२ शमूएल 13:15

अनलक शाब्दिक बाइबल

त्‍यसपछि अमनोनले तामारलाई अत्यान्‍तै घृणा गरे । तिनले उनलाई इच्‍छा गरेकोभन्दा पनि धेरै घृणा तिनले उनलाई गरे । अमनोनले उनलाई भने, “उठ् र जा ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहे 23:17 : 17 त्‍यसपछि बेबिलोनीहरू त्‍यसकहाँ त्‍यसको कामुक ओच्छ्यानमा आए र आफ्‍ना छाडा यौनले तिनीहरूले त्‍यसलाई अशुद्ध पारे । त्‍यसले जे गरेकी थिई त्‍यसद्वारा त्‍यो अशुद्ध भई । यसरी मनमा घृणा बोकेर त्‍यो उनीहरूसँग टाढा भई ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ शमू 13:16-17
    2 पदहरू
    85%

    16तर उनले तिनलाई जवाफ दिइन्, “होइन! मलाई निकाल्‍ने कुरा त ठुलो दुष्‍टता हो जुन तपाईंले मलाई गर्नुभएको कुराभन्दा पनि झन् खराब कुरा हो ।” तर अमनोनले उनको कुरा सुनेनन् ।

    17बरु, तिनले आफ्नो व्यक्‍तिगत सेवकलाई बोलाए र भने, “यो स्‍त्रीलाई मबाट हटाओ र त्‍यसलाई निकालेपछि ढोका बन्‍द गरिदेओ ।”

  • २ शमू 13:1-14
    14 पदहरू
    81%

    1¶ यसपछि यस्‍तो भयो, दाऊदका छोरा अमनोन आफ्नी सुन्दरी झट्केली बहिनी तामारप्रति धेरै आकर्षित भए, जो दाऊदका अर्को छोरा अबशालोमकी आफ्‍नै बहिनी थिइन् ।

    2अमनोन यति निराश भए कि आफ्‍नी बहिनी तामारको कारणले तिनी बिरामी परे । उनी कन्या थिइन्, र यसैले उनलाई कुनै कुरा गर्न अमनोनलाई असम्भवजस्तै भयो ।

    3तर अमनोनका एक जना मित्र थिए जसको नाम योनादाब थियो। तिनी दाऊदका दाजु शिमाहका छोरा थिए । योनादाब साह्रै धूर्त मानिस थिए ।

    4योनादाबले अमनोनलाई भने, 'ए राजकुमार, तिमी किन हरेक बिहान निराश हुन्‍छौ? के तिमी मलाई भन्‍दैनौ?” यसैले अमनोनले तिनलाई जवाफ दिए, “मेरो भाइ अबशालोमकी बहिनी तामारलाई म प्रेम गर्छु ।”

    5तब योनादाबले तिनलाई भने, “आफ्‍नो ओछ्‍यान सुतिराख र बिरामी भएको बहाना गर । जब तिम्रो बुबाले तिमीलाई हेर्न आउँछन्, तब उनलाई भन, 'कृपया मलाई केही खाने कुरा दिन र मेरो सामु ती पकाउन कृपया मेरी बहिनी तामारलाई पठाइदिनुहोस्, ताकि म त्‍यो हेर्न सकूँ र त्‍यो उनको हातबाट खान सकूँ ।”

    6त्यसैले अमनोन पल्टिबसे र बिरामी भएको बहाना गरे । जब राजा तिनलाई हेर्न आए, तब अमनोनले राजालाई भने, “कृपया, मेरी बहिनी तामारलाई मेरो बिरामीपनको निम्ति मेरो सामु खाना बनाउन पठाइदिनुहोस् ताकि म उनको हातबाट खान सकूँ ।”

    7अनि दाऊदले आफ्नो दरबारमा तमारलाई खबर पठाए, “अहिले तिम्रो दाजु अमनोनको घरमा जाऊ र तिनको निम्ति खाना तयार पारिदेऊ ।”

    8त्यसैले तामार आफ्‍नो दाजु अमनोनको घरमा गइन् जहाँ तिनी पल्टिरहेका थिए । उनले पिठो लिइन् र तिनले देख्‍ने गरी पिठो मुछिन् र उनले रोटी पकाइन् ।

