२ राजा 25:7

अनलक शाब्दिक बाइबल

तिनीहरूले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामु मारे । तब तिनका आँखा तिनले निकाले, तिनलाई काँसाका साङ्लाहरूले बाँधे र तिनलाई बेबिलोनमा ल्याए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 39:6-7 : 6 रिब्लामा बेबिलोनका राजाले सिदकियाहका आँखाकै सामु तिनका छोराहरूलाई मारे । तिनले यहूदाका सबै कुलीनहरूलाई पनि मारे । 7 तब तिनले सिदकियाहका आँखा निकाले, र तिनलाई बेबिलोनमा लान काँसाको साङ्लाले बाँधे ।
  • यिर्मि 32:4-5 : 4 यहूदाका राजा सिदकियाह कल्दीहरूको हातबाट उम्कनेछैन, किनकि निश्‍चय नै ऊ बेबिलोनका राजाको हातमा दिइनेछ । उसले राजसित आमनेसामने कुरा गर्नेछ, र उसका आँखाले राजाका आँखालाई हेर्नेछन् । 5 त्यसले सिदकियाहलाई बेबिलोनमा लानेछ, र मैले त्यससित व्यवहार नगरेसम्म ऊ त्यहीँ रहनेछ, यो यो परमप्रभुको घोषणा हो । तैंले कल्दीहरूको विरुद्धमा लडाइँ गरे तापनि तँ सफल हुनेछैनस्' ।”
  • यिर्मि 34:3 : 3 तँ उसको हातबाट उम्कनेछैनस्, किनकि तँ निश्‍चय नै समातिनेछस् र उसको हातमा दिइनेछ । तेरा आँखाले बेबिलोनका राजाको आँखालाई हेर्नेछन् । तँ बेबिलोनमा जाँदा उसले तँसित सिधै कुरा गर्नेछ ।'
  • यिर्मि 52:10-11 : 10 बेबिलोनका राजाले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामु मारे, र रिब्लामा तिनले यहूदाका सबै अगुवालाई पनि मारे । 11 तब तिनले सिदकियाहका आँखा निकाले, तिनलाई काँसाका साङ्लाहरूले बाँधे र बेबिलोनमा ल्याए । तिनको मृत्यु नभएसम्म नै बेबिलोनका राजाले तिनलाई झ्यालखानामा राखे ।
  • यहे 7:27 : 27 राजाले शोक गर्नेछन् र शासकले निराशको पोशाक पहिरिनेछ, जबकि देशका मानिसहरूका हात त्रासले काँप्‍नेछन्‌ । तिनीहरूका आफ्‍नै चालअनुसार तिनीहरूलाई म यसो गर्नेछु । म नै परमप्रभु हुँ भनी तिनीहरूले नजानेसम्म तिनीहरूकै मानकअनुसार म तिनीहरूको न्‍याय गर्नेछु ।
  • यहे 12:13-16 : 13 म आफ्‍नो जाल त्‍यसमाथि फिंजाउनेछु, र त्‍यो मेरो पासोमा पर्नेछ । तब म त्‍यसलाई कल्‍दीहरूको देश बेबिलोनियामा लानेछु, तर त्‍यसले त्‍यो देख्‍नेछैन । त्‍यो त्‍यहीं मर्नेछ । 14 त्‍यसका वरिपरि हुनेहरू जसले त्‍यसलाई मदत गर्छन् र त्‍यसका सम्‍पूर्ण फौजलाई म तितरबितर पार्नेछु, र तिनीहरूको पछि म तरवार पठाउनेछु । 15 जब जातिहरूका बिचमा तिनीहरूलाई म छरपष्‍ट पार्नेछु र देश-देशमा तिनीहरूलाई तितरबितर पार्नेछु, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्‌ । 16 तर म तिनीहरूमध्‍येका थोरैलाई तरवार, अनिकाल र रूढीबाट जोगाउनेछु, ताकि जहाँ तिनीहरू जानेछन्, त्‍यहाँका जातिहरूका बिचमा आफ्‍ना घिनलाग्‍दा व्‍यवहारहरूका लेखा तिनीहरूले राख्‍नेछन्, यसरी म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्‌ ।”
