मत्ती 12:2

अनलक शाब्दिक बाइबल

तर जब फरिसीहरूले त्यो देखे, उनीहरूले येशूलाई भने, “हेर्नुहोस्, जे शबाथमा गर्न अनुचित छ तपाईंका चेलाहरूले त्यही गर्छन् ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 12:10 : 10 हेर, त्यहाँ एक जना हात सुकेको व्यक्‍ति थियो । येशूलाई पापको दोष लगाउन फरिसीहरूले उहाँलाई सोधे, “के शबाथमा निको पार्नु उचित छ?”
  • निर्ग 20:9-9 : 9 तिमीहरूले छ दिनसम्म परिश्रम गर्नुपर्छ र काम गर्नुपर्छ । 10 तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको शबाथ हो । यस दिनमा तिमीहरूले, तिमीहरूका छोराछोरी वा तिमीहरूका कमारा-कमारी वा तिमीहरूका गाईवस्तु वा तिमीहरूको द्वारभित्र भएका परदेशीले कुनै काम नगरोस् । 11 किनकि छ दिनमा परमप्रभुले स्वर्ग र पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो अनि सातौँ दिनमा चाहिँ उहाँले विश्राम लिनुभयो । त्यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष् दिनुभयो र यसलाई पवित्र तुल्याउनुभयो ।
  • लू 14:3 : 3 येशूले यहूदी व्यवस्थाका पण्डितहरू र फरिसीहरूलाई सोध्‍नुभयो, “विश्राम दिनमा निको पार्नु उचित छ वा छैन?
  • लू 23:56 : 56 तिनीहरू फर्के र सुगन्धित द्रव्य र अत्तरहरू तयार पारे । त्यसपछि आज्ञाअनुसार विश्राम दिनमा तिनीहरूले विश्राम गरे ।
  • यूह 5:9-9 : 9 त्यो मानिस तुरुन्तै निको भयो र त्यसले आफ्नो ओछ्यान उठायो, र हिँड्यो । अब त्यो विश्रामको दिन थियो । 10 त्यसैले, यहूदीहरूले त्यो निको भएको मानिसलाई भने, “यो विश्रामको दिन हो, र तिमीलाई तिम्रो चकटी बोकेर हिँड्ने अनुमति छैन ।” 11 त्यसले जवाफ दियो, “जसले मलाई स्वस्थ बनाउनुभयो, उहाँले नै मलाई ‘तिम्रो चकटी उठाऊ र हिँड’ भन्‍नुभयो ।”
  • यूह 5:16-17 : 16 अब यी कुराहरूका कारणले यहूदीहरूले येशूलाई सताए, किनकि उहाँले यी कुराहरू विश्रामको दिनमा गर्नुभएको थियो । 17 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मेरा पिताले अहिले पनि काम गरिरहनुभएको छ र म पनि काम गरिरहेको छु ।”
  • यूह 7:21-24 : 21 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “मैले एउटा काम गरेँ, र यसको कारण तिमीहरू सबै चकित हुन्छौ । 22 मोशाले तिमीहरूलाई खतनाको रीति दिए (यो मोशाबाट आएको होइन, तर पुर्खाहरूबाट आएको हो) अनि तिमीहरूले मानिसलाई विश्रामको दिनमा खतना गर्दछौ । 23 मोशाको व्यवस्था भङ्ग नहोस् भनेर यदि एक जना मानिसले विश्रामको दिनमा खतना गर्न स्‍वीकार गर्छ भने तब मैले विश्रामको दिनमा एक जना मानिसलाई पूर्ण रूपमा स्वस्थ बनाएकोमा तिमीहरू मसँग किन रिसाउँछौ?” 24 बाहिरी रूप हेरेर न्याय नगर, तर धार्मिकतापूर्वक न्याय गर ।
