मत्ती 22:34

अनलक शाब्दिक बाइबल

तर येशूले सदुकीहरूलाई चुप पार्नुभएको जब फरिसीहरूले सुने, तिनीहरू भेला भए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मर 12:28-31 : 28 शास्‍त्रीहरूमध्येका एक जना आए र तिनीहरूका छलफल सुने । येशूले तिनीहरूलाई राम्रो जवाफ दिनुभएको तिनले देखे । तिनले उहाँलाई सोधे, “सबैभन्दा महत्त्‍वपूर्ण आज्ञा कुन हो?” 29 येशूले जवाफ दिनुभयो, “सबैभन्दा महत्त्‍वपूर्णचाहिँ यो हो, ‘सुन, हे इस्राएल, परमप्रभु हाम्रा परमेश्‍वर, परमप्रभु एक मात्र हुनुहुन्छ । 30 तिमीले आफ्ना परमप्रभु परमेश्‍वरलाई आफ्ना सारा हृदय, सारा प्राण, सारा मन र सारा शक्‍तिले प्रेम गर्नुपर्दछ ।’ 31 दोस्रो आज्ञा यो हो, ‘आफ्नो छिमेकीलाई आफुलाई जस्तै प्रेम गर्नुपर्छ ।’ योभन्दा अरू कुनै ठुलो आज्ञा छैन ।”
  • यूह 11:47-50 : 47 त्यसपछि मुख्य पुजारीहरू र फरिसीहरूले परिषद्‌का सदस्यहरूलाई भेला पारे, र भने, “हामीले के गर्ने? यस मानिसले धेरै चिह्न‍हरू गर्छन् । 48 यदि हामीले यसलाई यसरी नै छोडिदियौँ भने सबैले यसलाई विश्‍वास गर्नेछन्; रोमीहरू आउनेछन् अनि हाम्रो ठाउँ र हाम्रो जाति दुवै लिनेछन् ।” 49 तैपनि तिनीहरूमध्ये कैयाफा नामका मानिस जो त्यस वर्ष प्रधान पुजारी थिए तिनले तिनीहरूलाई भने, “तिमीहरू केही पनि जान्दैनौ । 50 सम्पूर्ण राष्‍ट्र नै नष्‍ट हुनुभन्दा मानिसहरूका निम्ति एक जना मर्नु नै तिमीहरूका निम्ति उत्तम हो भन्‍ने तिमीहरू ठान्दैनौ ।”
  • प्रेरि 5:24-28 : 24 जब मन्दिरका कप्‍तान र मुख्य पूजाहारीहरूले यी कुराहरू सुने, के हुने होला भनी तिनीहरू अन्योलमा परे । 25 तब कोही तिनीहरूकहाँ आए र तिनीहरूलाई भने, “तपाईंहरूले झ्यालखानामा राख्‍नुभएका ती मानिसहरू, मन्दिरमा खडा भएर मानिसहरूलाई सिकाइरहेका छन् ।” 26 त्यसैले, कप्‍तान हाकिमहरूसँगै गए र तिनीहरूलाई हिंसाविना नै फर्काएर ल्याए । किनकि तिनीहरू मानिसहरूले ढुङ्गाले हान्लान् भनी डराए । 27 तिनीहरूले उनीहरूलाई ल्याएपछि, तिनीहरूले उनीहरूलाई सभाको अगि राखे । प्रधान पूजाहारीले उनीहरूलाई यसो भनेर सोधपुछ गरे, 28 “हामीले तिमीहरूलाई यस नाउँमा नसिकाउनलाई कडा आज्ञा दियौँ तर पनि तिमीहरूले आफ्नो शिक्षाले यरूशलेम भरिसकेका छौ र त्यस मानिसको रगत हामीमाथि ल्याउने इच्छा गर्छौ ।”