  • यहे 17:16-20 : 16 जस्‍तो म जीवित छु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— उसलाई राजा बनाउने राजाको देशमा नै ऊ मर्नेछ, जुन राजाको शपथलाई उसले तुच्‍छ ठान्‍यो र जसको करारलाई उसले भङ्ग गर्‍यो । बेबिलोनको बिचमा ऊ मर्नेछ । 17 फारोले आफ्ना शक्तिशाली फौज र ठुलो दलको साथमा लडाइँमा उसलाई सहायता गर्नेछैन । त्‍यति बेला धेरै जना मानिसलाई नाश गर्न ठुला घेरा-मचान तयार गरिन्‍छन्‌ र घेरा हाल्‍नलाई पर्खालहरू बनाइन्‍छन्‌ । 18 किनकि त्‍यो राजाले करार भङ्ग गरेर उसको शपथलाई अपमान गर्‍यो । हेर, उसले प्रतिज्ञा गर्नको निम्ति आफ्‍नो हात पसार्‍यो तापनि उसले यी कामहरू गर्‍यो । ऊ उम्कनेछैन । 19 यसैकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः जस्‍तो म जीवित छु, मेरो शपथलाई उसले अपमान गरेको र मेरो करारलाई उसले भङ्ग गरेको होइन र? त्यसैले उसको दण्ड म उसकै शिरमा खन्‍याइदिनेछु । 20 म आफ्‍नो जाल त्‍यसमाथि फिंजाउनेछु र मेरो शिकारी जालमा ऊ पर्नेछ । तब म उसलाई बेबिलोनमा लानेछु, र उसले मलाई धोका दिंदा उसले मप्रति गरेको विद्रोहको निम्‍ति म उसको न्‍याय गर्नेछु ।
  • उत्प 21:16 : 16 त्यसपछि तिनी त्यस बालकबाट केही दुरी (करिब एउटा काँडले पार गर्ने दुरी) मा गएर बसिन् र भनिन्, “मैले यस बालकको मृत्यु हेर्न नपरोस् ।” त्यस बालकबाट केही दुरीमा बसेर तिनले आफ्नो सोर उचालिन् र रोइन् ।
  • उत्प 44:34 : 34 किनकि ठिटालाई नलिईकन म कसरी मेरा पिताकहाँ जान सक्छु र? मेरा पितामाथि आइपर्ने खराबी हेर्नदेखि म डराएको छु ।”
  • व्यव 28:34 : 34 यसरी तिमीहरू तिमीहरूले देख्‍नु परेको दृश्यद्वारा बौलाहा हुने छौ ।
  • न्या 16:21 : 21 पलिश्तीहरूले तिनलाई समाते र तिनका आँखा निकालिदिए । उनीहरूले तिनलाई गाजामा ल्याएर काँसाका साङ्लाले बाँधे । तिनी झ्यालखानामा जाँतो पिंध्‍न थाले ।
  • २ इति 33:11 : 11 यसैले परमप्रभुले तिनीहरूका विरुद्धमा अश्शूरका राजाका फौजका कमाण्‍डरहरू ल्याउनुभयो, जसले मनश्शेलाई साङ्लाले बाँधे, हतकडीहरू लगाए र तिनलाई बेबिलोनमा लिएर गए ।
  • २ इति 36:6 : 6 त्यसपछि बेबिलोनका राजा नबूकदनेसरले तिनलाई आक्रमण गरे र तिनलाई बेबिलोनमा लानलाई तिनलाई साङ्लाले बाँधे ।
  • भजन 107:10-11 : 10 कोही अँध्यारो र दुःखमा, कैदीहरू कष्‍ट र साङ्लाहरूमा बसे । 11 तिनीहरूले परमेश्‍वरको वचन विरुद्धमा विद्रोह गरेको र सर्वोच्‍चको सल्‍लाहलाई इन्कार गरेको हुनाले यसो भएको थियो ।
  • भजन 149:8 : 8 तिनीहरूले आफ्‍ना राजाहरूलाई साङ्लाहरूले र आफ्‍ना शासक वर्गलाई फलामे सिक्रीले बाँध्‍नेछन् ।
  • यिर्मि 22:30 : 30 परमप्रभु यसो भन्‍नुहुन्छ, 'यो मानिस यहोयाकीनको बारेमा लेखः ऊ सन्तानहीन हुनेछ । उसको आफ्नो जीवनकालमा उसले उन्‍नति गर्नेछैन, र उसका सन्तानहरूमध्ये कसैले पनि सफलता हासिले गर्नेछैनन्, वा फेरि कहिल्यै दाऊदको सिंहासनमा बस्‍नेछन् र यहूदामाथि राज्‍य गर्नेछन् ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यिर्मि 39:5-8
    4 पदहरू
    91%