    9उनले तावा लिइन् र तिनलाई रोटी दिइन्, तर तिनले खान इन्कार गरे । त्‍यसपछि अमनोनले त्यहाँ भएका अरूलाई भने, “हरेकलाई बाहिर, मबाट टाढा पठाऊ ।” त्यसैले हरेक व्‍यक्‍ति बाहिर गए ।

    10यसैले अमनोनले तामारलाई भने, “खाना मेरो कोठामा ल्याऊ ताकि म तिम्रो हातबाट खान सकूँ ।” यसैले आफूले बनाएको रोटी तामारले लिइन् र त्‍यो तिनका दाजु अमनोनको कोठाभित्र लगिदिइन् ।

    11जब उनले तिनकहाँ खाना ल्याएकी थिइन्, तब तिनले उनको हात समाते र उनलाई भने, “मेरी बहिनी, आऊ, मसँग सुत ।”

    12उनले तिनलाई जवाफ दिइन्, “होइन, मेरो दाजु, मलाई कर नलगाउनुहोस्, किनकि इस्राएलमा यस्तो कुनै कुरा गर्नुहुँदैन । यस्तो घोर दुष्‍ट कुरा नगर्नुहोस् ।

    13मैले आफ्‍नो लाजबाट कसरी मुक्‍त हुन सक्‍छु र? तपाईंको बारेमा नि? तपाईं इस्राएलमा एक जना मूर्खजस्तै हुनुहुने छ । अब कृपया राजासँग कुरा गर्नुहोस्, किनकि उहाँले मलाई तपाईंबाट अलग गर्नुहुन्‍न ।”

    14तापनि अमनोनले उनको कुरा सुनेनन् । तिनी तामारभन्दा बलिया भएका हुनाले, तिनले उनलाई समाते र तिनी उनीसित सुते ।

  • २ शमू 13:20-22
    3 पदहरू
    76%

    20उनका दाजु अब्शालोमले उनलाई भने, “के तिम्रो दाजु अमनोन तिमीसँगै थिए? मेरी बहिनी, अब चूपचाप बस । तिनी तिम्रै दाजु हुन् । यस कुरालाई मनमा नलेऊ ।” त्यसैले तामार आफ्‍नो दाजुको घरमा एक्‍लै बसिन् ।

    21तर जब राजा दाऊदले यी सबै कुरा सुने, तब तिनी रिसले चुर भए ।

    22अब्शालोमले अमनोनलाई केही पनि भनेनन्, किनकि तिनले आफ्नो बहिनीलाई जे गरेका थिए र तिनले जसरी आफ्नो बहिनी तामारलाई अपमान गरेका थिए, त्यसको निम्ति अब्शालोमले तिनलाई घृणा गरे ।

  • २ शमू 13:26-29
    4 पदहरू
    71%

    26तब अब्शालोमले भने, “होइन भने, मेरो दाजु अमनोनलाई मसँग जान दिनुहोस् ।” राजाले उनलाई भने, “अमनोन तिमीसँग किन जाने नि?”

    27अब्शालोमले दाऊदलाई कर गरे, र तिनले अमनोन र सबै राजकुमारलाई उनीसित जान दिए ।

    28अब्शालोमले उनका सेवकहरूलाई यसो भनेर आदेश दिए, “ध्यानपूर्वक सुन । जब अमनोनलाई मद्यले असर गर्न थाल्छ र जब म तिमीहरूलाई भन्‍छु, ' अमनोनलाई आक्रमण गर,' तब त्यसलाई मार । नडराऊ । के तिमीहरूलाई मैले आज्ञा गरेको होइन र? साहसी र आँटिलो होओ?”

    29त्यसैले अबशालोमका सेवकहरूले उनले आज्ञा गरेबमोजिम नै अमनोनलाई गरे । तब सबै राजकुमार उठे र सबैले आ-आफ्नो कच्‍चर चढे र भागे ।

  • व्यव 22:13-14
    2 पदहरू
    70%

    13मानौँ, कसैले विवाह गरेर पत्‍नीसित सुतिसकेपछि त्यसलाई घृणा गर्छ र

    14र बदनाम गराउने नियतले पत्‍नीलाई यसो भन्छ, 'मैले यो स्‍त्रीलाई ल्याएँ, तर म त्योसित सुत्‍न जाँदा त्यो कन्या केटी भएको पाइनँ ।'

  • 16केटीका बुबाले धर्म-गुरुहरूलाई यसो भन्‍नुपर्छ, 'मैले यो मानिसलाई मेरी छोरी त्यसकी पत्‍नी हुनलाई दिएँ र त्यसले यसलाई घृणा गर्छ ।

