२ शमूएल 19:7

अनलक शाब्दिक बाइबल

यसकारण अब उठ्नुहोस् र बाहिर जानुहोस् र आफ्नो सिपाहीहरूसँग दयापूर्वक कुरा गर्नुहोस्, किनकि म परमप्रभुको नाउँमा शपथ खान्छु, तपाईं जानुभएन भने, आज राती तपाईंसँग एक जना पुरुष पनि रहने छैन । त्यो तपाईंको जवान अवस्थादेखि अहिलेसम्म घटेका सबै भन्दा खराब कुरा हुने छ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • नीति 14:28 : 28 राजाको महिमा तिनका धेरै मानिसहरूको सङ्ख्यामा पाइन्छ, तर मानिसहरूविना राजकुमार नष्‍ट हुन्छ ।
  • उत्प 34:3 : 3 तिनी याकूबकी छोरी दीनासित मोहित भएका थिए । तिनले यी युवतीलाई प्रेम गरी स्‍नेहपूर्वक बोले ।
  • भजन 71:4-6 : 4 हे परमेश्‍वर, दुष्‍टहरूका हातबाट, अधर्मी र निर्दयीहरूका हातबाट मलाई बचाउनुहोस् । 5 किनकि हे परमप्रभु परमेश्‍वर, तपाईं मेरो आसा हुनुहुन्छ । मेरो बालक हुँदादेखि नै मैले तपाईंमा भरोसा राखेको छु । 6 म गर्भमा हुँदादेखि नै तपाईंले मलाई सहारा दिनुभएको छ । मेरो आमाको गर्भदेखि मलाई बहिर निकाल्ने तपाईं नै हुनुहुन्छ । मेरो प्रशंसा सधैं तपाईंको बारेमा नै हुनेछ ।
  • भजन 71:9-9 : 9 मेरो वृद्ध अवस्थामा मलाई टढा नफाल्‍नुहोस् । मेरो बल कमजोर हुँदा मलाई नत्याग्‍नुहोस् । 10 किनकि मेरा शत्रुहरूले मेरो बारेमा कुरा गर्दैछन् । मेरो ज्‍यान लिन खोज्‍नेहरूले एकसाथ षड्यान्त्र गर्दैछन् । 11 तिनीहरू भन्छन्, “परमेश्‍वरले त्यसलाई त्याग्‍नुभएको छ । लखेटेर त्यसलाई समात्, किनकि त्यसलाई बचाउने कोही पनि छैन ।”
  • भजन 71:18-20 : 18 वास्तवमा, हे परमेश्‍वर, म वृद्ध हुँदा र मेरो कपाल फुल्दा पनि मलाई नत्याग्‍नुहोस्, जसरी मैले तपाईंको सामर्थ्य अर्को पुस्तालाई, तपाईंको शक्ति आउनेवाला हरेकलाई घोषणा गरिरहेको छु । 19 हे परमेश्‍वर, तपाईंको धार्मिकता धेरै उच्‍च छ । हे परमेश्‍वर, तपाईंले महान् कुराहरू गर्नुभएको छ, तपाईंजस्तो को छ र? 20 तपाईंले मलाई धेरै कष्‍टहरू देख्‍न दिनुभयो तपाईंले नै हामीलाई फेरि जागृत पार्नुहुनेछ र हामीलाई पृथ्वीको गहिराइबाट फेरि माथि ल्याउनुहुनेछ ।
  • भजन 129:1-2 : 1 ¶ “मेरो युवावस्थादेखि नै तिनीहरूले मलाई आक्रमण गरेका छन्,” इस्राएलले भनोस् । 2 “मेरो युवावस्थादेखि नै तिनीहरूले मलाई आक्रमण गरेका छन्, तापनि तिनीहरूले मलाई पराजित गरेका छैनन् ।
  • नीति 19:15 : 15 अल्छीपनले मानिसलाई घोर निद्रामा पुर्‍याउँछ, र काम गर्न अनिच्छुकचाहिँ भोकभोकै हुने छ ।
  • यशा 40:1 : 1 ¶ तिमीहरूका परमेश्‍वर भन्‍नुहुन्छ, “सान्त्वना, मेरा मानिसहरू सान्त्वना ।
  • हो 2:14 : 14 यसैले म त्यसलाई फकाउन जानेछु । म त्यसलाई उजाड-स्‍थानमा ल्याउनेछु र त्योसँग कोमल भएर बोल्‍नेछु ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ शमू 19:8-10
    3 पदहरू
    78%

