यिर्मिया 34:21

अनलक शाब्दिक बाइबल

म यहूदाका राजा सिदकियाह र त्यसका अगुवाहरूलाई तिनीहरूका शत्रुहरूका हातमा, र तिनीहरूको ज्यान लिन खोज्नेहरूका हातमा र तिमीहरूका विरुद्धमा खडा भएका बेबिलोनका राजाका सेनाको हातमा दिनेछु ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 39:6 : 6 रिब्लामा बेबिलोनका राजाले सिदकियाहका आँखाकै सामु तिनका छोराहरूलाई मारे । तिनले यहूदाका सबै कुलीनहरूलाई पनि मारे ।
  • यिर्मि 52:24-27 : 24 अङ्गरक्षकहरूका कमान्‍डरले मुख्य पुजारी बन्दी सरायाह, दोस्रो दर्जाका पुजारी सपन्याह र तिन जना द्वारपाललाई लिएर गए । 25 तिनले सिपाहीहरूको जिम्मामा भएका अधिकारी, सहरमा अझै बाँकी रहेका राजाका सात जना सल्लाहकारलाई सहरबाट कैद गरेर लगे । तिनले देशका मानिसहरूलाई सेनाम भर्ती गर्ने मुख्य अधिकारी र देशमा भएका अन्य साठी जना विशिष्‍ट मानिसलाई पनि कैद गरेर लगे । 26 तब अङ्गरक्षकहरूका कमान्‍डर नबूजरदानले तिनीहरूलाई रिब्लामा बेबिलोनका राजाकहाँ लगे । 27 बेबिलोनका राजाले हमात देशको रिब्लामा तिनीहरूलाई मारे । यसरी यहूदा आफ्नो देशबाट निर्वासनमा लगियो ।
  • यिर्मि 37:5-9 : 5 फारोको सेना मिश्रदेशबाट आयो, र यरूशलेमलाई घेराबन्दी गर्ने कल्दीहरूले तिनीहरूका बारेमा खबर सुने र यरूशलेम छाडे । 6 तब परमप्रभुको वचन यर्मिया अगमवक्ताकहाँ यसो भनेर आयो, 7 “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः यहूदाका राजाले मबाट सल्लाह लिन तँकहाँ मानिसहरू पठाएको हुनाले तैंले उसलाई यसो भन्‍नेछस्, 'हेर्नुहोस्, तपाईंलाई मदत गर्न आएको फारोको सेना आफ्नै देश, मिश्रदेशमा फर्केर जानै लागेको छ । 8 कल्दीहरू फर्केर आउनेछन् । तिनीहरूले यस सहरको विरुद्धमा युद्ध गर्नेछन्, यसलाई कब्जा गर्नेछन्, र जलाउनेछन् ।' 9 परमप्रभु यसो भन्‍नुहुन्छः यसो भनेर आफैलाई धोका नदिनुहोस्, 'निश्‍चय पनि कल्दीहरूले हामीलाई छाडेर जाँदैछन्,' किनकि तिनीहरू छोड्‍नेछैनन् । 10 तपाईंको विरुद्धमा लड्ने सम्पूर्ण कल्दी सेनालाई तपाईंले जितेको, जसले गर्दा पालहरूमा घाइते मानिसहरू मात्र छाडिएको भए पनि तिनीहरू उठ्‍नेछन् र यस सहरलाई जलाउनेछन् ।” 11 त्‍यसैले फारोको सेना आउँदै गर्दा कल्दीको सेनाले यरूशलेम छाड्यो,
