प्रेरितहरूको काम 4:1

अनलक शाब्दिक बाइबल

¶ जब पत्रुस र यूहन्‍ना मानिसहरूसँग बोलिरहेका थिए, पूजाहारीहरू, मन्दिरका मुख्य व्यक्ति र सदूकीहरू तिनीहरूकहाँ आए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लू 22:4 : 4 येशूलाई कसरी तिनीहरूकहाँ सुम्पन सकिन्छ भन्‍ने बारेमा छलफल गर्न यहूदा मुख्य पुजारीहरू र कप्‍तानहरूसँगै गयो ।
  • प्रेरि 6:12 : 12 तिनीहरूले मानिसहरू, एल्डरहरू, शास्‍त्रीहरूलाई उक्साए अनि स्तिफनससित मुकाबला गरे; तिनलाई पक्रे र परिषद्‍मा ल्याए ।
  • प्रेरि 5:24 : 24 जब मन्दिरका कप्‍तान र मुख्य पूजाहारीहरूले यी कुराहरू सुने, के हुने होला भनी तिनीहरू अन्योलमा परे ।
  • प्रेरि 5:26 : 26 त्यसैले, कप्‍तान हाकिमहरूसँगै गए र तिनीहरूलाई हिंसाविना नै फर्काएर ल्याए । किनकि तिनीहरू मानिसहरूले ढुङ्गाले हान्लान् भनी डराए ।
  • प्रेरि 6:7 : 7 यसरी परमेश्‍वरको वचन फैलियो र यरूशलेममा चेलाहरूको सङ्ख्या गुणात्मक रूपमा वृद्धि भयो । र धेरै पूजाहारीहरूले यस विश्‍वासलाई स्वीकार गरे ।
  • प्रेरि 23:6-9 : 6 जब पावलले परिषद्को एक भाग सदूकीहरू र अर्को भाग फरिसीहरू रहेछन् भनी देखे, तब उनले परिषद्‍मा ठुलो सोरले भने, “दाजुभाइहरू हो, म फरिसीका छोरा एक फरिसी हुँ । मृतकहरूको पुनरुत्थानमा दृढ आशा भएकै कारणले मलाई न्याय गरिँदै छ ।” 7 उनले यो कुरा भनेपछि सदूकी र फरिसीहरूका बिचमा वादविवाद सुरु भयो, र सभा विभाजित भयो । 8 किनकि ती सदूकीहरूले पुनरुथान हुँदैन, स्वर्गदूतहरू छैनन् र आत्माहरू छैनन् भन्छन्, तर फरिसीहरूले यी सबै कुराहरू अस्तित्वमा छन् भन्छन् । 9 त्यसैले, त्यहाँ ठुलो होहल्ला भयो, अनि कतिपय फरिसीहरूमध्येका शास्‍त्रीहरू उठे, र यसो भन्दै तर्क गरे, “यी मानिसमा हामी कुनै गल्ती भेट्टाउँदैनौँ । यदि आत्मा वा स्वर्गदूतले नै तिनीसँग बोलेका हुन् भने, के गर्ने त?”
  • यूह 15:20 : 20 मैले तिमीहरूलाई भनेको वचन याद राख, ‘नोकर त्यसको मालिकभन्दा महान् हुँदैन ।’ यदि तिनीहरूले मलाई सताएका छन् भने, तिनीहरूले तिमीहरूलाई पनि सताउनेछन् । यदि तिनीहरूले मेरो वचन पालन गरेका थिए भने तिनीहरूले तिमीहरूको पनि पालन गर्नेछन् ।”
  • यूह 18:3 : 3 अनि मुख्य पुजारीहरू, फरिसीहरू र अधिकारीहरूसहित सिपाहीहरूको एक समूह लिएर यहूदा लालटिन, राँको र हतियारहरूसहित त्यहाँ आए ।
  • प्रेरि 4:6 : 6 प्रधान पूजाहारी हन्‍नास, कैयाफा, यूहन्‍ना, अलेक्जेन्डर र प्रधान पूजाहारीका अरू सबै आफन्तहरू त्यहाँ थिए ।
