लूका 5:33

अनलक शाब्दिक बाइबल

तिनीहरूले उहाँलाई भने, “यूहन्‍नाका चेलाहरू प्रायः उपवास बस्छन् र प्रार्थना गर्छन् अनि फरिसीहरूका चेलाहरूले पनि त्यसै गर्छन्, तर तपाईंका चेलाहरू खान्छन् र पिउँछन् ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 9:14-17 : 14 त्यसपछि बप्‍तिस्मा-दिने यूहन्‍नाका चेलाहरू उहाँकहाँ आए, र भने, “किन हामी र फरिसीहरू प्रायः उपवास बस्तछौँ, तर तपाईंका चेलाहरू उपवास बस्दैनन्?” 15 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के विवाहमा आएकाहरू, दुलहा तिनीहरूका साथमा हुँदा-हुँदै दुःखी हुन्छन् र? तर ती दिन आउनेछन्, जब दुलहा तिनीहरूबाट टाढा लगिनेछ, र तिनीहरू उपवास बस्‍नेछन् । 16 कसैले पनि पुरानो वस्‍त्रमा नयाँ कपडाको टुक्रा जोड्दैन, किनकि त्यो टुक्रा वस्‍त्रबाट च्यातिनेछ, र त्यहाँ झन् नराम्रो दुलो हुनेछ । 17 न त कसैले पुरानो मद्यको मशकमा नयाँ दाखमद्य राख्दछ । तिनीहरूले त्यसो गरे भने, त्यो मशक फुट्नेछ र सबै दाखमद्य पोखिनेछ, र मद्यको मशक नष्‍ट हुनेछ । त्यसको सट्टामा, तिनीहरूले नयाँ दाखमद्यलाई नयाँ मद्यको मशकमा रख्दछन्, र दुवै सुरक्षित रहन्‍छन् ।”
  • मर 2:18-22 : 18 यूहन्‍नाका चेलाहरू र फरिसीहरू उपवास बसिरहेका थिए । केही मानिसहरू आए र उहाँलाई भने, “यूहन्‍नाका चेलाहरू र फरिसीका चेलाहरू उपवास बस्छन्, तर तपाईंका चेलाहरू किन उपवास बस्दैनन्?” 19 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के जन्ती दुलहाको साथमा हुँदा विवाहमा आउनेहरू उपवास बस्‍छन् र? दुलहा तिनीहरूसँग भएसम्म तिनीहरू उपवास बस्‍न सक्दैनन् । 20 तर दिन आउनेछ, जब दुलहा तिनीहरूबाट लगिनेछन्, ती दिनमा तिनीहरू उपवास बस्‍नेछन् । 21 कसैले पनि पुरानो लुगालाई नयाँ कपडाले टाल्दैन, नत्रता त्यो टालेको कपडा यसबाट अर्थात् पुरानोबाट नयाँ च्यातेर जानेछ, अनि उक्‍त फटाइ झनै नराम्रो हुनेछ । 22 कसैले पनि नयाँ दाखरस पुरानो मशकमा हाल्दैन, नत्रता दाखमद्यले छालालाई फटाउँछ अनि दाखमद्य र मशक दुवै गुम्‍नेछन् । बरु नयाँ दाखमद्य नयाँ मशकमा हाल ।”
  • लू 11:1 : 1 ¶ उहाँले प्रार्थना गरिसक्‍नुपछि उहाँका चेलाहरूमध्ये एक जनाले भने, “प्रभु, हामीलाई प्रार्थना गर्न सिकाउनुहोस् जसरी यूहन्‍नाले आफ्नो चेलालाई सिकाएका थिए ।”
  • लू 18:12 : 12 म हरेक हप्‍ता दुई पटक उपवास बस्दछु । म आफूले पाएका सबै थोकको दशांश दिन्छु ।’
  • लू 20:47 : 47 तिनीहरूले विधवाहरूको घर हडप्छन् र लामो-लामो प्रार्थना गरेर देखाउँछन् । तिनीहरूले नै अझै ठुलो दण्ड पाउनेछन् ।”
  • यूह 1:35 : 35 फेरि अर्को दिन यूहन्‍ना आफ्ना दुई जना चेलासँग उभिरहँदा,
  • यूह 3:25 : 25 त्यहाँ यूहन्‍नाका केही चेलाहरू र एक जना यहूदीबिच विधिवत् शुद्धिकरणको विषयमा विवाद भयो ।
  • प्रेरि 9:11 : 11 प्रभुले तिनलाई भन्‍नुभयो, “उठ र सोझो भनिने गल्लीमा जाऊ र त्यहाँ यहूदाको घरमा टार्ससका शाऊल नाउँ गरेका मानिसको खोजी गर । किनकि तिनी प्रार्थना गर्दैछन् ।
