२ इतिहास 4:3

अनलक शाब्दिक बाइबल

खड्‌कुँलोको चारैतिर बाहिरपट्टि बिटमुनि साँढेहरू, एक हातमा दश वटा त्यसलाई खड्‌कुँलोसँगै एउटै टुक्रा धातु ढालेर बनाइएको थियो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ राजा 7:24-26 : 24 त्यस विशाल खड्कुँलोका चारैतिर बाहिरपट्टि बिटमुनि हरेक हातमा दसवटा लौका बनाइएका थिए, र खड्कुँलो र लौका दुवै एउटै टुक्रा धातुबाट बनाइएका थिए । 25 खड्कुँलोलाई बाह्रवटा गोरुमाथि राखिएको थियो– तिनवटा उत्तरतिर फर्केका, तिनवटा पश्चिमतिर फर्केका, तिनवटा दक्षिणतिर फर्केका र तिनवटा पूर्वतिर फर्केका थिए । खड्कुँलो तीमाथि राखिएको थियो, र तिनका सबै पछिल्ला भाग भित्रपट्टि फर्केका थिए । 26 खड्कुँलोको चौडाइ चार अङ्गुल थियो, र यसको बिटचाहिँ कचौराको बिटजस्तो फक्रेको लिली फुलजस्तो थियो । यसमा लगभग चवालिस हजार लिटर पानी अटाउँथ्यो ।
  • यहे 1:10 : 10 तिनीहरूका मुहार मानिसको झैं थियो । ती चारैको दाहिनेपट्टिको मुहार सिंहको जस्तो र देब्रेपट्टिको अनुहारचाहिं गोरुको जस्तो थियो । ती चारैवटाको चिलको जस्तो अनुहार पनि थियो ।
  • यहे 10:14 : 14 ती हरेकका चार वटा अनुहार थिए । पहिलो अनुहार करूबको, दोस्रो अनुहार मानिसको, तेस्रो अनुहार सिंहको र चौथो अनुहार गरुडको जस्‍तै थियो ।
  • १ कोरि 9:9-9 : 9 मोशाको व्यवस्थामा यस्तो लेखिएको छ, “दाइँ गर्दा गोरुलाई मोहोला नलगाओ ।” के परमेश्‍वरले साँच्‍चै गोरुहरूको मात्र वास्ता गर्नुहुन्छ? 10 के उहाँले हामीहरूका निम्ति नै यो बोलिरहनुभएको छैन र? यो हाम्रो निम्ति लेखिएको हो । किनभने खेत जोत्‍नेले बालीको आशा राखेर नै जोत्‍नुपर्छ र बाली चुट्नेले पनि बाली भित्र्याउने आशले नै चुट्नुपर्छ ।
  • प्रका 4:7 : 7 पहिलो जीवित प्राणी सिंहजस्तो थियो, दोस्रो जीवित प्राणी बाछोजस्तो थियो, तेस्रो जीवित प्राणीको अनुहार मानिसको जस्तो थियो र चौथो जीवित प्राणी उडिरहेको चिलजस्तो थियो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ इति 4:4-6
    3 पदहरू
    92%

    4‘समुद्र’ नाम दिइएको त्‍यो ठुलो खड्‌कुँलोलाई बाह्र वटा साँढेमाथि राखिएको थियो, जसमा तीन वटा उत्तरतिर फर्केका, तीन वटा पश्‍चिमतिर फर्केका, तीन वटा दक्षिणतिर फर्केका र तीन वटा पूर्वतिर फर्केका थिए । त्‍यो “खड्‌कुँलो” तिनैमाथि बसालिएको थियो, र तिनीहरूका पछाडिका भागचाहिं भित्रपट्टि फर्केका थिए ।

    5त्‍यसको मोटाइ चार अङ्‍गुल थियो, र त्‍यसको बिट कचौराको बिटजस्‍तो फक्रेको लिली फूलजस्‍तै थियो । त्‍यो खड्‌कुँलोमा छयसट्ठी हजार लिटर पानी अटाउँथ्‍यो ।