  • प्रेरि 19:23-28 : 23 त्यसैबेला एफिससमा यो मार्गको विषयमा ठुलो खैलाबैला मच्‍चियो । 24 डायनाको चाँदीका मूर्तिहरू बनाउने चाँदीका सिल्पकार डेमेत्रियसले कारीगरहरूलाई धेरै व्यापार जुटाइदिन्थे । 25 त्यसैकारण ती मानिसहरूलाई भेला गरेर तिनले भने, “साथीहरू, यो व्यापारबाट हामीले धेरै पैसा कमाइरहेका छौँ । 26 तर तपाईंहरूले देख्दै र सुन्दै हुनुहुन्छ कि एफिससमा मात्र नभएर एसियामा भएका सबै ठाउँहरूमा पावलले कसरी धेरै मानिसहरूलाई यी कुराहरूबाट फर्काएको छ । उसले हातले बनाएका कुराहरूलाई ईश्‍वरहरू होइनन् भनिरहेछ । 27 त्यसले गर्दा हाम्रो व्यापारमा नोक्सानी हुने मात्र होइन तर हाम्री महान् देवी डायनाको मन्दिर र तिनीप्रति मानिसहरूको आस्था पनि अब एसिया र संसारबाटै हराउनेछ ।” 28 यो कुरा सुनेपछि, तिनीहरू रिसाएर यसो भन्दै चिच्याए, “एफिसीहरूकी देवी डायना महान् छिन्!”
  • प्रेरि 21:28-30 : 28 उनीहरू चिच्‍च्‍याउँदै थिए, “हे इस्राएलका मानिसहरू हो, हामीलाई सहायता गर्नुहोस् । मानिसहरू, व्यवस्था र यस ठाउँको विरुद्धका कुराहरू जताततै सबै मानिसहरूलाई सिकाउने मानिस यिनै हुन् । साथै यिनले ग्रिकहरूलाई पनि मन्दिरभित्र ल्याएका छन्, र यो पवित्र ठाउँलाई अशुद्ध तुल्याएका छन् ।” 29 किनभने तिनीहरूले एफिससका त्रोफिमसलाई उनीसँग सहरमा देखेका थिए, र पावलले नै उनलाई मन्दिरभित्र ल्याएका थिए भन्‍ने सोचे । 30 सारा सहर नै उत्तेजित भयो, र सबै मानिसहरू सँगै दौडे, र तिनीहरूले पावललाई समाते । तिनीहरूले उनलाई घिसार्दै मन्दिर बाहिर ल्याए, र ढोकाहरू तुरुन्तै थुनिए ।
  • यशा 41:5-7 : 5 टापुहरूले देखेका छन् र डराएका छन् । पृथ्वीका अन्तिम छेउहरू थरथर काम्छन् । तिनीहरू तयार हुन्‍छन् र आउँछन् । 6 हरेकले आ-आफ्ना छिमेकीलाई सहायता गर्छ र हरेकले एकआपसमा भन्छन्, 'उत्साहित होओ ।' 7 त्यसैले सिकर्मीले सुनारलाई उत्साह दिन्छ, अनि घन चलाउनेले लिहीमा काम गर्नेलाई 'यो असल छ' भन्दै वेल्‍डिङ् गर्न उत्साह दिन्छ । तिनीहरूले त्‍यो काँटीले कस्छन्, ताकि यो नहल्लियोस् ।
  • मत्त 12:14 : 14 तर ती फरिसीहरू बाहिर गए र षड्‍यन्‍त्र रच्‍न थाले । तिनीहरूले उहाँलाई कसरी मार्न सकिन्छ भनेर मौका खोज्न थाले ।
  • मत्त 25:3-5 : 3 किनकि जब ती निर्बुद्धि कन्याहरूले आफ्ना बत्तीहरू लिए, तिनीहरूले आफूसँग कत्ति पनि तेल लगेनन् । 4 तर बुद्धिमती कन्‍याहरू प्रत्‍येकले बत्तीहरूसँगै आ-आफ्ना तेलका भाँडाहरू पनि लगे । 5 दुलहा आउन ढिला भएको हुनाले तिनीहरू सबै निन्‍द्रामा परे र सुते ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 33जब भिडले यो सुन्यो, तिनीहरू उहाँको शिक्षामा छक्‍क परे ।

