प्रेरितहरूको काम 16:29
झ्यालखानाका हाकिमले बत्ती बाल्न लगाए र दौडेर भित्र पसे अनि डराउँदै पावल र सिलासको सामु भुइँमा लम्पसार परे ।
झ्यालखानाका हाकिमले बत्ती बाल्न लगाए र दौडेर भित्र पसे अनि डराउँदै पावल र सिलासको सामु भुइँमा लम्पसार परे ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
30अनि उनीहरूलाई बाहिर निकाले र भने, “हजुर, उद्धार पाउनका निम्ति मैले के गर्नुपर्छ?”
31उनीहरूले भने, “प्रभु येशूमा विश्वास गर्नुहोस् अनि तपाईंले उद्धार पाउनुहुने छ, तपाईं र तपाईंको परिवारले ।”
32उनीहरूले प्रभुको वचन तिनलाई र तिनका घर-परिवारका सबैलाई सुनाए ।
33तब रातको त्यही घडी झ्यालखानाका हाकिमले उनीहरूलाई निकालेर लगे अनि उनीहरूका घाउचोटहरू सफा गरिदिए र झ्यालखानाका हाकिम र उनका सबै घरानालाई तुरुन्तै बप्तिस्मा दिइयो ।
34उनले पावल र सिलासलाई आफ्नो घरमा लिएर गए र तिनीहरूलाई खाना खुवाए । उनी उनका सबै घराना निकै रमाए किनभने उनीहरू सबैले परमेश्वरमा विश्वास गरेका थिए ।
35भोलिपल्ट बिहान न्यायाधीशहरूले झ्यालखानाका सिपाहीहरूलाई यसो भन्दै सन्देश पठाए, “ती मानिसहरूलाई छाडिदेओ ।”
23तिनीहरूले उनीहरूलाई धेरै पिटेपछि तिनीहरूले पावल र सिलासलाई झ्यालखानामा हालिदिए र उनीहरूमाथि कडा निगरानी राख्न झ्यालखानाका हाकिमलाई आदेश दिए ।
24आदेश पाउने बित्तिकै झ्यालखानाका हाकिमले उनीहरूलाई भित्री कोठामा थुने र उनीहरूका खुट्टाहरू ठिँगुरामा हालेर बाँधे ।
25मध्यरातमा पावल र सिलास परमेश्वरसँग प्रार्थना गर्दै र भजन गाउँदै थिए र अरू कैदीहरूले पनि त्यो कुराहरू सुनिरहेका थिए ।
26अचानक त्यहाँ एउटा ठुलो भूकम्प गयो जसले गर्दा झ्यालखानाका जगहरू हल्लिए । तुरन्तै झ्यालखानाका सबै ढोकाहरू खोलिए अनि सबैका साङ्लाहरू आफैँ खोलिए ।
27झ्यालखानाका हाकिम आफ्नो निद्राबाट ब्युँझिए र झ्यालखानाका सबै ढोकाहरू खुल्ला देखे । तब सबै कैदीहरू भागिसके भन्ने ठानेर उनले आफ्नो तरवार निकालेर आफूलाई मार्नै लागेका थिए ।
28तर पावलले चर्को सोरले कराएर भने, “आफूलाई हानि नगर्नुहोस् किनकि हामी सबैजना यहीँ छौँ ।”
37तर पावलले तिनीहरूलाई भने, “हामी निर्दोष रोमी नागरिक भए तापनि तिनीहरूले हामीलाई सार्वजनिक स्थलमा पिटेका छन् र हामीलाई झ्यालखानामा हालेका छन्; र अहिले हामीलाई सुटुक्क पठाउन खोज्दैछन्? वास्तवमा त्यसो होइन, तिनीहरू आफैँ आएर र हामीलाई छुटाएर लैजाउन् ।”