  • यूह 9:14-16 : 14 येशूले माटो मुछेर त्यसको आँखामा खोल्नुभएको दिन विश्रामको दिन थियो । 15 तब त्यसले त्यसका दृष्‍टि कसरी प्राप्‍त गरेका थिए भनी फरिसीहरूले फेरि सोधे? त्यसले तिनीहरूलाई भने, “उहाँले मेरा आँखामा हिलो लगाई दिनुभयो, मैले धोएँ र अहिले म देख्‍न सक्‍छु ।” 16 केही फरिसीहरूले भने, “यो मानिस परमेश्‍वरबाट आएको होइन, किनकि यसले विश्राम दिन पालना गर्दैन ।” अरूहरूले भने, “एउटा पापी मानिसले यस्ता चिह्न‍हरू कसरी गर्न सक्छ?” त्यसैले, तिनीहरूका बिचमा विभाजन आयो ।
  • निर्ग 23:12 : 12 छ दिनसम्म आफ्नो काम गर, तर सातौँ दिनमा चाहिँ विश्राम गर । तिमीहरूका गोरु र गधाले पनि विश्राम पाउन सकून् भनेर यसो गर अनि तिमीहरूका कमारीको छोरो र परदेशीले पनि ताजा महसुस गर्न सकून् भनेर यस गर ।
  • निर्ग 31:15-17 : 15 छ दिनसम्म काम गर्नू, तर सातौँचाहिँ दिन परमप्रभुको सामु पूर्ण विश्रामको पवित्र शबाथ हुनेछ । शबाथ-दिनमा काम गर्ने जोसुकै पनि निश्‍चय मारिनेछ । 16 त्यसकारण, इस्राएलीहरूले शबाथलाई मान्‍नैपर्छ । एउटा स्थायी विधिको रूपमा तिनीहरूका पुस्तौँ-पुस्तासम्म तिनीहरूले यसको पालना गर्नुपर्छ । 17 शबाथ सधैँ म परमप्रभु र इस्राएलीहरूका बिचमा एउटा चिन्ह हुनेछ किनकि छ दिनमा परमप्रभुले स्वर्ग र पृथ्वी बनाउनुभयो अनि सातौँ दिनमा चाहिँ उहाँले कामबाट विश्राम लिनुभयो ।”
  • निर्ग 35:2 : 2 छ दिनसम्म काम गर्न सकिन्छ, तर सातौँचाहिँ दिन तिमीहरूका लागि पवित्र दिन हो । यो परमप्रभुको निम्ति पूर्ण विश्राम गर्ने शबाथ-दिन हो । त्यस दिन जसले काम गर्छ, त्यो मारियोस् ।
  • गिन 15:32-36 : 32 त्यसको पाप त्यसैमाथि पर्नेछ ।” इस्राएलका मानिसहरू मरुभूमिमा हुँदा तिनीहरूले शबाथ दिनमा दाउरा बटुलिरहेको मानिस भेट्टाए । 33 त्यसलाई भेट्टाउनेहरूले त्यसलाई मोशा, हारून र सारा समुदायकहाँ ल्याए । 34 तिनीहरूले त्यसलाई थुनामा राखे, किनभने त्यसलाई के गर्नुपर्छ भनी निधो गरिएको थिएन । 35 परमप्रभु मोशासँग बोल्नुभयो, “त्यो मानिस निश्‍चय नै मर्नुपर्छ । सबै समुदायले त्यसलाई छाउनी बाहिर लगेर ढुङ्गाले हान्‍नुपर्छ ।” 36 यसैले सबै समुदायले त्यसलाई छाउनी बाहिर ल्याए र परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार ढुङ्गाले हानेर मारे ।
  • यशा 58:13 : 13 अब तिमीहरूले शबाथ-दिनमा यात्रा गर्नबाट आफ्नो पाउहरू फर्काउँछौ र मेरो पवित्र दिनमा तिमीहरूको आफ्नो खुसी गर्नबाट फर्कन्‍छौ । तिमीहरूले शबाथ-दिनलाई आनन्द भन्‍छौ र परमप्रभुको कुराहरूलाई पवित्र र आदरणिय भन्‍छौ । तिमीहरूका आफ्ना काम छोडेर, र तिमीहरूका आफ्नै खुसी गर्न छोडेर र तिमिहरूका आफ्‍नै शब्दहरू नबोलेर तिमीहरूले शबाथ-दिनलाई आदर गर्छौ भने ।
