२ शमूएल 17:29

अनलक शाब्दिक बाइबल

मह, नौनी, भेडा र दही ल्याए, ताकि दाऊद र तिनीसँग भएका मसनिहरूले खान सकुन् । यी मानिसले भनेका थिए, “मानिसहरू उजाडस्‍थानमा भोकाएका, थकित, र तिर्खाएका छन् ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ शमू 16:2 : 2 राजाले सीबालाई भने, “तिमीले यी कुरा किन लिएर आयौ?” सीबाले जवाफ दिए, “गधाहरू राजाका घरानालाई सवार हुन, रोटी र नेभाराका डल्लाहरू तपाईंका मानिसहरूले खान र दाखमद्यचाहि उजाडस्‍थानमा मूर्छित हुनेहरूका लागि पिउनलाई हुन् ।”
  • २ शमू 16:14 : 14 त्यसपछि राजा र तिनीसँग भएका सबै मानिस थकित भए र तिनीहरू राती रोकिंदा तिनले आराम गरे ।
  • २ शमू 17:2 : 2 तिनी थकित र कमजोर हुँदा नै तिनीकहाँ म पुग्‍ने छु र तिनलाई भयङ्‍कर त्रासमा पार्ने छु । तिनीसँग भएका मानिसहरू भाग्‍ने छन् र म राजालाई मात्र आक्रमण गर्ने छु ।
  • भजन 34:8-9 : 8 परमप्रभु असल हुनुहुन्छ भन्‍ने कुरा जाँच र हेर । उहाँमा शरण लिने मानिस धन्यको हो । 9 ए परमप्रभुका पवित्र मानिस हो, उहाँको भय मान । उहाँको भय मान्‍नेहरूलाई कुनै कुराको खाँचो हुँदैन । 10 जवान सिंहहरूलाई कहिलेकाहीं खानाकुरा खाँचो पर्छ र भोकाउँछन्, तर परमप्रभुको खोजी गर्नेहरूलाई कुनै असल कुरा खाँचो हुँदैन ।
  • भजन 84:11 : 11 किनकि परमप्रभु परमेश्‍वर हाम्रो सूर्य र ढाल हुनुहुन्छ । परमप्रभुले अनुग्रह र गौरव दिनुहुनेछ । इमानदारितामा हिंड्नेहरूलाई उहाँले कुनै असल थोक रोक्‍नुहुन्‍न ।
  • उप 11:1-2 : 1 ¶ तेरो अन्‍न पानीमा फालिदे, किनकि धेरै दिनपछि तैँले फेरि त्यसलाई भेट्टाउने छस् । 2 त्यसलाई सात वा आठ जना मानिससित बाँडचुँड गर्, किनकि पृथ्वीमा कस्तो किसिमका विपत्तिहरू आउँदै छन् भनी तँलाई थाहा छैन ।
  • यशा 21:14 : 14 तिर्खाउनेहरूका निम्ति पानी ल्याओ । ए तेमा देशका बासिन्दाहरू, रोटी लिएर भगौडाहरूलाई भेट ।
  • यशा 58:7 : 7 आफ्‍नो भोजन भोकाएकाहरूलाई दिनु र गरीब र घरविहीनलाई तिमीहरूका घरमा ल्याउनु होइन र?” तिमीहरूले कसैलाई नाङ्गो देख्दा तिमीहरूले त्यसलाई लुगा लगाई दिनुपर्छ । अनि तिमीहरूले आफूलाई आफ्ना नातेदारदेखि लुकाउनुहुँदैन ।
  • लू 8:3 : 3 हेरोदका कारिन्दा खुजासकी पत्‍नी योअन्‍ना र सुसन्‍ना, यिनीहरू र अरूहरू आफ्ना भौतिक स्रोतहरूबाट उहाँहरूका निम्ति जुटाई दिन्थे ।
  • रोमी 12:13 : 13 विश्‍वासीहरूका खाँचाहरूमा बाँड-चुँड गर । अतिथि सत्कारको निम्ति धेरै उपायहरूको खोजी गर ।
  • फिलि 4:15-19 : 15 तिमी फिलिप्पीहरू यो जान्दछौ, कि सुसमाचारको सुरुआतमा जब म माकेडोनियाबाट निस्केँ, तिमीहरूबाहेक कुनै मण्डलीले दिने र लिने विषयमा मलाई सहायता गरेनन् । 16 म थेसलोनिकेमा हुँदा पनि मेरा आवश्यकताहरूका निम्ति तिमीहरूले एक पटकभन्दा धरै सहायता पठायौ । 17 मैले उपहार खोजेको भने होइनँ । बरु, म तिमीहरूको हिसाबमा बढ्दै जाने फल खोज्दछु । 18 मैले सबै कुराहरू प्राप्‍त गरेको छु, र मसँग ती प्रशस्त छन् । म पूर्ण रूपमा भरिएको छु । तिमीहरूले इपाफ्रोडिटससँग पठाएका सामानहरू मैले पाएँ । ती सुगन्धित वासना आउने ग्रहणयोग्य बलिदान हुन् जसले परमेश्‍वरलाई प्रसन्‍न पार्दछ । 19 र मेरा परमेश्‍वरले ख्रीष्‍ट येशूमा उहाँको महिमाको प्रशस्तताअनुसार तिमीहरूका सबै आवश्यकताहरू पुरा गरिदिनुहुनेछ ।
  • न्या 8:4-6 : 4 गिदोन यर्दनमा आए, र तिनी र तिनीसँग भएका तिन सय जना मानिसले त्यो तरे । तिनीहरू थाकेका थिए, तापनि तिनीहरूले खेद्‍ने काम गरिरहे । 5 तिनले सुक्‍कोतका मानिसहरूलाई भने, “कृपया मेरो पछि आएका मानिसहरूलाई केही रोटी दिनुहोस्, किनकि तिनीहरू थाकेका छन्, र मचाहिं मिद्दानी राजा जेबह र सल्मुन्‍नालाई खेद्दैछु ।” 6 तब अधिकारीहरूले भने, “के जेबह र सल्मुन्‍ना अब तिम्रा हातमा छन् र? हामीले तिम्रो सेनालाई रोटी किन दिनुपर्‍यो?”
  • १ शमू 17:18 : 18 साथै यी दस वटा पनीर हजार जनाको कप्‍तानको निम्ति लैजाऊ । तिम्रा दाजुहरू कस्ता छन्, तिनीहरू राम्रै छन् भन्‍ने केही प्रमाण लेऊ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 28सुत्‍ने ओछ्यान र ओड्ने कम्बलहरू, भाँडाहरू, जौको पिठो भुटेको अन्‍न, सिमी, दाल

