२ शमूएल 13:25

अनलक शाब्दिक बाइबल

राजाले अब्शालोमलाई जवाफ दिए, “होइन, मेरो छोरो, हामी सबै जना जानुहुँदैन किनभने तिम्रो निम्ति हामी बोझ हुन्छौं ।” अब्शालोमले राजालाई बिन्ती गरे, तर तिनी गएनन्। बरु तिनले उनलाई आशिष् दिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 19:2-3 : 2 तिनले भने “मेरा मालिक, म बिन्ती गर्दछु, कि आफ्नो दासको घरभित्र आउनुहोस्, आजको रात यहीँ बिताउनुहोस्, र आफ्ना पाउ धुनुहोस् । त्यसपछि बिहान सबेरै उठेर तपाईंहरू आफ्नो बाटो लाग्‍न सक्‍नुहुन्छ ।” उनीहरूले जवाफ दिए, “होइन, हामी सहरको चोकमा नै रात बिताउनेछौँ । 3 तर तिनले उनीहरूलाई ज्यादै आग्रह गरे, त्यसैकारण उनीहरू तिनीसँगै घरभित्र प्रवेश गरे । तिनले भोजनमा खमिर नराखेको रोटी तयार गरे, र उनीहरूले खाए ।
  • न्या 19:7-9 : 7 जब ती लेवी जानलाई उठे, तब त्यस जवान स्‍त्रीका बुबाले तिनलाई बस्‍नको निम्ति आग्रह गरे । यसैले तिनले आफ्नो योजना बद्ले र त्यहाँ फेरि अर्को रात बिताए । 8 पाँचौ दिनमा तिनी जानको निम्ति बिहानै उठे, तर त्यस स्‍त्रीका बुबाले भने, “आफूलाई बलियो बनाउनुहोस् र दिउँसो नभएसम्म पर्खनुहोस् ।” यसैले ती दुई जनाले भोजन गरे । 9 जब ती लेवी, तिनकी उपपत्‍नी र तिनका सेवक जानलाई उठे, तब तिनका ससुरा, त्यस स्‍त्रीका बुबाले तिनलाई भने, “हेर्नुहोस्, दिन ढल्‍केर साँझ पर्न लागेको छ । कृपया अर्को एक रात यहीँ बस्‍नुहोस् र रमाइलो गर्नुहोस् । तपाईं भोलि बिहान सबेरै उठ्न र घर फर्कन सक्‍नुहुन्छ ।” 10 तर ती लेवीलाई त्यो रात बिताउन इच्छुक भएनन् । तिनी उठे र गए । तिनी यबूस (अर्थात् यरूशलेम) तर्फ लागे । तिनीसँग भारीले लादेका एक जोडी गधा थिए, र तिनकी उपपत्‍नी तिनीसँगै थिई ।
  • रूत 2:4 : 4 बोअज बेथलेहेमबाट आएर कटनी गर्नेहरूलाई भने, “परमप्रभु तिमीहरूसँग हुनुभएको होस् ।” तिनीहरूले जवाफ दिए, “परमप्रभुले तपाईंलाई आशिष् दिनुभएको होस् ।”
  • २ शमू 14:22 : 22 त्यसैले योआबले राजाप्रति आदर र कृतज्ञता प्रकट गर्न भुईंमा घोप्‍टो परे । योआबले भने, “राजाले आफ्नो दासको बिन्ती पुरा गर्नुभएकोमा मैले मेरा मालिक महाराजा तपाईंको दृष्‍टिमा निगाह पाएको छु भनी मैले आज थाहा पायो ।”
  • लू 14:23 : 23 मालिकले सेवकलाई भने, ‘राजमार्गहरू, गल्लीहरूमा गएर मानिसहरूलाई भित्र आउन अनुरोध गर, ताकि मेरो घर भरिएको होस् ।
  • लू 24:29 : 29 तर तिनीहरूले उहाँलाई यसो भन्दै कर गरे, “हामीसँगै बस्‍नुहोस् किनकि साँझ परिसक्यो र लगभग दिन बितिसक्यो ।” त्यसैले, येशू तिनीहरूसँगै बस्‍न जानुभयो ।
  • प्रेरि 16:15 : 15 तिनी र तिनका परिवार सबैजनालाई बप्‍तिस्‍मा दिएपछि तिनले हामीलाई यसो भन्दै आग्रह गरिन्, “यदि तपाईंहरूले मलाई प्रभुप्रति विश्‍वासयोग्य ठान्‍नुहुन्छ भने मेरो घरमा आएर बस्‍नुहोस् ।” भनी हामीलाई मनाइन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ शमू 13:26-30
    5 पदहरू
    86%

