१ राजा 22:2

अनलक शाब्दिक बाइबल

तेस्रो वर्षमा यहूदाका राजा यहोशापात इस्राएलका राजाकहाँ गए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ राजा 15:24 : 24 त्यसपछि आसा आफ्ना पित्रहरूसित सुते र तिनलाई तिनका पिता पुर्खा दाऊदको सहरमा गाडियो । तिनको ठाउँमा तिनका छोरा यहोशापात राजा भए ।
  • १ राजा 22:1 : 1 ¶ अराम र इस्राएलको बिचमा युद्ध नभई तिन वर्ष बित्यो ।
  • १ राजा 22:41 : 41 इस्राएलका राजा आहाबको चौथो वर्षमा आसाका छोरा यहोशापातले यहूदामाथि शासन गर्न थाले ।
  • १ राजा 22:44 : 44 यहोशापात इस्राएलका राजासित शान्तिमा रहे ।
  • २ राजा 8:18 : 18 आहाबको घरानाले गरेझैँ, यहोराम इस्राएलका राजाहरूका चालमा हिंडे किनकि तिनले आहाबकी छोरीलाई विवाह गरेका थिए, र परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही तिनले गरे ।
  • २ इति 18:1-9 : 1 ¶ यहोशापातसँग धेरै धन-सम्‍पत्ति र सम्मान थियो । तिनले आफ्नो परिवारको एक जना सदस्यसित आहाबकी छोरीको बिवाह गराएर उनीसित वैवाहिक सम्‍बन्‍ध जोडे । 2 केही सालपछि तिनी सामरियामा आहाबलाई भेट गर्न गए । आहाबले तिनी र तिनका साथमा भएका मानिसहरूका निम्ति निम्‍ति धेरैवटा भेडा र गोरुहरू काटे । आहाबले आफूसँग मिलेर रामोत-गिलादलाई आक्रमण गर्न तिनलाई फकाए । 3 इस्राएलका राजा आहाबले यहूदाका राजा यहोशापातलाई भने, “के तपाईं मसँगै रामोत-गिलादमा जानुहुनेछ?” यहोशापातले तिनलाई जवाफ दिए, “म तपाईंजस्‍तै हुँ, र मेरा मानिसहरू तपाईंका मानिसहरूजस्‍तै हुन्‌ । युद्धमा हामी तपाईंसँगै हुनेछौं ।” 4 यहोशापातले इस्राएलका राजालाई भने, “कृपया, तपाईंको जवाफको निम्ति पहिले परमप्रभुको वचनको खोजी गर्नुहोस् ।” 5 तब इस्राएलका राजाले चार सय जना अगमवक्तालाई एकसाथ भेला गराए र तिनीहरूलाई सोधे, “के हामी रामोत-गिलादमा युद्ध गर्न जाऔं वा मैले जानुहन्‍न? तिनीहरूले भने, “आक्रमण गर्नुहोस्, किनभने परमेश्‍वरले त्‍यो तपाईंको हातमा दिनुहुनेछ ।” 6 तर यहोशापातले भने, “के यहाँ सल्‍लाह लिन परमप्रभुको अर्को अगमवक्ता छैन जोसँग हामी सल्लाह लिन सक्छौं?” 7 इस्राएलका राजाले यहोशापातलाई भने, “परमप्रभुबाट सल्‍लाह लिनलाई अझै एक जना यिम्लाका छोरा मीकाया छन्, तर म तिनलाई घृणा गर्दछु, किनभने तिनले मेरो निम्‍ति असल अगमवाणी बोल्‍दैनन्‌, तर सधैं खराबी मात्र भन्‍दछन्‌ ।” यहोशापातले जवाफ दिए, “राजाले यस्‍तो भन्‍नुहुन्‍न ।” 8 तब इस्राएलका राजाले तुरुन्‍तै आफ्‍ना एक जना अधिकारीलाई बोलाए र भने, “यिम्‍लाका छोरा मीकायालाई तुरुन्‍तै झिकाऊ ।” 9 यति बेला इस्राएलका राजा र यहूदाका राजा यहोशापात राजकीय पोशाकमा सामरियाको मूल ढोकाका सामुको खलानजिक आआफ्‍नो सिंहासनमा बसिरहेका थिए, र सबै अगमवक्ताले तिनीहरूका सामु अगमवाणी बोलिरहेका थिए । 10 केनानका छोरा सिदकियाहले आफ्ना निम्ति फलामका सीङहरू बनाए र भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: यसको सहायताले तपाईंहरूले अरामीहरू नष्‍ट नभएसम्म नै तिनीहरूलाई धकेल्‍नुहुनेछ ।” 11 सबै अगमवक्ताले त्‍यसरी नै यसो भन्‍दै अगमवाणी बोले, “रामोत-गिलादमाथि आक्रमण गर्नुहोस् र विजयी हुनुहोस्‌, किनकि परमप्रभुले त्‍यो राजाको हातमा दिनुभएको छ ।” 12 मीकायालाई बोलाउन गएको दूतले तिनलाई भन्‍यो, “हेर्नुहोस्‌ अगमवक्ताका वचनहरूले एकै मत भएर राजाको पक्षमा बोलिरहेका छन् । तपाईंको वचन पनि तिनीहरूको वचनसितै सहमत भएको होस्, र मिल्‍दो किसिमले बोल्‍नुहोस् ।” 