प्रेरितहरूको काम 16:31

अनलक शाब्दिक बाइबल

उनीहरूले भने, “प्रभु येशूमा विश्‍वास गर्नुहोस् अनि तपाईंले उद्धार पाउनुहुने छ, तपाईं र तपाईंको परिवारले ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 45:22 : 22 ए पृथ्वीका अन्‍तिम छेउका हो, मतिर फर्क र बाँच । किनकि म नै परमेश्‍वर हुँ र त्‍यहाँ अरू कोही छैन ।
  • यूह 1:12 : 12 तर जतिले उहाँलाई स्‍वीकार गरे अर्थात् उहाँको नाउँमा विश्‍वास गरे उहाँले तिनीहरूलाई परमेश्‍वरका सन्तानहरू हुने अधिकार दिनुभयो ।
  • प्रेरि 2:38-39 : 38 अनि पत्रुसले तिनीहरूलाई भने, “पश्‍चात्ताप गर र तिमीहरू हरेकले तिमीहरूका पाप क्षमाको निम्ति येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लेओ र तिमीहरूले पवित्र आत्माको वरदान प्राप्‍त गर्नेछौ । 39 यो प्रतिज्ञा तिमीहरूका लागि, तिमीहरूका सन्तानहरूका लागि र टाढा-टाढा भएका सबैका लागि, र परमेश्‍वरले बोलाउनुहुने सबै मानिसहरूका लागि हो ।”
  • प्रेरि 11:13-14 : 13 उनले स्वर्गदूत तिनको घरमा उभिरहेको कसरी देखेका थिए, र तिनले उनलाई यसो भने भनी हामीलाई बताए, “योप्पामा मानिसहरूलाई पठाऊ र सिमोनलाई फर्काएर ल्याऊ, जसको अर्को नाउँ पत्रुस हो । 14 उनले तिम्रो लागि एउटा सन्देश बताउने छन् जसद्वारा तिमी बचाइनेछौ, तिमी र तिम्रो सबै घराना ।”
  • मर 16:16 : 16 जसले विश्‍वास गर्छ र बप्‍तिस्मा लिन्छ त्यो बचाइनेछ र जसले विश्‍वास गर्दैन त्यो दोषी ठहरिनेछ ।
  • यूह 3:36 : 36 पुत्रमा विश्‍वास गर्नेसँग अनन्त जीवन हुन्छ, तर पुत्रको अवाज्ञा गर्नेले जीवन देख्‍नेछैन, तर त्यसमाथि परमेश्‍वरको क्रोध पर्नेछ ।”
  • उत्प 17:7 : 7 तँ र तँपछिका तेरा सन्तानका परमेश्‍वर हुनलाई तेरो र मेरो र तँपछिका तेरा सन्‍तानको बिचमा नित्य रहिरहने करार म स्थापित गर्नेछु ।
  • उत्प 18:19 : 19 किनभने मैले त्‍यसलाई आफ्‍ना छोराछोरीहरू र घरानालाई धर्म र न्‍याय गरेर परमप्रभुको मार्ग पालन गर्नलाई आज्ञा देओस्‌ भनेर छानेको छु, ताकि परमप्रभुले अब्राहामलाई भन्‍नुभएको कुरा पुरा गर्नुभएको होस् ।”
  • प्रेरि 15:11 : 11 तर हामी विश्‍वास गर्दछौँ कि हामीहरू प्रभु येशूको अनुग्रहद्वारा बचाइनेछौँ, जसरी तिनीहरू पनि बचाइए ।’’
  • प्रेरि 16:15 : 15 तिनी र तिनका परिवार सबैजनालाई बप्‍तिस्‍मा दिएपछि तिनले हामीलाई यसो भन्दै आग्रह गरिन्, “यदि तपाईंहरूले मलाई प्रभुप्रति विश्‍वासयोग्य ठान्‍नुहुन्छ भने मेरो घरमा आएर बस्‍नुहोस् ।” भनी हामीलाई मनाइन् ।
  • गलाती 3:26 : 26 किनकि ख्रीष्‍ट येशूमा विश्‍वासद्वारा तिमीहरू सबै परमेश्‍वरका पुत्रहरू हौ ।
