२ शमूएल 23:9

अनलक शाब्दिक बाइबल

तिनीपछि अहोही दोदैका छोरा एलाजार थिए । तिनी तीन जना वीर मनिसमध्ये एक जना थिए । युद्ध गर्न भेला भएका पलिश्तीहरूलाई इस्राएलीहरूले अपमान गर्दा र इस्राएलीहरू पछि हट्दा दाऊदको साथमा हुने तिनी नै थिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ इति 27:4 : 4 अहोहाका कुलका दोदै दोस्रो महिनाको लागि त्‍यस भागका सेनापति भए । मिक्‍लोत दोस्रो दर्जामा थिए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
  • १ शमू 17:26 : 26 दाऊदले आफ्‍नो छेउमा उभिएका मानिसहरूलाई सोधे, “यो पलिश्तीलाई मार्ने र इस्राएलबाट निन्दा दुर गर्नेलाई के गरिनेछ? जीवित परमेश्‍वरको फौजलाई धम्की दिने यो बेखतनाको पलिश्ती को हो?”
  • १ शमू 17:36 : 36 तपाईंको दासले सिंह र भालु दुवै मारेको छ । यो पलिश्ती पनि तिनीहरूमध्ये एउटाझैं हुनेछ, किनभने यसले जीवित परमेश्‍वरको फौजलाई चुनौती दिएको छ ।”
  • १ शमू 17:45-46 : 45 दाऊदले त्‍यो पलिश्‍तिलाई जवाफ दिए, “तँ त तरवार, भाला र बर्छासित मकहाँ आइस् । तर म त सर्वशक्तिमान् परमप्रभु, इस्राएलको फौजका परमेश्‍वरको नाउँमा तँकहाँ आउँछु, जसको तैंले विरोध गरेको छस् । 46 आज परमप्रभुले मलाई तँमाथि विजय दिनुहुनेछ र म तँलाई मार्नेछु र तेरो शिरलाई तेरो शरीरबाट अलग गर्नेछु । आज म पलिश्‍ती फौजको मृत शरीरहरूलाई आकाशको चराहरू र पृथ्वीका जङ्गली जनावरहरूलाई दिनेछु, ताकि इस्राएलमा परमेश्‍वर हुनुहुन्छ भनी सारा पृथ्वीले जान्‍न सकोस्,
  • १ इति 8:4 : 4 अबीशू, नामान, अहोह,
  • १ इति 11:12-14 : 12 तिनीपछि अहोही दोदैका छोरा एलाजार थिए, जो तीन जना वीर मानिसमध्‍ये एक थिए । 13 तिनी दाऊदसँग पास-दम्‍मीममा थिए, जहाँ जौको एउटा खेतमा पलिश्‍तीहरू युद्धको निम्‍ति भेला भए र पलिश्तीहरूदेखि सेना भाग्यो । 14 तिनीहरू खेतको बिचमा खडा भए । तिनीहरूले त्यसको रक्षा गरे, र पलिश्तीहरूलाई काटे र परमप्रभुले ठूलो विजय दिनुभएर तिनीहरूको उद्धार गर्नुभयो ।
  • यशा 63:3 : 3 मैले दाखको कोलमा एक्‍लै दाख पेलेको छु, र जातिहरूबाट कोही पनि मसँग सहभागी भएनन् । मैले आफ्‍नो क्रोधमा तिनीहरूलाई पेलें र आफ्‍नो रिसमा तिनीहरूलाई कुल्चें । तिनीहरूका रगत मेरो लुगाहरूमा छ्यापिएका छन् र मेरा सबै लुगाहरूमा दाख लागेको छ ।
  • यशा 63:5 : 5 मैले हेरें र सहायता गर्ने कोही एक जना पनि थिएन । सहयता गर्नलाई त्‍यहाँ कोही एक जना पनि नभएको देखेर म छक्‍क परें, तर मेरो आफ्नै हातले मेरो निम्‍ति विजय ल्‍यायो र मेरो कडा रिसले मलाई डोर्‍यायो ।
  • मर 14:50 : 50 अनि येशूसँग भएका सबैले उहाँलाई छाडे र भागे ।
  • गिन 23:7-8 : 7 बालामले अगमवाणी कहन थाले र भने, “मोआबका राजा बालाकले मलाई पूर्वका पहाडहरूबाट अर्थात् अरामबाट ल्याएका छन् । तिनले भने, 'आउनुहोस् मेरो निम्ति याकूबलाई सराप दिनुहोस् ।' 'आउनुहोस्, इस्राएललाई धम्की दिनुहोस् ।' 8 परमेश्‍वरले नै सराप नदिनुभएकालाई मैले कसरी सराप दिन सक्छु? परमप्रभुले नै विरोध नगर्नुभएकाहरूलाई मैले कसरी विरोध गर्न सक्छु?
  • १ शमू 17:10 : 10 त्‍यो पलिश्‍तीले फेरि भन्‍यो, “म इस्राएलको फौजलाई आज चुनौती दिन्छु । मलाई एउटा मानिस देओ, ताकि हामीसँगै लड्न सकौं ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ इति 11:10-13
    4 पदहरू
    91%

