21दाऊदको पछि जानलाई साह्रै कमजोर भएका दुई सय जना मानिसकहाँ तिनी आए, जसलाई अरूले बसोरको खोल्सामा नै बस्न लगाएका थिए । दाऊद र तिनीसँग भएका मानसिहरूलाई भेट्न यी मानिसहरू अगाडि गए । जब दाऊद यी मानिसकहाँ आए, तब तिनले उनीहरूलाई अभिवादन गरे ।
22तब दाऊदसँग गएका सबै दुष्ट र वेकामका मानिसले भने, “यी मानिसहरू हामीसँग नगएका हुनाले हामीले फिर्ता ल्याएका कुनै पनि लूटका मालहरू हामी तिनीहरूलाई दिनेछैनौं । हरेक मानिसले आफ्ना पत्नी र छोराछोरी लिन र तिनीहरूलाई लिएर जान सक्छ ।”
23तब दाऊदले भने, “ मेरा भाइ हो, परमप्रभुले हामीलाई दिनुभएको कुरामा तिमीहरूले यस्तो व्यवहार गर्नुहुँदैन । उहाँले हाम्रो सुरक्षा गर्नुभएको छ र हाम्रो विरुद्धमा आउने लूटपाट गर्नेहरूलाई हाम्रो हातमा सुम्पनुभएको छ ।
24तिमीहरूको यो कुरा कसले सुन्नेछ? किनभने युद्धमा जानेहरूको हिस्सा जत्ति हुन्छ सामानहरू कुर्नेहरूको हिस्सा पनि त्यत्ति नै हुनेछ । तिनीहरूले बाँड्नेछन् अनि बराबर बाँड्नेछन् ।”