२ शमूएल 14:20

अनलक शाब्दिक बाइबल

तपाईंको दास योआबले जे भइरहेको छ त्यसको प्रवाहलाई परिवर्तन गर्न यसो गरेका हुन् । मेरो मालिक परमेश्‍वरको स्वर्गदूतजस्तै बुद्धिमान हुनुहुन्छ र मुलुकमा भइरहेका हरेक कुरा जान्‍नुहुन्छ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ शमू 14:17 : 17 त्यसपछि तपाईंकी दासीले प्रार्थना गरिन्, 'हे परमप्रभु, मेरो मालिक महाराजाका वचनले मलाई मुक्‍त गर्नुभएको होस्, किनकि मेरो मालिक असल र खराब छुट्याउनला परमश्‍वरको स्वर्गदूतजस्तै हुनुहुन्छ ।' परमप्रभु तपाईंको परमेश्‍वर तपाईंसँग हुनुभएको होस् ।”
  • २ शमू 19:27 : 27 म हजुरको सेवकको बारेमा मेरो सेवक सीबाले हजुरसँग निन्दा गरेको छ । तर मेरो मालिक महाराजा स्वर्दूतजस्तो हुनुहुन्छ । यसकारण, तपाईंको दृष्‍टिमा जे असल छ त्यही गर्नुहोस् ।
  • अय्यू 32:21-22 : 21 म पक्षपात गर्नेछैनँ, न त कुनै मानिसलाई आदरको दर्जा नै दिनेछु । 22 किनकि त्‍यस्तो दर्जा कसरी दिने हो म जान्‍दिनँ । मैले त्यसो गरें भने, मेरा सृष्‍टिकर्ताले मलाई चाँडै लैजानुहुन्‍छ ।
  • अय्यू 38:16-41 : 16 के तँ समुद्रको पानीको मूलमा गएको छस्? के तँ गहिरोभन्दा गहिरो ठाउँमा हिंडेको छस्? 17 के मृत्युका ढोकाहरू तँलाई देखाइएको छ? के तैंले मृत्युका छायाका ढोकाहरू देखेको छस्? 18 के पृथ्वीको विस्तृत फैलावटलाई तैंले बुझेको छस्? तँलाई यो सबै थाहा छ भने मलाई भन् । 19 ज्योतिको बासस्थानमा जाने बाटो कता— अन्धकारको बारेमा, त्‍यसको ठाउँ कहाँ बस्छ? 20 ज्योति र अन्धकारलाई तिनीहरूको काम गर्ने ठाउँमा तैंले लिएर जान सक्छस्? तिनीहरूका घरमा तिनीहरूलाई फर्काएर लाने बाटो तैंले चिन्‍न सक्छस्? 21 त्यति बेला नै तेरो जन्म भएको भए निस्सन्देह, तँलाई थाहा हुन्‍छ । तेरो उमेर धेरै भइसकेको हुन्छ! 22 हिउँका भण्डारहरूभित्र तँ पसेको छस्? अथवा असिनाका भण्डारहरू तैंले देखेको छस्? 23 यी कुराहरू मैले सङ्कष्‍टको समयको निम्‍ति, अनि संघर्ष र युद्धको दिनको लागि साँचेको छु । 24 बिजुली चम्केर जाने बाटो कुन हो, अथवा पूर्वीय बतास कहाँबाट पृथ्वीको चारैतिर जान्‍छ? 25 झरीको बाडीको लागि कसले नहरहरू खनेको छ, अथवा गर्जनको लागि कसले बाटो बनाएको छ, 26 कुनै व्‍यक्ति नरहने ठाउँ र कोही नभएको उजाड-स्थानमा पानी पार्नलाई, 27 सर्वनाश भएको र उजाड ठाउँहरूलाई हरियाली ल्‍याउनलाई, र भूमिबाट घाँस उमार्नलाई? 28 के झरीको कुनै बुबा छ, अर्थात् शीतको थोपालाई जन्माउने को हो? 29 कसको गर्भबाट बरफको जन्‍म भयो? आकाशबाट झर्ने तुसारोलाई कसले जन्मायो? 