मत्ती 16:11
मैले ती रोटीहरूको विषयमा बोलिरहेको थिइनँ भन्ने कुरा तिमीहरू कसरी बुझ्दैनौ? ध्यान देओ र फरिसीहरू र सदुकीहरूको खमिरबाट सावधान रहो ।”
मैले ती रोटीहरूको विषयमा बोलिरहेको थिइनँ भन्ने कुरा तिमीहरू कसरी बुझ्दैनौ? ध्यान देओ र फरिसीहरू र सदुकीहरूको खमिरबाट सावधान रहो ।”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
12त्यसपछि उहाँले तिनीहरूलाई रोटीको खमिरबाट होइन, तर फरिसीहरू र सदुकीहरूको शिक्षाबाट सावधान रहो भनेर भन्नुभएको रहेछ भनी तिनीहरूले बुझे ।
5चेलाहरू अर्को छेउमा आए, तर उनीहरूले साथमा रोटी ल्याउन बिर्से ।
6येशूले तिनीहरूलाई भन्नुभयो, “ध्यान देओ र फरिसीहरू र सदुकीहरूको खमिरबाट सावधान रहो ।”
7चेलाहरूले एक आपसमा कुरा गर्दै यसो भन्न थाले, “हामीले रोटी नल्याएको कारण उहाँले यसो भन्दै हुनुहुन्छ ।”
8येशूले यो कुरा थाहा पाउनुभयो र भन्नुभयो, “अल्प-विश्वासीहरू हो, आपसमा किन कुरा गर्छौ र तिमीहरूले रोटी नल्याएका कारण मैले यस्तो भनेँ भनेर भन्दछौ?
9पाँच हजार जनाको निम्ति पाँचवटा रोटी र तिमीहरूले कति टोकरी बटुलेको कुरा के तिमीहरूलाई अझै सम्झना छैन वा तिमीहरूले बुझेका छैनौ?
10अथवा चार हजार जनाको निम्ति सातवटा रोटी र तिमीहरूले कति टोकरी उठायौ?
14अहिले चेलाहरूले तिनीहरूसँग रोटी ल्याउन बिर्सेका थिए । तिनीहरूसँग डुङ्गामा एउटाभन्दा बढी रोटी थिएन ।
15उहाँले तिनीहरूलाई चेतावनी दिनुभयो, र भन्नुभयो, “फरिसी र हेरोदको खमिरदेखि सचेत रहो र होसियार बस ।”
16चेलाहरूले एक आपसमा बहस गरे, “हामीसँग रोटी नभएकोले हो ।”
17येशू यसप्रति सजग हुनुहुन्थ्यो र उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले रोटी नल्याएको विषयमा किन बहस गरिरहेका छौ? के तिमीहरू अझै महसुस गर्दैनौ? के तिमीहरू बुझ्दैनौ? तिमीहरूका हृदय यति बोधो भएका छन्?
18तिमीहरूसँग आँखा छन्, के तिमीहरू देख्दैनौ? तिमीहरूसँग कान छन्, के तिमीहरू सुन्दैनौ? के तिमीहरूले सम्झदैनौ?
19जब मैले पाँच हजारका सामु पाँच वटा रोटी भाँच्दा रोटीका कति टोकरी टुक्राहरू तिमीहरूले बटुलेका थियौ?” तिनीहरूले उहाँलाई भने, “बाह्र टोकरी ।”
20“अनि जब मैले चार हजारका बिचमा सातवटा रोटी भाँच्दा कति टोकरी तिमीहरूले बटुल्यौ?” तिनीहरूले उहाँलाई भने, “सात टोकरी ।”
21उहाँले भन्नुभयो, “के तिमीहरू अझै पनि बुझ्दैनौ?”
1¶ त्यसै बेला, जब हजारौँ मानिस एकै ठाउँमा जम्मा भएका थिए । उनीहरूको सङ्ख्या अत्यधिक भएको कारण एउटाले अर्कोलाई कुल्चिरहेका थियो । उहाँले आफ्ना चेलाहरूलाई यसो भन्न सुरु गर्नुभयो, “फरिसीहरूको खमिरबाट सावधान रहो, जुनचाहिँ पाखण्डीपना हो ।
16येशूले भन्नुभयो, “के तिमी अझै अबुझ छौ?
