मरकुस 14:22

अनलक शाब्दिक बाइबल

तिनीहरूले खाँदै गर्दा येशूले रोटी लिनुभयो; आशिष्‌‌ दिनुभयो, र भाँच्‍नुभयो । उहाँले यो तिनीहरूलाई दिनुभयो र भन्‍नुभयो, “यो लेओ । यो मेरो शरीर हो ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 26:26-29 : 26 उहाँ र चेलाहरूले खाइरहनुहुँदा येशूले रोटी लिनुभई धन्यवाद दिनुभयो र त्यो भाँच्‍नुभयो । उहाँले त्यो आफ्ना चेलाहरूलाई दिनुभयो र भन्‍नुभयो, “लेओ, खाओ । यो मेरो शरीर हो ।” 27 उहाँले कचौरा लिनुभयो र धन्यवाद दिनुभयो, अनि त्यो उनीहरूलाई दिनुभयो र भन्‍नुभयो, “तिमीहरू सबैले यसलाई पिओ । 28 किनकि यो करारमा भएको मेरो रगत हो जुन धेरैका पापको क्षमादानको निम्ति बगाइएको छ । 29 तर म तिमीहरूलाई भन्दछु, म यस बोटको फलबाट अब फेरि पिउनेछैन, जबसम्म मेरा पिताको राज्यमा म तिमीहरूसँग नयाँ गरी पिउँदिन ।”
  • मर 6:41 : 41 जब उहाँले पाँच रोटी र दुईवटा माछा लिनुभयो, स्वर्गतिर हेरर आशिष्‌‌ दिनुभयो, र भाँच्‍नुभयो अनि त्यो भिडलाई बाँडिदिन चेलाहरूलाई दिनुभयो । अनि उहाँले दुईवटा माछा पनि सबै जनालाई बाँडिदिनुभयो ।
  • मर 14:24 : 24 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो करारको मेरो रगत हो । यो रगत धेरैका निम्ति बगाइएको छ ।”
  • लू 22:18-20 : 18 किनकि म तिमीहरूलाई भन्दछु, परमेश्‍वरको राज्य नआएसम्म म फेरि अङ्गुरको फलको रस पिउनेछैनँ ।” 19 तब उहाँले रोटी लिनुभयो, र जब उहाँले धन्यवाद दिनुभयो, र उहाँले रोटी भाँच्‍नुभयो, र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “यो मेरो शरीर हो, जुन तिमीहरूका निम्ति दिइएको छ । मेरो सम्झनामा यो गर्ने गर ।” 20 भोज खानुभएपछि त्यसै गरी उहाँले कचौरा लिनुभयो र भन्‍नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जुन तिमीहरूका निम्ति बगाइन्छ ।
  • लू 24:30 : 30 जब उहाँ तिनीहरूसँग खान बस्‍नुभयो, तब उहाँले रोटी लिनुभयो, आशिष्‌‌ माग्‍नुभयो र यसलाई भाँचेर तिनीहरूलाई दिनुभयो ।
  • यूह 6:23 : 23 तापनि प्रभुले धन्यवाद चढाएर तिनीहरूले रोटी खाएका नजिकैको ठाउँ तिबेरियासबाट आएका केही डुङ्गाहरू त्यहाँ थिए ।
  • यूह 6:48-58 : 48 म जीवनको रोटी हुँ । 49 तिमीहरूका पिताहरूले मरुभूमिमा मन्‍न खाए, र तिनीहरू मरे । 50 यो नै स्वर्गबाट आएको रोटी हो, ताकि एक व्यक्‍तिले यसको केही भाग खाओस्, र त्यो नमरोस् । 51 स्वर्गबाट ओर्लिआएको जीवित रोटी म नै हुँ । यदि कसैले यो रोटीको केही भाग खान्छ भने, त्यो सदासर्वदा जिउनेछ । मैले दिने रोटी संसारको जीवनको निम्ति दिने मेरो देह नै हो ।” 52 यहूदीहरू रिसाए र यसो भनेर वादविवाद गर्न थाले, “यो मानिसले कसरी हामीलाई उसको देह खान दिन सक्छ?” 53 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँचो, साँचो, तिमीहरूले मानिसका पुत्रको देह नखाएसम्म र उसको रगत नपिएसम्म, तिमीहरू आफैँमा जीवन हुनेछैन । 