    6तिनले सामानहरू धुनको निम्ति दश वटा बाटाहरू पनि बनाए । तिनले पाँच वटा दक्षिणपट्टि र पाँच वटा उत्तरपट्टि राखे । होमबलिमा प्रयोग गरिने सबै सामानहरू यिनैमा धोइन्थ्यो । ‘समुद्र’ नामको त्यो खड्‌कुँलोलाई पुजारीहरूले नुहाउनलाई प्रयोग गर्थे ।

  • १ राजा 7:23-38
    16 पदहरू
    89%

    23हुरामले ढालेर बनाइएको धातुको विशाल खड्कुँलो बनाए जसको बिट एउटा किनारादेखि अर्को किनारासम्म दस हात थियो । यसको उचाइ पाँच हात थियो, र परिधि तिस हात थियो ।

    24त्यस विशाल खड्कुँलोका चारैतिर बाहिरपट्टि बिटमुनि हरेक हातमा दसवटा लौका बनाइएका थिए, र खड्कुँलो र लौका दुवै एउटै टुक्रा धातुबाट बनाइएका थिए ।

    25खड्कुँलोलाई बाह्रवटा गोरुमाथि राखिएको थियो– तिनवटा उत्तरतिर फर्केका, तिनवटा पश्चिमतिर फर्केका, तिनवटा दक्षिणतिर फर्केका र तिनवटा पूर्वतिर फर्केका थिए । खड्कुँलो तीमाथि राखिएको थियो, र तिनका सबै पछिल्ला भाग भित्रपट्टि फर्केका थिए ।

    26खड्कुँलोको चौडाइ चार अङ्गुल थियो, र यसको बिटचाहिँ कचौराको बिटजस्तो फक्रेको लिली फुलजस्तो थियो । यसमा लगभग चवालिस हजार लिटर पानी अटाउँथ्यो ।

    27हुरामले काँसाका दसवटा आधार बनाए । प्रत्येक आधार चार हात लामो, चार हात चौडा र तिन हात अग्लो थियो ।

    28ती आधार यसरी बनाइएका थिएः तिनका वरिपरिका पाटाहरू ठाडो फ्रेममा जोडिएका थिए,

    29र ती पाटा र फ्रेमहरूमा सिंह, गोरु र करूबहरू थिए । सिंह र गोरुहरूको माथि र तल ढलौटे मालाहरू थिए ।

    30प्रत्येक आधारमा काँसाका धुरा भएका चारवटा चक्का थिए, र हरेकमा चार टेकामा अडेको एउटा बाटा थियो जसको चारैतिर ढलौटे मालाहरू थिए ।

    31आधारभित्र खुला भाग थियो, जसको गोलाकार साढे एक हात थियो, र त्यसभित्र एक हात अग्लो मुकुट थियो । त्यसको खुला भागको वरिपरि बुट्टाहरू कुँदिएका थिए, र आधारका पाटाहरू गोलाकार नभई वर्गाकार थिए ।

    32चारवटा चक्का पाटाहरूको मुनि थिए, र चक्काहरूका धुरा आधारसँग गाँसिएका थिए । हरेक चक्काको उचाइ साढे एक हात थियो ।

    33ती चक्काहरू रथका चक्काजस्ता थिए । तिनका धुरा, बिट, सुइरा र नाभि सबै ढालेर बनाइएका धातुका थिए ।

    34हरेक आधारका चारवटा समात्ने बिँड एउटा-एउटा कुनामा थिए, जुन आधारबाट बाहिर निस्केका थिए ।

    35आधारहरूको टुप्पामा आधा हात गहिरो गोलाकार धातुको फित्ता थियो, अनि आधारका टेका र पाटाहरू त्यसकै टुप्पासँग गाँसिएका थिए ।

    36पाटा र टेकाहरूका खाली ठाउँमा हुरामले करूबहरू, सिंहहरू र खजूरका रुखहरूको चित्र कुँदी त्यसको वरिपरि मालाहरू लगाए ।