    10इस्राएलको विषयमा परमप्रभुको वचन पालन गर्दै दाऊदको राज्‍यमा तिनको साथमा तिनलाई राजा बनाउनलाई जम्‍मै इस्राएलसँगै मिलेर आफूलाई सामर्थ्‍यवान् देखाउने तिनका अगुवाहरू यी नै थिए

    11दाऊदका शक्तिशाली मानिसहरूको सूची यही होः हक्‍मोनी याशोबाम अधिकारीहरूका कमान्‍डर थिए । तिनले एकपल्‍ट तिन सय जनालाई भालाले मारेका थिए ।

    12तिनीपछि अहोही दोदैका छोरा एलाजार थिए, जो तीन जना वीर मानिसमध्‍ये एक थिए ।

    13तिनी दाऊदसँग पास-दम्‍मीममा थिए, जहाँ जौको एउटा खेतमा पलिश्‍तीहरू युद्धको निम्‍ति भेला भए र पलिश्तीहरूदेखि सेना भाग्यो ।

  • २ शमू 23:10-13
    4 पदहरू
    77%

    10एलाजार खडा भए र आफ्‍नो हात नथाकेसम्‍म, र तिनको हातले तरवारको बिंड नै नसमात्‍ने गरी नथाकेसम्म पलिश्तीहरूसँग युद्ध लडे । त्यस दिन परमप्रभुले ठुलो विजाय दिनुभयो । फौजहरू लाशहरूबाट लुट्नलाई मात्र एलाजारको पछि फर्केर गए ।

    11तिनीपछि हरारी आगीका छोरा शम्मा थिए । पलिश्‍तीहरू दाल भएको खेतमा एकसाथ भेला भए र फौज तिनीहरूबाट भागे ।

    12तर शम्‍मा खेतको बिचमा भए भए र त्‍यसको प्रतिरक्षा गरे । तिनले पलिश्तीहरूलाई मारे र परमप्रभुले ठुलो विजय दिनुभयो ।

    13तीस जनामध्येका तीन जना सिपाही कटनीको समयमा तल दाऊदकहाँ अदुल्‍लामको गुफामा गए । पलिश्तीहरूका फौजले रपाईंको बेसीमा छाउनी हालेका थिए ।

  • १ इति 11:26-27
    2 पदहरू
    74%

    26वीर मानिसहरूमा योआबका भाइ असाहेल, बेथलेहेमका दोदैका छोरो एल्‍हानान,

    27हारोरी शम्‍मोत, पेलोनी हेलेस,

  • २ शमू 23:22-25
    4 पदहरू
    74%

    22यहोयादाका छोरा बनायाहका वीरतापूर्ण कामहरू यी नै थिए, र तिनलाई तीन जना वीर मानिससँगै नाउँ दिइयो ।

    23तिनलाई तीस जना सिपालाई भन्दा उच्‍च आदर दिइन्थ्यो, तर तिनलाई ती तीन जनालाई जत्ति उच्‍च रूपमा बिलकुलै मानिंदैनथ्यो । तापनि दाऊदले यिनलाई आफ्नो अङ्गरक्षकको जिम्‍मा दिए ।

    24ती तिस जना मानिसहरू निम्नानुसार थिएः योआबका भाइ असाहेल, बेथलेहेमका दोदैका छोरा एल्हानान,

    25हरोदी शम्मा, हरोदी एलीका,

  • १ इति 12:8-9
    2 पदहरू
    72%

    8कोही गादीहरू पनि उजाड-स्‍थानको किल्लामा दाऊदसँग सहभागी भए । तिनीहरू युद्धका निम्ति तालिमप्राप्‍त योद्धाहरू थिए, जसले ढाल र भाला चलाउन सक्थे, जसका अनुहारहरू सिंहका अनुहारहरूजस्‍तै डरलाग्दा थिए । तिनीहरू पहाडहरूमा हरिणझैं तेजिला थिए ।