54 मेरो शरीर खाने र रगत पिउनेसँग अनन्त जीवन हुन्छ र त्यसलाई अन्त्यको दिनमा म जीवित पार्नेछु । 55 किनकि मेरो देह साँचो खाना हो, र मेरो रगत साँचो पिउने कुरा हो । 56 मेरो देह खाने र मेरो रगत पिउने ममा रहन्छ, र म त्यसमा रहन्छु । 57 जसरी जीवित पिताले मलाई पठाउनुभयो र म जसरी पिताको कारणले जिउँछु, यसरी नै मलाई खाने पनि मेरो कारणले जिउनेछ । 58 स्वर्गबाट ओर्लिआएको रोटी यही हो, जुन पिताहरूले खाएर मरेजस्तो होइन । यो रोटी खाने सदासर्वदा जिउनेछ ।”
  • उत्प 41:26 : 26 सातवटा असल गाई र सातवटा असल बाला सात वर्ष हुन् । सपनाहरू एउटै हुन् ।
  • मत्त 14:19 : 19 अनि येशूले भिडलाई चौरमा बस्‍नको लागि आदेश दिनुभयो । उहाँले पाँचवटा रोटी र दुईवटा माछा लिनुभयो । माथि स्वर्गमा हेर्दै उहाँले धन्यवाद दिनुभयो र रोटीलाई भाँच्‍नुभयो अनि चेलाहरूलाई ती दिनुभयो । चेलाहरूले ती भिडहरूलाई दिए ।
  • जक 5:7 : 7 अनि त्यस डालोको ढक्‍कन उठाइयो र त्यस डालोभित्र एउटी स्‍त्री थिई ।
  • १ कोरि 10:4 : 4 सबैले उस्तै आत्मिक पानी पिए । किनकि तिनीहरूले आत्मिक चट्टानबाट पिए, अनि त्यो चट्टान ख्रीष्‍ट हुनुहुन्थ्यो ।
  • १ कोरि 10:16-17 : 16 हामीले आशिष् दिने आशिष्‌को कचौरा ख्रीष्‍टको रगतमा भएको सहभागिता होइन र? हामीले भाँच्ने रोटी ख्रीष्‍टको शरीरमा भएको सहभागिता होइन र? 17 रोटीको टुक्रा एउटै भएकोले हामी धेरै भए तापनि एउटै शरीर हौँ । हामी सबैले एकसाथ एउटै रोटीबाट खान्छौँ ।
  • १ कोरि 11:23-29 : 23 मैले जे परमेश्‍वरबाट पाएँ त्यो मैले तिमीहरूलाई सुम्पिदिएँ, कि प्रभु येशू ख्रीष्‍टले धोका पाएको त्यो रात रोटी लिनुभयो । 24 धन्यवाद दिनुभएपछि उहाँले रोटी भाँच्‍नुभयो र भन्‍नु भयो, “यो मेरो शरीर हो; यो तिमीहरूको निम्ति हो । मेरो सम्झनाको निम्ति यो गर ।” 25 त्यसरी नै खाइसक्‍नुभएपछि कचौरा लिनुभयो र भन्‍नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो । जब तिमीहरू पिउँछौ, मेरो सम्झना गर्ने गर ।” 26 जब जब तिमीहरूले यो रोटी खान्छौ र कचौराबाट पिउँछौ, उहाँ नआउञ्‍जेलसम्म प्रभुको मृत्युको घोषणा गर्छौ । 27 यसकारण जसले अयोग्य रीतिले रोटी खान्छ र कचौराबाट पिउँछ, ऊ प्रभुको शरीर र रगतको दोषी हुनेछ । 28 कुनै व्यक्‍तिले पहिले आफैँलाई जाँचोस् र रोटी खाओस् र कचौरबाट पिओस् । 29 किनकि जसले शरीरको वास्ता नाराखीकन रोटी खान्छ र कचौराबाट पिउँछ, उसले खाएको र पिएको कारण आफूमाथि न्यायको दण्ड ल्याउँछ ।
  • गलाती 4:25 : 25 अहिले हागारचाहिँ अरबको सीनै पर्वत हो । तिनले वर्तमान यरूशलेमको सङ्केत गर्छिन्, किनकि तिनी तिनका छोराछोरीहरूसँगै दासत्वमा छिन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मत्त 26:26-27
    2 पदहरू
    95%