  • एफिसी 2:7-8 : 7 आउँदा दिनहरूमा उहाँको अनुग्रहको प्रशस्तता हामीलाई प्रकट गराउने हेतुले उहाँले यसो गर्नुभयो । ख्रीष्‍ट येशूमा उहाँको दयाद्वारा उहाँले यो देखाउनुहुन्छ । 8 किनकि तिमीहरू अनुग्रहबाट विश्‍वासद्वारा बचाइएका छौ, र यो तिमीहरूबाट आएको होइन तर यो परमेश्‍वरको उपहार हो ।
  • १ यूह 5:10-13 : 10 जसले परमेश्‍वरका पुत्रमा विश्‍वास गर्छ त्यो आफैँसँग गवाही हुन्छ । जसले परमेश्‍वरलाई विश्‍वास गर्दैन, त्यसले उहाँलाई झुटो बनाएको छ, किनभने परमेश्‍वरले उहाँका पुत्रको विषयमा दिनुभएको गवाहीलाई त्यसले विश्‍वास गरेको छैन । 11 अनि गवाही यही हो, कि परमेश्‍वरले हामीलाई अनन्त जीवन दिनुभयो, र यो जीवन उहाँका पुत्रमा छ । 12 जससँग पुत्र छ, त्यससँग जीवन छ; जससँग परमेश्‍वरका पुत्र हुनुहुन्‍न, त्यससँग जीवन हुँदैन । 13 मैले यी कुराहरू परमेश्‍वरका पुत्रको नाउँमा विश्‍वास गर्ने अर्थात् तिमीहरूलाई लेखेको छु, ताकि तिमीहरूसित अनन्त जीवन छ भन्‍ने तिमीहरूले जान्‍न सक ।
  • प्रेरि 13:38-39 : 38 त्यसैले भाइहरू हो, यो कुरा तपाईंहरूलाई थाहा होस् कि यिनै मानिसद्वारा तपाईंहरूलाई पाप क्षमाको घोषणा गरिन्छ । 39 विश्‍वास गर्ने हरेक उहाँद्वारा सबै थोकहरूबाट धर्मी ठहरिइन्छ, जसबाट मोशाको व्यवस्थाले तपाईंहरूलाई धर्मी ठहराउन सकेको थिएन ।
  • प्रेरि 4:12 : 12 अरू कुनै व्यक्तिमा मुक्ति छैन किनभने हामी बचाइनका लागि स्वर्गमुनि मानिसहरूका माझमा अर्को कुनै नाउँ दिइएको छैन ।”
  • प्रेरि 8:36 : 36 तिनीहरू जाँदै गर्दा तिनीहरू केही पानी भएको ठाउँमा आइपुगे । नपुंसकले भने, “हेर्नुहोस्, यहाँ पानी छ । मलाई बप्‍तिस्मा लिनदेखि केले रोक्छ?”
  • यूह 3:15-16 : 15 ताकि उहाँमा विश्‍वास गर्ने सबैले अनन्त जीवन पाऊन् । 16 किनभने परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमा ‍विश्‍वास गर्ने कोही पनि नमरोस्, तर उसले अनन्त जीवन पाओस् ।
  • प्रेरि 16:32 : 32 उनीहरूले प्रभुको वचन तिनलाई र तिनका घर-परिवारका सबैलाई सुनाए ।
  • प्रेरि 18:8 : 8 सभाघरका अगुवा क्रिस्पस र तिनका सारा परिवारले प्रभुमा विश्‍वास गरे । पावलका कुरा सुन्‍ने कोरिन्थका धेरै मानिसहरूले विश्‍वास गरे र बप्‍तिस्मा लिए ।
  • रोमी 5:1-2 : 1 ¶ हामी विश्‍वासद्वारा धर्मी ठहरिने हुनाले हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा हामी परमेश्‍वरसँग शान्‍तिमा छौँ । 2 हामीले उहाँप्रतिको विश्‍वासद्वारा यो अनुग्रहमा प्रवेश पाएका छौँ जसमा हामी खडा छौँ । हामी परमेश्‍वरले हामीलाई भविष्यको निम्ति दिनुहुने दृढता अर्थात् हामी परमेश्‍वरको महिमामा सहभागी हुनेछौँ भन्‍ने दृढतामा रमाउँछौँ ।