  • 36उनले तिनलाई भनिन्, “मेरा बुबा, तपाईंले परमप्रभुसँग भाकल गर्नुभएको छ, तपाईंले प्रतिज्ञा गर्नुभएको हरेक कुरा मलाई गर्नुहोस्, किनभने परमप्रभुले तपाईंका शत्रु अम्मोनीहरूसँग बदला लिनुभएको छ ।”

  • २ शमू 13:32-33
    2 पदहरू
    69%

    32दाऊदका दाजु शिमाहका छोरा योनादाबले जवाफ दिए र भने, “तिनीहरूले सबै जवानलाई मारेका छन् भनेका कुरामा मेरा मालिकले विश्‍वास नगर्नुहोस्, किनकि अमनोन मात्र मरेका छन् । अमनोनले अब्शालोमकी बहिनी तामारलाई दुर्व्यवहार गरेकै दिनदेखि तिनले यो योजना बनाएका छन् ।

    33यसकरण मेरो मालिक राजाले यो खबरलाई राजाका सबै छोराहरू मरेका छन् भनी विश्‍वास गर्नको निम्ति मनमा नलिनुहोस्, किनकि अमनोन मात्र मरेका छन् ।”

  • 6किनभने जसले तपाईंलाई घृणा गर्छ त्यसलाई तपाईंले प्रेम गर्नुहुन्छ र जसले तपाईंलाई प्रेम गर्छ त्यसलाई तपाईं घृणा गर्नुहुन्छ । किनकि कमाण्‍डरहरू र सिपाहीहरू तपाईंका निम्ति केही होइनन् भन्‍ने कुरा आज तपाईंको देखाउनुभएको छ । आज मलाई विश्‍वास भयो कि अब्शालोम बाँचेको भए र हामी सबै मरेको भए तपाईं खुसी हुनुहुन्थ्यो ।

  • 2उनका बुबाले भने, “तपाईंले उनलाई घृणा गर्नुहुन्छ भनी मैले सोचेको थिएँ, यसैले मैले त्यसलाई तपाईंको साथमा बसेको मित्रलाई दिएँ । उनकी कान्छी बहिनी उनीन्दा सुन्दरी छिन् । तिनैलाई लैजानुहोस् ।”

  • भजन 139:21-22
    2 पदहरू
    68%

    21हे परमप्रभु, तपाईंलाई घृणा गर्नेहरूलाई के म घृणा गर्दिनँ र? तपाईंको विरुद्धमा खडा हुनेहरूलाई के म घृणा गर्दिनँ र?

    22म तिनीहरूलाई पूर्ण रूपले घृणा गर्छु । तिनीहरू मेरा शत्रुहरू भएका छन् ।

  • 39दाऊद राजाको मनले अब्शालोमलाई भेट्न जाने तीव्र इच्‍छा गर्‍यो, किनकि तिनी अमनोन र उनको मृत्युको बारेमा सान्त्वना पाएका थिए ।

  • 15कुनै मानिसका दुई पत्‍नी छन् र त्यसले एउटालाई माया गर्छ र अर्कीलाई घृणा गर्छ अनि दुवै जनाले सन्तान जन्माएका छन् भने अनि घृणा गरिनेले चाहिँ जेठो छोरो जन्माएको छ भने

  • 15“तिनीहरूले गिलगालमा गरेका सबै दुष्‍टताका कारणले, तिनीहरूलाई मैले त्‍यहाँ घृणा गर्न सुरु गरें । तिनीहरूका पापी कामहरूका कारणले, मेरो मन्‍दिरबाट म तिनीहरूलाई धपाउनेछु । म तिनीहरूलाई फेरि प्रेम गर्नेछैनँ । तिनीहरूका सबै अधिकारीहरू विद्रोहीहरू हुन् ।

  • 9त्यसैले तैंले परमप्रभुको दृष्‍टिमा जे खराब छ त्यही गरेर उहाँको आज्ञालाई किन तुच्‍छ ठानिस्? तैंले हित्ती उरियाहलाई तरवारले प्रहार गरिस् र त्यसको पत्‍नीलाई तेरो आफ्‍नै पत्‍नी हुनलाई लगेको छस् । तैंले अम्‍मोनको फौजको तरवारले त्यसलाई मारिस् ।

