प्रेरितहरूको काम 4:36

अनलक शाब्दिक बाइबल

साइप्रसबाट आएका योसेफ नाउँका एक जना मानिस थिए जो लेवी कुलका थिए जसलाई प्रेरितहरूले बारनाबास (जसको अर्थ उत्साहको पुत्र हुन्छ) नाउँ राखिदिएका थिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ कोरि 9:6 : 6 अथवा के बारनाबास र मैले मात्र काम गर्नु पर्छ?
  • गलाती 2:1 : 1 ¶ अनि चौध वर्षपछि म बारनाबाससँग फेरि यरूशलेम गएँ । मैले तीतसलाई पनि साथमा लगेँ ।
  • गलाती 2:9 : 9 जब मण्डली निर्माण गर्नेहरू भनेर चिनिएका याकूब, केफास र यूहन्‍नाले मलाई दिइएको अनुग्रहलाई बुझे, तिनीहरूले बारनाबास र मलाई सङ्गतिको अधिकार दिए । हामी गैरयहूदीहरूका माझमा जान सकौँ र उनीहरू खतना भएकाहरूका माझमा जान सकून् भनेर उनीहरूले यसो गरे ।
  • गलाती 2:13 : 13 बाँकी यहूदीहरूले पनि पत्रुसको यस कपटपूर्ण काममा साथ दिए । यसको परिणाम स्वरूप बारनाबास पनि उनीहरूको कपटपूर्ण कामको कारण भड्‌किए ।
  • प्रेरि 15:39 : 39 तब त्यहाँ कडा असहमति उत्पन्‍न भयो । त्यसैकारण उनीहरू एकअर्काबाट छुट्टिए । अनि बारनाबासले मर्कूसलाई आफूसँगै लिएर साइप्रसतिर समुद्रयात्रा गरे ।
  • प्रेरि 21:16 : 16 कैसरियाबाट केही चेलाहरू पनि हामीसँगै गए । उनीहरूले साइप्रस टापुबाट आएका मनासोन नामका एक जना पुराना चेलालाई ल्याए, जससँग हामी बस्यौँ ।
  • मर 3:17 : 17 जब्दियाका छोरा याकूब र याकूबका भाइ यूहन्‍ना, जसलाई उहाँले बोअनर्गेश अर्थात् गर्जनका छोराहरू नाउँ दिनुभयो;
  • प्रेरि 11:30 : 30 तिनीहरूले त्यसो गरेपछि, तिनीहरूले शाऊल र बारनाबासको हातमा एल्डरहरूकहाँ पैसा पठाए ।
  • प्रेरि 12:25-13:1 : 25 शाऊल र बारनाबासले यरूशलेमको तिनीहरूको मिसन पुरा गरेपछि, तिनीहरूले आफूसँगै यूहन्‍नालाई लिएर गए, जसको अर्को नाउँ मर्कूस थियो । 1 ¶ एन्टिओखियाको सभामा त्यहाँ केही अगमवक्‍ताहरू र शिक्षकहरू थिए । तिनीहरूमा बारनाबास, सिमियोन (जसलाई नाइजर भनिन्‍थ्यो), कुरेनीका लुसियस मनेन (जो पालनपोषण गरेर हेरोदसँगै हुर्किएका भाइ) र शाऊल थिए ।
  • प्रेरि 15:2 : 2 जब पावल र बारनाबासको तिनीहरूसँग विरोध र विवाद भयो तब यस प्रश्‍नलाई लिएर पावल, बारनाबास र अरू केही मानिस यरूशलेममा प्रेरित र एल्डरहरूकहाँ जानुपर्छ भनी भाइहरूले निर्णय गरे ।
  • प्रेरि 15:12 : 12 तिनीहरूले पावल र बारनाबासद्वारा गैरयहूदीहरूका माझमा परमेश्‍वरले गर्नुभएका चिह्न र आश्‍चर्यकर्महरूको विवरण सुनिरहँदा सारा भिड चुपचाप रह्‍यो ।
  • प्रेरि 15:37 : 37 बारनाबासले मर्कूस भनिने यूहन्‍नालाई पनि तिनीहरूसँगै लैजान चाहन्थे ।
  • प्रेरि 9:27 : 27 तर बारनाबासले तिनलाई चेलाहरूकहाँ ल्याए । दमस्कसको बाटोमा कसरी शाऊलले प्रभुलाई देखे र प्रभु तिनीसित बोल्नुभयो अनि दमस्कसमा कसरी तिनले साहसपूर्वक येशूको नाउँ प्रचार गरे भनी तिनले उनीहरूलाई बताए ।
  • प्रेरि 11:19-20 : 19 त्यसकारण स्तिफनसको मृत्युसँगै सुरु भएको कष्‍ट भोगिरहेका विश्‍वासीहरू यरूशलेमबाट छरपस्ट भए । यी विश्‍वासीहरू फोनेसिया, साइप्रस र एन्टिओखियासम्म गए । उनीहरूले येशूको बारेमा सन्देश अरू कसैलाई नबताई यहूदीहरूलाई मात्र बताए । 20 तर तिनीहरूमध्ये केही मानिसहरू साइप्रस र कुरेनीबाटका एन्टिओखियामा आए र ग्रिकहरूसँग पनि बोले र प्रभु येशूको प्रचार गरे ।
  • प्रेरि 11:22-25 : 22 तिनीहरूको बारेको खबर यरूशलेमको मण्डलीको कानमा आइपुग्यो र तिनीहरूले बारनाबासलाई एन्टिओखियासम्म पठाए । 23 जब उनी आए र परमेश्‍वरको वरदानलाई देखे, तब उनी खुसी भए, र तिनीहरूको सम्पूर्ण हृदयले प्रभुसँगै रहिरहन उनले उत्साह दिए । 24 बारनाबास एक असल र पवित्र आत्माले भरिएका र विश्‍वासमा परिपक्‍व मानिस थिए, र प्रभुमा धेरै मानिसहरू थपिए । 25 तब बारनाबास शाऊललाई खोज्‍नका निम्ति टार्ससतिर गए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 37उनीसँग भएको जमिन उनले बेचे र त्यसको पैसा ल्याएर प्रेरितहरूको पाउमा राखिदिए ।