30 पानीले आफैलाई लुकाउँछ र ढुङ्गाझैं बन्छ । महासागरको सतह जमेको हुन्‍छ । 31 के तैंले किरकिटी ताराहरूलाई साङ्लाले बाँध्‍न सक्छस्? अर्थात् मृगशिराको पुञ्जलाई फुकाल्न सक्छस्? 32 के तैंले तारामण्डलहरूलाई तिनीहरूको आफ्नो ऋतुमा प्रकट गराउन सक्छस्? के तैंले सप्‍तर्षि तारा र त्यसको दललाई डोर्‍याउन सक्छस्? 33 के तैंले आकाशको शासन गर्ने नियमहरूलाई जानेको छस्? के तैंले आकाशको नियमलाई पृथ्वीमाथि बसाउन सक्छस्? 34 के तैंले आफ्नो सोर बादलसम्म पुर्‍याउन सक्छस्, जसले गर्दा झरीको प्रसस्‍त भलले तँलाई ढाक्‍न सक्‍छ? 35 के तैँल बिजुलीका चमकहरूलाई पठाउन सक्छस् जसले गर्दा ती बाहिर जान सकून्, तिनले तँलाई यसो भनून्, 'हामी यहाँ छौं?' 36 बादलमा कसले बुद्धि राखेको छ, अथवा तुवाँलोलाई समझशक्ति दिएको छ? 37 कसले आफ्नो सिपद्वारा बादललाई गन्‍न सक्छ? कसले आकाशको पानीको भण्डारबाट खन्याउन सक्छ, 38 जति बेला धुलो कडा डल्लो बन्छ, अनि माटोका डल्लाहरू एकसाथ टाँसिएर बस्छ? 39 के सिंहनीको निम्ति तैंले सिकार खोज्न सक्छस्, अर्थात् त्यसका डमरूहरूको भोकलाई तृप्‍त पार्न सक्छस्, 40 जति बेला तिनीहरू आफ्नो खोरमा ढुकिबस्छन्, अनि गुप्‍तमा लुकेर पर्खिरहन्‍छन्? 41 कागका बचेराहरूले परमेश्‍वरमा पुकारा गर्दा, र खानेकुराको अभावले भाउन्‍न हुँदा, कसले तिनलाई आहार जुटाइदिन्छ?
  • नीति 26:28 : 28 झुट बोल्ने जिब्रोले पीडामा परेकाहरूलाई घृणा गर्छ, र चापलुसी घस्‍ने मुखले विनाश ल्याउँछ ।
  • नीति 29:5 : 5 आफ्नो छिमेकीलाई फुर्क्याउनेले त्यसका खुट्टाका लागि जाल फिजाइरहेको हुन्छ ।
  • १ कोरि 8:1-2 : 1 ¶ मूर्तिलाई बलिदानको रूपमा चढाइएको खानेकुराको बारेमा भन्‍नुपर्दा हामीलाई थाहा छ कि “हामी सबैसँग ज्ञान छ ।” ज्ञानले घमण्ड ल्याउँदछ, तर प्रेमले उन्‍नति गराउँछ । 2 यदि कसैले केही जान्दछु र म कोही हुँ भनी विचार गर्छ भने त्यो व्यक्‍तिले जति जान्‍नुपर्ने हो त्यति जानेको हुँदैन ।
  • उत्प 3:5 : 5 किनभने परमेश्‍वर जान्‍नुहुन्छ, कि जुन दिन तिमीहरू त्यो खान्छौ तिमीहरूका आँखा खुल्नेछन्, र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्‍वरजस्तै हुनेछौ ।”
  • २ शमू 5:23 : 23 त्यसैले दाऊदले फेरि पनि परमप्रभुसँग सहायता मागे र पमरप्रभुले तिनलाई भन्‍नुभयो, “तैंले तिनीहरूलाई अडागिबाट आक्रमण गर्नु हुँदैन, तर तिनीहरूको पछिल्तिरबाट फन्को मारेर लहरे-पिपलको जङ्गलभएर तिनीहरूमाथि जाइलाग ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ शमू 14:15-19
    5 पदहरू
    81%