    8त्यसैले राजा उठे र सहरको ढोकामा बसे, र सबै मानिसलाई यसो भनियो, “हेर, राजा ढोकामा बसेका छन् ।” अनि सबै मानिस राजाको सामु आए । त्‍यति बेला इस्राएलका सबै मानिस भगरे आआफ्ना घरमा गएका थिए ।

    9इस्राएलका सारा कुलमा सबै मानिसले यसो भन्‍दै आपसमा बहस गर्दै थिए, “राजाले हामीलाई हाम्रा शत्रुहरूका हातबाट बचाए, र उनले हामीलाई पलिश्‍तीहरूका हातबाट पनि बचाए, तर उनी अहिले अब्शालोमको कारणले देशबाट भागेका छन् ।

    10हामीले अभिषेक गरेको अब्शालोम युद्धमा मरेका छन् । त्यसैले राजालाई फिर्ता ल्याउने बारेमा किन तिमीहरू केही बोल्दैनौ?”

  • २ शमू 15:19-20
    2 पदहरू
    77%

    19तब राजाले गित्ती इत्तैलाई भने, “तिमी किन हामीसँग आउँछौ? फर्क र राजासँगै बस, किनकि तिमी परदेशी र निर्वासित छौ । तिम्रो आफ्नै ठाउँमा फर्क ।

    20किनकि तिमी भर्खर मात्र आएका हौ । तिमीलाई हामीसँगै भौंतारिन म किन लगाउछु र? म कहाँ जाँदै छु भन्‍ने मलाई नै थाहा छैन । त्यसैले फर्क र तिम्रा गाउँले मित्रहरूलाई फर्काएर लैजाऊ । बफदारीता र विश्‍वासनीयता तिमीसँगै रहोस् ।”

  • २ शमू 19:5-6
    2 पदहरू
    76%

    5तब योआब राजाको घरभित्र पसे र उनलाई भने, “आज तपाईंले आफ्नो सारा सिपाहीको मुहार लाजमा पार्नुभएको छ, जसले आज तपाईंको जीवन, तपाईंका छोराहरूका र तपाईंका छोरीहरूका र तपाईंका पत्‍नीहरूका जीवन र तपाईंका उपपत्‍नीहरूका पत्‍नीहरूको जीवन बचाए,

    6किनभने जसले तपाईंलाई घृणा गर्छ त्यसलाई तपाईंले प्रेम गर्नुहुन्छ र जसले तपाईंलाई प्रेम गर्छ त्यसलाई तपाईं घृणा गर्नुहुन्छ । किनकि कमाण्‍डरहरू र सिपाहीहरू तपाईंका निम्ति केही होइनन् भन्‍ने कुरा आज तपाईंको देखाउनुभएको छ । आज मलाई विश्‍वास भयो कि अब्शालोम बाँचेको भए र हामी सबै मरेको भए तपाईं खुसी हुनुहुन्थ्यो ।

  • 10त्यसैले तिमीसँग आएका आफ्नो मालिकका सेवकहरूसँगै बिहान सबेरै उठ । बिहान जति सक्‍दो सबेरै र उज्यालो हुनुअघि नै गइहाल ।”

  • २ शमू 15:14-15
    2 पदहरू
    75%

    14त्यसैले दाऊदले आफूसँग यरूशलेममा भएका आफ्‍ना सबै सेवकलाई भने, “उठ र हामी भागौं नत्रता हामी कोही पनि अब्शालोमबाट बाँच्‍ने छैनौं । तुरुन्तै जानलाई तयार होओ, नत्रता त्यसले हामीलाई चाँडै आक्रमण गर्ने छ र त्यसले हामीमाथि विपद् ल्याउने छ र तरवारले यो सहरलाई आक्रमण गर्ने छ ।”

    15राजाका सेवकहरूले राजालाई भने, “हेर्नुहोस्, तपाईंका दासहरू हाम्रो मालिक महाराजाले जे भन्‍नुहुन्छ सो गर्न तयार छन् ।”

  • १ शमू 20:7-8
    2 पदहरू
    75%

    7उहाँले, 'ठिकै छ' भन्‍नुहुन्‍छ भने, तपाईंको दासलाई शान्ति हुनेछ । तर उहाँ रिसले चुर हुनुभयो भने, उहाँले कुनै खराब गर्ने अठोट गर्नुभएको छ भनी जान्‍नुहोस् ।

    8यसकारण आफ्‍नो दासमाथि दायपूर्वक व्यवहार गर्नुहोस् । किनभने तपाईंले आफ्नो दासलाई आफूसँगै परमप्रभुको करारमा ल्याउनुभएको छ । तर ममा कुनै पाप छ भने, मलाई तपाईं आफैले मार्नुहोस् । किनकि मलाई किन तपाईंको बुबाकहाँ ल्याउनुहुन्छ?”