  • रोमी 10:2-3 : 2 किनकि म तिनीहरूको विषयमा गवाही दिन्छु, कि तिनीहरूसँग परमेश्‍वरको निम्ति जोस छ, तर ज्ञानअनुसार छैन । 3 किनकि तिनीहरूले परमेश्‍वरको धार्मिकता जान्दैनन्, र तिनीहरूले आफ्नै धार्मिकता स्थापित गर्न खोज्छन् । तिनीहरू परमेश्‍वरको धार्मिकताप्रति समर्पित भएनन् ।
  • मर 12:40 : 40 तिनीहरूले विधवाहरूको घर खान्छन् र मानिसहरूले देखून् भनी लामो प्रार्थना गर्छन् । यी मानिसहरूले अझ ठुलो दण्ड पाउनेछन् ।”
  • लू 7:34-35 : 34 मानिसका पुत्र खाँदै र पिउँदै आए र तिमीहरू भन्छौ, “हेर, ऊ त एउटा घिचुवा र पियक्‍कड मानिस, कर उठाउने र पापीहरूका मित्र हो ।” 35 तर बुद्धि तिनका सबै सन्तानहरूद्वारा प्रमाणित हुन्छ ।”
  • मत्त 23:13 : 13 तर धिक्‍कार तिमी शास्‍त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू! तिमीहरू मानिसहरूका सामुन्‍ने स्वर्गको राज्यलाई बन्द गर्दछौ । किनकि तिमीहरू यसमा आफैँ प्रवेश गर्दनौ, अनि न त प्रवेश गर्न लागेकाहरूलाई त्यसो गर्न दिन्छौ ।
  • नीति 28:9 : 9 कसैले व्यवस्था सुन्‍नबाट आफ्नो कान तर्कायो भने त्यसको प्रार्थना पनि घृणित हुन्छ ।
  • यशा 1:15 : 15 त्यसैले तिमीहरूले प्रार्थनामा आफ्‍ना हातहरू फैलाउँदा, तिमीहरूबाट म आफ्‍ना आँखा लुकाउँछु । तिमीहरूले धेरै प्रार्थना चढाए तापनि, म सुन्‍नेछैन । तिमीहरूका हातहरू रगतले भरिएका छन् ।
  • यशा 58:3-6 : 3 तिनीहरू भन्छन्, 'हामी उपवास बसेका छौं तर तपाईंले यसलाई किन देख्‍नुहुन्‍न? हामीले आफैलाई नम्र तुल्याएका छौं, तर तपाईंले किन हेर्नुहुन्‍न?' हेर, तिमीहरूले आफ्नो उपवासको दिनमा आफ्नै खुसी खोज्छौ र आफ्ना कामदारहरूलाई अत्‍याचार गर्छौ । 4 हेर, तिमीहरू झगडा गर्न र लडाइँ गर्न र आफ्‍नो दुष्‍टताको मुक्‍‍काले हान्‍न उपवास बस्छौ । तिमीहरूले आफ्नो सोर माथि सुनाउनलाई उपवास बस्दैनौ । 5 के मैले चाहेको उपवास यस्‍तै किसिमको हो र? एक दिन मात्र कसैले आफैलाई नम्र तुल्याउने, आफ्नो शिर निगालो झैं झुकाउने, र भाङ्ग्रा लगाउने र खरानीमा बस्‍ने हो र? के तिमीहरूले परमप्रभुलाई खुसी पार्ने उपवास यसैलाई भन्छौ? 6 के मैले चुनेको उपवास यो होइनः दुष्‍टताको बन्‍धनबाट मुक्‍त गर्नु, जुवाका डोरीहरू फुकाउनु, चूर्णभएकाहरूलाई स्वतन्त्र पार्नु र जुवालाई भाँच्‍नू?
  • जक 7:6 : 6 तिमीहरूले खाँदा र पिउँदा, के तिमीहरूले आफ्नै निम्ति खाएनौ र आफ्नै निम्ति पिएनौ?
  • मत्त 6:5-6 : 5 अनि जब तिमीहरू प्रार्थना गर्छौ, तब पाखण्डीहरूजस्ता नहोओ, किनकि मानिसहरूले उनीहरूलाई देखून् भनेर उनीहरू सभाघरहरू र बाटोका छेउमा उभिएर प्रार्थना गर्न मन पराउँछन् । साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन् । 6 तर जब तिमीहरू प्रार्थना गर्छौ, तब आफ्नो भित्री कोठामा जाओ । ढोका बन्द गर र आफ्ना पितासँग प्रार्थना गर जो गुप्‍तमा रहनुहुन्छ । त्यसपछि गुप्‍तमा देख्‍नुहुने पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मर 2:15-20
    6 पदहरू
    89%

