प्रेरितहरूको काम 2:27

अनलक शाब्दिक बाइबल

किनभने तपाईंले मेरो प्राणलाई पातालमा त्याग्‍नुहुनेछैन न त तपाईंले तपाईंका पवित्रजनलाई कुहिन दिनुहुनेछ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रेरि 2:31 : 31 तिनले यो कुरा पहिला नै देखे र ख्रीष्‍टको पुनरुथानको बारेमा यसरी बताए, ‘उहाँ नत पातालमा त्यागिनु भयो नत उहाँको शरीर नै कुहियो ।’
  • प्रका 1:18 : 18 म जीवित छु । म मरेको थिएँ, तर हेर, म सदाका निम्ति जीवित रहन्छु, अनि मृत्यु र पातालका साँचाहरू मसित छन् ।
  • प्रका 20:13 : 13 समुद्रमा भएका मृतकहरूलाई त्यसले फिर्ता गरिदियो । मृत्यु र पातालले तिनीहरूमा भएका मृतकहरूलाई दिए, र तिनीहरूले गरेका कामअनुसार मृतकहरूको न्याय भयो ।
  • भजन 49:15 : 15 तर परमेश्‍वरले मेरो जीवनलाई चिहानको शक्तिबाट उद्धार गर्नुहुनेछ । उहाँले मलाई ग्रहण गर्नुहुनेछ । सेला
  • भजन 86:13 : 13 किनकि मप्रति तपाईंको करारको विश्‍वस्‍तता महान् छ । तपाईंले मेरो जीवनलाई चिहानको गहिराइबाट बचाउनुभएको छ ।
  • भजन 89:19 : 19 धेरै अघि आफ्ना विश्‍वासी जनहरूसँग तपाईं बोल्नुभयो । तपाईंले भन्‍नुभयो, “मैले वीर मानिसलाई मुटुक लगाइदिएको छु ।” मैले मानिसहरू माझबाट चुनिएको एक जनालाई उठाएको छु ।
  • लू 1:35 : 35 अनि स्वर्गदूतले जवाफ दिए, र उनलाई भने, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ र सर्वोच्‍चका परमेश्‍वरको शक्‍तिले तिमीलाई ढाक्‍नेछ । त्यसैले, जो पवित्र जन्मनुहुनेछ उहाँलाई परमेश्‍वरका पुत्र भनेर बोलाइनेछ ।
  • लू 4:34 : 34 “नासरतका येशू, हामीहरूसँग तपाईंको के सरोकार छ? के तपाईं हामीलाई नाश गर्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी मलाई थाहा छ । तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ ।”
  • लू 16:23 : 23 र नरकमा कष्‍ट भोगिरहेको बेला, उसले आफ्ना आँखा उठाएर हेर्‍यो र टाढामा अब्राहामलाई र तिनको छातीमा आड लागेको लाजरसलाई देख्यो ।
  • यूह 11:39 : 39 येशूले भन्‍नुभयो, “ढुङ्गा हटाऊ ।” लाजरस जो मरेका थिए, तिनकी दिदी मार्थाले येशूलाई भनिन्, “प्रभु, अहिलेसम्म त शरीर कुहिसकेको हुनेछ, किनकि तिनी मरेको चार दिन भइसक्यो ।”
  • भजन 116:3 : 3 मृत्युका डोरीहरूले मलाई बेह्रे र चिहानको पसोहरूले मेरो सामान गरे । मैले वेदना र दुःखको महसुस गरें ।
  • योना 2:6 : 6 पहाडका फेदहरूमा म तल गएँ, र पृथ्वीले आफ्ना घेराहरूले सदाको निम्ति मलाई थुनिदियो । तापनि हे परमप्रभु, मेरा परमेश्‍वर, तपाईंले मेरो जीवनलाई खाडलबाट माथि ल्‍याउनुभयो ।
  • मत्त 11:23 : 23 तँ कफर्नहुम, के तँ स्वर्गमा उचालिनेछस् भनी सम्झन्छस् । होइन, तँलाई तल पातालमा झारिनेछ । किनकि यदि तँमा गरिएका शक्‍तिशाली कार्यहरू सदोममा गरिएका भए, त्यो आजसम्म पनि रहिरहने थियो ।
  • मर 1:24 : 24 भन्‍यो, “हे नासरतका येशू, तपाईंसँग हाम्रो के सरोकार? के तपाईं हामीलाई नाश पार्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी म चिन्छु । तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ ।”