  • २ शमू 15:34-35
    2 पदहरू
    75%

    34तर तिमी सहरमा फर्केर गयौ र अबशालोमलाई यसो भन्यौ भने, 'जसरी म विगतमा हजुरका बुबाको सेवक भएँ त्यसरी नै, हे महाराजा, म हजुरको दास हुने छु,' तब तिमीले मेरो खातिर अहीतोपेलको सल्लाहलाई गोलमाल पार्नेछौ ।

    35के तिमीसँग सादोक पुजारी र अबियाथार हुने छैनन् र? त्यसैले तिमीले दरबारमा राजाबाट जे-जे सुन्छौ सो कुरा तिमीले पुजारी सादोक र अबियाथारलाई भन्‍नुपर्छ ।

  • 19यसकारण अब, म तपाईंलाई बिन्ती गर्छु, मेरो मालिक राजाले आफ्नो दासको कुरा सुन्‍नुहोस् । परमप्रभुले नै तपाईंलाई मेरो विरुद्धमा उक्साउनुभएको हो भने, उहाँले बलिदान ग्रहण गर्नुभएको होस् । तर यो मानवजाति हो भने, तिनीहरू परमप्रभुको सामु श्रापित होऊन्, किनकि तिनीहरूले मलाई आज बाहिर धपाएका छन्, ताकि म परमप्रभुको उत्तराधिकारमा रहन नसकौं । तिनीहरूले मलाई भनेका छन्, 'अरू देवताहरूको पुजा गर्न जाऊ ।'

  • २ शमू 18:3-5
    3 पदहरू
    73%

    3तर मानिसहरूले भने, “तपाईं युद्धमा जानु हुँदैन, किनकि भाग्यौं भने, तिनीहरूले हाम्रो वास्‍ता गर्ने छैनन् वा हामी आधा नै मरे पनि तिनीहरूले वास्‍ता गर्ने छैनन् । तर तपाईं त हामीजस्‍ता दश हजार बराबर हुनुहुन्छ! यसकारण तपाईं हामीलाई सहरबाट नै सहायता गर्न तयार हुनुहोस् ।”

    4त्यसैले राजाले तिनीहरूलाई जवाफ दिए, “तिमीहरूलाई जे उत्तम लाग्छ म त्यही गर्ने छु ।” जब सबै फौज सय र हजारको सङ्‍ख्‍यामा निस्‍केर गए, तब राजाचाहिं सहरको ढोकामा खडा भए ।

    5राजाले योआब, अबीशै र इत्तैलाई आज्ञा दिए, “त्यो जवान केटा अब्शालोमसित मेरो खातिर कोमलतासाथ व्यवहार गर ।” राजाले अब्शालोमको बारेमा कप्‍तानहरूलाई यस्तो आज्ञा दिएका छन् भनी सबैले सुने ।

  • 7त्यसैले अब फर्क र शान्तिसँग जाऊ, ताकि तिमीले पलिश्‍ती शासकहरूलाई अप्रशन्‍न तुल्याउनेछैनौ ।

  • २ शमू 15:8-9
    2 पदहरू
    73%

    8किनकि तपाईंको दासले अरामको गशूरमा बस्दा यसो भनेर एउटा भाकल गरें, “परमप्रभुले मलाई यरूशलेममा ल्याउनुभयो भने, म परमप्रभुको आराधना गर्ने छु ।”

    9त्यसैले राजाले उनलाई भने, “शान्तिसित जाऊ ।” यसैले अब्शालोम उठे र हेब्रोनमा गए ।

  • २ शमू 19:27-28
    2 पदहरू
    72%

    27म हजुरको सेवकको बारेमा मेरो सेवक सीबाले हजुरसँग निन्दा गरेको छ । तर मेरो मालिक महाराजा स्वर्दूतजस्तो हुनुहुन्छ । यसकारण, तपाईंको दृष्‍टिमा जे असल छ त्यही गर्नुहोस् ।

    28किनकि मेरो मालिक राजाको सामु मेरो बुबाको सबै घराना मृत मानिसहरू थिए, तर हजुरले आफ्नो सेवकलाई आफ्नै टेबलमा खानेमध्येको बनाउनुभयो । यसकारण म अझै राजासँग पुकारा गर्नुपर्ने मेरो के अधिकार छ र?”

