लूका 6:4
तिनी परमेश्वरको भवनभित्र पसेर पूजारीहरूले बाहेक अरूले खान निषेध गरिएको परमेश्वरको उपस्थितिको रोटीबाट आफूले केही खाए र केही आफूसँग भएका मानिसहरूलाई पनि दिए ।”
तिनी परमेश्वरको भवनभित्र पसेर पूजारीहरूले बाहेक अरूले खान निषेध गरिएको परमेश्वरको उपस्थितिको रोटीबाट आफूले केही खाए र केही आफूसँग भएका मानिसहरूलाई पनि दिए ।”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
1¶ त्यति बेला शबाथको दिनमा येशू अन्नका खेतहरू हुँदै जानुभयो । उहाँका चेलाहरू भोकाए र तिनीहरूले अन्न टिप्दै खान लागे ।
2तर जब फरिसीहरूले त्यो देखे, उनीहरूले येशूलाई भने, “हेर्नुहोस्, जे शबाथमा गर्न अनुचित छ तपाईंका चेलाहरूले त्यही गर्छन् ।”
3तर येशूले तिनीहरूलाई भन्नुभयो, “के दाऊदले उनीसँग भएका मानिसहरूले भोकाएको बेलामा के गरे भन्ने कुरा तिमीहरूले कहिल्यै पढेका छैनौ?
4कसरी उनी परमेश्वरको भवनमा पसेर उहाँको उपस्थितिको रोटी खाए, जुन उनी र उनीसँग भएकाहरूका निम्ति खानु अनुचित थियो तर त्यो पुजारीहरूका लागि मात्रै उचित थियो?
5र शबाथमा पुजारीहरूले त्यस दिनलाई अपवित्र गर्छन्, तरै पनि उनीहरू दोषरहित हुन्छन् भन्ने कुरा के तिमीहरूले व्यवस्थामा पढेका छैनौ र?
23शबाथ-दिन येशू अन्नको खेतबाट भएर जानुभयो र उहाँका चेलाहरूले अन्नका बाला टिप्न थाले ।
24अनि फरिसीहरूले उहाँलाई भने, “हेर्नुहोस्, तिनीहरूले शबाथ-दिनमा किन अनुचित कुरा गरिरहेका छन्?”
25उहाँले तिनीहरूलाई भन्नुभयो, “दाऊद र तिनीसँग भएका मानिसहरू खाँचोमा परेका र भोकाएका बेला तिनीहरूले के गरे भन्ने के तिमीहरूले कहिल्यै पढेका छैनौ?”
26अबियाथार प्रधान पुजारी हुँदा तिनी कसरी परमेश्वरको भवनभित्र गए र उपस्थितिको रोटी खाए, जुन पुजारीबाहेक अरू कसैले खानु हुँदैनथ्यो, अनि केही तिनीसँग हुनेहरूलाई पनि दिए?
27येशूले भन्नुभयो, “शबाथ मानव-जातिको निम्ति बनाइएको थियो, मानव-जाति शबाथको निम्ति बनाइएको होइन ।
1¶ अब विश्रामको दिनमा यस्तो भयो कि येशू चेलाहरूसँग अन्नको खेतको बाटो भएर जाँदै गर्नुहुँदा तिनीहरूले हातले अन्नका बाला टिप्दै र तिनीहरूका हातमा माडिरहेका र अन्न खाइरहेका थिए ।
2तर केही फरिसीहरूले भने, “किन तिमीहरूले विश्रामको दिनमा व्यवस्थाअनुसार गर्न नहुने काम गरिरहेका छौ?”
3येशूले तिनीहरूलाई जवाफ दिँदै भन्नुभयो, “दाऊद र तिनीसँग भएका मानिसहरू भोकाएका बेला दाऊदले के गरे भनी तिमीहरूले पढेका छैनौ?