    9एसेर तिनीहरूका अगुवा थिए, दोस्रा ओबदिया, तेस्रा एलिआब,

  • 16एलीशामा, एल्यादा र एलीपेलेत ।

  • 8दाऊदका वीर मानिहरूका नाउँ यी नै हुन्ः तहकमोनी योशब-बेश्बेत वीर मानिसहरूका अगुवा थिए । तिनलले एकै पटकमा आठ सय मानिसलाई मारे ।

  • 1¶ कीशका छोरा शाऊलको उपस्‍थितिबाट दाऊद निकाला भएकै अवस्‍थामा सिक्‍लगमा यी मानिसहरू तिनीकहाँ आए । यिनीहरू युद्ध तिनलाई सहयोग गर्ने सिपाहीहरू थिए ।

  • 24यहोयादाका छोरा बनायाहले यस्ता वीरताका काम गरे, र ती तिन जनासँग तिनको नाउँ उल्‍लेख गरियो ।

  • 34माकाती आहसबैका छोरा एलीपेलेत, गिलोनी अहीतोपेलका छोरा एलीआम,

  • १ शमू 23:2-3
    2 पदहरू
    69%

    2त्यसैले दाऊदले परमप्रभुसँग सहायताको निम्ति प्रार्थना गरे र उहाँलाई भने, “के म जाऊँ र पलिश्‍तीहरूलाई आक्रमण गरूँ?” परमप्रभुले दाऊदलाई भन्‍नुभयो, “जा, पलिश्तीहरूलाई आक्रमण गर् र कीलाहलाई बचा ।”

    3दाऊदका मानिसहरूले तिनलाई भने, “हे्र्नुहोस्, हामी यहाँ यहूदामा डराएका छौं । हामी कीलाहमा पलिश्तीहरूका फौजको विरुद्धमा गयौं भने झन् कति धेरै डराउनेछौं?

  • 8एलीशामा, एल्‍यादा र एलीपेलेत थिए ।

  • 7एलीशामा, बेलीयादा र एलीपेलेत ।

  • 9तब शाऊलका सेवकहरूसँगै खडा भएका एदोमी दोएगले जवाफ दियो, “यिशैका छोरा नोबमा अहीतूबका छोरा अहीमेलेककहाँ आएको मैले देखें ।

  • 17तर सरूयाहका छोरा अबीशैले दाऊदलाई बचाए, त्यो पलिश्‍तीलाई आक्रमण गरे र त्‍यसलाई मारे । तब दाऊदका मानिसहरूले तिनीसँग यसो भनेर शपथ खाए, “तपाईं अबदेखि हामीसित लडाइँमा जानुहुने छैन, ताकि तपाईंले इस्राएलको बत्ती निबाउनुहन्‍न ।”

  • 19तिम्रा दाजुहरू शाऊलसँग र इस्राएलका सबै मानिसहरू एलाहको मैदानमा पलिश्‍तीहरूसँग लडिरहेका छन् ।”

  • 18योआबका भाइ र सरूयाहका छोरा अबीशै यी तिन जनाका कप्‍तान थिए । तिनले एक पटक तीन सय जना मानिससँग लडे र तिनीहरूलाई मारे । तिनलाई प्रायः तीन जना सिपाहरूसँगै उल्लेख गरिन्छ ।

  • १ शमू 17:23-24
    2 पदहरू
    67%

    23तिनी उनीहरूसँग कुरा गरिरहँदा, गोल्यत नाउँ गरेको त्यो बलियो पलिश्‍ती पलिश्‍तीहरूको फौजबाट आयो र पहिलेको जस्तै शब्दहरू भन्‍यो र दाऊदले त्यो सुने ।

    24जब इस्राएलका सबै मानिसहरूले त्यो मानिसलाई देखे, तिनीहरू त्यसदेखि भागे र साह्रै भयभीत भए ।

  • 13तब दाऊद र तिनीसँग भएका करिब छ सय जना मानिसहरू उठे र कीलाहबाट टाढा गए र तिनीहरू ठाउँ-ठाउँमा गए । दाऊद कीलाहबाट उम्के भनी शाऊललाई भनियो र तिनलले पिछा गर्न छोडे ।

  • 52त्यसपछि इस्राएलका र यहूदका मानिसहरू चिच्याहटसँगै उठे पलिश्तीहरूलाई मैदान र एक्रोनको ढोकासम्‍म लखेटे । पलिश्तीहरूका मृत शरीर शारैम जाने बाटोदेखि गात र एक्रोन जाने बाटोभरि छरिएको थियो ।