  • मर 3:2-5 : 2 उहाँले त्यसलाई शबाथको दिनमा निको पार्नुहुन्छ, कि भनेर केही मानिसहरूले चेवा गरे, ताकि तिनीहरूले उहाँलाई दोष लगाउन सकून् । 3 येशूले हात सुकेको मानिसलाई भन्‍नुभयो, “उठ र यहाँ सबैका माझमा खडा होऊ ।” 4 तब उहाँले मानिसहरूलाई भन्‍नुभयो, “शबाथ-दिनमा असल गर्नु वा हानि गर्नु के उचित हुन्छ; जीवन बचाउनु वा मार्नु के उचित हुन्छ?” तर उनीहरू चुप लागे । 5 तिनीहरूका कठोर हृदयको कारण दुःखित हुँदै उहाँले रिसाएर वरिपरि तिनीहरूतिर हेर्नुभयो, र उहाँले मानिसहरूलाई भन्‍नुभयो, “तिम्रो हात पसार ।” त्यसले हात पसार्‍यो र येशूले त्यसका हातलाई पहिलेको जस्तै बनाइदिनुभयो ।
  • लू 6:6-9 : 6 अर्को विश्राममा यसो भयो कि उहाँ सभाघरमा जानुभयो र त्यहाँ भएका मानिसहरूलाई सिकाउनुभयो । त्यहाँ दाहिने हात सुकेको एक जना मानिस थियो । 7 उहाँले विश्रामको दिनमा कसैलाई निको पार्नुहुन्छ कि हुन्‍न भनेर शास्‍त्रीहरू र फरिसीहरूले नजिकबाट उहाँलाई नियाली राखेका थिए ताकि तिनीहरूले उहाँलाई केही गल्ती गरेको कारण दोष भेट्टाउन सकियोस् । 8 तर तिनीहरूले के सोचिरहेका थिए भनी उहाँलाई थाहा थियो, र हात सुकेको मानिसलाई भन्‍नुभयो, “उठ र सबैका बिचमा खडा होऊ ।” त्यसकारण, त्यो मानिस उठ्यो र त्यहाँ सबैका बिचमा उभियो । 9 येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई सोध्छु, विश्रामको दिनमा कसैको असल गर्नु वा हानि गर्नु, जीवन बचाउनु वा नाश गर्नु कुन ठिक हो?” 10 तब उहाँले तिनीहरूका वरिपरि हेर्नुभयो र त्यस मानिसलाई भन्‍नुभयो, “तेरो हात पसार् ।” उसले त्यसै गर्‍यो र उसको हात पहिलाको जस्तै भयो । 11 तर तिनीहरू रिसले चूर भए र येशूको बारेमा के गर्न सकिन्छ भनी एक अर्कामा कुराकानी गरे ।
  • लू 13:10-17 : 10 यस बेला येशू विश्रामको समयमा एउटा सभाघरमा सिकाउँदै हुनुहुन्थ्यो । 11 हेर, त्यहाँ अठार वर्षदेखि दुर्बलताको अशुद्ध आत्माले सताएइकी एउटी स्‍त्री थिइन् र तिनी कुप्रो भएर पूर्ण रूपमा उभिन सक्दिन थिइन् । 12 जब येशूले तिनलाई देख्‍नुभयो, उहाँले तिनलाई बोलाउनुभयो र भन्‍नुभयो, “तिम्रो दुर्बलताबाट छुटकारा पाऊ ।” 13 उहाँले तिनीमाथि हात राख्‍नुभयो र तिनी तत्कालै सोझो भएर उभिन् र परमेश्‍वरको महिमा गरिन् । 14 तर सभाघरका शासकहरू क्रूद्ध भए, किनभने येशूले विश्रामको दिनमा निको पार्नुभएको थियो । त्यसैले, शासकले जवाफ दिएर भिडलाई भने, “काम गर्नको निम्ति छ दिन छन् । यसैले, विश्रामको दिन होइन, अरू दिनमा आओ र निको होओ ।” 15 प्रभुले जवाफ दिएर भन्‍नुभयो, “पाखण्डीहरू हो! के तिमीहरू हरेकले विश्रामको दिनमा तिमीहरूका गधा वा गाईलाई फुकाएर पानी खुवाउन लाँदैनौ र? 16 त्यसैले, यी अब्राहामकी छोरी जसलाई अठार वर्षदेखि शैतानले बन्धनमा पारेको छ, के तिनको बन्धन विश्रामको दिनमा नै फुकाल्नु पर्दैन र?” 17 जब उहाँले यी कुराहरू भन्‍नुभयो, उहाँका विरोध गर्नेहरू सबै लज्‍जित भए, तर सम्पूर्ण भिड उहाँले गर्नुभएका यी सबै महिमामय कार्यहरूमा आनन्दित भए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मर 2:23-27
    5 पदहरू
    92%