13 मीकायाले जवाफ दिए, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, परमेश्‍वरले जे भन्‍नुहुन्छ, म त्यही भन्‍नेछु ।” 14 जब तिनी राजाकहाँ आए, तब राजाले तिनलाई भने, “ए मीकाया, हामीले रामोत-गिलादको विरुद्धमा युद्ध गर्न जानुहुन्‍छ, कि हुँदैन?” मीकायाले तिलाई जवाफ दिए, “आक्रमण गर्नुहोस्‌ र विजयी हुनुहोस्! किनकि त्‍यो महान् विजय हुनेछ ।” 15 तब राजाले तिनलाई भने, “परमप्रभुको नाउँमा साँचो कुरा मात्र भन्‍नू, अरू कुरा होइन भनी म तिमीलाई कति पल्‍ट भनूँ?” 16 यसैले मीकायाले भने, “मैले त सबै इस्राएललाई गोठाला नभएका भेडाहरूझैं डाँडाहरूतिर तितरबितर भएका देखें, र परमप्रभुले भन्‍नुभयो, ‘यिनीहरूका गोठाला छैनन्‌ । हरेक मानिस शान्‍तिसित आफ्नो घर फर्केर जाओस्‌ ।’” 17 यसैले इस्राएलका राजाले यहोशापातलाई भने, “तिनले मेरो बारेमा असल अगमवाणी बोल्‍दैनन्‌ तर विनाशको मात्र भन्छन् भनी के मैले तपाईंलाई भनेको थिइनँ र?” 18 तब मीकायाले भने, “यसकारण तपाईंहरू सबैले परमप्रभुको वचन सुन्‍नुपर्छः परमप्रभु आफ्नो सिंहासनमा बस्‍नुभएको र स्‍वर्गका सबै फौज उहाँका दाहिने र देब्रेपट्टि खडा भएका मैले देखें । 19 परमप्रभुले भन्‍नुभयो, ‘इस्राएलका राजा आहाबलाई कसले बहकाउनेछ, ताकि त्यो माथि जाओस् र रामोत-गिलादमा मरोस्?’ एउटाले यसो र अर्कोले उसो भन्छ । 20 तब एउटा आत्‍मा अगि आए र परमप्रभुको सामु खडा भए र भने, ‘म त्‍यसलाई बहकाउनेछु’ । “परमप्रभुले त्यसलाई सोध्‍नुभयो, ‘कसरी?’ 21 त्यो आत्माले जवाफ दिए, ‘म जानेछ र त्‍यसका सबै अगमवक्ताका मुखमा म झूट बोल्‍ने आत्‍मा हुनेछु ।’ परमप्रभुले भन्‍नुभयो, ‘तैंले त्‍यसलाई बहकाउनेछस्, र तँ सफल पनि हुनेछस्‌ । अब जा र त्‍यसै गर्‌ ।’ 22 अब हेर्नुहोस्, परमप्रभुले तपाईंका यी सबै अगमवक्ताका मुखमा झूट बोल्‍ने आत्‍मा हालिदिनुभएको छ, र परमेश्‍वरले तपाईंका सर्वनाशको आदेश दिनुभएको छ ।” 23 तब केनानका छोरा सिदकियाह माथि आए, मीकायाको गालामा थप्‍पड हाने र भने, “अब कुन बाटो भएर परमप्रभुका आत्‍मा मबाट तिमीसँग बोल्‍नलाई जानुभयो त?” 24 मीकायाले भने, “हेर, त्‍यो त तिमी लुक्‍नलाई कुनै भित्री कोठामा गएको दिन तिमी आफैले थाहा पाउनेछौ ।” 25 इस्राएलका राजाले केही सेवकलाई भने, “तिमीहरूले मीकायालाई गिरफ्‍तार गर्नुपर्छ, र सहरका गभर्नर अमोन र मेरो छोरा योआशकहाँ लानुपर्छ । 26 तिनलाई तिमीहरूले यसो भन्‍नेछौ, ‘राजा यसो भन्‍नुहुन्‍छ: यस मानिसलाई झ्‍यालखानमा राख र म कुशलसाथ नआएसम्‍म त्‍यसलाई थोरै रोटी र थोरै पानी मात्र देओ ।’” 27 तब मीकायाले भने, “तपाईं कुशलसाथ फर्केर आउनुभयो भने परमप्रभु मद्वारा बोल्‍नुभएको होइन ।” तब तिनले थपे, “ए सबै मानिसहरू हो, यो कुरा सुन्‍नुहोस् ।”
  • मत्त 12:40 : 40 किनकि जसरी योना तिन दिन र तिन रात माछाको पेटमा थिए, त्यसरी नै मानिसका पुत्र तिन दिन र तिन रात पृथ्वीको गर्भभित्र रहनेछन् ।
  • मत्त 16:21 : 21 त्यस समयदेखि येशूले आफ्ना चेलाहरूलाई उहाँ यरूशलेम जानुपर्छ, धर्म-गुरुहरू र मुख्य पुजारीहरू र शास्‍त्रीहरूका हातबाट धेरै कुरा भोग्‍नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवनमा उठाइनुहुन्छ भनी बताउन थाल्नुभयो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 1¶ अराम र इस्राएलको बिचमा युद्ध नभई तिन वर्ष बित्यो ।