  • यहे 17:16 : 16 जस्‍तो म जीवित छु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— उसलाई राजा बनाउने राजाको देशमा नै ऊ मर्नेछ, जुन राजाको शपथलाई उसले तुच्‍छ ठान्‍यो र जसको करारलाई उसले भङ्ग गर्‍यो । बेबिलोनको बिचमा ऊ मर्नेछ ।
  • यिर्मि 52:10 : 10 बेबिलोनका राजाले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामु मारे, र रिब्लामा तिनले यहूदाका सबै अगुवालाई पनि मारे ।
  • २ राजा 25:18-21 : 18 अङ्गरक्षकहरूका सेनापतिले मुख्य पुजारी सरायाह, दोस्रो दर्जाका पुजारी सपन्याह र तिन जना द्वारपाललाई लिएर गए । 19 सिपाहीहरूको जिम्मामा भएका अधिकारी, अनि सहरमा अझै बाँकी रहेका राजाका पाँच जना सल्लाहकारलाई तिनले सहरबाट कैद गरेर लगे । मानिसहरूलाई सेनामा भर्ती गर्ने मुख्य अधिकृत र देशमा भएका अन्य साठी जना विशिष्‍ट मानिसलाई पनि तिनले कैद गरेर लगे । 20 तब अङ्गरक्षकका सेनापति नबूजरदानले तिनीहरूलाई लगे र रिब्लामा बेबिलोनका राजाकहाँ ल्‍याए । 21 बेबिलोनका राजाले हमात देशको रिब्लामा तिनीहरूलाई मारे । यसरी यहूदा आफ्नो देशबाट निर्वासनमा लगियो ।
  • यिर्मि 32:4 : 4 यहूदाका राजा सिदकियाह कल्दीहरूको हातबाट उम्कनेछैन, किनकि निश्‍चय नै ऊ बेबिलोनका राजाको हातमा दिइनेछ । उसले राजसित आमनेसामने कुरा गर्नेछ, र उसका आँखाले राजाका आँखालाई हेर्नेछन् ।
  • यिर्मि 34:3-5 : 3 तँ उसको हातबाट उम्कनेछैनस्, किनकि तँ निश्‍चय नै समातिनेछस् र उसको हातमा दिइनेछ । तेरा आँखाले बेबिलोनका राजाको आँखालाई हेर्नेछन् । तँ बेबिलोनमा जाँदा उसले तँसित सिधै कुरा गर्नेछ ।' 4 ए यहूदाका राजा सिदकियाह, परमप्रभुको यो वचन सुन् । तेरो विषयमा परमप्रभु यसो भन्‍नुहुन्छ, 'तँ तरवारले मारिनेछैनस् । 5 तँ शान्तिमा मर्नेछस् । तेरा पुर्खाहरू अर्थात् तँभन्दा अगिका राजाहरूको मृत्यु संस्कारमा भएजस्तै तिनीहरूले तेरो लाश जलाउनेछन् । तिनीहरूले भन्‍नेछन्, 'हाय मालिक!' तिनीहरूले तेरो निम्ति विलाप गर्नेछन् । मैल यो कुरा भनेको छु, यो परमप्रभुको घोषणा हो ।”
  • विलाप 4:20 : 20 परमप्रभुका अभिषिक्त जन अर्थात् हाम्रो प्राणधार तिनीहरूको पासोमा परे, जसको बारेमा यसो भनिएको थियो, “उहाँकै छायामुनि हामी जाति-जातिहरूका बिचमा बस्‍ने छौँ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 20म तिनीहरूलाई तिनीहरूका शत्रुहरू र तिनीहरूको ज्यान लिन खोज्नेहरूका हातमा दिनेछु । तिनीहरूका लाश आकाशका चराहरू र जमिनका पशुहरूका लागि आहारा हुनेछन् ।