  • रोमी 10:9-9 : 9 यदि तिमीले तिम्रो मुखले येशूलाई प्रभु भनी स्वीकार गर्छौ र परमेश्‍वरले उहाँलाई मृतकहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्‍वास गर्छौ भने, तिमी बचाइनेछौ । 10 किनकि मानिसले धार्मिकताको निम्ति आफ्नो हृदयले विश्‍वास गर्छ, र उसले उद्धारको निम्ति आफ्नो मुखले स्वीकार गर्छ ।
  • रोमी 11:16 : 16 यदि अगौटे फलहरूलाई बचाएर राखिन्छ भने मुछेको पिठोको ढिक्‍कालाई पनि त्यसै गरिन्छ । यदि जरालाई बचाएर राखिन्छ भने हाँगाहरूलाई पनि त्यसै गरिन्छ ।
  • गलाती 3:14 : 14 यसको उद्देश्य यही थियो, कि अब्राहाममा भएको आशिष् ख्रीष्‍ट येशूद्वारा गैरयहूदीहरूमाझ आउन सकोस्, ताकि हामीले विश्‍वासद्वारा पवित्र आत्माको प्रतिज्ञा प्राप्‍त गर्न सकौँ ।
  • गलाती 3:22 : 22 तर त्यसको सट्टामा, पापको अधीनमा रहेका सबै कुरालाई धर्मशास्‍त्रले कैदमा राख्यो । परमेश्‍वरले यो गर्नुभयो ताकि येशू ख्रीष्‍टमा विश्‍वासद्वारा हामीलाई बचाउने उहाँको प्रतिज्ञालाई विश्‍वास गर्नेहरूलाई दिन सकियोस् ।
  • यिर्मि 32:39 : 39 म तिनीहरूलाई हरेक दिन मेरो आदर गर्न एकै किसिमको हृदय र एउटा मात्र मार्ग दिनेछु, यसरी तिनीहरू र तिनीहरूपछि आउने तिनीहरूका सन्तानहरूका लागि भलो होस् ।
  • हब 2:4 : 4 हेर्, गलत इच्छा गर्नेचाहिँ घमण्डले फुलेको छ । तर धर्मीचाहिँ आफ्नो विश्‍वासले जिउनेछ ।
  • यूह 6:40 : 40 किनकि मेरा पिताको इच्छा यही हो, कि पुत्रलाई देख्‍ने र उहाँमा विश्‍वास गर्ने सबैले अनन्त जीवन पाऊन् र अन्तिम दिनमा तिनीहरूलाई म जीवित पारूँ ।”
  • यूह 6:47 : 47 साँचो, साँचो, जसले विश्‍वास गर्छ, त्यससँग अनन्त जीवन हुन्छ ।
  • यूह 7:37-38 : 37 चाडको अन्तिम महान् दिनमा येशू खडा हुनुभयो र ठुलो सोरमा भन्‍नुभयो, “यदि कोही तिर्खाएको छ भने त्यो मकहाँ आओस् र पिओस् । 38 धर्मशास्‍त्रले भनेझैँ जसले मलाई विश्‍वास गर्छ त्यसको पेटबाट जीवित पानीका नदीहरू बग्‍नेछन् ।”
  • यूह 11:25-26 : 25 येशूले तिनलाई भन्‍नुभयो, “पुनरुथान र जीवन म नै हुँ; जसले मलाई विश्‍वास गर्छ, त्यो मरे तापनि जीवित हुनेछ । 26 जसले मलाई विश्‍वास गर्छ र ममा जिउँछ त्यो कहिल्यै मर्नेछैन । के तिमी यो विश्‍वास गर्छ्यौ?”
  • यूह 20:31 : 31 तर यीचाहिँ लेखिएका छन्, ताकि येशू नै ख्रीष्‍ट अर्थात् परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी तिमीहरूले विश्‍वास गर्न सक र विश्‍वास गरेर उहाँको नाउँमा तिमीहरूले जीवन पाउन सक ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 89%

