२ कोरिन्थीहरू 8:21

अनलक शाब्दिक बाइबल

हामी परमप्रभुको अगाडि मात्र होइन, तर मानिसहरूका अघि पनि आदरणीय भएको कुरा गर्ने कुरामा ख्याल राख्छौँ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • रोमी 12:17 : 17 खराबीको सट्टा खराबी नगर । सबै मानिसको नजरमा असल गर ।
  • रोमी 14:18 : 18 किनकि यसरी ख्रीष्‍टको सेवा गर्ने व्यक्‍ति परमेश्‍वरको निम्ति ग्रहणयोग्य र मानिसहरूद्वारा समर्थन गरिएको हुन्छ ।
  • फिलि 4:8 : 8 अन्तमा भाइहरू हो, जे कुराहरू सत्य छन्, जे कुराहरू आदरणीय छन्, जे कुराहरू न्यायसङ्गत छन्, जे कुराहरू शुद्ध छन्, जे कुराहरू प्रेमयोग्य छन्, जे कुराहरू असल नामका छन्, यदि केही श्रेष्‍ठता छ र प्रशंसा गरिनुपर्ने केही कुराहरू छन् भने, यी नै कुराहरूका बारेमा विचार गर ।
  • १ पत्रु 2:12 : 12 अरू जातिहरूका बिचमा तिमीहरूको व्यवहार असल होस् ताकि तिमीहरूले दुष्‍ट काम गरेका छौ भनेर तिनीहरूले भने तापनि तिमीहरूका राम्रा कामहरू देखेर तिनीहरूले उहाँको आगमनमा परमेश्‍वरको प्रशंसा गरून् ।
  • १ थेस 5:22 : 22 सबै किसिमको खराबीलाई त्याग ।
  • १ तिमो 5:14 : 14 यसकारण म चाहन्छु जवान स्‍त्रीहरूले हाम्रा विरोधीहरूलाई हामीले खराबी गरेकोमा दोष लगाउने मौका नदिनको लागि विवाह गरून्, बालबच्‍चा जन्माउन, घरवार चलाऊन् ।
  • तीत 2:5-8 : 5 शुद्ध, असल गृहिणी र तिनीहरूका पतिहरूका आज्ञा पालन गर्न तिनीहरूले जे असल छ त्यही सिकाउनुपर्छ, ताकि परमेश्‍वरको वचनको निन्दा नगरियोस् । 6 त्यसै गरी जवान पुरुषहरूलाई समझदार हुनलाई आह्वान गर । 7 सबै कुरामा आफैलाई असल कामहरूको एउटा नमुनाको रूपमा प्रस्तुत गर, तिमीले सिकाउँदा शुद्धता, प्रतिष्‍ठा र निन्दा गर्न नसक्‍ने बोली-वचन देखाऊ । 8 सच्याउनु नै नपर्ने शब्दहरू बोल, तर यदि उनले तिम्रो विरोध गर्न प्रयास गरे भने हामी बारे भन्‍ने कुनै पनि खराब कुरा नभएकोले त्यसले कसैमाथि शर्म ल्याओस् ।
  • २ कोरि 2:17 : 17 हामी नाफाको लागि परमेश्‍वरको वचन बेच्‍ने धेरै मानिसहरूजस्ता होइनौँ । बरु, हामी ख्रीष्‍टमा शुद्ध अभिप्रायले परमेश्‍वरको दृष्‍टिमा उहाँले पठाउनुभएको जस्तै गरी बोल्दछौँ ।
  • २ कोरि 5:9-9 : 9 त्यसैले, घरमा वा त्यसबाट टाढा जहाँ रहे पनि हाम्रो उद्देश्य उहाँलाई प्रसन्‍न पार्नु हो । 10 किनकि हामी सबै ख्रीष्‍टको न्याय आसनको अगाडि खडा हुनुपर्छ, ताकि हरेकले शरीरमा हुँदा गरेको असल वा खराब कार्यको निम्ति प्रतिफल पाओस् । 11 त्यसकारण, परमेश्‍वरको भय जानेर नै हामी मानिसहरूलाई मनाउँछौँ । हामी को हौँ भन्‍ने कुरा परमेश्‍वरलाई थाहा छ । म आशा गर्छु कि तिमीहरूको विवेकमा यो कुरा स्पष्‍ट छ ।
  • मत्त 5:16 : 16 मानिसहरूका बिचमा तिमीहरूको ज्योति यसरी चम्कियोस्, कि तिनीहरूले तिमीहरूका असल कामहरूलाई देखून् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको प्रशंसा गरून् ।
  • मत्त 6:1 : 1 ¶ तिमीहरूले आफ्ना धार्मिक कार्यहरूलाई मानिसहरूको सामुन्‍ने तिनीहरूले देखून् भनेर नगर्न सावधान रहो, नत्रता स्वर्गमा हुनुहुने पिताबाट तिमीहरूले कुनै इनाम पाउनेछैनौ ।
  • मत्त 6:4 : 4 ताकि तिमीहरूको दान गुप्‍तमा होस् । त्यसपछि गुप्‍तमा देख्‍नुहुने पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ ।
  • मत्त 23:5 : 5 तिनीहरूले सबै काम मानिसहरूले देखून् भनेर गर्छन् । किनकि तिनीहरूले आफ्ना निधारमा र नाडीमा राखिने व्यवस्था-पत्रीहरू ठुलो बनाउँछन्, र तिनीहरूले आफ्ना वस्‍त्रका झुम्काहरू लामो पार्दछन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ कोरि 8:19-20
    2 पदहरू
    83%

