२ राजा 3:9

अनलक शाब्दिक बाइबल

त्यसैले यहूदाका राजा र एदोमका राजासँगै इस्राएलका राजा गए । तिनीहरू सात दिनसम्म यताउता भौंतारिए, अनि त्यहाँ सेनाका निम्‍ति र तिनीहरूलाई पछ्याउने पशुहरूका निम्‍ति पानी भएन ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ राजा 22:47 : 47 एदोममा कुनै राजा थिएन, तर त्यहाँ सहायकले शासन गर्थ्यो ।
  • निर्ग 11:8 : 8 फारोका सबै अधिकारी मकहाँ आई मेरो सामु निहुरिनेछन् । तिनीहरूले भन्‍नेछन्, 'तपाईंको पछि लाग्‍ने सबै मानिस जाऊन् ।' त्यसपछि म जानेछु ।” तब तिनी फारोकहाँबाट अति क्रोधित भएर गए ।
  • निर्ग 15:22 : 22 तब मोशाले इस्राएललाई लाल समुद्रबाट अगाडि लगे । तिनीहरू शूरको उजाड-स्थानमा लागे । तिन दिनसम्म तिनीहरूले उजाड-स्थानमा यात्रा गरे र पानी पाएनन्
  • निर्ग 17:1 : 1 ¶ परमप्रभुको निर्देशन मानी इस्राएलीहरूको सारा समुदाय सीनको उजाड-स्थानबाट यात्रा गरे । तिनीहरूले रपीदीममा छाउनी हाले, तर त्यहाँ मानिसहरूलाई पिउन पानी थिएन ।
  • गिन 20:2 : 2 त्यहाँ मिरियम मरिन् र तिनलाई त्यहीँ गाडियो । समुदायको निम्ति त्यहाँ पानी थिएन, त्यसैले तिनीहरू मोशा र हारूनको विरुद्ध भेला भए ।
  • गिन 20:4 : 4 परमप्रभुको समुदाय, हामी र हाम्रा पशुहरू मर्नलाई किन यहाँ ल्याउनुभएको?
  • गिन 21:5 : 5 मानिसहरू परमेश्‍वर र मोशा विरुद्ध बोले, “मरुभूमिमा मर्न तपाईंले हामीलाई मिश्रबाट किन ल्याउनुभयो? यहाँ रोटी छैन, पानी पनि छैन अनि यो घृणास्पद खाना हामी घृणा गर्छौं ।”
  • गिन 33:14 : 14 तिनीहरू आलूशबाट हिँडे र रपीदीममा छाउनी हाले, जहाँ मानिसहरूलाई पिउनलाई पानी थिएन ।
  • न्या 4:10 : 10 बाराकले जबूलून र नाप्‍तालीका मानिसहरूलाई उनीसँगै केदेशमा जानको निम्ति बोलाए । दश हजार जना मानिसहरू तिनको पछि आए र दबोरा पनि तिनीसँगै गइन् ।
  • १ राजा 22:27 : 27 त्यसलाई भन्, ‘राजा भन्नुहुन्छः यो मानिसलाई झ्यालखानामा हाल्, र म सुरक्षितसाथ नफर्केसम्म त्यसलाई थोरै रोटी र थोरै पानी मात्र खुवाउनू' ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ राजा 3:6-8
    3 पदहरू
    84%

    6त्यसैले त्यस बेला युद्धको लागि सारा इस्राएललाई भेला गराउन राजा योरामले सामरिया छाडे ।

    7तिनले यहूदाका राजा यहोशापातलाई यसो भनेर सन्देश पठाए, “मोआबका राजा मेरो विरुद्धमा बागी भएका छन् । मोआबको विरुद्धमा तपाईं मसँगै युद्ध गर्न जानुहुन्छ?” यहोशापातले जवाफ दिए, “म जानेछु । म तपाईंजस्तै हुँ, मेरा मानिसहरू तपाईंका मानिसहरूजस्तै हुन्, मेरा घोडाहरू तपाईंका घोडाहरूजस्तै हुन् ।”

    8तब तिनले भने, “हामीले कुन दिशाबाट आक्रमण गर्नुपर्छ?” यहोशापातले जवाफ दिए, “एदोमको उजाड-स्थानको बाटोबाट ।”

  • २ राजा 3:10-13
    4 पदहरू
    78%

    10त्यसैले इस्राएलका राजाले भने, “यो के हो? के परमेश्‍वरको मोआबको हातमा सुम्पिदिन हामी तिन जना राजालाई बोलाउनुभएको हो?”