  • २ इति 23:4-9 : 4 तपाईंहरूले यसो गर्नुपर्छः शबाथमा आफ्‍नो काममा आउने पुजारीहरू र लेवीहरूको एक तिहाइचाहिं ढोकाहरूका रक्षकहरू हुनुपर्छ । 5 अर्को एक तिहाइचाहिं राजमहलमा, र अर्को एक तिहाइचाहिं जगको ढोकामा हुनुपर्छ । सबै मानिसचाहिं परमप्रभुको मन्‍दिरका चोकहरूमा हुनुपर्छ । 6 सेवा गर्ने पुजारीहरू र लेवीहरूबाहेक अरू कसैलाई परमप्रभुको मन्‍दिरभित्र पस्‍न नदिनू । तिनीहरू भित्र पस्‍न सक्‍छन्, किनभने तिनीहरू अभिषेक गरिएका छन्‌ । तर अरू सबै मानिसले परमप्रभुको आज्ञा मान्‍नुपर्छ । 7 लेवीहरू हरेकले आआफ्‍नो हतियार हातमा बोकेर राजाका चारैतिर सुरक्षा दिनुपर्छ । कोही मन्‍दिरभित्र पस्‍यो भने, त्‍यसलाई मारिनुपर्छ । राजा भित्र आउँदा र बाहिर जाँदा तिनको साथमा हिंड्‍नुपर्छ ।” 8 यसैले यहोयादा पुजारीले आज्ञा गरेबमोजिम लेवीहरू र सबै यहूदाले सेवा गरे । हरेक जनाले शबाथमा सेवा गर्न आएका मानिसहरू, र शबाथमा सेवा गर्न छाडेकाहरूलाई लिए, किनकि यहोयादा पुजारीले कुनै पनि दललाई हटाएका थिएनन्‌ । 9 त्‍यसपछि कमाण्‍डरहरूलाई परमेश्‍वरको मन्‍दिरमा भएका दाऊद राजाका भालाहरू, र साना तथा ठूला ढालहरू ल्‍याइदिए ।
  • मत्त 3:7 : 7 तर जब तिनले धेरै फरिसीहरू र सदुकीहरू बप्‍तिस्‍माको निम्ति तिनीकहाँ आएको देखे, तब तिनले तिनीहरूलाई भने, “विषालु सर्पका सन्तान हो, आउन लागेको क्रोधबाट भाग्‍न तिमीहरूलाई कसले चेतावनी दियो?
  • मत्त 16:12 : 12 त्यसपछि उहाँले तिनीहरूलाई रोटीको खमिरबाट होइन, तर फरिसीहरू र सदुकीहरूको शिक्षाबाट सावधान रहो भनेर भन्‍नुभएको रहेछ भनी तिनीहरूले बुझे ।
  • मत्त 22:16 : 16 त्यसपछि तिनीहरूले आफ्ना चेलाहरू र हेरोदी दलका केही मानिसहरूलाई उहाँकहाँ पठाए । तिनीहरूले येशूलाई भने, “गुरुज्यू, हामीलाई थाहा छ, कि तपाईं सत्य हुनुहुन्छ, र तपाईंले परमेश्‍वरको मार्गलाई सत्यतामा सिकाउनुहुन्छ । तपाईं कसले के सोच्छ भन्‍ने कुरालाई वास्ता गर्नुहुन्‍न, र मानिसहरूका बिचमा तपाईंले पक्षपात गर्नुहुन्‍न ।
  • मत्त 22:23-24 : 23 त्यही दिनमा केही सदुकीहरू उहाँकहाँ आए, जसले पुनरुत्थान हुँदैन भनेर भन्दथे । तिनीहरूले उहाँलाई सोधे, 24 “गुरुज्यू, मोशाले भनेका थिए, ‘यदि कुनै पुरुष बालक नजन्माईकन मर्‍यो भने, उसको भाइले त्यसकी पत्‍नीलाई विवाह गर्नुपर्छ र आफ्ना दाजुको निम्ति सन्तान जन्माउनुपर्छ ।
  • मत्त 26:3-4 : 3 त्यसपछि कैयाफा नाउँ गरेका प्रधान पुजारीको दरबारमा मुख्य पुजारीहरू तथा मानिसहरूका एल्डरहरू एकसाथ भेला भए । 4 तिनीहरू मिलेर येशूलाई छलसित पक्रने र उहाँलाई मार्ने षड्यन्‍त्र गरे ।
  • मत्त 27:1-2 : 1 ¶ अब जब बिहान भयो, सबै मुख्य पुजारीहरू र मानिसका एल्डरहरूले येशूलाई मार्न उहाँको विरुद्ध षड्यन्त्र रचे । 2 तिनीहरूले उहाँलाई बाँधेर त्यहाँबाट लागे, र हाकिम पिलातसकहाँ सुम्पिदिए ।
  • मत्त 27:20 : 20 तब मुख्य पुजारीहरू र एल्डरहरूले बारब्बालाई छोड्न र येशूलाई मार्नको निम्ति भिडलाई राजी गराए ।
  • मत्त 27:41 : 41 यसरी नै मुख्य पुजारीहरूले पनि शास्‍त्रीहरू र एल्डरहरूसँगसँगै उहाँको गिल्ला गरे र भने,