    19त्यति मात्र होइन, तिनी हाम्रो यो उदारताको काममा हामीसँगै यात्रा गर्नको निम्ति मण्डलीहरूद्वारा छानिएका थिए । यो परमेश्‍वरको आफ्नै आदर र सहयोग गर्ने हाम्रो उत्कट इच्छाको निम्ति हो ।

    20हामीले गरिरहेको यो उदारताको कामको विषयमा कसैले गर्ने उजुरीको सम्भावनालाई हामी पन्छाइरहेका छौँ ।

  • 22हामी अर्को भाइलाई पनि तिनीहरूसँग पठाउँदै छौँ । हामीले तिनको धेरै पल्ट जाँच गर्‍यौँ र हामीले तिनलाई धेरै काममा जोसिलो भएको भेट्टायौँ । तिमीहरूप्रति भएको भरोसाको कारण तिनी अहिले झन् मेहनती भएका छन् ।

  • 2बरु, हामीले गोप्य र लाजमर्दा मार्गहरू त्यागेका छौँ । हामी धूर्ततामा जिउँदैनौँ र हामी परमेश्‍वरको वचनलाई गलत तरिकाले चलाउँदैनौँ । सत्यता प्रस्तुत गर्दै परमेश्‍वरको नजरमा प्रत्येकको विवेकप्रति हामी आफैँलाई सिफारिस गर्दछौँ ।

  • 18हाम्रा लागि प्रार्थना गर, किनकि हामीमा सफा विवेक छ भनी निश्‍चित हुन सकौँ र सबै कुरामा ठिक प्रकारले जिउन सकौँ ।

  • २ कोरि 8:7-8
    2 पदहरू
    74%

    7तर तिमीहरू सबै कुरामा बढेर गएका छौ, अर्थात् विश्‍वासमा, बोलीवचनमा, ज्ञानमा, सबै लगावमा र हामी प्रतिको प्रेममा । त्यसकारण, उदारको यो काममा पनि तिनीहरू बढेर जाने कुरामा ख्याल राख ।

    8म यसलाई आज्ञाको रूपमा भन्दिनँ । बरु, अरू मानिसहरूको तत्परतासँग तिमीहरूको इमानदारी तुलना गरेर जाँच्नको निम्ति म यो भन्छु ।

  • 12हामीलाई तिमीहरूले इमानदार ठान भनेर हामीले तिमीहरूलाई मनाउन खोजिरहेका छैनौँ । बरु, हामी तिमीहरूलाई हामीमाथि गर्व गर्ने कारण दिँदै छौँ ताकि हृदयका भन्दा बाहिरी रूपको धाक लगाउनेहरूलाई जवाफ दिन सक ।

  • एफिसी 6:6-7
    2 पदहरू
    74%

    6आफ्ना मालिकले देख्‍ने समयमा मात्रै तिनीहरूलाई खुशी तुल्याउन आज्ञाकारी नबन । बरु, ख्रीष्‍टका दासहरू झैँ आज्ञाकारी बन । तिमीहरूका हृदयबाट परमेश्‍वरको इच्छालाई पूरा गर ।