  • अय्यू 19:25-27 : 25 तर मेरो बारेमा, मेरा उद्धारक जिउँदो हुनुहुन्छ, र अन्त्यमा उहाँ पृथ्वीमा खडा रहनुहुनेछ । 26 मेरो शरीरको छाला, अर्थात् शरीर पूरै गलेपछि, मेरो शरीरमा नै म परमेश्‍वरलाई देख्‍नेछु । 27 मेरा आफ्नै आँखाले— अरू कसैको होइन म आफैंले उहाँलाई देख्‍नेछु । मेरो हृदय मभित्रै विह्वल बन्छ ।
  • प्रका 3:7 : 7 “फिलाडेल्फियामा भएको मण्डलीका दूतलाई लेखः ‘जो सत्य र पवित्र हुनुहुन्छ, यी वचनहरू उहाँका हुन्, उहाँले दाऊदको साँचोलाई पक्रनुभएको छ, उहाँले खोल्नुहुन्छ र कसैले पनि बन्द गर्न सक्दैन, उहाँले बन्द गर्नुहुन्छ र कसैले पनि खोल्न सक्दैन ।
  • प्रेरि 3:14 : 14 तपाईंले पवित्र र धर्मी जनलाई इन्कार गर्नुभयो र उहाँको सट्टामा तपाईंहरूले एउटा हत्यारालाई छोडिदिन आग्रह गर्नुभयो ।
  • प्रेरि 4:27 : 27 वास्तवमा, गैरयहूदीहरू र इस्राएलका मानिसहरूसँगै हेरोद र पन्तियस पिलातस दुवै यो शहरमा तपाईंले अभिषेक गर्नुभएका तपाईंका पवित्र सेवक येशूको विरुद्धमा भेला भए ।
  • प्रेरि 13:27-37 : 27 यरूशलेममा बस्‍नेहरू र तिनीहरूका शासकहरूले उहाँलाई वास्तमै चिनेनन्, न त हरेक शबाथमा पढिने अगमवक्‍ताहरूको आवजलाई नै बुझे । त्यसकारण तिनीहरूले यसरी येशूलाई मृत्यु दण्डको आज्ञा दिएर अगमवक्‍ताको भविष्यवाणीलाई पुरा गरे । 28 उहाँलाई मृत्यु दण्डका निम्ति कुनै पनि दोष नभेट्टाए तापनि तिनीहरूले पिलातससँग उहाँलाई मार्न माग गरे । 29 जब तिनीहरूले उहाँको बारेमा लेखिएका यी सबै कुराहरू पुरा गरे, तिनीहरूले उहाँलाई रुखबाट ओराले र चिहानमा राखे । 30 तर परमेश्‍वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो । 31 गालीलदेखि यरूशलेमसम्म उहाँसँगै आएका मानिसहरूकहाँ उहाँ धेरै दिनसम्म देखापर्नु भयो । अहिले यिनीहरू नै मानिसहरूका लागि उहाँका साक्षी भएका छन् । 32 यसकारण हाम्रा पितापुर्खाहरूलाई प्रतिज्ञा गरिएको असल समाचार हामीले तपाईंहरूकहाँ ल्याएकाछौँ । 33 परमेश्‍वरले येशूलाई मृत्युबाट जीवित पार्नुहुँदा, हामी तिनीहरूका सन्तानहरूका निम्ति उहाँले यी प्रतिज्ञाहरू पुरागरिदिनुभयो । जसरी यो दोस्रो भजनमा पनि लेखिएको छः ‘तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता भएको छु ।’ 34 उहाँको शरीर नकुहोस् भनी उहाँले येशूलाई मृत्युबाट जीवित पार्नुभयो भन्‍ने तथ्यबारे उहाँले यसरी बोल्नुभएको छ, ‘म तिमीलाई दाऊदको पवित्र र निश्‍चित आशिष् दिनेछु ।’ 35 यसैकारणले गर्दा उहाँले अर्को भजन पनि यसरी भन्‍नुभएको छ, ‘तपाईंले आफ्नो पवित्र जनलाई कुहिन दिनुहुनेछैन ।’ 36 किनभने दाऊदले उनको पुस्तामा परमेश्‍वरको इच्छाअनुसार सेवा गरेपछि, उनको मृत्य भयो र उनलाई उनका पितापुर्खाहरूसँगै राखियो र उनको शरीर कुहियो । 37 तर जसलाई परमेश्‍वरले जीवित पार्नुभयो उहाँलको शरीर कुहिएन ।
  • १ कोरि 15:52 : 52 हामीहरू एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको अन्तिम आवाजमा परिवर्तन हुनेछौँ । किनकि तुरही बज्‍नेछ र मरेकाहरू अविनाशी शरीरमा जीवित पारिनेछन् र हामी परिवर्तन हुनेछौँ ।
  • १ कोरि 15:55 : 55 “हे मृत्यु तेरो विजय कहाँ छ? मृत्यु तेरो खिल कहाँ छ?”
  • १ यूह 2:20 : 20 तर तिमीहरूसँग पवित्र हुनुहुनेबाटको अभिषेक छ, र तिमीहरू सबैले सत्‍य जान्दछौ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 16:9-11
    3 पदहरू
    96%