    23शबाथ-दिन येशू अन्‍नको खेतबाट भएर जानुभयो र उहाँका चेलाहरूले अन्‍नका बाला टिप्‍न थाले ।

    24अनि फरिसीहरूले उहाँलाई भने, “हेर्नुहोस्, तिनीहरूले शबाथ-दिनमा किन अनुचित कुरा गरिरहेका छन्?”

    25उहाँले तिनीहरूलाई भन्‍नुभयो, “दाऊद र तिनीसँग भएका मानिसहरू खाँचोमा परेका र भोकाएका बेला तिनीहरूले के गरे भन्‍ने के तिमीहरूले कहिल्यै पढेका छैनौ?”

    26अबियाथार प्रधान पुजारी हुँदा तिनी कसरी परमेश्‍वरको भवनभित्र गए र उपस्थितिको रोटी खाए, जुन पुजारीबाहेक अरू कसैले खानु हुँदैनथ्यो, अनि केही तिनीसँग हुनेहरूलाई पनि दिए?

    27येशूले भन्‍नुभयो, “शबाथ मानव-जातिको निम्ति बनाइएको थियो, मानव-जाति शबाथको निम्ति बनाइएको होइन ।

  • लू 6:1-7
    7 पदहरू
    90%

    1¶ अब विश्रामको दिनमा यस्तो भयो कि येशू चेलाहरूसँग अन्‍नको खेतको बाटो भएर जाँदै गर्नुहुँदा तिनीहरूले हातले अन्‍नका बाला टिप्दै र तिनीहरूका हातमा माडिरहेका र अन्‍न खाइरहेका थिए ।

    2तर केही फरिसीहरूले भने, “किन तिमीहरूले विश्रामको दिनमा व्यवस्थाअनुसार गर्न नहुने काम गरिरहेका छौ?”

    3येशूले तिनीहरूलाई जवाफ दिँदै भन्‍नुभयो, “दाऊद र तिनीसँग भएका मानिसहरू भोकाएका बेला दाऊदले के गरे भनी तिमीहरूले पढेका छैनौ?

    4तिनी परमेश्‍वरको भवनभित्र पसेर पूजारीहरूले बाहेक अरूले खान निषेध गरिएको परमेश्‍वरको उपस्थितिको रोटीबाट आफूले केही खाए र केही आफूसँग भएका मानिसहरूलाई पनि दिए ।”

    5तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसका पुत्र विश्राम दिनको पनि प्रभु हो ।”

    6अर्को विश्राममा यसो भयो कि उहाँ सभाघरमा जानुभयो र त्यहाँ भएका मानिसहरूलाई सिकाउनुभयो । त्यहाँ दाहिने हात सुकेको एक जना मानिस थियो ।

    7उहाँले विश्रामको दिनमा कसैलाई निको पार्नुहुन्छ कि हुन्‍न भनेर शास्‍त्रीहरू र फरिसीहरूले नजिकबाट उहाँलाई नियाली राखेका थिए ताकि तिनीहरूले उहाँलाई केही गल्ती गरेको कारण दोष भेट्टाउन सकियोस् ।

  • 1¶ त्यति बेला शबाथको दिनमा येशू अन्‍नका खेतहरू हुँदै जानुभयो । उहाँका चेलाहरू भोकाए र तिनीहरूले अन्‍न टिप्दै खान लागे ।

  • मत्त 12:8-12
    5 पदहरू
    82%

    8किनभने मानिसका पुत्र शबाथका प्रभु हुन् ।”

    9त्यसपछि येशू त्यहाँबाट अलग्गिनुभयो र तिनीहरूका सभाघरहरूमा जानुभयो ।

    10हेर, त्यहाँ एक जना हात सुकेको व्यक्‍ति थियो । येशूलाई पापको दोष लगाउन फरिसीहरूले उहाँलाई सोधे, “के शबाथमा निको पार्नु उचित छ?”

    11येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूका बिचमा यस्तो व्यक्‍ति होला जोसँग एउटा मात्र भेडा छ, र यदि शबाथमा त्यो भेडा गहिरो खाल्डोमा खस्यो भने, उसले त्यसलाई समातेर बाहिर ननिकाल्ला?

