प्रेरितहरूको काम 12:20

अनलक शाब्दिक बाइबल

हेरोद सीदोन र टुरोसका मानिसहरूसँग साह्रै रिसाएका थिए । तिनीहरू उनीकहाँ सँगै गए । तिनीहरूलाई सहयोग गर्नका निम्ति राजाका सहायक बलस्तसलाई मनाए । अनि तिनीहरूले शान्तिको लागि बिन्ती गरे, किनभने तिनीहरूको देशले राजाको देशबाट खाद्यान्‍न प्राप्‍त गर्ने गर्दथ्यो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहे 27:17 : 17 यहूदा र इस्राएलको देशले तँसित व्‍यापार गर्दैथिए । तिनीहरूले तँलाई मिन्‍नीतको गहूँ, रोटी, मह, तेल र लेप तेरा व्यापारका सामानका रूपमा उपलव्‍ध गराए ।
  • एज्रा 3:7 : 7 तिनीहरूले ढुङ्गा काट्ने र कारीगरहरूलाई चाँदी दिए, अनि फारसका राजा कोरेसले सीदोन र टुरोसका मानिसहरूलाई अधिकार दिएका हुनाले लेबनानदेखि योप्पासम्म समुद्राबाट उनीहरूले देवदारुका काठहरू ल्याइदिऊन् भनी तिनीहरूले उनीहरूलाई खाना, पानी र तेल दिए ।
  • नीति 17:14 : 14 द्वन्द्वको सुरुआत सर्वत्र पानी फैलनुजस्तै हो । त्यसैले विवाद चर्किनुअगि नै त्यहाँबाट हिँडिहाल ।
  • नीति 20:18 : 18 सरसल्लाहद्वारा योजनाहरू स्थापित हुन्छन्, र बुद्धिमान् मार्ग-दर्शनद्वारा मात्र तैँले लडाइँ लड् ।
  • नीति 25:8 : 8 तैँले जे देखेको छस्, त्यसलाई झट्टै अदालतमा नलैजा । किनकि तेरो छिमेकीले तँलाई लाजमा पार्दा अन्त्यमा तँ के गर्ने छस्?
  • उप 10:4 : 4 तेरो विरुद्धमा शासकको रिस उठ्यो भने तेरो काम नछाड् । चुपचाप बसाइले ठुलो झोँकलाई पनि शान्त पार्न सक्छ ।
  • यशा 23:1-4 : 1 ¶ टुरोसको बारेमा एउटा घोषणाः ए तर्शीशका पानी जहाजहरू हो कराओ । किनकि त्यहाँ न घर छ न बन्दरगाह नै छ । साइप्रसको देशबाट यो कुरा तिनीहरूलाई प्रकट गरिएको छ । 2 ए समुद्री तटका बासिन्दाहरू हो, मौन बस । समुद्रमा यात्रा गर्ने सीदोनका व्यापारीहरूले तिमीहरूलाई भरिदिएका छन् । 3 ठुला पानीमाथि सिहोरको अन्‍न थियो, नील नदीको उत्पादन त्यसको उब्‍जनी थियो । अनि त्‍यो जातिहरूको व्यापार भयो । 4 ए सीदोन, लज्‍जित हो, किनकि समुद्रले, समुद्रको शक्तिशालीले बोलेको छ । त्यसले भन्छ, “म प्रसव वेदनामा परेको छैन, न बालक जन्माएको छु, न मैले छोराहरू हुर्काएको छु, न छोरीहरू हुर्काएको छु ।”
  • यशा 27:4-5 : 4 म रिसाएको छैन, ओहो, त्यहाँ सिउँडी र काँडाहरू थिए भने! युद्धमा तिनीहरूको विरुद्धमा म अगि जानेथिएँ । तिनीहरू सबैलाई म एकसाथ जलाउनेथिएँ । 5 तिनीहरू मेरो सुरक्षामा आउनुपर्छ र मसँग मिल्‍नुपर्छ । तिनीहरूले मसँग मिलाप गरून् ।