  • १ शमू 30:11-12
    2 पदहरू
    77%

    11तिनीहरूले एक जना मिश्रीलाई खेतमा भेट्टाए र उसलाई दाऊदकहाँ ल्याए । तिनीहरूले उसलाई रोटी दिए र उसले खायो । तिनीहरूले उसलाई पानी पिउन दिए ।

    12र तिनीहरूले उसलाई एक डल्लो नेभारा र दुई झुप्पा किशमिश दिए । जब उसले ती खाइसक्‍यो, उसले फेरि शक्ति पायो, किनकि उसले तिन दिन र तिन रातदेखि रोटी खाएको वा पानी पिएको थिएन ।

  • १ शमू 17:17-18
    2 पदहरू
    76%

    17तब यिशैले तिनका छोरा दाऊदलाई भने, “यो भुटेको अन्‍न र दस वटा रोटी लेऊ र तिनीहरूलाई तिम्रा दाजुहरूका निम्ति छाउनीमा चाँडो बोकेर लैजाऊ ।

    18साथै यी दस वटा पनीर हजार जनाको कप्‍तानको निम्ति लैजाऊ । तिम्रा दाजुहरू कस्ता छन्, तिनीहरू राम्रै छन् भन्‍ने केही प्रमाण लेऊ ।

  • १ शमू 14:25-30
    6 पदहरू
    76%

    25त्यसपछि सबै मानिसहरू जङ्गभित्र पसे र त्यहाँ जमिनमा मह थियो ।

    26जब मानिसहरू जङ्गलभित्र पसे, तब मह बग्‍न थाल्यो, तर कसैले पनि महमा हात लगाएन, किनभने मानिसहरू शपथदेखि डराएका थिए ।

