मरकुस 12:13
अनि तिनीहरूले उहाँलाई उहाँकै वचनहरूमा फसाउन हेरोदियासहरू र केही फरिसीहरू पठाए ।
अनि तिनीहरूले उहाँलाई उहाँकै वचनहरूमा फसाउन हेरोदियासहरू र केही फरिसीहरू पठाए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
15त्यसपछि फरिसीहरू त्यहाँबाट गए, र येशूले भन्नुभएको कुरामा उहाँलाई नै कसरी जालमा पार्ने भन्ने बारेमा योजना बनाए ।
16त्यसपछि तिनीहरूले आफ्ना चेलाहरू र हेरोदी दलका केही मानिसहरूलाई उहाँकहाँ पठाए । तिनीहरूले येशूलाई भने, “गुरुज्यू, हामीलाई थाहा छ, कि तपाईं सत्य हुनुहुन्छ, र तपाईंले परमेश्वरको मार्गलाई सत्यतामा सिकाउनुहुन्छ । तपाईं कसले के सोच्छ भन्ने कुरालाई वास्ता गर्नुहुन्न, र मानिसहरूका बिचमा तपाईंले पक्षपात गर्नुहुन्न ।
17त्यसैले, हामीलाई भन्नुहोस्, कि तपाईं के भन्नुहुन्छ? कैसरलाई कर तिर्नु उचित हो कि होइन?”
18तर येशूले तिनीहरूको दुष्टता थाहा पाउनुभयो, र भन्नुभयो, “पाखण्डी हो, “तिमीहरू मलाई किन जाँच्दछौ?
14तिनीहरू आए र उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौँ, कि तपाईंले कसैको विचारको वास्ता गर्नुहुन्न, र तपाईंले मानिसहरूबिच कुनै भेदभाव गर्नुहुन्न । तपाईंले साँच्चै परमेश्वरको मार्ग सिकाउनुहुन्छ । कैसरलाई कर तिर्नु उचित हो वा होइन? हामी कर तिरौँ कि नतिरौँ?”
15तर येशूले तिनीहरूको कपटलाई जान्नुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले मलाई किन जाँच्छौ? मलाई एउटा सिक्का ल्याओ ताकि मैले हेर्न सकौँ ।”
16तिनीहरूले एउटा सिक्का येशूकहाँ ल्याए । उहाँले तिनीहरूलाई भन्नुभयो, “यो कसको स्वरूप र छाप हो?” तिनीहरूले भने, “कैसरको हो ।”
17येशूले भन्नुभयो, “कैसरका चिजहरू कैसरलाई नै देओ र परमेश्वरका चिजहरू परमेश्वरलाई नै ।” तिनीहरू चकित भए ।
6तुरुन्तै फरिसीहरू गए र तिनीहरूले उहाँलाई मार्न हेरोदीहरूसँग उहाँको विरुद्धमा षड्यन्त्र रचे ।
12तिनीहरूले येशूलाई पक्रन खोजे, तर तिनीहरू भिडसित डराए, किनभने उहाँले यो दृष्टान्त तिनीहरूकै विरुद्धमा बोल्नुभएको कुरा तिनीहरूले जाने । त्यसैले, तिनीहरूले उहाँलाई छाडे र गए ।
19त्यसकारण, शास्त्री र मुख्य पुजारीहरूले त्यति नै बेला उहाँलाई पक्रन खोजे । किनकि तिनीहरूलाई थाहा भयो कि उहाँले यो दृष्टान्त तिनीहरूकै विरुद्धमा भन्नुभएको थियो । तर तिनीहरू मानिसहरूसँग डराउँथे ।
20तिनीहरूले मौका हेर्न लागे र येशूले भन्नुभएको कुरामा केही गलत साबित भए उहाँलाई फसाएर अधिकारीहरूको हातमा सुम्पिदिने नियतले तिनीहरूले धर्मी भई टोपल्ने जासुसहरूलाई उहाँकहाँ पठाए ।
21उनीहरूले उहाँलाई सोधे, “गुरुज्यू, हामी जान्दछौँ कि तपाईं ठिक बोल्नुहुन्छ र ठिक सिकाउनुहुन्छ र कसैको पक्षपात गर्नुहुन्न तर परमेश्वरको मार्गको सत्यता सिकाउनुहुन्छ ।
22हामीले कैसरलाई कर तिर्नु उचित छ कि छैन?”