  • 72%

    34तिनीहरूमध्ये कुनै थोकको अभाव भएको कुनै एक व्यक्ति पनि थिएन किनभने तिनीहरू सबैले आफूसँग भएका जग्गाहरू र घरहरू बेचेर आएका पैसा ल्याउँथे

    35र प्रेरितहरूका पाउमा राखिदिन्थे र आवश्यकतापरेअनुसार हरेक विश्‍वसीलाई वितरण गरिन्थ्यो ।

  • 69%

    36केही दिनपछि पावलले बारनाबासलाई भने, “अहिले हामी फर्केर जाऔँ र हामीले प्रभुको वचन घोषणा गरेको हरेक सहरका भाइहरूलाई भेटौँ, र उनीहरू कस्ता छन हेरौँ ।

    37बारनाबासले मर्कूस भनिने यूहन्‍नालाई पनि तिनीहरूसँगै लैजान चाहन्थे ।

  • 68%

    22तिनीहरूको बारेको खबर यरूशलेमको मण्डलीको कानमा आइपुग्यो र तिनीहरूले बारनाबासलाई एन्टिओखियासम्म पठाए ।

    23जब उनी आए र परमेश्‍वरको वरदानलाई देखे, तब उनी खुसी भए, र तिनीहरूको सम्पूर्ण हृदयले प्रभुसँगै रहिरहन उनले उत्साह दिए ।

    24बारनाबास एक असल र पवित्र आत्माले भरिएका र विश्‍वासमा परिपक्‍व मानिस थिए, र प्रभुमा धेरै मानिसहरू थपिए ।

    25तब बारनाबास शाऊललाई खोज्‍नका निम्ति टार्ससतिर गए ।

  • प्रेरि 13:4-8
    5 पदहरू
    68%

    4त्यसकारण पवित्र आत्माको आज्ञा शाऊल र बारनाबासले माने र तल सिलुसियामा गए, अनि त्यहाँबाट जहाज चढी साइप्रसको टापुतिर गए ।

    5सलामिस सहरमा हुँदा, उनीहरूले यहूदीहरूको सभाघरमा वचन घोषणा गरे र सहायताका लागि यूहन्‍ना मर्कूस पनि उनीहरूसँगै थिए ।

    6उनीहरू पुरै टापु पार गरेर पाफोस पुगेपछि एक जना जादुगर यहूदी झुटा अगमवक्‍तालाई भेट्टाए, जसको नाउँ बार येशू थियो ।

    7यो जादुगर त्यहाँको प्रान्तीय शासक सर्गियस पौलससँग सम्बन्धित थियो, जो एक विद्वान मानिस थिए । उनले शाऊल र बारनाबासलाई बोलाए किनभने तिनी परमेश्‍वरको वचन सुन्‍न चाहन्थे ।

    8तर इलुमास, ‘‘जादुगर’’ ले तिनीहरूको विरोध गर्‍यो (यसरी नै उसको नाउँ अनुवाद गरिन्छ); उसले प्रान्तीय शासक सर्गियस पौलसलाई विश्‍वासबाट फर्काउन प्रयास गर्‍यो ।

  • कलस्सी 4:9-11
    3 पदहरू
    68%

    9तिमीहरूमध्येका एक, विश्‍वासयोग्य र प्रिय भाइ ओनेसिमससँगै मैले तिनलाई तिमीहरूकहाँ पठाएँ । तिनीहरूले यहाँ भएका सबै कुराहरू तिमीहरूलाई बताउँनेछन् ।