  • 7यो परमप्रभुको घोषणा हो, यसपछि यहूदाका राजा सिदकियाह, त्यसका सेवकहरू, मानिसहरू अनि रुढी, तरवार र अनिकालको प्रहारद्वारा पछि यस सहरमा बाँकी रहेकाहरू सबैलाई बेबिलोनका राजा नबूकदनेसर, र तिनीहरूको जीवन लिन खोज्ने तिनीहरूका शत्रुहरूको हातमा म दिनेछु । त्‍यसपछि उसले तिनीहरूलाई तरवारले मार्नेछ । उसले तिनीहरूलाई दया देखाउने, छोडिदिने वा कृपा गर्नेछैन ।'

  • 30परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर, मिश्रको राजा फारो होप्रालाई त्यसका शत्रुहरू र त्यसको ज्यान लिन खोज्नेहरूको हातमा मैले सुम्पिदिनै लागेको छु । यहूदाका राजा सिदकियालाई मैले त्यसको ज्यान लिन खोज्ने शत्रु बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पेको जस्‍तै त्‍यो हुनेछ ।’”

  • यिर्मि 34:1-3
    3 पदहरू
    81%

    1¶ बेबिलोनका राजा नबूकदनेसर र तिनका सबै सेना, तिनको अधीनका पृथ्वीमा भएका सबै राज्य र तिनमा भएका सबै मानिसले यरूशलेम र यसका सबै सहरको विरुद्धमा युद्ध सुरु गर्दा यर्मियाकहाँ परमप्रभुको वचन यसो भनेर आयोः

    2“परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः जा र यहूदाका राजा सिदकियाहसँग बोल र यसो भन्, 'परमप्रभु यसो भन्‍नुहुन्छः हेर्, मैले यो सहरलाई बेबिलोनका राजाको हातमा दिनै लागेको छु । उसले यसलाई जलाउनेछ ।

    3तँ उसको हातबाट उम्कनेछैनस्, किनकि तँ निश्‍चय नै समातिनेछस् र उसको हातमा दिइनेछ । तेरा आँखाले बेबिलोनका राजाको आँखालाई हेर्नेछन् । तँ बेबिलोनमा जाँदा उसले तँसित सिधै कुरा गर्नेछ ।'

  • 25किनकि मैले तँलाई तेरो ज्यान लिन खोज्नेहरूको हातमा र जससँग तँ डराउँछस् तिनीहरूकै हातमा, बेबिलोनका राजा नबूकदनेसर र कल्दीहरूको हातमा सुम्पिदिएको छु ।

  • यिर्मि 20:4-5
    2 पदहरू
    80%

    4किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर्, म तँ र तेरा सबै प्रियलाई त्रासको वस्‍तु बनाउनेछु, किनकि तिनीहरू आफ्‍ना शत्रुहरूका तरवारले ढालिनेछन्, र तेरै आँखाले यो देख्‍नेछस् । सारा यहूदालाई बेबिलोनका राजाको हातमा म दिनेछु । त्यसले तिनीहरूलाई बेबिलोनमा कैद गरेर लानेछ वा तरवारले आक्रमण गर्नेछ ।

    5म त्यसलाई यस सहरका सबै धनसम्पत्ति, यसका सबै बहुमूल्य थोकहरू र यहूदाका राजाहरूका सबै खजाना दिनेछु । म यी थोकहरू तेरा शत्रुहरूका हातमा राखिदिनेछु, र तिनीहरूले ती समात्‍नेछन् । तिनीहरूले तिनलाई लानेछन् र बेबिलोनमा पुर्‍याउनेछन् ।

  • 26मैले तिनीहरूका ज्यान लिन खोज्नेहरू र बेबिलोनका राजा नबूकदनेसर र उसका सेवकहरूका हातमा तिनीहरूलाई दिन लागेको छु । त्यसपछि मिश्रदेश पहिलेझैं आबादी हुनेछ,’ यो परमप्रभुको घोषणा हो ।

  • 22यो परमप्रभुको घोषणा हो, हेर् मैले एउटा आज्ञा दिनै लागेको छु, र यस सहरको विरुद्धमा युद्ध गर्न र यसलाई कब्‍जा गर्न र यसलाई जलाउनलाई म तिनीहरूलाई यहाँ फर्काएर ल्याउन लागेको छु । किनकि म यहूदाका सहरहरूलाई भग्‍नावशेषको ठाउँ बनाउनेछु, जसमा बासिन्‍दाहरू हुनेछैनन् ।”

  • यिर्मि 38:2-3
    2 पदहरू
    79%

    2“परमप्रभु यसो भन्‍नुहुन्छः यस सहरमा बस्‍ने कुनै पनि व्‍यक्‍ति तरवार, अनिकाल र विपत्तिले मारिनेछ । तर निस्‍केर कल्दीहरूकहाँ जाने कुनै पनि व्‍यक्‍ति बाँच्नेछ । त्यसले आफ्नो प्राण बचाउनेछ, र जिउनेछ ।

    3परमप्रभु यसो भन्‍नुहुन्छः यो सहर बेबिलोनका राजाको सेनाको हातमा दिइनेछ, र उसले यसलाई कब्जा गर्नेछ ।”