    11तर यहोशापातले भने, “के यहाँ परमप्रभुका कुनै अगमवक्ता छैनन् जसद्वारा हामी परमप्रभुसँग सल्‍लाह लिन सक्छौँ?” इस्राएलका राजाका सेवकमध्‍ये एक जना जवाफ दियो र भन्‍यो, “शाफातका छोरा एलीशा यहीँ छन् जसले एलियाका हातमा पानी हाल्‍थे ।”

    12यहोशापातले भने, “परमप्रभुको वचन तिनीसित छ ।” त्यसैले इस्राएलका राजा यहोशापात र एदोमका राजा तिनीकहाँ तल गए ।

    13एलीशाले इस्राएलका राजालाई भने, “मेरो तपाईंसित के सरोकार छ र? तपाईंका बुबाआमाका अगमवक्ताहरूकहाँ जानुहोस् ।” त्यसैले इस्राएलका राजाले तिनलाई भने, “अहँ, परमप्रभुले हामी तिन जना राजालाई एकैसाथ मोआबको हातमा सुम्पिदिनलाई बोलाउनुभएको छ ।”

  • न्या 11:16-18
    3 पदहरू
    77%

    16तर तिनीहरू मिश्रदेशबाट आए, र इस्राएल उजाड-स्‍थान हुँदै लाल समुद्रमा र कादेशमा गए ।

    17जब इस्राएलले यसो भनेर एदोमका राजालाई दूतहरू पठाए, ‘कृपया हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्,’ एदोमका राजाले सुनेनन् । तिनीहरूले मोआबका राजाकहाँ पनि दूतहरू पठाए, तर तिनले इन्कार गरे । यसरी इस्राएलचाहिं कादेशमा नै बसे ।

    18त्यसपछि तिनीहरू उजाड-स्‍थानबाट गए र एदोम र मोआबको देशबाट टाढा गए, र तिनीहरू मोआब देशको पूर्वी ठाउँ हुँदै हिंडे र तिनीहरूले अर्नोनको अर्कोपट्टि छाउनी हाले । तर तिनीहरू मोआबको सिमानाभित्र गएनन्, किनकि अर्नोनचाहिं मोआबको सिमानामा थियो ।

  • 22तब मोशाले इस्राएललाई लाल समुद्रबाट अगाडि लगे । तिनीहरू शूरको उजाड-स्थानमा लागे । तिन दिनसम्म तिनीहरूले उजाड-स्थानमा यात्रा गरे र पानी पाएनन्

  • २ राजा 3:20-22
    3 पदहरू
    74%

    20त्यसैले बिहान बलि चढाउने समयमा एदोमको दिशाबाट पानी आयो । देश पानीले भरियो ।

    21जब सारा मोआबीहरूले तिनीहरूको विरुद्धमा लडाइँ गर्न राजाहरू आए भनी सुने, तिनीहरूमा हतियार भिर्न सक्‍ने सबै जनाले आफैलाई एकसाथ भेला गराए र तिनीहरू सिमानामा तैनाथ भए ।

    22तिनीहरू बिहान सबेरै ब्युँझे र पानीमा घाम प्रतिबिम्‍बित भयो । मोआबीहरूले तिनीहरूको सामु भएको पानी हेरे, तब त्‍यो रगतजस्तै रातो देखियो ।

  • 26जब मोआबका राजा मेशाले युद्ध हारेको देखे, तब पार गरेर एदोमका राजाकहाँ जानलाई तिनले सात सय जना तरवार भिरेका मानिसलाई आफूसँग लगे, तर तिनीहरू सफल भएनन् ।

  • 1¶ परमप्रभुको निर्देशन मानी इस्राएलीहरूको सारा समुदाय सीनको उजाड-स्थानबाट यात्रा गरे । तिनीहरूले रपीदीममा छाउनी हाले, तर त्यहाँ मानिसहरूलाई पिउन पानी थिएन ।

  • गिन 20:17-21
    5 पदहरू
    73%

    17हामीलाई तपाईंको भूमिको बाटो भएर जान दिनुहोस् भनी म बिन्ती गर्दछु । हामी खेत वा दाखबारीतिर पस्दैनौँ, न त हामी तपाईंका ईनारहरूको पानी पिउँछौँ । हामीले तपाईंको देशको सिमाना नकाटेसम्म दायाँ वा बायाँ लाग्‍ने छैनौँ ।”