    26उहाँ र चेलाहरूले खाइरहनुहुँदा येशूले रोटी लिनुभई धन्यवाद दिनुभयो र त्यो भाँच्‍नुभयो । उहाँले त्यो आफ्ना चेलाहरूलाई दिनुभयो र भन्‍नुभयो, “लेओ, खाओ । यो मेरो शरीर हो ।”

    27उहाँले कचौरा लिनुभयो र धन्यवाद दिनुभयो, अनि त्यो उनीहरूलाई दिनुभयो र भन्‍नुभयो, “तिमीहरू सबैले यसलाई पिओ ।

  • लू 22:19-21
    3 पदहरू
    91%

    19तब उहाँले रोटी लिनुभयो, र जब उहाँले धन्यवाद दिनुभयो, र उहाँले रोटी भाँच्‍नुभयो, र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “यो मेरो शरीर हो, जुन तिमीहरूका निम्ति दिइएको छ । मेरो सम्झनामा यो गर्ने गर ।”

    20भोज खानुभएपछि त्यसै गरी उहाँले कचौरा लिनुभयो र भन्‍नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जुन तिमीहरूका निम्ति बगाइन्छ ।

    21तर ध्यान देओ । मलाई धोखा दिनेचाहिँ यही टेबलमा नै छ ।

  • १ कोरि 11:23-27
    5 पदहरू
    88%

    23मैले जे परमेश्‍वरबाट पाएँ त्यो मैले तिमीहरूलाई सुम्पिदिएँ, कि प्रभु येशू ख्रीष्‍टले धोका पाएको त्यो रात रोटी लिनुभयो ।

    24धन्यवाद दिनुभएपछि उहाँले रोटी भाँच्‍नुभयो र भन्‍नु भयो, “यो मेरो शरीर हो; यो तिमीहरूको निम्ति हो । मेरो सम्झनाको निम्ति यो गर ।”

    25त्यसरी नै खाइसक्‍नुभएपछि कचौरा लिनुभयो र भन्‍नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो । जब तिमीहरू पिउँछौ, मेरो सम्झना गर्ने गर ।”

    26जब जब तिमीहरूले यो रोटी खान्छौ र कचौराबाट पिउँछौ, उहाँ नआउञ्‍जेलसम्म प्रभुको मृत्युको घोषणा गर्छौ ।

    27यसकारण जसले अयोग्य रीतिले रोटी खान्छ र कचौराबाट पिउँछ, ऊ प्रभुको शरीर र रगतको दोषी हुनेछ ।

  • 30जब उहाँ तिनीहरूसँग खान बस्‍नुभयो, तब उहाँले रोटी लिनुभयो, आशिष्‌‌ माग्‍नुभयो र यसलाई भाँचेर तिनीहरूलाई दिनुभयो ।

  • मर 14:23-24
    2 पदहरू
    84%

    23उहाँले कचौरा लिनुभयो; धन्यवाद दिनुभयो; तिनीहरूलाई दिनुभयो र तिनीहरू सबैले त्यसबाट पिए ।

    24उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो करारको मेरो रगत हो । यो रगत धेरैका निम्ति बगाइएको छ ।”

  • लू 22:14-17
    4 पदहरू
    82%

    14जब समय आयो, उहाँ प्रेरितहरूसँगै बस्‍नुभयो ।

    15तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले कष्‍ट भोग्‍नअगि तिमीहरूसँग निस्तार-चाड खाने ठुलो इच्छा गरेको छु ।

    16किनभने म तिमीहरूलाई भन्दछु, यो परमेश्‍वरको राज्यमा पुरा नभएसम्म मैले फेरि खानेछैनँ ।”