    9यसकारण मेरो हृदय खुसी छ । मेरो महिमा आनन्‍दित छ । निश्‍चय नै म सुरक्षामा जिउनेछु ।

    10किनकि तपाईंले मरो प्राणलाई चिहानमा त्यग्‍नुहुनेछैन । तपाईंले आफ्नो विश्‍वासयोग्यलाई खाडल देख्‍न दिनुहुन्‍न ।

    11तपाईंले मलाई जीवनको बाटो सिकाउनुहुन्‍छ । तपाईंको उपस्थितिमा प्रशस्‍त आनन्दले वास गर्छ, तपाईंको दाहिने हातमा खुसी सदासर्वदा रहन्‍छ ।”

  • 87%

    34उहाँको शरीर नकुहोस् भनी उहाँले येशूलाई मृत्युबाट जीवित पार्नुभयो भन्‍ने तथ्यबारे उहाँले यसरी बोल्नुभएको छ, ‘म तिमीलाई दाऊदको पवित्र र निश्‍चित आशिष् दिनेछु ।’

    35यसैकारणले गर्दा उहाँले अर्को भजन पनि यसरी भन्‍नुभएको छ, ‘तपाईंले आफ्नो पवित्र जनलाई कुहिन दिनुहुनेछैन ।’

    36किनभने दाऊदले उनको पुस्तामा परमेश्‍वरको इच्छाअनुसार सेवा गरेपछि, उनको मृत्य भयो र उनलाई उनका पितापुर्खाहरूसँगै राखियो र उनको शरीर कुहियो ।

    37तर जसलाई परमेश्‍वरले जीवित पार्नुभयो उहाँलको शरीर कुहिएन ।

  • 31तिनले यो कुरा पहिला नै देखे र ख्रीष्‍टको पुनरुथानको बारेमा यसरी बताए, ‘उहाँ नत पातालमा त्यागिनु भयो नत उहाँको शरीर नै कुहियो ।’

  • 79%

    24उहाँलाई मृत्युका पीडाहरूबाट छुटाएर परमेश्‍वरले उहाँलाई जीवित पार्नुभयो किनभने उहाँ यसको अधीनमा रहिरहन सम्भव थिएन ।

    25किनभने दाऊदले उहाँको बारेमा भनेकाछन्, ‘परमप्रभुलाई मैले सधैँ मेरो मुहार अगाडि देखेँ । उहाँ मेरो दाहिने हात नजिक हुनुहुन्छ, यसकारण म नडगमगाउनु पर्दैन ।

    26यसकारण मेरो हृदय आनन्दित थियो र मेरो जिब्रोले आनन्द मनायो । मेरो शरीरले पनि दृढतामा वास गर्नेछ ।

  • 28तपाईंले मलाई जीवनका मार्गहरू प्रकट गर्नुभयो । तपाईंले आफ्नो मुहारले मलाई खुसीले भरिपूर्ण बनाउनुहुनेछ ।

  • 3हे परमप्रभु, तपाईंले मेरो प्राणलाई चिहानबाट माथि ल्याउनुभएको छ । तपाईंले मलाई चिहानमा जानबाट जीवित राख्‍नुभएको छ ।

  • 15तर परमेश्‍वरले मेरो जीवनलाई चिहानको शक्तिबाट उद्धार गर्नुहुनेछ । उहाँले मलाई ग्रहण गर्नुहुनेछ । सेला

  • 13किनकि मप्रति तपाईंको करारको विश्‍वस्‍तता महान् छ । तपाईंले मेरो जीवनलाई चिहानको गहिराइबाट बचाउनुभएको छ ।