  • लू 20:26-27
    2 पदहरू
    77%

    26मानिसहरूको सामुन्‍ने उहाँले बोल्नुभएका कुरामा शास्‍त्री र मुख्य पुजारीहरूले उहाँलाई फसाउन सकेनन् । उहाँको जवाफमा उनीहरू छक्‍क परे र केही पनि भन्‍न सकेनन् ।

    27त्यसपछि मृतकहरूबाट पुनरुत्थान हुँदैन भन्‍ने सदूकीहरू उहाँकहाँ आए,

  • 41फरिसीहरू एकै ठाउँमा जम्मा भएको बेलामा येशूले तिनीहरूलाई एउटा प्रश्‍न सोध्‍नुभयो ।

  • 15त्यसपछि फरिसीहरू त्यहाँबाट गए, र येशूले भन्‍नुभएको कुरामा उहाँलाई नै कसरी जालमा पार्ने भन्‍ने बारेमा योजना बनाए ।

  • प्रेरि 23:7-8
    2 पदहरू
    75%

    7उनले यो कुरा भनेपछि सदूकी र फरिसीहरूका बिचमा वादविवाद सुरु भयो, र सभा विभाजित भयो ।

    8किनकि ती सदूकीहरूले पुनरुथान हुँदैन, स्वर्गदूतहरू छैनन् र आत्माहरू छैनन् भन्छन्, तर फरिसीहरूले यी सबै कुराहरू अस्तित्वमा छन् भन्छन् ।

  • मत्त 22:22-23
    2 पदहरू
    75%

    22जब तिनीहरूले यो सुने, तिनीहरू छक्‍क परे । त्यसपछि तिनीहरू उहाँबाट अलग्गिएर त्यहाँबाट गए ।

    23त्यही दिनमा केही सदुकीहरू उहाँकहाँ आए, जसले पुनरुत्थान हुँदैन भनेर भन्दथे । तिनीहरूले उहाँलाई सोधे,

  • 35तिनीहरूमध्येका एक जना व्यवस्थाका गुरुले उहाँको जाँच गर्दै एउटा प्रश्‍न सोधे,

  • 18त्यसपछि पुनरुत्थान हुँदैन भन्‍ने सदुकीहरू उहाँकहाँ आए । तिनीहरूले उहाँलाई यसो भनेर सोधे,

  • 1¶ फरिसीहरू र शास्‍त्रीहरू आए र उनीहरूलाई आकाशबाट चिन्ह देखाउन माग गर्दै उहाँको परीक्षा गरे ।

  • 45जब मुख्य पुजारीहरू र शास्‍त्रीहरूले उहाँका दृष्‍टान्तहरू सुने, तिनीहरूकै विषयमा उहाँले बोलिरहनुभएको थियो भन्‍ने तिनीहरूले बुझे ।

  • मर 12:12-13
    2 पदहरू
    72%

    12तिनीहरूले येशूलाई पक्रन खोजे, तर तिनीहरू भिडसित डराए, किनभने उहाँले यो दृष्‍टान्त तिनीहरूकै विरुद्धमा बोल्नुभएको कुरा तिनीहरूले जाने । त्यसैले, तिनीहरूले उहाँलाई छाडे र गए ।

    13अनि तिनीहरूले उहाँलाई उहाँकै वचनहरूमा फसाउन हेरोदियासहरू र केही फरिसीहरू पठाए ।

  • 1¶ जब पत्रुस र यूहन्‍ना मानिसहरूसँग बोलिरहेका थिए, पूजाहारीहरू, मन्दिरका मुख्य व्यक्ति र सदूकीहरू तिनीहरूकहाँ आए ।

  • लू 11:53-54
    2 पदहरू
    71%

    53येशू त्यहाँबाट गइसक्‍नुभएपछि, शास्‍त्रीहरू र फरिसीहरू एक-आपसमा धेरै कुराका लागि बहस गर्न लागे ।

