटजस्‍तो फक्रेको लिली फूलजस्‍तै थियो । त्‍यो खड्‌कुँलोमा छयसट्ठी हजार लिटर पानी अटाउँथ्‍यो ।

    6तिनले सामानहरू धुनको निम्ति दश वटा बाटाहरू पनि बनाए । तिनले पाँच वटा दक्षिणपट्टि र पाँच वटा उत्तरपट्टि राखे । होमबलिमा प्रयोग गरिने सबै सामानहरू यिनैमा धोइन्थ्यो । ‘समुद्र’ नामको त्यो खड्‌कुँलोलाई पुजारीहरूले नुहाउनलाई प्रयोग गर्थे ।

  • 1¶ यसको साथै तिनले काँसाको एउटा वेदी बनाए । जसको लमाइ बीस हात, र चौडाइ बीस हात थियो । यसको उचाइ दश हात थियो ।

  • २ इति 4:14-15
    2 पदहरू
    79%

    14तिनले गुड्‍ने आधारहरू र तिनमा राख्‍नलाई बाटाहरू पनि बनाए ।

    15एउटा विशाल खँड्कुलो र यसको मुन्तिर बाह्र वटा साँढे,

  • १ राजा 7:35-40
    6 पदहरू
    78%

    35आधारहरूको टुप्पामा आधा हात गहिरो गोलाकार धातुको फित्ता थियो, अनि आधारका टेका र पाटाहरू त्यसकै टुप्पासँग गाँसिएका थिए ।

    36पाटा र टेकाहरूका खाली ठाउँमा हुरामले करूबहरू, सिंहहरू र खजूरका रुखहरूको चित्र कुँदी त्यसको वरिपरि मालाहरू लगाए ।

    37यसरी नै तिनले दसवटा आधार बनाए । ती सबै एउटै नाप र एउटै आकार भएका ढालेर बनाइएका थिए ।

    38हुरामले काँसाका दसवटा बाटा बनाए । एउटा बाटामा आठ सय असी लिटर पानी अटाउँथ्यो । हरेक बाटा चार हातको थियो, र दसवटै आधारका लागि एउटा-एउटा बाटा थियो ।

    39तिनले पाँचवटा आधार मन्दिरको दक्षिणपट्टि र पाँचवटा आधार उत्तरपट्टि राखे । तिनले खड्कुँलोचाहि मन्दिरको दक्षिणपट्टि फर्कने गरी पूर्वी किनारामा राखे ।

    40हुरामले बाटाहरू, बेल्चाहरू र छर्कने बाटाहरू बनाए । यसरी तिनले परमप्रभुको मन्दिरमा सोलोमन राजाको लागि सबै काम सिद्ध्याए ।

  • २ इति 4:8-10
    3 पदहरू
    76%

    8तिनले दश वटा टेबल बनाएर मन्‍दिरमा, पाँच वटा दाहिनेपट्टि र पाँच वटा देब्रेपट्टि राखे । तिनले सुनका एक सय वटा बाटा बनाए ।

    9यसको साथै तिनले पुजारीहरूका चोक, र ठूलो चोक र चोकका ढोकाहरू बनाए र तिनका ढोकाहरूमा काँसाका जलप लगाए ।

    10‘समुद्र’ नामक त्‍यो विशाल खड्‌कुँलोलाइ तिनले मन्दिरको पूर्वपट्टि दक्षिणतर्फ फर्काएर राखे ।

  • 44तिनले खड्कुँलो भनिने विशाल बाटा र त्यसको मुन्तिर बाह्रवटा गोरु,

  • 15हुरामले दुईवटा काँसाका स्तम्भको रचना गरे । प्रत्येक स्तम्भको उचाइ अठार हात र परिधि बाह्र हातको थियो ।

  • निर्ग 30:2-3
    2 पदहरू
    74%

    2यसको लमाइ एक हात र चौडाइ एक हातको होस् । यो वर्गाकार हुनुपर्छ र यसको उचाइ दुई हातको हुनुपर्छ । यसका सिङहरू त्यही एउटै टुक्रा काठबाट बनाइएका होऊन् ।

    3धूप वेदीको माथिल्लो भाग, यसका किनाराहरू र सिङहरू सबै नै निखुर सुनले मोहोरिऊन् । यसको चारैतिर सुनको बिट लगाउनू ।

  • १ राजा 7:30-32
    3 पदहरू
    74%

    30प्रत्येक आधारमा काँसाका धुरा भएका चारवटा चक्का थिए, र हरेकमा चार टेकामा अडेको एउटा बाटा थियो जसको चारैतिर ढलौटे मालाहरू थिए ।

    31आधारभित्र खुला भाग थियो, जसको गोलाकार साढे एक हात थियो, र त्यसभित्र एक हात अग्लो मुकुट थियो । त्यसको खुला भागको वरिपरि बुट्टाहरू कुँदिएका थिए, र आधारका पाटाहरू गोलाकार नभई वर्गाकार थिए ।

    32चारवटा चक्का पाटाहरूको मुनि थिए, र चक्काहरूका धुरा आधारसँग गाँसिएका थिए । हरेक चक्काको उचाइ साढे एक हात थियो ।

  • 12तिनले यसको चारैतिर चार अङ्गुल चौडा भएको एउटा घेरो बनाए, र यसको चारैतिर सुनको बिट लगाए ।