    15अब यो देखेर म मेरो मालिक राजासँग यो कुरा गर्न आएको छु, किनभने मानिसहरूले मलाई भयभीत तुल्याएका छन् । तपाईंको दासीले मनमनै भनिन्, 'म अब महाराजासित कुरा गर्ने छु । सायद महाराजाले आफ्नो दासीको बन्ती पुरा गरिदिनुहुने छ ।

    16सायद महाराजाले मेरो बिन्‍ती सुन्‍नुहुने छ र परमेश्‍वरले हामीलाई दिनुभएको उत्तराधिकारबाट म र मेरो छोरोलाई नष्‍ट पार्ने मानिसहरूको हातबाट मुक्‍त गर्नुहुने छ ।'

    17त्यसपछि तपाईंकी दासीले प्रार्थना गरिन्, 'हे परमप्रभु, मेरो मालिक महाराजाका वचनले मलाई मुक्‍त गर्नुभएको होस्, किनकि मेरो मालिक असल र खराब छुट्याउनला परमश्‍वरको स्वर्गदूतजस्तै हुनुहुन्छ ।' परमप्रभु तपाईंको परमेश्‍वर तपाईंसँग हुनुभएको होस् ।”

    18अनि राजाले जवाफ दिए र ती स्‍त्रीलाई भने, “मैले तिमीलाई सोध्‍ने कुनै पनि कुरा मबाट नलुकाऊ ।” ती स्‍त्रीले जवाफ दिइन्, “हे मेरा मालिक महाराजा भन्‍नहोस् ।”

    19राजाले भने, “के यी सबै कुराको पछाडी योआबको हात छैन र?” ती स्‍त्रीले जवाफ दिइन्, “जस्तो तपाईं मेरो मालिक महाराजा जीवित हुनुहुन्छ, मेरो मालिक महाराजाले भन्‍नुभएको कुराबाट कोही पनि दाया वा बाँया लाग्‍न सक्दैन । तपाईंकी दासीले बोलेको यी कुराहरू भन्‍न मलाई आज्ञा गर्ने र बताउने तपाईंको दास योआब नै थिए ।

  • २ शमू 14:21-23
    3 पदहरू
    77%

    21राजाले योआबलाई भने, “हेर, म यो गर्ने छु । तब जाऊ र त्‍यो जवान अब्शालोमलाई फर्काएर ल्‍याऊ ।”

    22त्यसैले योआबले राजाप्रति आदर र कृतज्ञता प्रकट गर्न भुईंमा घोप्‍टो परे । योआबले भने, “राजाले आफ्नो दासको बिन्ती पुरा गर्नुभएकोमा मैले मेरा मालिक महाराजा तपाईंको दृष्‍टिमा निगाह पाएको छु भनी मैले आज थाहा पायो ।”

    23त्यसैले योआब उठे, गशूरमा गए र अब्शालोमलाई यरूशलेममा फिर्ता ल्याए ।

  • 27म हजुरको सेवकको बारेमा मेरो सेवक सीबाले हजुरसँग निन्दा गरेको छ । तर मेरो मालिक महाराजा स्वर्दूतजस्तो हुनुहुन्छ । यसकारण, तपाईंको दृष्‍टिमा जे असल छ त्यही गर्नुहोस् ।

  • २ शमू 14:1-3
    3 पदहरू
    75%

    1¶ राजाको हृदयमा अब्शालोमलाई भेट्ने इच्‍छा जागेछ भनी सरूयाहका छोरा योआबले बुझे ।

    2योआबले तकोमा खबर पठाए र एउटा बुद्धिमानी स्‍त्रीलाई तिनीकहाँ ल्याउन लगाए । तिनले उनलाई भने, “कृपया तिमी शोकमा परेको बहाना गर र शोकको लुगा लगाऊ । आफूलाई तेल नलगाऊ, तर मरेको मानिसको निम्ति लामो समयदेखि शोकमा परेकी स्‍त्रीजस्तो होऊ ।

    3अनि राजाकहाँ जाऊ र तिनलाई मैले बताएको कुरामा बारेमा बताऊ ।” यसरी उनले राजालाई भन्‍नुपर्ने कुरा योआबले उनलाई भने ।

  • २ शमू 3:24-26
    3 पदहरू
    75%

    24तब योआब राजाकहाँ आए र भने, “तपाईंले य के गर्नुभएको छ? हेर्नुहोस्, अबनेर तपाईंकहाँ आए! तपाईंले तिनलाई किन पठाउनुभएको छ र तिनी गएका छन्?