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • प्रेरि 4:2-8
    7 पदहरू
    82%

    2पत्रुस र यूहन्‍नाले मानिसहरूलाई येशूको बारेमा सिकाइरहेका र उहाँको मृत्युबाट पुनरुत्थान हुनुभएको घोषणा गरिरहेका कारण उनीहरूलाई साह्रै गाह्रो भयो ।

    3उनीहरूले तिनीहरूलाई पक्रे र अर्को बिहानसम्मका लागि झ्यालखानामा हालिदिए, किनभने त्यतिबेला साँझ परिसकेको थियो ।

    4तर सन्देश सुनेका मानिसहरूमध्ये धेरै जनाले विश्‍वास गरे र विश्‍वास गर्ने मानिसहरूको सङ्ख्या करिब पाँच हजार थियो ।

    5अर्को दिन तिनीहरूका शासकहरू, एल्डरहरू र शास्‍त्रीहरू यरूशलेममा जम्मा भए ।

    6प्रधान पूजाहारी हन्‍नास, कैयाफा, यूहन्‍ना, अलेक्जेन्डर र प्रधान पूजाहारीका अरू सबै आफन्तहरू त्यहाँ थिए ।

    7जब उनीहरूले पत्रुस र यूहन्‍नालाई उनीहरूका माझमा राखे तब उनीहरूले तिनीहरूलाई सोधे, “तिमीहरूले कुन शक्ति वा कुन नाउँमा यसो गरेका हौ?”

    8अनि पवित्र आत्माले भरिएर पत्रुसले उनीहरूलाई भने, “हे जनताहरूका शासकहरू र एल्डरहरू हो,

  • 80%

    17तर प्रधान पूजाहारी र उनीसँग रहनेहरू सबै जना (जुन सदूकीहरूको सम्प्रदाय हो) उठे र तिनीहरू ईर्ष्याले भरिए ।

    18तिनीहरूले प्रेरितहरूमाथि हात हाले र तिनीहरूलाई सार्वजनिक झ्यालखानामा थुनिदिए ।

  • 12तिनीहरूले मानिसहरू, एल्डरहरू, शास्‍त्रीहरूलाई उक्साए अनि स्तिफनससित मुकाबला गरे; तिनलाई पक्रे र परिषद्‍मा ल्याए ।

  • 78%

    24जब मन्दिरका कप्‍तान र मुख्य पूजाहारीहरूले यी कुराहरू सुने, के हुने होला भनी तिनीहरू अन्योलमा परे ।

    25तब कोही तिनीहरूकहाँ आए र तिनीहरूलाई भने, “तपाईंहरूले झ्यालखानामा राख्‍नुभएका ती मानिसहरू, मन्दिरमा खडा भएर मानिसहरूलाई सिकाइरहेका छन् ।”

    26त्यसैले, कप्‍तान हाकिमहरूसँगै गए र तिनीहरूलाई हिंसाविना नै फर्काएर ल्याए । किनकि तिनीहरू मानिसहरूले ढुङ्गाले हान्लान् भनी डराए ।

    27तिनीहरूले उनीहरूलाई ल्याएपछि, तिनीहरूले उनीहरूलाई सभाको अगि राखे । प्रधान पूजाहारीले उनीहरूलाई यसो भनेर सोधपुछ गरे,

    28“हामीले तिमीहरूलाई यस नाउँमा नसिकाउनलाई कडा आज्ञा दियौँ तर पनि तिमीहरूले आफ्नो शिक्षाले यरूशलेम भरिसकेका छौ र त्यस मानिसको रगत हामीमाथि ल्याउने इच्छा गर्छौ ।”