    26तब अब्शालोमले भने, “होइन भने, मेरो दाजु अमनोनलाई मसँग जान दिनुहोस् ।” राजाले उनलाई भने, “अमनोन तिमीसँग किन जाने नि?”

    27अब्शालोमले दाऊदलाई कर गरे, र तिनले अमनोन र सबै राजकुमारलाई उनीसित जान दिए ।

    28अब्शालोमले उनका सेवकहरूलाई यसो भनेर आदेश दिए, “ध्यानपूर्वक सुन । जब अमनोनलाई मद्यले असर गर्न थाल्छ र जब म तिमीहरूलाई भन्‍छु, ' अमनोनलाई आक्रमण गर,' तब त्यसलाई मार । नडराऊ । के तिमीहरूलाई मैले आज्ञा गरेको होइन र? साहसी र आँटिलो होओ?”

    29त्यसैले अबशालोमका सेवकहरूले उनले आज्ञा गरेबमोजिम नै अमनोनलाई गरे । तब सबै राजकुमार उठे र सबैले आ-आफ्नो कच्‍चर चढे र भागे ।

    30यसैले यस्‍तो भयो, जब तिनीहरू बाटोमै थिए, तब दाऊदकहाँ यसो भन्‍ने खबर आयो, “अब्शालोमले सबै राजकुमारलाई मरेका छन् र त्‍यहाँ एक जना पनि बाँचेका छैनन् ।”

  • २ शमू 13:23-24
    2 पदहरू
    81%

    23पुरा दुई वर्षपछि यस्‍तो भयो, अब्शालोमले एफ्राइम नजिकै रहेको बाल‍हासोरमा भेडको ऊन कत्रिए र अब्शालोमले राजाका सबै छोरालाई निमन्त्रणा दिए ।

    24अब्शालोम राजाकहाँ गए र भने, “हे्र्नुहोस्, तपाईंको दासले भेडाको ऊन कत्रन लगेको छ । कृपया, राजा र उहाँका सेवकहरू हजुरका दासकहाँ सवारी होस् ।”

  • २ शमू 14:23-25
    3 पदहरू
    79%

    23त्यसैले योआब उठे, गशूरमा गए र अब्शालोमलाई यरूशलेममा फिर्ता ल्याए ।

    24राजाले भने, “ऊ आफ्नै गरमा फर्कोस्, तर उसले मेरो मुख हेर्न नआओस् ।” त्यसैले अब्शालोम आफ्नै घरमा गए तर राजाको मुख देखेनन् ।

    25सारा इस्राएलमा नै आफ्नो सुन्दरताको निम्ति प्रशंसा गरिएको व्यक्‍ति अब्शालोमभन्दा अरू थिएन । तिनको शिरदेखि पाउसम्म नै तिनमा कुनै खोट थिएन ।

  • २ शमू 18:32-33
    2 पदहरू
    77%

    32त्यसपछि राजाले कूशीलाई भने, “त्‍यो जवान अब्शालोम ठिकै छ?” ती कूशीले जवाफ दिए, “मेरो मालिक महाराजाका शत्रुहरू र हजूरलाई हानि गर्न खडा हुने सबैलाई त्यो जवान मानिसलाई जस्तै हुनुपर्छ ।”

    33अनि राजा गहिरो शोकमा परे र तिनी ढोकामाथिको कोठामा गए र रोए । जसै तिनी हिंडे, तिनले विलाप गरे, “ए मेरो छोरा ए अब्शालोम, ए मेरो छोरा अब्शालोम! बरु म तिम्रो सट्टामा मरेको भए हुन्थ्यो नि, ए अब्शालोम, ए मेरो छोरा, ए मेरो छोरा!”