    7मानिसहरूलाई सेवा पुर्याए झैँ होइन तर आफ्ना सारा हृदयले परमप्रभुको सेवा गरे झैँ सेवा गर ।

  • 12हाम्रो अन्तस्करणको गवाहीमा हामी गर्व गर्छौं । किनकि यो परमेश्‍वरबाट आउने शुद्ध प्रेरणा र इमानदारीमा छ जसअनुसार हामी यो संसारमा चलेका छौँ । विशेष गरी, हामीले यो तिमीहरूसँग अझ बढी गरेका छौँ, सांसारिक ज्ञानमा होइन, तर परमेश्‍वरको अनुग्रहमा ।

  • १ थेस 2:4-6
    3 पदहरू
    74%

    4तर जसरी परमेश्‍वरले हामीहरूलाई सुसमाचार सुम्पिएको व्यक्तिको रूपमा स्वीकृति दिनुभएको छ, त्यसैले हामी मानिसलाई होइन तर हाम्रो हृदय जाँच्‍नुहुने परमेश्‍वरलाई खुसी पार्नलाई बोल्छौँ ।

    5तिमीहरूलाई थाहा छ र परमेश्‍वर पनि साक्षी हुनुहुन्छ कि हामीले कुनै पनि बेला चाप्लुसी गरेनौँ, न त लोभको निम्ति बहाना नै बनायौँ,

    6न त हामीले मानिसहरूबाट महिमा खोज्यौँ, न त तिमीहरूबाट या अरूहरूबाट नै, जब कि हामीले ख्रीष्‍टको प्रेरितहरूको रूपमा विशेष सुविधाहरूको दाबी गर्न सक्थ्यौँ । s5

  • 3हामी कसैको अगाडि ठेस लाग्‍ने कुराहरू राख्दैनौँ, कारण हामी हाम्रो सेवामा बेइमानी गर्न चाहन्‍नौँ ।

  • २ कोरि 8:4-5
    2 पदहरू
    73%

    4तिनीहरूले विश्‍वासीहरूका बिचको सेवामा सहभागिताको अवसरको लागि हामीहरूसँग धेरै बिन्‍ती गरे ।

    5यो हामीले आशा गरेबमोजिम भएन । बरु, तिनीहरूले पहिले आफैँलाई प्रभुमा सुम्पिदिए । त्यसपछि परमेश्‍वरको इच्छाअनुसार आफैँलाई हामीकहाँ सुम्पिदिए ।

  • 4आफ्ना आवश्यकताहरूमा मात्र ध्यान नदेओ, तर अरूहरूका आवश्यकताहरूमा पनि ध्यान लगाओ ।

  • 24त्यसैले, तिनीहरूलाई तिमीहरूको प्रेम देखाओ, र तिमीहरूका विषयमा गरिएको हाम्रो गर्वको कारण मण्डलीहरूलाई देखाओ ।

  • 10र कुनै पनि थोक नचोरून्, तर तिनीहरूले असल विश्‍वास प्रकट गरून्, ताकि तिनीहरूले हाम्रा मुक्‍तिदाता परमेश्‍वरबारेको हाम्रो शिक्षालाई हरतरहले आकर्षक बनाऊन् ।

  • 17हामी नाफाको लागि परमेश्‍वरको वचन बेच्‍ने धेरै मानिसहरूजस्ता होइनौँ । बरु, हामी ख्रीष्‍टमा शुद्ध अभिप्रायले परमेश्‍वरको दृष्‍टिमा उहाँले पठाउनुभएको जस्तै गरी बोल्दछौँ ।

  • २ कोरि 9:4-5
    2 पदहरू
    73%

    4नत्रता, यदि माकेडोनियाका कोही मसँगै आउँदा तिमीहरू तयार नभएको पाए भने, हामी शर्ममा पर्नेछौँ । तिमीहरूमाथि धेरै भरोसा भएको हुनाले तिमीहरूको बारेमा म केही पनि भन्दिनँ ।

