प्रेरितहरूको काम 4:35

अनलक शाब्दिक बाइबल

र प्रेरितहरूका पाउमा राखिदिन्थे र आवश्यकतापरेअनुसार हरेक विश्‍वसीलाई वितरण गरिन्थ्यो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रेरि 5:2 : 2 र उनले त्यो पैसाको केही अंश आफूसँगै राखे (यो कुरा उनकी पत्‍नीलाई पनि थाहा थियो) र यसको बाँकी अंश ल्याएर प्रेरितहरूको पाउमा राखिदिए ।
  • प्रेरि 2:45 : 45 र तिनीहरूले आफ्ना सम्पत्ति र स्वामित्वमा भएका कुराहरू बेचे र विश्‍वासीहरूको आवश्यकता अनुसार एकअर्कामा बाँडचुँड गरे ।
  • प्रेरि 4:37 : 37 उनीसँग भएको जमिन उनले बेचे र त्यसको पैसा ल्याएर प्रेरितहरूको पाउमा राखिदिए ।
  • प्रेरि 3:6 : 6 तर पत्रुसले भने “मसँग सुन र चाँदी छैन, तर जे मसँग छ त्यो मैले तिमीलाई दिनेछु । नासरतका येशू ख्रीष्‍टको नाउँमा हिँड ।”
  • प्रेरि 6:1-6 : 1 ¶ ती दिनमा जब चेलाहरूको सङ्ख्या गुणात्मक रूपमा बढ्दै गयो ग्रिक भाषा बोल्ने यहूदीहरूले हिब्रूहरूको विरुद्धमा गनगन गर्न थाले किनकि तिनीहरूका विधवाहरूलाई दैनिक खाद्य वितरणमा वेवास्ता गरिँदै थियो । 2 बाह्र प्रेरितले चेलाहरूको समूहलाई बोलाएर भने, “खुवाउने-पियाउने काममा अल्झिन हामीले परमेश्‍वरको वचनलाई वेवास्ता गर्नु उपयुक्त हुँदैन । 3 यसकारण भाइ हो, तपाईंहरूमध्येबाट सात जना मानिसलाई छान्‍नुहोस् जो नाउँ चलेका, बुद्धि र पवित्र आत्माले भरिएका होऊन् जसलाई हामी यस कामको लागि नियुक्त गर्न सकौँ । 4 हाम्रो सम्बन्धमा भन्‍नुपर्दा, हामी निरन्तर रूपमा प्रार्थना र वचनको सेवामा लागिरहनेछौँ ।” 5 तिनीहरूको भनाइ पुरै समुदायलाई मन पर्‍यो । त्यसैले, तिनीहरूले विश्‍वास र पवित्र आत्माले भरिएका स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास र एन्टिओखियाका यहूदी-मत मान्‍ने निकोलाउसलाई छाने । 6 विश्‍वासीहरूले यी मानिसहरूलाई प्रेरितहरूका सामु ल्याए जसले प्रार्थना गरे र तिनीहरूमाथि हात राखे ।
  • २ कोरि 8:20-21 : 20 हामीले गरिरहेको यो उदारताको कामको विषयमा कसैले गर्ने उजुरीको सम्भावनालाई हामी पन्छाइरहेका छौँ । 21 हामी परमप्रभुको अगाडि मात्र होइन, तर मानिसहरूका अघि पनि आदरणीय भएको कुरा गर्ने कुरामा ख्याल राख्छौँ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 87%

    42तिनीहरू प्रेरितहरूको शिक्षा र सङ्गति, रोटी भाँच्‍ने कार्य र प्रार्थनामा लागिरहे ।

    43हरेक व्यक्तिमाथि डर छायो र प्रेरितहरूद्वारा धेरै अचम्मका कार्यहरू र चिन्हहरू भए ।

