व्यवस्थाविवरण 10:7
त्यहाँबाट तिनीहरू गुदगुदासम्म हिँडे र गुदगुदाबाट खोलाहरू भएको योतबातामा आए ।
त्यहाँबाट तिनीहरू गुदगुदासम्म हिँडे र गुदगुदाबाट खोलाहरू भएको योतबातामा आए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
33तिनीहरू होर-हगिदगादबाट हिँडे र योतबातामा छाउनी हाले ।
34तिनीहरू योतबाताबाट हिँडे र अब्रोनामा छाउनी हाले ।
10त्यसपछि मानिसहरूले यात्रा गरे र ओबोतमा छाउनी लगाए ।
11तिनीहरू ओबोतबाट गए र मोआबको पूर्वतिर पर्ने इये-अबारीमको मरुभूमिमा छाउनी लगाए ।
12तिनीहरू त्यहाँबाट यात्रा गरे र जेरेदको बेँसीमा छाउनी लगाए ।
13तिनीहरूले त्यहाँबाट यात्रा गरे र अर्नोन खोलाको पारिपट्टि छाउनी लगाए, जुन मरुभूमिमा छ र एमोरीहरूको सिमानसम्म नै फैलिएको छ । अर्नोन खोलाले मोआब र एमोरीहरूबिच सिमानाको काम गर्छ ।
14त्यसैले परमप्रभुको युद्धको पुस्तकमा यस्तो लेखिएको छ, “सूपाको वाहेब र अर्ननोनका बेँसीहरू,
15बेँसीका ओह्रालाहरू, जो आरको सहरतिर लाग्छन् र मोआबको सिमानसम्म पुग्छन् ।”
16तिनीहरूले त्यहाँबाट बेओरसम्म यात्रा गरे । त्यो इनारमा परमप्रभुले मोशालाई भन्नुभयो, “मानिसहरूलाई भेला गर् र म तिनीहरूलाई पानी दिन्छु ।”
1¶ परमप्रभुको निर्देशन मानी इस्राएलीहरूको सारा समुदाय सीनको उजाड-स्थानबाट यात्रा गरे । तिनीहरूले रपीदीममा छाउनी हाले, तर त्यहाँ मानिसहरूलाई पिउन पानी थिएन ।
7त्यसपछि यो यानोहबाट अतारोतिर तल झर्यो, र यरीहो पुगेर यर्दनमा अन्त भयो ।
6(इस्राएलीहरू बिरोथ-बने-याकानबाट हिँडेर मोसेरामा आए । त्यहाँ हारून मरे, र त्यहीँ गाडिए । तिनको ठाउँमा तिनका छोरा एलाजारले पुजारीको पद सम्हाले ।
7आफ्नो यात्रा सुरु गरी एमोरीहरूको पहाडी देश र त्यसका छेउछाउका सबै ठाउँ अर्थात् यर्दन नदीको बेँसीको मैदान, पहाडी देश, तराई, नेगेव र समुद्रीतटमा कनानीहरूको देश र लेबनान र महानदी यूफ्रेटिससम्म जाओ ।
7किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई बेसीँ र पर्वतहरू हुँदै खोलानाला र मुल भएको असल देशमा ल्याउँदै हुनुहुन्छ ।
44तिनीहरू ओबोतबाट हिँडे र मोआबको सिमानामा पर्ने इयेअबारीममा छाउनी हाले ।
47तिनीहरू अल्मोन-दिब्लातैमबाट हिँडे र नेबोको अगिल्तिर अबारीम पर्वतमा छाउनी हाले ।
48तिनीहरू अबारीमबाट हिँडे र यरीहोमा यर्दन नजिकैको मोआबको मैदानमा छाउनी हाले ।
49तिनीहरूले यर्दनको किनारमा मोआबको मैदानमा बेथ-यशीमोतदेखि हाबिल-शित्तिमसम्मै छाउनी हाले ।
28इस्राएलका मानिसहरूका फौजले यसरी आफ्नो यात्रा सुरु गर्यो । मोशाले मिद्यानी रूएलका छोरा होबाबसँग कुरा गरे ।
9त्यसैले यहूदाका राजा र एदोमका राजासँगै इस्राएलका राजा गए । तिनीहरू सात दिनसम्म यताउता भौंतारिए, अनि त्यहाँ सेनाका निम्ति र तिनीहरूलाई पछ्याउने पशुहरूका निम्ति पानी भएन ।
18त्यसपछि तिनीहरू उजाड-स्थानबाट गए र एदोम र मोआबको देशबाट टाढा गए, र तिनीहरू मोआब देशको पूर्वी ठाउँ हुँदै हिंडे र तिनीहरूले अर्नोनको अर्कोपट्टि छाउनी हाले । तर तिनीहरू मोआबको सिमानाभित्र गएनन्, किनकि अर्नोनचाहिं मोआबको सिमानामा थियो ।
14तिनीहरू आलूशबाट हिँडे र रपीदीममा छाउनी हाले, जहाँ मानिसहरूलाई पिउनलाई पानी थिएन ।
16माथिबाट तलतिर बग्दै गरेको पानी एक थुप्रो भई रोकियो ।
17पानी निकै माथिदेखि नै बग्न छोड्यो । पानी सार्तान नजिकैको आदम नाम गरेको सहरबाट नेगेवको समुद्र अर्थात् मृत सागरसम्म नै बग्न छोड्यो । मानिसहरू यरीहो नजिकै पारि तरे । इस्राएलका मानिसहरूले सुक्खा भूमिमा पार नगरेसम्म परमप्रभुको करारको सन्दुक बोक्ने पुजारीहरू यर्दन नदीको बिचमा सुक्खा जमिनमा उभिए ।
