२ इतिहास 18:1

अनलक शाब्दिक बाइबल

¶ यहोशापातसँग धेरै धन-सम्‍पत्ति र सम्मान थियो । तिनले आफ्नो परिवारको एक जना सदस्यसित आहाबकी छोरीको बिवाह गराएर उनीसित वैवाहिक सम्‍बन्‍ध जोडे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ इति 17:5 : 5 यसरी परमप्रभुले तिनको हातमा शासन स्थापित गर्नुभयो । सारा यहूदाले यहोशापातलाई कर तिरे । तिनीसित धन-सम्‍पत्ति र ख्‍याति प्रशस्‍त थियो ।
  • २ इति 21:6 : 6 आहाबका घरानाले गरेझैं तिनी इस्राएलका राजाहरूका चालमा हिंडे, किनकि तिनले आहाबकी छोरीलाई आफ्‍नी पत्‍नीको रूपमा ल्याए, र तिनले परमप्रभुको दृष्‍टिमा जे खराब थियो सो गरे ।
  • २ इति 19:2 : 2 तब हनानीका छोरा दर्शी येहू तिनलाई भेट्‌न आए र यहोशापात राजालाई भने, “के दुष्‍टलाई तपाईंले सहायता गर्नुपर्छ र? के परमप्रभुलाई घृणा गर्नेहरूलाई तपाईंले प्रेम गर्नुपर्छ र? यस कामको कारणले गर्दा परमप्रभुको क्रोध तपाईंमाथि परेको छ ।
  • २ राजा 8:18 : 18 आहाबको घरानाले गरेझैँ, यहोराम इस्राएलका राजाहरूका चालमा हिंडे किनकि तिनले आहाबकी छोरीलाई विवाह गरेका थिए, र परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही तिनले गरे ।
  • २ राजा 8:26-27 : 26 अहज्याहले राज्‍य गर्न सुरु गर्दा तिनी बाइस वर्षका थिए । तिनले यरूशलेममा एक वर्ष राज्य गरे । तिनकी आमाको नाउँ अतल्याह थियो । उनी इस्राएलका राजा ओम्रीकी छोरी थिइन् । 27 अहज्याह आहाबको घरानाका चालमा हिंडे । आहाबको घरानाले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे किनकि अहज्याह आहाबको घरानाका ज्वाइँ थिए ।
  • २ राजा 11:1 : 1 ¶ अब अहज्याहकी आमा अतल्याहले आफ्नो छोरो मरेका देखेपछि तिनी उठिन् र सबै राजकीय बालबालिकालाई मारिन् ।
  • २ इति 1:11-15 : 11 परमेश्‍वरले सोलोमनलाई भन्‍नुभयो, “किनभने तेरो हृदयमा यो कुरा छ, र तैंले समृद्धि, धन-सम्‍पत्ति वा आदर मागिनस् न त तँलाई घृणा गर्नेहरूको प्राण, न त आफ्‍नो निम्‍ति दीर्घायु नै मागिस्, तर आफ्‍नो निम्‍ति तैंले बुद्धि र ज्ञान मागिस् ताकि तैंले मेरा मानिसमाथि शासन सक्‍छस् जसमाथि मैले तँलाई राजा बनाएको छु, र म यसै गर्नेछु । 12 अब म तँलाई बुद्धि र ज्ञान दिनेछु । म तँलाई यस्‍तो समृद्धि, धन-सम्‍पत्ति, र आदर पनि दिनेछु, जो तँभन्‍दा अघिका कुनै राजाले पाएका थिएनन्, र तँभन्‍दा पछिका कुनैले पनि पाउनेछैनन्‌ ।” 13 तब सोलोमन गिबोनको अल्‍गो स्‍थानको भेट हुने पालबाट यरूशलेममा आए। तिनले इस्राएलमाथि शासन गरे । 14 सोलोमनले रथहरू र घोडचढीहरू जम्‍मा गरे, र तिनीसँग चौध सय रथ र बाह्र हजार घोडचढीहरू थिए, जसलाई तिनले रथ राख्‍ने सहरहरूमा र आफू, अर्थात् यरूशलेममा राजसित राखे । 15 राजाले सुन र चाँदी यरूशलेममा ढुङ्गैसरह बनाए र देवदारुचाहिं तराईमा हुने अन्‍जीरहरूजस्तै प्रशस्‍त तुल्‍याए ।
  • २ इति 17:12 : 12 यहोशापात धेरै शक्तिशाली भए । तिनले यहूदामा किल्‍लाहरू र भण्‍डार राख्‍ने सहरहरू बनाए ।
  • २ इति 18:31 : 31 यस्‍तो भयो, जब रथहरूका फौज पतिले यहोशापातलाई देखे, उनीहरूले भने, “इस्राएलका राजा यिनै हुन् ।” तिनलाई आक्रमण गर्न तिनीहरू फर्के, तर यहोशापात चर्को सोरले कराए, र परमप्रभुले तिनको सहायता गर्नुभयो । परमेश्‍वरले तिनीहरूलाई तिनीबाट अर्कोतिर फर्काउनुभयो ।
  • १ राजा 16:31-33 : 31 आहाबको लागि नबातका छोरा यारोबामका पापमा हिँड्नु मामुली कुरा थियो । त्यसैले तिनले सीदोनीहरूका राजा एताबालकी छोरी ईजेबेलसित विवाह गरे । तिनले बालको पुजा गरे र त्यसको सामु निहुरे । 32 तिनले सामरियामा निर्माण गरेका बालको मन्दिरमा बालको निम्ति एउटा वेदी बनाए । 33 आहाबले अशेरा देवीको मूर्ति खडा गरे । आहाबले तिनीभन्दा अगिका सबै राजाले भन्दा बढी इस्राएलका परमेश्वर परमप्रभुलाई रिस उठाए ।
  • १ राजा 21:25 : 25 आहाबजस्तो कोही थिएन जसले परमप्रभुको दृष्टिमा दुष्ट काम गर्न आफैलाई बेचे जसलाई तिनकी पत्नीले पाप गर्न उक्साएकी थिइन् ।
  • २ इति 22:2-3 : 2 अहज्याह ले राज्य गर्न सुरु गर्दा तिनी बाईस वर्षका थिए । तिनले यरूशलेममा एक वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ अतल्‍याह थियो । तिनी ओम्रीकी छोरी थिइन्‌ । 3 तिनी पनि आहाबको घरानाका चालमा हिंडे, किनकि दुष्‍ट कुराहरू गर्नलाई तिनकी आमा सल्‍लाहकार थिइन् ।
  • मत्त 6:33 : 33 तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर अनि यी सबै थोक तिमीहरूलाई दिइनेछ ।
  • २ कोरि 6:14 : 14 अविश्‍वासीहरूसँगै ननारिओ । किनकि धार्मिकताको व्यवस्थाविहीनहरूसित के सहभागिता? अनि ज्योतिको अन्धकारसित के सङ्गति?