  • 8किनकि मेरो जीवनलाई मृत्‍युबाट, मेरा आँखाहरूबाट आँशु झर्नबाट र मेरा खुट्टाहरूलाई ठेस खानबाट तपाईंले बचाउनुभयो ।

  • 13किनकि तपाईंले मेरो जीवनलाई मृत्युबाट बचाउनुभएको छ । तपाईंले मेरा गोडाहरूलाई लड्नबाट जोगाउनुभएको छ, ताकि म जीवितहरूका अघि परमेश्‍वरको उपस्‍थितिमा हिंड्न सकूँ ।

  • यशा 38:17-18
    2 पदहरू
    70%

    17मेरै भलाइको निम्ति मैले यस्तो शोकको अनुभव गरें । तपाईंले मलाई विनाशको खाडलबाट छुटकारा दिनुभएको छ । किनकि तपाईंले मेरा सबै पापहरूलाई आफ्‍नो पछाडि फाल्‍नुभएको छ ।

    18किनकि चिहानले तपाईंलाई धन्यवाद दिंदैन । मृत्युले तपाईंको प्रशंसा गर्दैन । चिहानतिर जानेहरूले तपाईंको विश्‍वस्‍तताको आशा गर्दैनन् ।

  • भजन 118:17-18
    2 पदहरू
    70%

    17म मर्नेछैन, तर जिउनेछु र परमप्रभुका कामहरू घोषणा गर्नेछु ।

    18परमप्रभुले मलाई कठोर किसिमले दण्ड दिनुभएको छ । तर उहाँले मलाई मृत्युमा सुम्पिनुभएको छैन ।

  • 1¶ हे परमेश्‍वर, हे परमेश्‍वर, तपाईंले मलाई किन त्याग्‍नुभएको? तपाईं किन मलाई बचाउनबाट त्‍यति धेरै टाढा र मेरा वेदनाका शब्दहरूबाट टाढा हुनुहुन्छ?

  • 9मबाट तपाईंको मुहार नलुकाउनुहोस् । आफ्नो दासलाई रिसमा नफर्काउनुहोस् । तपाईं मेरो सहायक हुनुभएको छ । हे मेरो उद्धारको परमेश्‍वर, मलाई नत्याग्‍नुहोस् वा नछोड्‍नुहोस् ।

  • 9कोही पनि सदासर्वदा जीवित रहन सक्दैन, ताकि त्यसको शरीर सडेर नजाओस् ।

  • 20तपाईंले मलाई धेरै कष्‍टहरू देख्‍न दिनुभयो तपाईंले नै हामीलाई फेरि जागृत पार्नुहुनेछ र हामीलाई पृथ्वीको गहिराइबाट फेरि माथि ल्याउनुहुनेछ ।

  • 6पहाडका फेदहरूमा म तल गएँ, र पृथ्वीले आफ्ना घेराहरूले सदाको निम्ति मलाई थुनिदियो । तापनि हे परमप्रभु, मेरा परमेश्‍वर, तपाईंले मेरो जीवनलाई खाडलबाट माथि ल्‍याउनुभयो ।

  • 8आकाशमाथि उक्‍लें भने तपाईं त्यहाँ हुनुहुन्छ । मैले चिहानमा आफ्‍नो ओछ्यान बनाएँ भने, तपाईं त्यहीं हुनुहुन्छ ।

  • 11के तपाईंको करारको विश्‍वस्‍तता चिहानमा, तपाईंको बफदारिता मृतकहरूका ठाउँमा घोषणा गरिने छ र?

  • 3शत्रुले मेरो ज्यान लिनलाई खेदेका छ । त्‍यसले मलाई जमिनमा कुल्चेको छ । त्‍यसले मलाई उहिले नै मरेकाहरूझैं अँध्यारोमा बस्‍न लगाएको छ ।

  • 34दाऊद आफैँ स्वर्ग चढेनन् तर तिनी भन्‍छन्, ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, “मेरो दाहिने हातपट्टि बस,

  • 33परमप्रभुले त्यसलाई दुष्‍ट व्‍यक्‍तिको हातमा छोड्‍नुहुन्‍न वा त्यसको न्याय हुँदा त्यसलाई दोषी ठहराउनुहुन्‍न ।

  • 11मलाई तपाईंको उपस्थितिबाट टाढा नपठाउनुहोस्, र मबाट तपाईंको पवित्र आत्मा नलानुहोस् ।

  • 5किनकि मृत्युमा तपाईंको कुनै सम्झना हुँदैन । चिहानमा तपाईंलाई कसले धन्यवाद दिनेछ?