1¶ योसेफको कुलको भू-भागको अंश यरीहोमा यर्दनबाट यरीहोको पानीका मुहानहरूको पूर्वतिर, मरुभूमितिर, बेथेलको पहाडी देश हुँदै यरीहोबाट माथि जान्छ ।
9अरोएरदेखि (घाँटीको माझमा भएको सहरलगायत), दीबोनसम्मका मेदबाको टार;
1¶ इस्राएलका मानिसहरूले यर्दन नदीको पारिपट्टि यरीहो नजिक मोआबको मैदानमा छाउनी नलगाएसम्म यात्रा गरे ।
1¶ मोशा र हारूनको नेतृत्वमा इस्राएलका मानिसहरूले तिनीहरूका हातहतियारसहितका समूहले मिश्रको भूमि छोडेपछि तिनीहरूको यात्रा विवरण यही हो ।
33यर्दन नदीको पूर्वतिर भएको गिलाद, गादी, रूबेनी र मनश्शे सबै क्षेत्र, अर्नोन उपत्यकाको ओएरदेखि गिलाद र बाशानसम्मै कब्जा गरे ।
13यो ठाउँलाई मेरीबाको पानी भनियो, किनभने इस्राएलका मानिसहरूले त्यहाँ परमप्रभुसँग झगडा गरेका थिए, र उहाँले आफैलाई पवित्र जनको रूपमा प्रकट गर्नुभएको थियो ।
16तर तिनीहरू मिश्रदेशबाट आए, र इस्राएल उजाड-स्थान हुँदै लाल समुद्रमा र कादेशमा गए ।
33तिनीहरूको निम्ति विश्राम गर्ने ठाउँ पत्ता लगाउन परमप्रभुको करारको सन्दूक तिन दिनसम्म तिनीहरूको अघि-अघि लगियो ।
13'अब उठेर जेरेद खोला पारि जाओ ।' त्यसैले हामी जेरेद खोला पारि गयौँ ।
3सीहोनका राजाले अराबादेखि किन्नरेतको समुद्रसम्म, पूर्वतिर अराबाको समुद्रसम्म (मृत सागर), बेथ-यशीमोनतिर सबैतिर र पिसगाको ओरालोका पहाडहरूसम्म शासन गर्थे ।
17यसको अर्को सिमाना किन्नरेतदेखि पिसगा टापुको पूर्वपट्टि रहेको भीरमुनि अराबा समुद्र (अर्थात् खारा समुद्र) सम्म अर्थात् यर्दन नदीको बेँसीको मैदान थियो ।
13बादल पारानको मरुभूमिमा रोकियो । मोशाद्वारा दिइएको परमप्रभुको आज्ञा पालन गरेर तिनीहरूले पहिलो यात्रा गरे । यहूदाका सन्तानहरूका झन्डामुनिका छाउनीले आ-आफ्ना फौज लिएर पहिलो लश्करमा हिँडे ।
5तिनीहरू यर्दन नदी तरे र बेसीमा सहरको दक्षिणतिर अरोएरनेर छाउनी हाले । अनि तिनीहरू गाददेख याजेरसम्म हिंडे ।
21उहाँले तिनीहरूलाई मरुभूमिमा डोर्याउनुहुँदा तिनीहरूलाइ तिर्खा लागेन । उहाँले तिनीहरूको निम्ति चट्टानबाट पानी बगाउनुभयो । उहाँले चट्टानलाई चिरा पार्नुभयो र पानी बाहिर बगेर आयो ।
20इस्राएलीहरू सुक्कोतबाट यात्रा गरी उजाड-स्थानको नजिकै एथाममा आइपुगे र त्यहाँ तिनीहरूले पाल टाँगे ।
2होरेबदेखि सेइर पर्वतको बाटो भएर कादेश-बर्नेसम्म पुग्न एघार दिन लाग्छ ।
7त्यसपछि सिमाना आकोरको बेँसीबाट दबीरतिर माथि लाग्यो, र यस्तै उत्तरतिर, गिलगालतिर मोडिएर, जुन अदुममीमको डाँडाको सामुन्ने छ, जुन बेँसीको दक्षिणपट्टि छ । त्यो सिमाना एम-शेमेशको पानीका मूलहरू हुँदै एन-रिगेलतिर गयो ।
22तब मोशाले इस्राएललाई लाल समुद्रबाट अगाडि लगे । तिनीहरू शूरको उजाड-स्थानमा लागे । तिन दिनसम्म तिनीहरूले उजाड-स्थानमा यात्रा गरे र पानी पाएनन्
1¶ यहोशू बिहान सबेरै उठे र तिनीहरू शित्तीमबाट हिँडे । तिनीहरू यर्दनमा आए अनि, तिनी र इस्राएलका सबै मानिसले पारि जानअगि त्यहीँ नै छाउनी हाले ।
9तिनीहरू माराबाट हिँडे र एलीममा आइपुगे । एलीममा बाह्रवटा पानीका मूल र सत्तरीवटा खजूरका रुख थिए । तिनीहरूले त्यहीँ नै छाउनी हाले ।
6म होरेब पर्वतमा चट्टानमा तेरो सामु खडा हुनेछु, र तैँले चट्टानलाई हिर्का । मानिसहरूलाई पिउन चट्टानबाट पानी निस्केर आउनेछ ।” तब मोशाले इस्राएलका धर्म-गुरुहरूको दृष्टिमा त्यसै गरे ।
26हेश्बोनदेखि रामतमस्पा र बेतोनीमसम्म, महनोमदेखि दबीरको क्षेत्रसम्म ।
14त्यसैले जब मानिसहरू यर्दन पारि जानलाई हिँडे, पुजारीहरूले करारको सन्दुकलाई बोकेर मानिसहरूको अगिअगि गए ।