    44विश्‍वास गर्नेहरू सबै जना सँगसँगै बस्थे र तिनीहरूका सबै चिज साझा थिए ।

    45र तिनीहरूले आफ्ना सम्पत्ति र स्वामित्वमा भएका कुराहरू बेचे र विश्‍वासीहरूको आवश्यकता अनुसार एकअर्कामा बाँडचुँड गरे ।

    46यसरी तिनीहरू दिनहुँ एकै उद्देश्यसहित मन्दिरमा भेला हुन्थे र तिनीहरूले घरघरमा रोटी भाँच्थे र हृदयको नम्रता र आनन्दसाथ एकअर्कामा भोजन बाँडचुँड गर्थे ।

  • 86%

    31तिनीहरूले प्रार्थना गरेर सिध्याएपछि तिनीहरू भेला भएको ठाउँ हल्लियो र तिनीहरू सबै पवित्र आत्माले भरिए र तिनीहरूले परमेश्‍वरको वचन साहससित बोले ।

    32विश्‍वास गर्नेहरूको त्यो ठुलो समूह एउटै हृदय र आत्माका थिए; तिनीहरूमध्ये कसैले पनि आफूसँग भएको कुनै पनि थोक वास्तवमा उसको आफ्नो हो भनेनन्, तर तिनीहरूका सबै थोक साझा थिए ।

    33ठुलो शक्तिसाथ प्रेरितहरूले प्रभु येशूको पुनरुत्थानको बारेमा गवाही घोषणा गर्दैथिए र उनीहरू सबैमाथि ठुलो अनुग्रह थियो ।

    34तिनीहरूमध्ये कुनै थोकको अभाव भएको कुनै एक व्यक्ति पनि थिएन किनभने तिनीहरू सबैले आफूसँग भएका जग्गाहरू र घरहरू बेचेर आएका पैसा ल्याउँथे

  • 85%

    36साइप्रसबाट आएका योसेफ नाउँका एक जना मानिस थिए जो लेवी कुलका थिए जसलाई प्रेरितहरूले बारनाबास (जसको अर्थ उत्साहको पुत्र हुन्छ) नाउँ राखिदिएका थिए ।

    37उनीसँग भएको जमिन उनले बेचे र त्यसको पैसा ल्याएर प्रेरितहरूको पाउमा राखिदिए ।

  • 77%

    29त्यसैले सक्‍ने जति हरेक चेलाहरूले यहूदियामा भएका भाइहरूलाई सहायता पठाउने निर्णय गरे ।

    30तिनीहरूले त्यसो गरेपछि, तिनीहरूले शाऊल र बारनाबासको हातमा एल्डरहरूकहाँ पैसा पठाए ।

  • २ कोरि 8:13-15
    3 पदहरू
    73%

    13किनकि यो काम तिमीहरूलाई भार होस् र अरूलाई हलुका होस् भनेर होइन । बरु, निष्पक्षता हुनुपर्छ ।

    14तिमीहरूमा अहिले भएको प्रशस्तताले तिनीहरूको आवश्यकता पुरा गर्नेछ । यो यसकारणले पनि हो कि तिनीहरूका प्रशस्तताबाट तिमीहरूका आवश्यकताहरू पुरा हुन सकोस् र समानता कायम होस् ।

    15यसरी लेखिएको छः “धेरै हुनेसँग केही बाँकी रहेन, र थोरै हुनेसँग कुनै अभाव भएन ।”

  • 72%

    34तपाईंहरू आफैँ जान्‍नुहुन्छ कि यी हातहरूले मेरा आफ्नै र मसँग भएकाहरूका आवश्यकताहरू पुरा गरेका छन् ।

    35सबै कुरामा मैले तपाईंहरूलाई कसरी काम गरेर कमजोरहरूको सहायता गर्नुपर्छ र प्रभु येशूका वचनहरूको सम्झना गर्नुपर्छ भन्‍ने उदाहरण दिएको छु, जसरी उहाँ आफैँले यी वचनहरू भन्‍नुभयो, ʻलिनुभन्दा दिनु अझ बढी आशिष्‌को कुरो हो ।ʼ”