  • २ शमू 18:4-5
    2 पदहरू
    77%

    4त्यसैले राजाले तिनीहरूलाई जवाफ दिए, “तिमीहरूलाई जे उत्तम लाग्छ म त्यही गर्ने छु ।” जब सबै फौज सय र हजारको सङ्‍ख्‍यामा निस्‍केर गए, तब राजाचाहिं सहरको ढोकामा खडा भए ।

    5राजाले योआब, अबीशै र इत्तैलाई आज्ञा दिए, “त्यो जवान केटा अब्शालोमसित मेरो खातिर कोमलतासाथ व्यवहार गर ।” राजाले अब्शालोमको बारेमा कप्‍तानहरूलाई यस्तो आज्ञा दिएका छन् भनी सबैले सुने ।

  • 4राजाले आफ्नो शिर ढाके र ठुलो सोरमा कराए, “ए मेरो छोरा ए अब्शालोम, ए अब्शालोम, ए मेरो छोरा, ए मेरो छोरा!”

  • २ शमू 14:28-29
    2 पदहरू
    74%

    28अब्शालोम राजाको मुख नहेरिकन नै पुरा दुई वर्ष यरूशलेममा बसे ।

    29त्यसपछि अब्शालोमले आफूलाई राजाकहाँ पठाउनलाई योआबलाई बोलाए, तर योआब तिनीकहाँ आएनन् । यसैले अब्शालोमले दोस्रो पटक खबर पठाए, तर योआब अझै आएनन् ।

  • २ शमू 14:32-33
    2 पदहरू
    74%

    32अब्शालोमले योआबलाई जवाफ दिए, “हेर, मैले तिमीकहाँ यसो भनेर खबर पठाएँ, 'यहाँ आऊ, ताकि तिमीलाई राजाकहाँ म यसो भन्‍नलाई पठाउन सकूँ’ । ‘म गशूरबाट किन आएँ? मलाई त अझै त्यहाँ हुनु नै असल हुन्‍छ। यसकारण अब म राजाको मुख हेर्न पाऊँ र म दोषी छु भने तिनले नै मलाई मारुन् ।'”

    33त्यसैले योआब राजाकहाँ गए र तिनलाई भने । जब राजाले अब्शालोमलाई बोलाए, तब तिनी राजाकहाँ आए र राजाको सामु भुईंमा निहुरिए र राजाले अब्शालोमलाई चुम्बन गरे ।

  • २ शमू 15:2-7
    6 पदहरू
    74%

    2अब्शालोम बिहान सबेरै उठ्थे र सहरको ढोकातिर जाने बाटोमा खडा हुन्थे । जब कोही विवाद भएका व्यक्‍ति न्यायको निम्ति राजाकहाँ आउँथ्यो, तब अब्शालोमलले त्यसलाई बोलाउँथे र भन्‍थे, “तपाईं कुन सहरबाट आउनुभएको हो?” अनि त्यो मानिसले जवाफ दिन्थ्यो, “तपाईंको दास इस्राएलको एउटा कुलबाट हो ।”

    3त्यसैले अब्शालोमले त्यसलाई भन्‍थे, “हेर्नुहोस्, तपाईंको मुद्दा असल र ठिक छ तर तपाईंको मुद्दा हेर्नलाई राजाले कसैले शक्ति दिनुभएको छैन ।”

    4अब्शालोमलले थप्थे, “मलाई यस देशको न्यायकर्ता बनाइदिएको भए हुन्थ्यो, ताकि कुनै पनि मुद्दा वा झगडा भएका हरेक मानिस मकहाँ आउँथ्‍यो र म त्यसलाई न्याय दिलाउँथे ।”