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ इति 18:2-4
    3 पदहरू
    84%

    2केही सालपछि तिनी सामरियामा आहाबलाई भेट गर्न गए । आहाबले तिनी र तिनका साथमा भएका मानिसहरूका निम्ति निम्‍ति धेरैवटा भेडा र गोरुहरू काटे । आहाबले आफूसँग मिलेर रामोत-गिलादलाई आक्रमण गर्न तिनलाई फकाए ।

    3इस्राएलका राजा आहाबले यहूदाका राजा यहोशापातलाई भने, “के तपाईं मसँगै रामोत-गिलादमा जानुहुनेछ?” यहोशापातले तिनलाई जवाफ दिए, “म तपाईंजस्‍तै हुँ, र मेरा मानिसहरू तपाईंका मानिसहरूजस्‍तै हुन्‌ । युद्धमा हामी तपाईंसँगै हुनेछौं ।”

    4यहोशापातले इस्राएलका राजालाई भने, “कृपया, तपाईंको जवाफको निम्ति पहिले परमप्रभुको वचनको खोजी गर्नुहोस् ।”

  • २ इति 17:3-5
    3 पदहरू
    79%

    3परमप्रभु यहोशापातसँग हुनुहुन्थ्यो किनकि तिनी आफ्‍ना पिता दाऊदले देखाएका उदाहरणअनुसार सुरु-सुरुमा हिंडे, र बालको खोजी गरेनन् ।

    4बरू, तिनले आफ्‍ना पिताका परमेश्‍वरमा भरोसा गरे, र तिनका आज्ञाहरूमा चले, इस्राएलका व्‍यवहारअनुसार होइन ।

    5यसरी परमप्रभुले तिनको हातमा शासन स्थापित गर्नुभयो । सारा यहूदाले यहोशापातलाई कर तिरे । तिनीसित धन-सम्‍पत्ति र ख्‍याति प्रशस्‍त थियो ।

  • १ राजा 22:44-45
    2 पदहरू
    76%

    44यहोशापात इस्राएलका राजासित शान्तिमा रहे ।

    45के यहोशापातका अरू कार्यहरू, तिनले देखाएका शक्ति र कसरी तिनले युद्ध लडे भन्ने विषयमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?