    10मेरा सङ्गी कैदी अरिस्तार्खसले तिमीहरूलाई आफ्नो अभिवादन पठाएका छन्, र बारनाबासका भानिज मर्कूसको पनि अभिवादन छ, जसको बारेमा तिमीहरूले आदेश पाइसकेका छौ, “यदि उनी तिमीहरूकहाँ आए भने उनलाई स्वागत गर,”

    11र युस्तस भनिने येशूले पनि अभिवादन पठाएका छन् । परमेश्‍वरको राज्यका निम्ति खतनाका मेरा सहकर्मीहरू यिनीहरू मात्रै हुन् । तिनीहरू मेरा निम्ति सान्त्वनाका पात्र भएका छन् ।

  • प्रेरि 13:1-2
    2 पदहरू
    68%

    1¶ एन्टिओखियाको सभामा त्यहाँ केही अगमवक्‍ताहरू र शिक्षकहरू थिए । तिनीहरूमा बारनाबास, सिमियोन (जसलाई नाइजर भनिन्‍थ्यो), कुरेनीका लुसियस मनेन (जो पालनपोषण गरेर हेरोदसँगै हुर्किएका भाइ) र शाऊल थिए ।

    2जब तिनीहरू उपवाससहित आराधना गरिरहेका थिए, पवित्र आत्माले भन्‍नुभयो, “शाऊल र बारनाबासलाई मेरो निम्ति अलग गर जुन काम गर्नका निम्ति मैले तिनीहरूलाई बोलाएको छु ।”

  • 67%

    29त्यसैले सक्‍ने जति हरेक चेलाहरूले यहूदियामा भएका भाइहरूलाई सहायता पठाउने निर्णय गरे ।

    30तिनीहरूले त्यसो गरेपछि, तिनीहरूले शाऊल र बारनाबासको हातमा एल्डरहरूकहाँ पैसा पठाए ।

  • 23तिनीहरूले बरब्बा भनिने योसेफ जसको नाउँ युस्तस पनि थियो र मतियास दुई जनालाई अगि सारे ।

  • 20तर तिनीहरूमध्ये केही मानिसहरू साइप्रस र कुरेनीबाटका एन्टिओखियामा आए र ग्रिकहरूसँग पनि बोले र प्रभु येशूको प्रचार गरे ।

  • 36अब योप्पामा तबीता (ग्रिकमा डोरकास) नाउँकी एक जना चेली थिइन् । यी स्‍त्री असल काम र कृपापूर्ण कार्यले भरिएकी थिइन् र उनले गरिबहरूको हेरचाह गर्थिन् ।

  • 25शाऊल र बारनाबासले यरूशलेमको तिनीहरूको मिसन पुरा गरेपछि, तिनीहरूले आफूसँगै यूहन्‍नालाई लिएर गए, जसको अर्को नाउँ मर्कूस थियो ।

  • 10फ्रिगिया र पाम्फिलिया, मिश्र र कुरेनी नजिकका लिबियाका भागहरूका बासिन्दाहरू, र रोमका आगन्तुकहरू,

  • 14पप्रेरितहरूका नाउँहरू थिएः सिमोन (जसलाई उहाँले पत्रुस भनी नाउँ दिनुभयो) र उनका भाइ अन्द्रियास, याकूब, यूहन्‍ना, फिलिप, बारथोलोमाइ,

  • 22त्यसपछि मण्डलीका अगुवाहरू यहूदा बरसाबास र सिलासलाई छानेर पावल र बारनाबासका साथमा तिनीहरूलाई एन्टिओखिया पठाउने कुरा सबै प्रेरितहरू, एल्डरहरू र सारा मण्डलीसहितलाई कुरा असल लाग्यो ।

  • 12तिनीहरूले बारनाबासलाई “जिउस,” र पावललाई “हर्मेस” भने किनकि उनी चाहिँ प्रमुख वक्ता थिए ।

  • मर 3:16-17
    2 पदहरू
    64%

    16अनि उहाँले यी बाह्र जनालाई नियुक्‍त गर्नुभयोः सिमोन, जसलाई उहाँले पत्रुस नाउँ दिनुभयो;

    17जब्दियाका छोरा याकूब र याकूबका भाइ यूहन्‍ना, जसलाई उहाँले बोअनर्गेश अर्थात् गर्जनका छोराहरू नाउँ दिनुभयो;

  • 13बाँकी यहूदीहरूले पनि पत्रुसको यस कपटपूर्ण काममा साथ दिए । यसको परिणाम स्वरूप बारनाबास पनि उनीहरूको कपटपूर्ण कामको कारण भड्‌किए ।