    5यसैले यस्‍तो भयो, जब कुनै पनि मानिस अब्शालोमलाई आदर गर्न आउँथ्‍यो, तब अब्शालोमले आफ्नो हात काँधमा राख्‍थे र त्यसलाई अङ्गालो हाल्‍थे र त्यसलाई चुम्बन गर्थे ।

    6राजाकहाँ न्यायको निम्ति आउने सबै इस्राएलसित अब्शालोमले यसरी नै व्‍यवहार गरे । यसरी अब्शालोमले इस्राएलका मानिसहरूका हृदय चोरे ।

    7चार वर्षको अन्ततिर यस्‍तो भयो कि अब्शालोमले राजालाई भने, “कृपया, मैले हेब्रोनका परमप्रभुलाई गरेको भाकल पुरा गर्न मलाई जान दिनुहोस् ।

  • 17अब्शालोमले हूशैलाई भने, “तिम्रो मित्रप्रतिको तिम्रो बफदारीता यही हो? तिमी किन तिनीसित गएनौ?”

  • २ शमू 13:36-39
    4 पदहरू
    73%

    36अनि यस्‍तो भयो, जब तिनले बोलिसके तब राजकुमारहरू आइपुगे र ठुलो सोर गरे र रोए । राजा र तिनका सेवकहरू पनि धुरुधुरु रोए ।

    37तर अब्शालोम भागे र गशूरका राजा अम्मीहूदका छोरा तल्मैकहाँ गए । दाऊदले आफ्‍नो छोराको निम्ति हरेक दिन विलाप गरे ।

    38यसैले अब्शालोम भागे र गशूरमा गए, जहाँ तिनी तीन वर्षसम्म बसे ।

    39दाऊद राजाको मनले अब्शालोमलाई भेट्न जाने तीव्र इच्‍छा गर्‍यो, किनकि तिनी अमनोन र उनको मृत्युको बारेमा सान्त्वना पाएका थिए ।

  • 12त्यो मानिसले योआबलाई भन्यो, “मैले हजार शेकेल चाँदी पाएको भए पनि म राजाको छोराको विरुद्ध आफ्‍नो हात उठाने थिइनँ, किनभने तपाईं, अबीशै र इत्तैलाई राजाले यसो भनेर आज्ञा दिनुभएको कुरा हामी सबैले सुनेका थियौं, 'जवान मानिस अब्शालोमलाई कसैले नछोओस् ।'

  • 21राजाले योआबलाई भने, “हेर, म यो गर्ने छु । तब जाऊ र त्‍यो जवान अब्शालोमलाई फर्काएर ल्‍याऊ ।”

  • 9त्यसैले राजाले उनलाई भने, “शान्तिसित जाऊ ।” यसैले अब्शालोम उठे र हेब्रोनमा गए ।

  • २ शमू 18:29-30
    2 पदहरू
    72%

    29त्यसैले राजाले जवाफ दिए, “त्‍यो जवान अब्शालोम ठिकै छ?” अहीमासले जवाफ दिए, “जब योबले म महाराजाको सेवकलाई हजुरकहाँ पठाए, तब मैले ठुलो खेलाबैल देखें, तर यो के हो भनी मलाई थाहा भएन ।”

    30त्यसपछि राजाले भने, “हटिजाऊ र यहाँ खडा होऊ ।” त्यसैले अहीमास छेउतिर लागे र खडा भए ।

  • २ शमू 15:14-15
    2 पदहरू
    72%

    14त्यसैले दाऊदले आफूसँग यरूशलेममा भएका आफ्‍ना सबै सेवकलाई भने, “उठ र हामी भागौं नत्रता हामी कोही पनि अब्शालोमबाट बाँच्‍ने छैनौं । तुरुन्तै जानलाई तयार होओ, नत्रता त्यसले हामीलाई चाँडै आक्रमण गर्ने छ र त्यसले हामीमाथि विपद् ल्याउने छ र तरवारले यो सहरलाई आक्रमण गर्ने छ ।”

    15राजाका सेवकहरूले राजालाई भने, “हेर्नुहोस्, तपाईंका दासहरू हाम्रो मालिक महाराजाले जे भन्‍नुहुन्छ सो गर्न तयार छन् ।”