  • 77%

    21जब तिनीहरूले यो कुरा सुने तब तिनीहरू सबेरै मन्दिरभित्र प्रवेश गरे र शिक्षा दिए । तर प्रधान पूजाहारी र तिनीहरूसँग भएकाहरू आए र परिषद्लाई इस्राएलका मानिसहरूका एल्डरहरूसँगै बोलाए र प्रेरितहरूलाई ल्याउन लगाउनलाई झ्यालखानामा पठाए ।

    22तर ती गएका अधिकारीहरूले तिनीहरूलाई झ्यालखानामा भेट्टाएनन् र तिनीहरू फर्केर आए र प्रतिवेदन दिए ।

  • 1¶ येशूले मन्दिरमा मानिसहरूलाई शिक्षा दिइरहनुहुँदा र सुसमाचार प्रचार गरिरहनुहुँदा, अगुवाहरूसहित मुख्य पुजारीहरू र शास्‍त्रीहरू येशूकहाँ आए ।

  • 27उहाँहरू फेरि यरूशलेममा आउनुभयो । जब येशू मन्दिरमा घुमिरहनुभएको थियो, मुख्य पुजारीहरू, शास्‍त्रीहरू र धर्म-गुरुहरू उहाँकहाँ आए ।

  • 66बिहान हुनेबितिकै, मुख्य पुजारीहरू र शास्‍त्रीहरू दुवै मानिसहरूका धर्म-गुरुहरू सँगै भेला भए । तिनीहरूले उहाँलाई परिषद्‍मा लगे र

  • 23त्यही दिनमा केही सदुकीहरू उहाँकहाँ आए, जसले पुनरुत्थान हुँदैन भनेर भन्दथे । तिनीहरूले उहाँलाई सोधे,

  • 7उनले यो कुरा भनेपछि सदूकी र फरिसीहरूका बिचमा वादविवाद सुरु भयो, र सभा विभाजित भयो ।

  • 23तिनीहरूलाई स्वतन्‍त्र छोडेपछि, पत्रुस र यूहन्‍ना आफ्नै मानिसहरूकहाँ आए र प्रधान पूजाहारीहरू र एल्डरहरूले तिनीहरूलाई भनेका सबै कुराको प्रतिवेदन दिए ।

  • 72%

    14उनीहरूले त्यो निको भएको मानिस तिनीहरूसँगै उभिरहेको देखेको कारण तिनीहरूका विरुद्ध केही बोल्न सकेनन् ।

    15तर प्रेरितहरूलाई परिषद् बैठक छोड्न आज्ञा दिएपछि उनीहरू एकआपसमा कुरा गर्न थाले ।

    16उनीहरूले भने, “यी मानिसहरूलाई हामी के गरौँ? किनकि तिनीहरूद्वारा गरिएको उल्लेखनीय आश्‍चर्यकर्मको वास्तविकता यरूशलेममा बस्‍ने हरेक मनिसलाई थाहा छ; हामी यसलाई इन्कार गर्न सक्दैनौँ ।

  • 53तिनीहरूले उहाँलाई प्रधान पुजारीकहाँ लगे । त्यहाँ तिनीसँग मुख्य पुजारीहरू, धर्म-गुरुहरू र शास्‍त्रीहरू भेला भएका थिए ।

  • 52येशूले उहाँ विरुद्ध आउने मुख्य पुजारीहरू, मन्दिरको कप्‍तान र अगुवाहरूलाई भन्‍नुभयो, “के तिमीहरू एउटा लुटेराको विरुद्धमा जस्तै तरवारहरू र लाठीहरू लिएर आउँछौ?