    12त्यसो भए, एउटा मानिसको मूल्य त्यो भेडाभन्दा कति बढी छ! त्यसैले, शबाथमा असल गर्नु न्यायसङ्गत छ ।”

  • मत्त 12:3-5
    3 पदहरू
    81%

    3तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “के दाऊदले उनीसँग भएका मानिसहरूले भोकाएको बेलामा के गरे भन्‍ने कुरा तिमीहरूले कहिल्यै पढेका छैनौ?

    4कसरी उनी परमेश्‍वरको भवनमा पसेर उहाँको उपस्थितिको रोटी खाए, जुन उनी र उनीसँग भएकाहरूका निम्ति खानु अनुचित थियो तर त्यो पुजारीहरूका लागि मात्रै उचित थियो?

    5र शबाथमा पुजारीहरूले त्यस दिनलाई अपवित्र गर्छन्, तरै पनि उनीहरू दोषरहित हुन्छन् भन्‍ने कुरा के तिमीहरूले व्यवस्थामा पढेका छैनौ र?

  • 3येशूले यहूदी व्यवस्थाका पण्डितहरू र फरिसीहरूलाई सोध्‍नुभयो, “विश्राम दिनमा निको पार्नु उचित छ वा छैन?

  • 4तब उहाँले मानिसहरूलाई भन्‍नुभयो, “शबाथ-दिनमा असल गर्नु वा हानि गर्नु के उचित हुन्छ; जीवन बचाउनु वा मार्नु के उचित हुन्छ?” तर उनीहरू चुप लागे ।

  • 11जब फरिसीहरूले यो देखे, तिनीहरूले उहाँका चेलाहरूलाई भने, “किन तिमीहरूका गुरु कर उठाउनेहरू र पापीहरूसँग बसेर खान्छन्?”

  • 2तिनीहरूले उहाँका चेलाहरूले अशुद्ध अर्थात् नधोएका हातले खाएको देखे ।

  • 1¶ एउटा विश्राम दिनमा जब उहाँ फरिसीहरूका एक जना अगुवाको घरमा रोटी खान जानुभयो, तिनीहरूले उहाँलाई नजिकबाट हेरिराखेका थिए ।

  • 12त्यसपछि चेलाहरू आए र येशूलाई भने, “जब फरिसीहरूले यो वाक्य सुने, तब तिनीहरू चिढिएका थिए भन्‍ने कुरा के तपाईंलाई थाहा छ?”

  • 5फरिसी र शास्‍त्रीहरूले येशूलाई सोधे, “तपाईंका चेलाहरू किन धार्मिक अगुवाहरूको परम्पराअनुसार चल्दैनन्, किनकि तिनीहरूले आफ्ना हात नधोई रोटी खान्छन्?”

  • मत्त 15:1-2
    2 पदहरू
    76%

    1¶ त्यसपछि केही फरिसीहरू र शास्‍त्रीहरू यरूशलेमबाट येशूकहाँ आए । तिनीहरूले भने,

    2“किन तपाईंका चेलाहरूले अगुवाहरूको नियमलाई उल्लङ्घन गर्दछन्? किनकि तिनीहरूले खाना खाँदा आफ्ना हात धुँदैनन्?”

  • 16जब शास्‍त्रीहरू, जो फरिसीहरू थिए, तिनीहरूले येशू पापीहरू र कर उठाउनेहरूसँग खाना खाइरहेको देखे, तिनीहरूले उहाँका चेलाहरूलाई भने “उहाँले किन पापीहरू र कर उठाउनेहरूसँग खानुहुन्छ?”

  • 2उहाँले त्यसलाई शबाथको दिनमा निको पार्नुहुन्छ, कि भनेर केही मानिसहरूले चेवा गरे, ताकि तिनीहरूले उहाँलाई दोष लगाउन सकून् ।

  • 9येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई सोध्छु, विश्रामको दिनमा कसैको असल गर्नु वा हानि गर्नु, जीवन बचाउनु वा नाश गर्नु कुन ठिक हो?”

  • लू 13:14-15
    2 पदहरू
    74%

    14तर सभाघरका शासकहरू क्रूद्ध भए, किनभने येशूले विश्रामको दिनमा निको पार्नुभएको थियो । त्यसैले, शासकले जवाफ दिएर भिडलाई भने, “काम गर्नको निम्ति छ दिन छन् । यसैले, विश्रामको दिन होइन, अरू दिनमा आओ र निको होओ ।”

    15प्रभुले जवाफ दिएर भन्‍नुभयो, “पाखण्डीहरू हो! के तिमीहरू हरेकले विश्रामको दिनमा तिमीहरूका गधा वा गाईलाई फुकाएर पानी खुवाउन लाँदैनौ र?