  • 34अब्शालोम भागे । रक्षक भएका एक जना सेवकले हेरे र आफ्‍नो पश्‍चिमतिरको पहाडको बाटोमा धेरै जना मानिस आइरहेको देखे ।

  • 7यसकारण अब उठ्नुहोस् र बाहिर जानुहोस् र आफ्नो सिपाहीहरूसँग दयापूर्वक कुरा गर्नुहोस्, किनकि म परमप्रभुको नाउँमा शपथ खान्छु, तपाईं जानुभएन भने, आज राती तपाईंसँग एक जना पुरुष पनि रहने छैन । त्यो तपाईंको जवान अवस्थादेखि अहिलेसम्म घटेका सबै भन्दा खराब कुरा हुने छ ।”

  • २ शमू 19:9-10
    2 पदहरू
    72%

    9इस्राएलका सारा कुलमा सबै मानिसले यसो भन्‍दै आपसमा बहस गर्दै थिए, “राजाले हामीलाई हाम्रा शत्रुहरूका हातबाट बचाए, र उनले हामीलाई पलिश्‍तीहरूका हातबाट पनि बचाए, तर उनी अहिले अब्शालोमको कारणले देशबाट भागेका छन् ।

    10हामीले अभिषेक गरेको अब्शालोम युद्धमा मरेका छन् । त्यसैले राजालाई फिर्ता ल्याउने बारेमा किन तिमीहरू केही बोल्दैनौ?”

  • 29तिनले भने, “कृपया मलाई जान दिनुहोस् । किनकि हाम्रो परिवारको सहरमा एउटा बलिदान छ, र म त्यहाँ हुनुपर्छ भनी मेरो दाजुले मलाई आदेश दिएका छन् । मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने, कृपया मलाई जान र आफ्‍ना दाजुहरूलाई भेट्न दिनुहोस् ।' यसकारण तिनी राजासँग खानलाई टेबलमा आएका छैनन् ।”

  • 1¶ योआबलाई भनियो, “हेर्नुहोस्, राजाले अब्शालोमको निम्ति रुँदै र विलाप गर्दै छन् ।”

  • 6“तैँले किन यस्तो व्यवहार गरेको?” भनी तिनका पिताले तिनलाई कहिल्यै सोधेनन् । अदोनियाह आफै पनि अत्यन्तै सुन्दर मानिस थिए र तिनी अब्शालोमभन्दा पछि जन्मेका थिए ।

  • 24त्यसपछि दाऊद महनोममा आए । अब्शालोमचाहीं र आफूसित भएका इस्राएलका सबै मानिसलाई लिएर यर्दन नदी तरे ।

  • 20तब अब्शालोमले अहीतोपेललाई भने, “हामीले के गर्नुपर्छ भन्‍ने बारेमा हामीलाई तपाईंको सल्लाह दिनुहोस् ।”

  • 4योनादाबले अमनोनलाई भने, 'ए राजकुमार, तिमी किन हरेक बिहान निराश हुन्‍छौ? के तिमी मलाई भन्‍दैनौ?” यसैले अमनोनले तिनलाई जवाफ दिए, “मेरो भाइ अबशालोमकी बहिनी तामारलाई म प्रेम गर्छु ।”

  • २ शमू 15:33-34
    2 पदहरू
    70%

    33दाऊदले तिनलाई भने, “तिमी मसँग गयौ भने, तिमी मेरो निम्ति बोझ बन्‍ने छौ ।

    34तर तिमी सहरमा फर्केर गयौ र अबशालोमलाई यसो भन्यौ भने, 'जसरी म विगतमा हजुरका बुबाको सेवक भएँ त्यसरी नै, हे महाराजा, म हजुरको दास हुने छु,' तब तिमीले मेरो खातिर अहीतोपेलको सल्लाहलाई गोलमाल पार्नेछौ ।

  • 5त्यसपछि अब्शालोमले भने, “अरकी हूशैलाई पनि बोलाऊ र उनले के भन्छन् हामी सुनौं ।”