    5तर कल्दीहरूका सेनाले तिनीहरूलाई खेदे, र यरीहो नजिकै यर्दन नदीको बेँसीको मैदानमा सिदकियाहलाई भेट्टाए । तिनीहरूलाई तिनलाई पक्रे र हमात देशको रिब्ला भन्‍ने ठाउँमा बेबिलोनका राजा नबूकदनेसरकहाँ ल्याए, जहाँ नबूकदनेसरले तिनलाई दण्डाज्ञा दिए ।

    6रिब्लामा बेबिलोनका राजाले सिदकियाहका आँखाकै सामु तिनका छोराहरूलाई मारे । तिनले यहूदाका सबै कुलीनहरूलाई पनि मारे ।

    7तब तिनले सिदकियाहका आँखा निकाले, र तिनलाई बेबिलोनमा लान काँसाको साङ्लाले बाँधे ।

    8अनि कल्दीहरूले राजदरबार र मानिसका घरहरू जलाए । तिनीहरूले यरूशलेमका पर्खालहरू पनि भत्काए ।

  • 89%

    8तर कल्दीहरूका सेनाले राजा सिदकियाहलाई खेदे, र यरीहो नजिकैको यर्दन नदीका मैदानहरूमा भेट्टाए । तिनका सबै सेना तिनीबाट तितर-बितर भए ।

    9तिनीहरूले राजालाई समाते र हमात देशको रिब्लामा बेबिलोनका राजाकहाँ तिनलाई ल्याए जहाँ राजाले तिनलाई दण्डको फैसला सुनाए ।

    10बेबिलोनका राजाले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामु मारे, र रिब्लामा तिनले यहूदाका सबै अगुवालाई पनि मारे ।

    11तब तिनले सिदकियाहका आँखा निकाले, तिनलाई काँसाका साङ्लाहरूले बाँधे र बेबिलोनमा ल्याए । तिनको मृत्यु नभएसम्म नै बेबिलोनका राजाले तिनलाई झ्यालखानामा राखे ।

    12अब बेबिलोनका राजा नबूकदनेसरको राज्‍य सुरु गरेको उन्‍नाइसौं वर्षको पाँचौं महिनाको दसौं दिनमा नबूजरदान यरूशलेममा आए । तिनी राजाका अङ्गरक्षकहरूका कमान्‍डर अनि बेबिलोनका राजाका सेवक थिए ।

  • २ राजा 25:5-6
    2 पदहरू
    86%

    5तर कल्दीहरूका सेनाले सिदकियाह राजालाई खेदे, र यरीहो नजिकैको यर्दन नदीका मैदानहरूमा तिनलाई भेट्टाए । तिनका सबै सेना तिनीबाट तितर-बितर भए ।

    6तिनीहरूले राजालाई गिरफ्‍तार गरे र तिनलाई रिब्लामा बेबिलोनका राजाकहाँ ल्याए, जहाँ तिनीहरूले तिनलाई फैसला सुनाए ।

  • 8अब बेबिलोनका राजा नबूकदनेसरको शासनकालको उन्‍नाइसौँ वर्षको पाँचौँ महिनाको सातौँ दिनमा बेबिलोनका राजाका सेवक अनि अङ्गरक्षकहरूका सेनापति नबूजरदान यरूशलेममा आए ।

  • 77%

    26तब अङ्गरक्षकहरूका कमान्‍डर नबूजरदानले तिनीहरूलाई रिब्लामा बेबिलोनका राजाकहाँ लगे ।