  • २ इति 20:35-37
    3 पदहरू
    75%

    35त्यसपछि यहूदाका राजा यहोशापातले इस्राएलका राजा अहज्‍याहसँग मित्रता गरे, जसले धेरै दुष्‍ट काम गरे ।

    36तर्शीशमा जाने जहाजहरू बनाउनको निम्ति तिनले उनीसँग मित्रता गरे । तिनीहरूले एस्‍योन-गेबेरमा जहाजहरू बनाए ।

    37तब मारेशाका दोदाबाहुका छोरा एलीएजरले यहोशापातको विरुद्धमा अगमवाणी बोले । तिनले भने, “तपाईंले अहज्‍याहसँग मित्रता गर्नुभएको हुनाले, परमप्रभुले तपाईंका योजनाहरू नष्‍ट पार्नुभएको छ ।” ती जहाजहरू नष्‍ट भए ताकि ती तैरन सकेनन् ।'

  • २ इति 17:10-12
    3 पदहरू
    72%

    10यहूदाको वरिपरि भएका सबै राज्‍यहरूमा परमप्रभुको भय पर्‍यो, जसले गर्दा उनीहरूले यहोशापातको विरुद्धमा युद्ध गरेनन्‌ ।

    11पलिश्‍तीमध्‍ये कसैले यहोशापातकहाँ करको रूपमा उपहारहरू र चाँदीको ल्‍याए । अरबीहरूले तिनका निम्‍ति पनि सात हजार सात सय भेडा र सात हजार सात सय बोकाहरू ल्‍याए ।

    12यहोशापात धेरै शक्तिशाली भए । तिनले यहूदामा किल्‍लाहरू र भण्‍डार राख्‍ने सहरहरू बनाए ।

  • 2तेस्रो वर्षमा यहूदाका राजा यहोशापात इस्राएलका राजाकहाँ गए ।

  • १ राजा 22:40-41
    2 पदहरू
    72%

    40यसरी आहाब आफ्ना पित्रहरूसित सुते, र तिनको ठाउँमा तिनका छोरा अहज्याह राजा भए ।

    41इस्राएलका राजा आहाबको चौथो वर्षमा आसाका छोरा यहोशापातले यहूदामाथि शासन गर्न थाले ।

  • 28यसैले इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापात रामोत-गिलादको विरुद्धमा उक्‍लेर गए ।

  • १ राजा 22:4-5
    2 पदहरू
    71%

    4त्यसैले तिनले यहोशापातलाई भने, “के तपाईं युद्ध गर्नलाई मसितै रामोत-गिलादमा जानुहुन्छ?” यहोशापातले इस्राएलका राजालाई जवाफ दिए, “म तपाईंजस्तै हुँ, मेरा मानिस तपाईंका मानिसजस्तै हुन् र मेरा घोडाहरू तपाईंका घोडाहरू जस्तै हुन् ।”

    5यहोशापातले इस्राएलका राजालाई भने, “पहिले तपाईंले के गर्नुपर्छ भन्नाका लागि परमप्रभुको वचनबाट निर्देशन खोज्नुहोस् ।”

  • 1¶ यसपछि यस्‍तो हुन आयो, मोआब र अम्‍मोनका मानिसहरू र तिनीहरूसँग केही मोनीहरू यहोशापातको विरुद्धमा युद्ध गर्न आए ।

  • १ राजा 22:49-51
    3 पदहरू
    71%

    49तब आहाबका छोरा अहज्याहले यहोशापातलाई भने, “यी जहाजहरूमा मेरा अधिकारीहरूलाई तपाईंका अधिकारीहरूसँगै जान दिनुहोस् ।” तर यहोशापातले अनुमति दिएनन् ।