    37यसरी नै तिनले दसवटा आधार बनाए । ती सबै एउटै नाप र एउटै आकार भएका ढालेर बनाइएका थिए ।

    38हुरामले काँसाका दसवटा बाटा बनाए । एउटा बाटामा आठ सय असी लिटर पानी अटाउँथ्यो । हरेक बाटा चार हातको थियो, र दसवटै आधारका लागि एउटा-एउटा बाटा थियो ।

  • २ इति 4:1-2
    2 पदहरू
    86%

    1¶ यसको साथै तिनले काँसाको एउटा वेदी बनाए । जसको लमाइ बीस हात, र चौडाइ बीस हात थियो । यसको उचाइ दश हात थियो ।

    2तिनले ढालेर बनाइएको धातुको एउटा गोलाकार विशाल खड्‌कुँलो पनि बनाए । त्‍यसको बिटको एक किनारदेखि अर्को किनारसम्‍म दश हात थियो । त्‍यो पाँच हात अल्‍गो थियो, र त्‍यस खड्‌कुँलोको परिधि तीस हात थियो ।

  • २ इति 4:14-15
    2 पदहरू
    85%

    14तिनले गुड्‍ने आधारहरू र तिनमा राख्‍नलाई बाटाहरू पनि बनाए ।

    15एउटा विशाल खँड्कुलो र यसको मुन्तिर बाह्र वटा साँढे,

  • 44तिनले खड्कुँलो भनिने विशाल बाटा र त्यसको मुन्तिर बाह्रवटा गोरु,

  • 3तिनले दुईवटा मुन्द्रा एकातिर र दुईवटा मुन्द्रा अर्कोतिर गरी त्यसको चारवटा खुट्टामा चारवटा मुन्द्रा हाले ।

  • 12एकापट्टि दुईवटा र अर्कोपट्टि दुईवटा गरी तिनलाई सन्दुकको चारवटा खुट्टामा लगाउनू ।

  • 6सिंहासनको अगि स्फटिकजस्तै देखिने काँचको समुद्र थियो । सिंहासनको बिचमा र सिंहासनवरिपरि, अगाडि र पछाडि आँखैआँखाले भरिएका चार जीवित प्राणी थिए ।

  • 2तिनले यसका चारवटा कुनाबाट गोरुका जस्तै सिङहरू बाहिर निकाले । ती सिङहरू र वेदी एउटै टुक्राबाट बनाइएका थिए र तिनले यसलाई काँसाले मोहोरे ।

  • निर्ग 30:2-4
    3 पदहरू
    72%

    2यसको लमाइ एक हात र चौडाइ एक हातको होस् । यो वर्गाकार हुनुपर्छ र यसको उचाइ दुई हातको हुनुपर्छ । यसका सिङहरू त्यही एउटै टुक्रा काठबाट बनाइएका होऊन् ।

    3धूप वेदीको माथिल्लो भाग, यसका किनाराहरू र सिङहरू सबै नै निखुर सुनले मोहोरिऊन् । यसको चारैतिर सुनको बिट लगाउनू ।

    4यसको बिटमुनि वेदीका दुवै पाटामा सुनका दुईवटा मुन्द्रा बनाएर त्यसका दुवैतिर लगाउनू, र बोक्‍ने डन्डाहरूका लागि ती मुन्द्राचाहिँ घर होऊन् ।

  • निर्ग 37:12-13
    2 पदहरू
    72%

    12तिनले यसको चारैतिर चार अङ्गुल चौडा भएको एउटा घेरो बनाए, र यसको चारैतिर सुनको बिट लगाए ।

    13तिनले टेबुलको निम्ति ढालेर चारवटा मुन्द्रा बनाए, र ती मुन्द्राहरूलाई चारवटा खुट्टाका चारवटा कुनामा लगाए ।