    54तिनीहरूले येशूलाई आफ्नो वचनको कारण परीक्षामा पार्ने कोसिस गरे ।

  • 17तर प्रधान पूजाहारी र उनीसँग रहनेहरू सबै जना (जुन सदूकीहरूको सम्प्रदाय हो) उठे र तिनीहरू ईर्ष्याले भरिए ।

  • 14तर ती फरिसीहरू बाहिर गए र षड्‍यन्‍त्र रच्‍न थाले । तिनीहरूले उहाँलाई कसरी मार्न सकिन्छ भनेर मौका खोज्न थाले ।

  • मत्त 16:11-12
    2 पदहरू
    71%

    11मैले ती रोटीहरूको विषयमा बोलिरहेको थिइनँ भन्‍ने कुरा तिमीहरू कसरी बुझ्दैनौ? ध्यान देओ र फरिसीहरू र सदुकीहरूको खमिरबाट सावधान रहो ।”

    12त्यसपछि उहाँले तिनीहरूलाई रोटीको खमिरबाट होइन, तर फरिसीहरू र सदुकीहरूको शिक्षाबाट सावधान रहो भनेर भन्‍नुभएको रहेछ भनी तिनीहरूले बुझे ।

  • 14जब उहाँ चेलाहरूकहाँ आउनुभयो, उहाँले तिनीहरूका वरिपरि ठुलो भिड देख्‍नुभयो, र शास्‍त्रीहरूले तिनीहरूसँग बहस गरिरहेका थिए ।

  • 6तुरुन्तै फरिसीहरू गए र तिनीहरूले उहाँलाई मार्न हेरोदीहरूसँग उहाँको विरुद्धमा षड्यन्त्र रचे ।

  • 32भिडले येशूको बारेमा यी कुराहरूबारे खासखुस गरेको फरिसीहरूले सुने, अनि मुख्य पुजारी र फरिसीहरूले उहाँलाई पक्रन अधिकारीहरूलाई पठाए ।

  • 19यसकारण फरिसीहरूले एक-आपसमा भने, “हेर, तिमीहरू केही पनि गर्न सक्दैनौ; हेर, सारा संसारै त्यसको पछि लागेको छ ।”

  • 1¶ यरूशलेमबाट आएका फरिसीहरू र केही शास्‍त्रीहरू उहाँको वरिपरि भेला भए ।

  • 18उहाँले भन्‍नुभएको कुरा मुख्य पुजारीहरू र शास्‍त्रीहरूले सुने र उहाँलाई मार्ने उपाय खोजे । उहाँको शिक्षामा सम्पूर्ण भिड नै छक्‍क परेका हुनाले तिनीहरू डराए ।

  • 14अब सम्पत्तिका प्रेमी फरिसीहरूले यी सबै कुरा सुने र तिनीहरूले उहाँको गिल्ला गरे ।

  • 4तब उहाँले मानिसहरूलाई भन्‍नुभयो, “शबाथ-दिनमा असल गर्नु वा हानि गर्नु के उचित हुन्छ; जीवन बचाउनु वा मार्नु के उचित हुन्छ?” तर उनीहरू चुप लागे ।

  • 12त्यसपछि चेलाहरू आए र येशूलाई भने, “जब फरिसीहरूले यो वाक्य सुने, तब तिनीहरू चिढिएका थिए भन्‍ने कुरा के तपाईंलाई थाहा छ?”

  • 46तिनीहरू कसैले पनि जवाफमा एउटा शब्द पनि बोल्न सकेन, र त्यस दिनपछि उहाँलाई कसैले पनि अरू प्रश्‍नहरू सोध्‍ने साहस गरेन ।

  • 24अनि फरिसीहरूले उहाँलाई भने, “हेर्नुहोस्, तिनीहरूले शबाथ-दिनमा किन अनुचित कुरा गरिरहेका छन्?”

