मत्ती 16:1

अनलक शाब्दिक बाइबल

¶ फरिसीहरू र शास्‍त्रीहरू आए र उनीहरूलाई आकाशबाट चिन्ह देखाउन माग गर्दै उहाँको परीक्षा गरे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लू 11:16 : 16 तर कतिले उहाँलाई परीक्षा गर्नका लागि स्वर्गको कुनै एउटा चिह्न देखाउन भन्यो ।
  • मत्त 16:6 : 6 येशूले तिनीहरूलाई भन्‍नुभयो, “ध्यान देओ र फरिसीहरू र सदुकीहरूको खमिरबाट सावधान रहो ।”
  • प्रेरि 4:1 : 1 ¶ जब पत्रुस र यूहन्‍ना मानिसहरूसँग बोलिरहेका थिए, पूजाहारीहरू, मन्दिरका मुख्य व्यक्ति र सदूकीहरू तिनीहरूकहाँ आए ।
  • यूह 8:6 : 6 तिनीहरूले येशूलाई फन्दामा पार्नलाई यसो भनेका थिए, ताकि तिनीहरूले उहाँलाई केही कुराको बारेमा दोष लगाउन सकून्, तर येशू निहुरेर आफ्नो औँलाले जमिनमा लेख्‍नुभयो ।
  • १ कोरि 1:22 : 22 किनकि यहूदीहरू चिन्ह माग्छन्, र ग्रिकहरू ज्ञानको खोजी गर्छन् ।
  • प्रेरि 5:17 : 17 तर प्रधान पूजाहारी र उनीसँग रहनेहरू सबै जना (जुन सदूकीहरूको सम्प्रदाय हो) उठे र तिनीहरू ईर्ष्याले भरिए ।
  • प्रेरि 23:6-8 : 6 जब पावलले परिषद्को एक भाग सदूकीहरू र अर्को भाग फरिसीहरू रहेछन् भनी देखे, तब उनले परिषद्‍मा ठुलो सोरले भने, “दाजुभाइहरू हो, म फरिसीका छोरा एक फरिसी हुँ । मृतकहरूको पुनरुत्थानमा दृढ आशा भएकै कारणले मलाई न्याय गरिँदै छ ।” 7 उनले यो कुरा भनेपछि सदूकी र फरिसीहरूका बिचमा वादविवाद सुरु भयो, र सभा विभाजित भयो । 8 किनकि ती सदूकीहरूले पुनरुथान हुँदैन, स्वर्गदूतहरू छैनन् र आत्माहरू छैनन् भन्छन्, तर फरिसीहरूले यी सबै कुराहरू अस्तित्वमा छन् भन्छन् ।
  • मत्त 16:11-12 : 11 मैले ती रोटीहरूको विषयमा बोलिरहेको थिइनँ भन्‍ने कुरा तिमीहरू कसरी बुझ्दैनौ? ध्यान देओ र फरिसीहरू र सदुकीहरूको खमिरबाट सावधान रहो ।” 12 त्यसपछि उहाँले तिनीहरूलाई रोटीको खमिरबाट होइन, तर फरिसीहरू र सदुकीहरूको शिक्षाबाट सावधान रहो भनेर भन्‍नुभएको रहेछ भनी तिनीहरूले बुझे ।
  • मत्त 19:3 : 3 फरिसीहरू उहाँकहाँ आएर उहाँको जाँच गर्दै उहाँलाई भने, “के मानिसले कुनै कारणले उसकी पत्‍नीलाई त्याग्‍नु उसको निम्ति न्यायसङ्गत हुन्छ?”
  • मत्त 22:15 : 15 त्यसपछि फरिसीहरू त्यहाँबाट गए, र येशूले भन्‍नुभएको कुरामा उहाँलाई नै कसरी जालमा पार्ने भन्‍ने बारेमा योजना बनाए ।
  • मत्त 22:18 : 18 तर येशूले तिनीहरूको दुष्‍टता थाहा पाउनुभयो, र भन्‍नुभयो, “पाखण्डी हो, “तिमीहरू मलाई किन जाँच्दछौ?
  • मत्त 22:23 : 23 त्यही दिनमा केही सदुकीहरू उहाँकहाँ आए, जसले पुनरुत्थान हुँदैन भनेर भन्दथे । तिनीहरूले उहाँलाई सोधे,
  • मत्त 22:34-35 : 34 तर येशूले सदुकीहरूलाई चुप पार्नुभएको जब फरिसीहरूले सुने, तिनीहरू भेला भए । 35 तिनीहरूमध्येका एक जना व्यवस्थाका गुरुले उहाँको जाँच गर्दै एउटा प्रश्‍न सोधे,