  • 6विश्‍वासीहरूले यी मानिसहरूलाई प्रेरितहरूका सामु ल्याए जसले प्रार्थना गरे र तिनीहरूमाथि हात राखे ।

  • 12प्रेरितहरूको हातद्वारा मानिसहरूका बिचमा धेरै चिह्न र आश्‍चर्यकर्महरू भइरहेका थिए । तिनीहरू सबै सोलोमनको दलानमा सँगै थिए ।

  • १ कोरि 16:1-2
    2 पदहरू
    70%

    1¶ अब विश्‍वासीहरूका निम्ति भेटीको बारेमा गलातीका मण्डलीहरूलाई मैले निर्देशन दिएअनुसार तिमीहरूले गर्नू ।

    2हप्‍ताको पहिलो दिन तिमीहरूको दक्षताअनुसार हरेकले केही जम्मा गरेर एक ठाउँमा भेला गर, ताकि म आउँदा भेटी उठाउन नपरोस् ।

  • 15पत्रुस त्यहाँबाट भएर आउँदा तिनको छाया तिनीहरूमध्ये कोहीमाथि परोस् भनेर तिनीहरूले बिरामीहरूलाई गल्लीहरूमा बोकेर ल्याए र तिनीहरूलाई खाट र पलङहरूमा राखे ।

  • 2र उनले त्यो पैसाको केही अंश आफूसँगै राखे (यो कुरा उनकी पत्‍नीलाई पनि थाहा थियो) र यसको बाँकी अंश ल्याएर प्रेरितहरूको पाउमा राखिदिए ।

  • 5त्यसैले, भाइहरूलाई तिमीहरूकहाँ पठाउनलाई आवश्‍यक ठानेर बिन्ती गरेको छु ताकि तिमीहरूले प्रतिज्ञा गरेको उपहारहरू अगाडि नै प्रबन्ध गर्न सक । यो भेटी करकापले होइन, तर आशिष्‌को रूपमा तयारी हुन सकोस् भनेर यसो गरिएको हो ।

  • 18तिनीहरूले ओमेरले नाप्दा धेरै बटुल्नेहरूको बढ्ता भएन र कम बटुल्नेहरूलाई पनि अपुग भएन । हरेक व्यक्तिले आफ्नो आवश्यकताअनुसार बटुल्यो ।

  • 35तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “जब मैले तिमीहरूलाई पैसाको थैलो, खानेकुरा, वा जुत्ताहरूविना पठाउँदा, के तिमीहरूलाई केही कुराको खाँचो पर्‍यो र?” र तिनीहरूले जवाफ दिए, “खाँचो परेन ।”

  • 15विचार गर, कि कोही भाइ वा बहिनीको पहिरन राम्रो छैन र उसको निम्ति दैनिक भोजनको अभाव छ ।

  • 18तिनीहरूलाई असल काम गर्न, तिनीहरू असल काममा धनी हुन, उदार हुन र बाडचुड गर्ने इच्छा गर्न भन ।

  • 22तिनीहरूको बारेको खबर यरूशलेमको मण्डलीको कानमा आइपुग्यो र तिनीहरूले बारनाबासलाई एन्टिओखियासम्म पठाए ।

  • 4जब उनीहरू यरूशलेममा आए, उनीहरूलाई मण्डली, प्रेरितहरू र एल्डरहरूद्वारा स्वागत गरियो, र यसरी उनीहरूसँग परमेश्‍वरले गर्नुभएका सबै कामहरूको प्रतिवेदन उनीहरूलाई सुनाए ।

  • 5“तिनीहरूले चढाएका बलिहरू स्वीकार गर् र तिनीहरूलाई भेट हुने पालको कामको निम्ति प्रयोग गर् ।”