  • 15त्यसपछि पलिश्‍तीहरू फेरि इस्राएलको विरुद्धमा युद्ध गर्न गए । त्यसैले दाऊद आफ्नो फौजका साथमा तल गए र पलिश्‍तीहरूको विरुद्ध लडे । दाऊद युद्धको थकानले लखतरान भएका थिए ।

  • 8फेरि पनि युद्ध भयो र दाऊद पलिश्तीहरूसँग युद्ध गर्न गए र ठुलो संहारका साथ तिनीहरूलाई पराजित गरे । उनीहरू तिनको सामुबाट भागे ।

  • 26दाऊदले आफ्‍नो छेउमा उभिएका मानिसहरूलाई सोधे, “यो पलिश्तीलाई मार्ने र इस्राएलबाट निन्दा दुर गर्नेलाई के गरिनेछ? जीवित परमेश्‍वरको फौजलाई धम्की दिने यो बेखतनाको पलिश्ती को हो?”

  • 4अहोहाका कुलका दोदै दोस्रो महिनाको लागि त्‍यस भागका सेनापति भए । मिक्‍लोत दोस्रो दर्जामा थिए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।

  • 12दाऊदचाहिं यहूदाका बेथलेहेमको एप्रातीका छोरा थिए जसको नाम यिशै थियो । तिनका आठ भाइ छोरा थिए । शाऊलको समयमा यिशै बृद्ध मानिस, मानिसहरू माझ धेरै वृद्ध थिए ।

  • 5दाऊद र तिनका मानिसहरू कीलाहमा गए र पलिश्तीहरूसँग लडे । तिनले उनीहरूका गाईवस्तुहरू लगे र ठुलो संहारसहित तिनीहरूलाई प्रहार गरे । यसरी दाऊदले कीलाहका बासिन्दाहरूलाई बचाए ।

  • 29त्यहाँबाट दाऊद माथि गए र एन-गदीका किल्लाहरूमा बसे ।

  • 2पलिश्‍तीहरूका शासकहरू सय र हजारको पङ्तिमा अघि बढे । दाऊद र तिनका मानिसहरू आकीशका पछिल्तिरका अङ्‍गरक्षकहरू थिए ।

  • 13दाऊदले तिनका मानिसहरूलाई भने, “हरेक मानिसले आ‍-आफ्नो तरवार भिर ।” त्यसैले हरेक मानिसले आ-आफ्नो तरवार भिरे । दाऊदले पनि आफ्नो तरवार भिरे । झण्डै चार सय मानिसहरू दाऊदको पछि लागे र दुई सय जनाचाहिं सरसामानसँगै बसे ।

  • 41त्‍यो पलिश्‍ति आयो र दाऊदको नजिक गयो । उसको हतियार बोक्‍ने उसको अगि थियो ।

  • 3दाऊदले एलाजारका सन्‍तान सादोक र ईतामारका सन्‍तान अहीमेलेकको साथमा तिनीहरूलाई पुजारीहरूका काम विभाजन गरे ।

  • 37अम्‍मोनी सेलेक, बेरोती नहरै, जो सरूयाहका छोरा योआबका हतियार बोक्‍ने थिए,

  • 2दाऊद उठे र आफू र आफूसँग भएका छ सय मानिससँगै गातका राजा माओकका छोरा आकीशकहाँ गए ।

  • 15तब ती तिस जना मुख्‍य अगुवामध्‍ये यी तिन जना अदुल्‍लामको ओडारमा भएको पहरामा दाऊद भएका ठाउँमा गए । पलिश्‍तीहरूका सेना रपाईहरूको मैदानमा छाउनी हालेर बसेका थिए ।

  • 39अम्‍मोनी सेलेक, बेरोती नहरै (सरूयाहका छोरा योआबका हतियार बोक्‍ने व्‍यक्‍ति),

  • 20योआबका भाइ अबीशै ती तीन जनाका प्रमुख थिए । एकपल्‍ट तिनले तिन सय जनाको विरुद्ध भालाको प्रयोग गरे र तिनीहरूलाई मारे । ती तिन जनासँगै तिनको पनि उल्‍लेख गरिएको छ ।

  • 9पुजारीले भने, “तपाईंले एलाहको बेसीमा मार्नुभएको पलिश्‍ती गोल्यतको तरवार एपोद पछाडी कपडाले बेह्रेर राखिएको छ । तपाईंलाई त्‍यो लाने इच्‍छा हुन्छ भने त्‍यो लानुहोस्, किनकि यहाँ अरू कुनै हतियार छैन ।” दाऊदले भने, “त्यो जस्‍तो अरू कुनै तरवार छैन । त्‍यो मलाई दिनुहोस् ।”