  • मत्त 23:2 : 2 उहाँले भन्‍नुभयो, “शास्‍त्रीहरू र फरिसीहरू मोशाको आसनमा बस्छन् ।”
  • मत्त 27:62 : 62 अर्को दिन जुन तयारीको दिनको भोलिपल्ट थियो, मुख्य पुजारीहरू र फरिसीहरू पिलातससँग भेला भएका थिए ।
  • मर 8:11-21 : 11 तब फरिसीहरू आए, र उहाँसँग वादविवाद गर्न थाले । तिनीहरूले उहाँको जाँच गर्न उहाँसँग स्वर्गबाट एउटा चिन्ह मागे । 12 उहाँले आत्मामा सुस्केर हाल्‍नुभयो र भन्‍नुभयो, “यो पुस्ताले किन चिन्हको खोजी गर्छ? साँचो साँचो म तिमीहरूलाई भन्दछु, यो पुस्तालाई कुनै चिन्ह दिइनेछैन ।” 13 त्यसपछि उहाँले तिनीहरूलाई छोड्नुभयो, फेरि डुङ्गामा चढ्नुभयो र तालको अर्को भागतिर जानुभयो । 14 अहिले चेलाहरूले तिनीहरूसँग रोटी ल्याउन बिर्सेका थिए । तिनीहरूसँग डुङ्गामा एउटाभन्दा बढी रोटी थिएन । 15 उहाँले तिनीहरूलाई चेतावनी दिनुभयो, र भन्‍नुभयो, “फरिसी र हेरोदको खमिरदेखि सचेत रहो र होसियार बस ।” 16 चेलाहरूले एक आपसमा बहस गरे, “हामीसँग रोटी नभएकोले हो ।” 17 येशू यसप्रति सजग हुनुहुन्थ्यो र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले रोटी नल्याएको विषयमा किन बहस गरिरहेका छौ? के तिमीहरू अझै महसुस गर्दैनौ? के तिमीहरू बुझ्दैनौ? तिमीहरूका हृदय यति बोधो भएका छन्? 18 तिमीहरूसँग आँखा छन्, के तिमीहरू देख्दैनौ? तिमीहरूसँग कान छन्, के तिमीहरू सुन्दैनौ? के तिमीहरूले सम्झदैनौ? 19 जब मैले पाँच हजारका सामु पाँच वटा रोटी भाँच्दा रोटीका कति टोकरी टुक्राहरू तिमीहरूले बटुलेका थियौ?” तिनीहरूले उहाँलाई भने, “बाह्र टोकरी ।” 20 “अनि जब मैले चार हजारका बिचमा सातवटा रोटी भाँच्दा कति टोकरी तिमीहरूले बटुल्यौ?” तिनीहरूले उहाँलाई भने, “सात टोकरी ।” 21 उहाँले भन्‍नुभयो, “के तिमीहरू अझै पनि बुझ्दैनौ?”
  • मर 10:2 : 2 अनि फरिसीहरू उहाँलाई जाँच्‍न उहाँकहाँ आए र सोधे, “के कुनै पतिले आफ्नी पत्‍नीसँग विवाहविच्छेद गर्नु उचित हो?”
  • मर 12:15 : 15 तर येशूले तिनीहरूको कपटलाई जान्‍नुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले मलाई किन जाँच्छौ? मलाई एउटा सिक्‍का ल्याओ ताकि मैले हेर्न सकौँ ।”
  • मर 12:18 : 18 त्यसपछि पुनरुत्थान हुँदैन भन्‍ने सदुकीहरू उहाँकहाँ आए । तिनीहरूले उहाँलाई यसो भनेर सोधे,
  • लू 10:25 : 25 हेर, एउटा यहूदी व्यवस्थाका शिक्षक खडा भएर यसो भन्दै उहाँलाई जाँचे “गुरु, मैले अनन्त जीवन पाउन के गर्नुपर्छ?”
  • लू 11:29-30 : 29 जब अझ धेरै मानिसहरू जम्मा भए, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो पुस्ता दुष्‍ट पुस्ता हो, यिनीहरूले चिह्न खोज्‍नेछन्, तर योनाको चिह्नबाहेक तिमीहरूलाई कुनै चिह्न दिइनेछैन । 30 जसरी निनवेका मानिसहरूका लागि योना चिह्न थिए, त्यसै गरी यो पुस्ताका लागि पनि मानिसका पुत्र चिह्न हुनेछ ।