  • यिर्मि 32:3-5
    3 पदहरू
    79%

    3यहूदाका राजा सिदकियाहले तिनलाई थुनामा राखे र भने, “तिमी किन यसो भन्दै अगमवाणी बोल्छौ, 'परमप्रभु यसो भन्‍नुहुन्छः मैले यस सहरलाई बेबिलोनका राजाको हातमा दिनै लागेको छु, र उसले यसलाई कब्जा गर्नेछ ।

    4यहूदाका राजा सिदकियाह कल्दीहरूको हातबाट उम्कनेछैन, किनकि निश्‍चय नै ऊ बेबिलोनका राजाको हातमा दिइनेछ । उसले राजसित आमनेसामने कुरा गर्नेछ, र उसका आँखाले राजाका आँखालाई हेर्नेछन् ।

    5त्यसले सिदकियाहलाई बेबिलोनमा लानेछ, र मैले त्यससित व्यवहार नगरेसम्म ऊ त्यहीँ रहनेछ, यो यो परमप्रभुको घोषणा हो । तैंले कल्दीहरूको विरुद्धमा लडाइँ गरे तापनि तँ सफल हुनेछैनस्' ।”

  • 78%

    9यस सहरमा बस्‍ने कुनै पनि व्‍यक्ति तरवार, अनिकाल र विपत्तिले मर्नेछ, तर यहाँबाट बाहिर निस्‍केर जाने र तिमीहरूका विरुद्धमा घेराबन्दी गर्ने कल्दीहरूका सामु आफ्‍ना घुँडा टेक्‍ने कुनै पनि व्‍यक्ति बाँच्नेछ । उसले आफ्नो प्राण बचाउनेछ ।

    10किनकि भलाइ होइन र विपत्ति ल्याउनलाई मैले यस सहरको विरुद्धमा आफ्‍नो अनुहार फर्काएको छु, यो परमप्रभुको घोषणा हो । यसलाई बेबिलोनका राजाको हातमा दिइएको छ, र उसले यसमा आगो लगाउनेछ ।'

  • 77%

    17त्यसैले यर्मियाले सिदकियाहलाई भने, “परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः तँ वास्तवमै बेबिलोनका राजाका अधिकारीहरूकहाँ गइस् भने, तँ बाँच्नेछस्, र यो सहर जलाइनेछैन । तँ र तेरो परिवार बाँच्नेछन् ।

    18तर तँ बेबिलोनका राजाका अधिकारीहरूकहाँ गइनस् भने, यो सहरलाई कल्दीहरूको हातमा दिइनेछ । तिनीहरूले यसलाई आगो लगाउनेछन्, र तँ तिनीहरूको हातबाट उम्कनेछैनस् ।”

  • 7यही ठाउँमा म यहूदा र यरूशलेमका योजनाहरूलाई बेकम्मा तुल्याउनेछु । म तिनीहरूका आफ्‍ना शत्रुको तरवार र तिनीहरूको ज्यान लिन खोज्नेहरूको हातद्वारा नष्‍ट गर्नेछु । त्यसपछि म तिनीहरूका लाशहरू आकाशका चराहरू र जमिनका जनावरहरूलाई आहाराको रूपमा दिनेछु ।

  • 15तिनीहरूका राजा, त्योसँगै त्यसका अधिकारीहरू समेत कैदमा जानेछन्,” परमप्रभु भन्‍नुहुन्छ ।

  • 36त्यसकारण अब, 'तरवार, अनिकाल, र विपत्तिद्वारा यो बेबिलोनका राजाको हातमा दिइएको छ,' भनेर तिमीहरूले भन्‍दै गरेको यस सहरको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ ।

  • 28त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, ‘ हेर्, यो सहरलाई कल्दीहरू र बेबिलोनका राजा नबूकदनेसरको हातमा मैले दिनै लागेको छु । उसले यो कब्जा गर्नेछ ।

  • 76%

    21'कोलायाहका छोरा आहाब र मासेयाहका छोरा सिदकियाह, जसले मेरो नाउँमा तिमीहरूलाई झूटा अगमवाणी बोल्‍छन्, हेर्, तिनीहरूको विषयमा सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः मैले तिनीहरूलाई बेबिलोनका राजा नबूकदनेसरको हातमा दिनै लागेको छु । उसले तिनीहरूलाई तिमीहरूकै आँखाको सामु मार्नेछ ।