38तब झ्यालखानाका सिपाहीहरूले गएर न्यायाधीशहरूलाई यी कुरा सुनाए; अनि तिनीहरूले पावल र सिलास रोमी हुन् भन्ने थाहा पाएपछि न्यायाधीशहरू डराए ।
39न्यायाधीशहरू आफैँ आएर बिन्ति गरे र पावल र सिलासलाई झ्यालखानाबाट बाहिर निकाले अनि सहर छाडेर जान आग्रह गरे ।
40अनि पावल र सिलास झ्यालखानाबाट निस्केर लिडियाको घरमा गए । जब पावल र सिलासले दाजुभाइहरूलाई देखे, उनीहरूले तिनीहरूलाई प्रोत्साहन दिए र त्यस सहरबाट आफ्नो बाटो लागे ।
15तिनी र तिनका परिवार सबैजनालाई बप्तिस्मा दिएपछि तिनले हामीलाई यसो भन्दै आग्रह गरिन्, “यदि तपाईंहरूले मलाई प्रभुप्रति विश्वासयोग्य ठान्नुहुन्छ भने मेरो घरमा आएर बस्नुहोस् ।” भनी हामीलाई मनाइन् ।
16हामीहरू प्रार्थना गर्ने स्थानतर्फ जाँदै गर्दा, जोखना हेर्ने एउटी जवान स्त्रीसँग हाम्रो सामना भयो । त्यसले जोखना हेरेर आफ्ना मालिकहरूका निम्ति धेरै धन कमाइदिन्थी ।
17त्यो स्त्री यसो भन्दै पावल र हाम्रो पछि लागी, “यी मानिसहरू सर्वोच्च परमेश्वरका सेवकहरू हुन् । यिनीहरूले तपाईंहरूलाई मुक्तिको बाटो घोषणा गर्छन् ।”
18त्यसले धेरै दिनसम्म त्यसो गरिरही । तर त्यसबाट धेरै झिजो मानेर पावलले पछाडितिर फर्केर त्यो आत्मालाई भने, “येशू ख्रीष्टको नाउँमा म तँलाई यसबाट निस्केर जाने आज्ञा दिन्छु ।” र त्यो तुरुन्तै निस्केर गयो ।
19जब त्यस स्त्रीका मालिकहरूले आफ्नो कमाइको आशा गुम्नेभयो भन्ने थाहा पाए, तिनीहरूले पावल र सिलासलाई समातेर घिसार्दै बजारमा अधिकारीहरूका अगि लगे ।
9पावलले बोलिरहेको त्यो मानिसले सुन्यो । पावलले आफ्ना आँखा उसलाई एकटक लगाएर हेरे र त्यो मानिसमा निको हुनसक्ने विश्वास भएको देखे ।
10यसकारण उनले ठुलो स्वरमा त्यसलाई भने, “आफ्नो खुट्टामा उठ ।” अनि त्यो मानिस उफ्रियो र वरिपरि हिँड्न थाल्यो ।
11जब भिडले पावलले गरेका काम देखे, तब तिनीहरूले आफ्ना स्वर उच्चालेर कराउँदै लुकोनियाको भाषामा भने, “देवहरू मानिसहरूका रूपमा हामीकहाँ तल ओर्ली आएछन् ।”
6तर उठ र सहरमा जाऊ र तिमीले के गर्नुपर्छ भनी तिमीलाई बताइनेछ ।”
3तिनी जाँदै गर्दा जब तिनी दमस्कस नजिकै आइपुगे तब अकस्मात् तिनको वरिपरि स्वर्गबाट आएको ज्योति चम्क्यो ।
4तिनी भुइँमा ढले र तिनले यसो भन्ने आवाज सुने, “ए शाऊल, ए शाऊल, किन तिमी मेरो खेदो गर्दैछौ?”