  • 20सोलोमनले मन्दिरको लागि बनाएका दुईवटा स्तम्भ, विशाल खड्कुँलो भनेर चिनिने काँसाको बाटा, त्‍यसमुनि भएका बाह्रवटा काँसाका साँढे जोख्‍नै नसक्‍ने गरी धेरै काँसा थियो ।

  • 2त्यसका चारवटै कुनामा गोरुको सिङजस्तो आकार बनाउनू । वेदी र त्यसका सिङहरू एउटै टुक्राबाट बनाउनू, र तिनलाई काँसाले मोहोर्नू ।

  • यहे 10:9-10
    2 पदहरू
    72%

    9अनि मैले हेरें, र देखें । करूबहरूका छेउमा चार वटा पाङ्‌ग्रा थिए— प्रत्‍येक करूबको छेउमा एउटा पाङ्‌ग्रा थियो, र ती पाङ्ग्रा पीतमणीजस्‍ता देखिन्‍थे ।

    10ती चारै पाङ्‌ग्राहरू एकै किसिमका थिए, एकअर्कामा खप्टिएका देखिन्थे ।

  • 23ती चारैको वरिपरि ढुङ्गाको एउटा लहर थियो, र ती ढुङ्गाको लहरमुनि चुलाहरू थिए ।

  • 10‘समुद्र’ नामक त्‍यो विशाल खड्‌कुँलोलाइ तिनले मन्दिरको पूर्वपट्टि दक्षिणतर्फ फर्काएर राखे ।

  • 12तिनीहरूका सम्‍पूर्ण शरीर, तिनीहरूका पीठ, हात र पखेटा, तिनीहरूका चारै वटा पाङ्‌ग्राहरूसमेत सम्‍पूर्ण आँखाले भरिएका थिए ।

  • 18तिनीहरूका घेरा अल्‍गा र डरलाग्‍दा थिए, किनकि ती चारै घेरा आँखाहरूले भरिएका थिए ।

  • निर्ग 25:25-26
    2 पदहरू
    71%

    25त्यसको चारैतिर चार अङ्गुल चौडा भएको घेरो बनाउनू र घेरोको वरिपरि सुनको बिट लगाउनू ।

    26टेबुलको लागि सुनका चारवटा मुन्द्रा बनाउनू र ती मुन्द्राहरूलाई चार खुट्टा भएका चारवटै कुनामा लगाउनू ।

  • 4वेदीको लागि काँसाको जालीको एउटा झिँजा बनाउनू । जालीमाथि

  • 15हुरामले दुईवटा काँसाका स्तम्भको रचना गरे । प्रत्येक स्तम्भको उचाइ अठार हात र परिधि बाह्र हातको थियो ।

  • यहे 1:15-16
    2 पदहरू
    70%

    15तब मैले ती जीवित प्राणीहरूलाई हेरें र ती चारै मुहार भएका हरेक प्राणीको छेउमा मैले जमिनमा एउटा पाङ्‌ग्रा देखें ।

    16ती पाङ्‌ग्राहरूका आकार र बनावट यस्‍ता थिएः हरेक पाङ्ग्रा पीतमणिजस्‍तै थिए, र ती चारैवटा उस्‍तै किसिमका थिए । एउटा पाङ्‌ग्रो अर्को पाङ्‌ग्रोमा खप्टिएको भएझैं थियो ।

  • 4तिनले वेदीको निम्ति त्यसको मुन्तिर चारैपट्टि बिटमुनि त्यसको बिचसम्मै पुग्‍ने काँसाका जालीको एउटा झिँजा बनाए ।

  • 10तिनीहरूका मुहार मानिसको झैं थियो । ती चारैको दाहिनेपट्टिको मुहार सिंहको जस्तो र देब्रेपट्टिको अनुहारचाहिं गोरुको जस्तो थियो । ती चारैवटाको चिलको जस्तो अनुहार पनि थियो ।

  • 26तिनले धूपको वेदी, यसको माथिल्लो भाग, यसका किनाराहरू र सिङहरूलाई निखुर सुनले मोहोरे । तिनले यसको चारैतिर निखुर सुनको बिट पनि लगाए ।