    15जब येशूले लेवीको घरमा खाना खाँदै हुनुहुन्थ्यो, धेरै पापीहरू, कर उठाउनेहरूले येशू र उहाँका चेलाहरूसँगै खाना खाइरहेका थिए, किनकि त्यहाँ धेरै जना थिए र तिनीहरूले उहाँलाई पछ्याएका थिए ।

    16जब शास्‍त्रीहरू, जो फरिसीहरू थिए, तिनीहरूले येशू पापीहरू र कर उठाउनेहरूसँग खाना खाइरहेको देखे, तिनीहरूले उहाँका चेलाहरूलाई भने “उहाँले किन पापीहरू र कर उठाउनेहरूसँग खानुहुन्छ?”

    17जब येशूले यो सुन्‍नुभयो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जो मानिस शरीरमा बलियो छ, त्यसलाई वैद्यको आवश्यक पर्दैन; तर बिमारीलाई मात्र वैद्यको आवश्‍यक पर्छ । म धर्मीहरूलाई बोलाउन आएको होइनँ, तर पापीहरूका लागि आएको हुँ ।”

    18यूहन्‍नाका चेलाहरू र फरिसीहरू उपवास बसिरहेका थिए । केही मानिसहरू आए र उहाँलाई भने, “यूहन्‍नाका चेलाहरू र फरिसीका चेलाहरू उपवास बस्छन्, तर तपाईंका चेलाहरू किन उपवास बस्दैनन्?”

    19येशूले तिनीहरूलाई भन्‍नुभयो, “के जन्ती दुलहाको साथमा हुँदा विवाहमा आउनेहरू उपवास बस्‍छन् र? दुलहा तिनीहरूसँग भएसम्म तिनीहरू उपवास बस्‍न सक्दैनन् ।

    20तर दिन आउनेछ, जब दुलहा तिनीहरूबाट लगिनेछन्, ती दिनमा तिनीहरू उपवास बस्‍नेछन् ।

  • मत्त 9:10-15
    6 पदहरू
    88%

    10जब येशू खाना खान घरमा बस्‍नुभयो, हेर, धेरै कर उठाउने र पापी मानिसहरूले येशू र उहाँका चेलाहरूसँगै खाना खाए ।

    11जब फरिसीहरूले यो देखे, तिनीहरूले उहाँका चेलाहरूलाई भने, “किन तिमीहरूका गुरु कर उठाउनेहरू र पापीहरूसँग बसेर खान्छन्?”