  • २ राजा 3:12-13
    2 पदहरू
    81%

    12यहोशापातले भने, “परमप्रभुको वचन तिनीसित छ ।” त्यसैले इस्राएलका राजा यहोशापात र एदोमका राजा तिनीकहाँ तल गए ।

    13एलीशाले इस्राएलका राजालाई भने, “मेरो तपाईंसित के सरोकार छ र? तपाईंका बुबाआमाका अगमवक्ताहरूकहाँ जानुहोस् ।” त्यसैले इस्राएलका राजाले तिनलाई भने, “अहँ, परमप्रभुले हामी तिन जना राजालाई एकैसाथ मोआबको हातमा सुम्पिदिनलाई बोलाउनुभएको छ ।”

  • १ राजा 22:29-30
    2 पदहरू
    81%

    29त्यसैले इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापात रामोत-गिलादमा गए ।

    30इस्राएलका राजाले यहोशापातलाई भने, “म भेष बद्लेर युद्धमा जाने छु, तर तपाईंले आफ्नो राजकीय पोशाक पहिरिनुहोस् ।” त्यसैले इस्राएलका राजाले भेष बद्ले, र तिनी युद्धमा गए ।

  • २ इति 18:28-30
    3 पदहरू
    79%

    28यसैले इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापात रामोत-गिलादको विरुद्धमा उक्‍लेर गए ।

    29इस्राएलका राजाले यहोशापातलाई भने, “म आफूलाई गुप्‍त भेष धारण गर्नेछु र लडाइँमा जानेछु, तर तपाईं आफ्‍नो राजसी पोशाक नै लाउनुहोस्‌ ।” यसैले इस्राएलका राजाले आफूलाई गुप्‍त भेष धारण गरे र तिनीहरू लडाइँमा गए ।

    30अरामका राजाले आफ्‍ना रथहरूका फौज पतिलाई यस्तो आज्ञा दिएका थिए, “साना वा ठुला फौजलाई आक्रमण नगर्नू । बरू, इस्राएलका राजालाई मात्र आक्रमण गर्नू ।”