    27तर जोनाथनले आफ्‍ना बुबाले मानिसहरूलाई शपथ खान लगाएको कुरा सुनेका थिएनन् । तिनले आफ्नो हातमा भएको लट्ठी पसारे र यसले महको चाकामा घोचे । तिनले आफ्नो हात आफ्‍नो मुखमा लगे र तिनका आँखामा तेज आयो ।

    28तब मानिसहरूमध्ये एक जनाले भने, “ तपाईंको बुबाले 'आजको दिन खाना खाने मानिस श्रापित होस्' भनी मानिसहरूलाई कडा शपथ खान लगाउनुभयो, यद्यपि मानिसहरू भोकले कमजोर भएका छन् ।

    29तब जोनाथनल भने, “मेरो बुबाले देशलाई कष्‍ट दिनुभएको छ । हेर, मैले यो थोरै मह चाखेर मेरा आँखाहरू कति तेजिला भएका छन् ।

    30मानिसहरूले आफ्‍ना शत्रुहरूको लूटबाट स्‍वतन्त्र भएर खाएका भए कति धेरै राम्रो हुन्थ्यो? किनभने अहिले पालिश्‍तीहरूका माझमा ठुलो संहार भएको छैन ।”

  • व्यव 32:13-14
    2 पदहरू
    76%

    13उहाँले तिनलाई पृथ्वीका अग्ला-अग्ला ठाउँहरूमा सवार गराउनुभयो, र बारीको फल खुवाउनुभयो । उहाँले तिनलाई चट्टानबाट निस्केको मह र दर्शन-ढुङ्गाको भीरको तेलले पालन-पोषण गर्नुभयो ।

    14तिनले गाई-गोरुको बथान र भेडा-बाख्राको बथानाबाट दूध र दही अनि मोटा-मोटा थुमा अनि बाशानका भेडाहरू र बाख्राहरूको बोसोसाथै सर्वोत्तम गहुँ खाए । तिमीहरूले फिँज उठेको दाखरस पियौ ।

  • १ इति 12:39-40
    2 पदहरू
    75%

    39तिनीहरूले त्‍यहाँ खाँदै र पिउँदै तिन दिनसम्‍म दाऊदसँग बिताए, किनकि तिनीहरूका आफन्तहरूले तिनीहरूका निम्‍ति खानपानको बन्‍दोबस्‍त गरेर पठाएका थिए ।

    40यसबाहेक, तिनीहरूका नजिक हुनेहरू, इस्‍साखार, जबूलून र नप्‍तालीसम्‍मले गधा, ऊँट, खच्‍चर र गोरुहरूमा खानेकुरा र नेभाराका डल्‍ला, किसमिसका झुप्‍पा, दाखमद्य, तेल, गाई-गोरुहरू, भेडाहरू ल्याए, किनकि इस्राएलले उत्सव मनाउँदै थियो ।

  • २ शमू 16:1-2
    2 पदहरू
    75%

    1¶ दाऊद डाँडाको चुचुरोबाट अलिकति पर पुग्दा, मपीबोशेतको नोकर सीबा केही गधाहरू जीन-काठी कसेर दाऊदलाई भेट्न आए । तिनमा दुई सयवटा रोटी, एक सय झुप्‍पा किसमिस, नेभारा एक सय झुप्‍पा र एक मशक दाखमद्य थिए ।

    2राजाले सीबालाई भने, “तिमीले यी कुरा किन लिएर आयौ?” सीबाले जवाफ दिए, “गधाहरू राजाका घरानालाई सवार हुन, रोटी र नेभाराका डल्लाहरू तपाईंका मानिसहरूले खान र दाखमद्यचाहि उजाडस्‍थानमा मूर्छित हुनेहरूका लागि पिउनलाई हुन् ।”

  • 19हामीसँग यी गधाहरूका निम्ति पराल र अरू खुवाउने कुरा छन्, र म र तपाईंका यी सेविका र यो सेवकको निम्ति पनि पुग्‍ने रोटी र दाखमद्य मसँग छ । हामीलाई केही पनि चाहिंदैन ।”