    12जब येशूले यो सुन्‍नुभयो, उहाँले भन्‍नुभयो, “शरीरमा बलियो भएकाहरूलाई वैद्यको खाँचो पर्दैन, केवल तिनीहरूलाई मात्र खाँचो हुन्छ जो बिरामी छन् ।”

    13जाओ र यसको अर्थ के हो सिक, ‘म दया चाहन्छु, तर बलिदान होइन ।’ किनकि म, धर्मीहरूलाई पश्‍चात्ताप गर्नलाई बोलाउन आएको होइनँ, तर पापीहरूका लागि आएको हुँ ।

    14त्यसपछि बप्‍तिस्मा-दिने यूहन्‍नाका चेलाहरू उहाँकहाँ आए, र भने, “किन हामी र फरिसीहरू प्रायः उपवास बस्तछौँ, तर तपाईंका चेलाहरू उपवास बस्दैनन्?”

    15येशूले तिनीहरूलाई भन्‍नुभयो, “के विवाहमा आएकाहरू, दुलहा तिनीहरूका साथमा हुँदा-हुँदै दुःखी हुन्छन् र? तर ती दिन आउनेछन्, जब दुलहा तिनीहरूबाट टाढा लगिनेछ, र तिनीहरू उपवास बस्‍नेछन् ।

  • लू 5:34-35
    2 पदहरू
    85%

    34येशूले तिनीहरूलाई भन्‍नुभयो, “के विवाह भोजमा दुलहा त्यहाँ तिनीहरूकासाथमा हुँदा विवाह भोजमा उपस्थित हुनेहरू उपवास बस्‍छन् र?”

    35तर तिनीहरूबाट दुलहालाई लगिने समय आउनेछ,तब मानिसहरू ती दिनहरूमा उपवास बस्‍नेछन् ।”

  • लू 5:29-32
    4 पदहरू
    79%

    29तब लेवीले येशूको निम्ति उसको घरमा एउटा ठुलो भोज दिए, जहाँ धेरै कर उठाउनेहरू पनि थिए अनि अन्य मानिसहरूले पनि टेबलमा अडेस लगाएर तिनीहरूसँगै खाइरहेका थिए ।

    30तर फरिसीहरू र तिनीहरूका शास्‍त्रीहरूले उहाँका चेलाहरूसँग यसरी गुनासो गरिरहेका थिए, “तिमीहरू किन कर उठाउनेहरू र अरू पापीहरूसँग बसेर खान्‍छौँ?”

    31येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “असल स्वस्थ हुने मानिसलाई वैद्यको आवश्यकता पर्दैन, बिरामीलाई मात्र यसको आवश्यकता पर्छ ।”

    32म धर्मी मानिसलाई पश्‍चात्तापको लागि बोलाउन आएको होइनँ, तर पापीहरूलाई पश्‍चात्तापको निम्ति बोलाउन आएको हुँ ।

  • लू 7:32-34
    3 पदहरू
    79%

    32तिनीहरू बजार क्षेत्रमा खेलिरहने बालबालिकाहरूजस्ता छन्, जो बस्दछन् र एक अर्कोलाई यसो भन्दै बोलाउँछन्, “हामीले तिमीहरूका लागि बाँसुरी बजायौँ, तर तिमीहरू नाचेनौ । हामीले विलाप गर्‍यौँ, तर तिमीहरू रोएनौ ।”

    33किनकि बप्‍तिस्मा-दिने यूहन्‍ना न रोटी खाँदै आए न त दाखमद्य नै पिउदै आए र पनि तिमीहरू भन्छौ कि उसलाई भूत लागेको छ ।

    34मानिसका पुत्र खाँदै र पिउँदै आए र तिमीहरू भन्छौ, “हेर, ऊ त एउटा घिचुवा र पियक्‍कड मानिस, कर उठाउने र पापीहरूका मित्र हो ।”