    32उनीहरूले प्रभुको वचन तिनलाई र तिनका घर-परिवारका सबैलाई सुनाए ।

    33तब रातको त्यही घडी झ्यालखानाका हाकिमले उनीहरूलाई निकालेर लगे अनि उनीहरूका घाउचोटहरू सफा गरिदिए र झ्यालखानाका हाकिम र उनका सबै घरानालाई तुरुन्तै बप्‍तिस्‍मा दिइयो ।

    34उनले पावल र सिलासलाई आफ्नो घरमा लिएर गए र तिनीहरूलाई खाना खुवाए । उनी उनका सबै घराना निकै रमाए किनभने उनीहरू सबैले परमेश्‍वरमा विश्‍वास गरेका थिए ।

    35भोलिपल्ट बिहान न्यायाधीशहरूले झ्यालखानाका सिपाहीहरूलाई यसो भन्दै सन्देश पठाए, “ती मानिसहरूलाई छाडिदेओ ।”

  • 84%

    12पवित्र आत्माले मलाईं उनीहरूसँग जानु र मैले तिनीहरूको सम्बन्धमा कुनै विभेद गर्नुहुँदैन भनी आज्ञा दिनुभयो । यी छ जना भाइहरू मसँग गए र हामी त्यो मानिसको घरभित्र गयौँ ।

    13उनले स्वर्गदूत तिनको घरमा उभिरहेको कसरी देखेका थिए, र तिनले उनलाई यसो भने भनी हामीलाई बताए, “योप्पामा मानिसहरूलाई पठाऊ र सिमोनलाई फर्काएर ल्याऊ, जसको अर्को नाउँ पत्रुस हो ।

    14उनले तिम्रो लागि एउटा सन्देश बताउने छन् जसद्वारा तिमी बचाइनेछौ, तिमी र तिम्रो सबै घराना ।”

    15जब म तिनिहरूसँग बोल्न थालेँ, तिनीहरूमाथि पवित्र आत्मा आउनुभयो, जसरी सुरुमा हामीमाथि आउनुभएको थियो ।

    16कसरी उहाँले भन्‍नुभएको थियो, तब मैले प्रभुका वचनहरूलाई सम्झेँ, ‘‘यूहन्‍नाले पानीले बप्‍तिस्मा दिए, तर तिमीहरूलाई पवित्र आत्मामा बप्‍तिस्मा दिइनेछ ।’’

  • 83%

    28तर पावलले चर्को सोरले कराएर भने, “आफूलाई हानि नगर्नुहोस् किनकि हामी सबैजना यहीँ छौँ ।”

    29झ्यालखानाका हाकिमले बत्ती बाल्न लगाए र दौडेर भित्र पसे अनि डराउँदै पावल र सिलासको सामु भुइँमा लम्पसार परे ।

    30अनि उनीहरूलाई बाहिर निकाले र भने, “हजुर, उद्धार पाउनका निम्ति मैले के गर्नुपर्छ?”

  • 11तर हामी विश्‍वास गर्दछौँ कि हामीहरू प्रभु येशूको अनुग्रहद्वारा बचाइनेछौँ, जसरी तिनीहरू पनि बचाइए ।’’

  • 15तिनी र तिनका परिवार सबैजनालाई बप्‍तिस्‍मा दिएपछि तिनले हामीलाई यसो भन्दै आग्रह गरिन्, “यदि तपाईंहरूले मलाई प्रभुप्रति विश्‍वासयोग्य ठान्‍नुहुन्छ भने मेरो घरमा आएर बस्‍नुहोस् ।” भनी हामीलाई मनाइन् ।

  • मर 16:15-16
    2 पदहरू
    75%

    15उहाँले तिनीहरूलाई भन्‍नुभयो, “सारा संसारमा जाओ, र समग्र सृष्‍टिलाई सुसमाचार प्रचार गर ।

    16जसले विश्‍वास गर्छ र बप्‍तिस्मा लिन्छ त्यो बचाइनेछ र जसले विश्‍वास गर्दैन त्यो दोषी ठहरिनेछ ।