  • 41इस्राएलका राजा आहाबको चौथो वर्षमा आसाका छोरा यहोशापातले यहूदामाथि शासन गर्न थाले ।

  • २ इति 18:1-4
    4 पदहरू
    78%

    1¶ यहोशापातसँग धेरै धन-सम्‍पत्ति र सम्मान थियो । तिनले आफ्नो परिवारको एक जना सदस्यसित आहाबकी छोरीको बिवाह गराएर उनीसित वैवाहिक सम्‍बन्‍ध जोडे ।

    2केही सालपछि तिनी सामरियामा आहाबलाई भेट गर्न गए । आहाबले तिनी र तिनका साथमा भएका मानिसहरूका निम्ति निम्‍ति धेरैवटा भेडा र गोरुहरू काटे । आहाबले आफूसँग मिलेर रामोत-गिलादलाई आक्रमण गर्न तिनलाई फकाए ।

    3इस्राएलका राजा आहाबले यहूदाका राजा यहोशापातलाई भने, “के तपाईं मसँगै रामोत-गिलादमा जानुहुनेछ?” यहोशापातले तिनलाई जवाफ दिए, “म तपाईंजस्‍तै हुँ, र मेरा मानिसहरू तपाईंका मानिसहरूजस्‍तै हुन्‌ । युद्धमा हामी तपाईंसँगै हुनेछौं ।”

    4यहोशापातले इस्राएलका राजालाई भने, “कृपया, तपाईंको जवाफको निम्ति पहिले परमप्रभुको वचनको खोजी गर्नुहोस् ।”

  • 44यहोशापात इस्राएलका राजासित शान्तिमा रहे ।

  • 51यहूदाका राजा यहोशापातको सत्रौँ वर्षमा आहाबका छोरा अहज्याहले सामरियामा बसेर इस्राएलमाथि शासन गर्न थाले, र तिनले इस्राएलमाथि दुई वर्ष राज्य गरे ।

  • २ राजा 8:16-17
    2 पदहरू
    76%

    16इस्राएलका राजा आहाबका छोरा योरामको पाँचौँ वर्षमा यहोरामले राज्‍य गर्न थाले । तिनी यहूदाका राजा यहोशापातका छोरा थिए । यहोशापात यहूदाका राजा हुँदादेखि नै तिनले राज्‍य गर्न थाले ।

    17यहोरामले राज्‍य गर्न सुरु गर्दा तिनी बत्तिस वर्षका थिए, र तिनले यरूशलेममा आठ वर्ष राज्य गरे ।

  • १ राजा 22:3-6
    4 पदहरू
    76%

    3इस्राएलका राजाले आफ्ना अधिकारीहरूलाई भनेका थिए, “के रामोत-गिलाद हाम्रै हो भनी तिमीहरूलाई थाहा छ? तर अरामका राजाका हातबाट यसलाई लिन हामीले केही पनि गरिरहेका छैनौँ ।”

    4त्यसैले तिनले यहोशापातलाई भने, “के तपाईं युद्ध गर्नलाई मसितै रामोत-गिलादमा जानुहुन्छ?” यहोशापातले इस्राएलका राजालाई जवाफ दिए, “म तपाईंजस्तै हुँ, मेरा मानिस तपाईंका मानिसजस्तै हुन् र मेरा घोडाहरू तपाईंका घोडाहरू जस्तै हुन् ।”

    5यहोशापातले इस्राएलका राजालाई भने, “पहिले तपाईंले के गर्नुपर्छ भन्नाका लागि परमप्रभुको वचनबाट निर्देशन खोज्नुहोस् ।”

    6तब इस्राएलका राजाले चार सय अगमवक्तालाई जम्मा गरी तिनीहरूलाई भने, “म रामोत-गिलादमा युद्ध गर्न जाऊँ कि नजाऊँ? तिनीहरूले जवाफ दिए, “आक्रमण गर्नुहोस्, किनकि परमप्रभुले यो राजाका हातमा सुम्पिदिनुहुने छ ।”

