२ राजा 13:25
यहोआहाजका छोरा यहोआशले तिनका पिता यहोआहाजबाट हजाएलका छोरा बेन-हददले युद्ध गरी लिएका सहरहरू फिर्ता लिए । यहोआशले तिनलाई तिन पटक आक्रमण गरे, र तिनले इस्राएलका ती सहरहरू फिर्ता लिए ।
यहोआहाजका छोरा यहोआशले तिनका पिता यहोआहाजबाट हजाएलका छोरा बेन-हददले युद्ध गरी लिएका सहरहरू फिर्ता लिए । यहोआशले तिनलाई तिन पटक आक्रमण गरे, र तिनले इस्राएलका ती सहरहरू फिर्ता लिए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
8यहोआहाज, तिनले गरेका सबै काम र तिनको शक्तिको बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
9यसरी यहोआहाज आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूले तिनलाई सामरियामा गाडे । तिनको ठाउँमा तिनका छोरा यहोआश राजा भए ।
10यहूदाका राजा योआशको सैँतिसौँ वर्षमा यहोआहाजका छोरा यहोआशले सामरियामा बसेर इस्राएलमाथि राज्य गर्न थाले । तिनले सोह्र वर्ष राज्य गरे ।
11परमप्रभुको दृष्टिमा जे खराब थियो, तिनले त्यही गरे । तिनले इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामको कुनै पनि पापलाई छाडेनन्, तर तिनी तिनैमा हिंडे ।
12यहोआश, तिनले गरेका सबै कामहरू र कसरी तिनको शक्ति जसद्वारा तिनले यहूदाका राजा अमस्याहको विरुद्धमा लडे भन्ने बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
13यहोआश आफ्ना पुर्खाहरूसित सुते, र यारोबाम तिनको सिंहासनमा बसे । इस्राएलका राजाहरूसँगै यहोआशलाई सामरियामा गाडियो ।
1¶ यहूदाका राजा अहज्याहका छोरा योआशको तेइसौँ वर्षमा येहूका छोरा यहोआहाजले सामरियामा बसेर इस्राएलमाथि राज्य गर्न थाले । तिनले सत्र वर्ष राज्य गरे
2परमप्रभुको दृष्टिमा जे खराब थियो, तिनले त्यही गरे, र इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापको चामा हिंडे । अनि यहोआहाज तीबाट फर्केनन् ।
3इस्राएलको विरुद्धमा परमप्रभुको क्रोध दन्कियो, अनि उहाँले तिनीहरूलाई अरामका राजा हजाएल र हजाएलका छोरा बेन-हददको हातमा निरन्तर रूपले दिनुभयो ।
4त्यसैले यहोआहाजले परमप्रभुलाई बिन्ती गरे, र परमप्रभुले तिनको कुरा सुन्नुभयो किनकि अरामका राजाले कसरी इस्राएलमाथि थिचोमिचो गरिरहेका थिए भनी उहाँले देख्नुभयो ।
5त्यसैले परमप्रभुले इस्राएललाई एउटा उद्धारक दिनुभयो, अनि तिनीहरू अरामीहरूका हातबाट उम्के, र इस्राएलीहरू पहिलेजस्तै आ-आफ्ना घरमा बस्न लागे ।
13बेथ-शेमेशमा इस्राएलका राजा यहोआशले अहज्याहका नाति, योआशका छोरा यहूदाका राजा अमस्याहलाई समाते । तिनी यरूशलेममा आए र तिनले एफ्राइमको ढोकादेखि कुने ढोकासम्म लगभग दुई सय मिटर लामो यरूशलेमको पर्खाल भत्काइदिए ।
14तिनले परमप्रभुको मन्दिरमा भेट्टाइएका सबै सुन र राजदरबारका मुल्यवान् थोकहरूका साथमा केही बन्दीहरूलाई समेत लगे र सामरिया फर्के ।
15यहोआश, तिनले गरेका सबै काम, तिनको शक्ति र कसरी तिनले यहूदाका राजा अमस्याहसित लडे भन्ने बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
16तब यहोआश आफ्ना पुर्खाहरूसित सुते, र इस्राएलका राजाहरूसँगै सामरियाम गाडिए, अनि तिनको ठाउँमा तिनका छोरा यारोबाम राजा भए ।
17इस्राएलका राजा यहोआहाजका छोरा येहोआशको मृत्युपछि यहूदाका राजा योआशका छोरा अमस्याह पन्ध्र वर्ष बाँचे ।