  • लू 11:53-54 : 53 येशू त्यहाँबाट गइसक्‍नुभएपछि, शास्‍त्रीहरू र फरिसीहरू एक-आपसमा धेरै कुराका लागि बहस गर्न लागे । 54 तिनीहरूले येशूलाई आफ्नो वचनको कारण परीक्षामा पार्ने कोसिस गरे ।
  • लू 12:54-56 : 54 येशूले भिडलाई पनि यसो भनिरहनुभएको थियो, “जब तिमीहरूले पश्‍चिम दिशामा बादल उठेको देख्दछौ र तुरुन्तै भन्दछौ, ‘वृष्‍टि हुनेछ र त्यस्तै हुनेछ ।’ 55 जब दक्षिणबाट बतास बहन्छ, तिमीहरू भन्दछौ, ‘त्यो एकदमै प्रचण्ड तातो हुनेछ र त्यस्तै हुनेछ ।’ 56 पाखण्डीहरू हो, तिमीहरू जान्दछौ कि पृथ्वी र स्वर्गमा भएका चिह्नहरूलाई हेरेर, के हुँदै छ त्यो भन्‍न सक्दछौ, तर अहिलेको वर्तमान समयको विषयमा केही भन्‍न सक्दैनौँ?
  • लू 20:23 : 23 येशूले उनीहरूको धूर्त्याइँलाई बुझेर भन्‍नुभयो,
  • लू 20:27 : 27 त्यसपछि मृतकहरूबाट पुनरुत्थान हुँदैन भन्‍ने सदूकीहरू उहाँकहाँ आए,
  • यूह 6:30-31 : 30 यसैले तिनीहरूले उहाँलाई भने, “तपाईंले कस्तो किसिमको चिह्न‍ गर्नुहुनेछ, ताकि हामीले देख्‍न र तपाईंलाई विश्‍वास गर्न सकौँ? तपाईंले के गर्नुहुनेछ? 31 हाम्रा पिताहरूले मरुभूमिमा मन्‍न खाए । यस्तो लेखिएको छ, ‘उहाँले तिनीहरूलाई खानको निम्ति स्वर्गबाट रोटी दिनुभयो’ ।”
  • मत्त 3:7-8 : 7 तर जब तिनले धेरै फरिसीहरू र सदुकीहरू बप्‍तिस्‍माको निम्ति तिनीकहाँ आएको देखे, तब तिनले तिनीहरूलाई भने, “विषालु सर्पका सन्तान हो, आउन लागेको क्रोधबाट भाग्‍न तिमीहरूलाई कसले चेतावनी दियो? 8 पश्‍चात्तापको निम्ति सुहाउँदो फल फलाओ ।
  • मत्त 5:20 : 20 किनकि म तिमीहरूलाई भन्दछु, कि तिमीहरूको धार्मिकता फरिसी र शास्‍त्रीहरूको भन्दा बढी भएन भने, तिमीहरू कुनै रीतिले परमेश्‍वरको राज्यमा प्रवेश गर्नेछैनौ ।
  • मत्त 9:11 : 11 जब फरिसीहरूले यो देखे, तिनीहरूले उहाँका चेलाहरूलाई भने, “किन तिमीहरूका गुरु कर उठाउनेहरू र पापीहरूसँग बसेर खान्छन्?”
  • मत्त 12:14 : 14 तर ती फरिसीहरू बाहिर गए र षड्‍यन्‍त्र रच्‍न थाले । तिनीहरूले उहाँलाई कसरी मार्न सकिन्छ भनेर मौका खोज्न थाले ।
  • मत्त 12:38-39 : 38 त्यसपछि केही शास्‍त्रीहरू र फरिसीहरूले येशूलाई उत्तर दिँदै भने, “गुरु, हामी तपाईंबाट केही चिन्हहरू हेर्न चाहन्छौँ ।” 39 तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “एउटा दुष्‍ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्छ । तर त्यसलाई योना अगमवक्‍ताको चिन्हबाहेक अरू चिन्ह दिइनेछैन ।
  • मत्त 15:1 : 1 ¶ त्यसपछि केही फरिसीहरू र शास्‍त्रीहरू यरूशलेमबाट येशूकहाँ आए । तिनीहरूले भने,