    5त्यसैले, भाइहरूलाई तिमीहरूकहाँ पठाउनलाई आवश्‍यक ठानेर बिन्ती गरेको छु ताकि तिमीहरूले प्रतिज्ञा गरेको उपहारहरू अगाडि नै प्रबन्ध गर्न सक । यो भेटी करकापले होइन, तर आशिष्‌को रूपमा तयारी हुन सकोस् भनेर यसो गरिएको हो ।

  • २ थेस 3:8-9
    2 पदहरू
    72%

    8न त हामीले सित्तैँमा कसैको खाना नै खायौँ, तर त्यसको सट्टामा हामी कसैको भार बनेनौँ भनेर हामीले मेहनत गर्‍यौँ, रातदिन काम गर्‍यौँ ।

    9यसको अर्थ हामीसँग अधिकार छैन भनेको होइन, तर हामी तिमीहरूको निम्ति उदाहरण भयौँ ताकि तिमीले हाम्रो अनुकरण गर्न सक ।

  • 10म यसको निम्ति प्रार्थना गर्छु, ताकि जे असल छ ती कुराहरू तिमीहरूले पारख गरेर छान्‍न सक । म यसको निम्ति प्रार्थना गर्छु, ताकि तिमीहरू ख्रीष्‍टको दिनमा इमानदार र दोषरहित रहन सक ।

  • 17खराबीको सट्टा खराबी नगर । सबै मानिसको नजरमा असल गर ।

  • १ थेस 2:9-10
    2 पदहरू
    72%

    9किनभने भाइहरू हो, तिमीहरूलाई हाम्रो परिश्रम र काम याद छ, कि हामीले तिमीहरूलाई परमेश्‍वरको सुसमाचार प्रचार गर्दै हामी तिमीहरू कसैलाई बोझ नबनौँ भनेर हामीले दिनरात काम गर्‍यौँ ।

    10हामीले तिमीहरू विश्‍वास गर्नेहरूसित कति पवित्रता, धार्मिकता र कपटरहित व्यवहार गर्‍यौँ भन्‍ने कुराको साक्षी तिमीहरू छौ र परमेश्‍वर पनि हुनुहुन्छ,

  • 19के यतिञ्‍जेल हामी तिमीहरूका सामु हामी आफ्नो सफाइ दिइरहेका थियौँ भन्‍ने तिमीहरू सोच्छौ? परमेश्‍वरको दृष्‍टिमा हामी तिमीहरूलाई बलियो बनाउनको निम्ति सबै कुरा ख्रीष्‍टमा बोलिरहेका छौँ ।

  • २ कोरि 13:7-8
    2 पदहरू
    72%

    7तिमीहरूले केही खराबी गर्नेछैनौ भनी हामी परमेश्‍वरसँग प्रार्थना गर्दछौँ । हामी जाँचमा सफल भएका छौँ भन्‍ने देखाउनको निम्ति म प्रार्थना गर्दिनँ । बरु, हामी जाँचमा असफल भएको जस्तो देखिए तापनि तिमीहरूले जे असल छ त्यही गर्न सक भनेर हामी प्रार्थना गर्छौं ।

    8किनकि हामी सत्यको विरुद्ध केही पनि गर्न सक्दैनौ, केवल सत्यको निम्ति मात्र गर्न सक्छौँ ।

  • 2हाम्रा निम्ति ठाउँ बनाओ! हामीले कसैको खराबी गरेका छैनौँ । हामीले कसैलाई हानि पुर्‍याएका छैनौँ, न त कसैको फाइदा नै लिएका छौँ ।

  • 13किनकि यो काम तिमीहरूलाई भार होस् र अरूलाई हलुका होस् भनेर होइन । बरु, निष्पक्षता हुनुपर्छ ।

  • 23तिमीहरूले जे-जे गर्छौ, मानिसको निम्ति गरेजस्तो गरी होइन, तर प्रभुको निम्ति आत्मादेखि नै गर ।

  • 18किनकि यसरी ख्रीष्‍टको सेवा गर्ने व्यक्‍ति परमेश्‍वरको निम्ति ग्रहणयोग्य र मानिसहरूद्वारा समर्थन गरिएको हुन्छ ।

  • तीत 2:7-8
    2 पदहरू
    72%

    7सबै कुरामा आफैलाई असल कामहरूको एउटा नमुनाको रूपमा प्रस्तुत गर, तिमीले सिकाउँदा शुद्धता, प्रतिष्‍ठा र निन्दा गर्न नसक्‍ने बोली-वचन देखाऊ ।