23इस्राएलका राजा येहोआशले अहज्याहका नाति, योआशका छोरा यहूदाका राजा अमस्याहलाई बेथ-शेमेशमा गिरफ्तार गरे । तिनले उनलाई यरूशलेममा ल्याए र तिनले एफ्राइमको ढोकादेखि कुने-ढोकासम्म चार सय हात लामो यरूशलेमको पर्खाल भत्काइदिए ।
24तिनले ओबेद-एदोमको जिम्मामा राखिदिएका, परमप्रभुको मन्दिरमा भेट्टाइएका सबै सुन र चाँदी र सबै भाँडाहरू, र राजमहलमा भएका बहुमूल्य थोकहरू र कैदीहरूलाई पनि लगे, र सामरियामा फर्के ।
25इस्राएलका राजा यहोआहाजका छोरा येहोआशको मृत्युपछि यहूदाका राजा योआशका छोरा अमस्याह पन्ध्र वर्षसम्म बाँचे ।
22अरामका राजा हजाएलले यहोआहाजको जीवनभर इस्राएललाई थिचोमिचो गरिरहे ।
24अरामका राजा हजाएल मरे, र तिनको ठाउँमा तिनका छोरा बेन-हदद राजा भए ।
20बेन-हददले राजा आसाको कुरा सुने र आफ्ना सेनापतिहरू पठाए, अनि तिनीहरूले इस्राएलका सहरहरूमाथि आक्रमण गरे । तिनीहरूले इयोन, दान, हाबिल-बेथ-माका र नप्तालीको क्षेत्रसमेत सबै सारा किन्नरेतलाई आक्रमण गरे ।
23वर्षको अन्त्यमा यस्तो भयो, अरामी छाउनीका फौज योआशको विरुद्धमा आयो । तिनीहरू यहूदा र यरूशलेममा आए । तिनीहरूले मानिसहरूका सबै अगुवालाई मारे र तिनीहरूबाट लूटका माल लिएर दमस्कसका राजालाई पठाइदिए ।
24अरामीहरू थोरै सिपाहीहरू लिएर आएका भए तापनि परमप्रभुले एउटा ठूलो फौजमाथि तिनीहरूलाई विजय दिनुभयो, किनभने यहूदाका मानिसहरूले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई त्यागेका थिए । यसरी आरामीहरूले योआशमाथि दण्ड ल्याए ।
17त्यसपछि अरामका राजा हजाएलले गातको विरुद्धमा आक्रमण गरे र त्यसलाई लिए । त्यसपछि हजाएलले यरूशलेमलाई आक्रमण गर्न फर्के ।
18यहूदाका राजा योआशले तिनका पुर्खाहरू अर्थात् यहूदाका राजाहरू यहोशापात, यहोराम र अहज्याह र तिनी आफैले अलग गरेका सबै पवित्र थोकसाथै परमप्रभुको मन्दिर र राजाका भण्डार कोठाहरूमा भेट्टाइएका सबै सुन लिए र ती अरामका राजा हजाएललाई पठाइदिए । तब हजाएल यरूशलेमबाट गए ।
4बेन-हददले आसा राजाको कुरा स्वीकार गरेर आफ्ना फौजका कमाण्डरलाई इस्राएलका सहरहरूका विरुद्धमा लड्न पठाए । तिनीहरूले इयोन, दान, हाबिल-मैम र नप्तालीका सबै भण्डार राख्ने सहरमाथि आक्रमण गरे ।
3परमप्रभुको दृष्टिमा जे ठिक थियो, तिनले त्यही गरे, तापनि तिनका पुर्खा दाऊदले गरेझैँ भने होइन । आफ्ना पिता योआशले गरेका हरेक काम तिनले गरे ।
34बेन-हददले आहाबलाई भने, “मेरा पिताले तपाईंका पिताबाट लिनुभएका सहरहरू म तपाईंलाई पुनर्स्थापित गरिदिने छु, र मेरा पिताले सामरियामा गरेझैँ तपाईंले आफ्नो लागि दमस्कसमा बजारहरू स्थापित गर्न सक्नुहुन्छ ।” आहाबले जवाफ दिए, “यो सम्झौतासहित म तिमीलाई छाडिदिने छु ।” त्यसैले आहाबले तिनीसित सम्झौता गरी तिनलाई जान दिए ।
2तेस्रो वर्षमा यहूदाका राजा यहोशापात इस्राएलका राजाकहाँ गए ।
11यहोशापातका छोरा यहोराम थिए । यहोरामका छोरा अहज्याह थिए । अहज्याहका छोरा योआश थिए ।
21यसैले इस्राएलका राजा येहोआशले आक्रमण गरे । तिनी र यहूदाका राजा अमस्याह यहूदाको बेथ-शेमेशमा आमने सामने भएर युद्ध लडे ।
19अबियाले यारोबामलाई खेदे । तिनले उनीबाट बेथेल र त्यसका बस्ती, येशना र त्यसका बस्ती, अनि एप्रोन र त्यसका बस्तीसमेत कब्जा गरे ।
5तिनीहरूका सल्लाहको अनुसरण पनि तिनले गरे । तिनी इस्राएलका राजा आहाबका छोरा योरामसित मिलेर रामोत-गिलादमा अरामका राजा हजाएलको विरुद्धमा युद्ध गर्न गए । अरामीहरूले योरामलाई घाइते बनाए ।