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मर 8:11-12
    2 पदहरू
    90%

    11तब फरिसीहरू आए, र उहाँसँग वादविवाद गर्न थाले । तिनीहरूले उहाँको जाँच गर्न उहाँसँग स्वर्गबाट एउटा चिन्ह मागे ।

    12उहाँले आत्मामा सुस्केर हाल्‍नुभयो र भन्‍नुभयो, “यो पुस्ताले किन चिन्हको खोजी गर्छ? साँचो साँचो म तिमीहरूलाई भन्दछु, यो पुस्तालाई कुनै चिन्ह दिइनेछैन ।”

  • 16तर कतिले उहाँलाई परीक्षा गर्नका लागि स्वर्गको कुनै एउटा चिह्न देखाउन भन्यो ।

  • मत्त 12:38-39
    2 पदहरू
    78%

    38त्यसपछि केही शास्‍त्रीहरू र फरिसीहरूले येशूलाई उत्तर दिँदै भने, “गुरु, हामी तपाईंबाट केही चिन्हहरू हेर्न चाहन्छौँ ।”

    39तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “एउटा दुष्‍ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्छ । तर त्यसलाई योना अगमवक्‍ताको चिन्हबाहेक अरू चिन्ह दिइनेछैन ।

  • मत्त 16:2-4
    3 पदहरू
    77%

    2तर उहाँले उत्तर दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “जब साँझ हुन्छ, तिमीहरू भन्छौ, ‘मौसम सफा हुनेछ, किनकि आकाश रातो छ ।’

    3र बिहान तिमीहरू भन्छौ, ‘आज मौसम नराम्रो हुनेछ, किनकि आकाश रातो र बादलले ढाकिएको छ ।’ आकाशको अवस्था हेरेर कसरी अर्थ लगाउने भनेर तिमीहरू जान्दछौ, तर तिमीहरूले समयका चिन्हहरूको अर्थ लगाउन सक्दैनौ ।

    4एउटा दुष्‍ट र व्यभिचारी पुस्ताले चिन्हको खोजी गर्छ, तर योनाको चिन्हबाहेक अरू कुनै चिन्ह त्यसलाई दिइनेछैन ।” त्यसपछि येशूले तिनीहरूलाई छोड्नुभयो र त्यहाँबाट टाढा जानुभयो ।

  • 2अनि फरिसीहरू उहाँलाई जाँच्‍न उहाँकहाँ आए र सोधे, “के कुनै पतिले आफ्नी पत्‍नीसँग विवाहविच्छेद गर्नु उचित हो?”

  • 1¶ त्यसपछि केही फरिसीहरू र शास्‍त्रीहरू यरूशलेमबाट येशूकहाँ आए । तिनीहरूले भने,

  • 3फरिसीहरू उहाँकहाँ आएर उहाँको जाँच गर्दै उहाँलाई भने, “के मानिसले कुनै कारणले उसकी पत्‍नीलाई त्याग्‍नु उसको निम्ति न्यायसङ्गत हुन्छ?”

  • मत्त 22:34-35
    2 पदहरू
    73%

    34तर येशूले सदुकीहरूलाई चुप पार्नुभएको जब फरिसीहरूले सुने, तिनीहरू भेला भए ।

    35तिनीहरूमध्येका एक जना व्यवस्थाका गुरुले उहाँको जाँच गर्दै एउटा प्रश्‍न सोधे,

  • 41फरिसीहरू एकै ठाउँमा जम्मा भएको बेलामा येशूले तिनीहरूलाई एउटा प्रश्‍न सोध्‍नुभयो ।

  • 1¶ यरूशलेमबाट आएका फरिसीहरू र केही शास्‍त्रीहरू उहाँको वरिपरि भेला भए ।

  • 23त्यही दिनमा केही सदुकीहरू उहाँकहाँ आए, जसले पुनरुत्थान हुँदैन भनेर भन्दथे । तिनीहरूले उहाँलाई सोधे,