  • उत्प 10:15 : 15 कनान सीदोन अर्थात् तिनका जेठो छोरो, हित्ती,
  • उत्प 10:19 : 19 कनानीहरूको सिमाना सीदोनदेखि गरार जाने बाटोतिर गाजासम्म, र सदोम, गमोरा, अदमा र सबोयीम जाने बाटोतिर भएर लाशासम्म नै थियो ।
  • यहो 19:29 : 29 सिमाना रामातिर र टुरोसको किल्ला भएको सहरतिर मोडियो । त्यसपछि सिमाना होसातिर मोडियो र अक्जीबको प्रदेशमा,
  • १ राजा 5:9-9 : 9 मेरा दासहरूले लेबनानबाट समुद्रसम्म मूढाहरू ल्याउने छन्, र ती बाँधेर तपाईंले तोक्नुभएको ठाउँमा म बगाएर पठाउन लगाउने छु । म त्यहाँ खोल्न लगाउने छु, र तपाईंले ती लैजान सक्नुहुने छ । मेरो घरानालाई भोजन जुटाइदिएर तपाईंले चाहनुभएको कुरा पुरा गर्नुहोस् ।” 10 त्यसैले सोलोमनले चाहेका सबै देवदारु र सल्लाका मूढा हीरामले तिनलाई दिए । 11 सोलोमनले हीरामको घरानालाई भोजनको निम्ति पचास हजार मुरी गहुँ र साढे चार हजार लिटर शुद्ध तेल दिए । सोलोमनले यो वर्षैपिच्छे हीरामलाई दिन्थे ।
  • २ इति 2:10 : 10 हेर्नुहोस्, तपाईंका सेवकहरू, मुढा काट्‍ने मानिसहरूलाई म पचास हजार मुरी गहूँ, पचास हजार मुरी जौ, एक लाख पाथी दाखमद्य र एक लाख पाथी तेल दिनेछु ।”
  • २ इति 2:15 : 15 अब मेरा स्‍वामीले आफ्‍ना सेवकहरूका निम्‍ति आफूले प्रतिज्ञा गर्नुभएको गहूँ, जौ, तेल र दाखमद्य पठाइदिनुहोस्‌ ।
  • हो 2:8-9 : 8 किनकि त्यसलाई अन्‍न, नयाँ दाखमद्य र तेल दिने, म नै थिएँ भनी त्यसलाई थाहा भएको थएन,र जसले त्यसलाई प्रशस्‍त चाँदी र सुन दियो जसलाई तिनीहरूले त्‍यस बेला बालको निम्ती प्रयोग गरे । 9 यसैले फसलको समयमा म त्यसको अन्‍न, र दाखमद्यको मौसममा म त्‍यो फिर्ता लिनेछु । त्यसको नग्‍नतालाई ढाक्‍न प्रयोग भएका, मेरो ऊन र सूतीको कपडा म फिर्ता लिनेछु ।
  • आमो 4:6-9 : 6 मैले तिमीहरूका सबै सहरहरूमा तिमीहरूका भोको पेट दिएँ र तिमीहरूका सबै ठाउँहरूमा रोटीको अभाव पारें । तापनि तिमीहरू मकहाँ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो ।” 7 फसल काट्‍नलाई तिन महिना बाँकी हुँदा नै मैले पनि तिमीहरूबाट वर्षालाई रोकें । एउटा सहरमा मैले पानी पर्न दिएँ र अर्को सहरमा मैले पानी पर्न दिइनँ । जमिनको एक भागमा पानी पर्‍यो, तर जमिनको जुन भागमा पानी परेन त्यो सुक्‍यो । 8 दुई वा तिनवटा सहर पानी पिउनको निम्ति अर्को सहरतर्फ धर्मराउँदै हिंडे, तर तृप्‍त भएनन् । तापनि तिमीहरू मतर्फ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो । 9 डढुवा र ओसले मैले तिमीहरूलाई कष्‍ट दिएँ । तिमीहरूका असङ्ख्‍य बगैँचाहरू, तिमीहरूका दाखबारीहरू, तिमीहरूका नेभाराका रूखहरू, र जैतूनका रूखहरू, सलहले ती सबैलाई सखाप पारे । तापनि तिमीहरू मतर्फ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो ।
  • हाग्गै 1:8-9 : 8 माथि पर्वतमा जाओ, काठहरू ल्याओ, र मेरो भवन बनाओ, अनि म त्यसमा आनन्द मनाउनेछु, र म महिमित हुनेछु - परमप्रभु भन्‍नुहुन्छ ।” 9 “तिमीहरूले धेरै कुराको खोजी गर्‍यौ, तर हेर! तिमीहरूले घरमा थोरै कुरा ल्यायौ, कनभने मैले ती उडाइदिएँ । किन?” सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ । “किनभने मेरो भवन भग्‍नावशेषको बिचमा छ, तर तिमीहरू हरेक भने आफ्नै घर बनाउन लागिपरेका छौ । 10 यसैकारण आकाशले आफ्नो शीत रोकिदिनेछ, र पृथ्वीले आफ्नो उब्जनी दिनेछैन । 11 मैले भूमि, पर्वतहरू, अन्‍न, नयाँ मद्य, तेल, पृथ्वीका उब्जनीहरू, मानिसहरू, पशुहरू, र तिमीहरूका हातका परिश्रममाथि अनिकाल बोलाएको छु ।”
  • हाग्गै 2:16-17 : 16 तिमीहरू बिस मुरी अन्‍नको छेऊमा आउँदा, त्यहाँ दश मात्र थिए, र तिमीहरू पचास लिटर दखमद्य लिन कोलमा आउँदा, त्यहाँ बिसमात्र थिए । 17 मैले तिमीहरू र तिमीहरूका सबै कामहरूलाई शीत र ढुसीले सताएँ, तर पनि तिमीहरू मकहाँ फर्केनौ, परमप्रभु घोषणा गर्नुहुन्छ ।
  • मत्त 11:21-22 : 21 “धिक्‍कार तँलाई, ए खोराजीन! धिक्‍कार तँलाई, ए बेथसेदा! यदि तँमा गरिएका शक्‍तिशाली कार्यहरू टुरोस र सीदोनमा गरिएका भए, तिनीहरूले धेरै पहिले नै भाङ्ग्रा र खरानी लगाएर पश्‍चात्ताप गरिसकेका हुने थिए । 22 न्यायको दिनमा तिमीहरूका निम्ति भन्दा टुरोस र सीदोनको निम्ति इन्साफ अझ बढी सहनीय हुनेछ ।
  • लू 14:31-32 : 31 अथवा त्यो कस्तो राजा हो, जसले आफूसँग भएको दस हजार मानिसका साथ अर्को बिस हजार मानिस भएको राजासँग सामना गर्न सक्छु कि सक्दिनँ भनी पहिला बसेर सल्लाह लिँदैन? 32 र यदि सक्दैन भने, अर्को सेना टाढा हुदाँ नै उसको राजदूत पठाएर शान्तिको शर्त राख्‍न सक्छ ।
  • लू 16:8 : 8 तब ती मालिकले त्यस अधर्मी व्यवस्थापकको प्रशंसा गरे किनकि उसले चतुर्‍याइँसँग काम गरेको थियो । किनकि आफ्ना मानिसहरूसँग व्यवहार गर्दा ज्योतिका सन्तानभन्दा यस संसारका सन्तानहरू बढी चतुर हुन्छन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 75%