    25नेरका छोरा अबनेर तपाईंलाई छल्न गर्न र तपाईंका योजनाहरू र तपाईंले गरिरहेका हरेक कुरा पत्ता लगाउन आएका होइनन् र?”

    26जब योआब दाऊदकहाँबाट गए, तब तिनले अबनेरको पछि-पछि दूतहरू पठाए र तिनीहरूले तिनलाई सीराको इनारबाट फर्काए ल्याए, तर दाऊदलाई यो कुरा थाहा थिएन ।

  • 22त्यसैले त्‍यो दूत विदा भयो र दाऊदकहाँ गयो र योआबले तिनलाई भन्‍न पठाएका हरेक कुरा भनिदिए ।

  • २ शमू 20:16-18
    3 पदहरू
    72%

    16त्यसपछि एक जना बुद्धिमान स्‍त्रीले सहरबाट कराएर भनिन्, “ए योआब, सुन्‍नुहोस्, कृपया सुन्‍नुहोस्! मेरो नजिक आउनुहोस् र म तपाईंसँग कुरा गर्न सक्‍छु ।”

    17त्यसैले योआब तिनको नजिक गए र ती स्‍त्रीले भनिन्, “के तपाईं योआब हुनुहुन्छ?” तिनले जवाफ दिए, “म हुँ ।” तब तिनलाई उनले भनिन्, “तपाईंकी दासीको कुरा सुन्‍नुहोस् ।” तिनले जवाफ दिए, “म सुन्‍दै छु ।”

    18तब उनले भनिन्, “प्राचीन समयमा तिनीहरू भन्‍ने गर्थे, 'निश्‍चय हबिलमा सल्लाह लिन जाऊ,' र त्यो सल्लाहले कुरा मिल्थ्यो ।

  • 20हे मेरा मालिक राजा, हजुरपछि को सिंहासनमा बस्ने छ भनी हजुरबाट थाहा पाउनलाई सारा इस्राएलले हजुरकै प्रतीक्षा गरिरहेका छन् ।

  • २ शमू 7:20-21
    2 पदहरू
    72%

    20म दाऊदले तपाईंलाई अरू भन्‍न सक्‍छु र? हे परमप्रभु परमेश्‍वर, तपाईंको सेवकलाई तपाईंले चिन्‍नुभएको छ ।

    21तपाईंको वचनको खातिर र तपाईंको आफ्नो उद्‍देश्‍य पूरा गर्नलाई, तपाईंले यो ठुलो काम गर्नुभएको छ र तपाईंको सेवकलाई त्‍यो प्रकट गर्नुभएको छ ।

  • २ शमू 18:28-30
    3 पदहरू
    72%

    28त्यसपछि अहीमासले कराए र राजालाई भने, “सबै ठिक छ ।” तिनले आफ्‍नो अनुहार भुईंमा धोप्टो पारेर राजालाई दण्डवत् गरे र भने, “परमप्रभु तपाईंको परमेश्‍वर धन्यको होऊन्! मेरो मलिक महाराजाको विरुद्धमा खडा हुने मानिसहरूलाई उहाँले हजुरको हातमा सुम्पनुभएको छ ।

    29त्यसैले राजाले जवाफ दिए, “त्‍यो जवान अब्शालोम ठिकै छ?” अहीमासले जवाफ दिए, “जब योबले म महाराजाको सेवकलाई हजुरकहाँ पठाए, तब मैले ठुलो खेलाबैल देखें, तर यो के हो भनी मलाई थाहा भएन ।”

    30त्यसपछि राजाले भने, “हटिजाऊ र यहाँ खडा होऊ ।” त्यसैले अहीमास छेउतिर लागे र खडा भए ।

  • २ शमू 14:31-32
    2 पदहरू
    72%

    31अनि योआब उठे र अब्शालोमको घरमा तिनीकहाँ आए र तिनलाई भने, “तिम्रा सेवकहरूले मेरो खेतमा किन आगो लगाइदिएका छन्?”