  • 19त्यसपछि तिनले सबै मानिसका माझमा, सम्पूर्ण इस्राएलको भिडलाई पुरुष र महिला दुवैलाई एउटा रोटी, एक डल्लो खजूर र एक झुप्पा किसमिस बाँडिदिए । अनि सबै मानिस विदा भए । प्रत्‍येक व्‍यक्‍ति उसको आफ्‍नै घरमा फर्कियो ।

  • 22र तिनीहरूले दिने दूधको प्रशस्‍तताको कारणले, उसले दही खानेछ, किनकि देशमा छोडिएका हरेकले दूध र मह खानेछन् ।

  • 3तिनले हरेक इस्राएली, पुरुष र स्‍त्री दुबैलाई एउटा रोटी, एक टुक्रा मासु र किसमिसको केक खान दिए ।

  • 14त्यसपछि राजा र तिनीसँग भएका सबै मानिस थकित भए र तिनीहरू राती रोकिंदा तिनले आराम गरे ।

  • 23पोसिएका दसवटा गाई-गोरु, खर्कमा पालेका बिसवटा गाई-गोरु, एक सयवटा भेडा-बाख्रा अनि मृग, हरिण, बराँठ र कुखुराहरू थिए ।

  • 29त्यसैले तिनीहरूले खाए र अघाए । तिनीहरूले जे लालसा गरे सो उहाँले तिनीहरूलाई दिनुभयो ।

  • 20यिशैले रोटी, दाखमद्यको भाँडो, एउटा पाठोलाई गधामा बोकाए र आफ्‍नो छोरा दाऊदसँगै ती शाऊलकहाँ पठाए ।

  • १ शमू 30:20-21
    2 पदहरू
    71%

    20दाऊदले सबै बेडाबाख्रा र गाईवस्तु ल्याए, जसलाई मानिसहरूले अरू गाइवस्तुको अगि धपाए । तिनीहरूले भने, “यो दाऊदको लूटको माल हो ।”

    21दाऊदको पछि जानलाई साह्रै कमजोर भएका दुई सय जना मानिसकहाँ तिनी आए, जसलाई अरूले बसोरको खोल्सामा नै बस्‍न लगाएका थिए । दाऊद र तिनीसँग भएका मानसिहरूलाई भेट्न यी मानिसहरू अगाडि गए । जब दाऊद यी मानिसकहाँ आए, तब तिनले उनीहरूलाई अभिवादन गरे ।

  • 35दिन छँदा नै दाऊदललाई खान मनाउन सबे मानिस आए तर दाऊदले शपथ खाए, “घाम नडुबेसम्म मैले रोटी वा कुनै कुरा चाखें भने परमेश्‍वरले मलाई यो वा योभन्दा बढ्ता गर्नुभएको होस् ।”

  • 25उनले यो शाऊल र तिनका सेवकहरूकहाँ ल्याइन् र तिनीहरूले खाए । त्यसपछि तिनीहरू उठे र त्‍यही रातमा निस्‍किए ।

  • 8तिनले दही, दूध र त्‍यो तयार गरिएको बाछाको मासु लगेर उनीहरूका सामु टक्र्याए । उनीहरूले खाँदा तिनी उनीहरूकै नजिक रूखमुनि उभिए ।

  • 13यी सबै मानिसलाई खुवाउन मैले मासु कहाँ पाउन सक्छु? तिनीहरू 'हामीलाई मासु खान दिनुहोस्' भन्‍दै मेरो सामु रोइरहेका छन् ।

  • 15अहिले दाऊद बेथलेहेममा भएका भेडाहरूलाई चराउनको निम्ति र शाऊलका फौज बिच आउने र जाने गर्थे ।

  • 40इस्राएलीहरूले खानेकुरा मागे र उहाँले बट्टाई चरा दिनुभयो र स्वर्गको रोटीले तिनीहरूलाई सन्‍तुष्‍ट पार्नुभयो ।

  • 22के तिनीहरूलाई तृप्‍त पार्न हामीले भेडा-बाख्राहरू र गाईवस्तुहरू काट्नु त? के तिनीहरूलाई तृप्‍त पार्न हामीले समुद्रका सबै माछाहरू पक्रने?”