  • रोमी 10:8-10
    3 पदहरू
    72%

    8तर यसले के भन्छ? “वचन तिमीहरूको नजिकै छ, तिमीहरूको मुख र हृदयमा नै छ ।” त्यो विश्‍वासको वचन हो, जुन हामी घोषणा गर्छौं ।

    9यदि तिमीले तिम्रो मुखले येशूलाई प्रभु भनी स्वीकार गर्छौ र परमेश्‍वरले उहाँलाई मृतकहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्‍वास गर्छौ भने, तिमी बचाइनेछौ ।

    10किनकि मानिसले धार्मिकताको निम्ति आफ्नो हृदयले विश्‍वास गर्छ, र उसले उद्धारको निम्ति आफ्नो मुखले स्वीकार गर्छ ।

  • 13किनकि प्रभुको नाम पुकार्ने सबै बचाइनेछन् ।

  • 21यस्तो हुनेछ कि परमेश्‍वरको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ ।

  • 8सभाघरका अगुवा क्रिस्पस र तिनका सारा परिवारले प्रभुमा विश्‍वास गरे । पावलका कुरा सुन्‍ने कोरिन्थका धेरै मानिसहरूले विश्‍वास गरे र बप्‍तिस्मा लिए ।

  • 71%

    36तिनीहरू जाँदै गर्दा तिनीहरू केही पानी भएको ठाउँमा आइपुगे । नपुंसकले भने, “हेर्नुहोस्, यहाँ पानी छ । मलाई बप्‍तिस्मा लिनदेखि केले रोक्छ?”

    37त्यसैले, ती इथियोपियालीले रथ रोक्‍न आज्ञा दिए अनि फिलिप र नपुंसक दुवै जना पानी भएको ठाउँमा गए र फिलिपले तिनलाई बप्‍तिस्मा दिए ।

  • 5मानिसहरूले त्यो कुरा सुनेपछि उनीहरूले प्रभु येशूको नाउँमा बप्‍तिस्मा लिए ।

  • 70%

    36यसकारण इस्राएलका सबै घरानाले यो निश्‍चयसाथ जानून कि यही येशू जसलाई तपाईंहरूले क्रुसमा टाँग्‍नुभयो, परमेश्‍वरले उहाँलाई प्रभु र ख्रीष्‍ट दुवै बनाउनु भयो ।

    37जब तिनीहरूले यो सुने, तिनीहरूको हृदय छिया-छिया भयो र तिनीहरूले पत्रुस र अरू बाँकी प्रेरितहरूलाई भने, “भाइहरू हो, हामी के गरौँ?”

    38अनि पत्रुसले तिनीहरूलाई भने, “पश्‍चात्ताप गर र तिमीहरू हरेकले तिमीहरूका पाप क्षमाको निम्ति येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लेओ र तिमीहरूले पवित्र आत्माको वरदान प्राप्‍त गर्नेछौ ।

    39यो प्रतिज्ञा तिमीहरूका लागि, तिमीहरूका सन्तानहरूका लागि र टाढा-टाढा भएका सबैका लागि, र परमेश्‍वरले बोलाउनुहुने सबै मानिसहरूका लागि हो ।”

    40अरू धेरै वचनहरूद्वारा तिनले गवाही दिए र तिनीहरूलाई आग्रह गरे । तिनले भने, “यो दुष्‍ट पुस्ताबाट तिमीहरूले आफैँलाई बचाओ ।”

  • 42यो खबर सारा योप्पाभरि फैलियो र धेरै मानिसहरूले प्रभुमा विश्‍वास गरे ।

  • 53त्‍यसपछि यो येशूले “तिम्रो छोरा बाँच्‍छ” भन्‍नुभएको घडी थियो भन्‍ने ती बुबाले महसुस गरे । यसकारण तिनी र तिनका आफ्ना सम्‍पूर्ण घरानाले विश्‍वास गरे ।

  • 42येशूले भन्‍नुभयो, “तिमी देख्‍ने भइ जाऊ । तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ ।”

  • 31तर पावलले सिपाहीहरू र उनीहरूका कप्‍तानलाई भने, “यी मानिसहरू यस जहाजमा बसेनन् भने तपाईंहरू जीवित रहन सक्‍नुहुने छैन ।”