  • 10तर तँलाई तल जान डर लागेको छ भने, तेरो सेवक पूराहसँग तल छाउनीमा जा,

  • 19किनकि कुनै मानिसले आफ्नो शत्रुलाई भेट्टायो भने, के त्‍यसलाई उसले सुरक्षित साथ जान दिनेछ र? तिमीले आज मेरो निम्ति जे गरेका छौ त्यसको निम्ति परमप्रभुले तिमीलाई असल इनाम दिनुभएको होस् ।

  • २ शमू 13:24-25
    2 पदहरू
    72%

    24अब्शालोम राजाकहाँ गए र भने, “हे्र्नुहोस्, तपाईंको दासले भेडाको ऊन कत्रन लगेको छ । कृपया, राजा र उहाँका सेवकहरू हजुरका दासकहाँ सवारी होस् ।”

    25राजाले अब्शालोमलाई जवाफ दिए, “होइन, मेरो छोरो, हामी सबै जना जानुहुँदैन किनभने तिम्रो निम्ति हामी बोझ हुन्छौं ।” अब्शालोमले राजालाई बिन्ती गरे, तर तिनी गएनन्। बरु तिनले उनलाई आशिष् दिए ।

  • 17त्यसपछि तपाईंकी दासीले प्रार्थना गरिन्, 'हे परमप्रभु, मेरो मालिक महाराजाका वचनले मलाई मुक्‍त गर्नुभएको होस्, किनकि मेरो मालिक असल र खराब छुट्याउनला परमश्‍वरको स्वर्गदूतजस्तै हुनुहुन्छ ।' परमप्रभु तपाईंको परमेश्‍वर तपाईंसँग हुनुभएको होस् ।”

  • १ राजा 2:6-7
    2 पदहरू
    72%

    6तिमीले सिकेको बुद्धिले योआबसित व्यवहार गर्नू, तर तिनको फुलेको कपाल शान्तिसित चिहानमा जान नपाओस् ।

    7तथापि, गिलादका बर्जिल्लैका छोराहरूमाथि दया देखाउनू, र तिम्रो टेबलमा खानेहरूमध्ये तिनीहरू पनि होऊन् किनकि म तिम्रो दाजु अब्शालोमबाट भाग्दा तिनीहरू मकहाँ आएका थिए ।

  • 15अब यो देखेर म मेरो मालिक राजासँग यो कुरा गर्न आएको छु, किनभने मानिसहरूले मलाई भयभीत तुल्याएका छन् । तपाईंको दासीले मनमनै भनिन्, 'म अब महाराजासित कुरा गर्ने छु । सायद महाराजाले आफ्नो दासीको बन्ती पुरा गरिदिनुहुने छ ।

  • 1¶ त्यसपछि अहीतोपेलले अब्शालोमलाई भने, “अब म बाह्र हजार मानिस छान्‍ने छु र म उठ्ने छु र दाऊदलाई आज राती नै खेदने छु ।

  • 20हे मेरा मालिक राजा, हजुरपछि को सिंहासनमा बस्ने छ भनी हजुरबाट थाहा पाउनलाई सारा इस्राएलले हजुरकै प्रतीक्षा गरिरहेका छन् ।

  • 4ताकि परमप्रभुले मेरो बारेमा यसो भन्नुभएको वचन उहाँले पुरा गर्नुभएको होस्, 'तेरा छोराहरूले तिनीहरूका सारा ह्रदय र सारा प्राणले विश्वसनीयतासाथ मेरो सामु हिँड्न होसियारीपूर्वक आफ्ना आचरणको रेखदेख गरे भने इस्राएलको सिंहासनमा बस्ने उत्तराधिकारीको कहिल्यै अभाव हुने छैन ।'

  • 30परमप्रभुले तपाईंलाई प्रतिज्ञा गर्नुभएको हरेक कुरा उहाँले मेरो मालिकको निम्ति पुरा गर्नुहुनेछ, र तपाईंलाई इस्राएलमाथि अगुवा नियुक्‍त गर्नुभएको छ ।

  • 16अब चाँडो जाओ र दाऊदलाई खबर गर । उनलाई भन, 'आज राती आराबाको जाँघरहरूमा छाउनी नलगाउनुहोस्, तर कुनै पनि उपायले पारि तर्नुहोस्, नत्र राजाका अनि उहाँको साथमा भएका सबै मानिस समेत नाश पारिने छन्' ।”

  • 8राजाले ती स्‍त्रीलाई भने, “आफ्नो घर जाऊ र तिम्रो निम्ति केही कुरा गर्न म आदेश दिने छु ।”