    17तब येशूले कचौरा लिनुभयो, र जब उहाँले धन्यवाद दिनुभयो, उहाँले भन्‍नुभयो, “यो लेऊ, र तिमीहरूका बिचमा बाँड ।

  • लू 24:42-43
    2 पदहरू
    81%

    42तिनीहरूले उहाँलाई एउटा पकाएको माछा दिए ।

    43येशूले त्यसलाई लिनुभयो, र तिनीहरूकै सामु खानुभयो ।

  • मर 14:18-20
    3 पदहरू
    79%

    18जब उहाँहरू टेबुलमा अडेस लागेर खाँदै हुनुहुन्थ्यो, येशूले भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्दछु, मसँग खाइरहेकाहरूमध्ये एक जनाले मलाई धोखा दिनेछ ।”

    19उनीहरू सबै एकदमै निराश भए, र तिनीहरू एक-एक जनाले उहाँलाई भने, “के म त होइन?”

    20येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “यी बाह्र जनामध्येका एक हुन्, जसले मसँग अहिले कचौरामा रोटी चोपिरहेको छ ।

  • 13येशू आउनुभयो र रोटी लिनुभयो, र तिनीहरूलाई दिनुभयो र माछा पनि दिनुभयो ।

  • मत्त 14:19-20
    2 पदहरू
    78%

    19अनि येशूले भिडलाई चौरमा बस्‍नको लागि आदेश दिनुभयो । उहाँले पाँचवटा रोटी र दुईवटा माछा लिनुभयो । माथि स्वर्गमा हेर्दै उहाँले धन्यवाद दिनुभयो र रोटीलाई भाँच्‍नुभयो अनि चेलाहरूलाई ती दिनुभयो । चेलाहरूले ती भिडहरूलाई दिए ।

    20तिनीहरू सबैले खाए र टन्‍न भए । त्यसपछि उनीहरूले खानाका बाँकी भएका टुक्राहरू बाह्र टोकरीभरि बटुले ।

  • 77%

    35त्यति भनिसकेपछि, उनले रोटी लिए र सबैको सामु परमेश्‍वरलाई धन्यवाद दिए । त्यसपछि उनले त्यो रोटी भाँचे अनि खान सुरु गरे ।

    36त्यसपछि तिनीहरू सबै उत्साहित भए र खाना खाए ।

  • मत्त 15:36-37
    2 पदहरू
    77%

    36उहाँले ती सातवटा रोटी र माछा लिनुभयो, र धन्यवाद दिनुभएपछि ती रोटीहरू भाँच्‍नुभयो र चेलाहरूलाई दिनुभयो । अनि चेलाहरूले ती भिडलाई दिए ।

    37मानिसहरू सबैले खाए र सन्तुष्‍ट भए । र उनीहरूले बाँकी रहेका टुक्रा-टाक्री खाना जम्मा गरेर सात डाला भरे ।

  • 16हामीले आशिष् दिने आशिष्‌को कचौरा ख्रीष्‍टको रगतमा भएको सहभागिता होइन र? हामीले भाँच्ने रोटी ख्रीष्‍टको शरीरमा भएको सहभागिता होइन र?

  • लू 9:16-17
    2 पदहरू
    76%

    16उहाँले पाँचवटा रोटी र दुईवटा माछालाई हातमा लिनुभयो र स्वर्गतिर आँखा उठाउँदै, तिनीहरूलाई आशीर्वाद दिनुभयो, र तिनलाई भाँचेर टुक्रा-टुक्रा पार्नुभयो, र भिडको सामु बाँड्नलाई चेलाहरूलाई दिनुभयो ।

    17तिनीहरू सबैले खाए र सन्तुष्‍ट भए र उब्रेका सबै रोटीका टुक्राहरू बटुले र बाह्र डाला भरे ।

  • 35त्यसकारण, बाटोमा जे भएको थियो, ती कुराहरू तिनीहरूले बताए र कसरी येशूले रोटी भाँच्‍ने बेलामा तिनीहरूलाई आफूलाई प्रकट गर्नुभयो, सो पनि बताए ।