23येशूले उनीहरूको धूर्त्याइँलाई बुझेर भन्नुभयो,
53येशू त्यहाँबाट गइसक्नुभएपछि, शास्त्रीहरू र फरिसीहरू एक-आपसमा धेरै कुराका लागि बहस गर्न लागे ।
54तिनीहरूले येशूलाई आफ्नो वचनको कारण परीक्षामा पार्ने कोसिस गरे ।
31लगतै केही फरिसीहरू आए र उहाँलाई भने, “यहाँबाट जानुहोस्, यसलाई छोड्नुहोस्, किनभने हेरोदले तपाईंलाई मार्न चाहन्छन् ।”
25उहाँले उनीहरूलाई भन्नुभयो, “त्यसो भए जे कैसर को हो, कैसरलाई देओ र जे परमेश्वरको हो परमेश्वरलाई देओ ।”
26मानिसहरूको सामुन्ने उहाँले बोल्नुभएका कुरामा शास्त्री र मुख्य पुजारीहरूले उहाँलाई फसाउन सकेनन् । उहाँको जवाफमा उनीहरू छक्क परे र केही पनि भन्न सकेनन् ।
41फरिसीहरू एकै ठाउँमा जम्मा भएको बेलामा येशूले तिनीहरूलाई एउटा प्रश्न सोध्नुभयो ।
32भिडले येशूको बारेमा यी कुराहरूबारे खासखुस गरेको फरिसीहरूले सुने, अनि मुख्य पुजारी र फरिसीहरूले उहाँलाई पक्रन अधिकारीहरूलाई पठाए ।
11तब फरिसीहरू आए, र उहाँसँग वादविवाद गर्न थाले । तिनीहरूले उहाँको जाँच गर्न उहाँसँग स्वर्गबाट एउटा चिन्ह मागे ।
12त्यसपछि चेलाहरू आए र येशूलाई भने, “जब फरिसीहरूले यो वाक्य सुने, तब तिनीहरू चिढिएका थिए भन्ने कुरा के तपाईंलाई थाहा छ?”
12त्यसपछि उहाँले तिनीहरूलाई रोटीको खमिरबाट होइन, तर फरिसीहरू र सदुकीहरूको शिक्षाबाट सावधान रहो भनेर भन्नुभएको रहेछ भनी तिनीहरूले बुझे ।
14तर ती फरिसीहरू बाहिर गए र षड्यन्त्र रच्न थाले । तिनीहरूले उहाँलाई कसरी मार्न सकिन्छ भनेर मौका खोज्न थाले ।
2अनि फरिसीहरू उहाँलाई जाँच्न उहाँकहाँ आए र सोधे, “के कुनै पतिले आफ्नी पत्नीसँग विवाहविच्छेद गर्नु उचित हो?”
12तिनीहरूले मानिसहरू, एल्डरहरू, शास्त्रीहरूलाई उक्साए अनि स्तिफनससित मुकाबला गरे; तिनलाई पक्रे र परिषद्मा ल्याए ।
34तर येशूले सदुकीहरूलाई चुप पार्नुभएको जब फरिसीहरूले सुने, तिनीहरू भेला भए ।
35तिनीहरूमध्येका एक जना व्यवस्थाका गुरुले उहाँको जाँच गर्दै एउटा प्रश्न सोधे,
57अहिले मुख्य पुजारीहरू र फरिसीहरूले यो उर्दी जारी गरेका थिए, कि यदि कसैले येशू कहाँ हुनुहुन्थ्यो भनी जान्दथ्यो भने, त्यसले त्यो भन्नुपर्छ ताकि तिनीहरूले उहाँलाई पक्रन सकून् ।
45जब मुख्य पुजारीहरू र शास्त्रीहरूले उहाँका दृष्टान्तहरू सुने, तिनीहरूकै विषयमा उहाँले बोलिरहनुभएको थियो भन्ने तिनीहरूले बुझे ।
14अब सम्पत्तिका प्रेमी फरिसीहरूले यी सबै कुरा सुने र तिनीहरूले उहाँको गिल्ला गरे ।
15उहाँले तिनीहरूलाई चेतावनी दिनुभयो, र भन्नुभयो, “फरिसी र हेरोदको खमिरदेखि सचेत रहो र होसियार बस ।”
1¶ फरिसीहरू र शास्त्रीहरू आए र उनीहरूलाई आकाशबाट चिन्ह देखाउन माग गर्दै उहाँको परीक्षा गरे ।
1¶ त्यसै बेला, जब हजारौँ मानिस एकै ठाउँमा जम्मा भएका थिए । उनीहरूको सङ्ख्या अत्यधिक भएको कारण एउटाले अर्कोलाई कुल्चिरहेका थियो । उहाँले आफ्ना चेलाहरूलाई यसो भन्न सुरु गर्नुभयो, “फरिसीहरूको खमिरबाट सावधान रहो, जुनचाहिँ पाखण्डीपना हो ।
24जब उहाँहरू कफर्नहुममा आउनुभएको थियो, आधा सेकेल कर उठाउने मानिसहरू पत्रुसकहाँ आए र भने, “के तिमीहरूका शिक्षकले आधा सेकेल कर तिर्दैनन्?”