    32अब्शालोमले योआबलाई जवाफ दिए, “हेर, मैले तिमीकहाँ यसो भनेर खबर पठाएँ, 'यहाँ आऊ, ताकि तिमीलाई राजाकहाँ म यसो भन्‍नलाई पठाउन सकूँ’ । ‘म गशूरबाट किन आएँ? मलाई त अझै त्यहाँ हुनु नै असल हुन्‍छ। यसकारण अब म राजाको मुख हेर्न पाऊँ र म दोषी छु भने तिनले नै मलाई मारुन् ।'”

  • २ शमू 19:5-6
    2 पदहरू
    71%

    5तब योआब राजाको घरभित्र पसे र उनलाई भने, “आज तपाईंले आफ्नो सारा सिपाहीको मुहार लाजमा पार्नुभएको छ, जसले आज तपाईंको जीवन, तपाईंका छोराहरूका र तपाईंका छोरीहरूका र तपाईंका पत्‍नीहरूका जीवन र तपाईंका उपपत्‍नीहरूका पत्‍नीहरूको जीवन बचाए,

    6किनभने जसले तपाईंलाई घृणा गर्छ त्यसलाई तपाईंले प्रेम गर्नुहुन्छ र जसले तपाईंलाई प्रेम गर्छ त्यसलाई तपाईं घृणा गर्नुहुन्छ । किनकि कमाण्‍डरहरू र सिपाहीहरू तपाईंका निम्ति केही होइनन् भन्‍ने कुरा आज तपाईंको देखाउनुभएको छ । आज मलाई विश्‍वास भयो कि अब्शालोम बाँचेको भए र हामी सबै मरेको भए तपाईं खुसी हुनुहुन्थ्यो ।

  • १ इति 21:3-4
    2 पदहरू
    71%

    3योआबले भने, “परमप्रभुले आफ्‍ना फौजलाई सय गुणा बढाउनुभएको होस् । तर हे मेरा मालिक राजा, के तिनीहरूले मेरा मालिकको सेवा गर्दैनन् र? इस्राएलमाथि किन दोष ल्‍याउनुहुन्‍छ?”

    4तर राजाको वचन योआबको विरुद्धमा लागू भयो । त्यसैले योआब त्यहाँबाट हिंडे र सारा इस्राएलभरी गए । तब तिनी यरूशलेममा फर्केर आए ।

  • 7उहाँले, 'ठिकै छ' भन्‍नुहुन्‍छ भने, तपाईंको दासलाई शान्ति हुनेछ । तर उहाँ रिसले चुर हुनुभयो भने, उहाँले कुनै खराब गर्ने अठोट गर्नुभएको छ भनी जान्‍नुहोस् ।

  • 15राजाका सेवकहरूले राजालाई भने, “हेर्नुहोस्, तपाईंका दासहरू हाम्रो मालिक महाराजाले जे भन्‍नुहुन्छ सो गर्न तयार छन् ।”

  • 3योआबले राजालाई भने, “परमप्रभु तपाईंका परमेश्‍वरले मानिसहरूका सङ्ख्‍यामा सय गुणा वृद्धि गर्नुभएको होस् र मेरा मालिक महाराजाले यसो भएको आफ्नै आँखाले देखून् । तर मेरा मालिक महाराजालाई यो किन चाहियो?”

  • 31कसैले दाऊदलाई भन्यो, “अहीतोपेल अब्शालोमसँगै षड्यान्त्र गर्नेहरूसित छ ।” त्यसैले दाऊदले प्रार्थना गरे, “हे परमप्रभु, कृपा गरी, अहीतोपेलको सल्लाहलाई मूर्खतामा परिणत गर्नुहोस् ।”

  • 13मैले झुट बोलेर मेरो जीवनलाई खतरामा पारेको भए (र राजाबाट कुनै कुरा लुक्‍दैन ), तपाईंले मलाई त्यग्‍नुहुने थियो ।”