    8सच्याउनु नै नपर्ने शब्दहरू बोल, तर यदि उनले तिम्रो विरोध गर्न प्रयास गरे भने हामी बारे भन्‍ने कुनै पनि खराब कुरा नभएकोले त्यसले कसैमाथि शर्म ल्याओस् ।

  • 11त्यस्ता मानिसहरू यो कुरामा सचेत रहून्, कि हाम्रो अनुपस्थितिमा हाम्रा पत्रहरूका वचनमा हामी जस्ता छौँ हामी त्यहाँ हुँदा पनि हाम्रा कामद्वारा हामी त्यस्तै हुनेछौँ ।

  • 12यसो गर ताकि विश्‍वासभन्दा बाहिर भएकाहरूका खातिर तिमीहरू ठिक प्रकारले जिउन सक कि तिमीहरूलाई कुनै कुराको अभाव नहोस् ।

  • 8हामी मान र अपमान, निन्दा र प्रशंसामा काम गर्दछौँ । हामीलाई ठगाहा छौँ भन्‍ने आरोप लगाइन्छ, तथापि हामी साँचा छौँ ।

  • 21किनकि तिनीहरू सबैले येशू ख्रीष्‍टका कुराहरूभन्दा आफ्नै इच्छाको खोजी गर्दछन् ।

  • 16र यसमा नै परमेश्‍वर र मानिसहरूको सामु सबै कुराहरूद्वारा विनादोषको विवेक पाउन म काम गर्छु ।

  • 12मैले तिमीहरूलाई लेखे तापनि त्यो खराबीग र्ने वा खराबी भोग्‍नेको खातिर मैले लेखिनँ । हामीप्रति भएको तिमीहरूको गम्भीरता परमेश्‍वरको सामु थाहा पाउन सकूँ भनेर मैले लेखेँ ।

  • 14किनकि तिनीसँग तिमीहरूको बारेमा गर्व गर्दा म शर्माइनँ । यसको विपरीत, जसरी तिमीहरूलाई हामीले भनेका सबै कुरा साँचा थिए, त्यसरी नै तिमीहरूको बारेमा हामीले तीतससँग गरेको गर्व पनि सत्य ठहरियो ।

  • 8यी वचनहरू विश्‍वासयोग्य छन् । तिमी यी कुराहरूबारे ‍दृढतासाथ बलेको म चाहन्छु, ताकि परमेश्‍वरमा भरोसा गर्नेहरूले उहाँले तिनीहरूका सामु राख्‍नुभएको असल कामहरूतिर तिनीहरूका मन लगाऊन् । यी कुराहरू सबै मानिसहरूका लागि असल र फाइदाजनक छन् ।

  • 7जे कुरा तिमीहरूको अगाडि स्पष्‍ट छ, त्यसलाई हेर । यदि कसैले ऊ ख्रीष्‍टको हो भन्‍ने कुरामा विश्‍वस्त छ भने, ऊ ख्रीष्‍टको भए जस्तैहामी पनि ख्रीष्‍टका हौँ भन्‍ने कुरा आफैँलाई याद दिलाओस् ।

  • २ कोरि 10:15-16
    2 पदहरू
    70%

    15हामीले अरूको परिश्रमको बारेमा सीमाभन्दा बढी घमण्ड गरेका छैनौँ । बरु, हामी आशा गर्छौं, कि तिमीहरूको विश्‍वास बढ्दा हाम्रो कामको दायरा पनि बृहत् रूपमा फैलनेछ, तापनि यो उचित सीमाभित्र नै रहनेछ ।

    16हामी यसको आशा गर्दछौँ, ताकि तिमीहरूभन्दा परका क्षेत्रहरूमा पनि हामी सुसामाचार प्रचार गर्न सकौँ । अरूको क्षेत्रमा भइरहेको कामको बारेमा हामी घमण्ड गर्दैनौँ ।

  • 10त्यसकारण, हामीले मौका पाउन साथ, सबैको निम्ति भलाइ गरौँ । विशेष गरी विश्‍वासको परिवारको निम्ति हामीले भलाइ गरौँ ।