  • मत्त 26:20-21
    2 पदहरू
    76%

    20जब साँझ पर्‍यो, उहाँ आफ्ना बाह्र चेलासँग भोज खानलाई बस्‍नुभयो ।

    21जब उहाँ र चेलाहरू खाइरहनुभएको थियो, उहाँले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ ।”

  • 11तब येशूले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि उहाँले त्यहाँ बसेकाहरूलाई तिनीहरूले चाहे जति दिनुभयो र उहाँले माछा पनि त्यसै गर्नुभयो ।

  • 6उहाँले भिडलाई भुइँमा बस्‍न आज्ञा दिनुभयो । उहाँले ती सातवटा रोटी लिनुभयो; धन्यवाद दिनुभयो; तिनलाई भाँच्‍नुभयो । उहाँले मानिसहरूका अगाडि राखून् भनी ती उहाँका चेलाहरूलाई दिनुभयो, र तिनीहरूले मानिसहरूका अगाडि राखिदिए ।

  • यूह 6:50-51
    2 पदहरू
    76%

    50यो नै स्वर्गबाट आएको रोटी हो, ताकि एक व्यक्‍तिले यसको केही भाग खाओस्, र त्यो नमरोस् ।

    51स्वर्गबाट ओर्लिआएको जीवित रोटी म नै हुँ । यदि कसैले यो रोटीको केही भाग खान्छ भने, त्यो सदासर्वदा जिउनेछ । मैले दिने रोटी संसारको जीवनको निम्ति दिने मेरो देह नै हो ।”

  • मर 6:41-42
    2 पदहरू
    74%

    41जब उहाँले पाँच रोटी र दुईवटा माछा लिनुभयो, स्वर्गतिर हेरर आशिष्‌‌ दिनुभयो, र भाँच्‍नुभयो अनि त्यो भिडलाई बाँडिदिन चेलाहरूलाई दिनुभयो । अनि उहाँले दुईवटा माछा पनि सबै जनालाई बाँडिदिनुभयो ।

    42तृप्‍त नहुन्जेल उनीहरू सबै जनाले खाए ।

  • 16तर येशूले उनीहरूलाई भन्‍नुभयो, “यिनीहरूलाई टाढा जान आवश्यक छैन । यिनीहरूलाई तिमीहरूले केही खान देओ ।”

  • 4तिनी परमेश्‍वरको भवनभित्र पसेर पूजारीहरूले बाहेक अरूले खान निषेध गरिएको परमेश्‍वरको उपस्थितिको रोटीबाट आफूले केही खाए र केही आफूसँग भएका मानिसहरूलाई पनि दिए ।”

  • 12अखमिरी रोटीको पहिलो दिन उनीहरूले निस्तारको थुमा चढाउने बेला उहाँका चेलाहरूले उहाँलाई भने, “हामी कहाँ गएर तयारी गरेको तपाईं चाहनुहुन्छ, ताकि तपाईंले निस्तारको खाना खान सक्‍नुभएको होस्?”

  • यूह 6:53-55
    3 पदहरू
    73%

    53तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँचो, साँचो, तिमीहरूले मानिसका पुत्रको देह नखाएसम्म र उसको रगत नपिएसम्म, तिमीहरू आफैँमा जीवन हुनेछैन ।

    54मेरो शरीर खाने र रगत पिउनेसँग अनन्त जीवन हुन्छ र त्यसलाई अन्त्यको दिनमा म जीवित पार्नेछु ।

    55किनकि मेरो देह साँचो खाना हो, र मेरो रगत साँचो पिउने कुरा हो ।

  • 58स्वर्गबाट ओर्लिआएको रोटी यही हो, जुन पिताहरूले खाएर मरेजस्तो होइन । यो रोटी खाने सदासर्वदा जिउनेछ ।”

  • 31त्‍यसै बेला चेलाहरूले उहाँलाई यसो भन्‍दै अनुरोध गरिरहेका थिए, “रब्‍बी, खानुहोस् ।”

  • 40जब उहाँले यो भनी सक्‍नुभयो, उहाँले तिनीहरूलाई आफ्ना हातहरू र गोडा देखाउनुभयो ।