    22त्‍यसपछि बेबिलोनमा भएका यहूदाका सबै निर्वासितद्वारा यी व्यक्तिहरूको बारेमा सरापको वचन बोलिनेछ । सराप यस्‍तो हुनेछ, 'परमप्रभुले तिमीहरूलाई सिदकियाह र आहाबजस्तै बनाऊन्, जसलाई बेबिलोनका राजाले आगोमा पोलेका थिए ।

  • यिर्मि 24:8-9
    2 पदहरू
    76%

    8तर परमप्रभु भन्‍नुहुन्‍छ, यहूदाका राजा सिदकियाह, त्यसका अधिकारीहरू र यस देशमा भएका यरूशलेममा रहेका र मिश्रदेशमा गएका बाँकी मानिसहरूसित म खानै नसकिने यी खराब अञ्जीरहरूझैं व्यवहार गर्नेछु ।

    9पृथ्वीमा भएका सबै राज्यको दृष्‍टिमा मैले तिनीहरूलाई धपाएको हरेक ठाउँमा, म तिनीहरूलाई तर्साउने कुरा, विपत्ति, अपमान, घृणा, गिल्ला, हाँसो र सरापको पात्रमा परिणत गरिदिनेछु ।

  • 23किनकि तपाईंका सबै पत्‍नी र छोराछोरी कल्दीहरूकहाँ लगिनेछन्, र तपाईं आफै पनि तिनीहरूको हातबाट उम्कनुहुनेछैन । तपाईं बेबिलोनका राजाको हातबाट पक्राउ पर्नुहुनेछ, र यो सहरलाई जलाइनेछ ।”

  • 20परमप्रभुले तिनीहरूलाई आफ्नो उपस्थितिबाट नहटाउनुभएसम्म उहाँको क्रोधद्वारा यी सबै घटना यरूशलेम र यहूदामा आइपरे । त्यसपछि सिदकियाहले बेबिलोनका राजाको विरुद्धमा विद्रोह गरे ।

  • 75%

    8तर कल्दीहरूका सेनाले राजा सिदकियाहलाई खेदे, र यरीहो नजिकैको यर्दन नदीका मैदानहरूमा भेट्टाए । तिनका सबै सेना तिनीबाट तितर-बितर भए ।

    9तिनीहरूले राजालाई समाते र हमात देशको रिब्लामा बेबिलोनका राजाकहाँ तिनलाई ल्याए जहाँ राजाले तिनलाई दण्डको फैसला सुनाए ।

    10बेबिलोनका राजाले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामु मारे, र रिब्लामा तिनले यहूदाका सबै अगुवालाई पनि मारे ।

  • यिर्मि 21:3-4
    2 पदहरू
    75%

    3त्यसैले यर्मियाले तिनीहरूलाई भने, “तिमीहरूले सिदकियाहलाई यसो भन्‍नुपर्छ,

    4'परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः हेर्, तेरो हातमा लडाइँका जुन हतियारहरू छन्, जसद्वारा तैंले बेबिलोनका राजा र तँलाई पर्खालबाहिर घेराबन्दी गर्ने कल्दीहरूको विरुद्धमा लड्दैछस्, ती हतियारहरू म तेरै विरुद्धमा चलाउन लागेकोछु । किनकि म तिनलाई यस सहरको बिचमा जम्मा गर्नेछु ।

  • यिर्मि 39:4-6
    3 पदहरू
    75%

    4जब यहूदाका राजा सिदकियाह र सबै योद्धाले तिनीहरूलाई देखे, तिनीहरू भागे । तिनीहरू रातमा दुई पर्खालको बिचमा भएको ढोकाबाट छिरेर राजको बगैँचाको बाटो भएर सहरबाट भागे । राजा अराबा जाने बाटोतिर लागे ।