  • 13मेरो बुबाले तपाईंलाई हानि गर्ने इच्छा गर्नुभएको रहेछ, र तपाईं शान्तिमा जान सक्‍नुभएको होस् भनी मैले तपाईंलाई थाहा दिइनँ, र तपाईंलाई पठाइनँ भने, परमप्रभुले जोनाथनलाई यसै र अझ बढी गर्नुभएको होस् । परमप्रभु जसरी मेरो बुबासँग हुनुहुन्‍छ, त्यसरी नै उहाँ तपाईंसँग रहनुभएको होस् ।

  • 19शिमीले राजालाई भने, “मेरो मालिक महाराजाले यरूशलेम छोडेको दिन हजुरका दासले गरेको कुरा मनमा नलिनुहोला वा दोषी नठहराउनुहोला । कृपया, यसलाई राजाले हृदयमा नराख्‍नुहोला ।

  • 21अबनेरले दाऊदलाई सविस्तार बताए, “हे मेरो मालिक राजा, म उठेर सबै इस्राएललाई तपाईंकहाँ ल्याउने छु, ताकि तिनीहरूले तपाईंसँग करार बाँधुन् र सबैमाथि तपाईंले इच्छा गर्नुभएबमोजिम तपाईंले शासन गर्न सक्‍नुभएको होस् ।” यसैले दाऊदले अबनेरलाई पठाइदिए र अबनेर शान्‍तिसित विदा भए ।

  • 18अब यो काम गर्नुहोस् । किनकि परमप्रभुले दाऊदसित यसो भनेर बोल्‍नुभएको छ, 'म आफ्‍ना मानिसहरूलाई पलिश्‍तीहरूका हात र तिनीहरूका सबै शत्रुका हातबाट मेरो दास दाऊदको हातद्वारा नै बचाउने छु' ।”

  • 10राजाले जवाफ दिए, “कसैले तिमीलाई कुनै कुरा भन्यो भने त्यसलाई मकहाँ लेऊ र त्यसले तिमीलाई फेरि छुने छैन ।”

  • 3तिमीहरूका मालिका सन्तानमध्ये सबैभन्दा उत्तम र योग्यलाई छान र तिनलाई आफ्‍ना पिताको सिंहासनमा राख, अनि तिमीहरूका मालिकका राजकीय वंशको निम्ति लडाइँ गर ।”

  • 19साथै, मैले कुन मानिसको सेवा गर्नु? के मैले तिनको छोराको उपस्थितिमा सेवा नगर्नु? मैले जसरी तपाईंको बुबाको सामु सेवा गरेको छु त्यसरी नै म तपाईंको सामु सेवा गर्ने छु ।”

  • 17अब्शालोमले हूशैलाई भने, “तिम्रो मित्रप्रतिको तिम्रो बफदारीता यही हो? तिमी किन तिनीसित गएनौ?”

  • 3म बाहिर जाने छु र तपाईं भएकै ठाउँमा म मेरो बुबाको छेउमा खडा हुनेछु र म मेरो बुबासँग तपाईंको बारेमा कुरा गर्नेछु । मैले कुनै कुरा थाहा पाएँ भने, म तपाईंलाई भन्‍नेछु ।”

  • 30त्यसपछि राजाले भने, “हटिजाऊ र यहाँ खडा होऊ ।” त्यसैले अहीमास छेउतिर लागे र खडा भए ।

  • १ राजा 1:12-13
    2 पदहरू
    70%

    12त्यसकारण, तपाईंले आफ्नै जीवन र तपाईंका छोरा सोलोमनको जीवन बचाउन सक्नुभएको होस् भनेर म अब तपाईंलाई सल्लाह दिन चाहन्छु ।

    13राजा दाऊदकहाँ गएर भन्नहोस्, ‘मेरा मालिक राजा, के तपाईंले आफ्नो सेवकलाई “निश्चय नै मपछि तिम्रो छोराले शासन गर्ने छ र त्यो नै मेरो सिंहासनमा बस्ने छ” भनी तपाईंले मसित शपथ खानुभएको होइन र? त्यसो भए, किन अदोनियाहले शासन गर्दै छन् त?’

  • 25अब हे इस्राएलका परमेश्वर परमप्रभु, तपाईंका दास अर्थात् मेरा पिता दाऊदसित प्रतिज्ञा गर्नुभएको वचन पुरा गर्नुहोस् । तपाईंले भन्नुभयो, 'तँ मेरो अगि हिँडेजस्तै तेरा सन्तानहरू मेरो अगि हिँड्न होसियार भए भने इस्राएलको सिंहासनमा बस्न कुनै मानिसको अभाव हुने छैन ।'