9रातको समयमा पावलले एउटा दर्शन देखे जसमा माकेडोनियाका एकजना व्यक्ति उभिएर उनलाई यसो भनिरहेका थिए, “माकेडोनिया आउनुहोस् र हामीलाई सहायता गर्नुहोस् ।”
10पावलले त्यो दर्शन देखेपछि, परमेश्वरले हामीलाई तिनीहरूलाई सुसमाचार प्रचार गर्न बोलाउनुभएको हो भन्ने निष्कर्ष निकालेर हामीहरू तुरुन्तै माकेडोनियाको बाटोतर्फ लाग्यौँ ।
14तर जब प्रेरित पावल र बारनाबासले यो सुने, र तिनीहरूले आफ्ना लुगा च्याते र झट्टै कराउँदै मानिसहरूका भीडतिर गए ।
16त्यो दुष्ट आत्मा लागेको मानिस तिनीहरूमाथि झम्ट्यो र तिनीहरूलाई लछारपछार गरेर पिट्यो । तब तिनीहरू त्यस घरबाट नाङ्गै र घाइते भएर भागे ।
17एफिससमा बस्ने यहूदी र ग्रीक सबै विश्वासीहरूलाई यो कुरा थाहा भयो । यसले गर्दा उनीहरूमा ठुलो भय उत्त्पन्न भयो अनि प्रभु येशूको नाउँको महिमा भयो ।
10तर पावल तल गएर त्यसतिनीमाथि लम्पसार परे र त्यसलाई अँगालोमा हाले । त्यसपछि उनले भने “चिन्तित नहुनुहोस् किनभने ऊ जीवितै छन् ।”
32तुरुन्तै सिपाहीहरू र कप्तानहरू लिएर तिनी त्यस भिडतिर दौडे । जब मानिसहरूले प्रमुख कप्तान र सिपाहीहरूलाई देखे, उनीहरूले पावललाई कुट्न छोडे ।
33त्यसपछि प्रमुख कप्तान नजिक गए, र पावललाई समाते, र तिनलाई दुईवटा सिक्रीले बाँध्न आदेश दिए । तिनले उनी को थिए, र उनले के गरेका थिए भनी सोधे ।
8ती मानिस उफ्रँदै उठे र हिँड्नलाई सुरु गरे, अनि पत्रुस र यूहन्नासँगै हिँड्दै, उफ्रँदै र परमेश्वरको प्रशंसा गर्दै मन्दिरभित्र प्रवेश गरे ।
6म यात्रा गर्दै दमस्कसको नजिकै पुग्दा, मध्यान्हतिर अचानक स्वर्गबाट एउटा विशाल ज्योति मेरो वरिपरि चम्किन लाग्यो ।
7म भुइँमा लडेँ, र मलाई यस्तो भनेको आवाज सुनेँ, ʻए शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँदै छौ? ʼ
30सारा सहर नै उत्तेजित भयो, र सबै मानिसहरू सँगै दौडे, र तिनीहरूले पावललाई समाते । तिनीहरूले उनलाई घिसार्दै मन्दिर बाहिर ल्याए, र ढोकाहरू तुरुन्तै थुनिए ।
18तुरुन्तै शाऊलका आँखाबाट पाप्राजस्ता केही खसे र तिनले दृष्टि पाए । तिनी उठे र बप्तिस्मा लिए ।
28जब उसले येशूलाई देख्यो, ऊ चिच्च्यायो, उहाँको सामु लड्यो र उसले उच्च स्वरमा भन्यो, “सर्वोच्च परमेश्वरका पुत्र येशू, तपाईंसँग मेरो के सरोकार? म बिन्ती गर्छु कि मलाई नसताउनुहोस् ।”
8हामीहरू भेला भएको माथिल्लो कोठामा धेरै बत्तीहरू थिए ।
11मैले त्यो ज्योतिको चमकले गर्दा देख्न सकिनँ । त्यसैले, मसँग भएका मानिसहरूका हातबाट डोर्याइएर म दमस्कस गएँ ।
13अनि बाटोमा, मध्यदिनमा, हे राजा, मैले स्वर्गबाट आएको ज्योति देखेँ, जुन सूर्यभन्दा पनि चम्किलो थियो, र त्यो म र मसँग यात्रा गर्ने मानिसहरू दुवैका वरिपरि चम्कियो ।
7तब अचानक तिनको छेउमा प्रभुका दूत देखा परे र त्यस कोठामा ज्योति चम्क्यो । उनले पत्रुसको कोखामा हिर्काएर तिनलाई उठाए र भने, “छिटो उठ ।” त्यसपछि तिनका हातहरूबाट साङ्लाहरू झरे ।
9मसँग भएकाहरूले त्यो ज्योति त देखे, तर मसँग बोल्नुहुनेको आवाजलाई भने सुनेनन् ।
18त्यसैले, उनले जवान केटोलाई मुख्य कप्तानकहाँ लगे, र उनले भने, “कैदी पावलले मलाई बोलाए, र यो केटोलाई तपाईंकहाँ लैजान भने । उसँग तपाईंलाई भन्ने केही कुरा छ ।”
9राति दर्शनमा प्रभुले पावललाई भन्नुभयो, “नडराऊ, तर बोल र चुप नलाग ।
16तर पत्रुसले निरन्तर ढोका ढकढक्याइरहे र जब तिनीहरूले ढोका खोले, तिनीहरूले उनलाई देखे र चकित भए ।
11पुरै मण्डलीमा र यी कुराहरू सुन्ने सबैमा ठुलो डर छायो ।