    5तर कल्दीहरूका सेनाले तिनीहरूलाई खेदे, र यरीहो नजिकै यर्दन नदीको बेँसीको मैदानमा सिदकियाहलाई भेट्टाए । तिनीहरूलाई तिनलाई पक्रे र हमात देशको रिब्ला भन्‍ने ठाउँमा बेबिलोनका राजा नबूकदनेसरकहाँ ल्याए, जहाँ नबूकदनेसरले तिनलाई दण्डाज्ञा दिए ।

    6रिब्लामा बेबिलोनका राजाले सिदकियाहका आँखाकै सामु तिनका छोराहरूलाई मारे । तिनले यहूदाका सबै कुलीनहरूलाई पनि मारे ।

  • 14मेरो उत्तराधिकारका बाँकी रहेकाहरूलाई म फल्‍नेछु र तिनीहरूलाई आफ्‍ना शत्रुहरूका हातमा दिनेछु । आफ्‍ना सबै शत्रुका लागि तिनीहरू सिकार र लुटका माल हुनेछन्,

  • 8त्‍यसैले बेबिलोनका राजा नबूकदनेसरको सेवा नगर्ने जाति वा राज्य र बेबिलोनका राजाको जुवामुनि आफ्नो काँध थाप्‍न नमान्‍ने जोकसैलाई उसको हातद्वारा त्‍यो नष्‍ट नहुञ्जेल म तरवार, अनिकाल र विपत्तिले दण्ड दिनेछु, यो परमप्रभुको घोषणा हो ।

  • 6तब यर्मिया अगमवक्ताले यरूशलेममा यी सबै वचन यहूदाका राजा सिदकियाहलाई घोषणा गरे ।

  • 3परमप्रभुले आफ्नो सामुबाट तिनीहरूलाई नधपाउनुभएसम्म उहाँको क्रोधद्वारा यी सबै घटना यरूशलेम र यहूदामा घटे । तब सिदकियाह बेबिलोनको विरुद्धमा विद्रोह गरे ।

  • 5त्यसैले राजा सिदकियाहले भने, “तिमीहरूको विरोध गर्न कुनै राजाले पनि नसक्‍ने हुनाले ऊ तिमीहरूकै हातमा छ ।”

  • 7तिनीहरूले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामु मारे । तब तिनका आँखा तिनले निकाले, तिनलाई काँसाका साङ्लाहरूले बाँधे र तिनलाई बेबिलोनमा ल्याए ।

  • 19तपाईंका ती अगमवक्ताहरू कहाँ छन् जसले तपाईंको निम्‍ति अगमवाणी बोले र यसो भने, कि बेबिलोनका राजा तपाईं र यस देशको विरुद्धमा आउनेछैनन्?

  • 17तब राजा सिदकियाहले कसैलाई पठाए जसले तिनलाई दरबारमा ल्याए । आफ्नो महलमा राजाले तिनलाई गुप्‍तमा सोधे, “के परमप्रभुबाट कुनै वचन आएको छ?” यर्मियाले जवाफ दिए, “वचन छः तपाईंलाई बेबिलोनका राजाको हातमा दिइनेछ ।”

  • 4तिनीहरू आफ्ना शत्रुहरूद्वारा निर्वासनमा लगिए भने पनि, त्यहाँ म तरवारलाई आज्ञा गर्नेछु, र त्यसले तिनीहरूलाई मार्नेछ । असल निम्ति होइन तर खराबको निम्‍ति म तिनीहरूमाथि आफ्‍ना आँखा लगाउनेछु ।”

  • 12त्यसैले यहूदाका राजा सिदकियाहसित मैले बोलें र तिनलाई यो सन्देश दिएँ, “आफ्‍नो काँधमा बेबिलोनका राजाको जुवा थाप र ऊ र उसका मानिसहरूको सेवा गर, अनि तिमी बाँच्नेछौ ।

  • 3तब तिनलाई एदोमका राजा, मोआबका राजा, अम्मोनका मानिसहरूका राजा, टुरोसका राजा र सीदोनका राजाकहाँ पठा । यहूदाका राजा सिदकियाहकहाँ यरूशलेममा आउने ती राजाहरूका दूतहरूको हातद्वारा ती पठा ।

  • 21बेबिलोनका राजाले हमात देशको रिब्लामा तिनीहरूलाई मारे । यसरी यहूदा आफ्नो देशबाट निर्वासनमा लगियो ।