17के तिमीलाई थाहा छैन, कि जुन कुरा मुखबाट भित्र पस्दछ त्यो पेटमा जान्छ र त्यो शौचालयमा बाहिर निस्कन्छ ।
10त्यसपछि उहाँले भिडलाई आफ्नो नजिक बोलाउनुभयो र भन्नुभयो, “सुन र बुझ–
11मुखबाट भित्र पस्ने कुनै कुराले मानिसलाई अपवित्र बनाउँदैन । बरु, जुन कुरा मुखबाट बाहिर आउँछ, त्यसले मानिसलाई अपवित्र बनाउँदछ ।”
12त्यसपछि चेलाहरू आए र येशूलाई भने, “जब फरिसीहरूले यो वाक्य सुने, तब तिनीहरू चिढिएका थिए भन्ने कुरा के तपाईंलाई थाहा छ?”
45तर तिनीहरूले यस भनाइलाई बुझेनन् र यो तिनीहरूबाट लुकाइएको थियो । त्यसैले, तिनीहरूले यसलाई बुझ्न सकेनन् । तिनीहरूले त्यस भनाइबारे उहाँलाई सोध्न डराए ।
1¶ त्यसपछि केही फरिसीहरू र शास्त्रीहरू यरूशलेमबाट येशूकहाँ आए । तिनीहरूले भने,
2“किन तपाईंका चेलाहरूले अगुवाहरूको नियमलाई उल्लङ्घन गर्दछन्? किनकि तिनीहरूले खाना खाँदा आफ्ना हात धुँदैनन्?”
33चेलाहरूले उहाँलाई भने, “यस्तो मरुभूमि ठाउँमा यत्रो भिडलाई सन्तुष्ट पार्न हामीले कहाँबाट पर्याप्त रोटी पाउन सक्छौँ?”
5फरिसी र शास्त्रीहरूले येशूलाई सोधे, “तपाईंका चेलाहरू किन धार्मिक अगुवाहरूको परम्पराअनुसार चल्दैनन्, किनकि तिनीहरूले आफ्ना हात नधोई रोटी खान्छन्?”
4तिनी परमेश्वरको भवनभित्र पसेर पूजारीहरूले बाहेक अरूले खान निषेध गरिएको परमेश्वरको उपस्थितिको रोटीबाट आफूले केही खाए र केही आफूसँग भएका मानिसहरूलाई पनि दिए ।”
15त्यसपछि फरिसीहरू त्यहाँबाट गए, र येशूले भन्नुभएको कुरामा उहाँलाई नै कसरी जालमा पार्ने भन्ने बारेमा योजना बनाए ।
16त्यसपछि तिनीहरूले आफ्ना चेलाहरू र हेरोदी दलका केही मानिसहरूलाई उहाँकहाँ पठाए । तिनीहरूले येशूलाई भने, “गुरुज्यू, हामीलाई थाहा छ, कि तपाईं सत्य हुनुहुन्छ, र तपाईंले परमेश्वरको मार्गलाई सत्यतामा सिकाउनुहुन्छ । तपाईं कसले के सोच्छ भन्ने कुरालाई वास्ता गर्नुहुन्न, र मानिसहरूका बिचमा तपाईंले पक्षपात गर्नुहुन्न ।
24अनि फरिसीहरूले उहाँलाई भने, “हेर्नुहोस्, तिनीहरूले शबाथ-दिनमा किन अनुचित कुरा गरिरहेका छन्?”
26येशूले तिनीहरूलाई यसो भनेर जवाफ दिनुभयो, “साँचो, साँचो, तिमीहरूले चिह्नहरू देखेको कारणले तिमीहरूले मलाई खोजेका होइनौ, तर तिमीहरूले केही रोटी खाएर अघाएकाले गर्दा हो ।
4उहाँका चेलाहरूले उहाँलाई जवाफ दिए, “यस्तो निर्जन ठाउँमा यी मानिसहरूलाई तृप्त पार्न सक्ने पर्याप्त रोटी हामी कहाँ पाउन सक्छौँ?”
5उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूसँग कतिवटा रोटी छन्?” तिनीहरूले भने “सातवटा ।”
52किनभने तिनीहरूले रोटीको अर्थ के हो भनी बुझेका थिएनन् । बरु तिनीहरूका हृदय कठोर पारिएको थियो ।
2तर जब फरिसीहरूले त्यो देखे, उनीहरूले येशूलाई भने, “हेर्नुहोस्, जे शबाथमा गर्न अनुचित छ तपाईंका चेलाहरूले त्यही गर्छन् ।”
9थोरै खमिरले पुरै आटाको डल्लोलाई फुलाउँछ ।
32तर तिनीहरूले यो भनाइलाई बुझेनन् र उहाँलाई सोध्न तिनीहरू डराए ।
39तर प्रभुले तिनीहरूलाई भन्नुभयो, “तिमी फरिसीहरू गिलास र कचौराको बाहिर सफा गर्दछौ, तर तिमीहरू भित्रपट्टि लोभ र खराब कुराले भरिएका छौ ।
2तर केही फरिसीहरूले भने, “किन तिमीहरूले विश्रामको दिनमा व्यवस्थाअनुसार गर्न नहुने काम गरिरहेका छौ?”
26अबियाथार प्रधान पुजारी हुँदा तिनी कसरी परमेश्वरको भवनभित्र गए र उपस्थितिको रोटी खाए, जुन पुजारीबाहेक अरू कसैले खानु हुँदैनथ्यो, अनि केही तिनीसँग हुनेहरूलाई पनि दिए?
13अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूले यो दृष्टान्त बुझ्दैनौ? त्यसो भए, तिमीहरूले अरू दृष्टान्तहरू कसरी बुझ्नेछौ?”
36उनीहरूलाई पठाउनुहोस्, ताकि उनीहरू नजिकैको गाउँघरतिर जाऊन् र उनीहरूका निम्ति केही खानेकुराहरू किन्न सकून् ।”
14अब सम्पत्तिका प्रेमी फरिसीहरूले यी सबै कुरा सुने र तिनीहरूले उहाँको गिल्ला गरे ।
45जब मुख्य पुजारीहरू र शास्त्रीहरूले उहाँका दृष्टान्तहरू सुने, तिनीहरूकै विषयमा उहाँले बोलिरहनुभएको थियो भन्ने तिनीहरूले बुझे ।
4कसरी उनी परमेश्वरको भवनमा पसेर उहाँको उपस्थितिको रोटी खाए, जुन उनी र उनीसँग भएकाहरूका निम्ति खानु अनुचित थियो तर त्यो पुजारीहरूका लागि मात्रै उचित थियो?
2तिनीहरूले उहाँका चेलाहरूले अशुद्ध अर्थात् नधोएका हातले खाएको देखे ।
5येशूले माथितिर हेर्नुभयो र एउटा ठुलो भिड आफूतर्फ आइरहेको देख्नुभयो, अनि उहाँले फिलिपलाई भन्नुभयो, “यिनीहरूको लागि खानलाई रोटी किन्न हामी कहाँ जाने?”
32तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो स्वर्गबाट तिमीहरूलाई रोटी दिने मोशा थिएनन्, तर स्वर्गबाट तिमीहरूलाई साँचो रोटी दिइरहनुहुने मेरा पिता हुनुहुन्छ ।
1¶ यो निस्तार र अखमरी रोटीको चाडभन्दा दुई दिनअगि थियो । मुख्य पुजारीहरू र शास्त्रीहरूले येशूलाई कसरी गुप्त रूपमा गिरफ्तार गर्ने र मार्ने भनी विचार गरिरहेका थिए ।
32तर उहाँले तिनीहरूलाई भन्नुभयो, “मसँग खानेकुरा छ जुन तिमीहरू जान्दैनौ ।”