6त्यसैले पुजारीले तिनलाई चढाइएको रोटी दिए । किनकि त्यहाँ उपस्थितिको रोटीबाहेक अरू कुनै रोटी थिएन, जुन रोटी परमप्रभुको सामुबाट हटाएर त्यसको सट्टामा तातो रोटी राखिएको थियो ।
1¶ एउटा विश्राम दिनमा जब उहाँ फरिसीहरूका एक जना अगुवाको घरमा रोटी खान जानुभयो, तिनीहरूले उहाँलाई नजिकबाट हेरिराखेका थिए ।
43येशूले त्यसलाई लिनुभयो, र तिनीहरूकै सामु खानुभयो ।
22तिनीहरूले खाँदै गर्दा येशूले रोटी लिनुभयो; आशिष् दिनुभयो, र भाँच्नुभयो । उहाँले यो तिनीहरूलाई दिनुभयो र भन्नुभयो, “यो लेओ । यो मेरो शरीर हो ।”
5फरिसी र शास्त्रीहरूले येशूलाई सोधे, “तपाईंका चेलाहरू किन धार्मिक अगुवाहरूको परम्पराअनुसार चल्दैनन्, किनकि तिनीहरूले आफ्ना हात नधोई रोटी खान्छन्?”
36अहिले एक जना फरिसीले येशूलाई ऊसँग भोजन गर्नका लागि अनुरोध गरिरहेको थियो । त्यसपछि येशू फरिसीको घरमा प्रवेश गर्नुभयो, भोजन खानलाई टेबुलमा गएर बस्नुभयो ।
5तब उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसका पुत्र विश्राम दिनको पनि प्रभु हो ।”
31हाम्रा पिताहरूले मरुभूमिमा मन्न खाए । यस्तो लेखिएको छ, ‘उहाँले तिनीहरूलाई खानको निम्ति स्वर्गबाट रोटी दिनुभयो’ ।”
32तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो स्वर्गबाट तिमीहरूलाई रोटी दिने मोशा थिएनन्, तर स्वर्गबाट तिमीहरूलाई साँचो रोटी दिइरहनुहुने मेरा पिता हुनुहुन्छ ।
31त्यसै बेला चेलाहरूले उहाँलाई यसो भन्दै अनुरोध गरिरहेका थिए, “रब्बी, खानुहोस् ।”
32तर उहाँले तिनीहरूलाई भन्नुभयो, “मसँग खानेकुरा छ जुन तिमीहरू जान्दैनौ ।”
33त्यसकारण, चेलाहरूले एक आपसमा भने, “उहाँलाई कुनै खानेकुरा कसैले ल्याएको छैन, ल्याएको छ र?”
26उहाँ र चेलाहरूले खाइरहनुहुँदा येशूले रोटी लिनुभई धन्यवाद दिनुभयो र त्यो भाँच्नुभयो । उहाँले त्यो आफ्ना चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ । यो मेरो शरीर हो ।”
16जब शास्त्रीहरू, जो फरिसीहरू थिए, तिनीहरूले येशू पापीहरू र कर उठाउनेहरूसँग खाना खाइरहेको देखे, तिनीहरूले उहाँका चेलाहरूलाई भने “उहाँले किन पापीहरू र कर उठाउनेहरूसँग खानुहुन्छ?”
6उहाँले भिडलाई भुइँमा बस्न आज्ञा दिनुभयो । उहाँले ती सातवटा रोटी लिनुभयो; धन्यवाद दिनुभयो; तिनलाई भाँच्नुभयो । उहाँले मानिसहरूका अगाडि राखून् भनी ती उहाँका चेलाहरूलाई दिनुभयो, र तिनीहरूले मानिसहरूका अगाडि राखिदिए ।
20तब उहाँ घर जानुभयो, र फेरि धेरै भिड जम्मा भए । त्यसकारण, उहाँले खानसम्म पनि पाउनुभएन ।
36उनीहरूलाई पठाउनुहोस्, ताकि उनीहरू नजिकैको गाउँघरतिर जाऊन् र उनीहरूका निम्ति केही खानेकुराहरू किन्न सकून् ।”
37तर उहाँले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले नै उनीहरूलाई केही खानेकुरा देओ ।” तिनीहरूले उहाँलाई भने, “के हामी दुई सय दिनारी वराबरको रोटी किन्न जाऊँ र उनीहरूलाई खान दिऊँ?”