  • 4यिनीहरू सबैले प्रशस्तताबाट भेटीहरू दिए । तर यस विधवाले आफू गरिब भएर पनि, ऊ बाँच्‍नका लागि जे-जति थियो सबै दिई ।”

  • 17त्यसपछि पत्रुस र यूहन्‍नाले उनीहरूमाथि आफ्ना हात राखे र उनीहरूले पवित्र आत्मा पाए ।

  • 10जसरी तिमीहरू हरेकले वरदान पाएका छौ । परमेश्‍वरले दिनुभएका सित्तैँका वरदानहरू उहाँको असल भण्डारेजस्तै एक-अर्काको सेवाको लागि प्रयोग गर ।

  • 13विश्‍वासीहरूका खाँचाहरूमा बाँड-चुँड गर । अतिथि सत्कारको निम्ति धेरै उपायहरूको खोजी गर ।

  • प्रेरि 6:1-2
    2 पदहरू
    68%

    1¶ ती दिनमा जब चेलाहरूको सङ्ख्या गुणात्मक रूपमा बढ्दै गयो ग्रिक भाषा बोल्ने यहूदीहरूले हिब्रूहरूको विरुद्धमा गनगन गर्न थाले किनकि तिनीहरूका विधवाहरूलाई दैनिक खाद्य वितरणमा वेवास्ता गरिँदै थियो ।

    2बाह्र प्रेरितले चेलाहरूको समूहलाई बोलाएर भने, “खुवाउने-पियाउने काममा अल्झिन हामीले परमेश्‍वरको वचनलाई वेवास्ता गर्नु उपयुक्त हुँदैन ।

  • 5ती मानिसले उनीहरूबाट केही चिज प्राप्‍त गर्ने आशा राखेर उनीहरूलाई हेरे ।

  • 15अनि तिनीहरूले त्यसै गरे, र सबै मानिसहरू बसे ।

  • 4तिनीहरूले विश्‍वासीहरूका बिचको सेवामा सहभागिताको अवसरको लागि हामीहरूसँग धेरै बिन्‍ती गरे ।

  • 3जब तिनले पत्रुस र यूहन्‍नालाई त्यस मन्दिरमा जान लागेका देखे, तिनले उनीहरूसँग भिक्षा मागे ।

  • 4तथापि छरपष्‍ट भएका विश्‍वासीहरूले चारैतिर वचन बाँड्दै गए ।

  • 11तब येशूले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि उहाँले त्यहाँ बसेकाहरूलाई तिनीहरूले चाहे जति दिनुभयो र उहाँले माछा पनि त्यसै गर्नुभयो ।

  • 17बरु, आफूले सकेजति हरेकले दिनू ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आशिष्‌लाई तिमीहरूले जान्‍न सक ।

  • 36उनीहरूलाई पठाउनुहोस्, ताकि उनीहरू नजिकैको गाउँघरतिर जाऊन् र उनीहरूका निम्ति केही खानेकुराहरू किन्‍न सकून् ।”

  • 30तिमीसँग माग्‍ने सबैलाई देऊ । यदि कसैले तिम्रो केही कुरा लगेमा त्यससँग फिर्ता नमाग ।

  • 16तर येशूले उनीहरूलाई भन्‍नुभयो, “यिनीहरूलाई टाढा जान आवश्यक छैन । यिनीहरूलाई तिमीहरूले केही खान देओ ।”

  • 40साँझपख सूर्य अस्ताउने बेलामा धेरै प्रकारका रोग लागेका बिरामीहरूलाई येशूकहाँ ल्याइयो । उहाँले तिनीहरू सबैमाथि आफ्नो हात राख्‍नुभयो र सबैलाई निको पार्नुभयो ।

  • 7जब उनीहरूले पत्रुस र यूहन्‍नालाई उनीहरूका माझमा राखे तब उनीहरूले तिनीहरूलाई सोधे, “तिमीहरूले कुन शक्ति वा कुन नाउँमा यसो गरेका हौ?”