  • मत्त 11:17-19
    3 पदहरू
    76%

    17र भन्दछ, ‘हामीले तिमीहरूका निम्ति बाँसुरी बजायौँ, अनि तिमीहरू नाचेनौ । हामीले शोक गर्‍यौँ, र तिमीहरू रोएनौ ।’

    18किनकि यूहन्‍ना रोटी खाँदै अथवा दाखमद्य पिउँदै आएनन्, अनि तिनीहरू भन्छन्, ‘त्यसलाई भूत लागेको छ ।’

    19मानिसका पुत्र खाँदै र पिउँदै आए र तिनीहरू भन्छन्, ‘हेर, ऊ एउटा घिचुवा मान्छे हो अनि पियक्‍कड, कर उठाउनेहरू र पापीहरूको मित्र हो!’ तर बुद्धिचाहिँ तिनको कामहरूले सिद्ध हुन्छ ।”

  • 5फरिसी र शास्‍त्रीहरूले येशूलाई सोधे, “तपाईंका चेलाहरू किन धार्मिक अगुवाहरूको परम्पराअनुसार चल्दैनन्, किनकि तिनीहरूले आफ्ना हात नधोई रोटी खान्छन्?”

  • लू 11:37-39
    3 पदहरू
    74%

    37उहाँले बोलिसक्‍नुभएपछि, फरिसीहरूले उहाँलाई आफ्नो घरमा खाना खानलाई बोलाए । त्यसपछि येशू जानुभयो र ढल्केर बस्‍नुभयो ।

    38खाना खानुभन्दा पहिले हात नधोएको कारणले गर्दा फरिसीहरू छक्‍क परे ।

    39तर प्रभुले तिनीहरूलाई भन्‍नुभयो, “तिमी फरिसीहरू गिलास र कचौराको बाहिर सफा गर्दछौ, तर तिमीहरू भित्रपट्टि लोभ र खराब कुराले भरिएका छौ ।

  • 31त्‍यसै बेला चेलाहरूले उहाँलाई यसो भन्‍दै अनुरोध गरिरहेका थिए, “रब्‍बी, खानुहोस् ।”

  • 2फरिसीहरू र शास्‍त्रीहरू एक-अर्कासँग गनगन गर्न थाले र भने, “यस मानिसले पापीहरूलाई स्वागत गरी तिनीहरूसँग खाने गर्दछ ।”

  • 2“किन तपाईंका चेलाहरूले अगुवाहरूको नियमलाई उल्लङ्घन गर्दछन्? किनकि तिनीहरूले खाना खाँदा आफ्ना हात धुँदैनन्?”

  • मत्त 12:2-3
    2 पदहरू
    72%

    2तर जब फरिसीहरूले त्यो देखे, उनीहरूले येशूलाई भने, “हेर्नुहोस्, जे शबाथमा गर्न अनुचित छ तपाईंका चेलाहरूले त्यही गर्छन् ।”

    3तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “के दाऊदले उनीसँग भएका मानिसहरूले भोकाएको बेलामा के गरे भन्‍ने कुरा तिमीहरूले कहिल्यै पढेका छैनौ?

  • मर 2:24-25
    2 पदहरू
    72%

    24अनि फरिसीहरूले उहाँलाई भने, “हेर्नुहोस्, तिनीहरूले शबाथ-दिनमा किन अनुचित कुरा गरिरहेका छन्?”

    25उहाँले तिनीहरूलाई भन्‍नुभयो, “दाऊद र तिनीसँग भएका मानिसहरू खाँचोमा परेका र भोकाएका बेला तिनीहरूले के गरे भन्‍ने के तिमीहरूले कहिल्यै पढेका छैनौ?”