  • 24तर जब फरिसीहरूले यस आश्‍चर्यकर्मको बारेमा सुने, तिनीहरूले भने, “यो मानिसले अरू केही होइन, तर भूतात्माहरूको राजकुमार बालजिबुलद्वारा भूतहरू निकाल्दछ ।”

  • 18यूहन्‍नाका चेलाहरू र फरिसीहरू उपवास बसिरहेका थिए । केही मानिसहरू आए र उहाँलाई भने, “यूहन्‍नाका चेलाहरू र फरिसीका चेलाहरू उपवास बस्छन्, तर तपाईंका चेलाहरू किन उपवास बस्दैनन्?”

  • 5उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमध्ये कसले आफ्नो छोरा अथवा गोरुलाई विश्राम दिनको दिन इनारमा खसेको देख्दा तुरुन्तै बाहिर निकाल्दैन र?”

  • 16केही फरिसीहरूले भने, “यो मानिस परमेश्‍वरबाट आएको होइन, किनकि यसले विश्राम दिन पालना गर्दैन ।” अरूहरूले भने, “एउटा पापी मानिसले यस्ता चिह्न‍हरू कसरी गर्न सक्छ?” त्यसैले, तिनीहरूका बिचमा विभाजन आयो ।

  • 14त्यसपछि बप्‍तिस्मा-दिने यूहन्‍नाका चेलाहरू उहाँकहाँ आए, र भने, “किन हामी र फरिसीहरू प्रायः उपवास बस्तछौँ, तर तपाईंका चेलाहरू उपवास बस्दैनन्?”

  • 10त्यसैले, यहूदीहरूले त्यो निको भएको मानिसलाई भने, “यो विश्रामको दिन हो, र तिमीलाई तिम्रो चकटी बोकेर हिँड्ने अनुमति छैन ।”

  • 14तर ती फरिसीहरू बाहिर गए र षड्‍यन्‍त्र रच्‍न थाले । तिनीहरूले उहाँलाई कसरी मार्न सकिन्छ भनेर मौका खोज्न थाले ।

  • 16अब यी कुराहरूका कारणले यहूदीहरूले येशूलाई सताए, किनकि उहाँले यी कुराहरू विश्रामको दिनमा गर्नुभएको थियो ।

  • 12त्यसपछि उहाँले तिनीहरूलाई रोटीको खमिरबाट होइन, तर फरिसीहरू र सदुकीहरूको शिक्षाबाट सावधान रहो भनेर भन्‍नुभएको रहेछ भनी तिनीहरूले बुझे ।

  • 14येशूले माटो मुछेर त्यसको आँखामा खोल्नुभएको दिन विश्रामको दिन थियो ।

  • 30तर फरिसीहरू र तिनीहरूका शास्‍त्रीहरूले उहाँका चेलाहरूसँग यसरी गुनासो गरिरहेका थिए, “तिमीहरू किन कर उठाउनेहरू र अरू पापीहरूसँग बसेर खान्‍छौँ?”

  • 33तिनीहरूले उहाँलाई भने, “यूहन्‍नाका चेलाहरू प्रायः उपवास बस्छन् र प्रार्थना गर्छन् अनि फरिसीहरूका चेलाहरूले पनि त्यसै गर्छन्, तर तपाईंका चेलाहरू खान्छन् र पिउँछन् ।”

  • 41फरिसीहरू एकै ठाउँमा जम्मा भएको बेलामा येशूले तिनीहरूलाई एउटा प्रश्‍न सोध्‍नुभयो ।

  • 10यस बेला येशू विश्रामको समयमा एउटा सभाघरमा सिकाउँदै हुनुहुन्थ्यो ।

  • 12तिनीहरूले येशूलाई पक्रन खोजे, तर तिनीहरू भिडसित डराए, किनभने उहाँले यो दृष्‍टान्त तिनीहरूकै विरुद्धमा बोल्नुभएको कुरा तिनीहरूले जाने । त्यसैले, तिनीहरूले उहाँलाई छाडे र गए ।