    18तर एदोमको राजाले तिनलाई जवाफ दिए, “तिमीहरू यो मुलुक भएर जान सक्दैनौ । तिमीहरू आयौ भने, म तरवार लिएर आक्रमण गर्न आउने छु ।”

    19अनि इस्राएलका मानिसहरूले तिनलाई भने, “हामी राजमर्ग भएर मात्र जाने छौँ । यदि हामी र हाम्रा गाईवस्तुहरूले पानी पिए भने हामी यसको मूल्य तिर्ने छौँ । कुनै कुरा नगरी हामीलाई पैदल जान मात्र दिनुहोस् ।”

    20तर एदोमका राजाले जवाफ दिए, “तिमीहरू जान सक्दैनौँ ।” यसैले एदोमको राजा ठुलो फौजसहित इस्राएलको विरुद्ध लड्न आए ।

    21एदोमका राजाले इस्राएललाई आफ्नो सिमाना भएर जान दिन इन्कार गरे । यसैले इस्राएल एदोमको भूमिबाट तर्किएर गए ।

  • 4तिनीहरूले तिनीहरूलाई र तिनीहरूका सहरलाई पूर्ण रूपमा नष्‍ट गरे । त्यस ठाउँको नाउँ होर्मा राखियो । तिनीहरूले एदोमको भूमिलाई फेरो मारेर नर्कटको समुद्रको बाटो हुँदै होर पर्वतबाट गए । बाटोमा मानिसहरू अति निरुत्साहित भए ।

  • 3तिनीहरूका शक्तिशाली मानिसहरूले आफ्‍ना नोकरहरूलाई पानीको लागि बाहिर पठाउँछन् । जब तिनीहरू कुवामा जान्‍छन् तब तिनीहरूले पानी पाउन सक्‍दैनन् । तिनीहरू असफल भएर फर्कन्छन् । तिनीहरू लज्‍जित र बेइजत आफ्ना शिर ढाक्छन् ।

  • 7त्यहाँबाट तिनीहरू गुदगुदासम्म हिँडे र गुदगुदाबाट खोलाहरू भएको योतबातामा आए ।

  • 1¶ तब हामी परमप्रभुले मलाई भन्‍नुभएझैँ नर्कटहरूको समुद्रको दिशातर्फ उजाड-स्थानमा यात्रा गर्‍यौँ । हामीले धेरै दिनसम्म सेइर पर्वतको फन्को मार्‍यौँ ।

  • 14तिनीहरू आलूशबाट हिँडे र रपीदीममा छाउनी हाले, जहाँ मानिसहरूलाई पिउनलाई पानी थिएन ।

  • 2तेस्रो वर्षमा यहूदाका राजा यहोशापात इस्राएलका राजाकहाँ गए ।

  • 29त्यसैले इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापात रामोत-गिलादमा गए ।

  • 5आहाबले ओबदियालाई भने, “देशको चारैतिर भएका खोलानाला र त्यसका मुहानहरूमा जाऊ । सायद हामीले घाँस पाउनेछौँ अनि घोडा र खच्चरहरूलाई जीवितै राख्न सक्छौँ । यसरी हामीले सबै पशु गुमाउने छैनौँ ।

  • 8त्यसैले हामी सेइरमा बस्‍ने एसावका सन्तानहरू अर्थात् हाम्रा दाजुभाइहरूका सिमानाहरू भएर गयौँ । यो ठाउँ एलात र एस्योन-गेबेर अनि अराबाट पर पर्छ । तब हामी फर्केर मोआबको उजाड-स्थानको बाटो लाग्यौँ ।

  • 9किनकि परमप्रभुले आफ्नो वचनद्वारा मलाई आज्ञा दिनुभएको छ, 'तैँले त्यहाँ रोटी नखानू, न त पानी पिउनू, न तँ आएको बाटो फर्केर जानू' ।”

  • 8दुई वा तिनवटा सहर पानी पिउनको निम्ति अर्को सहरतर्फ धर्मराउँदै हिंडे, तर तृप्‍त भएनन् । तापनि तिमीहरू मतर्फ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो ।

  • 22“हामीलाई तपाईंको मुलुक भएर जान दिनुहोस् । हामी खेत वा दाखबारी कतै पस्‍ने छैनौँ । हामी तपाईंका इनाहरूबाट पानी पिउने छैनौँ । हामी तपाईंको सिमाना पार नगरेसम्म राजमार्ग भएर मात्र यात्रा गर्छौं ।”