  • 18त्यसपछि पुनरुत्थान हुँदैन भन्‍ने सदुकीहरू उहाँकहाँ आए । तिनीहरूले उहाँलाई यसो भनेर सोधे,

  • 15त्यसपछि फरिसीहरू त्यहाँबाट गए, र येशूले भन्‍नुभएको कुरामा उहाँलाई नै कसरी जालमा पार्ने भन्‍ने बारेमा योजना बनाए ।

  • 6येशूले तिनीहरूलाई भन्‍नुभयो, “ध्यान देओ र फरिसीहरू र सदुकीहरूको खमिरबाट सावधान रहो ।”

  • 13अनि तिनीहरूले उहाँलाई उहाँकै वचनहरूमा फसाउन हेरोदियासहरू र केही फरिसीहरू पठाए ।

  • मत्त 16:11-12
    2 पदहरू
    71%

    11मैले ती रोटीहरूको विषयमा बोलिरहेको थिइनँ भन्‍ने कुरा तिमीहरू कसरी बुझ्दैनौ? ध्यान देओ र फरिसीहरू र सदुकीहरूको खमिरबाट सावधान रहो ।”

    12त्यसपछि उहाँले तिनीहरूलाई रोटीको खमिरबाट होइन, तर फरिसीहरू र सदुकीहरूको शिक्षाबाट सावधान रहो भनेर भन्‍नुभएको रहेछ भनी तिनीहरूले बुझे ।

  • 53येशू त्यहाँबाट गइसक्‍नुभएपछि, शास्‍त्रीहरू र फरिसीहरू एक-आपसमा धेरै कुराका लागि बहस गर्न लागे ।

  • 18तर येशूले तिनीहरूको दुष्‍टता थाहा पाउनुभयो, र भन्‍नुभयो, “पाखण्डी हो, “तिमीहरू मलाई किन जाँच्दछौ?

  • 23येशूले उनीहरूको धूर्त्याइँलाई बुझेर भन्‍नुभयो,

  • 14अब सम्पत्तिका प्रेमी फरिसीहरूले यी सबै कुरा सुने र तिनीहरूले उहाँको गिल्ला गरे ।

  • 31लगतै केही फरिसीहरू आए र उहाँलाई भने, “यहाँबाट जानुहोस्, यसलाई छोड्नुहोस्, किनभने हेरोदले तपाईंलाई मार्न चाहन्छन् ।”

  • 1¶ एउटा विश्राम दिनमा जब उहाँ फरिसीहरूका एक जना अगुवाको घरमा रोटी खान जानुभयो, तिनीहरूले उहाँलाई नजिकबाट हेरिराखेका थिए ।

  • 6तुरुन्तै फरिसीहरू गए र तिनीहरूले उहाँलाई मार्न हेरोदीहरूसँग उहाँको विरुद्धमा षड्यन्त्र रचे ।

  • 14जब उहाँ चेलाहरूकहाँ आउनुभयो, उहाँले तिनीहरूका वरिपरि ठुलो भिड देख्‍नुभयो, र शास्‍त्रीहरूले तिनीहरूसँग बहस गरिरहेका थिए ।

  • 27त्यसपछि मृतकहरूबाट पुनरुत्थान हुँदैन भन्‍ने सदूकीहरू उहाँकहाँ आए,

  • 24अनि फरिसीहरूले उहाँलाई भने, “हेर्नुहोस्, तिनीहरूले शबाथ-दिनमा किन अनुचित कुरा गरिरहेका छन्?”

  • 1¶ जब पत्रुस र यूहन्‍ना मानिसहरूसँग बोलिरहेका थिए, पूजाहारीहरू, मन्दिरका मुख्य व्यक्ति र सदूकीहरू तिनीहरूकहाँ आए ।

  • 16उहाँले आफ्ना चेलाहरूलाई सोध्‍नुभयो, “तिमीहरूले तिनीहरूसँग के बहस गरिरहेका छौ?”