  • 17त्यो स्‍त्री यसो भन्दै पावल र हाम्रो पछि लागी, “यी मानिसहरू सर्वोच्‍च परमेश्‍वरका सेवकहरू हुन् । यिनीहरूले तपाईंहरूलाई मुक्तिको बाटो घोषणा गर्छन् ।”

  • 68%

    39न्यायाधीशहरू आफैँ आएर बिन्ति गरे र पावल र सिलासलाई झ्यालखानाबाट बाहिर निकाले अनि सहर छाडेर जान आग्रह गरे ।

    40अनि पावल र सिलास झ्यालखानाबाट निस्केर लिडियाको घरमा गए । जब पावल र सिलासले दाजुभाइहरूलाई देखे, उनीहरूले तिनीहरूलाई प्रोत्साहन दिए र त्यस सहरबाट आफ्नो बाटो लागे ।

  • 68%

    47किनभने परमेश्‍वरले हामीलाई यस्तो आज्ञा गर्नुभएको छ, ‘मैले तिमीलाई गैरयहूदीहरूका निम्ति ज्योतिको रूपमा राखेकोछु, र पृथ्वीको अन्तिम छेउसम्म तिमीहरूले मुक्ति ल्याउनु पर्छ ।”

    48जब गैरयहूदीहरूले यो सुने, तिनीहरू खुसी भए र परमेश्‍वरको वचनको महिमा गरे । अनन्त जीवनका लागि नियुक्त गरिएका जतिले विश्‍वास गरे ।

  • 16अब तिमी किन पर्खिंदै छौ? उठ, बप्‍तिस्मा लेऊ, र उहाँको नाउँ पुकारेर आफ्ना पापहरू पखाल ।

  • 26भाइहरू, अब्राहामका वंशका सन्तानहरू, र तपाईंहरूमध्ये जसले परमेश्‍वरलाई आराधना गर्नुहुन्छ, यो मुक्तिबारेको सन्देश हामीहरूलाई नै पठाइएको छ ।

  • 28त्यसकारण, तिमीले जान्‍नुपर्ने हुन्छ, कि परमेश्‍वरको मुक्‍तिलाई अन्यजातिहरूका निम्ति पठाईएको छ,र तिनीहरूले सुन्‍नेछन् ।

  • 12अरू कुनै व्यक्तिमा मुक्ति छैन किनभने हामी बचाइनका लागि स्वर्गमुनि मानिसहरूका माझमा अर्को कुनै नाउँ दिइएको छैन ।”

  • 6तर उठ र सहरमा जाऊ र तिमीले के गर्नुपर्छ भनी तिमीलाई बताइनेछ ।”

  • 48तिनले तिनीहरूलाई येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लिनू भन्‍ने आज्ञा दिए । तिनीहरूले तिनलाई केही दिन तिनीहरूसँगै बस्‍न अनुरोध गरे ।

  • 25त्यसकारण, मानिसहरू, साहसी हुनुहोस् किनभने म परमेश्‍वरलाई भरोसा गर्दछु, कि मलाई जे भनिएको छ त्यस्तै हुनेछ ।

  • 12तर जब फिलिपले परमेश्‍वरको राज्य र येशू ख्रीष्‍टको सुसमाचारको बारेमा जे प्रचार गरे तिनीहरूले त्यसमाथि विश्‍वास गरे अनि पुरुष र स्‍त्रीहरू दुवैले बप्‍तिस्मा लिए ।

  • 50तब येशूले स्‍त्रीलाई भन्‍नुभयो, “तिम्रो विश्‍वासले तिमीलाई बचाएको छ, शान्तिसँग जाऊ ।”

  • 27तिनीहरू एन्टिओखियामा आइपुगेपछि सभा बोलाए अनि तिनीहरूले परमेश्‍वरले तिनीहरूसँग गर्नुभएका कामहरू र गैरयहूदीहरूका बिचमा कसरी उहाँले विश्‍वासको ढोका खोलिदिनुभयो, सोबारे सबै कुरा बताए ।

  • 21र तिनीहरूसँग प्रभुको हात थियो, ठुलो संख्यामा मानिसहरूले विश्‍वास गरे र प्रभुतिर फर्के ।