2तर जब फरिसीहरूले त्यो देखे, उनीहरूले येशूलाई भने, “हेर्नुहोस्, जे शबाथमा गर्न अनुचित छ तपाईंका चेलाहरूले त्यही गर्छन् ।”
20येशूले तिनीहरूलाई भन्नुभयो, “यी कसका नाम र छाप हुन्?”
21तिनीहरूले उहाँलाई भने, “कैसरको ।” त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसो भए, जे कैसरका हुन्, ती कैसरलाई देओ, र जे परमेश्वरका हुन्, ती परमेश्वरलाई देओ ।”
22जब तिनीहरूले यो सुने, तिनीहरू छक्क परे । त्यसपछि तिनीहरू उहाँबाट अलग्गिएर त्यहाँबाट गए ।
18उहाँले भन्नुभएको कुरा मुख्य पुजारीहरू र शास्त्रीहरूले सुने र उहाँलाई मार्ने उपाय खोजे । उहाँको शिक्षामा सम्पूर्ण भिड नै छक्क परेका हुनाले तिनीहरू डराए ।
1¶ येशूले मन्दिरमा मानिसहरूलाई शिक्षा दिइरहनुहुँदा र सुसमाचार प्रचार गरिरहनुहुँदा, अगुवाहरूसहित मुख्य पुजारीहरू र शास्त्रीहरू येशूकहाँ आए ।
2तिनीहरूले उहाँलाई भने, “हामीलाई बताऊ, कुन अधिकारद्वारा तिमी यी कामहरू गर्छौ? अथवा कसले तिमीलाई यो अधिकार दियो?”
2मुख्य पुजारीहरू र शास्त्रीहरूले येशूलाई कसरी मार्ने भनी छलफल गरे, किनकि तिनीहरू मानिसहरूसँग डराएका थिए ।
3फरिसीहरू उहाँकहाँ आएर उहाँको जाँच गर्दै उहाँलाई भने, “के मानिसले कुनै कारणले उसकी पत्नीलाई त्याग्नु उसको निम्ति न्यायसङ्गत हुन्छ?”
38त्यसपछि केही शास्त्रीहरू र फरिसीहरूले येशूलाई उत्तर दिँदै भने, “गुरु, हामी तपाईंबाट केही चिन्हहरू हेर्न चाहन्छौँ ।”
11जब फरिसीहरूले यो देखे, तिनीहरूले उहाँका चेलाहरूलाई भने, “किन तिमीहरूका गुरु कर उठाउनेहरू र पापीहरूसँग बसेर खान्छन्?”
2तिनीहरूले उहाँलाई यसो भन्दै दोष लगाउन सुरु गरे, “हामीले यस मानिसलाई हाम्रो देश भाँड्दै गरेको, कैसरलाई कर तिर्न मनाही गरेको र ऊ आफैँलाई ख्रीष्ट राजा भनेको भेट्टायौँ ।”
24अनि फरिसीहरूले उहाँलाई भने, “हेर्नुहोस्, तिनीहरूले शबाथ-दिनमा किन अनुचित कुरा गरिरहेका छन्?”