  • 28यसैले इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापात रामोत-गिलादको विरुद्धमा उक्‍लेर गए ।

  • 2होरेबदेखि सेइर पर्वतको बाटो भएर कादेश-बर्नेसम्म पुग्‍न एघार दिन लाग्छ ।

  • 33तिनीहरूको निम्ति विश्राम गर्ने ठाउँ पत्ता लगाउन परमप्रभुको करारको सन्दूक तिन दिनसम्म तिनीहरूको अघि-अघि लगियो ।

  • 17किनकि परमप्रभुको वचनद्वारा मलाई आज्ञा दिइएको छ, 'तैँले त्यहाँ रोटी नखानू, न पानी पिउनू, न तँ आएको बाटो फर्केर जानू' ।”

  • 21उहाँले तिनीहरूलाई मरुभूमिमा डोर्‍याउनुहुँदा तिनीहरूलाइ तिर्खा लागेन । उहाँले तिनीहरूको निम्ति चट्टानबाट पानी बगाउनुभयो । उहाँले चट्टानलाई चिरा पार्नुभयो र पानी बाहिर बगेर आयो ।

  • 32यस्‍तो भयो, जब रथहरूका फौज पतिले तिनी त इस्राएलका राजा होइन रहेछन्‌ भन्‍ने देखे, तिनलाई खेद्‍न छोडेर तिनीहरू फर्किए ।

  • 27परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई आज्ञा दिनुभएझैँ उहाँलाई बलिदान गर्न हामी तिन दिनको यात्रा गरी उजाड-स्थानमा जानैपर्छ ।”

  • 28उनले तिनीहरूलाई भने, “मेरो पछि लाग, किनकि परमप्रभुले तिमीहरूका शत्रु मोआबीहरूलाई परास्त गर्न लाग्‍नुभएको छ ।” तिनीहरू उनको पछि लागे र तिनीहरूले मोआबीहरूबाट यर्दनका जँघारहरू लिए, र तिनीहरूले कसैलाई पनि त्यो नदी तर्न दिएनन् ।

  • 9तब यहोराम आफ्‍ना फौज पतिहरू र सबै रथका साथमा एदोमतिर गए । तिनी उठेर एदोमीहरूसँग युद्ध गर्दा रात परेको थियो । एदोमीहरूले तिनी र तिनका रथका फौज पतिहरूलाई घेरेका थिए ।

  • 7तर देशमा पानी नपरेकोले केही समय बितेपछि खोला सुक्यो ।

  • 21त्यसपछि यहोराम आफ्ना सबै रथ लिएर जाईरमा गए । जब एदोमीहरूले यहोरामलाई घेरा हाले, तब तिनका रथ सेनापतिहरू उठे र तिनीहरूलाई रातमा आक्रमण गरे। तर यहोरामका सेना भागे र आ-आफ्ना घर फर्के ।

  • 33तिनी इस्राएलका राजा होइनन् रहेछ भनी जब रथहरूका सेनापतिहरूले देखे तिनीहरू तिनको पिछा गर्नबाट फर्के ।

  • 3इस्राएलका राजा आहाबले यहूदाका राजा यहोशापातलाई भने, “के तपाईं मसँगै रामोत-गिलादमा जानुहुनेछ?” यहोशापातले तिनलाई जवाफ दिए, “म तपाईंजस्‍तै हुँ, र मेरा मानिसहरू तपाईंका मानिसहरूजस्‍तै हुन्‌ । युद्धमा हामी तपाईंसँगै हुनेछौं ।”

  • 4हे परमप्रभु, जब तपाईं सेइरबाट बाहिर निस्कनुभयो, जब तपाईं एदोमबाट हिंड्नुभयो, तब पृथ्वी काँप्‍यो, र आकाश पनि थरथर डरायो । अनि बादलहरूले पानी झारे ।

  • 1¶ तब हामी फर्केर बाशानको बाटोतर्फ लाग्यौँ । बाशानका राजा ओग र तिनका मानिसहरू एद्रईमा हामीलाई आक्रमण गर्न आए ।

  • 19हामी होरेबबाट यात्रा गरी परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई आज्ञा गर्नुभएअनुसार तिमीहरूले देखेका विशाल र डरलाग्दो उजाड-स्थानबाट भएर एमोरीहरूको पहाडी देशतर्फ जाने बाटो लाग्यौँ अनि हामी कादेश-बर्ने आइपुग्यौँ ।