11तब येशूले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि उहाँले त्यहाँ बसेकाहरूलाई तिनीहरूले चाहे जति दिनुभयो र उहाँले माछा पनि त्यसै गर्नुभयो ।
11मैले ती रोटीहरूको विषयमा बोलिरहेको थिइनँ भन्ने कुरा तिमीहरू कसरी बुझ्दैनौ? ध्यान देओ र फरिसीहरू र सदुकीहरूको खमिरबाट सावधान रहो ।”
12त्यसपछि उहाँले तिनीहरूलाई रोटीको खमिरबाट होइन, तर फरिसीहरू र सदुकीहरूको शिक्षाबाट सावधान रहो भनेर भन्नुभएको रहेछ भनी तिनीहरूले बुझे ।
13तर उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खानलाई देओ ।” तिनीहरूले भने, “हामीसँग पाँचवटा रोटी र दुईवटा माछाभन्दा बढी केही छैन । मानिसहरूको यो ठुलो भिडलाई गएर खाना किन्नबाहेक अर्को उपाय छैन ।”
2“किन तपाईंका चेलाहरूले अगुवाहरूको नियमलाई उल्लङ्घन गर्दछन्? किनकि तिनीहरूले खाना खाँदा आफ्ना हात धुँदैनन्?”
2तिनीहरूले उहाँका चेलाहरूले अशुद्ध अर्थात् नधोएका हातले खाएको देखे ।
11जब फरिसीहरूले यो देखे, तिनीहरूले उहाँका चेलाहरूलाई भने, “किन तिमीहरूका गुरु कर उठाउनेहरू र पापीहरूसँग बसेर खान्छन्?”
30जब उहाँ तिनीहरूसँग खान बस्नुभयो, तब उहाँले रोटी लिनुभयो, आशिष् माग्नुभयो र यसलाई भाँचेर तिनीहरूलाई दिनुभयो ।
5येशूले माथितिर हेर्नुभयो र एउटा ठुलो भिड आफूतर्फ आइरहेको देख्नुभयो, अनि उहाँले फिलिपलाई भन्नुभयो, “यिनीहरूको लागि खानलाई रोटी किन्न हामी कहाँ जाने?”
36उहाँले ती सातवटा रोटी र माछा लिनुभयो, र धन्यवाद दिनुभएपछि ती रोटीहरू भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो । अनि चेलाहरूले ती भिडलाई दिए ।
19तब उहाँले रोटी लिनुभयो, र जब उहाँले धन्यवाद दिनुभयो, र उहाँले रोटी भाँच्नुभयो, र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “यो मेरो शरीर हो, जुन तिमीहरूका निम्ति दिइएको छ । मेरो सम्झनामा यो गर्ने गर ।”
17अब अखमिरी रोटीको चाडको पहिलो दिनमा चेलाहरू येशूकहाँ आएर भने, “हामीले तपाईंको निम्ति निस्तार-चाडको भोज कहाँ तयार पारेको तपाईं चाहनुहुन्छ?”
22परमेश्वरको अति पवित्र वा पवित्र भोजनबाट त्यसले खान मिल्छ ।
16उहाँले पाँचवटा रोटी र दुईवटा माछालाई हातमा लिनुभयो र स्वर्गतिर आँखा उठाउँदै, तिनीहरूलाई आशीर्वाद दिनुभयो, र तिनलाई भाँचेर टुक्रा-टुक्रा पार्नुभयो, र भिडको सामु बाँड्नलाई चेलाहरूलाई दिनुभयो ।
9ती उच्च ठाउँहरूका पुजारीहरूलाई यरूशलेममा परमप्रभुको मन्दिरमा सेवा गर्न नदिए तापनि तिनीहरूले आफ्ना दाजुभाइका बिचमा अखमिरी रोटी खाए ।
13येशू आउनुभयो र रोटी लिनुभयो, र तिनीहरूलाई दिनुभयो र माछा पनि दिनुभयो ।
15येशूसँगै टेबुलमा बस्दा तिनीहरूमध्ये एक जना जसले यी कुराहरू सुन्यो, जब उसले उहाँलाई भन्यो, “त्यो धन्यको हो जसले परमेश्वरको राज्यमा रोटी खानेछ ।”
19अनि येशूले भिडलाई चौरमा बस्नको लागि आदेश दिनुभयो । उहाँले पाँचवटा रोटी र दुईवटा माछा लिनुभयो । माथि स्वर्गमा हेर्दै उहाँले धन्यवाद दिनुभयो र रोटीलाई भाँच्नुभयो अनि चेलाहरूलाई ती दिनुभयो । चेलाहरूले ती भिडहरूलाई दिए ।
58स्वर्गबाट ओर्लिआएको रोटी यही हो, जुन पिताहरूले खाएर मरेजस्तो होइन । यो रोटी खाने सदासर्वदा जिउनेछ ।”