  • १ राजा 22:32-33
    2 पदहरू
    75%

    32जब रथहरूका सेनापतिहरूले यहोशापातलाई देखे तिनीहरूले भने, “निश्चय नै यिनी इस्राएलका राजा हुन् ।” तिनलाई आक्रमण गर्न तिनीहरू फर्कंदा यहोशापात चिच्च्याए ।

    33तिनी इस्राएलका राजा होइनन् रहेछ भनी जब रथहरूका सेनापतिहरूले देखे तिनीहरू तिनको पिछा गर्नबाट फर्के ।

  • 1¶ यहूदाका राजा यहोशापातको अठारौँ वर्षमा आहाबका छोरा योरामले सामरियामा बसेर इस्राएलमा राज्‍य गर्न थाले । तिनले बाह्र वर्ष राज्य गरे ।

  • २ राजा 3:9-10
    2 पदहरू
    73%

    9त्यसैले यहूदाका राजा र एदोमका राजासँगै इस्राएलका राजा गए । तिनीहरू सात दिनसम्म यताउता भौंतारिए, अनि त्यहाँ सेनाका निम्‍ति र तिनीहरूलाई पछ्याउने पशुहरूका निम्‍ति पानी भएन ।

    10त्यसैले इस्राएलका राजाले भने, “यो के हो? के परमेश्‍वरको मोआबको हातमा सुम्पिदिन हामी तिन जना राजालाई बोलाउनुभएको हो?”

  • २ राजा 3:5-7
    3 पदहरू
    73%

    5तर आहाब मरेपछि मोआबका राजाले इस्राएलको राजाको विरुद्धमा विद्रोह गरे ।

    6त्यसैले त्यस बेला युद्धको लागि सारा इस्राएललाई भेला गराउन राजा योरामले सामरिया छाडे ।

    7तिनले यहूदाका राजा यहोशापातलाई यसो भनेर सन्देश पठाए, “मोआबका राजा मेरो विरुद्धमा बागी भएका छन् । मोआबको विरुद्धमा तपाईं मसँगै युद्ध गर्न जानुहुन्छ?” यहोशापातले जवाफ दिए, “म जानेछु । म तपाईंजस्तै हुँ, मेरा मानिसहरू तपाईंका मानिसहरूजस्तै हुन्, मेरा घोडाहरू तपाईंका घोडाहरूजस्तै हुन् ।”

  • २ इति 22:5-6
    2 पदहरू
    73%

    5तिनीहरूका सल्लाहको अनुसरण पनि तिनले गरे । तिनी इस्राएलका राजा आहाबका छोरा योरामसित मिलेर रामोत-गिलादमा अरामका राजा हजाएलको विरुद्धमा युद्ध गर्न गए । अरामीहरूले योरामलाई घाइते बनाए ।

    6रामोतमा अरामका राजा हजाएलसँग भएको युद्धमा पाएको चोटबाट निको हुन तिनी यिजरेलमा फर्केर गए । यसैले यहूदाका राजा यहोरामका छोरा अहज्‍याह योरामलाई हेर्न भनी यिजरेलमा गए, किनभने योराम घाइते भएका थिए ।

  • 1¶ यहूदाका राजा अहज्याहका छोरा योआशको तेइसौँ वर्षमा येहूका छोरा यहोआहाजले सामरियामा बसेर इस्राएलमाथि राज्‍य गर्न थाले । तिनले सत्र वर्ष राज्य गरे

  • 1¶ यसपछि यस्‍तो हुन आयो, मोआब र अम्‍मोनका मानिसहरू र तिनीहरूसँग केही मोनीहरू यहोशापातको विरुद्धमा युद्ध गर्न आए ।

  • 22त्यसैले अगमवक्ता इस्राएलका राजाकहाँ आई भने, “जानुहोस्, र आफैलाई बलियो पार्नुहोस्, अनि तपाईंले जे गर्दै हुनुहुन्छ त्यसलाई बुझेर योजना बनाउनुहोस् किनकि नयाँ वर्षमा अरामका राजा तपाईंको विरुद्धमा आउने छन् ।”

  • 5तब अश्शूरका राजाले देशैभरि आक्रमण गरे, र सामरियामाथि आक्रमण गरे र यसलाई तिन वर्षसम्म घेराबन्दी गरे ।