    27बेबिलोनका राजाले हमात देशको रिब्लामा तिनीहरूलाई मारे । यसरी यहूदा आफ्नो देशबाट निर्वासनमा लगियो ।

  • २ इति 36:6-7
    2 पदहरू
    76%

    6त्यसपछि बेबिलोनका राजा नबूकदनेसरले तिनलाई आक्रमण गरे र तिनलाई बेबिलोनमा लानलाई तिनलाई साङ्लाले बाँधे ।

    7नबूकदनेसरले परमप्रभुको मन्दिरका केही सामानहरू पनि बेबिलोनमा लगे र तिनले ती बेबिलोनको आफ्नै दरबारमा राखे ।

  • २ राजा 25:20-21
    2 पदहरू
    76%

    20तब अङ्गरक्षकका सेनापति नबूजरदानले तिनीहरूलाई लगे र रिब्लामा बेबिलोनका राजाकहाँ ल्‍याए ।

    21बेबिलोनका राजाले हमात देशको रिब्लामा तिनीहरूलाई मारे । यसरी यहूदा आफ्नो देशबाट निर्वासनमा लगियो ।

  • 10बसन्त ऋतुमा राजा नबूकदनेसरले मानिसहरू पठाएर परमप्रभुको मन्दिरका मूल्यवान सामानहरूको साथमा तिनलाई बेबिलोनमा ल्याए, र तिनका आफन्त सिदकियाहलाई यहूदा र यरूशलेममाथि राजा तुल्याए ।

  • यिर्मि 32:3-5
    3 पदहरू
    75%

    3यहूदाका राजा सिदकियाहले तिनलाई थुनामा राखे र भने, “तिमी किन यसो भन्दै अगमवाणी बोल्छौ, 'परमप्रभु यसो भन्‍नुहुन्छः मैले यस सहरलाई बेबिलोनका राजाको हातमा दिनै लागेको छु, र उसले यसलाई कब्जा गर्नेछ ।

    4यहूदाका राजा सिदकियाह कल्दीहरूको हातबाट उम्कनेछैन, किनकि निश्‍चय नै ऊ बेबिलोनका राजाको हातमा दिइनेछ । उसले राजसित आमनेसामने कुरा गर्नेछ, र उसका आँखाले राजाका आँखालाई हेर्नेछन् ।

    5त्यसले सिदकियाहलाई बेबिलोनमा लानेछ, र मैले त्यससित व्यवहार नगरेसम्म ऊ त्यहीँ रहनेछ, यो यो परमप्रभुको घोषणा हो । तैंले कल्दीहरूको विरुद्धमा लडाइँ गरे तापनि तँ सफल हुनेछैनस्' ।”

  • 7यो परमप्रभुको घोषणा हो, यसपछि यहूदाका राजा सिदकियाह, त्यसका सेवकहरू, मानिसहरू अनि रुढी, तरवार र अनिकालको प्रहारद्वारा पछि यस सहरमा बाँकी रहेकाहरू सबैलाई बेबिलोनका राजा नबूकदनेसर, र तिनीहरूको जीवन लिन खोज्ने तिनीहरूका शत्रुहरूको हातमा म दिनेछु । त्‍यसपछि उसले तिनीहरूलाई तरवारले मार्नेछ । उसले तिनीहरूलाई दया देखाउने, छोडिदिने वा कृपा गर्नेछैन ।'

  • 3परमप्रभुले आफ्नो सामुबाट तिनीहरूलाई नधपाउनुभएसम्म उहाँको क्रोधद्वारा यी सबै घटना यरूशलेम र यहूदामा घटे । तब सिदकियाह बेबिलोनको विरुद्धमा विद्रोह गरे ।

  • २ राजा 24:10-12
    3 पदहरू
    75%

    10त्यस बेला बेबिलोनका राजा नबूकदनेसरका सेनाले यरूशलेमलाई आक्रमण गर्‍यो र सहरलाई घेरा हाल्‍यो ।