  • 16साथै, जब तिमीहरू उपवास बस्दछौ, तब पाखण्डीहरूले गरेजस्तै उदास अनुहार नबनाओ, किनकि तिनीहरू मानिसहरूका अगि उपवास बसेको जस्तो देखिन सकियोस् भनेर तिनीहरूले आफ्ना अनुहारलाई बिगार्छन् । साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि तिनीहरूले आफ्ना इनाम पाइसकेका छन् ।

  • 36अहिले एक जना फरिसीले येशूलाई ऊसँग भोजन गर्नका लागि अनुरोध गरिरहेको थियो । त्यसपछि येशू फरिसीको घरमा प्रवेश गर्नुभयो, भोजन खानलाई टेबुलमा गएर बस्‍नुभयो ।

  • 12त्यसपछि चेलाहरू आए र येशूलाई भने, “जब फरिसीहरूले यो वाक्य सुने, तब तिनीहरू चिढिएका थिए भन्‍ने कुरा के तपाईंलाई थाहा छ?”

  • 3तिनीहरू भन्छन्, 'हामी उपवास बसेका छौं तर तपाईंले यसलाई किन देख्‍नुहुन्‍न? हामीले आफैलाई नम्र तुल्याएका छौं, तर तपाईंले किन हेर्नुहुन्‍न?' हेर, तिमीहरूले आफ्नो उपवासको दिनमा आफ्नै खुसी खोज्छौ र आफ्ना कामदारहरूलाई अत्‍याचार गर्छौ ।

  • लू 6:2-3
    2 पदहरू
    70%

    2तर केही फरिसीहरूले भने, “किन तिमीहरूले विश्रामको दिनमा व्यवस्थाअनुसार गर्न नहुने काम गरिरहेका छौ?”

    3येशूले तिनीहरूलाई जवाफ दिँदै भन्‍नुभयो, “दाऊद र तिनीसँग भएका मानिसहरू भोकाएका बेला दाऊदले के गरे भनी तिमीहरूले पढेका छैनौ?

  • 1¶ एउटा विश्राम दिनमा जब उहाँ फरिसीहरूका एक जना अगुवाको घरमा रोटी खान जानुभयो, तिनीहरूले उहाँलाई नजिकबाट हेरिराखेका थिए ।

  • 33त्‍यसकारण, चेलाहरूले एक आपसमा भने, “उहाँलाई कुनै खानेकुरा कसैले ल्‍याएको छैन, ल्‍याएको छ र?”

  • 6तिमीहरूले खाँदा र पिउँदा, के तिमीहरूले आफ्नै निम्ति खाएनौ र आफ्नै निम्ति पिएनौ?

  • मर 7:2-3
    2 पदहरू
    70%

    2तिनीहरूले उहाँका चेलाहरूले अशुद्ध अर्थात् नधोएका हातले खाएको देखे ।

    3(फरिसी र सबै यहूदी आफ्ना हात राम्ररी नधोउन्जेल केही खाँदैनन्, तिनीहरू आफ्ना धार्मिक अगुवाहरूको परम्परामा लागि पर्छन्,

  • 32किनकि यूहन्‍ना तिमीहरूकहाँ धार्मिकताको बाटोमा आए, तर तिमीहरूले उनलाई विश्‍वास गरेनौ, जब कि कर उठाउनेहरू र यौनकर्मीहरूले उनलाई विश्‍वास गरे । र तिमीहरूले जब यो भइरहेको देख्यौ, उनमा विश्‍वास गर्नलाई पछि तिमीहरूले पश्‍चात्ताप पनि गरेनौ ।

  • 12त्यसपछि केही कर उठाउनेहरू पनि उनीकहाँ बप्‍तिस्मा लिन आए र भने, “गुरु, हामीले के गर्ने नि?”

  • 1¶ अब जब यूहन्‍नाले भन्‍दा येशूले धेरै चेलाहरू बनाउँदै हुनुहुन्‍थ्‍यो र बप्‍तिस्‍मा दिँदै हुनुहुन्‍थ्‍यो भनी फरिसीहरूले सुने भन्‍ने उहाँले थाहा गर्नुभयो,

  • 18यूहन्‍नाका चेलाहरूले उहाँलाई यी सबै कुराहरूको बारेमा बताइदिए ।