6रामोतमा अरामका राजा हजाएलसँग भएको युद्धमा पाएको चोटबाट निको हुन तिनी यिजरेलमा फर्केर गए । यसैले यहूदाका राजा यहोरामका छोरा अहज्याह योरामलाई हेर्न भनी यिजरेलमा गए, किनभने योराम घाइते भएका थिए ।
13तर अमस्याहले आफूसित युद्धमा नजाउन् भनी फिर्ता पठाइदिएका फौजले यहूदाका सामरियादेखि बेथ-होरोनसम्मका सहरहरू आक्रमण गरे । तिनीहरूले तीन हजार जना मानिसलाई मारे, र धेरै लूटका माल लिएर गए ।
1¶ आसाका छोरा यहोशापात तिनको ठाउँमा राजा भए । यहोशापातले इस्राएलको विरूद्ध आफैलाई मजबुत बनाए ।
1¶ यरूशलेमका बासिन्दाहरूले यहोरामको सट्टामा तिनका कान्छा छोरा अहज्याहलाई राजा बनाए, किनकि आक्रमणमा अरबीहरूसित मिलेर आएका मानिसका झुण्डले तिनका सबै ठुला छोरालाई मारेका थिए । यसैले यहूदाका राजा यहोरामका छोरा अहज्याह राजा भए ।
14यसरी निम्शीका नाति, यहोशापातका छोरा येहूले योरामको विरुद्धमा षड्यन्त्र रचे । अब योराम र सारा इस्राएलले अरामका राजा हजाएलको कारणले रामोत-गिलादलाई रक्षा गरिरहेका थिए,
15तर अरामका राजा हजाएलको विरुद्धमा लड्दा राजा योरामलाई अरामीहरूले घाइते बनाएका हुनाले तिनी निको हुन यिजरेलमा फर्केका थिए । येहूले योरामका सेवकहरूलाई भने, “तिमीहरूको राय यस्तै छ भने यिजरेलमा गएर यो समाचार बताउनलाई कोही पनि भागेर सहरबाहिर जान नपाओस् ।”
11तर अमस्याहले यो कुरा सुनेनन् । त्यसैले इस्राएलका राजा यहोआशले आक्रमण गरे, अनि तिनी र यहूदाका राजा अमस्याह यहूदाको बेथ-शेमेशमा एक-अर्कासित आमनेसामने भेटे ।
25इस्राएलका राजा आहाबका छोरा योरामको बार्हौँ वर्षमा यहूदाका राजा यहोरामका छोरा अहज्याहले राज्य गर्न सुरु गरे ।
29अरामका राजा हजाएलको विरुद्धमा राजा योरामले लडाइँ गर्दा रामोतमा अरामीहरूले तिनमा पारेको चोटबाट निको हुन तिनी यिजरेलमा फर्के । त्यसैले यहूदाका राजा यहोरामका छोरा अहज्याह आहाबका छोरा योरामलाई भेट्न यिजरेलमा झरे किनकि योराम घाइते भएका थिए ।
28यारोबाम, तिनले गरेका सबै काम, तिनको शक्ति, कसरी तिनले युद्ध गरे र यहूदाको अधीनमा रहेका दमस्कस र हमातलाई इस्राएललाई फिर्ता गराए भन्ने बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
3यहोयादाले तिनका निम्ति दुई वटी पत्नी ल्याएदिए, र तिनी छोराछोरीका पिता भए ।
4यसपछि यस्तो भयो, योआशले परमप्रभुको मन्दिरको पुननिर्माण गर्ने निर्णय गरे ।
51यहूदाका राजा यहोशापातको सत्रौँ वर्षमा आहाबका छोरा अहज्याहले सामरियामा बसेर इस्राएलमाथि शासन गर्न थाले, र तिनले इस्राएलमाथि दुई वर्ष राज्य गरे ।
16इस्राएलका राजा आहाबका छोरा योरामको पाँचौँ वर्षमा यहोरामले राज्य गर्न थाले । तिनी यहूदाका राजा यहोशापातका छोरा थिए । यहोशापात यहूदाका राजा हुँदादेखि नै तिनले राज्य गर्न थाले ।
25तपाईंले गुमाउनुभएका सेनाजस्तै सेना तयार पार्नुहोस् । घोडाको लागि घोडा र रथको लागि रथ तयार पार्नुहोस् । यसरी हामी तिनीहरूसित मैदानमा लड्न सक्छौँ । तब निश्चय नै हामी तिनीहरूभन्दा शक्तिशाली हुने छौँ ।” त्यसैले बेन-हददले तिनीहरूको कुरा सुनेर त्यसैअनुसार गरे ।
13एग्लोन अम्मोनीहरू र अमालेकीहरूसँग मिले र तिनीहरू गए र इस्राएललाई हराए, अनि खजूरका रूखहरूको सहरमाथि अधिकार गरे ।