    11बेबिलोनका राजा नबूकदनेसरका सिपाहीहरूले सहरलाई घेरा हालेकै समयमा तिनी सहरमा आए,

    12र यहूदाका राजा यहोयाकीन, तिनकी आमा, तिनका सेवकहरू, राजकुमारहरू र तिनका अधिकारीहरू बेबिलोनका राजाकहाँ गए । बेबिलोनका राजाले आफ्नो शासनकालको आठौँ वर्षमा तिनलाई समाते ।

  • 20परमप्रभुले तिनीहरूलाई आफ्नो उपस्थितिबाट नहटाउनुभएसम्म उहाँको क्रोधद्वारा यी सबै घटना यरूशलेम र यहूदामा आइपरे । त्यसपछि सिदकियाहले बेबिलोनका राजाको विरुद्धमा विद्रोह गरे ।

  • 21म यहूदाका राजा सिदकियाह र त्यसका अगुवाहरूलाई तिनीहरूका शत्रुहरूका हातमा, र तिनीहरूको ज्यान लिन खोज्नेहरूका हातमा र तिमीहरूका विरुद्धमा खडा भएका बेबिलोनका राजाका सेनाको हातमा दिनेछु ।

  • २ राजा 25:1-2
    2 पदहरू
    73%

    1¶ राजा सिदकियाहको शासनकालको नवौँ वर्षको दसौँ महिनाको दसौँ दिनमा बेबिलोनका राजा नबूकदनेसर आफ्ना सबै सेना लिएर यरूशलेमको विरुद्धमा आए । तिनले यसको सामु छाउनी हाले र तिनीहरूले यसको चारैतिर घेरा हाले ।

    2त्यसैले राजा सिदकियाहको शासनकालको एघारौँ वर्षसम्म सहरलाई घेरा हालियो ।

  • 1¶ यहूदाका राजाको नवौँ वर्षको दसौँ महिनामा बेबिलोनका राजा नबूकदनेसर यरूशलेमका विरुद्धमा आफ्ना सबै सेना लिएर आए, र यसलाई घेराबन्दी गरे ।

  • 73%

    21'कोलायाहका छोरा आहाब र मासेयाहका छोरा सिदकियाह, जसले मेरो नाउँमा तिमीहरूलाई झूटा अगमवाणी बोल्‍छन्, हेर्, तिनीहरूको विषयमा सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः मैले तिनीहरूलाई बेबिलोनका राजा नबूकदनेसरको हातमा दिनै लागेको छु । उसले तिनीहरूलाई तिमीहरूकै आँखाको सामु मार्नेछ ।

    22त्‍यसपछि बेबिलोनमा भएका यहूदाका सबै निर्वासितद्वारा यी व्यक्तिहरूको बारेमा सरापको वचन बोलिनेछ । सराप यस्‍तो हुनेछ, 'परमप्रभुले तिमीहरूलाई सिदकियाह र आहाबजस्तै बनाऊन्, जसलाई बेबिलोनका राजाले आगोमा पोलेका थिए ।

  • 23किनकि तपाईंका सबै पत्‍नी र छोराछोरी कल्दीहरूकहाँ लगिनेछन्, र तपाईं आफै पनि तिनीहरूको हातबाट उम्कनुहुनेछैन । तपाईं बेबिलोनका राजाको हातबाट पक्राउ पर्नुहुनेछ, र यो सहरलाई जलाइनेछ ।”

  • यिर्मि 34:2-3
    2 पदहरू
    73%

    2“परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः जा र यहूदाका राजा सिदकियाहसँग बोल र यसो भन्, 'परमप्रभु यसो भन्‍नुहुन्छः हेर्, मैले यो सहरलाई बेबिलोनका राजाको हातमा दिनै लागेको छु । उसले यसलाई जलाउनेछ ।

    3तँ उसको हातबाट उम्कनेछैनस्, किनकि तँ निश्‍चय नै समातिनेछस् र उसको हातमा दिइनेछ । तेरा आँखाले बेबिलोनका राजाको आँखालाई हेर्नेछन् । तँ बेबिलोनमा जाँदा उसले तँसित सिधै कुरा गर्नेछ ।'