    50यहोशापात आफ्ना पित्रहरूसित सुते, र तिनीहरूसितै आफ्ना पुर्खा दाऊदको सहरमा गाडिए । तिनको ठाउँमा तिनका छोरा यहोराम राजा भए ।

    51यहूदाका राजा यहोशापातको सत्रौँ वर्षमा आहाबका छोरा अहज्याहले सामरियामा बसेर इस्राएलमाथि शासन गर्न थाले, र तिनले इस्राएलमाथि दुई वर्ष राज्य गरे ।

  • 29त्यसैले इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापात रामोत-गिलादमा गए ।

  • २ इति 19:1-2
    2 पदहरू
    70%

    1¶ यहूदाका राजा यहोशापात सुरक्षासाथ यरूशलेमको आफ्नो दरवार फर्के ।

    2तब हनानीका छोरा दर्शी येहू तिनलाई भेट्‌न आए र यहोशापात राजालाई भने, “के दुष्‍टलाई तपाईंले सहायता गर्नुपर्छ र? के परमप्रभुलाई घृणा गर्नेहरूलाई तपाईंले प्रेम गर्नुपर्छ र? यस कामको कारणले गर्दा परमप्रभुको क्रोध तपाईंमाथि परेको छ ।

  • 5तिनीहरूका सल्लाहको अनुसरण पनि तिनले गरे । तिनी इस्राएलका राजा आहाबका छोरा योरामसित मिलेर रामोत-गिलादमा अरामका राजा हजाएलको विरुद्धमा युद्ध गर्न गए । अरामीहरूले योरामलाई घाइते बनाए ।

  • 1¶ आसाका छोरा यहोशापात तिनको ठाउँमा राजा भए । यहोशापातले इस्राएलको विरूद्ध आफैलाई मजबुत बनाए ।

  • 12यहोशापातले भने, “परमप्रभुको वचन तिनीसित छ ।” त्यसैले इस्राएलका राजा यहोशापात र एदोमका राजा तिनीकहाँ तल गए ।

  • 1¶ यहोशापात आफ्‍ना पुर्खाहरूसित सुते र तिनीहरूसँग दाऊदको सहरमा गाडिए । तिनका ठाउँमा तिनका छोरा यहोराम राजा भए ।

  • 16इस्राएलका राजा आहाबका छोरा योरामको पाँचौँ वर्षमा यहोरामले राज्‍य गर्न थाले । तिनी यहूदाका राजा यहोशापातका छोरा थिए । यहोशापात यहूदाका राजा हुँदादेखि नै तिनले राज्‍य गर्न थाले ।

  • २ राजा 8:27-29
    3 पदहरू
    68%

    27अहज्याह आहाबको घरानाका चालमा हिंडे । आहाबको घरानाले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे किनकि अहज्याह आहाबको घरानाका ज्वाइँ थिए ।

    28रामोत-गिलादमा अरामका राजा हजाएलको विरुद्धमा लडाइँ गर्न आहाबका छोरा योरामसितै अहज्याह गए । अरामीहरूले योरामलाई घाइते बनाए ।

    29अरामका राजा हजाएलको विरुद्धमा राजा योरामले लडाइँ गर्दा रामोतमा अरामीहरूले तिनमा पारेको चोटबाट निको हुन तिनी यिजरेलमा फर्के । त्यसैले यहूदाका राजा यहोरामका छोरा अहज्याह आहाबका छोरा योरामलाई भेट्न यिजरेलमा झरे किनकि योराम घाइते भएका थिए ।

  • 1¶ यो केही समय बितेपछिको कुरा हो । सामरियाका राजा आहाबको दरबार नजिकै यिजरेलमा यिजरेली नाबोतको एउटा दाखबारी थियो ।

  • 7तिनले यहूदाका राजा यहोशापातलाई यसो भनेर सन्देश पठाए, “मोआबका राजा मेरो विरुद्धमा बागी भएका छन् । मोआबको विरुद्धमा तपाईं मसँगै युद्ध गर्न जानुहुन्छ?” यहोशापातले जवाफ दिए, “म जानेछु । म तपाईंजस्तै हुँ, मेरा मानिसहरू तपाईंका मानिसहरूजस्तै हुन्, मेरा घोडाहरू तपाईंका घोडाहरूजस्तै हुन् ।”