  • 1¶ धेरै दिन बितेपछि खडेरीको तेस्रो वर्षमा परमप्रभुको वचन एलियाकहाँ आयो, “आहाबकहाँ गएर आफैलाई प्रकट गर्, र म देशमा वृष्टि ल्याउने छु ।”

  • 25इस्राएलका राजा आहाबका छोरा योरामको बार्‍हौँ वर्षमा यहूदाका राजा यहोरामका छोरा अहज्याहले राज्‍य गर्न सुरु गरे ।

  • 16त्यसैले येहू रथमा चढी यिजरेल गए । किनकि योरामले त्यहीँ विश्राम गर्दै थिए । त्यस बेला यहूदाका राजा अहज्याह योरामलाई भेट्न तल झरेका थिए ।

  • 29यहूदाका राजा आसाको अठतिसौँ वर्षमा ओम्रीका छोरा आहाबले इस्राएलमाथि शासन गर्न थाले । ओम्रीका छोरा आहाबले सामरियाबाट इस्राएलमाथि बाइस वर्ष शासन गरे ।

  • 1¶ आसाका छोरा यहोशापात तिनको ठाउँमा राजा भए । यहोशापातले इस्राएलको विरूद्ध आफैलाई मजबुत बनाए ।

  • 25यहोआहाजका छोरा यहोआशले तिनका पिता यहोआहाजबाट हजाएलका छोरा बेन-हददले युद्ध गरी लिएका सहरहरू फिर्ता लिए । यहोआशले तिनलाई तिन पटक आक्रमण गरे, र तिनले इस्राएलका ती सहरहरू फिर्ता लिए ।

  • 10इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापात राजकीय पोशाक पहिरेर सामरियाको मूल ढोकाको खुला ठाउँमा आ-आफ्नो सिंहासनमा बसिरहेका थिए, र सबै अगमवक्ताले तिनीहरूका सामु अगमवाणी बोल्दै थिए ।

  • २ इति 19:1-2
    2 पदहरू
    71%

    1¶ यहूदाका राजा यहोशापात सुरक्षासाथ यरूशलेमको आफ्नो दरवार फर्के ।

    2तब हनानीका छोरा दर्शी येहू तिनलाई भेट्‌न आए र यहोशापात राजालाई भने, “के दुष्‍टलाई तपाईंले सहायता गर्नुपर्छ र? के परमप्रभुलाई घृणा गर्नेहरूलाई तपाईंले प्रेम गर्नुपर्छ र? यस कामको कारणले गर्दा परमप्रभुको क्रोध तपाईंमाथि परेको छ ।

  • 35त्यसपछि यहूदाका राजा यहोशापातले इस्राएलका राजा अहज्‍याहसँग मित्रता गरे, जसले धेरै दुष्‍ट काम गरे ।

  • 29अरामका राजा हजाएलको विरुद्धमा राजा योरामले लडाइँ गर्दा रामोतमा अरामीहरूले तिनमा पारेको चोटबाट निको हुन तिनी यिजरेलमा फर्के । त्यसैले यहूदाका राजा यहोरामका छोरा अहज्याह आहाबका छोरा योरामलाई भेट्न यिजरेलमा झरे किनकि योराम घाइते भएका थिए ।

  • 3राजा योशियाहको अठारौँ वर्षमा तिनले मशुल्लामका नाति, असल्याहका छोरा सचिव शापानलाई यसो भनेर परमप्रभुको मन्दिरमा पठाए,

  • 9यति बेला इस्राएलका राजा र यहूदाका राजा यहोशापात राजकीय पोशाकमा सामरियाको मूल ढोकाका सामुको खलानजिक आआफ्‍नो सिंहासनमा बसिरहेका थिए, र सबै अगमवक्ताले तिनीहरूका सामु अगमवाणी बोलिरहेका थिए ।

  • 26नयाँ वर्षको थालनीपछि बेन-हददले अरामीहरूलाई जम्मा गरी इस्राएलको विरुद्धमा लड्न अपेकमा गए ।

  • 18त्यसैले इस्राएलका राजाले यहोशापातलाई भने, “तिनले मेरो बारेमा असल कुरा नभई केवल विपत्तिको बारेमा अगमवाणी बोल्छन् भनी के मैले तपाईंलाई भनेको होइन र?”