  • 7उहाँले विश्रामको दिनमा कसैलाई निको पार्नुहुन्छ कि हुन्‍न भनेर शास्‍त्रीहरू र फरिसीहरूले नजिकबाट उहाँलाई नियाली राखेका थिए ताकि तिनीहरूले उहाँलाई केही गल्ती गरेको कारण दोष भेट्टाउन सकियोस् ।

  • प्रेरि 23:7-8
    2 पदहरू
    69%

    7उनले यो कुरा भनेपछि सदूकी र फरिसीहरूका बिचमा वादविवाद सुरु भयो, र सभा विभाजित भयो ।

    8किनकि ती सदूकीहरूले पुनरुथान हुँदैन, स्वर्गदूतहरू छैनन् र आत्माहरू छैनन् भन्छन्, तर फरिसीहरूले यी सबै कुराहरू अस्तित्वमा छन् भन्छन् ।

  • 2तर जब फरिसीहरूले त्यो देखे, उनीहरूले येशूलाई भने, “हेर्नुहोस्, जे शबाथमा गर्न अनुचित छ तपाईंका चेलाहरूले त्यही गर्छन् ।”

  • 2तर केही फरिसीहरूले भने, “किन तिमीहरूले विश्रामको दिनमा व्यवस्थाअनुसार गर्न नहुने काम गरिरहेका छौ?”

  • 1¶ येशूले मन्दिरमा मानिसहरूलाई शिक्षा दिइरहनुहुँदा र सुसमाचार प्रचार गरिरहनुहुँदा, अगुवाहरूसहित मुख्य पुजारीहरू र शास्‍त्रीहरू येशूकहाँ आए ।

  • 15तर येशूले तिनीहरूको कपटलाई जान्‍नुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले मलाई किन जाँच्छौ? मलाई एउटा सिक्‍का ल्याओ ताकि मैले हेर्न सकौँ ।”

  • 4“हामीलाई भन्‍नुहोस्, कि यी कुराहरू कहिले हुनेछन्? यी सबै कुरा हुन लाग्‍दा कस्ता-कस्ता चिन्हहरू हुनेछन्?”

  • 36अहिले एक जना फरिसीले येशूलाई ऊसँग भोजन गर्नका लागि अनुरोध गरिरहेको थियो । त्यसपछि येशू फरिसीको घरमा प्रवेश गर्नुभयो, भोजन खानलाई टेबुलमा गएर बस्‍नुभयो ।

  • 7त्यसकारण, तिनीहरूले उहाँलाई यसो भन्दै सोधे, “गुरुज्यू, यी कुराहरू कहिले हुनेछन्? र यी सबै घटनाहरू हुँदा के-कस्ता चिह्नहरू हुनेछन्?”

  • 27उहाँहरू फेरि यरूशलेममा आउनुभयो । जब येशू मन्दिरमा घुमिरहनुभएको थियो, मुख्य पुजारीहरू, शास्‍त्रीहरू र धर्म-गुरुहरू उहाँकहाँ आए ।

  • 37उहाँले बोलिसक्‍नुभएपछि, फरिसीहरूले उहाँलाई आफ्नो घरमा खाना खानलाई बोलाए । त्यसपछि येशू जानुभयो र ढल्केर बस्‍नुभयो ।

  • 3येशूले यहूदी व्यवस्थाका पण्डितहरू र फरिसीहरूलाई सोध्‍नुभयो, “विश्राम दिनमा निको पार्नु उचित छ वा छैन?

  • 35जब्दियाका छोराहरू याकूब र यूहन्‍ना उहाँकहाँ आए र उहाँलाई भने, “गुरुज्यू, हामीले तपाईंसँग जे माग्‍छौँ सो हाम्रो निम्ति गरिदिनुहोस् भन्‍ने हामी चाहन्छौँ ।”

  • 1¶ त्यसै बेला, जब हजारौँ मानिस एकै ठाउँमा जम्मा भएका थिए । उनीहरूको सङ्ख्या अत्यधिक भएको कारण एउटाले अर्कोलाई कुल्चिरहेका थियो । उहाँले आफ्ना चेलाहरूलाई यसो भन्‍न सुरु गर्नुभयो, “फरिसीहरूको खमिरबाट सावधान रहो, जुनचाहिँ पाखण्डीपना हो ।

  • 18तब यहूदीहरूका अधिकारीहरूले उहाँलाई प्रत्युत्तर दिए, र यसो भने, “तिमीले यी कुराहरू गरिरहेका हुनाले तिमीले हामीलाई के चिह्न‍ देखाउँछौ?”