  • २ राजा 24:15-17
    3 पदहरू
    73%

    15नबूकदनेसरले यहोयाकीन, राजाकी आमा, राजाका पत्‍नीहरू, अधिकारीहरू र देशका मुख्य-मुख्य मानिसहरूलाई बेबिलोनमा कैद गरेर लगे । तिनले यरूशलेमदेखि बेबिलोनमा तिनीहरूलाई कैद गरेर लगे ।

    16लडाइँको निम्ति सुयोग्य सबै सात हजार योद्धा र एक हजार कारीगार र सुनार, युद्धको निम्‍ति सुयोग्‍य सबै मानिसहरू— बेबिलोनका राजाले तिनीहरूलाई बेबिलोनमा कैद गरेर लगे ।

    17बेबिलोनका राजाले यहोयाकीनका काका मत्तन्याहलाई तिनको ठाउँमा राजा बनाए, र तिनकको नाउँ बद्लेर सिदकियाह राखे ।

  • 12“विद्रोही घरानालाई भन्, 'यी कुराको अर्थ के हुन्‍छ भनी तिमीहरू जान्‍दैनौ? बेबिलोनको राजा यरूशलेममा आयो, र त्‍यसका राजा र शासकहरूलाई लियो र तिनीहरूलाई आफूसँग बेबिलोनमा लग्‍यो ।

  • 25किनकि मैले तँलाई तेरो ज्यान लिन खोज्नेहरूको हातमा र जससँग तँ डराउँछस् तिनीहरूकै हातमा, बेबिलोनका राजा नबूकदनेसर र कल्दीहरूको हातमा सुम्पिदिएको छु ।

  • 6तब यर्मिया अगमवक्ताले यरूशलेममा यी सबै वचन यहूदाका राजा सिदकियाहलाई घोषणा गरे ।

  • 1¶ यहोयाकीमका छोरा यहोयाकीनको सट्टामा योशियाहका छोरा सिदकियाहले राजा भएर राज्‍य गरे । बेबिलोनका राजा नबूकदनेसरले सिदकियाहलाई यहूदा देशका राजा बनाएका थिए ।

  • 7तँबाट जन्मिएका छोराहरू, जसका बाबु तँ आफैं होस्, तिनीहरूले नै ती लानेछन् र बेबिलोनका राजाको दरबारमा तिनीहरू नपुङ्सकहरू बन्‍नेछन् ।’”

  • 20अर्थात् बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीनका साथमा यहूदा र यरूशलेका सबै कुलीनहरूलाई यरूशलेमबाट कैद गरेर बेबिलोनमा लैजाँदा तिनले नलगेका समानहरू ।

  • 9अङ्‌कुसेले समातेर तिनीहरूले त्‍यसलाई एउटा खोरमा हाले, र तिनीहरूले त्‍यसलाई बेबिलोनको राजाकहाँ लगे । तिनीहरूले त्‍यसलाई किल्लाहरूमा ल्याए ताकि इस्राएलका डाँडाहरूमा त्‍यसको आवाज फेरि कहिल्‍यै सुनिनेछैन ।

  • 17यसैले परमेश्‍वरले तिनीहरूका विरुद्धमा कल्दीका राजालाई ल्याउनुभयो, जसले पवित्रस्थानभित्रै तिनीहरूका जवान मानिसहरूलाई तरवारले मारे, र जवान मानिसहरू, कन्‍याहरू, वृद्धहरू वा कपाल सेतै फुलेकाहरू कसैलाई पनि तिनले छोडेनन् । परमेश्‍वरले ती सबैलाई तिनको हातमा सुम्पिदिनुभयो ।

  • 4किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर्, म तँ र तेरा सबै प्रियलाई त्रासको वस्‍तु बनाउनेछु, किनकि तिनीहरू आफ्‍ना शत्रुहरूका तरवारले ढालिनेछन्, र तेरै आँखाले यो देख्‍नेछस् । सारा यहूदालाई बेबिलोनका राजाको हातमा म दिनेछु । त्यसले तिनीहरूलाई बेबिलोनमा कैद गरेर लानेछ वा तरवारले आक्रमण गर्नेछ ।

  • 15परमप्रभुले यहूदा र यरूशलेमलाई नबूकदनेसरको हातबाट निर्वासनमा लैजाँदा यहोसादाक पनि कैदमा लगिए ।