  • 13तिनीहरू आइपुगेपछि तिनीहरू बसिरहेका माथिल्लो कोठामा गए । तिनीहरू पत्रुस, यूहन्‍ना, याकूब, अन्द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्ती, अल्फयसका छोरा याकूब, उग्रवादी सिमोन र यकूबका छोरा यहूदा थिए ।

  • मत्त 10:2-3
    2 पदहरू
    64%

    2यी बाह्र जना प्रेरितका नाम यस प्रकार छ । पहिलो, सिमोन (जसलाई उहाँले पत्रुस पनि भनेर बोलाउनुहुन्थ्यो), र तिनका भाइ अन्द्रियास; जब्दियाका छोरा याकूब, र तिनका भाइ यूहन्‍ना;

    3फिलिप र बारथोलोमाइ; थोमा र कर उठाउने मत्ती, अल्फयसका छोरा याकूब र थेदियस;

  • लू 3:29-30
    2 पदहरू
    64%

    29यहोशूका छोरा एर्, एलिएजरका यहोशू, योरीमका छोरा एलिएजर, मत्तातका छोरा योरीम, लेवीका छोरा मत्तात थिए,

    30शिमियोनका छोरा लेवी, यहूदाका छोरा शिमियोन, योसेफका छोरा यहूदा, योनानका छोरा योसेफ, एल्याकीमका छोरा योनान,

  • 42उनले आफ्ना भाइलाई येशूकहाँ ल्‍याए । अनि येशूले उनलाई हेर्नुभयो र भन्‍नुभयो, “तिमी यूहन्‍नाका छोरा सिमोन हौ । तिमीलाई केफास (जसको अर्थ पत्रुस हो ) भनिनेछ ।

  • 5त्‍यसैले, उहाँ याकूबले आफ्नो छोरा योसेफलाई दिएका जग्‍गाको टुक्रा नजिक रहेको सामरियाको सुखार भनिने एउटा सहरमा आउनुभयो ।

  • 50हेर, त्यहाँ एक जना योसेफ नाउँ गरेका मानिस थिए । तिनी महासभाका सदस्य थिए, जो एक असल र धार्मिक मानिस थिए ।

  • 16कैसरियाबाट केही चेलाहरू पनि हामीसँगै गए । उनीहरूले साइप्रस टापुबाट आएका मनासोन नामका एक जना पुराना चेलालाई ल्याए, जससँग हामी बस्यौँ ।

  • 57जब साँझ पर्‍यो, अरिमाथियाबाट एक जना धनी मानिस आए, जसको नाम योसेफ थियो, जो येशूका चेला थिए ।

  • 6प्रधान पूजाहारी हन्‍नास, कैयाफा, यूहन्‍ना, अलेक्जेन्डर र प्रधान पूजाहारीका अरू सबै आफन्तहरू त्यहाँ थिए ।

  • 24मत्तातका छोरा एली, लेवीका छोरा मत्तात, मल्कीका छोरा लेवी, यान्‍नाका छोरा मल्की, योसेफका छोरा यान्‍ना,

  • 7त्यसको नजिकैको स्थानमा, पब्लियस नाम गरेको त्यस टापुको मुख्य मानिसको जमिन थियो । उनले हामीलाई स्वागत गरे, र दयाका साथ हामीलाई तिन दिनसम्म बन्दोबस्त गरिदिए ।

  • 39तब त्यहाँ कडा असहमति उत्पन्‍न भयो । त्यसैकारण उनीहरू एकअर्काबाट छुट्टिए । अनि बारनाबासले मर्कूसलाई आफूसँगै लिएर साइप्रसतिर समुद्रयात्रा गरे ।

  • 3त्यसकारण उनीहरू मण्डलीद्वारा पठाइए अनि फोनिसिया र सामरिया भएर गए र गैरयहूदीहरू विश्‍वासमा आएका कुरा घोषणा गरे । उनीहरूले सबै दाजुभाइहरूमा ठुलो आनन्द ल्याए ।

  • 5पत्रुस पनि भनेर चिनिने सिमोन भनिने मानिसलाई ल्याउन योप्पा शहरमा मानिसहरू पठाऊ ।

  • 45फिलिपले नथानेललाई भेटे र उनलाई भने, “मोशाको व्‍यवस्‍थामा र अगमवक्‍ताहरूले लेखेका अर्थात् नासरतका योसेफका छोरो येशूलाई हामीले भेट्टाएका छौँ ।”

  • 27तर बारनाबासले तिनलाई चेलाहरूकहाँ ल्याए । दमस्कसको बाटोमा कसरी शाऊलले प्रभुलाई देखे र प्रभु तिनीसित बोल्नुभयो अनि दमस्कसमा कसरी तिनले साहसपूर्वक येशूको नाउँ प्रचार गरे भनी तिनले उनीहरूलाई बताए ।