  • 34तर येशूले सदुकीहरूलाई चुप पार्नुभएको जब फरिसीहरूले सुने, तिनीहरू भेला भए ।

  • 71%

    18तिनीहरूले पत्रुस र यूहन्‍नालाई भित्र बोलाए र येशूको नाउँमा बोल्दै नबोल्नू न त शिक्षा नै दिनू भनी आज्ञा दिए ।

    19तर पत्रुस र यूहन्‍नाले उनीहरूलाई जवाफ दिए र भने, “परमेश्‍वरको नजरमा उहाँको भन्दा बढी तपाईंहरूको आज्ञापालन गर्नु उचित हो कि होइन, तपाईंहरू नै न्याय गर्नुहोस् ।

  • 18त्यसपछि पुनरुत्थान हुँदैन भन्‍ने सदुकीहरू उहाँकहाँ आए । तिनीहरूले उहाँलाई यसो भनेर सोधे,

  • 27त्यसपछि मृतकहरूबाट पुनरुत्थान हुँदैन भन्‍ने सदूकीहरू उहाँकहाँ आए,

  • 3त्यसपछि कैयाफा नाउँ गरेका प्रधान पुजारीको दरबारमा मुख्य पुजारीहरू तथा मानिसहरूका एल्डरहरू एकसाथ भेला भए ।

  • 4तर सहरका अधिकांश मानिसहरू विभाजित भए । कोही मानिसहरू यहूदीहरूका पक्षमा र कोही प्रेरितहरूका पक्षमा लागे ।

  • 4ती नजिकमा उभिरहेकाहरूले भने, “के तँ परमेश्‍वरका प्रधान पूजाहारीको यसरी निन्दा गर्छस्?”

  • 33जब परिषद्का सदस्यहरूले यो सुने तब तिनीहरू क्रुद्ध भए र प्रेरितहरूलाई मार्ने चाहना गरे ।

  • 1¶ प्रधान पूजाहारीले भने, “के यी कुराहरू साँचा हुन्?”

  • 2मुख्य पुजारीहरू र शास्‍त्रीहरूले येशूलाई कसरी मार्ने भनी छलफल गरे, किनकि तिनीहरू मानिसहरूसँग डराएका थिए ।

  • 57जसले येशूलाई पक्रेका थिए तिनीहरूले उहाँलाई प्रधान पुजारी कैयाफाकहाँ लगे, जहाँ शास्‍त्रीहरू र एल्डरहरू एकसाथ भेला भएका थिए ।

  • 4जब उनीहरू यरूशलेममा आए, उनीहरूलाई मण्डली, प्रेरितहरू र एल्डरहरूद्वारा स्वागत गरियो, र यसरी उनीहरूसँग परमेश्‍वरले गर्नुभएका सबै कामहरूको प्रतिवेदन उनीहरूलाई सुनाए ।

  • 1¶ फरिसीहरू र शास्‍त्रीहरू आए र उनीहरूलाई आकाशबाट चिन्ह देखाउन माग गर्दै उहाँको परीक्षा गरे ।

  • 35तब उनले तिनीहरूलाई भने, “इस्राएलका मानिसहरू हो, तपाईंहरूले यी मानिसहरूलाई जे गर्नलाई प्रस्ताव गर्नुभएको छ, त्यसमा राम्ररी ध्यान दिनुहोस् ।

  • 47जब उहाँ बोलिरहनुभएको थियो, बाह्रमध्ये एक जना अर्थात् यहूदा आए । मुख्य पुजारीहरू र मानिसहरूका एल्डरहरूको एउटा ठुलो भिड ऊसँगै आयो । तिनीहरू लाठीहरू र तरवारहरू बोकेर आए ।

  • 11जब ती स्‍त्रीहरू जाँदै थिए, हेर, केही पहरेदारहरू सहरमा गए र मुख्य पुजारीहरूलाई त्यहाँ भएका सबै घटना बताइदिए ।

  • 1¶ त्यसपछि केही फरिसीहरू र शास्‍त्रीहरू यरूशलेमबाट येशूकहाँ आए । तिनीहरूले भने,

  • 7तर जब सैनिक अधिकृत आइपुगे, तिनले पावललाई हाम्रो हातबाट बलजफ्ति गरेर खोसेर लगे ।

  • 8यी कुराहरू सुनेर मानिसहरूका भिड र सहरका हाकिमहरू आत्तिए ।

  • 2बिहानै सबेरै उहाँ फेरि मन्दिरमा आउनुभयो, र सबै मानिसहरू आए; उहाँ बस्‍नुभयो, र तिनीहरूलाई सिकाउनुभयो ।

  • 47येशूले मन्दिरमा दिनहुँ शिक्षा सिकाउनुहुन्थ्यो । मुख्य पुजारीहरू, शास्‍त्रीहरू र धार्मिक अगुवाहरूले उहाँलाई मार्न चाहन्थे ।