  • 31आहाबको लागि नबातका छोरा यारोबामका पापमा हिँड्नु मामुली कुरा थियो । त्यसैले तिनले सीदोनीहरूका राजा एताबालकी छोरी ईजेबेलसित विवाह गरे । तिनले बालको पुजा गरे र त्यसको सामु निहुरे ।

  • 18यहूदाका राजा योआशले तिनका पुर्खाहरू अर्थात् यहूदाका राजाहरू यहोशापात, यहोराम र अहज्याह र तिनी आफैले अलग गरेका सबै पवित्र थोकसाथै परमप्रभुको मन्दिर र राजाका भण्डार कोठाहरूमा भेट्टाइएका सबै सुन लिए र ती अरामका राजा हजाएललाई पठाइदिए । तब हजाएल यरूशलेमबाट गए ।

  • 32जब रथहरूका सेनापतिहरूले यहोशापातलाई देखे तिनीहरूले भने, “निश्चय नै यिनी इस्राएलका राजा हुन् ।” तिनलाई आक्रमण गर्न तिनीहरू फर्कंदा यहोशापात चिच्च्याए ।

  • 1¶ यहूदाका राजा यहोशापातको अठारौँ वर्षमा आहाबका छोरा योरामले सामरियामा बसेर इस्राएलमा राज्‍य गर्न थाले । तिनले बाह्र वर्ष राज्य गरे ।

  • 18आहाबको घरानाले गरेझैँ, यहोराम इस्राएलका राजाहरूका चालमा हिंडे किनकि तिनले आहाबकी छोरीलाई विवाह गरेका थिए, र परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही तिनले गरे ।

  • 6आहाबका घरानाले गरेझैं तिनी इस्राएलका राजाहरूका चालमा हिंडे, किनकि तिनले आहाबकी छोरीलाई आफ्‍नी पत्‍नीको रूपमा ल्याए, र तिनले परमप्रभुको दृष्‍टिमा जे खराब थियो सो गरे ।

  • 1¶ यरूशलेमका बासिन्‍दाहरूले यहोरामको सट्टामा तिनका कान्‍छा छोरा अहज्‍याहलाई राजा बनाए, किनकि आक्रमणमा अरबीहरूसित मिलेर आएका मानिसका झुण्डले तिनका सबै ठुला छोरालाई मारेका थिए । यसैले यहूदाका राजा यहोरामका छोरा अहज्‍याह राजा भए ।

  • 14यसरी निम्शीका नाति, यहोशापातका छोरा येहूले योरामको विरुद्धमा षड्यन्त्र रचे । अब योराम र सारा इस्राएलले अरामका राजा हजाएलको कारणले रामोत-गिलादलाई रक्षा गरिरहेका थिए,

  • 17त्‍यसपछि यहूदाका राजा अमस्‍याहले आफ्‍ना सल्‍लाहकारहरूसँग सल्‍लाह लिए र इस्राएलका राजा येहूका नाति, यहोआहाजका छोरा येहोआशकहाँ यसो भनेर दूतहरू पठाए, “आऊ, युद्धमा हामी एक-अर्काको सामना गरौं ।”

  • 25इस्राएलका राजा आहाबका छोरा योरामको बार्‍हौँ वर्षमा यहूदाका राजा यहोरामका छोरा अहज्याहले राज्‍य गर्न सुरु गरे ।

  • 16त्यसैले येहू रथमा चढी यिजरेल गए । किनकि योरामले त्यहीँ विश्राम गर्दै थिए । त्यस बेला यहूदाका राजा अहज्याह योरामलाई भेट्न तल झरेका थिए ।

  • 13तर आहाबको घरानाले गरेझैं इस्राएलका राजाहरूका चालमा चलेर आहाबको परिवारले गरेजस्तै तैंले यहूदा र यरूशलेमका बासिन्‍दाहरूलाई वेश्‍याहरूजस्तै गर्न लगाइस्, र तैंले तँभन्दा असल तेरा बुबाका परिवारका आफ्‍नै भाइहरू, तँभन्‍दा असल मानिसहरू पनि तैंले मारिस् —

  • 29आहाबका छोरा योरामको एघारौँ वर्षमा अहज्याहले यहूदामाथि राज्‍य सुरु गरेका थिए ।