  • 21अहीतोपेलले अब्शालोमलाई जवाफ दिए, “जानुहोस्, तपाईंको बुबाले दरबारको सुरक्षा गर्न छोड्नुभएका तपाईंको बुबाका उपपत्‍नीहरूसित सुत्‍नुहोस् र तपाईं आफ्नो बुबाप्रति दुर्गन्ध हुनुभएको छ भनी सारा इस्राएललाई थाहा हुने छ । तब तपाईंसँग भएका सबैको हात बलियो हुने छ ।”

  • 7सारा कुल नै तपाईंको दासीको विरुद्धमा उठेका छन् र तिनीहरू भन्छन्, 'आफ्नो भाइलाई प्रहार गर्ने मानिसलाई हाम्रो हातमा सुम्प, ताकि त्यसले मारेको आफ्नो भाइको जीवनको निम्ति मूल्य चुकाउन हामी त्यसलाई मार्न सकौँ ।' यसरी तिनीहरूले उत्तराधिकार पनि नष्‍ट पार्ने छन् । यसरी मैले छोडेको बलिरहेको भुङ्‍ग्रोलाई तिनीहरूले निभाउने छन् र तिनीहरूले मेरो पतिको निम्ति पृथ्वीको सहतमा न नाम न त सन्तान नै छोड्ने छन् ।

  • 15मेरी प्रिय जससित धेरै दुष्‍ट मनसाय थिए, त्यो किन मेरो मन्दिरमा छे? तेरा बलिदानहरूको मासुले तँलाई मदत गर्न सक्दैन । तेरा दुष्‍ट कामहरूको कारणले तँ आनन्द मनाउँछस् ।

  • 4उनका दाजुहरूले तिनीहरूका बुबाले उनलाई सबै दाजुभाइहरूभन्दा धेरै माया गरेका देखे । तिनीहरूले योसेफलाई घृणा गर्थे र उनीसँग राम्ररी बोल्दैनथे ।

  • 2हेब्रोनमा दाऊदका छोराहरू जन्‍मे । तिनका जेठा छोरा यिजरेली अहीनोमबाट जन्मेका अमनोन थिए ।

  • 17त्‍यसपछि बेबिलोनीहरू त्‍यसकहाँ त्‍यसको कामुक ओच्छ्यानमा आए र आफ्‍ना छाडा यौनले तिनीहरूले त्‍यसलाई अशुद्ध पारे । त्‍यसले जे गरेकी थिई त्‍यसद्वारा त्‍यो अशुद्ध भई । यसरी मनमा घृणा बोकेर त्‍यो उनीहरूसँग टाढा भई ।

  • 5भलाइको साटोमा तिनीहरूले मलाई खराबी गर्छन्, मेरो प्रेमलाई तिनीहरूले घृणा गर्छन् ।

  • 28किनभने परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः 'हेर्, म तँलाई उनीहरूकै हातमा दिनेछु, जसलाई तँ घृणा गर्छेस्, उनीहरूकै हातमा जसबाट तँ टाढा भएकी थिइस् ।

  • 33येहूले भने, “तिनलाई तल फालिदेओ ।” त्यसैले तिनीहरूले ईजेबेललाई तल फालिदिए, र तिनका केही रगत उछिट्टिएर भित्तामा र घोडाहरूमा परे, अनि येहूले तिनलाई खट्टाले कुल्चिदिए ।

  • 11किनकि त्यो त डरलाग्दो अपराध हुन्छ । वास्तवमा यो न्यायाधीशहरूले दण्ड दिने अपराध हुन्छ ।

  • 11त्‍यसकी बहिनी ओहोलिबाले त्‍यो कुरा देखी, तर त्‍यो झन् बढी कामुक भई र आफ्‍नी दिदीभन्‍दा पनि बढी वेश्‍यावृत्तिको काम गर्न लागी ।

  • 15त्यसले उनलाई भनी, “तपाईंले मलाई कसरी ‘म तिमीलाई प्रेम गर्छु’ भन्‍न सक्‍नुहुन्छ, जब कि तपाईंले आफ्ना गोप्य कुराहरू मलाई बताउनुहुन्‍न? तिन पटक तपाईंले मेरो उपहास गर्नुभएको छ र तपाईंसँग यस्तो महाबल कसरी आउँछ भनेर भन्‍नुभएको छैन ।”

  • 13जब योसेफ आफ्ना लुगा छोडेर बाहिर भागेका तिनले देखिन्,