  • १ इति 17:18-19
    2 पदहरू
    71%

    18म दाऊदले तपाईंलाई योभन्दा बढी के नै भन्‍न सक्छु र? तपाईंले आफ्‍नो दासलाई विशेष आदर गर्नुभएको छ ।

    19हे परमप्रभु, तपाईंको दासको खातिर र तपाईंको आफ्नै उद्देश्य पुरा गर्नलाई आफ्‍ना सबै महान् कामहरू प्रकट होऊन् भनेर नै तपाईंले यो महान् काम गर्नुभएको छ ।

  • 9आकीशले दाऊदलाई जवाफ दिए र भने, “तिमी मेरो दृष्‍टिमा परमेश्‍वरको दूत जत्तिकै दोषरहित छौ । तापनि पलिश्‍ती शासकहरूले भनेका छन्, 'यिनी हामीसँग युद्धमा जानुहुँदैन ।'

  • १ राजा 2:5-6
    2 पदहरू
    70%

    5सरूयाहका छोरा योआबले मलाई के गरे, र इस्राएलका दुई सेनापति अर्थात् नेरका छोरा अबनेर र येतेरका छोरा अमासलाई के गरे, सो तिमीलाई थाहै छ । तिनले दुवैलाई मारिदिए । तिनले शान्तिको समयमा युद्धको रगत बगाए, र युद्धको रगत आफ्नो कम्मरको पटुका र खुट्टाको जुत्तामा दले ।

    6तिमीले सिकेको बुद्धिले योआबसित व्यवहार गर्नू, तर तिनको फुलेको कपाल शान्तिसित चिहानमा जान नपाओस् ।

  • 14अनि अब्बशालोम र इस्राएलका मानिसले भने, “आरकी हूशैको सल्लाह अहीतोपेलको सल्लाहभन्दा राम्रो छ ।” परमप्रभुले अब्शालोममाथि विनाश ल्याउनको निम्ति अहीतोपेलको सल्लाह इन्कार गर्ने निश्‍चय गर्नुभएको थियो ।

  • 34तर तिमी सहरमा फर्केर गयौ र अबशालोमलाई यसो भन्यौ भने, 'जसरी म विगतमा हजुरका बुबाको सेवक भएँ त्यसरी नै, हे महाराजा, म हजुरको दास हुने छु,' तब तिमीले मेरो खातिर अहीतोपेलको सल्लाहलाई गोलमाल पार्नेछौ ।

  • 27हे मेरा मालिक राजा, के हजुरपछि हजुरको सिंहासनमा को बस्ने भनेर हजुरले हामी हजुरका दासहरूलाई जानकारी नै नदिई यसो गर्नुभएको हो र?”

  • 14दाऊद आफ्‍ना मार्गमा सफलता पाए, किनभने परमप्रभु तिनीसँग हुनुहुन्थ्यो ।

  • 30परमप्रभुले तपाईंलाई प्रतिज्ञा गर्नुभएको हरेक कुरा उहाँले मेरो मालिकको निम्ति पुरा गर्नुहुनेछ, र तपाईंलाई इस्राएलमाथि अगुवा नियुक्‍त गर्नुभएको छ ।

  • 18जब योआबले युद्धको बारेमा हरेक खबर दाऊदलाई पठाए,

  • 40तर तपाईंका दास यताउता जाँदैमा व्यस्त भएकाले त्यो मानिस भाग्यो ।” तब इस्राएलका राजाले तिनलाई भने, “तेरो दण्ड यही हुने छ जुन तँ आफैले निधो गरिस् ।”

  • 13त्यसैले ती स्‍त्रीले भनिन्, “तपाईंले परमश्‍वरका मानिसहरूका विरुद्धमा किन यस्तो कुरा गर्नुभएको छ? राजाले यसो भन्‍नुहुँदा उहाँ कुनै दोषी व्यक्‍तिजस्तै हुनुहुन्छ, किनभने राजाले आफ्नो निर्वासित छोरालाई फिर्ता ल्याउनुभएको छैन ।

  • 20तब अब्शालोमले अहीतोपेललाई भने, “हामीले के गर्नुपर्छ भन्‍ने बारेमा हामीलाई तपाईंको सल्लाह दिनुहोस् ।”