  • 9मलाई पापीहरूसँगै वा मेरो जीवनलाई रक्‍तपिपासु मानिसहरूसँगै नबढार्नुहोस्,

  • 8हे परमप्रभु परमेश्‍वर, मेरा आँखाहरू निश्‍चय नै तपाईंमा हुन्‍छन् । तपाईंमा नै म शरण लिन्छु । मेरो प्राणलाई सुरक्षाहीन नछोड्नुहोस् ।

  • 14हे परमप्रभु, तपाईंले मलाई किन इन्कार गर्नुहुन्‍छ? तपाईंको मुहार मबाट किन लुकाउनुहुन्छ?

  • 2म परमप्रभुलाई भन्छु, “तपाईं मेरो परमप्रभु हुनुहुन्छ; तपाईंबाहेक मेरो असल कुरा केही छैन ।

  • भजन 88:5-6
    2 पदहरू
    69%

    5म मृतहरूका माझ त्यागिएको छु । म चिहानमा पल्टेको मृतजस्तै छु, जसको बारेमा तपाईंले कुनै चासो लिनुहुन्‍न, किनभने तिनीहरू तपाईंको शक्तिबाट टाढा हुन्‍छन् ।

    6तपाईंले मलाई खाडलको तल्लो भागमा, अँध्यारो र गहिरो ठाउँमा राख्‍नुहुन्छ ।

  • 48को जीवित रहनेछ र मर्दैन, वा आफ्नै जीवनलाई चिहानबाट बचाउन सक्छ र? सेला

  • 8तिनीहरू भन्छन्, “त्यसले परमप्रभुमा भरोसा गर्छ । परमप्रभुले नै त्यसलाई बचाऊन्, किनकि त्यो उहाँमा नै खुसी हुन्‍छ ।”

  • भजन 63:8-9
    2 पदहरू
    68%

    8तपाईंसँग म टाँसिन्‍छु । तपाईंको दाहिने हातले मलाई सहारा दिन्छ ।

    9तर मलाई नष्‍ट गर्न खोज्‍नेहरू पृथ्वीको सबैभन्दा तल्लो भागहरूमा जानेछन्,

  • 5मेरो आत्मा म तपाईंको हातमा सुम्पिन्छु । हे परमप्रभु, विश्‍वासनीयताको परमेश्‍वर, तपाईंले मलाई उद्धार गर्नुहुनेछ ।

  • 3उहाँले तिम्रो खुट्टा चिप्‍लन दिनुहुनेछैन । तिमीलाई सुरक्षा दिनुहुने, उहाँ उँघ्‍नुहुनेछैन ।

  • 4मैले भनें, ‘तपाईंको नजरबाट म हटाइएको छु, अझै म फेरि तपाईंको पवित्र मन्दिरतिर आफ्ना आँखा लगाउनेछु ।’

  • 13दुखबाट टाढा तपाईंले मलाई पातालमा लुकाउनुहुन्‍छ, र तपाईंको रिस नमरेसम्म तपाईंले मलाई गुप्‍तमा राख्‍नुहुन्‍छ, र त्यहाँ म रहने समय तपाईंले तोक्‍नुहुन्‍छ, र मलाई याद गर्नुहुन्‍छ ।

  • 14के म तिनीहरूलाई चिहानको शक्तिदेखि बचाउनेछु र? के म तिनीहरूलाई मृत्‍युबाट बचाउनेछु र? ए मृत्‍यु, तेरा विपत्तिहरू कहाँ छन्? ए चिहान, तेरो विनाश कहाँ छ? मेरा आँखाबाट दया लुकेको छ ।”

  • 9मेरो मृत्युमा म चिहानमा गएँ भने के फाइदा हुन्छ र? के धूलोले तपाईंको प्रशंसा गर्नेछ र? के त्‍यसले तपाईंको विश्‍वासनीयताको घोषणा गर्छ र?

  • 7तपाईंको करारको विश्‍वस्‍ततामा म खुसी र आनन्‍दित हुनेछु, किनकि तपाईंले मेरो कष्‍ट देख्‍नुभयो । मेरो प्राणको कष्‍ट तपाईंले थाहा पाउनुभयो ।