  • 3येशूले तिनीहरूलाई जवाफ दिँदै भन्‍नुभयो, “दाऊद र तिनीसँग भएका मानिसहरू भोकाएका बेला दाऊदले के गरे भनी तिमीहरूले पढेका छैनौ?

  • 16इस्राएललाई म उत्तम गहुँ खुवाउँथें । तिमीहरूलाई म चट्टानको मह खुवाएर तृप्‍त पार्थें ।”

  • 23परमप्रभुको सामु भएको खमिर नहालेको रोटीको टोकरीबाट एउटा रोटी, तेलमा पोलेको एउटा फुरौला र एउटा बाबर लिनू ।

  • 15अब मेरा स्‍वामीले आफ्‍ना सेवकहरूका निम्‍ति आफूले प्रतिज्ञा गर्नुभएको गहूँ, जौ, तेल र दाखमद्य पठाइदिनुहोस्‌ ।

  • 32मानिसहरू लूटहरूमा लोभ गरेर झुम्मिए, अनि भेडाहरू, गोरुहरू र पाठाहरू लिए र तिनलाई जमिनमा मारे । मानिसहरूले तिनीहरूलाई रगतसँगै खाए ।

  • 15इस्राएलका मानिसहरूले यसलाई देखेपछि तिनीहरूले एक-अर्कालाई भने, “यो के हो?” यो के थियो भनी तिनीहरूलाई थाहा थिएन । मोशाले तिनीहरूलाई भने, “यो परमप्रभुले तिमीहरूलाई खानलाई दिनुभएको रोटी हो ।

  • 33सत्तरी हजार गोरु,

  • 9तिनले आफ्ना हातमा मह लिए र तिनी जाँदा खाँदै गए । जब तिनी आफ्ना बुबा र आमाकहाँ आए, तिनले अलिकति मह तिनीहरूलाई पनि दिए, र तिनीहरूले खाए । तर तिनले त्यो मह सिंहको सिनुबाट लिएका थिए भन्‍ने कुरा तिनले भनेनन् ।

  • 18मानिसहरूलाई भन्, 'भोलिको निम्ति आफैलाई शुद्ध पार र तिमीहरूले साँच्‍चै मासु खानेछौ, किनकि तिमीहरू रोएका छौ र परमप्रभुले सुन्‍नुभएको छ । तिमीहरूले भन्यौ, “हामीलाई कसले मासु खान दिन्छ? हामीलाई मिश्र देश नै असल थियो ।” यसकारण, परमप्रभुले तिमीहरूलाई मासु दिनुहुनेछ र तिमीहरूले यसलाई खानेछौ ।

  • 5किनभने तिनीहरू भोकाएका र तिर्खाएका थिए, तिनीहरू थकाइले मूर्छित भए ।

  • 16जब त्‍यो मिश्रीले दाऊदलाई तल ल्याए, तब लूटपाट गर्नेहरू मैदानभरि छरिएर तिनीहरूले पलिश्‍तीहरूको देश र यहूदाको देशबाट लिएका सबै लूटका मालको कारणले खाँदै, पिउँदै र नाच्दै थिए ।

  • 12त्यसैले दाऊदका मानिसहरू फर्केर आए र भनिएका हरेक कुरा तिनलाई बताए ।

  • 18अनि अबीगेलले हतार गरिन् र दुई सय रोटी, दुई मशक दाखमद्य, पहिले नै तयार पाँच वटा भेडा, आठ पाथी सुकेको अन्‍न, एक सय झुप्‍पा किशमिश, दुई सय डल्ला सुकेको नेभारा लिए र तिनलाई गधामाथि राखिन् ।

  • 14तिर्खाउनेहरूका निम्ति पानी ल्याओ । ए तेमा देशका बासिन्दाहरू, रोटी लिएर भगौडाहरूलाई भेट ।

  • 12हामी तपाईंहरूकहाँ आउनलाई हाम्रो घरबाट यात्रा सुरु गरेको दिन यो रोटी तातै थियो । तर अहिले हेर्नुहोस्, यो सुकिसकेको र ढुसी परेको छ ।