    21एउटा तोकिएको दिनमा राजकीय पहिरन पहिरिएर हेरोद सिंहासनमा बसे, उनले तिनीहरूलाई भाषण दिए ।

    22मानिसहरूले यसो भन्दै चिच्‍च्‍याए “यो त ईश्‍वरको अवाज हो, मानिसको होइन ।”

  • प्रेरि 12:1-3
    3 पदहरू
    73%

    1¶ त्यसै समयमा हेरोद राजाले केही मानिसहरूमाथि हात हाल्न र समूहका केहीलाई दुर्व्यवहार समेत गर्न थाले ।

    2उनले यूहन्‍नाको भाइ याकूबलाई तरवारले मारे ।

    3त्यसपछि यस कुराले यहूदीहरूलाई प्रसन्‍न पारेको देखेपछि, उनी पत्रुसलाई पनि पक्रन अगि बढे । यो अखमिरी रोटीको चाडको समय थियो ।

  • 19हेरोदले उनलाई खोजे र भेटाउन नसकेपछि, तिनले पहरेदारहरूलाई प्रश्‍न गरे र तिनीहरूलाई मृत्युदण्डको हुकुम दिए । त्यसपछि तिनी यहूदियाबाट कैसरियामा झरे र त्यहीँ बसे ।

  • लू 23:11-12
    2 पदहरू
    72%

    11हेरोदले आफ्ना सिपाहीहरूसँग मिली उहाँको अपमान गरे र उहाँलाई गिल्ला गरे अनि असल पोशाक पहिर्‍याएर येशूलाई पिलातसकहाँ फर्काइदिए ।

    12हेरोद र पिलातस त्यसै दिनदेखि एक-अर्कासँग साथी भए (त्यस अगि उनीहरू शत्रु थिए) ।

  • मर 6:19-22
    4 पदहरू
    70%

    19तर हेरोदियासले वैरभाव राखेकि थिइन् र तिनलाई मार्न चाहन्थिन्, तर सकेकी थिइनन्,

    20किनभने हेरोद यूहन्‍नासित डराउँथे; तिनी धर्मी र पवित्र जन थिए भन्‍ने तिनलाई थाहा थियो, अनि हेरोदले उनलाई सुरक्षित राखे । तिनको प्रचार सुन्दा हेरोद अशन्त हुन्थे, तरै पनि खुसीसाथ सुन्थे ।

    21त्यसपछि एउटा उपयुक्‍त मौका मिल्यो । हेरोदले तिनको जन्म दिनमा आफ्ना भारदारहरू, कप्‍तानहरू र गालीलका अगुवाहरूलाई भोज दिए ।

    22हेरोदियासकी छोरी आफैँ आइन् र तिनीहरूको लागि नाचिन् अनि तिनले हेरोद र उनका पाहुनाहरूलाई प्रशन्‍न तुल्याइन् । राजाले त्यस केटीलाई भने, “तिमीलाई जे इच्छा लाग्‍छ सो माग, म तिमीलाई दिनेछु ।”

  • 70%

    26परमप्रभु र उहाँका ख्रीष्‍टको विरुद्धमा पृथ्वीका राजाहरू एक मत भए र शासकहरू एकसाथ भेला भए ।

    27वास्तवमा, गैरयहूदीहरू र इस्राएलका मानिसहरूसँगै हेरोद र पन्तियस पिलातस दुवै यो शहरमा तपाईंले अभिषेक गर्नुभएका तपाईंका पवित्र सेवक येशूको विरुद्धमा भेला भए ।

  • प्रेरि 25:2-3
    2 पदहरू
    69%

    2प्रधान पूजाहारी र विशिष्‍ट यहूदीहरूले फेस्तसकहाँ पावलका विरुद्ध अभियोगहरू प्रस्तुत गरे, र तिनीहरूले फेस्तससँग कडा रूपमा कुरा गरे ।

    3र तिनीहरूले पावलको विषयमा सहायताको निम्ति फेस्तससँग अनुरोध गरे, कि तिनले उनलाई यरूशलेममा बोलाउन्, ताकि तिनीहरूले उनलाई बाटोमा नै मर्न सकून् ।