  • 39त्यो भिडमा भएका केही फरिसीहरूले उहाँलाई यसो भने, “गुरुज्यू, तपाईंका चेलाहरू चुप बसून् भनी हप्काउनुहोस् ।”

  • 16उहाँले आफ्ना चेलाहरूलाई सोध्‍नुभयो, “तिमीहरूले तिनीहरूसँग के बहस गरिरहेका छौ?”

  • 4तर तिनीहरू मौन रहे । त्यसैले, येशूले त्यसलाई समातेर निको पार्नुभयो र उसलाई पठाइदिनुभयो ।

  • 12तिनीहरूले मानिसहरू, एल्डरहरू, शास्‍त्रीहरूलाई उक्साए अनि स्तिफनससित मुकाबला गरे; तिनलाई पक्रे र परिषद्‍मा ल्याए ।

  • 40उनीहरू कसैले पनि उहाँलाई फेरि प्रश्‍न सोध्‍ने आँट गरेनन् ।

  • 2अनि फरिसीहरू उहाँलाई जाँच्‍न उहाँकहाँ आए र सोधे, “के कुनै पतिले आफ्नी पत्‍नीसँग विवाहविच्छेद गर्नु उचित हो?”

  • 3फरिसीहरू उहाँकहाँ आएर उहाँको जाँच गर्दै उहाँलाई भने, “के मानिसले कुनै कारणले उसकी पत्‍नीलाई त्याग्‍नु उसको निम्ति न्यायसङ्गत हुन्छ?”

  • 1¶ त्यसपछि केही फरिसीहरू र शास्‍त्रीहरू यरूशलेमबाट येशूकहाँ आए । तिनीहरूले भने,

  • 1¶ येशूले मन्दिरमा मानिसहरूलाई शिक्षा दिइरहनुहुँदा र सुसमाचार प्रचार गरिरहनुहुँदा, अगुवाहरूसहित मुख्य पुजारीहरू र शास्‍त्रीहरू येशूकहाँ आए ।

  • 2मुख्य पुजारीहरू र शास्‍त्रीहरूले येशूलाई कसरी मार्ने भनी छलफल गरे, किनकि तिनीहरू मानिसहरूसँग डराएका थिए ।

  • 47त्यसपछि मुख्य पुजारीहरू र फरिसीहरूले परिषद्‌का सदस्यहरूलाई भेला पारे, र भने, “हामीले के गर्ने? यस मानिसले धेरै चिह्न‍हरू गर्छन् ।

  • 2तर जब फरिसीहरूले त्यो देखे, उनीहरूले येशूलाई भने, “हेर्नुहोस्, जे शबाथमा गर्न अनुचित छ तपाईंका चेलाहरूले त्यही गर्छन् ।”

  • 6येशूले तिनीहरूलाई भन्‍नुभयो, “ध्यान देओ र फरिसीहरू र सदुकीहरूको खमिरबाट सावधान रहो ।”

  • 57अहिले मुख्य पुजारीहरू र फरिसीहरूले यो उर्दी जारी गरेका थिए, कि यदि कसैले येशू कहाँ हुनुहुन्थ्यो भनी जान्दथ्यो भने, त्यसले त्यो भन्‍नुपर्छ ताकि तिनीहरूले उहाँलाई पक्रन सकून् ।

  • 34जब तिनले बुद्धिमत्तापूर्वक जवाफ दिएको येशूले देख्‍नुभयो, उहाँले तिनलाई भन्‍नुभयो, “तिमी परमेश्‍वरको राज्यबाट टाढा छैनौ ।” त्यसपछि कसैले पनि येशूलाई अरू प्रश्‍न गर्ने आँट गरेन ।

  • 1¶ त्यसपछि येशू भिडहरू र आफ्ना चेलाहरूसँग बोल्नुभयो ।

  • 48तर तिनीहरूले त्यसो गर्ने कुनै उपाय भेट्टाउन सकेनन्, किनभने मानिसहरूले उहाँको वचन ध्यानसित सुनिरहेका थिए ।