  • 3तिनले दुईवटा मुन्द्रा एकातिर र दुईवटा मुन्द्रा अर्कोतिर गरी त्यसको चारवटा खुट्टामा चारवटा मुन्द्रा हाले ।

  • निर्ग 38:1-2
    2 पदहरू
    72%

    1¶ बजलेलले होमबलिको लागि बबुल काठबाट वेदी बनाए । यसको लमाइ पाँच हात र चौडाइ पाँच हातको थियो । यो वर्गाकार थियो र यसको उचाइ तिन हातको थियो ।

    2तिनले यसका चारवटा कुनाबाट गोरुका जस्तै सिङहरू बाहिर निकाले । ती सिङहरू र वेदी एउटै टुक्राबाट बनाइएका थिए र तिनले यसलाई काँसाले मोहोरे ।

  • 25त्यसको चारैतिर चार अङ्गुल चौडा भएको घेरो बनाउनू र घेरोको वरिपरि सुनको बिट लगाउनू ।

  • 4तिनले वेदीको निम्ति त्यसको मुन्तिर चारैपट्टि बिटमुनि त्यसको बिचसम्मै पुग्‍ने काँसाका जालीको एउटा झिँजा बनाए ।

  • 15सोलोमनले मन्‍दिरको अगाडिपट्टिका निम्‍ति दुई वटा स्‍तम्‍भ बनाए, जसमा प्रत्‍येकको उचाइ पैंतीस हात थियो । तिमाथि भएका स्‍तम्‍भ-शिरहरू पाँच हात अल्‍गा थिए ।

  • 18“तैँले धुनलाई काँसाको एउटा ठुलो बाटा बना । यो भेट हुने पाल र वेदीको बिचमा होस् र यसमा पानी राख्‍नू ।

  • 20तिनले त्यो चारैपट्टि नापे । पवित्र ठाउँलाई साधारण ठाउँबाट अलग गर्नको निम्ति त्यसको वरिपरि एउटा भित्ता थियो, जुन पाँच सय हात लामो र पाँच सय हात चौडा थियो ।

  • 20सोलोमनले मन्दिरको लागि बनाएका दुईवटा स्तम्भ, विशाल खड्कुँलो भनेर चिनिने काँसाको बाटा, त्‍यसमुनि भएका बाह्रवटा काँसाका साँढे जोख्‍नै नसक्‍ने गरी धेरै काँसा थियो ।

  • 16सोलोमनले मन्दिरको लागि बनाएका दुईवटा स्तम्भ, विशाल खड्कुँलो र आधारहरूमा भएका काँसा जोख्‍नै सकिंदनथ्यो ।

  • यहे 41:4-5
    2 पदहरू
    70%

    4तब तिनले कोठाको लमाइ बिस हात नापे । मन्दिरको सभामन्‍दिरको अगाडिको भागसम्म त्यो बिस हात चौडा थियो । अनि तिनले मलाई भने, “यो महा-पवित्र स्थान हो ।”

    5त्‍यसपछि ती मानिसले मन्‍दिरको भित्ता नापे । त्यो छ हात बाक्लो थियो । मन्‍दिर वरिपरि भएका छेउका कोठाहरू चार हात चौडा थिए ।

  • 17तब राजा आहाजले गुड्‍ने आधारहरूबाट पाटाहरू र बाटाहरू हटाए । तिनले विशाल खँड्कुलोलाई त्यसलाई थामिराख्‍ने काँसाका साँढेहरूबाट निकाले र ढुङ्गाको आधारमा राखे ।

  • 14भूँइको नालदेखि वेदीको तल्लो किनारसम्म दुई हात, र किनार आफैचाहिं एक हात चौडा छ । अनि वेदीको सानो किनारदेखि ठुलो किनारसम्म चार हात, र ठुलो किनारचाहिं एक हात चौडा छ ।

  • 30भित्री भित्ताका चारैतिर दलानहरू थिए । यी लमाइमा पच्‍चीस हात र चौडाइमा पाँच हात थिए ।

  • 30तिनले यसबाट भेट हुने पालको प्रवेशद्वारका आधारहरू, काँसाको वेदी, यसको लागि काँसाको झिँजा र वेदीका लागि आवश्यक सबै सामग्री,

  • 2ढोकाको चौडाइ दश हात थियो । हरेक तर्फको भित्ता पाँच हात थियो । तब ती मानिसले पवित्र स्थानको क्षेत्रफल नापे । त्यो चालिस हात लामो र बिस हात चौडा थियो ।

  • 14रक्षक कोठाहरूका बिचबाट गएको पर्खाललाई तिनले नापे, त्यो साठी हात लामो थियो । तिनले ढोकाको दलानसम्मै नापे ।

  • 15तैँले यसलाई यसरी बनाउनुः यसको लम्बाइ एक सय चालिस मिटर, चौडाइ तेईस मिटर र यसको उच्‍चाइ चौध मिटरको होस् ।

  • 4वेदीको लागि काँसाको जालीको एउटा झिँजा बनाउनू । जालीमाथि

  • 24पहिलो करूबको एउटा पखेटा पाँच हात लामो थियो भने अर्को पखेट पनि पाँचै हात लामो थियो । एउटा पखेटाको टुप्पोदेखि अर्को पखेटाको टुप्पोसम्म दस हात थियो ।