  • लू 3:19-20
    2 पदहरू
    68%

    19यूहन्‍नाले हेरोदलाई उनका भाइकी पत्‍नी हेरोदियासलाई विवाह गरेको साथै उनले गरेको अन्य खराबीहरूका निम्ति पनि हप्काए ।

    20तर हेरोदले अझ बढी दुष्‍ट काम गरे । किनभने उनले यूहन्‍नालाई जेलमा हालेका थिए ।

  • 13अनि तिनीहरूले उहाँलाई उहाँकै वचनहरूमा फसाउन हेरोदियासहरू र केही फरिसीहरू पठाए ।

  • 3जब हेरोद राजाले यो सुने, उनी र उनीसँगै सारा यरूशलेम बेचैन भए ।

  • मत्त 14:6-7
    2 पदहरू
    67%

    6तर जब हेरोदको जन्म दिन आयो, हेरोदियासकी छोरीले मानिसहरूका माझमा नाचिन् र हेरोदलाई प्रसन्‍न बनाइन् ।

    7त्यसको प्रतिक्रियामा तिनलाई जे मागे पनि दिनेछु भनेर हेरोदले वाचा गर्दै शपथ खाए ।

  • 35उनले भने, “तिमीलाई दोष लगाउने मानिसहरू आएपछि म पूर्ण रूपमा तिम्रो कुरा सुन्‍नेछु ।” तब उनले पावललाई हेरोदको दरबारमा राख्‍ने आज्ञा गरे ।

  • लू 23:7-9
    3 पदहरू
    67%

    7जब उनले उहाँ त हेरोदको अधिकारमुनि हुनुहुन्छ भन्‍ने थाहा पाए, उनले येशूलाई हेरोदकहाँ पठाए जो ती दिनहरूमा यरूशलेममा नै थिए ।

    8जब हेरोदले येशूलाई देखे, उनी धेरै खुसी भए, किनकि उनले उहाँलाई धेरै अगाडिदेखि हेर्ने इच्छा गरेका थिए । उनले उहाँको बारेमा धेरै कुराहरू सुनेका थिए र उहाँद्वारा केही आश्‍चर्यकर्महरू गरिएको हेर्न चाहन्थे ।

    9हेरोदले येशूलाई धेरै शब्दहरूमा प्रश्‍न गरे, तर येशूले उनलाई कुनै पनि जवाफ दिनुभएन ।

  • 6तुरुन्तै फरिसीहरू गए र तिनीहरूले उहाँलाई मार्न हेरोदीहरूसँग उहाँको विरुद्धमा षड्यन्त्र रचे ।

  • 3किनकि हेरोदले आफ्ना भाइ फिलिपकी पत्‍नी हेरोदियासको कारण यूहन्‍नालाई समाती उनलाई बाँधेर झ्यालखानामा हालेका थिए ।

  • 13अब केही दिनपछि राजा अग्रिपा र बर्निकी कैसरियामा फेस्तसलाई कामकाजी भेटघाट गर्न आइपुगे ।

  • 66%

    30त्यसपछि राजा उठे, र शासक, बरनिकी र तिनीहरूसँग बसिरहेकाहरू पनि उठे ।

    31तिनीहरू सभा भवनबाट बाहिरिँदा, तिनीहरूले एक अर्कामा कुराकानी गरे, र भने, “यी मानिसले मृत्यु वा कैदमा पर्न लायक कुनै कुरो गरेका छैनन् ।”

  • 31लगतै केही फरिसीहरू आए र उहाँलाई भने, “यहाँबाट जानुहोस्, यसलाई छोड्नुहोस्, किनभने हेरोदले तपाईंलाई मार्न चाहन्छन् ।”

  • 9हेरोदले भने, “मैले यूहन्‍नाको टाउको काटेँ, तर यो को हो जसको बारेमा म यस्तो कुरा सुन्दै छु?” र हेरोदले येशूलाई हेर्ने बाटो खोज्‍ने कोसिस गरे ।

  • 2जब पावल शासकका अगाडि उभिए, ततुर्लसले तिनलाई दोष लगाउन थाल्यो र शासकलाई भन्यो, “तपाईंको कारणले हामीलाई ठूलो शान्ति मिलेको छ; तपाईंको दूरदृष्‍टिले हाम्रो देशमा असल सुधार ल्याउँछ ।

  • 1¶ त्यस समयमा शासक हेरोदले येशूको बारेमा समाचार सुने ।

  • 22टुरोस र सीदोनका राजाहरू, समुद्रपारि किनाराका सबै राजा,

  • 12तिनीहरूले मानिसहरू, एल्डरहरू, शास्‍त्रीहरूलाई उक्साए अनि स्तिफनससित मुकाबला गरे; तिनलाई पक्रे र परिषद्‍मा ल्याए ।

  • 20त्यो जवान मानिसले भन्यो, “तिनीहरूले उनको मुद्दालाई अझ ठिकसँग सोधपुछ गर्ने गरी ती यहूदीहरूले भोलि पावललाई तल परिषद्‌मा ल्याउनका लागि तपाईंलाई अनुरोध गर्न सहमत भएका छन् ।

  • 6अरूहरूले चाहिँ राजाका नोकरहरूलाई पक्रे; तिनीहरूसँग लाजमर्दो व्यवहार गरे, र तिनीहरूलाई मारे ।

  • 8यी कुराहरू सुनेर मानिसहरूका भिड र सहरका हाकिमहरू आत्तिए ।

  • 7त्यसपछि ठिक कुन समयमा तारा देखा परेको थियो भनी सोध्‍न हेरोदले गुप्‍त रूपमा ती ज्ञानी मानिसहरूलाई बोलाए ।

  • 5तिनीहरू खुसी भए र उसलाई पैसा दिन सहमत भए ।

  • 15जब म यरूशलेममा थिएँ, मुख्य पूजाहारी र यहूदीहरूका अगुवाहरूले यो मानिसको विरुद्ध मकहाँ आरोपहरू ल्याए, र तिनीहरूले उसको विरुद्ध दण्डको लागि अनुरोध गरे ।

  • 20अहिले चाडमा आराधना गर्न माथि गइरहेका तिनीहरूमध्ये केही ग्रिकहरू पनि थिए ।

  • 11जब मुख्य पुजारीहरूले यो सुने, तिनीहरू खुसी भए र त्यसलाई पैसा दिने वाचा गरे । उसले येशूलाई तिनीहरूका हातमा सुम्पनलाई अवसर हेर्न थाल्यो ।

  • 17किनभने हेरोदले यूहन्‍नालाई हेरोदियास (तिनको भाइकी पत्‍नी) को कारण गिरफ्तार गर्न र कैदमा हाल्न लगाए, किनभने तिनले उनलाई विवाह गरेका थिए ।

  • 12सोलोमनले हीरामलाई दिएका सहरहरू हेर्न तिनी टुरोसबाट आए, तर तिनी खुसी भएनन् ।

  • 21त्यसपछि येशू त्यहाँबाट जानुभयो र टुरोस र सीदोन सहरहरूका क्षेत्रहरूतर्फ लाग्‍नुभयो ।

  • 21तब तिनीहरूले उनलाई भने, “हामीले न त तपाईंको बारेमा यहूदाबाट कुनै पत्र नै प्राप्‍त गर्‍यौँ, न त कुनै भाइहरू आएर तपाईंको बारेमा कुनै नराम्रो प्रतिवेदन दिए वा कुनै नराम्रो कुरा गरे ।

  • 7अनि शासक हेरोदले जे भइरहेको थियो, त्यो सुनेर उनी अन्योलमा परे, कारण बप्‍तिस्मा-दिने यूहन्‍ना जीवित भएका छन् भनेर कसैले उनलाई सुनाइदिएको थियो ।